Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध मूर्ति विवाद अब अदालतमा

Posted on August 5, 2013August 5, 2013 by Salokya
999857_10151520886322681_119551980_n
बुद्ध मूर्ति अहिले प्रहरी कार्यालयमा ठड्याएर राखिएको छ।

बुद्ध मूर्ति र अदालत फेरि एक पटक समाचार बन्न पुगेको छ। नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा बुद्ध मूर्ति प्रतिस्थापन गरिएको समाचारको केही महिनामै सुर्खेतको कांक्रेविहारको बुद्ध मूर्ति विवाद अदालतमा पुगेको छ। त्यो ठाउँमा बुद्ध मूर्ति राख्‍न पाइने कि नपाइने फैसला अब अदालतले गर्नेछ। बुद्ध मूर्ति राख्न पाउनु पर्ने भन्दै ठूलो संख्यामा बौद्ध धर्मावलम्बीहरुले सिंहदरबार घेरे लगत्तै बुद्ध राख्न दिनु हुन्न भन्दै अर्को पक्षले सुर्खेतमा शुक्रबार मसाल जुलुस, शनिबार बन्द र आइतबार सिडिओ कार्यालय घेराउ गरेका थिए। बुद्ध मूर्ति राख्न दिन नहुने भन्दै गरिएको आन्दोलनमा हिन्दु, साई, इसाई र मुस्लिम संघसंस्थाहरु पनि जोडिएका थिए। दुई पक्ष मेरो गोरुको बाह्रै टका गरिरहेका बेला कांक्रेविहार स‌ंरक्षण समितिका अध्यक्ष पदम देव गिरी र लाटीकोइली गाविसका लिलबहादुर भण्डारीले सुर्खेतको पुनरावेदन अदालतमा आइतबार रिट दायर गरेका हुन्। मूर्ति राख्‍न दिन नहुने र पहिले स्थानीय निकायहरूले गरेका सहमति खारेज गर्न अन्तरिम आदेश माग गरिएको 070-WO-0002 दर्ता नम्बर रहेको यो रिटको सुनुवाई न्यायाधीश केशवराज जोशीको इजलासमा आज सोमबार भयो।

रिट दर्ता गर्नुअघि नै यो रिट सार्वजनिक हित र सरोकारको विषय हो कि होइन भन्ने विषयमा विवाद भएको थियो। अधिवक्ताहरू नन्द भण्डारी र रामबाबु बीसीको बहसपछि न्यायाधीश केशवराज जोशीको एकल इजलासले रिट दर्ता गर्ने अनुमति दिएको थियो।

रिटमा जिल्ला वन कार्यालय र कार्यालयका वनअधिकृत, जिल्ला वन समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय र लाटाकोइली गाविस सुर्खेतलाई विपक्षी बनाएको छ।

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई मूर्ति राख्न लाटीकोइली गाविस कार्यालयले प्रदान गरेको अनुमति, जिल्ला विकास समिति सुर्खेतले संरक्षित वन क्षेत्र भित्र बुद्ध प्रतिमा गर्न दिएको अनुमतिपत्र, जिल्ला प्रशासन कार्यालय सुर्खेतको सहमतिपत्र, जिल्ला वन समन्वय समितिको सिफारिस र जिल्ला वन कार्यालय सुर्खेतले वन विभागमा लेखेको पत्र उत्प्रेषणको आदेशद्वारा बदर गर्न रिटमा माग गरिएको छ। यी सहमतिहरु वन ऐन र संरक्षित वन कार्ययोजनाविपरीत रहेको तर्क रिटमा छ।

रिटमा आइन्दा काँक्रेविहार संरक्षित क्षेत्र वन नोक्सान हुने व्यवस्थापन कार्ययोजना नभएको कुनै पनि धार्मिक जातीय सम्प्रदायको पहिचान हुने गरी कुनै पनि संरचना निर्माण गर्न नदिन रोक्नु भनी परमादेशको आदेशसमेत माग गरिएको छ।

यस्तो थियो अनुमति जसलाई बदर गर्ने माग रिटमा गरिएको छ-
Capture
Capture1
Capture2
राजनीतिक दलहरुको सहमति।

जिल्ला प्रशासन कार्यालयको अनुमति यस्तो थियो-
cdo

पुरातात्विक वस्तुलाई हानी नोक्सानी पुर्‍याउन लागेकै हैन-
dharmodaya

गाविसको अनुमति-
gabisa

जिविसको अनुमति-
jibisa

मूर्ति मात्र राख्न दिए हुन्छ भनी जिल्ला वन कार्यालयले वन मन्त्रालयलाई गरेको सिफारिश-
jilla_ban

नक्सा-
map

पुरातत्व विभागको सहमति-
puratatwo

थप जानकारीका लागि
सुर्खेतको काँक्रेविहार, भगवान् बुद्धको प्रतिमा र सरकारी विवाद सम्बन्धमा सरोकारवालाको स्थलगत अध्ययन प्रतिवेदन, २०७०
बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा
बुद्ध मूर्ति विवादले काठमाडौँ जाम
यस्तो छ कांक्रे विहार
बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!

54 thoughts on “बुद्ध मूर्ति विवाद अब अदालतमा”

  1. madan bajracharya says:
    August 9, 2013 at 8:32 am

    सुर्खेतको कान्क्रे बिहारमा प्रतिस्थापन गर्न नदिनेनै हो भने त्यो बुद्धको मुर्ति यसै गरेर सुर्खेतको प्रहरी कार्यालयमा यसरीनै सिक्रीमा जकदियरै रहुन/ यसले नेपालमा बुद्धलाइ राज्यले नक्कली सम्मान मात्रै गर्दै आयको पोल खुल्दै जान्छ/

    Reply
  2. som tamang says:
    August 8, 2013 at 3:00 pm

    बुद्धको मुर्ति बुद्ध जन्मे को स्थानमा राख्न यत्रो सड्यन्त्र सर्बोच्छा सम्म यस को मुद्धा पुग्नु अब्ब यसमा पनि चिता न बुझे अन्तरास्ट्रिय अदालत सम्म पुरयाउनु पर्छ अनि तपाई हामी ले गर्ब गर्न सक्छौ कि सान्ति का
    अग्र दुत गौतम बुद्ध नेपालमा जन्मेको हो भन्नेर . यस्तै हुदै जाने हो भने भोलि हिन्दु ,मुस्लिम क्रिचियनहरु लाई पनि मुर्ती राख्नु पर्ला कि राख्नु नपर्ला ? यदि नपरे राम्रो यदि राख्न परे कहाँ राख्ने ? यो नेपाली हरुले नसोच्हे कसले सोच्ने? कि जति छ यतिमै चिता बुझाउन सकिन्छा?आफ्नो देशको प्रथिस्थामा आच आउने काम गर्नु हुदैन भने बेल्लामा सौथुङ्ग फूलका थुंगा हामी औटई माला नेपाली भन्ने आहिले जात र धर्म को कुरा उठायारा मुर्ति नै राख्नु नपाउनु यो कस्तो सस्कार हो? यसमा मा आम बुद्ध धर्म लम्बि हरु लाई के भन चाहन्छु भने यसमा सन्त रहो भोलि कुनै धर्म बिसेस ले नेपालको कुनै भूमिमा मुर्ति राखेमा राख्न कोस्सिस गरेमा यसले राम्रो परिणाम दिने छैन यसमा आम बुद्धिस्ट हरु यक जूट हुनु नितान्त आबसेक छ

    Reply
  3. ngwang Sonam says:
    August 7, 2013 at 2:17 pm

    कस्तो बिडम्बना बुद्ध जानेको देशमा बुद्धको मुर्ति स्थापना गर्न नपाउने ? यो अति भो.

    Reply
  4. Biswash says:
    August 6, 2013 at 6:05 pm

    काक्रे बिहार , नाम सुन्दै पनि बुद्धको थलो लाग्ने l तर हुल तन्त्र र बल्मिच्याइको कुनै सिमा हुन्न भन्छन हो रैछ l आफ्नै जात धर्मका बन्धुहरु न्यायलयमा भएको मौका पारेर बुद्धलाई आफ्नै स्थान बाट च्युत गराइयो भने संसारले नेपालको न्याय प्रणाली कस्तो भन्ने कुरा बुझ्ने मौका पाउने छ l

    Reply
  5. रविन says:
    August 6, 2013 at 1:40 pm

    मैले बुझे सम्म धार्मिक भन्दा पनि त्यहाका केहीको जुंगे लडाई रहेछ.

    सबैको धर्म र सस्कृति प्रति आस्था र सम्मान गर्नु पर्छ तर खाली धर्मको नाउँमा संरक्षित बन जंगलमा मुर्ति राख्न दिई मानिसहरुको भिड लगाउन दिनु भनेको भूगोल, स्वच्छ वातावारण र प्राकृतिक सम्पदालाई बिगार्नु हो.

    तेसैले यो घटनालाई कसैले धार्मिक मुद्दा बनाएर जुधाउन खोजे पनि यो नितान्त प्राकृतिक संग सम्बन्ध छ.

    Reply
  6. Udeep says:
    August 6, 2013 at 12:22 pm

    यस मुद्दामा बौदमार्गीहरुलाई अन्य धर्मावलम्बीहरुले पनि साथ दिनु अत्यावस्यक छ | अर्का को आस्थामा चोट पुग्ने कुरा हुदैछ यहाँ | हैन भने कुनै दिन पशुपतिनाथलाई नि गलत एरियामा पर्यो भन्दै ताला लाउनु पर्ने दिन आउन सक्छ |

    Reply
  7. प्रतिक says:
    August 6, 2013 at 10:16 am

    हामी कोहि हिन्दु अथवा बुद्धिस्ट भनेर झगडा गर्ने दिन कसरि आयो ??? सताब्दियों देखिको सद्भाव कहाँ गयो??? जहाँ मठ मन्दिर मा बुद्ध को मुर्ति हुन्छ, जहाँ हिन्दुले बुद्धिस्ट चाड र बुद्धिस्ट ले हिन्दु चाड पर्व मनौंथिए कहाँ गए त्यो स्वर्णिम युग???
    यो सदियौं देखिको भाइचारा को अर्थ हाम्रो सहिष्णुता हो र एक अर्को प्रतिको हाम्रो सम्मान र हामी एकै हौँ भन्ने भावना हो//
    भारतमा ब्रिटिशले रोपेको झगडाको बिउ को कारण ले बाबरी मस्जिद द्वस्त भयो र धार्मिक दङ्ग मा परेर हजारौं मानिसले अकालमा ज्यान गुमौना पुगे// हजारौं हिदु एवं मुसलमान समुदायका मानिस बिस्थापित वभए //मारिए // र महिला हरु बलत्क्रेइत् भए // कयौं मान्छेलाई जिउंदै जलाइयो // नेपालमा नि तेही घटना निम्त्याउने हो????
    हाम्रो देश मा यो दुइ धर्म बीच यो द्वेष को भावना कसले रोप्यो??? यो बुझ्न जरुरि छ ../// आज पनि कोइ बुद्धिस्ट मित्र हिन्दुको घर गए हेपिंचा र??? अथवा हिन्दु बुद्धिस्ट को घर गए लाखेतिंचा र??? अजहै तेस्तू दिन आइ सकेको छैन हामी अझै बुद्धिमान छौँ/// आँखा खोलौं …
    सकिन्छ भने सर्वोचले पुरातात्विक खोजको अधर्म हिन्दु मंदिर्नै थियो भने पनि दुवै धर्मको प्रतिक हरु स्थापना गराउनु पर्ला…जुन हाम्रो देशमा सताब्दियों देखि चली आएको हो….//

    अनि धिक्कार छ तिनीहरुलाई जो यो धर्म को नाममा धर्मलाई कुलुषित गर्न लागि परेका छन् // तिम्र आराध्य हरुले तिमीहरुलाई सराप दिनेचन ////\
    // अस्तु ///

    Reply
    1. प्रतिक says:
      August 6, 2013 at 10:20 am

      ***सकिन्छ भने सर्वोचले पुरातात्विक खोजको आधारमा मन्दिरनै थियो भने पनि दुवै धर्मको प्रतिक हरु स्थापना गराउनु पर्ला…जुन हाम्रो देशमा सताब्दियों देखि चली आएको हो….//

      Reply
  8. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 6, 2013 at 8:15 am

    बुद्धले पनि आदलत जानु परेछ …कठै बिडम्बना ! यस्तो घोर कलियुगको कसरी गर्ने सामना ..||

    Reply
  9. रबिन लामा says:
    August 6, 2013 at 8:10 am

    सुर्खेतको काँक्रेविहारमा बुद्धमुर्ति स्थापना गर्न नदिने हो भने सिमानापारी भारतमा स्थापना गरे भो । यस्ता संकीर्ण र साम्प्रदायिक विचार भएका विभेदकारी समाजका बाहुन क्षेत्रीहरूले किन राख्न दिन्थे बुद्धमुर्ति स्थापना गर्न । यस्ताहरूलार्इ बुद्ध भारत जन्म्या हो भनेर भारतले गलत समाचार विश्वमा फैलाउँदा खासै के फरक पर्छ र ?

    Reply
  10. madan bajracharya says:
    August 6, 2013 at 6:51 am

    सुर्खेतको कान्क्रे बिहारको बिबाद के निम्न कुराहरु सिट सम्भंदित हुन् सक्छ?

    अगस्त ४, २०१३मा नेपालजापान.कममा सुर्खेत सहित पुरै तराइको १० स्थानहरुमा पेट्रोलको भण्डार रहेको कुरा स्वदेशी र बिदेसी बिशेसग्य अन्वेषकहरुले पत्ता लगायको भनेर, तर थप अन्वेशंमा भारतले अप्ठ्यारो पारेको भनेर नेपालको सरकारको खानि विभागको आधिकारिक भनाइ समेत राखेर समाचार प्रकाशित भयको छ/

    भारत तराइको कुल मतदाताको ६% मात्रै मत पायको ८४ प्रतिशत तराइको मतदाताहरुले अस्विकार गरेको मधेशबादी दलहरुलाई नेपालको पुरा तराइमा मधेशीको स्वायत मधेश तथा आत्मनिर्णय गर्न सक्ने (आत्मनिर्णय गर्न सक्ने भनेको त् नेपाल बात अलग्गिने घोसना समेत गर्न सकिनेहो) बनाउन उक्साइरहेको छ/ मधेश्बादिले तराइमा ६% मत पायको बिहारी अप्रवाशिको हो तराइमा बहुमतमा रहेको हिन्दु बुद्धिस्ट नेपालीको होइन/ अब हुने चुनावमा हिन्दु बुद्धिस्ट बिचमा पहिलो संबिधान सभाको चुनावमा जस्तै मेलमिलाप कायम रहे दोश्रो संबिधान सभाको चुनावमा मधेशबादी हरुले फेरी पनि अल्प तथा झिनो मात्ने पाउने हुन्छ/ तर तराइमा बहुसंख्यामा रहेको हिन्दु र बुद्धिस्ट बिचमा यसरि धार्मिक दंगा भयमा तिनीहरुको मत कम्जोर हुन्छ/ यसले मधेशबादीहरुलाई चुनावो राजनैतिक फाइदा हुन्छ/ त् के सुर्खेत काण्डको पछाडी यहि नै त् षड्यन्त्र भयको हुन् सक्दैन?

    यदि तराइमा खानि विभागले सार्वजनिक गरे जस्तै पुरै तराइमा १० स्थानमा पेट्रोलियमको भण्डार भयको सत्य भय किन तराइमा भारतले स्वायत मधेश बनाउन दिन भारतले दवाव दिंदै गरेको हो स्पस्ट हुन्छ/ तराइमा नेपाली नेपाली बिचमा फाटो ल्याउन हतियार उठायर आतंक मच्चाउने, पहाडी मधेसी भनेर नेपाली नेपाली बिचमा विभाजन गर्न खोज्नेले के नेपालमा हिन्दु बुद्धिस्ट बिचमा दंगा गराउन सक्दैन?

    तराइमा बिस्वमा ठुलो जलश्रोत छ/ तराइमै बिस्व भरिको सबै भन्दा पवित्र र ठुलो तिर्थ स्थल बन्न सक्ने बुद्ध जन्मेको लुम्बिनिर बुद्धको देस कपिल्बस्तो रहेको छ/ अब तराइ भरिने पेट्रोलियमको भण्डार रहेको कुरा खानि बिभाग बाटै सार्वजनिक भयको छ/ यस्तो तराइमा मधेसीको आत्म निर्णय गर्न सक्ने राज्य स्वायत मधेस बनाउन दिन दवाव दिंदै छ/ तर तराइमा ती मधेश्बादिहरुको अत्यन्त झिनो मत मात्रै छ/ पहिलो संबिधान सभामा ३०सौ लाख बिहारी हरुलाई नागरिकता दिंदा त् मधेशबादी हरुले तराइको कुल मतको मात्र ६% मत पायो/ किनभने तराइमा नेपालका अन्य जातिका नन मधेसी हिन्दु र बुद्धिस्ट को बहुमत छ/ नेपाल नेपाललाई बिकशित र भारत सिट आश्रित रहनु नपर्ने गर्न सक्ने तराइ नेपाल बात टुक्राउन जाल बुन्दै गर्नेले बहुमतमा रहेको नन मधेसी (नन बिहारी) नेपाली हिन्दु र बुद्धिस्ट बिचको यकता तोड्न जे पनि गर्न सक्छ/

    Reply
  11. Tirtha says:
    August 5, 2013 at 10:11 pm

    दुख लग्छ बुद्ध मूर्ति विवाद सुन्दा
    दिक्क लाग्छ कांक्रेविहारको कथा सुन्दा
    बुद्ध भारतमा जन्मे भन्ने भारतीय समाचारले
    सबै नेपालीको मन पोलेको थियो
    नेपाली स्वभिमनिता छट्पटाएथ्यो
    आज त्यही मन किन विभाजित छ
    धर्म धर्म जात जात बिच मनमटाब छ
    अनेकता भित्रको एकतामा
    तुसरा घात हुनथालेकोछ
    अनेकताका साझा फूलबारीमा
    खाडल पर्ने आसन्काले नेपाली मन रोएकोछ
    धार्मिक सहिस्सुणता भड्कने डरले नेपाली मन छट्पटाएकोछ

    Reply
  12. madan bajracharya says:
    August 5, 2013 at 9:45 pm

    सुनिल पन्त

    नाम त् तपाइंको “तालिवाने सन्त” हुनु पर्ने देखिन्छ/ ओम माने पेम्हे भन्ने सबै भोटे होइन/ भोतेलाई ओम मान्हे पेमे भन्न सिकायको नेपाली चेली भ्रिकुतिले हो/ भ्रिकुतिलाई भोतेहरु सेतो ताराको रुपमा पुजा गर्छ/ भगवानको नाम भक्तजनको आफ्नै भाषामा राख्छ/ भगवानको रुप भक्तजनको कल्पना अनुशर हुन्छ/ भगवानको भजन भक्तजनको आफ्नै भासामा गाउँछ/

    अब निम्न कुरामा बिचार गर्नुस र भन्नुस नेपालका बुद्धिस्टहरुले हिन्दु धर्मको जगेर्ना गरे कि हिन्दु धर्म मासे?

    ०१. उपत्यकामा रास्ट्रिय स्तरको हिन्दु चाडपर्व बुद्धिस्ट नेवारहरुले मनाउँछ/
    ०२. नेवार बुद्धिस्ट साक्य जातिको बच्ची जीवित हिन्दु देवी कुमारी बन्छ/ हिन्दु
    राजा रास्त्रपतिले पनि कुमारीको पैताला धोक्छ/
    ०३. नेवार जातिहरु अधिकास बुद्धिस्टले हिन्दु संस्कार अनुशर बर्तमन गर्छ/
    ०४ पशुपतिमा बाहेक उपत्यकाको प्रमुख मन्दिरहरुमा बिहारका बज्राचार्य बुद्धिस्ट
    पुरोहितहरुले पुजा पाठ गराउँछ/
    ०५. कुनै पनि बौद्ध बिहारमा हिन्दु बा कुनैको धर्म परिबर्तन गरिंदैन/
    ०६. कुनै पनि व्यक्ति परिबारको सहमति बिना बौद्ध भिच्छु बन्न सक्दैन/
    ०७. बुद्धलाई हिन्दुहरुले बिस्नुको अबतार माने झैँ बौद्ध देवी देवतालाई पनि हिन्दु
    देवता र देवीको रुपमा लिइन्छ/
    ०८. सबै बौद्ध बिहारहरु र चैत्यहरुमा हिन्दु देवी देवताको मुर्ति र मन्दिर हुन्छ/

    अब यो बारेमा पनि बोल्नुस:
    ०१.सुर्खेतमा बिबाद भयको धार्मिक स्थल को नाम “काक्रे बिहार” हो/ बिहार बौद्ध धार्मिकस्थललाई भनिन्छ; हिन्दु धार्मिक सतहलाई बिहार भनिंदैन/ यदि त्यो स्थल हिन्दु धार्मिक स्थलनै भयको भय कान्क्रे बिहार होइन कान्क्रे मन्दिर भनिन्थ्यो/
    ०२. काक्रे बिहार नजिकै बुद्धको आमा माया देवीको मन्दिर भय बात पनि त्यो स्थल बौद्ध बिहार्नै भयको प्रमाणित हुन्छ/
    ०३.सुर्खेतको काक्रे बिहार बिहारमा उत्खनन गर्दा मूलजग “मण्डला” भयको स्पस्ट देखिन्छ/ मण्डला बौद्ध परम्परा अनुशार पुजा गरिंदा प्रयोग हुन्छ/ तेसैले बिहारको जग मण्डलाकार हुन्छ/
    ०४. काक्रे बिहारमा उत्खनन गर्दा संग्लो बौद्ध स्तुपहरु र स्तुपको भग्नावसेस भेत्तियको छ/ स्तुप बौद्ध बिहारको प्रतिक हो/
    ०५. महायान र बज्रयान अनुसार मानिने बौद्ध धर्मको इ हिन्दु देवी देवताको मुर्ति जस्तै देखिन्छ/ तेसैले मन्जुश्रीलाई हिन्दु देवी सरस्वति र बौद्ध शक्ति देवीहरुलाई भगवतीको रुपमा पुजा गरिन्छ/
    ०६. लुम्बिनी पछि नेपालको सबै भन्दा ठुलो बौद्ध बिहार “स्वयम्भु बिहार” हो/ स्वयम्भुमा अनेकौ बौद्ध देवी देवतालाई हिन्दु संस्कार अनुशार पुजा पाठ बौद्ध भिच्छु र बज्राचार्यहरु बाटै गरिन्छ/ स्वयम्बु चैत्यको मुखैमा जकडेर राखियको “बज्र” हिन्दु देवता इन्द्रको हतियार मानिन्छ र तेस्को पनि बुद्धिस्ट र हिन्दु परम्परा अनुशार पुजा गरिन्छ/ यो सम्भंदी रोचक धार्मिक कथा पनि छ जसले हिन्दु र बौद्ध धर्म बीच दैविक सम्भंद पनि भयको देखाउंछ/
    ०७. चतुर्मास भरि पसुपतिको मुर्तिमा बुद्धको मुर्ति लगायर पुजा गरिन्छ/ चतुर्मास सकियको छैन भने हेर्न जानुस पशुपतिमा पसुपतिको शिरमा लगाइयको बुद्धको मुकुट रातो रुमालले छोपी राखेको हुन्छ/ यो सम्भंदित हिन्दु धार्मिक कथाले बुद्ध र शिव बीच सम्भंद भयको देखाउंछ/

    ई सबै कुराहरुले नेपालको बुद्धिस्ट र हिन्दुहरु बीच मात्रै होइन बुद्ध र हिन्दु देवी देवताको पनि सौहार्द सम्भंद भयको र यकले अर्को प्रति सहिस्नुता देखायको देखिन्छ/ त् भन्नुस सुनिल पन्तज्यु, तपाइंको के बिचार छ?

    Reply
    1. nimesh, BKK says:
      August 6, 2013 at 9:35 am

      madan bajracharya जी
      कुनै दिन पशुपतिमा पनि वज्राचार्य पुरोहितहरुले नै पुजा-आजा गर्दथ्यो –
      “According to legend, Shankarcarya, the Hindu reformer, is said to have visited the valley and defeated the Vajrayana priests who were responsible for the worship of Pashupati, where after he drove them out of the temple and substituted Brahmans. ………, where Buddhism declined during this period.”
      Source Hazrat 1970:38-40, Wright 1877:18-23.

      Reply
      1. madan bajracharya says:
        August 6, 2013 at 8:14 pm

        निमेष ज्यु
        जानकारी दिनु भयकोमा धन्यबाद/ हामीले ई कुराहरु कोट्याउनु पर्ने अबस्था आउनै नपर्ने थियो/

        Reply
  13. द्रोण says:
    August 5, 2013 at 9:44 pm

    सिद्दान्तत् सरसर्ती हेर्दा बुद्द को मुर्ति राख्न हिन्दुले अबरोध गर्ने भन्ने कुरा सुन्दा नै अचम्म लाग्ने खालको छ | बास्तबिक कुरा के रहेछ ? कारण के रे छ ?
    यहा कम्मेन्ट लेख्ने हिन्दु सब ले त् बुद्द मुर्ति राख्न दिनुपर्छ नै भनेको छन् |
    त्याहा चै फेरी किन राजनीति भै रा छ ?
    अब अदालत को फैसला ले कुरो टुंगो मा पुर्याउने भन्दा पनि आपसी समझदारीमा मुर्ति राखेको भए सायद राम्रो हुन्थ्यो कि ?

    Reply
    1. madan bajracharya says:
      August 5, 2013 at 10:29 pm

      द्रोणज्यु/
      हुनु पर्ने त् तेस्तै थियो/ तर किन भयन तेस्तो भन्ने कुरा नै रहस्यपूर्णछ/

      Reply
  14. ashok says:
    August 5, 2013 at 8:41 pm

    बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्ब गर्न रमाउने तर बुद्धका अनुयायीहरुले आफ्नो आस्थाको मूर्ती बनाउदा अरुलाई टाउको दुख्ने- धन्य छ हामी नेपालीहरुलाई

    Reply
  15. raj says:
    August 5, 2013 at 8:34 pm

    साई, इसाई र मुस्लिम संघसंस्थाहरु मुछिनु पर्ने कारण के होला | एस्तो अनावास्क चरम राजनीति हाम्रो जस्तै अविकसित देस मा मात्रै हुन्छ होला | के ये महानुभाब हरु ले धर्म के हो नभन्ने अलिकति पनि बुझेका होलान ? मलाई लाग्दैन |

    Reply
  16. Rana dipak says:
    August 5, 2013 at 8:11 pm

    धर्म को बिसयालाई लिएर किना एस्तो कुरोहरु गरछौ साथी हो सबै धर्मलाम्बिहरु एक जुट हुनुपर्छ ! सुनिल पन्त जी मन परि चै नभन है भोटे को फेला पर्लास लेख्ना पायो भन्दैमा जेपायो तेही नलेखा

    Reply
  17. Tirtha says:
    August 5, 2013 at 6:48 pm

    धर्मको नामले हामि नेपाली नेपाली बीच युद्ध नहोस कुन धर्म शास्त्रमा यसरी एकले अर्काको बिरोध गर्नु भनेकोछ? मैले बुझ्न सकेकोछैन/ सायद बुद्ध, अलहा, जिसस, ब्रम्हा, बिष्णु, महादेव, जैन जति पनि भगवानहरु छन् सबैले हामी अबुझ मान्छेको हाना थाप देखेर खिल्ली उडाइ रहेका होलान अनि पखेस तेरो स्वर्गको बाटो बन्द हुदै छ भन्दै खबरदार गरिरहेका होलान / र एक आपसमा प्रेम गर, शान्तिको संदेश फैलाउ भन्ने बुद्धको महान वानीको उपहास भएको देख्दा बुद्धको आत्मा कस्तो भएको होला?

    हामी सबै सचेत बनु, एक आपसमा मेलमिलाप, धार्मिक एकता कायम गर्दै समाजमा शान्ति स्थापना गर्न होस्टेमा हैसे गरौ, एक सचेत नागरिकले निभाउने कर्तब्य निभाउ, जय शान्ति, जय एकता, जय धार्मिक सहिस्शुण्ता …

    Reply
    1. madan bajracharya says:
      August 5, 2013 at 10:10 pm

      तिर्थज्यु/
      हामि प्रार्थना गरूँ नेपालमा इतिहासकाल देखि रही आयको हिन्दु र बुद्धिस्ट बिचको सौहार्दतामा आंच आउने काम कसै बात नहोस/ हिन्दु र बौद्ध धर्म ग्रंथाकै आधारमा हेर्ने बुझ्ने हो भने ई दुई धर्म बिचमा फाटो आउने नसक्ने थियो तर कसैले तेस्तो फाटो ल्याउने प्रयास गरे नेपालमा/

      कान्क्रे बिहारमा सबै धर्मावलम्बी समेट्न सकिने धार्मिक तिर्थ स्थल बनाउने सोच राम्रो त् हो तर त्यो स्थलमा बौद्ध र हिन्दुकै तिर्थ स्थल बनाउनु नै राम्रो हुन्छ/ नभय झनै बिबाद हुन्छ/बुद्ध र हिन्दु देवताको मुर्ति रहने मन्दिर र बिहार त् बनाउन सकिन्छ तर तेस्तो मन्दिर बा बिहारमा जिजस र अलाल्ह को मुर्ति राखिन सकिंदैन/ राखे त्यो कलात्मक पर्यटकीय स्थल त् हुन् सक्ला तर धार्मिक तिर्थ स्थल बनिन्दैन/ किनभने जति हिन्दु र बौद्ध धर्म यक अर्को सिट नजिक छन् तेती नजिक क्रिस्चियन र मुस्लिम सिट छैन/ उदाहरणको निमित बिस्नुको बराह अवतार मुस्लिमको निमित पच्य हुने सक्दैन/

      अहिले बिस्वमा प्रमुख रुपमा प्रचलित धर्महरुमा बौद्ध धर्म र हिन्दु धर्म बीच भय जस्तै सुमधुर सम्भंद अरु धर्म बिचमा छैन/ तितै सब्दमा भन्ने हो भने हिन्दु क्रिस्चियन र मुस्लिम बिचमा सम्भंद कटुता पूर्ण नै रहेको देखिन्छ/ तेसैले कान्क्रे बिहारमा ईसाइको चर्क जस्तो पनि देखिने हिन्दुको मन्दिर जस्तो पनि देखिने र मुस्लिमको मस्जिद जस्तो पनि देखिने गरि ईसाई इन्दु र मुस्लिमलाई स्वीकार्य हुने कुनै कृतिको के हामि निर्माण गर्न सकौला र? के यस्तो प्रयासमा कुनिको चित्त नबुझे झनै बिबाद हुँदैन?

      मेरो बिचारमा त् कान्क्रे बिहारमा हिन्दुको ६५ फित अग्लो मन्दिर बन्नुमा बिरोध नगरेर त्याहा मात्र बुद्धको प्रतिमा प्रतिस्थापन गरे खुशी हुने बुद्धिस्त्लाई चित्त न दुखौनुनै उतम हुन्छ/

      Reply
  18. bibek says:
    August 5, 2013 at 5:56 pm

    मुर्ति पूजा मा विश्वास गर्दिन भन्ने तर मुर्ति राख्न नपाएर काठमाडौँ बन्द गर्ने अनि अर्को धर्मको मुर्ति ठडिने भयो भनेर आन्दोलन गर्ने बाकी विभिन्न धर्म मान्ने मान्छेहरु कोहि पनि कोहि भन्दा कम छैनन्. मुद्दा जोसुकैले जिते पनि हार हामी सबैको हुनेछ यो मुद्दामा

    Reply
    1. madan bajracharya says:
      August 5, 2013 at 10:16 pm

      बिबेकज्यु/
      बुद्ध धर्मलाई सामाजिक विज्ञानको दर्शन शास्त्रको रुपमा लिने बुद्धिस्तले मात्रै बुद्धको मुर्ति पुजा गर्दैन/ तर बौद्ध ग्यानलाइ धर्मको रुपमै लिने बिस्व भरिको बुद्धिस्टहरुले बुद्धको मुर्तिलाई हिन्दुले हिन्दु देवी देवताको मुर्तिको पुजा गरे झैँ पुजा गर्छन/ बौद्ध धर्मवालाम्बिहरुमा बुद्धलाई देवताको रुपमा पुजा गर्नेकै बहुमतछ/

      Reply
  19. Nawraj adhikari says:
    August 5, 2013 at 5:45 pm

    भारत ले Buddha हाम्रो भन्दा Nepal को भनेर प्रमाणित गर्न कस्ता कस्ता कार्यक्रम बने फिल्म बने ६० घन्टे लामो समाचार बन्यो ! यो त गौरब पो हो त संसार लाईसन्देस दिने बुद्ध मेरो भन्दै pheri किन यो बकवास !! कहिँ नभाको जात्रा हाम्रै नेपाल मा !!!

    Reply
    1. Sunil Panta says:
      August 5, 2013 at 6:57 pm

      हिन्दु धर्म लाई मिथ्य भन्ने हरु लाई बाकी छोडीदैन ! चाहे सो सुकै होस्, भारत मा बाबरी मस्जीद उडाको जस्तो लुम्बिनी पनि बम ले हानेर उडाउनु नपरोस !

      ***********
      विभिन्न छद्म नाम र गलत इमेल ठेगाना राखी केही दिनदेखि जातजाति, धर्मसम्प्रदायप्रति वैमनस्य फैलाउने र हिंसात्मक कामका लागि उक्साउने यी व्यक्तिको आइपी 113.199.212.41 हो। यस्तै खालका केही कमेन्ट हेटौडाबाट पनि आएका छन्। यस्तासम्म Troll हरुले माइसंसारमा सताउने काम गरिरहेका छन् भन्ने जनाउन आएका थुप्रै कमेन्टमध्ये केही सर्वसाधारणले देखिने गरी राखिएको हो – Admin, MySansar

      Reply
      1. nimesh, BKK says:
        August 5, 2013 at 7:16 pm

        Sunil Panta जी
        तपाईको सोच देखेर दया लाग्यो तपाईलाई जन्म दिने आमा-बुबाप्रति . ३३ कोटी देव-देवताले सद्बुद्धि देवोस Sunil Pantaजी लाई

        Reply
      2. kiran says:
        August 5, 2013 at 9:49 pm

        यो भिजिलान्ते हो हिन्दुको नाम लिएर थर्काउदै छ , यो हिन्दु पक्कै हैन , यस्ले हामीलाइ फुटाएर , लडाएर फाइदा लिन सोच्दै छ, खबरदार साथीहो यस्तो भिजिलान्तेलाइ बहिस्कार गरउ ।

        Reply
        1. madan bajracharya says:
          August 6, 2013 at 3:42 am

          किरनज्यु
          उहाको नाम सुनिल पन्त होइन तालिवाने पन्त हुनु पर्थ्यो/

          Reply
      3. Sangam Rana says:
        August 5, 2013 at 9:58 pm

        सुनिल जी, अतिबादी विचारले कसैको भलो गर्दैन / बिस्व सम्पदा सुचीमा भएको र अरबौ मानिस हरुको आस्था को उदगमस्थल लुम्बिनी प्रतिको तपाइको विचार चेतनशिल मानिसले राख्न सक्दैन/

        Reply
      4. Devendra Basnet says:
        August 5, 2013 at 11:55 pm

        pante बहुलायो. कस्तो निक्रिस्ता सोच हो. लुम्बिनी बोम्ब ले उदाउछु भान्छा . यो मान्छे कतैको भिजिलान्ते हुनुपर्छ.

        Reply
        1. madan bajracharya says:
          August 6, 2013 at 5:59 am

          देवेन्द्र बस्नेतज्यु/
          तपाइंको आश्नका सत्य भयको देखिन्छ/ बौद्ध गयामा तालिवानेहरुले बम बिस्फोट गरे लगतै उनीहरुले अरु पनि बौद्ध तिर्थ स्थल हरुमा तेस्तै आक्रमण गरिने भनेको थियो/ सुनिल पन्त भन्नेले तेही तालिवाने धम्किनै दोहारायकोछ/ सुनिलले हिन्दु नाम र हिन्दु धर्मको आडमा आफ्नो तलिवाने परिचय लुकायकै देखिन्छ/

          मुस्लिमहरु कुनैपनि अरु धर्म मान्ने समुह सिट धार्मिक कुरामा याकताबद्ध हुँदैन/ तर बौद्ध तिर्थ स्थलहरुमा बिस्फोट गरिने धम्कि दियको लगतै सुर्खेतमा बौद्ध प्रतिमा प्रतिस्थापन गर्नमा बिरोध गर्ने समुहमा मुस्लिम पनि सहभागी हुनु संखास्पस्त नै भयको देखिन्छ/ त्यो समुहको बारेमा रास्ट्रिय सुरछ्या विभागले बिशेस अध्ययन र अनुसन्धान गर्नु पर्ने देखिन्छ/ तिनीहरु तलिवाने टास्क फोर्सको एजेन्टहरु हुन् सक्छ/ हिन्दु र बुद्धिस्ट नछुट्टिने गरि मिलि बसेको नेपालमा यस्तो हुने नसक्ने सुर्खेत काण्ड भयकोमा म त् कुनै भयनाक षड्यंत्र्नै भयको आशंका गर्छु/

          सुर्खेत पनि तराइकै बेल्टमा पर्छ/ अगस्त ४, २०१३मा नेपाल जापान.कममा “पानि र पेट्रोलियम…. ” शिर्सकमा नेपालको खानि विभागको आधिकारिक भनाइ समेत उल्लेख गरेर सुर्खेत लगायत तराइको पुरै बेल्टमा १० स्थानमा पेट्रोलियमको भण्डार रहेको र भारतको दवावमा थप खोजि गर्न अप्ठ्यारो परेको समाचार प्रकासित गरेको छ/ तराइमा भारतको कस्तो नियत छ, तराइको कुल मतको ६% मात्रै मत पायको मधेशबादी हरुलाई कसले पुरै तराइमा स्वायत मधेश बनाउन उक्साइरहेको छ त्यो लेखि भनि रहनै पर्दैन/ अबको संबिधान सभामा तराइमा बस्ने हिन्दु बुद्धिस्थारू मिले मधेशबादीहरु फेरी पनि अल्पमतमै रहने छ/ कतै यसै कारणले त् सुर्खेतको त्यो “कुँवर” , यो सुनिल पन्त मार्फत नेपालको तराइ बाशी हिन्दु र बुद्धिस्ट बीच झगडा गराउन खोजेको त् होइन?

          Reply
          1. Devendra Basnet says:
            August 6, 2013 at 9:35 pm

            पुस्पज्यु तपाइको बिचारमा दम छ. अरु देशको प्राकृतिक सम्पदाको लागि धनि भनिएका देश हरुले कति सम्म राजनीति खेल्न सक्छन भन्ने हाम्रा सामु अनगिन्ति बिश्वो इतिहास छ.
            नेपाल लै माया गर्ने र नेपाली हूँ भनेर गर्ब गर्ने कुनै हिन्दुले पनि बुद्दको मुर्ति को बिरोध गर्ने लुम्बिनी उडाउने कुरा सपनामा पनि गर्न सक्दैन . तेस्तै साचिकै नेपाली हूँ भनेर गर्ब गर्ने कुनै बौद्धमार्गी ले पनि हिन्दु देबी देवता मन्दिर प्रति अतिबादी विचार राख्न सक्दैन र राख्दैन पनि. मेरो संसारमा अतिबादी कमेन्ट गर्ने हरु पक्कै पनि नया नेपाली हरु या नेपालीको छद्म भेषमा कमेन्ट गर्ने हरु हुन् येस्मा शंका गर्नु पर्दैन. यी अतिबादी हरुलाई सबैले बहिस्कार गरौं .

            Reply
      5. razen says:
        August 6, 2013 at 10:31 am

        लौ मार्यो पन्तेको दिमाग खुस्केछ !

        Reply
  20. sabin says:
    August 5, 2013 at 5:33 pm

    budda was born in nepal भनेर नाराबाजी गर्ने नेपाली दाजुभाई हरुलाई आज क भयो एस्तो? ब्यबहारमालागु हुनु पर्यो सबै कुरा खाली जन्मेर मात्र हुदैन…तय मुर्ति बन्दैमा कसको क टाउको दुखी हो..मिल्छ भने sidema शिवजीको मुर्ति बनाया त सुनमा सुगन्ध हुनेथ्यो…

    Reply
  21. Pasang says:
    August 5, 2013 at 5:32 pm

    कस्तो विडम्बना, हेग्को अदलात्मा बुद्धलाई सम्मान तर जन्मेको देश(नेपाल)को अदालतमा चाही मुद्दा, एक फेरा सबै नेपालीहरुले गहिरिएर सोचौं.

    Reply
  22. kedar says:
    August 5, 2013 at 4:14 pm

    मधेस आन्दोलनमा मधेसी र पहाडे बीच भए जस्तो द्वन्द हिन्दु धर्मालम्बी र बौद्ध धर्मालम्बीहरु बीच हुन् लेखेकै रहेछ यो देशमा अब / आ-आफ्नो शक्ति प्रदर्शन र आर्जनका लागि जनता लडाउने येस्ता खेल हामि भोगेर मात्र बुद्धि पलाउने भेंडा जनताहरुलाई अत्यन्त आबस्यक छ / तितो न चाखी मिठोको महत्व जसरि थाहा पाउन सकिंदैन, आज सम्म तितो थाहा नपाएका र कालरात्रि नदेखेका अनेकन जात जाति र धर्मलाम्बिहरु भएका हामि नेपालिहरु बिचमा एकपल्ट राम्रैसंग खटपट नभई मिठोपना को स्वाद र सुन्दर बिहानीको न्यानो थाहा नपाउने भैसकेका छौं जस्तो छ, / सुन्दर बिहानीकोलागि कालो रातको म स्वागत गर्दछु तर त्यो कालो रात भित्र सबै सबै यो समाजका काला धब्बाहरु नस्ट गर्न सम्पूर्ण जात जाति र धर्मालम्बी नेपालिहरुमा सादर अनुरोध गर्दछु /

    Reply
  23. subarna says:
    August 5, 2013 at 4:12 pm

    नेपालीको बानी व्यहोरा नै खराब, सोचाई नै घटिया अनि के गरोस् त। नेपालीले परिवर्तन चाहदैन, छिमेकीले अग्लो घर बनायोकी तल्ला थप्योकि रिसाउने बानीँ त छ। आफूले नसके अर्काको प्रगतिमा खुशी हुनुनी।
    ल अब सप्रमाण हेस्नुस बुद्ध कति सम्मान गर्न लायकको हो।
    नारायणको शिरमा बुद्ध
    https://www.facebook.com/photo.php?fbid=4771432240059&set=a.4729715077156.1073741826.1123094677&type=1&theater
    अनी
    Jesus was a Buddhist Monk BBC Documentary
    http://www.youtube.com/watch?v=DxwqAYSsKjY

    अन्यथा नसोच्नु होला, मैले थाहा पाएको र देखेको कुरा शेयर मात्रै गरेको हु।

    Reply
    1. Chetan Nepali says:
      August 5, 2013 at 7:09 pm

      सुबर्ण जी,
      त्यो मात्रै होइन, पशुपतिको मन्दिरमा पनि बर्षको एकदिन बुद्धको मुर्ति शिवजी को शिरमा राखिन्छ, त्यो कुरा हाम्रा हिन्दु धर्मलाम्बिहरुलाई थाहै नहोला किनकि वहाहरुले आफ्नो धर्मको कि त इतिहास थाहा छैन, कि त थाहा पाउने कोशिस गर्नु भाको छैन, कि त अहमताले गर्दा बुद्ध धर्म र सनातन (हिन्दु धर्म होइन) धर्मको सम्बन्ध बारे बास्तविकता महशुस वा बुज्ने कोशिस गर्नु भाको छैन !

      तपाइहरु मध्य कसैलाई शंका छ भने पशुपतिमा गएर त्यहाको पुजारीलाई सोध्नुहोस, किन यो परम्परा छ भनेर !!!

      Reply
    2. Dave Tamang says:
      August 8, 2013 at 2:52 am

      Not only the Jesus Christ was the Buddhist Follower but also Prophet Mohamed.
      https://www.youtube.com/watch?v=JdA2CHuH2XQ

      Reply
  24. km lama says:
    August 5, 2013 at 3:56 pm

    बुद्धको मुर्ति राख्न नदिन जुन धार्मिक संघ संस्थाहरुले बन्द हड्ताल गरेका छन् यो राम्रो होइन अर्को कुरा हटउन लगाउने सी डि ओ लै कसले आदेश दियो यो पत्ता लगाउनु पर्यो र अर्को कुरा बुद्द नेपालमा जन्मेको विश्वले चिनेको नेपाललाई नै चिनाउने सम्पति हो त्यसैले बुद्धको मुर्ति त्यहाँ राख्न पाउनु पर्छ र राख्नु पर्छ अरु धार्मिक संस्थाले बिरोध गर्नु उचित छैन बुद्ध एशियाको तारा हो बुद्धको मुर्ति त सिंह दरबार भित्र नि राख्न पाउनु पर्छ सम्मान गर्न जान्नु पर्छ खै नेपालीलाई राजनीति र बिरोध गर्न पाए पुग्यो यो बेलैमा सोच्नु पर्यो नेपालको ठुला नेता र कर्मचारीलाइ बुद्धि दिउन जय बुद्ध भगवान /

    Reply
  25. पुष्प says:
    August 5, 2013 at 3:51 pm

    विरोधीहरूकै भएपनि घैंटोमा घाम लागेको छ । अदालतले राम्ररी अध्ययन गरी फैसला गर्न सकोस् । शुभकामना !

    Reply
    1. madan bajracharya says:
      August 5, 2013 at 10:18 pm

      गहन छ पुष्प ज्यु तपाइंको प्रतिक्रियाको मर्म/ तर हार्दिक समर्थन/ आजसम्म समस्याको समाधान गर्दै आयको सर्वोच्चको फैसलाले समस्या उत्पन्न नहोस्/

      Reply
  26. Sampurna Singh says:
    August 5, 2013 at 3:43 pm

    This is a sincere request to all concerned. See, this land is a pure virgin land of gods and goddesses. We all need and must respect the presence of each other and their beliefs. We are really proud to say that NEPAL IS A BIRTH PLACE OF BUDDHA, but how would the world or the third nations see when they observe our fighting over not letting an idol of Buddha be installed in its own birth country. We must understand “BUDDHA IS BEYOND BORDERS”. Nobody has become successful in confining HIM in one country in regards to his valuable teachings. So, people if you want respect, learn to respect other; that way PEACE WILL PREVAIL.

    Reply
  27. Manoj Bohara says:
    August 5, 2013 at 3:38 pm

    यो काँक्रेविहारमा मुर्ति राख्न अहिले आएर नदिले कस्तो निर्णय हो यो । राजनैतिक समर्थन पनि छ, गाउँविकास समितिले अनुमति दिएको छ, जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ , जिल्ला बन कार्यालयलयले पनि अनुमति दिएको देखिएको छ, हिन्दु धर्मले पनि अनुमति दिएको देखिन्छ की केवल पैसाको चलखेलको लागि मात्र विवाद निकालिएको जस्तो देखिन्छ नत्र सहमति भैसेकेको कुरामा के को आन्दोलन यसमा प्रसासनले सहयोग गर्नु पर्ने ठाउँमा केको नाटक मञ्चन गरिरहेको फेरी धार्मिक युद्ध होस भन्ने चाहिरहेका छन यहाँका प्रशासनहरु र नेपाल सरकार, हैन भने बुद्धिष्ठले बुद्धको मुर्ति राख्नु, मुस्लिमले मुस्लिमको मुर्ति राख्नु, हिन्दुले राम, कृष्ण या महादेवको मुर्ति राख्नु इसाईले ईसुको मुर्ति राख्नु सबैले एक एक वटा राखे टन्टै साफ । व्यर्थमा धार्मीक युद्ध किन निम्त्याई राखेका छन यी पशुहरुले ।

    Reply
    1. Sunil Panta says:
      August 5, 2013 at 6:46 pm

      तपाई को घर मा आएर म र मेरो कोरीयन साथी ले कुकुर को masu गनाउने गरि पकायौ भने हुन्छ भन्नु हुन्छ ? त्यो हामी हिन्दु हरुको पबित्र स्थल हो, कोइ गन्हाउने भोटे हरु ले ” oh money pay me hoe” भन्ने ठाउँ होइन !

      ***********
      विभिन्न छद्म नाम र गलत इमेल ठेगाना राखी केही दिनदेखि जातजाति, धर्मसम्प्रदायप्रति वैमनस्य फैलाउने र हिंसात्मक कामका लागि उक्साउने यी व्यक्तिको आइपी 113.199.212.41 हो। यस्तै खालका केही कमेन्ट हेटौडाबाट पनि आएका छन्। यस्तासम्म Troll हरुले माइसंसारमा सताउने काम गरिरहेका छन् भन्ने जनाउन आएका थुप्रै कमेन्टमध्ये केही सर्वसाधारणले देखिने गरी राखिएको हो – Admin, MySansar

      Reply
      1. Chetan Nepali says:
        August 5, 2013 at 7:26 pm

        पन्त जी,
        कति नीच र घटिया सोच तपाइको ! पहिलो कुरा तपाइको आफ्नै बन्धु लक्ष्मी प्र. देवकोटाले भनेको बिर्स्यो ” मानिस ठुलो दिलले हुन्छ जातले हुन्दैन”!!

        अर्को कुरा तपाइलाई हिन्दु धर्मको इतिहासनै थाहा छैन रहेछ यो कुनै धर्म नै होइन यो त सिन्धु सभ्यता हो जसलाई तपाई जस्तै स्वार्थ, अहमताले, इर्स्य, लोभ, लालच, क्रोधले भरिपुर्ण भएका केहि मानिस(ब्राह्मण) हरुले आफ्नो स्वार्थको लागि मात्रै सनातन धर्मलाई काट कूट गरि मिलाएर हिन्दु धर्मको रुपमा प्रतिपादन गरि शुरुमा हालको भारतको सिन्धु नदीको प्रान्तमा लागु भएको र पछि मुसुल्मान र अरुहरुको आक्रमणबाट बच्नलाइ भाग्ने क्रममा नेपाल सम्म आइपुगेको हो !
        त्यसमा तपाइलाई शंका भए येसो बास्तविक इतिहास बुझ्ने कोशिस गर्नु होला !

        मलाई थाहा भएन तपाई कुन चै हिन्धु भगवानको पूजा गर्नु हुन्छ तर जे सुकै गरेको भए तपाइलाई उहाको ज्ञानको उज्यालो ले चेतना दिवस सद्बुद्धि आवास !

        Reply
      2. Sunil Santa says:
        August 5, 2013 at 8:13 pm

        तपाइले पकाएको खसीको मासु ले पनि हाम्लाई असर गर्छ नि, अनि तपाइलाई चै के गर्ने? मलाई कुनै दिक्कत हुन्न, आफ्नो धर्म प्यारो छ भने अरुको धर्म लै नि इज्जत गर्न सिक्नु पर्यो, नत्र धार्मिक द्वन्दमा जानु पर्यो, आज तपाइको पक्षमा लग्न सक्नेहरु, भोलि अर्को पक्ष मा जान कति समय लग्छ र? तपाई त बोम्ब पड्काउने शिव शेना होला, अरुको पनि सेना हुन सक्छ भन्ने तपाइलाई हेक्का छ कि छैन सुनिल जी?

        Reply
        1. madan bajracharya says:
          August 6, 2013 at 7:20 am

          सुनिलज्यु/
          मलाइ जहा सम्म थाह छ मुस्लिम र तालिवानेहरु बाख्रा बाख्रीको मासु खान्छन खसीको खांदैनन/ नेपालीले खसीको मासु पकायकोले तपाइंलाई असर पर्छ भन्नु भयको के अर्थ लगाउने तपाईं भन्नुस/ माथिको प्रतिक्रियामा त् कुकुरको मासु पकाउने कुरा पनि गर्नु भयो/ लौ पन्तजी नढातिकन भन्नुस तपाईं हिन्दुनै त् हो? नेपाली हो?

          छद्मनाम राखेर गन्हाउने भड्काउने कुरागर्नु बहादुरी होइन; कायरता हो/ तपाईं मुस्लिम बा ईसाइनै हुनु हुन्छ भने पनि माइसंसारमा प्रतिक्रिया लेख्ने कसैले पनि नेपालको हिन्दु र बुद्धिस्ट बिचको मेल अद्वितीयनै रहेको र रहिनै रहने कुरामा कुनै पनि बाजी लगाउन सक्छ; अनतकाल सम्म बहस गरि रहन सक्छ त्यो पनि कुनै गन्हाउने कुरा उल्लेख नगरी मात्र सत्य र तथ्यपूर्ण प्रमाण उल्लेख गर्दै/

          मुस्लिम समुदायमा पनि तालिवाने बाहेक कसिले आज सम्म बुद्ध्सिर प्रति दुर्भावना राखेको छैन र तालिवानेले पनि बुद्धिस्ट प्रति धार्मिक दुर्भावना राखेर बौद्ध तिर्थस्थलहरुमा बम पद्कायाको होइन राजनैतिक कारणले पद्कायाको हो भनेर उनीहरुलेनै भनि सक्यो/ तर तपाईं त् बुद्धिस्ट प्रति धार्मिक द्वेस्नै राखेर बम पड्काउने भन्दै हुनु हुन्छ/ यदि तपाईं मुस्लिम हो भने कस्तो मुस्लिम हो; क्रिस्चियन हो भने कस्तो क्रिस्चियन हो? क्रिस्चियन हरुले त् आज सम्म बुद्धलाई मानेर महामानव समेत भन्दै आयकोछ/ तपाइंको परिचय, व्यक्तत्व र माइसंसारमा उपस्थिति संखास्पस्तनै भयको देखिन्छ/

          Reply
      3. Ramesh Shrestha says:
        August 5, 2013 at 8:19 pm

        Sunil पन्त,
        बिहार को मतलब buddism को मन्दिर परिसर जस्तो हो… कि नेपाली आउदैन …???
        नामै ले पुस्टि हुन्छ कि त्यो बुद्दिस्ट हरु को पुरानो धार्मिक स्थल हो…तेइ कारण ले नि बुद्ध को मुर्ति लगाउनु जायज देखिन्छ …
        के जे पी तेइ पोस्ट गर्दै बसेको … बुद्ध हिन्दु को नि हो बुद्दिस्ट हरु को नि हो…नेपाल को हो..

        के तपाई स्वयम्भुनाथ, बौद्धनाथ , पसुपति नाथ, जानु हुन्न…. यो साब ठाउँ मा हिन्दु , बुद्दिस्ट सब्बै जान्छन …
        तेइ भएर अलि सोचेर कमेन्ट गर्नु होला..

        Reply
      4. rameshji says:
        August 5, 2013 at 8:21 pm

        मन्दिर लाई पबित्र स्थल भनेर मासु खाने निहु मा बलि चदौन्छा. अज फुर्ति लागौन्छा.

        Reply
      5. suresh says:
        August 5, 2013 at 9:51 pm

        मसेज पोष्ट गर्दा भनिए भै यस्तो जे मन लाग्यो त्यहि लेख्नेको ईमेल र ip सार्बजनिक गर्नु पर्छ वा यस्तो बेतुक को कमेन्ट डिलिट गरिनु पर्छ। यसलाई अभिब्यक्ति को स्वतन्त्रताको नाममा छुट दिनु हुदैन

        Reply
      6. km says:
        August 6, 2013 at 2:17 pm

        माई संसार यो व्यक्तिको ip सार्बजनिक गर्नु पर्यो यसले कसलाई गनाउने भोटे भनेको ओम माने पदमे हुं को अर्थ यसलाई के थाहा आफुलाई कति नै सफा ठानेको होला

        Reply
  28. Prakash says:
    August 5, 2013 at 3:20 pm

    खुसिको कुरा, Let’s be civil and solve our differences legally instead.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme