Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न

Posted on August 1, 2013August 1, 2013 by Salokya

belbari
बेलबारी बर्बरताबारे छानबिन गर्न गएका टोलीहरुले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने क्रम जारी छ। यसअघि प्रहरी र दलित आयोगको प्रतिवेदन आइसकेको छ। आज भने महिला आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै आयोगले त्यस्ता सदस्यहरुलाई पार्टीले विभागीय कारबाही गरी राज्यलाई सहयोग गर्न आग्रह गरेको छ।

पत्रकार पनि दोषी
अपराधको घटनामा पत्रकार महासंघको सदस्य, मोरङ जिल्ला प्रेस युनियनका उपाध्यक्ष जस्तो व्यक्तिको रोहवरमा मिलापत्र भएको पनि महिला आयोगले खुलासा गरेको छ। पत्रकारिताको आचरणविरुद्धको क्रियाकलाप भन्दै महासंघले यस विषययमा छानबिन गर्न पनि महिला आयोगले आग्रह गरेको छ।

महिला आयोगको प्रेस विज्ञप्ति-

belwari press1

belwari press2

सम्बन्धित ब्लग
बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो
बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?
बेलबारी बर्बरताः कसले के भने ?
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा
बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ?
चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता
माइसंसारमा मुख्य सचिवको कमेन्ट
बेलबारी बर्बरताः दलित आयोगको छानबिनले के देख्यो?
बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ
बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध

22 thoughts on “बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न”

  1. द्रोण says:
    August 3, 2013 at 5:24 pm

    एमाले र माउबादी प्रगति सिल हैन भन्या , दलित माथि राजनीति गर्ने यो कस्तो प्रगतिसिल?

    Reply
  2. BT Malla says:
    August 2, 2013 at 9:05 pm

    एस पाली मंगसिरमा चुनाब भयो भने एमालेको १० र माओबादीको ५ सिट आउला जस्तो थियो तेही पनि बेलबारी काण्ड ले खुइलौला जस्तो छ ! रकछा गर परभू !!!

    Reply
  3. राम चन्द्र says:
    August 2, 2013 at 8:31 pm

    जसले जोगाउन खोज्छ तेही फ़स्छ

    Reply
  4. neerose says:
    August 2, 2013 at 4:57 pm

    निर्वाचन मुखैमा आको बेला यस्तै हो!
    जतिसुकै गीता पढे पनि लाग्याबानी छुट्न गाह्रो पो हुन्छ!
    अब माथिको प्रतिबेदन पढेर एमाओबादि र एमाले माथि त हामि खनियौ तर सबैले थाहा नपाको हो कि बेवास्ता हो कि आफ्नो पार्टी भनेर हो कुन्नि तर यहा राजनीति घुसाउन सुरु गरेको त कान्ग्रेसिनै हो, भेटुवाल परिवार र पिडक गाउलेको पक्षमा सबै भन्दा पहिले बक्तब्य निकाल्ने कान्ग्रेसिनै हुन् तर कसरि महिला आयोगको प्रतिबेदनमा परेन कुन्नि!
    बाह्र बर्ष कुकुर पुच्छर धुग्रोमा राख्यो तर निकाल्दा बाङ्गै भंछानी तेस्तै हो!
    राजनीति र समाजमा संस्थागत भयर स्थापित भयको रोग पो हो त यो गाठे!
    कोहि पनि चोखो बनेर अर्कोलाई खसाल्नु आबस्यक छैन!
    यो रोग संसथागत र स्थापित गर्ने राजतन्त्र र राजाबादी हो!
    यति सजिलै कहा निकोहुन्छ र तेस्को लागि केहि अथक प्रयास र निरन्तर संघर्ष अनि अडानको जरुरत छ!
    उनीहरुले पक्ष लियापानी रास्ट्रिय मुद्दा भै सकेको यो घटना सेलाउन नदिन जनता अनि नागरिक समाज निरन्तर लाग्नु जरुरि छ र यसमा नजिर स्थापित हुने गरि कारबाही हुनु पर्छ भन्छु है म त्!
    न्याय उचित समायोजित र निस्पक्ष हुनु जरुरि छ!

    Reply
  5. chandra says:
    August 2, 2013 at 11:55 am

    एस्तो अमानविय, जातीय/लैंगिक उत्पीडन र बर्गीय हेपाई को पराकास्ठ भनेर परिभाषित भएको यो घटना मा एमाले र एमाओबादीका नेताहरुको समेत संलग्नता देखिए पछि म त तिन छक्क परें! नया/गणतन्त्र नेपालका मण्डले हरु, अझ भनौ चोर डाका हरु!

    अब हेर्नु छ यी पार्टी हरुले यो घटनामा संलग्न भएका आफ्ना नेताहरुलाई कस्तो कारबाही गर्ने हो ? येदि कारबाही गरेन भने एमाले र एमाओबादी घोर जाति बादी अझ भनौ जनै बादी, पुरुस बादी, हेपाहा, फटाहा, हुलहुज्जत, काइते जाली झेली हरुको पार्टी भनेर चिने हुन्छा! येस्ताको पार्टी बाट न्याय, समानता, सभ्यताको आशा गर्नु नै बेकार हुनेछ!

    Reply
  6. Sisir says:
    August 2, 2013 at 10:11 am

    येति पनि नगरे त कसरि पुकदाको “प्रचन्डपथ” र मदन भण्डारीको “जबज” को सपना साकार पार्ने होइन त कमरेडहरु ? बर्गबिहीन, सोसित, पिडित, छुवाछुत बिहिन समाजको त्यो आदर्श खसीको टाउको देखाएर सिनो बेच्ने मेलो पो रहेछ ..

    Reply
  7. पुष्प says:
    August 2, 2013 at 10:07 am

    यस्तै हरिलट्ठक नेताहरूका कारण हो हाम्रो समाजिक कुसंस्कार नसुधारिएको । केही अघि कांग्रेसी नेताहरूले जीवन भेट्वालकी श्रीमती निर्दोष भनेर राजनीति घुसाए । अहिले यी दुइ खाले नेताले के-के दबाब दिए त्यो जान्न पाए हुन्थ्यो ।

    तर जे सुकै होस्, राष्ट्रिय मुद्दा भइसकेको यो घटनाका दोषीहरू उम्किन पाउनुहुँदैन । यसलाई नजीरका रूपमा स्थापित गरिनुपर्छ ।

    Reply
    1. Milan Rana says:
      August 2, 2013 at 11:10 am

      अस्ति सलोक्ये जी कै ब्लग मा हो नि कांग्रेस का नेता भनौदा हरु पनि यो घटना मिलाउन भनेर लागिपरेको समाचार आएको, अहिले एमाले र एमाओबादी का कट्टु हरु पनि येस्मा मिलेका रहेछन भन्दा कुनै नौलो लागेन | एमाले त झन् उफ्री उफ्री लग्यो होला | येस्तै घटना मिलाउन त हो नि एमाले ले गुण्ड पालेको | गुण्डा पाल्ने घटना सामसुम पर्ने अनि कुन तिर गएर पैसा उतार्ने | येही हो खेल एमाले को | माओबादी त बिचरा द्वोन्द बाट पिडित भैहाल्यो | तर अहिले कर्येकर्ता मात्तिएर एमाले कै काम सिकिरा छन् | सब पार्टी हरु लै बिगार्ने भयो यो एमाले ले | ठेर्की मा जाक्न पर्छ यी सब देश का कलङ्क हरु लाइ ||

      Reply
  8. bibek dhakal says:
    August 2, 2013 at 9:06 am

    भन्न नहुने तर अब चुप लागेर बस्न नसकिने कुरा – यदि यसरि नै सरकारको र प्रशासनको हरेक काम कारवाही मा राजनैतिक दल, भात्रि/भगिनी संगठन, भुरा भरौटे पार्टीको आसिश पाएका आपराधिक देखि सामाजिक झुण्डहरुको प्रभाव पर्दै जाने हो भने चाडै नै जनताहरु आफै वाक्क भएर यो मनपरी गर्न पाउने छुट्तन्त्र को रुपमा अघि बढिरहेको लोकतन्त्रको विकल्प माग गर्न थाल्नेछन…यो राम्रो स्थिति पक्कै हैन तर अहिले को स्थिति हेर्दा तेती तिर डोरिदै गएको देखिन्छ. \
    त्यति राम्रो प्रजातान्त्रिक अधिकार को चरम दुरुपयोग गरेर यी नेताहरुले ( केन्द्र मा बस्ने देखि अन्नपुर्ण को फेद्सम्मका , भन्नाले सबै तप्काका) अधिकार लाई “धिक्कार” बनाइसके…. गाउँ मा सानो कल्भर्ट बन्ने देखि लिएर कुन अस्पतालमा कसलाई प्रमुख नियुक्त गर्ने कुरासम्म राजनैतिक दलहरुको “परामर्श” र “छलफल” आवस्यक पर्छ – मानम इ परामर्श दिने हरु खुब विद्वान र योजनाविद हरु हुन्! हाम्रो मोडेलको प्रजातन्त्रको मुख्य चुनौती भनेको राजनैतिक दलको “घेरा” सिमित पार्न नसक्नु हो….लगभग सबै दलहरु आन्दोलन र बलजफतका भरमा सत्ता छिरेका हुनाले अहिलेसम्म पनि हरेक दलमा ” सरकार र कानून भन्दा हामि ठुलो र हाम्रो कुरा नमाने बल प्रयोग गरि सरकारलाई सो कुरा मान्न लाउन हामि हरदम तयार छौं” भन्ने सोच छ! हिँसा बाट राजनीति गरेर अस्ति भर्खर मुलधारमा आको माओवादी को त कुरै छोडम, बर्सौं देखि सत्ताको अनुभव लिएको कांग्रेसको पनि ताल त्यहि छ! यस्तो स्थितिमा सरकारले गर्न सक्ने के? कुनै नेता कार्यकर्ता वा विधार्थीलाई थुन्यो, १ घन्टाभित्र चौकी घेराउ वा बन्द हुन्छ छुटाउनलाइ अनि ठुला नेताहरुले पनि यो कार्यमा सपोर्ट गर्छन. के फाइदा भयो यस्तो लोकतन्त्रको? के सिमित कार्यकर्ता, विधार्थी र स्थानिय नेताको फाइदा को लागि सारा जनताहरुलाई सधै दुख दिन पाइन्छ? सधै उनीहरुलाई सुनौलो “भविस्य” को आस देखाएर उनीहरुमाथि नै ताण्डव गरिरहने र रमाइरहने ? जनताहरु कहिलेसम्म यो mirage रूपी “सुनौलो” बिहानी को प्रतीक्षामा आफ्नो ढाडमाथि गरिएको ताण्डव सहेर बसिरहने? मलाइ लाग्छ अब सहनशक्ति को सिमा नाघ्ने बेला आइसक्यो!
    के गर्नु, यति राम्रो व्यवस्था, यति सम्म हक अधिकार सुनिस्चित गर्न सक्ने पद्धतिको उपयोग को सटटा दुरुपयोगले गर्दा म जस्ता हजारौं प्रजातन्त्रमा आस्था राख्नेहरु पनि सोच्न बाध्य हुनुपरेको छ आज कि साचै नेपाललाइ अहिले प्रजातन्त्र आवस्यक छ त?

    Reply
  9. Sara says:
    August 2, 2013 at 8:46 am

    थुक्क तिमीहरुलाई नेताहरुहो यता गर्यो उता गर्यो अन्तिममा तिमीहरुनै बलात्कारी बचाउने ,गुण्डा बचाउने तिमीहरुनै अनि कहाबाट हुन्छ देशको उन्नति विकास .अब चुनाब आउन लाछ क्यारे येस्ता नेताहरुलाई गाउमा आयो भने येस्तै कुटेर मोसो,अनि जुत्ताको माला लगाएर लखेट्नु पर्छ.हरेक कुरामा राजनीति हरेक कुरामा राजनीति!

    Reply
  10. Prabin Prasai says:
    August 2, 2013 at 8:19 am

    यदि यो घटना लै दबाउने प्रयास गरेमा अब आउने चुनाब मा एमाले र एमाओबादी पट्ट साफ हुने निश्चित छ . होसियार नेता भनौदा दलाल हरु

    Reply
  11. Basanta Thapa,Maryland,USA says:
    August 2, 2013 at 8:15 am

    अपराध लाइ लुकाउनु ,अपराधीलाई बचाउनु तथा पीडक लाइ सजाय नगरी पिडित लाइ न्याय नदिलाई कानुन हात मा लिइ घटना साम सुम पार्ने प्रहरी ,एमाले र एमाओबादी का स्थानिय नेता लगायत संग्लग्न सबै लाइ सम्बन्धित पार्टी र कानुन ले सजाय दिनु पर्छ \ नेपालि राजनीति अपराधी उन्मुख भैराखेको अबस्थामा के आफ्ना स्थानिय नेता हरुलाई सम्बन्धित पार्टीहरुले कार्यबाही गर्लान ? एमाले अध्यक्ष झलनाथ खनाल लाइ वान कि मुन ले बेलबारी र अर्को घरेलु हिंशा मा संग्लग्न नेता हरुको बारेमा तपाइको के धारणा छ भनि सोधेमा कस्तो जबाफ देलान ?

    Reply
  12. बेखालाल नेपाल says:
    August 2, 2013 at 8:13 am

    यी कम्युनिस्टहरु अपराधीलाई कानुनको बाटो दिखौंनको साटो कथित उच्च जात भएकै आधारमा अभयदान दिएको त उज्जन श्रेष्ठका हत्यारा बालकृष्ण ढुंगेललाई माओवादीले बचाएको उदाहरण बाटै स्पस्थ भै सकेको हो नि! यहाँका कम्युनिस्टहरु सबै चोर फटाहा हुन्| यहाँका कम्युनिस्टहरु खसीको टाउको देखाएर कुकुरको मासु बेच्न खप्पिस छन् !

    Reply
  13. radheshyam Thapa says:
    August 2, 2013 at 6:41 am

    माओबादीको काम नै त्यति हो नि/ हिम्मत छ भने माओबादीका उच्चा नेताहरुले गएर त्यो महिलालाई न्याय दिलायोस /औटा महिलामाथि अन्याय हुदा दोषीलाई कारबाही गर्नुको साटो निमुखा जनतालाई तर्सयारा अधिनायक बन्न खोज्ने थुक्क माऒबदि तिमीहरुको / हुनत मायोबदीको
    नीतिनै पहिलादेखि जनतालाई आन्दोलन नाममा तर्सयारा आफ्नो मानो भर्ने नीति हो /राणाकाल,शाहकाल भन्दापनि माओकाल देसकोलागी अतिनै दुर्भाग्य हुनेछ/ यो प्रचण्डको पापदेनिती र बाबुरामको बांखुदे नीतिले प्रस्ट परिसकेको छ/ अब देशनै बनाउने हो भने एस्ता पाखंदिहरुलाई तह लगौन देस्प्रेमी हिम्मत्वाला नेताको खाचो छ/ नत्रभने यिनीहरुले कुनै दिन नेपाल नै इन्दिआको नाममा नामसारी गरिदिन्छन / जय देस /

    Reply
  14. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 2, 2013 at 4:49 am

    जो अगुवा उही बाटो हगुवा भन्ने उखान यस्तै पार्टी अनि तिनका नेता र कार्यकर्तालाई इंगित गर्नको लागि ठिक होला |

    Reply
  15. योगेश आदी says:
    August 2, 2013 at 3:48 am

    उज्जन श्रेष्ठको हत्यालाइ त राजनीतिकरण गरेर हत्यारा छुटाउनेहरुले यस्तो घटनालाइ राजनीतिकरण गर्नु कुन नौलो घटना हो र !?

    Reply
    1. rajesh says:
      August 2, 2013 at 10:14 am

      अहिले सम्म नेपाल मा जुन प्रमुख मुद्दा देखि लिएर हत्या हिंसा तथा गुण्डा लाई पोषण गर्ने घटना हरु छन ति सबै मा नेपाल को कमिनुस्त को हात रहेको मा दुई मत छैन l यसको मतलब हाम्रो देशको अन्य दल हरुचाई सफा र निर्मल छन भन्ने चै हैन l हामी जनता पनि ई राजनीति का ब्वाँसा हरु यस्ता छन भन्ने थाहा हुँदा हुँदै इनिहरुलाई समर्थन गर्ने लाटा नै हौँ l
      जसले जे भने पनि अब हामी जनता ले ई नरभक्षी पापी हरु लाई पालेर बस्नु भन्दा जस्तो सुकै भएपनि फेरी राजा लाई नै फर्काउन अवोसेक्ता भैसकेको छ l यो हाम्रो रहर त थिएन बाध्येता थियो अब त लाग्छ ब्येग्रता भैसकेको छ किनकि अब देश को दुरावस्था यो भन्दा तल हुने सक्दैन l दार्चुलाको बाढी मा नेता हरुको मस्ती अनि तेही बेलामा इंडिया संग भेट्न हतारो अहिलेको अपराधिक चर्तिकला मा दलहरुको संलग्नता इत्यादि हेर्दा र चुनाब मा एडी जीतिपनी हाले तेही त होनी पहिले ६०१ बेकाम का पाजी सांसद लाई पाल्नु पर्ने l यस्ता ज्यानमारा हरुलाई पालना भन्दा त – राजा आऊ देश चलाउ l यो मेरो(नेपाली )को देश हो भरौटे, सामन्तवादी, भ्रस्ट, नलाएक नेता हरुको हैन l अब ई माकुने, प्रचंडे, कोइराला तथा तराई मा बसेर लूत्न पल्केका दल हरुलाई गलहत्याउने बेला आइसकेको छ l जय मेरी आमा नेपाल

      Reply
  16. Bimala Khapung says:
    August 2, 2013 at 1:49 am

    प्रगतिशील जनवाद र अग्रगामी छलाङ्ग भनेको येही होला

    Reply
  17. Buddha says:
    August 2, 2013 at 1:12 am

    दण्डहिनता को चरम उत्कर्स हो बेलबारी काण्ड, आबदेखि कसैले पनि एस्तो काम गर्नु भन्दा पहिले बेलबारी याद गरेर थरर काप्ने गरेर दोषीलाई कारबाई गर्नुपर्छ !!! घटना संग सम्बंदित जो कोइ लाई पनि छोड्नु हुदैन,, कानुनी राज्जे को उपहास गर्ने लाई जनता भन्नु बेकार छ! येस्तालाई राज्जेको कुनैपनि सेवाबाट LIFETIME बन्चित गर्नुपर्छ !!

    Reply
  18. s-raj says:
    August 2, 2013 at 1:04 am

    लु, यहा आयर कुरो फेरी पार्टी मै अड्कियो?! होइन हाम्रा पार्टीहरु सामाजिक समस्या तथा बिकृति हरुलाइ मुक्त गरौन इस्थापित भयका हुन् वा बिबाद लाई बल्झायर तेस्लाई रास्त्रव्यपी मुध्धा यानी बनाइखाने भाडो? माओबादी र यमाले को त के कुरा गरौ र गुण्डा, चन्दा आतंक र अन्याय ले सिमा नागेर जनता ब्याकुल भाछन. शिथिल मेरो मानसपटल मा नेपाल आमालाई यो द्द्विदा बाट मुक्त गर्न अर्को जंग बहादुर को खाचो छ. जसले जे भनोस यो सन्दर्भ मा नेता-कोतपर्ब घट्नु जरुरि छ.. पशुपति नाथ ले हाम्रो कामना पुरा गरुन!!! जय नेपाल

    Reply
  19. madan bajracharya says:
    August 2, 2013 at 12:43 am

    बेलबारीमा उपल्लोजातिको बहुसंख्यामा र दलितहरुको संख्या झिनो मात्रै भय बात उपल्लो जातिको भोट आफ्नो पछ्य्मा पार्न यमाले र यमावोबादीले उपल्लो जातिको पछ्य लियको स्पस्ट देखिन्छ/ भोटको लागि अपराधी चोख्याउने र अपराध दवाउने यस्तो कुकार्य गर्नमा पनि लाज लागेन यमावोबादिलाइ;(नीतिनै स्पस्ट नभयको दहिच्युरे यमालेको बारेमा के कुरा गर्ने)/ सिंहदरवार नपुगुन्जेल शोसित पिडितलाय न्याय दिलाउने अधिकार दिलाउने इनिहरुको नारा त् नाङ्गियो नि/

    कानुनमा अपराध दवाउनु अपराधि लुकाउनु र अपराधी सिट मिल्नु पनि अपराध हुने भनेर सजायको ब्यबस्था गरेको छ/ त्यो कानुन हदै सम्म लागु होस् बेलबारीको घटनमा/ ताकि पछि यस्तो कुकार्य अन्त कतै कसैले गर्न आत्न पनि नसकुन/

    Reply
  20. Pandyji says:
    August 1, 2013 at 11:42 pm

    होइन सरकारले पो कारबाही गर्ने हो …संलग्नता स्पष्ट भएको भय केको पार्टीले अनि पत्रकार महासंघ ले कारबाही गर्ने कुरा गरेको होइन !!! कति हास्नु नेपालको बेथिति देखेर, हासरै मर्छु क्याहो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme