Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मध्यरात साढे १२ बजेसम्मको वार्तापछि ९४ सदस्य थप्ने सहमति, संविधान सभामा अब ५८५ सदस्य हुने

Posted on August 16, 2013August 16, 2013 by Salokya

Untitled-1
वैद्य बाको ड्यास माओवादी बहिस्कारकै अडानमा कायम रहे पनि आज मध्यरात साढे १२ बजेसम्म भएको वार्तापछि चुनाव होला होला जस्तो पारा आयो है। उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग चार दलका टाउके नेताहरुको उच्चस्तरीय समितिबीच भएको छ बूँदे सहमतिले संविधान सभाको समानुपातिक सदस्य संख्या थप्ने सहमति गरेको छ। यसअनुसार अब संविधान सभामा ५८५ सदस्य हुनेछन्। यसअघिको संविधान सभामा ६०१ सदस्य थिए। पछि चार दल आफू आफूमात्र मिलेर ४९१ सदस्य बनाउने निर्णय गरेका थिए। कहाँ हुन्छ त्यस्तो, समानुपातिक बढाउनु पर्छ भन्दै अशोक राईहरुको पार्टी र उपेन्द्र यादवको पार्टी उफ्रेका थिए र बहिस्कार गर्छौँ भन्दै थिए।

उपेन्द्र यादवको मोर्चासँग भएको सहमति अनुसार अब पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ २४०, समानुपातिकतर्फ ३३५ र मन्त्रिपरिषद्बाट मनोनीत १० जना गरी ५८५ जना सदस्य संविधान सभामा रहने छन्।

चार दलीय सिन्डिकेटले पहिले नै गरिसकेको निर्णय अब फेरि सच्याउनु पर्ने भएको छ। यसका लागि अध्यादेश ल्याएर फेरि एक पटक कानुन मिच्नु पर्ने भएको छ। सहमति कार्यान्वयनका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न राष्ट्रपति र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय आजको बैठकले गरेको छ।

अरु के के सहमति भए त ?
• मतदाता नामावली अद्यावधिक गर्न दुई हप्ता समय थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने,
• संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि बढाउने,
• उच्चस्तरीय राजनीतिक समितिमा सङ्घीय लोकतान्त्रिक मोर्चा सहभागी हुने र अन्य महत्वपूर्ण दलहरुलाई पनि सहभागी गराउने
• संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आमजनसमुदायलाई आग्रह गर्ने
• विगतको २४० निर्वाचन क्षेत्र र क्षेत्रहरुको सिमाङ्कनलाई यथावत कायम राख्ने

चार दलीय सिन्डिकेट उच्चस्तरीय समितिका तर्फबाट एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ र मोर्चाका तर्फबाट प्रवक्ता पर्शुराम तामाङले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

वार्तामा आलोपालो गरेर संयोजक हुने व्यवस्था रहेको उच्चस्तरीय समितिका अहिलेका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजय गच्छदार तथा सङ्घीय लोकतान्त्रिक मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेतका नेताहरु सहभागी थिए।

[सच्याइएकोः चार्टमा समानुपातिकतर्फ पहिले ११ हुनुपर्नेमा १० भएकोले सच्याएको छ।]

49 thoughts on “मध्यरात साढे १२ बजेसम्मको वार्तापछि ९४ सदस्य थप्ने सहमति, संविधान सभामा अब ५८५ सदस्य हुने”

  1. bishnu says:
    August 19, 2013 at 4:11 pm

    @Bamsi!
    तपाइको लेख घटीमा १५ वर्ष पुरानो भयो, अहिलेत ति आमा YCL प्रवेश गरेर पति र छोरा लाई ठिक पार्छिन.
    २४० वर्ष राजाले चुसे
    १७ वर्ष nepali congress चुशेयो
    अब सबैले चुस्दैछान, तपाइको पिर आफुले चुस्न नपाएर होकी जस्तो मलाई लाग्छा

    Reply
  2. Bamsi says:
    August 18, 2013 at 11:45 am

    मलाइ एउटा कथा को याद औछा
    त्यो कथा काल्पनिक जस्तो लाग्थियो सानोमा पढदा तर आज हेर्दा सत्य साबित भयो/
    कथामा एकजना बुढी आमा हुन्छिन उनका लोग्ने र एक छोरा हुन्छन/ छोरा भएको खुसीमा दुखैपायेपानी खुसि थिन बुढी आमा तर के गर्ने लोग्ने जड्याहा छोरो सानैदेखि अल्छि र केहिगर्न्पानी मन नगर्ने भयो/ तेस्पछी सकिनसकी आमा दिनभरी अर्काको भारिबोकने जे जसो पाएको ज्याला घरमा ल्याएर सकिनसकी खाना पकाएर लोग्ने र छोरालाई खूआआय़ो, तेस्पछी केहि बाकि बसे आफुले पनि खायो होइन भने मुतुगाठो पारेर सुत्यो/ येस्तई येस्तई गरि आमाको दिन बित्दै थियो/ लोग्ने र छोरा ले मिठोमिठो खाना नपाएको झोक मा बेलाबेलामा कुटपिट पनि गर्थे/ तै पनि आमा आखिर के गर्ने उपायेकेही थिएन आमा संग/ उनि आफ्ना सन्तान को बिरोध मा आरुसंग हातेमालो गर्नपनि ठिक होइन भन्थिन/ आखिर ति अरुहरु कै उक्साहट मा परेर लोग्ने र छोरा ले आमा लाइ पिट्थे/ को आफ्नु को अर्कोको चासो उनीहरु लाइ थिएन/ एक दिन अरुदीन भन्दा फरक भयो/ आमा बिरामी परेको पनि केहि दिन भयेछा हेर्ने कोहि भएन/ खाना खान नपाएको झोक मा लोग्ने र छोरा ले पिट्नु पिटे/ रक्सि खाएर आउदै पिट्दै गर्दा पनि उनीहरुको रिसमरें को थिएन/ कहिले लोग्ने कहिले छोरा पालैपालो पिट्थे/ बिचरा आमाको कोहि भएन/ अन्तमा छोरा आएर बिरामी आमा को दुध चुस्न लाग्यो/ चुस्ता चुस्ता एती सम्म चुस्यो कि दुध आउने त कुरै भएन आमाको सबै रगत चुस्यो/ आमा को मिर्त्यु भएको पनि पति पाएनन् उनि हरुले/ चुसेको चुसे इ आफै थाकेर आमा को लासमाथि लात ठोक्दै के भन्न पुगेछन भने/ येस्ता पनि आमा हुन्छन, येस्ता पनि स्वास्नी हुन्छा/ हाम्रो देस को राजनीति, र राजनीतिको नाममा जन्मेका पिचास हरु येस्तई हुन्/ नेपाल आमा को दिन चर्या येस्तई छ कुन दिन आमा अस्ताउने हुन्/

    Reply
  3. ekraj says:
    August 17, 2013 at 9:13 am

    यो चुनाब बाट आएका हुन् या मनोनित, यिनीहरु आफुलै नेतानै घोसणा गरका हुन् र देशको लागि केहि गर्ने प्रतिपद्दता छ भने, इनिहरुले कुनै तलब, भत्ता, डेरा भाडा, बाहन केहि पनि नलिई काम गर्न आउनु पर्दछ|
    फहिलेइ धेरै लुटी सकेका छन्, अब फिर्ता गर्न जानु पर्रो| इनिहरुले आफै मनोनित गर्ने भएपछि तेस्तालाई केहि दिन पर्ने जरुरत देखिदैन किनकि इनिहरु जनताले छानेका नेता होइनन|
    तो सर्तमा सम्मिधन लेख्न तयार छन्? होइन भने यस्ता औंठा छाप बाट कुनै पनि देशको सम्मिधन लेखिदैन? तेस्को लागि दाग नलागेका, देशको अवस्था बुझेका, पढे लेखेका, बर्गीय र निजि स्वार्थ नभएका, बेबहरिक पक्ष्यमा ध्यान दिन र शिप भएका ३०-४० जनाले लेख्नेहो सम्मिधन भनेको चिज नकि भास्त्रचारी, दलाल, फटाहा, ज्यान मारा, बलात्कारी, जाली र अल्छी र गफाडी, हुतीहाराको को झुण्डले|
    यो नाटक पहिलेइ तुहिसकेको हो र अब किन चिहान बाट तेही सिनो झिक्न पर्यो? तेस्तो शिनो त झन् गनौछा भन्ने कुन मुर्खालाई थाहा छैन होला?

    लौ गरि खाओ स्वाँठ हो|

    Reply
  4. Ram Srestha says:
    August 17, 2013 at 2:14 am

    २०७१ सालको वैशाक/जेष्ठ आघि संविधानसभाको निर्वाचन हुने कुनै सम्भावना छैन

    किन भने:

    चोर दलहरुले २/२ मन्त्रि मार्फत आर्थिक बर्ष २०७०/७१ को ५ खर्ब रुपैयाको बजेट मध्ये १ खर्ब को १०% अर्थात १० अरब कमिसन मध्ये २.५ अरब रुपैया बाड्न पुरा भएपछी यो मन्त्रीमंडललाई फुर्सद दिनेगरी आन्तरिक सहमति भएजस्तो मलाई लागेको छ

    अन्य कुराले भुलाउने बहाना मात्र हो !!!

    राम श्रेष्ठ

    Reply
  5. Keshar says:
    August 17, 2013 at 12:57 am

    जति सुकै समाबेसी बनाउन खोजे पनि तिन चार जना टाउकेले जे भनो तेही मान्ने तो हो नि l खासै भन्ने हो बने ठुला पार्टीका ४-५ जना नेता मात्रै हुदा पनि हुदो रहेछ l हाल सम्मका कुराहरु ले तेही देखिन्छ l

    Reply
  6. Nabin Adhikari says:
    August 16, 2013 at 11:16 pm

    चुनाब हुने, सम्बिदान बन्ने कुनै ग्यारन्टी छैन फेरे पनि ५८५ कुकुरहरु ले देस लुट्ने भए ||

    Reply
  7. neeraj says:
    August 16, 2013 at 11:15 pm

    जति धेरै सांसद भए, उति धेरै रातो पासपोर्ट . जति धेरै पासपोर्ट , उति धेरै बेच्ने धन्दा. कुरा सजिलो छ बुझ्नको लागि.

    Reply
  8. Pravin says:
    August 16, 2013 at 4:43 pm

    भने पछि फेरी एकहुल औंठ छाप हरुलाई तलब भत्ताको बेवास्ता गर्नुपर्ने भयो ??

    Reply
  9. Suraj Regmi says:
    August 16, 2013 at 3:43 pm

    यो संघिय समाजबादी पार्टी भन्ने चाही के खान उफ्रीराको नि ? १०० जना पनि नभाको पार्टी को येत्रो फुर्ति ? एउटा हिन्दि उखान याद आयो,
    बाप मरे अन्धेरे मे, बेटा पावरहाउस !

    Reply
    1. Aakar Bhushan Nepali says:
      August 17, 2013 at 5:59 am

      रेग्मी जी,
      अशोक राईको यो पार्टी लाई त्यति धेरै under estimate नगर्ने हो कि ? lately यो पार्टीको development मा tilting केहि वजनदार देखिदैछ | ठुलो चार – पाच पार्टीहरुमा नआउला तर सम्मानजनक मत ल्याउने सम्भावना देखिदैछ| Traditional कम्युनिष्ट र निरपेक्ष जनजातिय राजनीति जस्तो politically correct issue हरुलाई गौण बनाएर मतदाताहरु बीच केहि छाप छोड्न सक्ने सम्भावना देखिदैछ|

      Reply
  10. Saroj says:
    August 16, 2013 at 2:59 pm

    लौ त है ! तेसो भनेपछी अब फेरी आर्को [Group] आउने भो सम्बीधान को नारा लाउदै । अब फेरी देख्न पाइने भो – जाड्याहा, चोर् , अपहरनकारी, घुश्याहा अनी फटाहा हरु । येस्पालि चाँही कती रे’छ यिन लाई बजेट ? नेपाली ले गधा जस्तो ( काम गर्ने ) नेता खोज्ने , अनी पाउने चाँही कुकुर जस्तो पो भो त । (कुकुर चाँही छिमेकी कै त होला । )

    Reply
  11. ngwang says:
    August 16, 2013 at 2:51 pm

    यो धेरै राम्रो हो यसबाट बढी भन्दा उत्पिडित दमित र सिमान्ताक्रित्को भावना समेट्ने छ १० सिटमा छुटेका आदिबादी दलित मदेशी र मुश्लिम ल्याउने आधार बनोस . संख्याको कारण सबिधान नबनेको होईन नेताको नियत खराब भएको कारण नबनेको हो . यदि जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा सबै एक मत भएको भए नेपालले संबिधान पाइसक्ने थिए काँग्रेस एमाले संबिधान नबानाउने खेलमा लागि रहनु नै देशको लागि दुर्भाग्य भयो अब जनताले त्यस्ता कुतत्वलाई चिनेर आगामी निर्बाचनमा मतदान गरौ र सुन्दर सम्ब्रिद्द नेपाल बनाउन पहल गरौ. .

    Reply
  12. Narayan Sapkota says:
    August 16, 2013 at 1:39 pm

    होइन भन्या यो चुनाब त सम्भिधान बनाउने होइन र? १०० जना सछम बुद्धिजिबी भए पुग्दैन र? फेरी तीनै अनपढ गवार हरुलाई अघि सारेर अर्को ४ बर्ष झुलाउने त होला नि देश को ढुकुटी मा राज गरेर

    Reply
    1. ngwang says:
      August 17, 2013 at 2:38 pm

      त्यसो त ९ जनाले बनायो राजाले एक्लैले बनायो खोई काम लागेको ? खोई जनताले अपनत्व स्वीकार गरेको ? अब यो सधैको लागो होस् सबैको लागि होस् दिगो होस्. यसमा भोलिण्टेरिलि पनि काम गर्न सकिन्छ . यहा नियत खराब भो क्या नेता बनाउदा हरुको

      Reply
  13. shyam says:
    August 16, 2013 at 1:19 pm

    यदि, देश मा शान्ति हुन्छ, संबिधान बन्छ, भने ६०१ नै बनाए पनि हुन्छ तर यदि तोकिएको समय मा संबिधान बनाउन सकेनन भने ति सभासद हरुले खाई पाई आएको सुबिधाको सबै रकम राज्यलाई फिर्ता गर्ने सर्त मा !!!!!!

    Reply
  14. madan bajracharya says:
    August 16, 2013 at 1:11 pm

    नागरिकले चुनेको मात्र २४० हुने अनि समानुपातिकको नाममा पार्टीको हुकुमको गुलामहरु ३३५ जना हुने भय पछि फेरी पनि नागरिकको मतको प्रतिनिधित्वो गर्ने सभासदहरु अल्पमतमै रहने भयो/ त् फेरी पनि पहिला जस्तै नागरिकको प्रतिनिधिहरु निरह हुने यो संबिधान सभाको औचित्य के रह्यो?

    Reply
  15. uttam says:
    August 16, 2013 at 12:47 pm

    २ करोड नै पुर्याए भै हाल्थ्यो नि किन ५८५ मात्र.. सपै नेता भए पछि सपै ले उस्तै सुबिधा पौने थियो …

    Reply
  16. Man Limbu says:
    August 16, 2013 at 11:21 am

    समाबेशी प्रतिनिधिमुलक संबिधान सभामा सहभागिता को लागि समानुपातिक सिट संख्या बढ्नु पिछडा बर्ग, दलित, जनजाती तथा मधेसी हरुको लागि खुसि को कुरा हो

    Reply
    1. neeraj says:
      August 16, 2013 at 11:30 pm

      के मधेसी को कुरा गर्नु हुन्छ लिम्बु महोदय, तपाई का जात ले के सुदुर भबिस्य सम्म मधेसी लाई साथ राख्छ ? राख्दैन नि . खण्डित र टुक्रिएको नेपाल मा मन को लड्डु खाने इच्छा ले मधेसी को नाम जप्दै हुनुहुन्छा नि लुन्गा. देश टुक्रा बनाउने संबिधान लेख्नोस. सुभकामना छ. त्यसपछि कसको सासन हुन्छा नेपाल मा, थाहा छ ? दक्षिणी ठुल्दाई को. र तिनले नेपालका लिम्बुलाई मान्छे गन्छन भन्ने सोच्नु भएको छ ? सिक्किम लै जस्तो ललिपोप ख्वौन्छ ? सिक्किम पनि के – भारतको मुलधार मा छ भन्ने सोच्नु भाको छ ? उत्तर पूर्व क चिम्सा आँखा भाका , मोमो पकाउने, ढोका कुर्ने गोर्खा भन्दा माथि को status हुनेछ भन्ने सोच्नु भाको छ लुंगा. न्याउरी मारी पछुतो भन्ने कथा फेरी एक पटक पढ्ने सल्लाह दिन्छु.

      Reply
  17. प्रतिक says:
    August 16, 2013 at 11:03 am

    जंगलमा नेत चाहिन्छ र?? हाम्रो देश पनि जंगल भैसक्यो // अब जो बलियो हुन्छ उ मात्र सरवाईव हुन्छ // नेता सेता लै बेकार को तलब दिएर राख्नु भन्दा बरु सरकारनै खारेज गर्दिउन बरु// टनटाई साफ//

    Reply
  18. rohan vicram singh says:
    August 16, 2013 at 10:41 am

    पहिलेको संबिधान सभाको चुनाव खर्च र कथित ६०१ सभासद भनौदाहरुले घिचेको भत्ता समेत गरि करिब ९ अर्ब रकम बिना उपलब्धि खत्तम भयो! नेपाली जनता हेरेको हेरै भए!
    अब चुनाव खर्च र ५८५ जना सभासद भनाउदाहरुलाई पालन पोषण समेत गर्दा नेपालको कति अर्ब खत्तम हुने हो?
    संबिधान बनाउन ४०-५० जनाको विज्ञहरुनै उत्तम हुनसक्छ! थोरै समय र खर्चमा नेपाल र नेपालीले संबिधान पाउन सक्छ !
    यी डाँका नेताहरुले नेपाल र नेपालीहरुलाई कहिलेसम्म धोखा दिई रहने हुन्……….??????????????

    Reply
  19. Sisir says:
    August 16, 2013 at 10:37 am

    यो पो हो त नमुना लोकतन्त्र जहाँ जनता बीचबाट चुनाब जित्ने भन्दा टिकेहरुको बहुमत हुने (३३५ + १० = ३४५ = ५९ %).. अनि यो मन्त्रिपरिषद्बाट मनोनीत हुने १० जनाको कोटा चै हाम्रा महान हरुवा नेता जस्तै माकुनेहरुलाई पछाडिको बाटोबाट मनोनयन गर्नलाई होला होइन त ?
    कसै प्रति उत्तरदाई नै हुन नपर्ने हो भने पुरै ५८५ नै मनोनित गरे भै गो नि किन चुनाबको नाटक मन्चन गर्नु पर्यो र ?
    संसारमा एस्तो नमुना लोकतन्त्र अन्त कहाँ होला र ?

    Reply
  20. Sudip Thapa says:
    August 16, 2013 at 10:29 am

    संबिधान सभा नाटक भाग २ release हुन लागेको जस्तो छ ||.. चोर फटाहा गुण्डा
    देशद्रोहीहरु ले भरिपुर्ण मनोरन्जनात्मक नाटक सविधान सभा हेर्न नभुल्नु होला

    Reply
  21. Tenzing Gaba says:
    August 16, 2013 at 9:48 am

    कत्ति नकारात्मक मात्र सोच्नु ?
    कहिले काहि त सकारात्मक पनि सोचौ न
    “संसारको सबै भन्दा दामी (महँगो) संबिधान” हाम्रो नै हो भनेर फुर्ती दियिन्छ अब त् (यसै पटक संबिधान बनिहाले पनि मिल्छ बनेन भने त् झन् मिल्छ, झन् महँगो झन् हुने जो भयो) …… जदौ !!!

    Reply
  22. Bhumi says:
    August 16, 2013 at 9:42 am

    सबै मिलिभगत हो । पहिले नै ६०१ बनाउंदा जनताबाट बिरोध हुन्छ भनेर यस्तो नाटक गरेका हुन् । अब बैद्यजीसंग चैं चुनाव सारेर जेठमा गर्ने सहमति हुन्छ । राजनीति गर्नेहरुले जनतालाई केन्द्रमा राखेर सोच्नु पर्ने हो, आफ्नो दल, आफू र आसेपासेलाई फाइदा हुने कुरामात्र सोच्छन् । हामी जनता पनि केही गर्न सक्दैनौं । हाम्रो देशमा राजनैतिक दललाई टक्कर दिनसक्ने अर्को शक्ति नै छैन ।

    Reply
    1. sanjay says:
      August 16, 2013 at 2:30 pm

      बडो गजब को कुरो गर्नु भयो भुमि जी. सोर्है आना चित्त बूज्यो मलाई तपाइको कुरोमा . तर मेरो विचार मा राजनीतिक दल लाइ टक्कर दिने अर्को शक्ति को नै हुन्छ र येदि कुनै त्यस्तो शक्ति आयो भनी त त्यसलाई आतंक बादी भन्छन नि तिनै दल हरुले हैन र ? राजनीति दल लाइ टक्कर दिने भनेको जन-बहिस्कार हो जुन कुरा हाम्रो देश मा सम्भब छैन किन कि हामी जनता हरुनै राजनीतिक नेता हरुलाई भगवान ठान्छु. उनीहरु अगाडी आउदा जनता हरु नतमस्तक हुन्छन. नेता हरुको सहमति लाइ हुदैन है यो कुरा भन्ने कुनै च्यानल हुनु पर्ने हो छैन किनकि सबै त्यस्तो च्यानलहरु येसो पछि लाग्यो भने केहि हात लाग्छ कि भनेर पछि पछि दगुर्छन तिनै चोर/डाका/गुण्डा/गायन्गस्टार नेताहरु संग.

      Reply
  23. santosh says:
    August 16, 2013 at 9:17 am

    अस्ति भिमार्जुन आचार्यको interview हेर्दा मलाई त चुनाव त्यो पनी मंसिर चारमा त खै होला जस्तो लागेन ।
    बैध्य ले यो सरकारले गर्ने भनेको चुनावमा भाग नलिने पक्कापक्की छ यो सरकार हटाएर चुनाव पनी सार्ने हो भने चाँही हुने सम्भावना छ ।

    Reply
  24. neeraj says:
    August 16, 2013 at 9:06 am

    धेरै सिट मागेकै आफ्नो सानो दल ले प्रतिशतमा थोरै सिट ल्याए पनि संख्यामा चाही केहि बढी सिट ल्याओस समानुपातिक बाट भनेर हो . जस्तै १०० को ५% भनेको ५ नै हुन्छा, तर ५०० को ५% भनेको त २५ हुन्छ नि. ५ जनाले मात्र हंगामा गर्न र माइक फुतौना अलि गारो हुन्छ, तर २५ जना ले त सकियो नि. आएको त उही ५% ho , तर संख्या थप्दा को फाइदा नि. फेरी पनि loot मच्चिने भो, संबिधान नबन्ने पक्का भो, हे भगवान यो चुनाब मा कसलाई भोट हालौं म , लौन !! गरिब देश को कम्तिमा पनि ३० अर्ब जति रूप्पे खोला मा बग्ने भो. यो देश लै त निर्दलीय व्यवस्था पो ठिक रहेछ कि क्या हो गाठे.

    Reply
  25. Basanta Thapa,Maryland,USA says:
    August 16, 2013 at 8:33 am

    संबिधान बन्छ भने ,चुनाब हुन्छ भने ,चुनाब बहिस्कार नगर्ने कुनै शक्ति बाकि हुदैनन् भने ,देशमा स्थिर राजनीति ,शान्ति ,,कानुनको राज आउछ भने ५८५ त के जति नेता छन् त्यति नै संख्या हुने संबिधान सभाको चुनाब गरे पनि हामीलाई टाउको दुखाइ छैन \ देश लुट्न कसले बाकि राखेको छ र ? देश बनाउन होइन आफु बन्न आउने त हुन् यी सबै ! यसरि मनोमानी गरिरहदा पनि चुनाब भएन ,संबिधान बनेन ,शान्ति छाएन भने चाहि नेता हो दिन गन्ति सुरु गरे हुन्छ अब जनता तिमीहरु भनेर बस्दैनन्, बुझे हुन्छ \

    Reply
  26. aryan says:
    August 16, 2013 at 8:19 am

    चोर र डाँका हरु ले मात्र राति राति सम्झौता गर्छ

    Reply
    1. इश्वर चन्द्र आर. says:
      August 16, 2013 at 10:24 am

      तक्मे बुढो : ओइ झुसे, हन राति राति बैठक हो कि के पो गरेको थियो नि ? होउ – के पो गरेछ हो निर्णय सिर्नय ! हाम्रो नैन्तिन फ़ोउन्तिन को जस्तो !

      माग्ने बुढो : ए त्यो – हाम्रो देशा धेरै माग्ने हरु भयो रे के सब लाइ सभासद बनायो भने माग्ने को संख्या घट्छ रे के !

      Reply
  27. सिर्जने says:
    August 16, 2013 at 8:18 am

    इ लाछीहरु जनतासंग जान डराएर समानुपातिक सिट संख्या थप्दै छन् / थुइक्क हुतिहाराहरु ! अब बिस्तारै १००% सिट समानुपातिक बनाओ, चुनाउ सुनाउ गर्नु पर्दैन, टण्टै खलास / आफ्नू दुनु सोझ्याउन चै राति राति सम्म मिटिंग बस्न सक्ने यी पाजीहरुलाइ अघिल्लो पाली संबिधान लेख्न चै किन जाँगर नचलेको?

    Reply
  28. SURENDRA hongkong says:
    August 16, 2013 at 7:36 am

    आखुरी झम्के गुलेली हरु को जसरी पनि फेरि देश लुट्ने योजना मा सहमत नै भए होइन त्? अब बैध बा हरु को लागी कोटा बडाउने तिर पनि लाग्नु पर्छ किन कि जसरी पनि जे गरेर पनि लुट्नु पर्छ मात्र शैली र भाषा परिबर्तन गरे काफी छ / गरि खानु पर्छ है झम्के गुलेली नेता हो/ नेपाली माटो उर्बर छ तिमि हरु को लागी/

    Reply
  29. Devsh says:
    August 16, 2013 at 7:20 am

    जय होस्. अब चाही देश विकास होला जस्तो छ. अझ १०,००० – २०,००० जति बनाए हुन्थ्योनि. कमसे कम अलिकति भयपनी बेरोजगारी कम हुन्थ्यो.
    मरेको लास माथि स्यालको रजाई. यो जुनीमा मैले मर्नु भन्दा अगाडी यी नेताहरुलाई पाता फर्काई सिस्नो पानी लगायको देख्न पाए भने नर्क नै जनुपरेनी खुशी हुने थिए.

    Reply
  30. krishna nepal says:
    August 16, 2013 at 6:56 am

    समानुपातिक भनेको के? उही जड्याहा चोर डाँका र घुस्याहा लै बैधानिक बनाउने खेल मात्र हो

    Reply
  31. Jeevan Thapa says:
    August 16, 2013 at 6:40 am

    जुन जोगी आएनी कानै चिरेको भने जस्तै आखिर सबैलाई कुर्सि नै चाहिएको हो … नेपालको कानुन पनि कस्तो गज्जबको हो जति पटक उल्ट्याय नि हुने रहेछ ..
    जनताले सोच्नु पर्ने दिन आएको छ …. सानातिना पार्टीलाई भोट दिएर काम छैन सधै कुर्सिको लागि खोचे थाप्छन, ३ ओटा ठुला पार्टी मध्ये एउटा रोज्नुहोस भारी बहुमतले बिजयी बनाउनुहोस …. अरु केहि नभए नि ५ वर्ष काम गर्न पाओस …. यदी १ पार्टीको बहुमत आउन सकेन भने फेरी अर्को ५ वर्ष संबिधान बन्दैन … कारण बुद्दिजिबि जनताहरुलाई थाहा छँदैछ!!

    Reply
  32. punya hawaii says:
    August 16, 2013 at 5:41 am

    अहिले संचार माध्यमले र केहि पार्टिहरुले उछालेर बैद्य बाको भाउ बढाई दिइ रहेका छन । अनि ५६ को माले हुन किन चुनाबमा भाग लिन्थे त………….

    Reply
  33. Tirtha gurung (U.K.) says:
    August 16, 2013 at 5:16 am

    यो अति भयो,,,कहाँ गए नागरिक अगुवा पत्रकार ,,,एउटा सानो देश मा समाबेसी भन्दै समानुपातिक भन्दै देश सक्नी भए ,,,संख्या घटाउनु कता हो,,उल्टो बढाएर ,,,,सके बिदेसी दलालहरुले देश ,,,जनता पत्रकार बुद्दिजीबी सबै मिलेर बिरोध गर्नु पर्छ,,,???? संख्या धेरै भनाएर संबिधान बन्नी होर ??? कसरि सत्ता मा जानी र मोज मस्ती गर्नी भन्नि मात्र ध्यान छ सानो दल को ,,,,

    Reply
  34. नरेन्द्र says:
    August 16, 2013 at 4:42 am

    देश लुटेर, रातो पासपोर्ट बेचेर खान पल्केका लुटेराहरुले फेरि यसो उसो गर्दै उही पहिलाको जति नै पुराउने भय भेडा बाख्राको संख्या, तिमीहरुले संबिधान बनाउने भय पहिले नै बनाउने थियौ,अरु त के भन्नु थुक्क नमर्द हो तिमिहरु सबलाई एउटा खाल्डो खनेर ज्युदै गाड्नु पर्ने हो।

    Reply
  35. cRIS says:
    August 16, 2013 at 4:31 am

    सालोक्यजी पहिलेको संबिधान सभाको पनि ग्राफ समेटिदिनु भएको भए उत्तम हुन्थ्यो माथिको जस्तै| किनकि यो एकै सभाको कुरो हो| धन्यबाद|

    Reply
  36. द्रोण says:
    August 16, 2013 at 4:18 am

    राजनीति ब्यबसाय गरेर बसेका धेरै खाने मुख हरुको भाग पुग्ने पर्यो | इस खा गणतन्त्र , प्रजातन्त्र |

    Reply
  37. Birodh says:
    August 16, 2013 at 4:17 am

    लौ बधाई छ ५८५ जनाले राम्रै जागिर खाने भए !

    सामान्य जागिर खानको लागि पनि नेपालमा अहिले कम्तिमा स्नातक तह पास गर्नुपर्ने अवस्था आइसकेको छ तर यी “नेता” नामधारी राष्ट्रिय ढिकुटीमा पल्केका कीराहरूलाई देस चलाउने जागिर खान कुनै सर्टिफिकेट नचाहिने, आफुखुसि जागिरको सिट थप्न पनि पाइने, कामको नाममा ठुल्ठुला शब्द प्रयोग गरेर बोल्दिये पुग्ने, गर्नु केहि नपर्ने, तलब-भत्ता समयमै पाइने, देस-बिदेस भ्रमण जति गरेपनि हुने, कमिसन-पैसा-घर-घडेरीको ओइरो लाग्ने ! धन्य जिन्दगि पाका रैछौ – गरिब जनताको रगत चुसेर मोटाएका चिल्ला जुकाहरु !!

    तिमीहरुलाई जिम्मेवारी बोध त कहिलै भएन भएन, लाज-घिन-शर्म भन्ने त तिमीहरुको जिन्दगीमै छैन छैन तर तिमीहरुले “राजनीति” भन्ने सब्दकै बारम्बार बलात्कार गरेउ, एस्लाई जहिले पनि पद र पैसा कमाउने थलो बनायौ, जनतालाई रुवायौ, देशलाई कंगाल बनायौ अनि देशलाई बिदेशीको परेड खेल्ने मैदान बनायौ, धिक्कार छ तिमीहरुलाई अनि तिमिहरुजस्तो सैतान सन्तान जन्माउने ति बिचरा बाउआमाहरुलाई !!!!

    Reply
  38. Sagar Aryal says:
    August 16, 2013 at 3:57 am

    काम गर्ने हैन फेरी उही पारा लेरए , देशको ढुकुटी रित्त्यौने बाहेक अरु के नै कामका छन् र यिनीहरु ५० जना भए पुग्ने ठाउमा ५०० भन्दा पनि बढी राखेपछि पनि कहिल्येइ देश विकास हुन्छ ? यी काम चोर बिदेशीको दलाल नेताहरुलाई कालो मोसो लगाएर देश निकाला गर्नु पर्छ अनि मात्र युवा समाजबाट बिकाश को आपेक्ष्या गर्न सकिन्छ

    Reply
  39. Lalit Narayan says:
    August 16, 2013 at 3:54 am

    ६०१, ४९१ वा ५८५ जति जना सभासद भएनी केही हुनेवाला छैन l सभासदको भत्ता कतिजनाले पचाउने भन्ने भाग बन्डा मात्र हो l दुइ दुइ चोटी समय थप्दा समेत संबिधान जारि गर्न नसक्ने ताइ न तुइको उही अनुहारहरुले यसपाली पनि समयमा नै संबिधान जारी गर्ला भन्ने त पटकै लागेको छैन तैपनि सास भएसम्म आस त गर्ने पर्यो l यसपाली पनि भत्ता पचाउने काम मात्र गरे भने ति नेताहरुको लागि यो भन्दा दुर्भाग्य केहि हुने छैन l त्यस पछि जनताले गर्ने छन् जे गर्नु पर्ने l

    Reply
  40. Sanjaya says:
    August 16, 2013 at 3:52 am

    ठिकै गरेछ. अब संबिधान का अन्तरवस्तु वा आधारभूत सिद्धान्त मा पनि सहमति गर्नुस, ताकी अबको चुनाव पछि संबिधान बन्ने ग्यारेन्टी होस्. नत्र भेन त उही ताल हो , पहिला जस्तै . आफुले नजित्ने भएपछी गोल पोस्ट सार्दै जाने. संबिधान सभा भएपनि त्यहाँ न भोटिंग मा जाने, न सहमति गर्ने. अल्मल्याउने, धाटने, छल्ने मात्र गर्ने छन् यिनीहरुले.

    Reply
  41. shiva says:
    August 16, 2013 at 3:52 am

    समानुपातिकमा धेरै सिट राखेको त्यति प्रजातान्त्रिक भएन | जनताले व्यक्ति रोज्न पाउने अधिकार गुमाउछन यसरि | यो भनेको जनतालाई भन्दा पनि पार्टी या गूटलाइ बढी अधिकार दिएको हो जसले गर्दा पार्टीहरुले ऐरे गैरे, जनताबाट तिरस्कृत वा गुण्डाहरुलाई मन्त्रि बनाउन सजिलो गराईदिन्छ | पार्टीका मान्छेले आफुलाई मात्र हेरे, जनतालाई हेरेनन् | यदि यसरि समानुपातिकलाइ धेरै महत्व दिने हो भने पार्टीलाई भोट गर्दा पार्टीले पहिलै को को समानुपातिक मान्छे हाल्ने हुन् भन्दिनु पर्छ |

    Reply
  42. harihar sharma says:
    August 16, 2013 at 3:43 am

    २० जना कम गरेर के देखाउन खोजे ?

    Reply
    1. बिषम नेपाली says:
      August 16, 2013 at 8:58 pm

      ६०१ मा २० घटाउदा त ५८१ हुन्छ । त्यसैले २० होईन १६ मात्र कम भएको हो ।

      Reply
  43. Wokil Bam says:
    August 16, 2013 at 3:27 am

    हाहा, उपेन्द्र यादव ले ५८५ गराए, अब वैद्य बा आएर ६०१ सदस्य नै बनाउने त होलान नि.

    Reply

Leave a Reply to इश्वर चन्द्र आर. Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme