Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मेरा इन्डिया’ भन्दै माछापुच्छ्रे हिमाल !

Posted on August 9, 2013August 9, 2013 by Salokya

india_machhapuchhre
डिस्कभरी नेटवर्क्स एसियाको स्वामित्वमा रहेको भारतीय टेलिभिजन च्यानल ‘एनिमल प्लानेट इन्डिया’ ले नेपालको माछापुच्छ्रे हिमाललाई ‘ये मेरा इन्डिया’ बोलको गीतमा देखाइरहेको छ। भारतको स्वतन्त्रता दिवस आउँदो अगस्त १५ तारिखदेखि सुरु हुने नयाँ कार्यक्रम ‘ये मेरा इन्डिया’को प्रचार गर्न बनाइएको सामाग्रीमा हाम्रो शान माछापुच्छ्रे हिमाललाई देखाइएको हो। अङ्ग्रेजी र हिन्दी भाषामा प्रसारण हुने यो च्यानल भारत लगायत नेपालका केबल र डिटिएचमा पनि हेर्न पाइन्छ।

हेर्नुस् भिडियो-

१ मिनेट ३७ सेकेन्डमा माछापुच्छ्रे हिमाल देखाइएको छ। त्यहीँदेखि मात्रै भिडियो हेर्ने भए यहाँ क्लिक गर्नुस्।

कसैले सडकमा उफ्रन जरुरी छैन, कुनै नेताले भड्काउन जरुरी छैन। यसमा भारतीय नेता र भारतीय जनतालाई गाली गर्नु पनि पर्दैन। यो भारतलाई नै नबुझ्ने एक जना लापरवाह भिजुअल एडिटर र डाइरेक्टरको काम हुनसक्छ। यो नियतवश नभएको भए हामी पाठकहरु आफै जागरुक भएर एनिमल प्लानेटको फेसबुक पेजमा गएर सभ्य भाषामा जानकारी दिएर गल्ती भएको जानकारी दिन, सच्याउन र माफी माग्न अनुरोध गरे पुग्छ। किनभने माछापुच्छ्रे हिमाल नेपालको हो, भारतको हैन।

सभ्य भाषामा गल्ती सच्याउन अनुरोध गर्न एनिमेल प्लानेटको फेसबुक पेजमा अनुरोध गर्न यहाँ क्लिक गर्नुस्। वा ट्विटर @AnimalPlanetIn मा पनि।

त्यसो त गएको बुधबारदेखि नै केही नेपालीहरुले त्यहाँ आवाज उठाइरहेका छन्। तर उनीहरुको आवाजलाई वास्ता गरिएको छैन। फेसबुकको अर्कै पोस्टको कमेन्टमा गल्ती स्वीकार नगरी हामीले भिडियो परिवर्तन गरेका छौँ भनेर झारा टार्ने हिसाबले भनिएको छ। तर टेलिभिजनमा आज शुक्रबारसम्म पनि यही प्रोमो बजिरहेको देखिएको छ।

gakti

75 thoughts on “‘मेरा इन्डिया’ भन्दै माछापुच्छ्रे हिमाल !”

  1. Devsh says:
    August 15, 2013 at 5:54 am

    तिमीहरुको अमुल्य भोटबाट जितेका तिम्रा महाननेताहरुले नदि नाला, डाँडा काँडा, सहर बजार, सम्पूर्ण थोक त बेची सके. गएर सोध के थाहा हिमाल पनि बेची सके छन् कि. यो ब्लगमा ठुलो ठुलो कुरो मात्र गर्न जानेछौ.
    घर सिंह बन स्यालहरु.

    Reply
  2. Sam says:
    August 12, 2013 at 2:38 am

    यस्ता झारपातको कुरा नसुनौ !!!
    ८००० मिटर अग्ला १४ ओटा हिमालमा ८ ओटा
    नेपालमा पर्नेमा माछापुछ्रे तिनीहरूको बिचमा पर्छ !

    श्याम गिरी
    USA

    Reply
  3. Suraj Shrestha says:
    August 12, 2013 at 2:35 am

    कुकुर कराउदै गर्छ
    हात्ती हिदैदै गर्छ

    नेपालको भाग नगन्य केहि भारतीयहरुले गल्तीमा भारतमा छ भन्दैमा भारतमा हुदैन
    हामी नेपालीहरु एकजुट भएर आफ्नो राष्ट्रियता बलियो राख्नु नै सबैभन्दा महत्वपुर्ण कुराहो
    यो सत्बुद्धि हाम्रा नेपाललाई डोराउने नेताहरुमा आवोस र दिमागबाट भुस र गोबर बाहिर होस्

    सुरज श्रेष्ठ

    Reply
  4. birendra says:
    August 11, 2013 at 8:54 pm

    इन्डियन को पाठ्यक्रम मा नै कतै येस्ता कुरा पढाई हुन्छ कि के हो, धेरै इन्डियन हरु सग कुरा भयो – बुद्ध भारत मा जन्मेको भन्छ, नेपाल इंडिया को पार्ट हो या पहिला थियो भन्छ

    Reply
  5. Anuj Nepali says:
    August 11, 2013 at 5:17 pm

    साथीहरुले सिक्किम मणिपाल विश्वविध्यालयको वेब हेर्नु होला, एसमा पनि नेपाललाई इंडियाको स्टेट देखाएको छ, नभए हेर्नुस त

    लिंक:

    http://smude.edu.in/authorised-centres/view-individual-authorised-centre-site

    Reply
  6. madan bajracharya says:
    August 11, 2013 at 1:04 am

    मनोज भन्नेले नेपाल पनि कास्मिर र सिक्किम जस्तै भारतमा गाभिनु पर्छ भनेकोमा निम्न कुरा मनोजज्युलाई भन्न बाध्य नै भय/ कुरा सुरु गर्नु भन्दा म यो पनि भन्न चाहन्छु कि भारत अझै बिकशित होस्; सबै भारतीय सुखी र खुसि होस् र नेपाली र आम भारतीय बीचको सम्भंद अझै प्रगाढ होस्, भारतले आफ्नो छिमिकी मुलुक बात जवर्जस्ती लिने र लाद्ने प्रविती त्यागुन र भारतले आफ्नो छिमेकी बात केहि लिन चाहे केहि दिन पनि सिकुन भनेर कामना गर्छु/ अब नेपाललाई दिनहिन असाहय रास्ट्रको रुपमा लिंदै सम्पूर्ण नेपालीलाई हेला गर्ने मनोजज्युलाई जवाफ:

    मनोजज्यु
    तपाइंको यो ” होइन यो नेपलीलाई के भयको हो?” भन्ने प्रश्न यदि तपाईं बुद्ध सिता भृकुटी जन्माउने नेपालीकै कोख बात जन्मेको हो भने तपाईं आफै सिट सोध्नुस; कि तपाइंको मन र मस्तिस्क यति विकृत कसरि भयो भनेर/ तर तपाईं भारतीय हुनु हुन्छ भने भने तपाइंको आफ्नो देस प्रतिको गौरवको म सर्हाहना त् गर्छु तर तपाइंको देसको छिमेकी मुलुकहरु प्रतिको गलत धारणा प्रति खेद प्रकट गर्छु/

    मित्र मनोजज्यु; तपाइंले भारतको बारेमा जत्ति पनि कुरा गर्नु भयो कि यो बनाइसके त्यो बनाइसके आदि आदि भनेर; ते सबै झुत्रो गन्हाउने, उपिया उदुशले भरियाको तकिया माथिको मलमलको खोल जस्तै मात्रै हो/ थाह छ भारत बिस्वमा नारि प्रति अपराध गरिने मुलुकमा ४ औं, मुलुक हो/ बर्नभेद जातिभेद छ्वाछुतमा उहिलेको दछिन अफ्रिकालाई अझै पनि माथ गर्ने देस हो/ धर्म विभेदको कारणले हिरोसिमा र नागासाकीमा आणविक बिस्फोटन बात जति मरे त्यो कम मरेको मारियको थियन इन्डिया विभाजन हुँदा/

    धनि पनि छन् इन्डियामा तर जस्तो गरिबी इन्डियामा छ तेस्तो गरिबी सोमालियामा पनि छैन/ बालक बालिकालाई अंगभंग गरेर माग्न लगाउने, दाइजो नल्याय नारीलाई जिउन्दै जलाउने आदि आदि जस्तो भयनाक कुरीति तपाइंको भारतको अझै पनि संस्कृति बनेकैछ/ यो भयो तपाइंको भारतले बिकासको टाई कोटले छोपेको गन्जी र गम्छा भित्र लुकेको सामाजिक दरिद्रता/

    अब तपाइंको आतारिक राजनैतिक दरिद्रता पनि कम छैन/ कस्ता कस्ता सांसद र नेता बन्छन तपाइंको भारतमा त्यो कुरा तपाइंलाई बढिने थाह छ नै होला/ अब कुटनैतिक अर्थात अरु देस बिशेस गरेर आफ्नो छिमेकी मुलुकहरु प्रति कस्तो छ; के त्यो कोट्याउँ मित्र मनोजज्यु?

    सारंसमा भन्ने हो भने तपाइंको मुलुकले आफुलाई बलियो साबित गर्न बिकशित साबित गर्न छिमेकी मुलुकलाइ कम्जोर अशान्त बनाउन कुनै कसर नै बाकि राखेको छैन/ भारतले आफ्ना छिमेकी मुलुकको स्वतन्त्रता र रास्ट्रिय श्रोतहरु लुटेको छ/ छिमेकी मुलुकहरुमा आफ्ना दलले पिल्ले मार्फत राजनैतिक सामाजिक आतंक मच्चाउन्दै आयकोछ/मनोजज्युले भारतले यसो गरेको छैन भारतले भन्न सक्नु हुन्छ?

    बिस्वमै सुन्दर पर्यटकिय देस कास्मिर, सिक्किम र पहिला नेपालको भयको दार्ज्लिंग देहरादुन नैनीताल सिमला आदि ननिलेको भय भारतको अनुहार तेश्रो मुलुकको पर्यटकहरुको लागि आकर्षण बिहिन कालो अंग्रेजकै जस्तो हुन्थ्यो/ नेपालको र भुटानको जलश्रोतहरु कब्जा नगरेको भय भन्नुस मनोजज्यु तपाइंको १६ घन्टे लोड सेदिंग नेपालमा हुन्थ्यो कि भारतमा?

    अहिले नेपालकै भूमिमा र नेपालको सिमाना नजिकै अन्तरास्ट्रिय कानुन मिचेर नेपाललाई हेपेर झुठो बोलेर नेपालको नदि थुनेर बाध बनायर आफ्नो लाइ पानि र बत्ति र नेपाललाई बाढी र अन्धकार दिंदै आयको छ/ यो कुरा अहिले भारतको भ्रमणमा गयको सुसिलले दिल्लीमै पनि उठायाको छ र भारतले तेस्तो गलत काम नगरेको भन्न पनि सकेको छैन; मात्र कुरा मिलाउला भन्न बाध्य भयकोछ/ त् भन्नुस मनोजज्यु नेपालको अबिकाश्को कारण को हो?

    नेपालको विकास को निमित भारत सहयोगी होस् बा नहोस तेस्ले खासै ठुलो प्रभाव रदैन्थ्यो/ मात्र छिटो बिकाश हुने मा ढिलो हुने मात्रै हो/ बिस्वमै दोश्रो ठुलो जलशक्तिको भण्डार रहेको; प्राकृतिक सौन्दर्यतामा अद्वितीय भारतको आकार भन्दा २२ गुणा सानो, भारतको जनसंख्या भन्दा ५० गुणा सानो नेपालको बिकाश गर्नमा बिस्व समुदायले समेत सहयोग दिंदै आयकोले नेपालमा बिकाश गर्नु अप्थायो हुँदै होइन गर्न केहि सानो तर नेपालको बिकाश गर्नमा बाधा तेर्सायको नेपालको आन्तरिक राजनीति अस्थिर भयकोले नै हो र नेपालको राजनैतिक अस्थिरता भारतले नै शिर्जना गरे गर्न लगायको हो/ के होइन भन्न सक्नु हुन्छ मनोजज्यु?

    गोर्खाली अधिकतम बसोबास भयको दार्जलिङ्गमा गोर्खालैंड बनाउन दिनमा र त्यहा भयको सबै गोर्खालीलाई भारतको नागरिकता दिनमा समेत असहमत भारतले श्रीलंकाको जाफ्नामा बस्ने भारतीय मुलको तामिल्हारुलाई श्री लंकाको नागरिकता दिन श्री लंका सरकारलाई दवाव दियो/ श्री लंका सरकारले ३० लाख तामिल्लाई नागरिकता दिय पछि श्री लंकाको जाफ्नामा आत्म निर्णय गर्न सकिने स्वायत जाफ्ना राज्य बनाउन दिनमा भारतले उक्सायाको मात्रै होइन नाङ्गो हस्त्छ्य्प समेत गरे/ अहिले भारतले नेपालको तराइमा तेस्तै गर्न खोज्दैछ/ यो के हो मनोजज्यु?

    मनोज नेपाल र नेपालीको अपमान गर्नु भयको छ/ भारत भन्ने देस अंग्रेजले जसरि संगालेर स्थापना गरेर तपाईंलाइ दियको थियो/ त्यो यक किसिमले अंग्रेजले दियको भिख जस्तै हो/ के तपाईं भारतको सार्वभौमसत्ता र स्वतन्त्रता नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको इतिहासिक गौरवता तुलना पनि गर्न सक्नु हुन्छ?

    अब माथि लेखमा माछापुछ्रे हिमाल भारतको भनेकोमा/ भारत कत्रो छ भन्ने प्रश्नको सजिलो जवाफ “अंग्रेजले जति संगालेर सन् १९४७मा भारत छोडेको थियो तेही मात्रै भारत हो भारतको हो/ तेस्मा माछापुछ्रे भारतकोमा पर्दैन/ कालापानी दार्जलिङ्ग भारतकोमा पर्दैन/ आजको भारतको बैधानिक नक्सा तत्कालिन भारतको अंग्रेजीको सरकारले सन् १८५६मा कोरेको थियो/

    मनोजज्यु, संयुक्त रास्ट्र संघको सदस्य बन्न देसको निर्विबादिद सिमाना कितिनु पर्छ/ भारत छोड्न लागेको अंग्रेजको सरकार र भारतीय नेताहरुले सन् १९४५मा भारतलाई संयुक्त रास्ट्र संघको सदस्य बनाउँदा भारतको सिमा किटेको नक्सा दर्ता गरेको छ/ भारतले नेपालको कालापानी जवर्जस्ती कब्जा गरेको कुरा नेपालले संयुक्त रास्ट्र संघमा उठाउन नदिन भारत किन दवाव दिंदै छ म भनु कि मनोज ज्युले भन्नु हुन्छ?

    Reply
  7. टंक काफ्ले says:
    August 10, 2013 at 10:40 pm

    Animal Planet India has said in its twitter ,
    Dear friends, We have
    revised the music video for #
    YehMeraIndia anthem. The
    change will reflect on the
    channel from Monday,
    August 12th.

    Reply
  8. Bashanta s says:
    August 10, 2013 at 11:06 am

    I hope this is what we call Circle of life.
    It reminds me of old days may be 15 years or so that Nepal Airlines used the Machu Picchu poster. Lets hope India and Animal Planet organization will correct the issue soon.

    Reply
    1. manoj says:
      August 10, 2013 at 3:24 pm

      होइन यो नेपाली लाइ के भएको हो?
      बुद्द हाम्रो भन्छ, तर तेही बुद्द को एउटा मुर्ति राख्न जमिन दिने उदारता छैन, इंडिया को कुनै पनि चिज नभई बाच्न सक्देन, तेही इंडिया लाइ गालि गर्छ. सिता हाम्रो भनेर त गर्व गर्छ, के सिता इंडिया को बुहारी होइन? येदि सिता ले नेपाली संग बिबाह गरेको भए रावन ले अपहरण गरेर लैजादा उसलाई छुटाएर ल्याउने बहादुरी हुन्थ्यो नेपाली संग? नेपाली जाति नै मुर्ख हुन्छ. हेरौ त नेपाली हरु ले गर्व गर्ने कथित कुरा:

      —–१०००० बर्ष अगाडी को सिता जो भारतीय नागरिक संग बिबाह गरेर गाइन.
      —–२५०० बर्ष अगाडी को बुद्द , जसलाई एउटा उभिने ठाम संग दिन सकेको छैन.
      —– २००० बर्ष अगाडी जन्मिएर भोटे संग बिबाह गरेर गएकी भृकुटी
      —– प्रकृति ले बनाएको सगरमाथा, जो निर्माण मा कसै को पनि १ थोपा पसिना परेको छैन.
      मानिस ले बनाएको र बुद्दि लगाएर निर्माण गरेको केहि छ गर्व गर्न लायक नेपाली संग?
      नेपाली ले गर्न जानेको भनेको मारकाट, गुण्ड गर्दी, लुटपाट, अशिक्षा, गरिवी, खाडी मा सस्तो मजदुरी,तस्करी चेलीबेटी बेच बिखन आदि.
      आदविक शक्ति सम्पन्न इंडिया, चन्द्रमा छुने लक्ष्य लिएर अन्तरिक्ष मा पुगेको इंडिया, आदविक शक्ति सम्पन्न sub – marine भएको इंडिया, सलाई देखि हवईजहज बनाउने इंडिया, आर्थिक रुप ले उदाउदो शक्ति भएको इंडिया, अमेरिका संग पाखुरा सुर्कन सक्ने इंडिया, यूरोप अमेरिका अफ्रिका देखि सिंगापुर मलेशिया सम्म ब्यापारिक रुप ले प्रभाव जमाएको इंडिया, सूचना प्रबिधि मा संसार लाइ उछिनेको इंडिया,सिनेमा निर्माण मा अग्रणी रहेको इंडिया ,हरेक बैज्ञानिक अनुसन्धान मा अग्रणी रहेको इंडिया,१६०० भन्दा भाषा सस्कृति रहेको इंडिया,हिन्दु सस्कृति र दर्शन को उद्गमस्थल रहेको इंडिया, आर्य्य भट्ट जस्ता गदितिग्य र कौटिल्य जस्तो कुटनीतिक भएको इंडिया, १०००० बर्ष को गर्विलो इतिहास बोकेको इंडिया अर्थात् देश भित्र को महादेश इंडिया.
      नेपाल के र कति कुरा मा इंडिया को ०.०५ प्रतिशत मा आउछ? नेपाली को बुद्दि छ भने इंडिया संग आबद्द भए हुन्छ नेपाल र एउटा समृद्द देश को नागरिक बनेर संसार मा शिर ठाडो बने हुन्छ , होइन भने बनारस मा दरवान बनेर हाम्रो सगरमाथा, फेवाताल र खहरे खोलो भन्दै भट्टी मा बस वा भृकुटी र सिता हाम्रो भन्दै आफनी चेलीबेटी इंडिया मा बेच.

      Reply
      1. बिनोद तिमिल्सिना says:
        August 10, 2013 at 9:13 pm

        तिमै ईण्डिया तिर जाउ उतैका ब्लग पढ अनी उतै कमेन्ट लेख न तिमि,किन नेपाली ब्लग पढ्छौ र नेपालीमा कमेन्ट गर्छौ,तिम्रो ईण्डियामा ब्लग लेख्न सक्ने मान्छे नि छैन कि के हो,धोतीको धोती!????

        Reply
      2. rajesh says:
        August 11, 2013 at 12:38 pm

        तँ कता छस नेपाल मै भए झोली गुम्तो बोकेर इन्दिआ जा l इंडिया अमेरिका संग पाखुरा सुर्कन सक्ने?? अरे धोति पैला पाकिस्तान संग भिड अनि अमेरिका को बखान गर्लास l दैनिक कति मारिएका छन थाहा छ तेरा भैया हरु? हाम्रा गुर्खाली हरु नहुने हुन् भने तेहा तिमीहरुको अस्तित्तो हिजै खरानी भैसक्थ्यो l तँ धोति को फुर्ति र दस दिन ओंठ मा च्यापेको सुर्ती को रस एउतै हो l तँ र तेरा सरकार को फुर्ति हेरम त ————-
        (1) दर्जलींग मा जनता भोकै मरेर छुटै राज्य मागिरहेका छन, उनीहरु उफ़्रिएर केहि सिप लागेन, अनसन मा बसे लाठी बर्साइयो खै? न पायो छुटै राज्य न पायो उचित बिकास पायो त बस बेकार को खून दंगा अनि यातना
        (2) इंडियाका गान्धी तिम्रा देशलाइ च्यातेर दुई देश मा बिभाजन गरिदिए अहिले तिनै अलग्गिएका देश तिमीहरुका १ नं का सत्रु बने, तिनै गान्धी लाइ बापू अरे, महात्मा- कस्ता दिमाग तिमीहरुको
        (3) हिन्दि सिनेमा मा नारि हरुलाई कति इज्जत दिन जानेका ए गाँठे! खै तिमीहरुको इंडिया को कुन चाई ठाम सुरक्छित छन नारीका लागि? घर भित्र धरी आएर उठाएर लान्छन, खै तिम्रा सरकार? अहिले इंडिया लाई विस्वो मा नारिको लागि असुरक्छित देश मानिएको छ
        (4) इंडिया को अहिले को जनसंख्या १.२४१ बिलियोन यानि विस्वो को दोस्रो जनसंख्या को हिसाब ले ठुलो देश मानिन्छ, तथापी २०१० को विस्वो विकास बैंक को सर्बेक्छ्यन ले भन्छ कि ५१.४३% यानी आधा भन्दा बढी जनता गरिबी को रेखा मुनि यानी दैनिक १.२५ डलर को भर मा बाचिराखेकाछन l खै समानता? तेही देशमा कोहि टाटा बिद्ला कोहि स्लम डग हरु आदि इत्यादि
        विस्वो को सातौं ठुलो देश हरुमा गनिने र दोस्रो बिशाल जनसंख्या मा गनिने इंडिया मा तेती प्रगति कुनै प्रगति हैन l तेस्मा पनि बेलायेतले धेरै पहिले गरिदेको प्रगती प्रति घमण्ड गर्नु भनेको ठिक तेस्तै हो जस्तै नेपाल मा जन्मिएको बुद्द हाम्रो मा जन्मेको भन्दै नक्कली लुम्बिनी को निर्वाण गर्नु l भारत भित्रै छुट्टा छुट्टै राज्य को माग हुनु ले भारत कत्ति को प्रगति वा अबगति तिर गैरहेको छ भन्ने प्रस्ट देखौन्छ तेस्मा कुनै बहसको जरुरि नै छैन
        इंडिया मा भैरहेको सृन्खलाबद्द आतंकवाद अनि छिमेकी शक्तिशाली रास्ट्र हरु बिचको तनाब वास्तबमा उसको लागि ठुलो टाउको दुखेको बिसय बनिरहेको छ, तेस्तो मा हामि गुर्खाली हरु संग कसरि भाइचारा बनाएर तेस्को सामना गर्ने भन्ने त कता कता यस्ता किसिमका उछ्रिङ्खल कुरा हरु गर्नाले उसको सामना दुई चार रास्ट्र हरुसंग मात्र हैन विस्वो सामु एक्लो नाङ्गो हुन् बेर छैन l

        Reply
      3. madan bajracharya says:
        August 12, 2013 at 11:53 pm

        मनोजज्यु/
        मन भारतीय भयको तपाइंको कुराले भन्दा नेपाल भारतमा मिलाउनु पर्ने तपाइंको कुरामा हरियो टिक लगाउने को संख्या देखेर अचम्भित भय/ के “जनयुद्ध” पछि आयको परिबर्तन यहि हो? यदि हो भने अब सम्पूर्ण नेपालीले यस्तो परिबर्तन मिताउन पनि “जनयुद्ध” नै गर्नु पर्ने देखिन्छ/

        Reply
        1. Nik says:
          August 13, 2013 at 1:39 am

          मदन जी
          मनोज लाई हरियो टिका लगाउने को होला भनेर तपाई जस्ता राष्ट्रप्रेमीले घोत्लिनुनै पर्दैन|कारण प्रष्टै छ नि, उनै दिल्ली भनुकी लाजिम्पाट दरबारमा “लौ न मलाई पनि यस्सो निम्तो पाउनु पर्यो, प्रभु” भन्नेहरुका वाई स्याल कि के जातिहरु बग्रेल्ती छदै छन्|यिनले नत्र भए राजा हटेको पहिलो दिनमै ४० लाख भारतीय लाई नागरिकता र ऐले आएर फेरी त्यत्तिनै उताका तर यता जन्मेका भनेर ६० लाख जति लाई नागरिकता दिएर अनि खाडी मुलुकमा “नेपाली” को हैशियत मा नोकरी गर्न पथाउथे र भन्या|यहि मेरो संसार को हालैको सन्जिब जी को कार्टून हेर्नु भो भने मैले लगायत तपाई सबै ले भन्दै आएको कुरानै (तिनीहरु पोलपोट को अर्को रुप) शाबित भो नि होइन र?हामी नेपाली प्रेमी हरुले यी जस्ता नया लेंदुपेहरुको जमेर र एक भएर बिरोध गर्नै पर्छ|

          Reply
      4. द्रोण says:
        August 13, 2013 at 3:09 am

        मनोज जी
        मान्छे को भिड मा ठुलो भद्दा सरिर भएको मान्छेलाई जुन फाइदा हुन्छ इन्डिया को
        हक मा भएको त्यहि हो | उसले दक्षिण एसियाको ठुलो भूभाग ओगटेको छ तेसैले नेपाल को सोसन गर्न पाएको छ , नत्र २०४५ सालमा नाकाबन्दी न गर्दिएको भए मरिचमान को पालामा नेपाल अगाडी गैसक्थ्यो | बीरेन्द्रलाई सखाप पार्न भूमिका न खेलेको हुदो हो त्
        नेपालको काचुली फेरिन्थ्यो |

        विश्वमा सफ्टवेर क्षेत्रमा इन्डिया को ठुलो धाक छ , निश्चय पनि ति दक्षिण का इन्डियन हरु नासा देखि लिएर विश्वको ठुला ठुला युनिबर्सिती , छन् बास्तब मा पुर्बिय संस्कृति र ग्यान का भण्डार ति हुन् दुइमत छैन , तर सिंगो यु पी , बिहार जुन नेपाल सग जोडिएको छ तिनीहरु इन्दियाकै खुट्टा पछि तानी रहेको छ , नेपाल लाइ तिनीहरु तपाइँ ले जस्तै पुर्बाग्राही भएर सोच्छ जुन बिल्कुल गलत हो |

        हेर्नुस तिलान्गना दियो , गोर्खा ल्याण्ड किन दिएँन ??
        धोति लाइ नेपालीको लात न पुगेको हो | पाकिस्थानी ले भागेरा मारेको जस्तो मारेको , हाले कास्मिर मा पाकिस्तानी सैनिक ले एउटा इन्डियन सेनाको टाउको छिनाएको , र चार वोटा आरु सैनिक मारेको र इन्डिया ले सानो बिरोध मात्र जनाउन सकेको पढ्नु भएँन , पाकिस्तानी सैनिक ले केहि गरे बिरोध पत्र मा मात्र सिमित हुने , चाइनाले महिने पिछे बोर्डर मा सताई रहेछ तेस्मा मात्र रुने , कराचिबाट एक हुल पाकिसतानी आएर तेत्रो बम्बै काण्ड गरेर गयो इन्डिया ले के गर्न सक्यो ?
        यहि हो तपाइको अमेरिका लाइ धम्कि दिने इन्डिया ?
        र भोलि एता उति धेरै भाले बास्न लाग्यो भने पाकिस्तानी ले परमाणु अस्त्र उसैको लागि बनाएको छ भंदिनुस तपाइको इन्डिया लाइ |
        अब असर त् दुस्ट छिमेकी भएकोले हामीले पनि बेहोर्नु नै पर्छ |

        Reply
  9. Tenzing Gaba says:
    August 10, 2013 at 10:58 am

    # “माछापुछ्रे हिमाल” सिमाना नपर्ने मात्र होइन नेपाली भूमीको बिचमा पर्छ त्येसैले हाम्रो
    # तिमीहरुको २ जना नेताको बिचमा पर्ने “ऋषि धमला” चाही तिमीहरुको … त्येस्लाई उतै राख (नपत्याए हिजो अस्तिको ब्लगको फोटो हेर)

    Reply
  10. Yogi says:
    August 10, 2013 at 9:55 am

    देश को सिमा दिनहु मिच्दा कोहि बोल्नु छैन…नेपाली चेली बलात्कार हुदा नसुने झैँ गर्छ ….इन्डियन च्यानल नहेरी दिसा आउदैन….बडो रास्त्रियाताको कुरा गर्छ/ यस्ता हिन मसिना कुरा होइन साथी हरु अनि सालोक्य जी देसको सिमा मिचेको बारे बहस गरौ अनि सबै नेपाली लाइ एक जुट पारौ…तपाई बाट अबका दिनमा यो नै आस गर्दछु…देशको सिमा मिच्को बारा अनुसन्धान गरेर ब्लग मा लेख राख्नु भए आभारी हुने थिए…रास्त्रियता बनेको २४ निउज को जस्तो हुनु पर्छ….यो विदेओ मा माछापुछ्रे मात्र होइन अरु द्रिस्य पनि इंडिया को हो भन्ने कुनै प्रमाण छैन ….

    Reply
  11. SURENDRA hongkong says:
    August 10, 2013 at 9:10 am

    यस्तो कुरा मा बोल्ने हिम्मत कुन नेपाली पार्टी ले राख्छ? बुद्ध,माछापुछ्रे हमारा देश का है भन्ने ले सुशील कोइराला,प्रचण्ड,माकुने भी हमारा महान नेता है किन भन्न न सकेको? सुशील भी हमारा है भानुम है भारतीय साथी हो/

    Reply
  12. योगेश आदी says:
    August 10, 2013 at 5:28 am

    हेपाहा प्रवृति चाँही हो, तर भारतको कुनै भूभागबाट पनि देख्न सकिने भएर पर्यटकीय दृष्टीकोणले राखेको पनि हुन सक्छ /

    Reply
    1. बद्री अधिकारी says:
      August 10, 2013 at 1:30 pm

      अर्को अजासु आयो जसलाई जोग्राफीबारे केही थाहा छैन
      माछापुच्छ्रे कहाँ छ थाहा छ ?
      यसो नक्सा पल्टाऊ ल
      अनि कुन ठाउँबाट चाहिँ देखिने रहेछ भारतको बताउ । नत्र अजासु भएर कमेन्ट लेख्ने काम नगर

      Reply
    2. gopal says:
      August 10, 2013 at 2:24 pm

      सानो जिज्ञासा, भारत को कुनै भूभाग बाट पनि देखिने.
      कुन ठाउँ बाट देखिदो रैछ ?

      Reply
      1. योगेश आदी says:
        August 10, 2013 at 7:36 pm

        अन्यथा लिनु पर्दैन मित्रहरु, मैले त भारतमा पनि हिमश्रीन्खलाहरु भएको कारणले कुनै अग्लो पहाड वा आधार सिबिरबाट देखिन सक्छ भन्ने तर्क दिएको मात्र हो / गणेश हिमालबाट सगरमाथा देखिन्छ भने, सगरमाथाको आधार सिबिरबाट पाकिस्तानको केटु देखिन्छ भने अग्लो ठाउमा गएपछि अर्को देशको हिमाल नदेख्नलाइ के पर्दा राखेको हुन्छ र ??

        Reply
        1. gopal says:
          August 11, 2013 at 3:27 pm

          अन्यथा लियेको हैन हजुर, परदा अवस्य हुन्न तर अग्लो डाँडो मा चडेर हेर्दा अर्को ठाँउ देखियो भने, मेरा भारत तेस्लाइ भन्न त कुरी कुरी लाग्न पर्ने नि हैन र ?

          Reply
    3. Umesh Raj Pandeya says:
      August 11, 2013 at 10:57 am

      योगेश जी, माछापुछ्रे कहाँ छ थाहा रैनछ तपाइलाई! पोखरा इंडिया को कुन ठाउँ बाट देखिन्छ दुइ करोड नेपाली लै भन्दिनु पर्यो. भूगोल को ज्ञान नहुने मान्छे ले के कमेन्ट गरि रा को!

      Reply
      1. योगेश आदी says:
        August 13, 2013 at 4:48 am

        उमेशजी, माछापुछ्रे हिमाल पोखरामा छैन मित्र ! पोखरा त कास्की जिल्लाको एउटा शहरको नाम मात्र हो / माछापुछ्रे त अन्नपुर्ण हिम्श्रीन्खलामा पर्दछ / सुनेअनुसार, भारतको मुन्सियारी, पांचचुली हिमाल र भारत पट्टिको कंचनजंघाबाट प्राय नेपालको सबै हिमालहरु देखिन्छ /

        Reply
  13. samrat~ says:
    August 10, 2013 at 3:52 am

    के गर्ने रगत तत्ति सकेको थियो तेही भएर सभ्य भाषा मा कम्प्लेन लेख्नै सकिएन 🙂

    Reply
  14. ताई काजी तमू says:
    August 10, 2013 at 3:32 am

    जापानको कुरो अघिल्लो महिनाको हो | मेरो काम रातिको समयमा भएकोले हिजो आली चाडै काम सकेर आए आनी खान खाने बेलामा T.V खोलेरहेर्द देखियो कुरो के भने July 27th, 2013 , 3:15 बजे NHK G TOKYO मा प्रसारित संसारको सुन्दर प्राकृतिक दृश्यहरुमा नेपालको अन्नपुर्ण हिमालय देखाइयो आझ नेपालको कुमारी हिमाल भनेर चिनिने माछापुछ्रे देखेपछि मैले मेरो छेवैकोको भाइलाइ भने भाइ मेरो घरको आँगनबाट एस्तै देखिन्छ अन्नपुर्ण हिमालय भन्दा भाइले भनेको कुरोले मा झसङ्ग भएर झस्किए | दाइ हजुरको घर नेपालमा होइना ? मैले हो भई भने | फेरी भाइले मलाई भन्यो यहाँ त काताकाना मा इन्दोनोओकी यामा लेखेको छ भन्छ बा | आफ्नो नाङ्गो आखाले प्राकृतिक सुन्दरता हेर्दा अन्नद त भो तर भित्री कुरो बुझ्नेलाइ राष्ट्रियत कति कम्जोरछ भन्ने कुरो बुझाउछ |

    Reply
  15. बलराम says:
    August 10, 2013 at 2:41 am

    माहारानी सोनिया गान्धी, तुमहारे देश के लोग बहुत अनपढ है, यहाँ तक कि पत्रकारो को भी सिम्पल जेनेरल नोलेज पता नही है, अपने पड़ोसियो को सताने के सिवाय, कृपया कुछ पैसा अपने लोगो कि एजुकेशन के लिए खर्च करो, तुम लोगो कि भलाइ होगी!

    Reply
  16. Bijaya says:
    August 10, 2013 at 1:59 am

    हामी भावुक बनेर अलि बढीनै देशभक्त भएको त हैन एउटा विज्ञापनलाई लिएर! त्यो हिमाल माछापुछ्रे जस्तो चाही देखिन्छ तर सोर्है आना निश्चित भन्न सकिन|

    Reply
  17. Sandesh says:
    August 10, 2013 at 12:42 am

    यो गीतमा यानिमल प्लानेटको बिज्ञापन दिईएको छ, इंडियाका मात्र हैन कि संसारकै जिबजन्तु र जमिन देखाइएको जस्तो लाग्यो है मलाई…
    Just thinking positive !!

    Reply
    1. बिनोद तिमिल्सिना says:
      August 10, 2013 at 9:18 pm

      हमारा ईण्डिया सुन्ने बेलामा चै कान बैरो भयो कि के हो मित्र?????

      Reply
  18. Lalit Narayan says:
    August 10, 2013 at 12:17 am

    बुद्ध, माछापुछ्रेलाइ मात्र किन? प्रचन्ड, सुशील, झलनाथहरुलाइ पनि हमरा नेता भनेर उतै लगे हुन्थ्यो नि, अनि टन्टइ साफ l

    Reply
  19. FG Sherpa says:
    August 10, 2013 at 12:13 am

    यो भिजुअलमा माछापुच्छ्रे मात्र होइन | ०:०६ देखि ०:०७ सेकेन्ड सम्म देखिने हिमाल राम्ररी हेर्नु होस् | यो हिमाल सगरमाथाको अगाडी पट्टि पर्ने नुप्त्से तथा ल्होत्से हिम स्रिङ्ग्खला हो | जसको पछाडी पट्टि सगरमाथा पर्छ | त्यसैले यो पनि डिलेट गर्न लगाउनु पर्छ |

    Reply
  20. द्रोण says:
    August 9, 2013 at 11:53 pm

    दुनियामा कहिँ न भएको साझा सिमाना यहि छ , नेपाल को प्रधानमन्त्री को हुने उसैको निर्णय मा हुन्छ , उसैले यहा को राजा हटाउन माओबादी लाइ तालिम दिएर , आश्रय दिएर
    १२ बुदे सम्म गरायो ,(पहिले हिन्दीमा ), उसको कोइ अपराधी एता आएको खण्डमा
    काठमान्डू सम्मै बर्दी लगाएर पुलिस आउछ , आज मेरा इन्डिया भन्दै माछा पुछ्रे देखायो ,भोलि सगरमाथा देखाउला |
    त् अब एसको खण्डन खिलराज को सरकार ले गर्छ ?
    चार पार्टीको कुनै नेपालि नेताले खण्डन गर्छ ?
    यदि गर्दैन भनेपछि तिनीहरुलाई सत्तामा बस्ने अधिकार छ ?म त् भन्छु येस्तालाई चार पाटे मुडेर देसै निकाला गर्नु पर्छ , किनकि दुश्मन भन्दा दुश्मन को चम्चा झन् हरामी हुन्छ |
    खण्डन गरेमा मात्र छुट्टै देश ले गर्नुपर्ने कर्तब्य पुरा हुन्छ , किनकि यो नेपालको सार्भौमिकता सग जोडिएको प्रश्न हो |
    सबै भन्दा पीडादायक स्थिति त् मलाइ लाग्छ हारेको माकुने , सुजाता , गच्छेदार हरु लाइ सत्ता मा इन्डियाले बसाएको मा हुन्छ | सिंगो नेपालि जनमत को उपहास गरेको हो त्यो | ये तेलले तेस्तो पनि गर्छ , एस्तो मात्र का हो र |

    Reply
    1. Nik says:
      August 10, 2013 at 2:03 am

      एक दम ठिक कुरा गर्नु भो द्रोण जी|मैले भर्खरै कान्तिपुर तव online मा यो पु क दा को अन्तर्वार्ता हेरे|त्यसमा पत्रकारले सोधेको प्रश्नमा प्रष्ट संग त्यसलाई सोधेका छन्|”कहीं तपाइहरुले संबिधान सभाको पहिलो बैठक बाट नेपाल बाट राजा (मेरो लागि चै “श्री पेच”) हटाउने र संघियेता मा जाने निर्णय जुन पहिलेनै गरियी सकेको थियो नै त होइन संबिधान नबन्नु को कारण? भनेर स्धेको प्रश्न को जवाफ सुन्यो भने यो मान्छे को राजनैतिक बुद्धि को त कुरा नै पर जावोस, साधारण IQ लेबेल कै नै शंका गर्नु पर्ने देखिन्छ, भने यस्ताले देश चलाउने भनेको दिल्लीकै भर हो|त्यसैकारण हेर्नुस न पालै पालो दिल्लीले बोलाउँछ यिनीहरु “तँ छाड म छाड” गर्दै दिल्ली पुग्छन अनि आएर एअर पोर्ट मै पत्रकार सम्मेलन गर्छन र छाती फुलाएर दिल्लीका नेताहरुले यो भने र त्यो भने भनेर बोल्छन|फेरी यिनीहरुलाई चाहिं चुनावी अचार संहिता नलाग्ने पो रैछ कि क्या हो| त्यो चाहिं राजा र हामी जस्ता साधारण को लागि मात्रै बन्य होला हगि?भनेसी भारत ले यस्ता कुरा हरु गर्नु कुनै नौलो कुरो भएन होइन र|

      Reply
      1. पुष्प says:
        August 10, 2013 at 8:14 am

        हैन कहाँ छ हँ त्यस्तो अन्तर्वार्ता निकजी ? केही अघिको अन्तर्वर्तामा त यस्तो कुनै प्रश्नोत्तर छैनजस्तो लाग्छ ।

        Reply
      2. द्रोण says:
        August 10, 2013 at 8:38 am

        निक जी
        धेरै उम्लिए पछि पोखिन्छ , हिजो के भनेर रोल्पा ,रुकुम का देश को सोझा जनजाति लाइ यी फटाह ले देश को सेना सग भिडाएका थिए ? जब उनीहरुले साचिकै जातीय संघियता मागे तब यिनीहरु तर्के र बिभिन्न बहाना मा रंगी चंगी कुरा गर्छ ज्ञानेन्द्र मन्दिर जादा चै यिनीहरुको मन मा घंट बज्छ आफु चै बोल बम मा जथाभाबी प्रबचन दिन पुग्छ | अरुको छोरा ,छोरीले लब गर्दा भाटे कारबाही गर्यो , आफ्नो छोराले आरुको स्वास्नी भगाउदा पनि उल्टो खेलकुद मा पद दिएर राख्न खोज्छ |
        अहिले चुनाब मा आफ्नो नालायकी को बैतारानी पार गर्न खी रा रे लाइ पी यम बनाए | यी ठुला डन हरु हुन् , चरी हरु साना डन यिनीहरु ठुला |

        ”साडेको गेडा जस्तै यिनको मुखमा झुन्डेको ” महिला ,मधेसीर उत्पीडित को मुक्ति को” यिनीहरुको नारालाई महिलामा यिन कै घरको स्वास्नी ले , मधेसी जनताले र उत्पीडित ले पनि बिस्वास गर्नेछैन |

        Reply
      3. गगने says:
        August 11, 2013 at 4:58 am

        “……… संबिधान नबन्नु को कारण? भनेर स्धेको प्रश्न को जवाफ सुन्यो भने यो मान्छे को राजनैतिक बुद्धि को त कुरा नै पर जावोस, साधारण IQ लेबेल कै नै शंका गर्नु पर्ने देखिन्छ, ….. ”

        निक जी,
        मैले पनि सुनेको थिय त्यो अन्तर्वार्ता र त्यो प्रश्न पनि अनि तेस्को उत्तर पनि!
        अब तपाइले भनेको जसरि राजनैतिक बुद्दि, साधारण IQ लेबेल कै शंका गर्नु पर्ने जवाफ के थियो त्यो पनि लेखि दियको भय तपाइको कुरा पढ्ने सबैले थाहा पाउने थियो अनि कसको चाहि राजनैतिक बुद्दि र IQ लेबेल मा शंका गर्नु पर्ने रैछ भनेर ठम्याउथे होलान तर आध्दा र एकान्किगत कुरा मात्र राखेर सबैलाई भ्रम दिन खोज्नु लाइ चाहि के भन्ने के भन्ने भयको छ!
        एउटै श्रोत बाट एउटै व्यक्तिको अन्तर्वार्ता अनि एकै प्रश्न को हामि दुइले सुनेको उत्तर पनि एकै हुनुपर्दछ पक्कै नि तर सत्य के भने एउटै बस्तु लाइ दुइ फरक फरक कोणमा बसी हेरी ब्याख्या गर्ने मान्छे को ब्याख्या फरक फरक हुन सक्दछ अझै सोचाइ फरक फरक भयको मान्छेको त कुरै अलग हुन्छ! किनकि एउटा हात्तीलाई अगाडि बाट हेर्ने ले सुड पहिला देख्दछ भने पछाडिबाट हेर्ने ले पुच्छर! अनि कुकुर लाइ अगाडि बाट हेर्नेले मुख पहिले देख्दछ भने पछाडिबाट हेर्नेले चाक!
        कतै तेस्तै त भयको होइन!
        मैले सुनेको उक्त अन्तर्वार्ताको उक्त प्रश्नको जवाफ अलिक अपुरो लागेपनि तेस्तो बुद्दि र IQ लेबेल नै नभयको त लागेन,
        तै पनि उक्त जवाफलाई यहा उतारी दिनुस अनि बाकि बहस गरौला आबस्यक परे!
        जदौ!

        Reply
        1. madan bajracharya says:
          August 12, 2013 at 2:30 am

          गगनेज्यु
          सिधा प्रश्नको अपुरो जवाफ दिनु भयो भनेर तपाइंले नै भन्नु भयो/ त् किन दियो अपुरो जवाफ? प्रश्न नबुझेको भय कुरा IQ कमजोरनै भयको देखिन्छ/ तर प्रश्न बुझेर पनि अधुरो जवाफ दियर कुरा चपाउन खोजेको भय तेस्लाई के भन्ने; चातुर्य, धुर्त्याई फत्याइ; कुटिलता बा बौद्धिकता?

          संबिधान नबनेको मूल कारण उ सिट सोध्नै पर्दैन; कारण स्पस्ट छ;
          ०१. “छवि…” लुते बने, “…राम” हनुमान बने/
          ०२. बहुमत बात संबिधान बनायो भने तराइ मधेसीलाई दिन नसकिने भयो/
          ०३. नेपालीको अगाडी नेता भारतको अगाडी केटा बने/
          ०४. बालुवाटारमा प्रधानमन्त्रि दिल्लीमा मुख्यमन्त्रि बने/
          ०५. गिरिजालाई गालि गर्दै आफै गिरिजानै बने/
          ०६. “जनयुद्ध” लाइ “मधेशयुद्ध” मा परिणत गरे/

          Reply
          1. गगने says:
            August 13, 2013 at 3:46 am

            “……. उक्त प्रश्नको जवाफ अलिक अपुरो लागेपनि ……!”
            मैले भनेको मलाइ अलिक अपुरो जस्तो लागेपनि भनेको हुँ. प्रचण्डले अपुरो जवाफ दियो भनेर भन्न खोजेको होइन! त्यो संबिधान नबन्नु मा देशलाई संबिधान सभाले पहिल्यै गणतन्त्र घोषणा गरिदिनुको कुनै कारण छैन भनेर अझै बिस्तृत परिभाषित गरेर दिन सकिन्थ्यो र तेसरी दियको भय सायद सबैले स्पस्ट बुझ्न सक्दथ्यो होला भन्ने मेरो कुरा हो!
            तपाइँ अगुल्ठोले छुटेको कुकुर को नियत मा रन्थनिनुहुञ्छ!
            इण्डिया देखि जरो आउछ तपाइलाइ ११० डिग्रिको अनि इण्डिया शब्द सुन्ने बित्तिकै बर्बराउनुहुञ्छ सबैलाई इन्दियासंग समानता सह अस्तित्वो, भ्रातित्वो अनि आत्मियता र साथ् खोज्ने चाहने र रोज्ने सबैलाई हनुमान दलाल आदि के के देख्नुहुन्छ मा त भन्छु धोति फोबिया भाछ मदन जी तपाइलाइ उपचारको लागि बिहान सबेरै गीता श्लोक मनन र मन्थन गर्नुस!
            कोहि र कुनै पनि राजा होस् या कुनै पनि पार्टि र नेता उनीहरुलाई देश निरन्तर प्रवाहित गरि अगाडि बढाउन को लागि, जनताको असिमित इक्च्छा र आबस्यकता पुरा गर्नको लागि इन्डिया संग हातेमालो गर्नुको न त कुनै विकल्प छ न गर्न नसकिने सम्भावना!
            तपाइको महाराजले आफ्नो चाक राख्ने गुमेको चकटी र टाउको घुसाउने त्यो गुमेको श्रीपेच नामधारी टोपी फिर्ता लिन इण्डिया र तेहाको नेताको के कसरि चाकरी र फेरो लयको छ भनेर कहा देख्न सक्नुहुन्छ र तेस्को लागि त अदृस्य द्रिस्ट्रिहरु देख्ने द्रिस्ट्रि र बुझ्ने दिमाग चाहिन्छ! राजा आफु किन जान्छ र चारधाम उसले त चम्चा र धुपौरे पढ़ाउछ अनि कोशेली आदान प्रदान गर्दछ खुशामदलाई के तपाइलाइ देखाउदै प्रचारगारी आफै बोकेर जानेहो र?
            छाड्नुस यी कुरा किनकि नेपालको बिकाश र सम्ब्रिद्दिको लागि इन्डियाको साथ् र हातामालोको कुनै विकल्प छैन आजको अन्तरास्ट्रियकरण भयको खुला बिश्वोमा तेसैले हामि र हाम्रो पहिचार र परिचय को जगेर्ना र संरक्षण गर्दै अघि बढी बिश्वोमाझा पुग्न तेही इण्डियाको डिल र आली भयर जानुपर्ने छ तेसैले इन्डियालाई हामि कसैले पनि तिरस्कार गर्न सक्दैनौ र तेसोगारने कुरा गरि समय र श्रम खेर फाल्नु भनेको देश को नोक्सानी र देख पतन गराउनि बाहेक अरु केहि होइन!
            ठिक छ?

            Reply
            1. madan bajracharya says:
              August 13, 2013 at 11:50 am

              गगनेज्यु/
              तर्क अलि सभ्य भाषामा गर्नुस/ ” छवि+रामे”ले इन्डिया नेपालको यक नम्बरको सत्रु हो भने; भारतीय विस्तारवाद मुर्दावाद भने; भारत सिटको खुला सिमाना बन्द गर भने; सन् १९५०को सन्धि खारेज गर भने, बिहारीलाई नागरिकता दिन खोज्ने गिरिजालाई गद्दार; भारतको दलाल आदि भने तपाइंले हो हो भने; यो कुरामा मैले पनि हो हो नै भने/

              अब आयर “छवि+राम” ले जसलाई मुर्दावाद भनेको थियो तेसैलाई जिन्दावाद गरे/ अनि तपाइंले पनि जिन्दावाद गर्न थाले भारतलाई/ तर म गर्न सक्दिन; किनभने म “मनोजज्युले जस्तै नेपाल भारतको अघोसित अर्ध उपनिवेस हो भन्ने गगने” होइन/

              तपाइंको छवि+रामले जनयुद्ध नेपालको संबैधानिक राजा “महान रास्त्रवादी” हो भनेर लडेको थियो/ सक्नु हुन्छ भने होइन भन्नुस/ जनताको मतको सम्मान गर्छ भने राजतन्त्र पनि लोकतन्त्र हुन्छ/ तपाइंको छवि+रामले नेपाललाई मिच्दै पेल्दै आउने भारत सिट झुक्नु भन्दा नेपालको राजाले जनता सिट झुके भनेर प्रसंसा गरेको थियो/ यसको अर्थ के हो?

              Reply
        2. Nik says:
          August 13, 2013 at 4:41 am

          मैले तपाई जस्ता रतन्धो संग विवाद गर्न उहिले नै छोडी सकेको छु|किनकि यहाँ हरु जब जब तपाईहरुको कमजोरी र नाराम्रकुराको पोल खुल्छ तब तब तपाईहरु कुन लेबेल मा उत्रिएर बक्न थाल्नु हुन्छा भन्ने कुरा उहिले उहिलेको मेरो संसारको ब्लग हेरेमा था लाग्ने कुरा हो|अस्तु|

          Reply
          1. madan bajracharya says:
            August 13, 2013 at 12:41 pm

            निकज्यु
            गगनेज्युले मैले उहालाई दियको प्रतिक्रियाको जवाफ दियको होइन; मैले मनोजज्युलाई दियको प्रतिक्रियाको जवाफ दियको हो/ किनभने नेपाल भारतको अर्ध उपनिवेस हो भन्ने गगनेज्युको “उपनाम” मनोज भयको देखिन्छ/ दुबैको कुरा ठ्याक्कै मिल्छ/

            Reply
    2. diwakar says:
      August 10, 2013 at 8:09 am

      भोट हाल्न मिल्ने हो भने यिनै पु क दा, माकुने र सुको मध्ये कुनै एकलाई हाल्छोउ अहिले खूब धाक दिञ्छोउ !

      Reply
      1. द्रोण says:
        August 10, 2013 at 1:46 pm

        आफ्नो नोट ,आफ्नो भोट जसलाई दिएपनि आफ्नो मन परेको लाइ दि इ न्छ | यो कुनै सौदा को चिज हुन्न , पैसा मा एस्लाई बेचीन्न| हामि बधुवा भोटर पनि हैन , कुनै पार्टीको सिन्दुर लगाएको छैन |
        मन न लागे बागमती मै बगाइञ्छ |
        टुडिखेल बाट पात्रो लिएर माइसंसार छिरेको हो कि ?

        Reply
    3. madan bajracharya says:
      August 11, 2013 at 5:39 am

      द्रोणज्यु/
      सिमाना साझा भयको भय त् ठिकै थियो तर भारतले त् नेपाल भारत बिच रास्ट्रिय सिमाना मात्रै होइन नैतिक सामाजिक र कुटनैतिक मान्यताको सिमाना भयको समेत मानेको देखिंदैन/ भारतीय नेताहरुको मन र मस्तिस्कले नेपाल पनि भारत जस्तै स्वतन्त्र देस हो भन्ने कुरा मानेकै छैन/

      बिचरा भारतको पनि आफ्नै बिबसता छ/ टाले-मागेर बिकशित हुँदै गयको स्वाङ्ग त् खुबै गरे भारतले तर गोरो अंग्रेजले छोडेकै भारतको भूभागमा उसको अरवौं हरिकंगाल नागरिकलाई पाल्न उसित जति श्रोतछ तेतिले उसको चौथाई नागरिकहरुको आबस्यकता पनि पुरा गर्न सकिंदैन त् भारतलाई नेपालको श्रोत पनि चाहियो भुटानको श्रोत पनि चाहियो/ यसैले मलाइ भारतको प्रबिती देख्यो कि तर्सायर माग्ने भिखारी जस्तै लाग्छ भने तेस्तो तर्सायर माग्ने भिखारीको पनि भिखारी बनेको हाम्रा नेताहरु देख्यो भने त् के भन्ने सब्द समेत थाह छैन/

      रास्त्र्वादी र नागरिक प्रति जिम्मेवार हुने नेताहरु देसको नागरिकहरुको निमित बाउ जस्तै हुन्छ/ बु जस्तै बनेको नेता आफु भोकै बस्न सक्छ तर आफ्नो देसको नागरिक भोको भयको हेर्दै बस्न सक्दैन/ नागरिक भोको बन्ने अबस्था आय छिमेकी मुलुकमा लुट्न पनि जान्छ तर्साउन पनि जान्छ/ तेतिले पनि नपुगे छिमेकि मुलुक कब्जा गर्न पनि खोज्छ/ उदाहरण कास्मिर सिक्किम कालापानी आदिकै लिय पुगी हाल्छ/

      यो हिसावले हेर्दा कहिले काही भारत सिट रिस उठ्दैन माया लाग्छ र आफ्नो देसको नागरिक पाल्न छिमेकी मुलुकको श्रोत हडप्न पनि पछि न हट्ने नेताहरु देखेर हरे हाम्रो नेताहरु पनि भारतकै नेताहरु जस्तो नागरिक प्रति जिम्मेवार र रास्त्रवादी भयको भय कति राम्रो हुनेथ्यो जस्तै लाग्छ/ तर के गर्ने हाम्रा नेताहरु परे ……; कुनचाहि नेता छ हामि सिट समाज सेवा गर्दै जनताको मन जितेर नेता बनेको; खै म त् यौटा पनि देख्दिन तेस्तो कुनै अहिले भयाकामा/ कोहि पुर्ख्यौली नेता बनेको छ भने कोहि तर्सायर धम्क्यायर नेता बनेकोछ/ दोष बिचरा भारकोमा भन्दा बढी हाम्रै बिकिने झोले तर खुखार नेताहरुकै हो/

      Reply
      1. द्रोण says:
        August 11, 2013 at 11:47 am

        मदनजि
        नेपाल को लागि बि पी ले , कृष्ण प्रसाद ले संबैधानिक राजतन्त्र चाहिन्छ भनेको तेसैले हो |जी पी लाइ त् बि पी ले स्वयम् हवल्दार भन्थ्यो र देखयो पनि हवलदारी पारा नै |
        किनकि यहा मदन भण्डारी हरु मारिन्छन , प्रचण्ड हरुको पालो खोसिन्छ , बाबुराम हरु ले हात न मिलाई सुखै पाउदैन |
        कि त् सानो इकाइको प्रतिनिधित्त्व गर्ने बिजुक्छे , जस्तो भएर बस्नु पर्यो हैन भने रास्ट्रिय राजनीति गर्ने ,हिमाल ,पहाड , तराइ समेट्छु भन्ने ले इन्डिया बिरोधि राजनीति गरेर नेपाल मा बच्ने सायद अबस्था पनि छैन |

        हिजो चै त्यो अबस्था थ्यो , जस ,अपजस प्रायस दर्बार मै जान्थ्यो |
        नेताको सन्दर्भमा सायद परिस्थितिले नेता जन्माउछ , किन भने गणतान्त्रिक आन्दोलन जे ,जस्तो भनिए पनि त्यो लाउडा ,धमिजा ले कलंकित बनेको गिरिजा लाइ चोख्युने सुन पानि बन्यो , हेर्नुस त् मर्ने बेलामा पनि नेपाल को राजनीति गिरिजा को ओछ्यान मै थ्यो | बिपरित ध्रुब को बाबुराम र प्रचण्ड ले समेत उसको प्रसंसा गर्नु पर्ने भयो | यो गिरिजाको सफलता भानु के के भानु उसको हित मा थियो |

        एक ताका पदम रत्न चम्के , रुप चन्द्र चम्क्यो , नानि मैया उचाली इ न , प्रकासचन्द्र लोहनी , सिद्दिलाल सब चम्केकै थिए ,गगन नरहरी ( ज्ञानेन्द्र देखि ज्ञानेन्द्र सम्म मात्र ) सुर्य बहादुर त् अझै फुर्ति फार्ती मै छन् | सब कडा कडा भासन गर्थे |
        तर पनि रास्ट्रिय नेता यी भएनन् |
        सायद बाबुराम लाइ चै नेपालको दह्रो नेता भन्न मिल्छ कि ? उमेर मै उचाइ हासिल गरे , बौद्दिक छबी छ , जे जसो भए पनि दलित को घर मा रात बिताउनु , सडक बिस्तार ,
        मितव्ययिता को प्रयास उनले थालेका नया आयाम हुन् |

        Reply
        1. madan bajracharya says:
          August 11, 2013 at 11:27 pm

          द्रोणज्यु/
          ठिक भन्नु भयो/ सदन र संबिधान मान्ने कानुनको पालाना गर्ने, नेपालको रास्त्रियता आंच आउन नदिने संबैधानिक राजा सिट इनिहरु कुनै कुरामा पनि तुलना गर्न सकिंदैन/ इनिहरु दिल्लीको दलालहरु हुन्/इनिहरुको “जनयूद्ध” को सक्कली रुप “मधेशयुद्ध” भयको र त्यो नेपाली नागरिकलाइ नागरिक हक दिलाउन होइन बिहारीलाई नेपालको सुपर नागरिक बनाउनको निमित दिल्लीले रचेको षड्यन्त्र मात्रै हो/

          Reply
  21. saroj says:
    August 9, 2013 at 9:58 pm

    म पनि अचम्म म थिए यो प्रोमो हेरेर, .धन्यबाद पोस्ट को लागि. तर मछापुछेरे मात्र हैन सारा हिमालय र नेपाल नै हाम्रो भन्छन हाम्रा छिमेकी ले /हाम्रा नेता र उच्च पदस्त कर्मचारी र ठुला बडा भनौदा हरुलाई सद्बुद्धि आवोस /

    Reply
    1. Zekar says:
      August 10, 2013 at 10:01 am

      One -Horned Rhino पनि देखाएको छ जस्तो छ है…

      Reply
  22. Bidur Gautam says:
    August 9, 2013 at 9:53 pm

    C,mon it is a border mountain Peak.

    Reply
    1. बद्री अधिकारी says:
      August 9, 2013 at 10:47 pm

      थुक्क विदुर गौतम
      नेपालको बारेमा केही थाहा छैन भने चुप बस्नु नि किन जान्ने भइटोपल्ने
      माछापुच्छ्रे बोर्डर माउन्टेन पिक ?
      कहाँ छ लेखेको देखा लौ झिक
      यो मान्छे त नि geography भनेको थाहा छ भनेर सोध्यो भने किन नहुनु त्यहाँ त ३ वर्ष बसेर आएको भन्ने पाराको रहेछ

      Reply
    2. Rocky says:
      August 9, 2013 at 11:31 pm

      बिदुर गौतम पांच कक्षा फेल हो ? माछापुछ्रे हिमाल नेपाल को कुन ठाउँ मा पर्छ थाहा छ ? माछापुच्छ्रे भाको ठाउँ मा कहाँ बाट इंडिया को बोर्डेर आयो बेकुफ ? एक चोटी नक्सा हेर त !

      Reply
    3. Deepak G.C. says:
      August 10, 2013 at 12:03 am

      ए मुला बिदुर गौतम,
      “बोल्न पाएँ भन्दैमा प्यच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु” भन्ने उखान थाछ कि नाइँ ? माछापुछ्रे कसरि बोर्डरमा छ ? मनाङ्ग र मुस्तांग लाइ हिमालपारीको जिल्ला भन्ने था छ कि छैन ? कास्की र मनाङ्ग/मुस्ताङ्ग को बिचमा माछापुछ्रे, धवलागिरी, अन्नपुर्ण हिमाल छ भनेर स्कुलमा पढ्नु भएन ? कि भागेर गुच्चा खेल्न जानु हुन्थ्यो ?

      Reply
    4. Aakar Bhushan Nepali says:
      August 10, 2013 at 7:36 am

      “श्याललाई काल आयो भने गाउँ पस्छ” भन्छ नि धुर्मुसेले !
      कसो त बिदुर भैया ?

      Reply
  23. Rajendra Adhikari says:
    August 9, 2013 at 9:52 pm

    यसले हामीलाई फाईदै होला , कम्तिमा घाटा चाहिँ हुँदैन । अहिलेको संसारमा विज्ञापनको भरमा पर्याप्त रिसर्ज नगरि कोहि घुम्न जाँदैन । उक्त विज्ञापनमा देखाइएको हिमलले कुनै पर्यटकलाई आकर्षित गर्यो भने, उसले हिमाल हेर्न कुन देश जानु उपयक्त हुन्छ भनेर रिसर्ज गर्छ, नेपाल आउँछ । अब इन्डियाले, पशुपति, स्वयम्भूको पनि चित्रहरू देखाउँदै, इन्डिया घुम्न आऊ भन्यो भने झनै राम्रो ।
    इन्डिया र नेपाल मिल्नुको साटो खाली झडा गरिरहनाले केही फाइदा छैन । बरू नेपालले पनि, विज्ञापन मा लुम्बीनी , सगरमाथा देखाउने, अनि ताजमहल , गोवा, कश्मिर देखाउँदै, नेपाल घुमेर भ्याएर, नजिकैको इन्डियामा गएर यि ठाउँ पनि जान पाईने भन्यो भने mutual tourism मा फाईदै होला ।

    Reply
  24. akhilesh says:
    August 9, 2013 at 9:33 pm

    सरोज को कुरामा १००% सहमति छ मेरो, हामि आफु राम्रो बन्नु पर्यो अरुले के देखाए भनेर धेरै चासो नगरुम, बरु राम्रो काम कुरा गरूम आफैले… आफु सक्ष्यम भए कोहि संग पनि डराउनु पर्दैन… हामिले सधै राम्रो कुरा मात्र प्रचार गरौं ..त्यसमा सबैको भलाई छ …

    Reply
  25. santosh thapalia says:
    August 9, 2013 at 9:12 pm

    To air geographical nature and its beauty which is belong to another sovereign country to fool the world saying that it is your pride is a clear encroach or intrude of international norms and that violates nation’s law. The principal of the trusts could not be invaded without trustee approval. If you play in others emotion that will reflect back to you. Please correct it in a gentleman way.

    Reply
  26. Deep Shrestha says:
    August 9, 2013 at 8:47 pm

    पहाड काट के चुना लगा दिया, हिमाल बोलके उल्लु बनाता है |

    Reply
  27. Saroj says:
    August 9, 2013 at 8:28 pm

    के भयो त होउ…. गीत मा देखाएर माछापुछ्रे इंडियाको हुने हैन ….. नेपाली गीत मा पनि यो मेरो प्यारो नेपाल… भनेर दार्जेलिङ्ग, सिक्किम देखाए भैगयो नि ……
    इंडियाको उत्तर नेपाल जस्तै जस्तै त देखिने हो नि … क्या यार….. गीत मा देखाएर कुनै ठाउँ कुनै देश को हुनेभए म क्यालिफोर्नियाको पहाडमा गएर ‘बनेको छ पहरा ले यो छाती मेरो …… भनेर गाउने थिए……
    इंडियाको कुन च्यानलले के गर्यो भनेर नबसौ … नेपाल मा के के पर्छ हामि लाई मात्र हैन बिस्वलाइ थाहा छ…. बरु माछापुछ्रे जत्रो छाती बनाउ, सानो तिनो कुरा नगरौ… बरु रचनात्मक काम मा समय उपयोग गरौ…

    Reply
    1. Vijay says:
      August 9, 2013 at 9:58 pm

      आज माछापुच्छ्रे राख्यो, भोलि सगरमाथा राख्ला, पर्सि लुम्बिनी……अनि के सधै हिमाल जत्रो छाती बनाएर बाल मतलब भनेर मात्र बस्ने? गल्ति हुन्छन, तर सजग गराउनुपर्छ र उनीहरुले पनि सच्याउनुपर्छ ! किनकि हाम्रो भनेको हाम्रो हो !

      Reply
      1. FG Sherpa says:
        August 10, 2013 at 12:30 am

        हो बेलैमा सचेत गराउनु पर्छ | यो भिडिओ को ०:०६~०:०७ सेकेन्ड सम्म हेर्नुहोस जुन नेपालको हिमाल नुप्त्से र ल्होत्से हो तर नेपालको हिमाल नेपालीले नै नचिने पछि कसलाई के दोष दिने खै?

        Reply
    2. bibek dhakal says:
      August 9, 2013 at 10:26 pm

      मेरो मुख को कुरा छिन्नु भो! सधैं कति उनीहरुले हाम्लाई ( जानी जानी वा नजानी ) तमाशे बनाइरहने हामि बनिरहने? कैले सम्म उनीहरुको हरेक बिज्ञापन, कलाकार, मिडियालाइ हामि तेत्ति सम्म भाउ दि राख्ने? हृतिक रोशन ले नेपाल को बारे केइ भन्यो, परिणाम: यहाँ एउटा झ्याल मा बसेको बालिकाले गोलि लागेर ज्यान गुमाउनु पर्यो ; अमिताभ बच्चन ले बुद्द नेपालमा जन्मेको भने ओहो उसलाई “आल पचिनो ” संग तुलना गरेर धुन्धान…कहिलेसम्म? को हुन् तिनीहरु , के हो र यो बिज्ञापन जस संग हाम्ले एस्तो देशको अस्मिता जोड्नु पर्ने? कुनै पार्टीले वा राजनैतिक रुपमा केइ भनेको भए ल भन्नु! बरु सकिन्छ भने त्यो महिनैपिच्छे चाकडी गर्न भारत जाने नेताहरुलाई बहिस्कार गरम न – तेइ नेताहरुको पछि लागेको छ! सकिन्छ भने सिमा को, सुस्ता को , बाध को कुरा हरु अन्तरास्ट्रिय स्तरमा लैजान दबाब दिने खालको सलिद्यारिटि बनाम न , खै त?
      बरु टुरिजम बोर्ड को वेबसाइट मा ( त्यो त सम्भव नहोला!) तर ट्राभल एजेन्सी को साइटहरुमा दार्जलिङ्ग, सिक्किमलाई नेपाल को भनेर फिचर गरिदिने नि ! सकिन्छ भने त्यसो गरम सकिन्न भने हल्ला मात्र नगरम!
      तर सालोक्य जी ले भन्या जस्तो सभ्य रूपमा कम्प्लेन गर्न सकिन्छ….सायद उनीहरुले गल्ति रियलाइज गरेर सच्याई पनि सके क्यार..जे सुकै गरम तर एस्तो घटनाहरु मा आफु “तमाशे ” चाही नबनम!

      Reply
    3. बद्री अधिकारी says:
      August 10, 2013 at 12:05 am

      भन्दैमा केही नहुने हैन त त्यसो भए सरोज पनि मुम्बईको …….बजारमा बस्नेले जन्माएको छोरा हो भने केही फरक पर्दैन हैन त 🙂

      Reply
  28. Bala Ram Thapa says:
    August 9, 2013 at 8:13 pm

    ये मेरा इंडिया भनी सकेपछि ,उसले अनिमल प्लानेट इन्डिया मा माछा पुछ्रे हिमाल लाइ देखाउन नहुने थियो | यसमा ठूलो विवाद खडा गर्नु गराउनु भन्दा एक पटक परराष्ट्र मन्त्रालय स्तरवाट भूल सुधार गर्न लागाउनु अबश्य पर्छ ,ताकी उसले अब आयन्दा तेस्तो भूल गर्ने शाहाश नगरोश |

    Reply
  29. Pradip Shrestha says:
    August 9, 2013 at 8:02 pm

    These types of excruciating actions are responsible for increasing hatred over India and Indians.

    Reply
  30. राम चन्द्र says:
    August 9, 2013 at 7:56 pm

    अब ए हमारा मुख्य मन्त्री भनेर एउटा लाई टिको लगैदिन पनि बेर छैन । छिमेकी लाई असल व्यबहार देखौन सकेन धोतीया हरु ले ।

    Reply
  31. David Rai says:
    August 9, 2013 at 7:50 pm

    भारतको मिचाहा प्रबृति बिरुद्धमा सामुहिकरुपमा नै आवाज उठाउने कि…

    Reply
  32. नरेन्द्र says:
    August 9, 2013 at 7:49 pm

    यी कुकुर धोतिहरुले बिस्तारै सिक्किमीकरण गर्ने योजना अनुरुप यी सब तिकडम गरि राखेका छन् जस्तो लाग्छ, कहिले सगरमाथा हाम्रो भन्छन्, कहिले गाडीका पार्ट पुर्जा पठाउन पनि नेपालाइ स्टेट लेख्दिनछन्, कहिले बुद्ध इण्डियमा जन्मेको भनेर बबण्डर मच्चाउछन्, त्यसैलाई हाम्रा कुकुर नेताहरु एजेन्ट बनेर सघाउछन- हामी जनता सधै ट्वा। तर मलाई विश्वास छ जति तिकडम गरे पनि इन्डियाले नेपाललाइ सिक्किम बनाउन कहिले पनि सक्दैन, कुकुरहरु भुक्दै गर्छन् हात्ती लम्कदै गर्छ।

    Reply
  33. Santosh Lamichhane, Madison, WI says:
    August 9, 2013 at 7:38 pm

    Every time I see a post like this, I want to remember John Lennon’s song, Imagine, and some relevant parts of its lyrics.

    Imagine there’s no countries
    It isn’t hard to do
    Nothing to kill or die for
    And no religion too
    Imagine all the people living life in peace

    You, you may say
    I’m a dreamer, but I’m not the only one
    I hope some day you’ll join us
    And the world will be as one

    Reply
    1. sundip says:
      August 9, 2013 at 9:57 pm

      त्यो त हामीले मात्रै इमाजिन ( कल्पना) गरेर भएन! उताको हेपाहा प्रबिती लाई रोक्न हामी आफै नै बलियो हुनु पर्छ! हामी सबै जनाले नेपाली समान ( नेपाल मै बनेको बस्तु) हरु प्रयोग गरेर स्यानो सुरुवात गरौ न त? यो मन त मेरो नेपाली नै हो!

      Reply
  34. Sushil Khadka says:
    August 9, 2013 at 7:36 pm

    संबेदनसिल बिसये उठाउनु भएको छ उमेश जी ले ! हाम्रो कमजोरी माथि टेकेर जसले जे गरे पनि हुन्छ भन्ने मनासयेको उपज हो यो , लुम्बिनी हाम्रो हो भन्दा त सरकार केहि बोल्न सक्दैन भारत का सामु अरु त झिना मसिना भए …….

    Reply
    1. bibek dhakal says:
      August 10, 2013 at 6:48 pm

      सरकार ले सुरुमै यो कुरा मा बोल्नु भन्दा पनि सम्बन्धित सरकारी निकायले बोल्नु पर्ला- अर्थात् नेपाल पर्यटन बोर्ड ले स्पस्टिकरण माग्दा ठिक होला! जाबो त्यो “अयानिमल प्लानेट इंडिया” (एउटा कुनै सानो संस्था ) को बिज्ञापन को खण्डन याँहाको प्रधानमन्त्रिले गर्नु ठिक होला र?

      Reply
  35. पुष्प says:
    August 9, 2013 at 7:24 pm

    AnimalPlanetIndia को पेजमा त सच्याइसक्या रेछ :
    http://www.youtube.com/watch?v=0ZUiw-tPDwk

    Reply
    1. दुर्गा खनाल says:
      August 10, 2013 at 12:01 am

      पुष्प जी ! हटाएकोछैन ! http://www.youtube.com/watch?v=epcqS6Orbug#at=105

      Reply
      1. neerose says:
        August 11, 2013 at 3:27 pm

        तपाइले दियको लिंकमा क्लिक गरि हेर्नुस खनाल जी!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme