Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्लस टुका विद्यार्थीहरुलाई यसरी ठगिँदैछ एसएमएसबाट

Posted on August 13, 2013August 14, 2013 by Salokya

ek एसएमएसको भ्यालु एडेड सर्भिस सर्वसाधारणलाई ठग्ने एउटा नराम्रो माध्यम बनिरहेको छ। आज १२ कक्षाको विज्ञान विषयको रिजल्ट आएको छ। रिजल्ट एसएमएसबाट हेर्न सकिने भनी विभिन्न विज्ञापन आएका छन्। तर ती विज्ञापनहरुमा शुल्क उल्लेख गरिएको छैन। शुल्क उल्लेख गरेको भए विद्यार्थीले कुन सेवा सस्तो छ, त्यसबाट छान्न सक्थे।

खुला प्रतिस्पर्धाको जमानामा शुल्क उल्लेख गरेर व्यापार गर्ने हिम्मत ती सेवा प्रदायकहरुले गर्नुपर्थ्यो। तर त्यसो नगरिदिँदा एक रुपियाँमा पाइने सेवा ५ रुपियाँ तिरेर उपभोग गर्न बाध्य छन् विद्यार्थी।

हेर्नुस् यी स्प्यारो एसएमएसका विज्ञापन-
Sparrow_SMS_HSEB

sparrow
विज्ञापनमा कतै पनि एसएमएस पठाएवापत् कति शुल्क लाग्छ लेखिएको छैन। चलाख व्यापारीहरु त सानो अक्षरमा भए पनि लेख्थे, यसमा त त्यही पनि छैन।

झण्डै डेढ लाख लाइक गर्नेहरु भएको स्प्यारो एसएमएसको फेसबुक पेजका स्टायटसहरुमा पनि कहीँ कतै यो ब्लग तयार पार्दासम्म कति शुल्क लाग्ने खुलाइएको छैन।

खासमा यसमा एसएमएस गर्दा लाग्ने शुल्क पाँच रुपियाँ हो। करको छुट्टै शुल्क लाग्छ। त्यो पनि तपाईँबाटै असुलिन्छ।

अब फेरि अर्को एउटा विज्ञापन हेरौँ-
NTC

पाँच रुपियाँको सेवा लिने कि एक रुपियाँको ?

यसमा पनि कति शुल्क लाग्छ, उल्लेख छैन। त्यसो भए एक सामान्य विद्यार्थी वा अभिभावकले के बुझ्ने त ? जुनमा गरे पनि उत्ति नै पैसा लाग्ने होला, जुनमा गरे पनि भइहाल्छ नि।

तर हैन, स्प्यारोको 5001 मा गर्नुभन्दा टेलिकमको 1401 मा गर्दा करबाहेक चार रुपियाँ सस्तो पर्छ। टेलिकमको नम्बरमा एसएमएस गरी रिजल्ट हेर्दा करबाहेक एक रुपियाँ मात्रै लाग्छ।

टेलिकमको सेवाको शुल्क सस्तो छ। त्यसो भए पनि किन उसले विज्ञापनमा त्यसलाई उल्लेख नगरेको त ?

टेलिकम जवाफविहीन !

टेलिकमको नम्बरमा एसएमएस गर्दा एक रुपियाँ लाग्छ भनेर पत्ता लगाउन चाहिँ आज १० रुपियाँ जति खर्च भयो होला र दिनभर लाग्यो। बिहान फर्स्ट आवरमा नै टेलिकम प्रवक्ता गुणकेशरी प्रधानलाई फोन गर्दा विज्ञापन छाप्ने काठमाडौँ क्षेत्रीय निर्देशनालय प्रमुखको नम्बर दिइन्। ती प्रमुखले एकछिनपछि फोन गर्छु है भने तर गर्दै गरेनन्।

खासमा जानकारी दिने काम त प्रवक्ता कै हो नि भनेर फेरि प्रधानलाई नै सवा एक बजेतिर एसएमएस गरेँ। अहँ, जवाफै छैन त।

‘१४०१ मा एसएमएस गर्दा कति शुल्क लाग्ने रहेछ भनेर टेलिकमका प्रवक्तालाई नै थाहा छैन’ भनेर लेखिदिम् कि के हो भनेर साढे चार बजेतिर एसएमएस गर्दा बल्ल जवाफ आयो- प्रति एसएमएस १ रुपियाँ (करबाहेक)। अनि त्यसो भए हिजो गोरखापत्रमा र आज निजी पत्रिकाहरुमा छापिएको टेलिकमको विज्ञापनमा शुल्क किन उल्लेख नभएको त भनेर फेरि प्रश्न सोधेँ। अहँ जवाफ आउँदै आएन!

शुल्क उल्लेख गर !

टेलिकमलाई शुल्क उल्लेख हुँदा-नहुँदा खासै केही फरक पर्दैन होला। किनभने स्प्यारोको एसएमएसमा कन्टेन्ट प्रोभाइडर र सेवा प्रदायकबीच ८०/२० दरले आम्दानी बाँड‌्ने सहमति भएको भए पाँच रुपियाँबाट टेलिकमलाई एक रुपियाँ आउँछ। टेलिकमकै १४०१ मा गर्दा पनि आउने एक रुपियाँ नै हो। तर यहाँ मार त उपभोक्तालाई पर्‍यो नि। एक रुपियाँमा आउने सेवाको लागि किन पाँच रुपियाँ तिरिराख्नु ! अनि खुला प्रतिस्पर्धामा विश्वास गर्ने हो भने कम्पनीहरुले एसएमएस पठाउँदा लाग्ने शुल्क प्रष्टसँग उल्लेख गर्नुपर्‍यो। उपभोक्तालाई छनौटको अधिकार छ। लुकाउने, ढाँट्ने हो भने त ठगी भइहाल्यो नि।

स्प्यारोको सेवाको पनि आफ्नै विशेषता छ जस्तै टेलिकमको १४०१ मा अरु अपरेटरको एसएमएस जान्छ जाँदैन, थाहा छैन। तर स्प्यारोको सेवा टेलिकम, एनसेल, युटिएल र स्मार्ट सेलमा समेत उपलब्ध छ। तर यति लाग्छ है भनेर उपभोक्तालाई जानकारी त दिनुपर्‍यो नि !

अरु सुध्रँदैछन्
व्यापारीहरुले नोबेल पुरस्कार झैँ ठानेर लागिपरेको उद्योग वाणिज्य स‌ंघको अवार्डका विज्ञापनहरुमा पनि यस्तै देखेपछि ब्लग लेखेको थिएँ- व्यापारीलाई अवार्ड जिताउन पनि हामीले पैसा खर्च गरिदिनुपर्ने ! शुल्क विवरण लुकाएर किन उपभोक्तालाई मुर्गा बनाउन खोजेको? त्यही ब्लगको प्रभावले हो कि, हिजो जगदम्बाले छापेको विज्ञापनमा एसएमएसवापत् लाग्ने शुल्क पनि उल्लेख गरिएको छ। यो पो त कुरा। अब आफ्नै पैसा खर्च गरेर भोट दिने कि नदिने त्यो उपभोक्ताको जिम्मा। खासमा त भोट वापत् लाग्ने शुल्क पनि उनीहरुले बेहोरिदिनुपर्ने हो। शुल्कै लुकाउन चाहिँ पाइन्न।

Jagadamba_SMS_Price
सुको पैसा नआउने विज्ञापन किन पूरै देखिने गरी राख्नु भनेर चाहिने अक्षर मात्र देखिने गरी अरु धमिलो बनाइदेको हो 🙂

अपडेटः स्प्यारोले माफी माग्यो

स्प्यारो एसएमएस सञ्चालन गर्ने जानकी टेक्नोलोजिजका सिइओ अमित अग्रवालले फेसबुकका विज्ञापनहरुमा एसएमएसवापत् लाग्ने शुल्क उल्लेख गर्न छुटेकोमा सम्बन्धित सबै पक्षसँग माफी मागेका छन्। माइसंसारलाई पठाइएको इमेलमा उनले एक रुपियाँ शुल्क लाग्ने एसएमएस सेवामा टेलिकमसित कुनै रेभेन्यु सेयरिङ नहुने र त्योभन्दा माथि शुल्कका एसएमएस सेवामा करबाहेक उपभोक्ताले तिरेको शुल्कको आधा मात्रै पाउने दावी गरे। माथि ८०/२० को अनुमान भने यहाँबाट गरिएको थियो। शुल्क उल्लेख नगर्ने सबै कम्पनीहरुको पनि यसमा ध्यानाकर्षण होस्। एउटा एसएमएसको सय रुपियाँ नै लिए पनि शुल्क चाहिँ उल्लेख होस्, त्यो नगरी उपभोक्तालाई नझुक्याइयोस् भन्ने मात्रै माइसंसारको चाहना हो।

24 thoughts on “प्लस टुका विद्यार्थीहरुलाई यसरी ठगिँदैछ एसएमएसबाट”

  1. Suraj says:
    August 15, 2013 at 12:04 pm

    Mind your language bhane edusanjal mind your language I have also checked result from edusanjal and edusanjal has framed the webpage of Nepal Telecom. In fb also they have advertised that they are publishing result. This type of unethical work has been done by edusanjal.

    Thanks
    suraj

    Reply
  2. रामचन्द्र says:
    August 14, 2013 at 12:54 pm

    पैसा ‍- जिवन गुजाराको प्रमूख साधन
    थोरै पैसा – जिवन सञ्चालनको एक थोपा
    धेरै पैसा – ( थोरै पैसा + थोरै पैसा ) जिवन गुजाराको नदि
    ठग – धुर्त ब्यापारी
    ठगिको माध्यम – नेपाल टेलिकम लगाएर अन्य
    ठगिने मुर्गा – नेपाली जनता
    यसर्थ, सुका,मोहर र रुपैयालाई सानो पैसा सोच्ने नेपाली जनताको कमजोर मानसिकताको फाईदा धुर्त र चलाख ब्यापारी बर्गले उठाई रहेका छन् र साथ दिन तयार छन् सरकारी स्वामित्वका संस्थाहरु । धुर्त बर्ग र हामी मुर्गा बर्गलाई सचेत गराई दिनु भएकोमा मित्र सालोक्य जि लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

    Reply
  3. तेन्जिंग गाबा says:
    August 14, 2013 at 10:59 am

    ,,,, …… ,,,,,,,,,ए हजुर !!!
    जाबो रू ५ मात्र किन नि ?
    बरु यसो गरम न
    sms गरे बापत शुल्क यस्तो लाग्ने, जसले sms गर्छ उसको
    # mobile set ,
    # सम्पूर्ण balance,
    # जसको नाममा सिम कार्ड छ उसको नामको घर-खेत-बारी चल-अचल सम्पति पनि सेवा sms प्रदायकको स्वतः हुने भनेर खुसुक्क निर्णय गरेर त्यो निर्णय चाही स्विस बैंकको locker सुरक्षित संग लुकाएर राखौ न /

    अनि जस जसले sms गर्छ ………..राम राम राम !!!

    Reply
  4. Nimess says:
    August 14, 2013 at 1:24 am

    सालोक्य जी, सारै राम्रो लाग्यो, अति मनपरी भयो, नेपाल मा यसै देश गरिब छ, ठग्ने कैद चै झन् बादी छन्. अगाडीका उदाहरण हरु को भरमा आशा गर्छु यो पनि समन्धित निकाय मा पुग्नेछ..

    Reply
  5. Ram Thapa says:
    August 13, 2013 at 9:44 pm

    जनताको आँखा उघारी दिंदै यसरी नै पत्रकारिता गर्दै जानुस है सालोक्य जी

    Reply
    1. Dhruba Adhikari says:
      August 13, 2013 at 11:43 pm

      एस्लाई पत्रकारिता भनिदैन !
      यो आवश्यक अनुसन्धान नपुगेको एउटा उरनठ्यौलो लेख मात्र हो !

      Reply
      1. Niraj Gurung says:
        August 13, 2013 at 11:55 pm

        पोल खोलिएपछि ध्रुव बाजे उर्फ Chief Technology Officer,
        Janaki Technology Pvt. Ltd. रिसाएर उधुम भएछन् । उरन्ठयौलो लेख रे खितितिति
        ५ रु हाम पारौँला भनेर बस्या होला १ रुको पनि छ है भनेर देखाइदिएपछि रिस उठ्ने नै भो नि । अनि उनको लागि यो के को पत्रकारिता हुन्थ्यो के को ‘अनुसन्धान’ पुगेको हुन्थ्यो !

        Reply
        1. Tenzing Gaba says:
          August 14, 2013 at 1:22 pm

          गुरुङ बन्धु
          त्येस्तो सारो नरिसाउनुस न उमेश ब्रो हरुको लेख लाई “गज्जप” रहेछ भनेर भन्ने हो भने त् “ऋषि धमला” हरु जस्तोलाई “पत्रकार” अझ खै कुन भजन मण्डलीको अधक्ष्य भनेर कसले भन्दिने नि ?

          Reply
      2. Vijay says:
        August 14, 2013 at 12:07 am

        तिम्रा कुरा इस्स्स्स….भन्थे रे उहिलेका ले……

        Reply
      3. Basant says:
        August 14, 2013 at 12:13 am

        माइ संसारमा सकारात्मक सन्देस मुलक कमेन्टमा पनि रातो ठोक्दै हिड्ने स्याल त् एई ध्रुब बाजे पो रहेछ ..बल्ल आज पो पोल खुल्यो त्

        Reply
      4. harihar sharma says:
        August 14, 2013 at 6:05 am

        एबाबू, पत्रकारि त के हो त / यसो प्रबचन सुन्न वा पढन पाय मर्ने बेला मा मुक्ति पाइन्थ्यो कि /

        Reply
  6. Shahil says:
    August 13, 2013 at 9:41 pm

    “सुको पैसा नआउने विज्ञापन किन पूरै देखिने गरी राख्नु भनेर चाहिने अक्षर मात्र देखिने गरी अरु धमिलो बनाइदिएको….” यो चाही मलाई पनि मन पर्यो…

    Reply
  7. Lalit Narayan says:
    August 13, 2013 at 9:34 pm

    हैन के सारो हेपेका हो सबैले हामलाइ नै ?
    # मुसाको लिंड भएको दहि पनि हामले नै खानु पर्ने
    # भुईखुट्टाले मोलेको दालमोट पनि हामले नै खानु पर्ने
    # बिरामी हुँदा खान पाउने केरा (फलफुल) पनि बिषादी हालेर पकाको खानु पर्ने
    # महँगो उपभोग्य सामग्री किनीदिएर मात्र नपुगी साहुजीहरुको बिज्ञापन पनि उल्टो हाम्लेनै पैसो तिरी तिरी गर्दिनु पर्ने?
    # हुँदा हुँदा बिद्यार्थीहरु बाट पनि परिक्षाफल उपलब्ध गर्ने बहाना बनाएर लुट्ने?

    सरोकारवाला संघ संस्था र अनुगमन गर्ने निकायले लछारपाटो लगाउने छाँटकाँट देखाएनन l
    अहिले सम्म यिनीहरुको पर्दाफास गर्ने काम mysansar ले गरेर हाम्लाई ठुलो गुण लाको छ l ल है mysansar अब हाम्ले नै त्यस्ता डाँकाहरुलाई घोक्रेठ्याक गरि तह लाउनु परो l mysansar को यो अभियानलाइ समर्थन गर्नेले like ठोकौं l

    Reply
  8. दामोदर कुइंकेल says:
    August 13, 2013 at 8:32 pm

    ल है NTC नेटवर्कबाट hseb symbol no. लेखी १४०१ मा sms गरौ | अरुले त ठग्छन | जय होश नेपालीको सान र गौरव नेपाल टेलिकमको ……………..|

    Reply
  9. Rakesh says:
    August 13, 2013 at 7:38 pm

    बदमाशहरुलाई ठाउमा ल्याउन येसो नगरी कहाँ हुन्छ र ! धन्यबाद सालोक्यजु, यस विषयमा सजग गराउनु भएको मा

    Reply
  10. पुष्प says:
    August 13, 2013 at 6:44 pm

    मिलिजुली पचाउने – संस्थागत भ्रष्टाचारको अर्को नमूना !

    Reply
  11. Nikit says:
    August 13, 2013 at 6:36 pm

    Sparrow SMS ले
    Thank You Mysansar for pointing out what we missed.
    भनि सक्यो यो आर्टिकल लेखेको देखेपछि होला (y)

    Reply
  12. Om prakash pokhrel says:
    August 13, 2013 at 6:26 pm

    धन्यवाद तपाइलाई यो कुरा को उठान को लागि.
    If you remember earlier the result used to be available in major websites of Nepal and also in educational website. Later Nepal Telecom people influence the HSEB officials. So HSEB now did not give other websites to publish the result.
    And also HSEB charge hefty fee to get license to publish result. For SMS service of result they have to pay non-refundable fee: Rs. 55,000. So its their compulsion to make SMS fee rs 5 or even more.
    The main thing is that, who give right to HSEB to do business from the students data? Its HSEB’s responsiblity to make result available in easy way, and HSEB must have bear the cost of SMS too. They already have collected exam fee from students.
    So its HSEB officials vested interest of making money which compelled students to pay more and service providers to charge more.
    Find more about The advertisement of HSEB about result data here: http://edusanjal.com/blog/2013/07/business-from-students-result-data-how-much-hseb-will-earn

    Reply
    1. Suman says:
      August 13, 2013 at 11:42 pm

      edusanjal ले आफै अनुमति बिना आफ्नो वेबसाइटमा फ्रेमिङ गरेर एसएलसीको रिजल्ट हाल्यो, अनि आफैले हालेको जस्तो गरेर विज्ञापन गरी हिँड्यो फेसबुकतिर । अहिले प्लस टुको रिजल्ट पनि त्यस्तै गर्दैछ । आफै अनएथिकल काम गर्ने अनि आफै गाली गर्दै हिँड्ने ?

      Reply
      1. Om prakash pokhrel says:
        August 14, 2013 at 6:24 am

        सुमन जी
        Please mind your langugae. edusanjal is an educational site. They are putting information related to education and other stuffs. I have never seen any ads of edusanjal in any media so far. If you have seen such ads, if you send screen shot i will be happy to update my knowledge.
        I have not seen the result hosting of hseb grade 12 science in this website, if you can give link? Just blaming is not enough.

        Reply
  13. Bikalpa says:
    August 13, 2013 at 6:13 pm

    Also, what I have noticed is, I used sparrow sms to check my sister’s SLC result last time, after some time, I was sent sms advertising colleges. I am quite sure, sparrow sms sold my number to these collegs. Unethical business carried out by SparrowSms.

    Reply
    1. Smrity says:
      August 13, 2013 at 11:46 pm

      हो, हो मैले पनि भाइको एसएलसीको रिजल्ट यसैबाट हेरेकी थिएँ । ५ रु लाग्छ भनेर थाहा थिएन । एसएमएस पठाएको कति घण्टापछि बल्ल आएको थियो जवाफ । अनि केही दिनपछि त कलेजहरुको विज्ञापन पनि आयो एसएमएसमा । पाँच पाँच रु तिरेर त्यसको एसएमएस हेरिदिँदा पनि अझ मेरै मोबाइल नम्बर कलेजहरुलाई बेचेर विज्ञापनको पैसा खाने ? कुन नैतिकता हो यो ? लाज छ कि छैन ?

      Reply
  14. Raju Rana - Mahendra says:
    August 13, 2013 at 6:13 pm

    मागी खाने भाडो बनायका छन् —- एउटा कुरो नेपाल मा फोन गर्यो यहाँ बाट – पी आर बि ति धुन सुन्न ९२२… डायल गर्नुस भनेर १ मिनेट सम्म बोलि रक्छ कम्प्युटर सेट मोबाइल मा – फुर्सद को बेला मा त ठिकै छ तर कहिले कहिँ बेफुर्षद को बेलामा कम्त रिस उठ्छ – सम्बन्धित निकायले सुनिदिय हुने ?

    Reply
  15. Bhesh Raj Kanel says:
    August 13, 2013 at 5:51 pm

    सालोक्यज्यूले उठाएका कुरा सही छन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme