Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध मूर्ति विवादले काठमाडौँ जाम

Posted on July 30, 2013July 30, 2013 by Salokya

budhha मंगलबार बिहान अफिस टाइममा राजधानीका मुख्य मुख्य सडकमा ठूलै जाम भयो। कतिलाई जामको कारणसमेत थाहा थिएन। खासमा आज बौद्ध धर्मावलम्वीहरुले भद्रकाली, माईतिघर, हनुमानथान र पद्यमोदय मोडमा भेला भई बिहान नौदेखि ११ बजेसम्म सिंहदरबार घेर्ने कार्यक्रम राखेका थिए। पिक आवर भएकोले दुई घण्टामै राजधानी अस्तव्यस्त बन्न पुग्यो। ट्राफिकले जाम घटाउन रिङरोडबाट रत्नपार्क आउने गाडीलाई रिङरोडमै रोकिदियो। आफूलाई नपरेसम्म देशका जुनसुकै भागमा भएका घटनालाई पनि बाल मतलब नगर्ने केही राजधानीवासीहरुलाई दुई महिनाअघिदेखिको यो विवादबारे थाहा हुने कुरै भएन। खासमा यो बुद्ध जयन्तीदेखि चर्केको विवाद हो। सुर्खेतको काँक्रेविहारमा बुद्धको मूर्ति राख्‍न खोज्दा प्रशासनले नदिएर खोसर लगी अपमानजनक रुपमा अलपत्र फ्याँकेको भन्दै चलेको आन्दोलनले अनिश्चितकालीन सुर्खेत बन्द पनि भोगिसकेको थियो। त्यहाँबाट पार नलागेपछि आज यो विवाद राजधानी छिरेर घण्टौँ जाम गरिदिएको हो। खास के कारण हो त यो विवादको ?

अहिलेको विवाद यसरी सुरु भयो-

बुद्ध जयन्तीको दिन काँक्रेविहारमा १७ फिट अग्लो बुद्धको मूर्ति राख्‍ने कार्यक्रम थियो। तर सुर्खेत सिडिओ कार्यालयले हस्तक्षेप गर्‍यो। झडप भयो। मूर्ति राख्‍न खोज्ने १७ जना र चार जना प्रहरी घाइते भए। हस्तक्षेप भए पनि उनीहरुले मूर्ति पिपलचौतारीमा राखेरै छाडे। तर सिडिओको आदेशले त्यो मूर्तिलाई त्यही दिन उखेलियो र जिल्ला प्रहरी कार्यालयमा लगेर राखियो।

भगवान बुद्धले मूर्ति पूजाको विरोध गरेका भए पनि आफ्नो आस्थाको प्रतिकलाई त्यसरी अलपत्र फ्याँकेको देख्दा बौद्धमार्गीहरुको मन कटक्क खायो। र, सुरु भयो आन्दोलन। यो आन्दोलनले अनिश्चितकालीन सुर्खेत बन्दको नाममा केही दिन बन्दसमेत भोगिसक्यो। त्यही चरणवद्ध आन्दोलन अहिले राजधानी पसेको हो।

विवाद अझै पुरानो
खासमा यो धार्मिक विवाद अझै पुरानो हो। अहिले फेरि सतहमा मात्रै आएको हो। यो विवादको बीउ रोपिएको थियो २०५७ सालमा। त्यतिबेला पुरातत्व विभागले काँक्रेविहारको भग्नावशेष उत्खनन् गरेको हो। विक्रम स‍ंवत् अनुसार १२/१३ औँ शताब्दीमा यो बनेको विश्वास गरिन्छ। पुरातत्व विभागको टोलीले यो ठाउँमा उतिबेला शिखर शैलिको मन्दिर थियो भन्ने ठहर गर्‍यो। साथमा त्यहाँ पुरानै ढाँचामा मन्दिर बनाउनु पर्छ भन्ने निर्णय पनि गर्‍यो।

पुरातत्व विभागको निर्णयमा बौद्धमार्गीहरु सहमत भएनन्। उत्खनन् गर्दा त्यहाँ भेटिएका करिब ८० प्रतिशत कुरा बुद्धसँग सम्बन्धित छ भने किन त्यहाँ मन्दिर बनाउने, विहार बनाउनु पर्छ भन्ने उनीहरुको तर्क थियो। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने देश त्यतिबेला हिन्दु राज्य थियो। बौद्धमार्गीहरुको केही लागेन। पुरातत्वले ६५ फिट अग्लो शिखर शैलीको मन्दिरको नक्सा बनाएर बनाउने काम थाल्यो। त्यतिबेलै बौद्ध धर्मालम्बीहरुको संस्था धर्मोदय सभा र बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिले मन्दिर निर्माणको विरोध गर्दै काममा अवरोध खडा गरेका थिए।

यसरी ब्युँतियो विवाद
मन्दिर भने पनि त्यहाँ हिन्दु र बौद्ध दुवै झल्कने मूर्ति राख्ने योजना थियो। त्यसो हुँदा कसैलाई आपत्ति हुने पनि थिएन। हिन्दु र बौद्ध सदियौँदेखि मिलेर बसेका छन् नेपालमा। काठमाडौँमा कतिपय मन्दिरमा बौद्ध र हिन्दू दुवै देवताका मूर्ति छन्। कतिपय देउता त दुवै धर्मका साझा पनि छन्।

तर पाँच करोड लागतको भनिएको यो मन्दिर रकम अभावका कारण अलपत्र पर्‍यो। मन्दिर नबन्ने भएपछि बौद्ध धर्मावलम्बीहरुले आफ्नै खर्चमा बुद्धको मूर्ति राख्‍न खोजे। थाइल्यान्डबाट १७ फिट अग्लो फाइबरको बुद्धमूर्ति ३५ लाख खर्चेर ल्याइयो।

प्रशासनको अलमल
बुद्ध जयन्तिको दिन बल प्रयोग गरेर मूर्ति राख्‍न नदिने प्रशासनले सुरुमा भने मूर्ति राख्‍न अनुमति दिएको थियो। २०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिएको थियो। सुरुमा त्यसरी अनुमति दिए पनि पछि भने वन ऐन अनुसार राख्न मिल्दैन भन्न थाल्यो। काँक्रेविहार संरक्षित वन हो। त्यसभित्र कुनै संरचना निर्माण गर्न मन्त्रिपरिषदको निर्णय आवश्यक पर्छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले नागरिकलाई भनेका छन‌्– ‘जिल्ला प्रशासन कार्यालयले पहिले कुन आधारमा अनुमति दिएको थियो थाहा छैन,तर काँक्रेविहारक्षेत्र संरक्षित वन भएकोले मन्त्रिपरिषदको निर्णयबिना त्यहाँ कुनै मूर्ति राख्न वा संरचना निर्माण गर्न पाइँदैन।’यसरी अब सबै कुरा आएर मन्त्रिपरिषद्‌मा जोडिएको छ। मन्त्रिपरिषद्ले निर्णय गर्‍यो भने त्यहाँ मूर्ति राख्‍न पाइन्छ।

सरकारका दुई विकल्प
प्रशासनले पहिले किन स्वीकृति दियो ? के आधारमा स्वीकृति दियो, त्यो पत्ता लगाउनु पर्छ। कहिले हुन्छ भन्ने कहिले हुन्न भन्ने कहाँ गर्न पाइन्छ र। विधिको शासनमा व्यक्तिको लहड हावी हुनुहुँदैन।

अब सरकारसँग दुई विकल्प छ- कि त्यो ठाउँमा पुरातत्व विभागले बनाएकै संरचनामा मन्दिर तत्काल बनाउन लगाउनु पर्‍यो। कि भने हाललाई त्यो ठाउँमा बुद्ध मूर्ति राख्‍न दिनुपर्‍यो। पछि मन्दिर बनाउँदा त्यो मूर्तिले समेत शोभा दिने गरी। बुद्ध मूर्ति त्यहाँ राख्दैमा हिन्दुहरुले आपत्ति गर्ने कुरा हुँदैन। कसैले आपत्ति जनाएको पनि सुनिएको छैन। किनभने कतिपय हिन्दुहरु पनि बुद्धलाई पुज्छन्, कतिले त अझ अवतारै पनि भन्छन्। सदियौँदेखि मिलेर बसेका बौद्ध र हिन्दु धर्मावलम्बीबीचको तनावै हैन यो। यो त प्रशासनको अलमल्याइँले सिर्जिएको द्वन्द्व हो। बुद्ध नेपालमा जन्मिएको भनेर गौरव गर्ने, अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति राखियो भनेर नाक फुलाउने नेपालीहरुलाई त्यो ठाउँमा बुद्धको मूर्ति राख्दा आपत्ति हुने कुरै हुँदैन। हिन्दु धर्म लादिएको महसूस बौद्धमार्गीहरुलाई नहोस्।

वास्तविक बौद्धमार्गीहरुलाई त त्यो ठाउँमा मूर्ति राखे पनि नराखे पनि असर पर्दैन। किनभने भगवान बुद्धले यस्ता आडम्बरको विरोधमा आफ्नो सारा जीवन बिताएका हुन्। मूर्ति पुजा हैन, चित्त शुद्ध राख्ने शिक्षा उनले दिएका हुन्। बुद्धलाई ढोगेर, बुद्धलाई पुजेर मुक्ति पाइँदैन भनेर उनले आफ्नो शिक्षामा पटक पटक भनेका छन्।

तर पनि आफ्नो आस्थाको प्रतिकलाई त्यसरी अलपत्र पारेर भूँइमा ढलाएर राख्दा चित्त त दुःखी हाल्छ नि। हिन्दुको पनि कर्तव्य हैन र बौद्धमार्गीको चित्त दुख्न नदिनु !

budhha
बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति। फोटो साभारः कलेन्द्र सेजुवाल/नागरिक

[तपाईँको विचारमा यो समस्या कसरी समाधान होला ? सरकारले कस्तो निर्णय गर्नुपर्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्]

79 thoughts on “बुद्ध मूर्ति विवादले काठमाडौँ जाम”

  1. Pingback: बुद्ध मूर्ति विवाद अब अदालतमा « Mysansar
  2. Pingback: बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा « Mysansar
  3. asoc says:
    August 1, 2013 at 9:54 am

    यस दुखलाग्दो र विवादित घटनाले स्थानीय प्रशासनको अदूरदर्शिता र सम्बन्धित निकायहरुबीचको समन्यव अभावको प्रतिबिम्ब गरेको छ ! नेपाली समाजको धार्मिक सहिष्णुतामा ल्याउने खललको लेखाजोखा नगरी नीति निर्माण र प्रयोग गर्दाको परिणाम हो यो !! आशा गरौ यो घटनाले राजनैतिक रंग र धार्मिक विवादको चरमोत्कर्ष रुप पाउनु अगावै समाधान हुनेछ !!!

    Reply
  4. Pingback: बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे! « Mysansar
  5. madan bajracharya says:
    July 31, 2013 at 11:18 pm

    सुर्खेतको कान्क्रे बिहारमा बुद्ध प्रति जुन घिन लाग्दो ब्यबहार भयको छ, यो कुरामा बेलैमा उपयुक्त समाधान नगरे नेपालमा पहिला आफुलाई बुद्धिस्ट भने नागरिकता समेत नपाउने घाउहरु पुन कोतिन्छ; घाउ कोत्तीय आलो रगत निक्लन्छ/ दुख्छ/ दुखे व्यक्तिको सहनशीलता भंग हुन् सक्छ/ जव सहनशीलता भंग हुन्छ सहेर देखायको सौहार्दता तेस्ले देखाउन सक्दैन/ आपसी सौहार्दता भत्के बुद्धिस्ट हिन्दु मिलि बसेको घर भत्कन पनि सक्छ विभाजित हुन् पनि सक्छ/ किन भने जस्तै मिलनसार र सहनशील व्यक्ति पनि आफ्नो धार्मिक आस्थामा चोट पुर्यायो भने उद्देलित हुन्छ/ यस्तो नहोस/

    Reply
  6. किरण "देशभक्त" says:
    July 31, 2013 at 9:04 pm

    वास्तवमा यो काक्रिबिहार मन्दिर को यती ठुलो बिबाद किन आयो त?
    यो धेरै नै पुरानो पूर्ण-जिर्ण अवस्थाको मन्दिर को नाम काक्रीबिहार राखिएको ले, तेही “बिहार” शब्दको खेल हो यो | लगभग ३० बर्ष अगाडि, हामी त्यो भत्केको मन्दिर मा ४-५ चोटि गैसकेको छौ। त्यहाँ रथका पाङग्राहरु लगायत, अरु ढुङ्गामा कुदेर बनाएको चिज हरु पनि धेरै थिए, मुर्ती भनेर बुद्ध को जस्तो हामीहरुले देखेनौ | ३० बर्ष अगाडि काक्रिबिहार मन्दिर लाई कस्को काम हो गुम्बा बनाउने? कुनै पनि पूर्व अनुमति नलीइ भगवान बुद्द को मुर्ती तेही पनि फाइबर को रे ३५ लाख खर्च गरेर किन र कसका लागि राख्न लागिएको हो?
    यो केबल हिन्दू र बुद्दिस्ट को एक आपस मा झगडा पारीदेने (फाटो गराइदिने) खेल हो।
    हामी धेरै जसो नेपाली ले दुइटै धर्म एकसाथ लिएको हुँदा आफुले आफ्नो मुख मा मुक्का हान्ने? तिब्बति- नेपाली (शरणआर्थी) लाई पैसा भए पुग्यो। क्रीस्चियन हरुले त्यहाँ झगडा पार्नको लागि, बुद्द को मुर्ती राखिदेउ म पैसा दीन्छु भन्यो भने ति तिब्बती हरु को दिन खुल्छ, “अब पैसा आयो भनेर”। तिनिहरु लाई के माया र नेपालको । तिनी हरु को पछी- पछी लागेर हाम्रा बुद्दिस्ट दाजु-भाइ पछी लाग्न भएन।
    त्यहाँ ८०% बुद्द सँग सम्न्धित छ भनेर हावाला दिएको पनि सुने । ल तेसो भने बाँकी २०% त हिन्दू को होला नि, होइन र ? कि क्रीस्चियन अथवा मुस्लिम को हो बाँकी २०% !!!??? हाम्रा स्वघोसित जनजाती नेताहरुले त बाँकी २०% पनि क्रीस्चियन सँग मेल खाने तथ्य छ भनेर ढोल पिटन के बेर “बैज्ञानीक हरु ले प्रमाणित गरिसके भनेर” | तेसै पनि नेपालमा स्वघोसित नेताहरुले लाज्-सरम पचाइ सकेका छन। त्यहाँ ८०% बुद्द सँग सम्न्धित छ भन्ने “गफै त हो नि सम्धी” नै हो, यसमा तर्क नै पर्दैन सबै कुरा छर्लङ नै छ।
    Solution:
    Archaeological site भएको ले यसमा एउटा नेपाली तरिका को मन्दिर (यदी यसमा कसैको बिबाद आयो भने नेपाली टाईप को राम्रो घर बनाए हुन्छ) जस्तो बनाएर पुरानो मात्रै (original बस्तु) मात्रै राखेर सङ्रालय बनाउनु पर्छ। शिव, राम, बुद्ध अथवा अरु कसैको नयाँ मुर्ती राखिनु हुँदैन।
    **** भगवान बुद्ध मुर्ती (फाइबर को भएपनी ठिकैछ) मलाई दिने भने घरको पार्क मा स-सम्मान राख्ने थिए। *****

    Reply
    1. madan bajracharya says:
      August 1, 2013 at 1:27 am

      किरणज्यु/
      सर्वप्रथम तपाईंको कुराले तपाईं नेपालका बुद्धिस्टहरु प्रति अत्यन्त नकारात्मक हुनु भयो/ अलि मात्रै भय पनि सच्चिन आग्रह गर्छु/ तपाइंले भने जस्तै नेपालका सबै बुद्धिस्टहरु तिब्बती नेपाली शरणार्थी होइन/

      हेर्नुस मित्रहरु उपत्यकामा जति पनि हिन्दु मन्दिरहरु छन् तिनमा अधिकास मन्दिर र हिन्दु देवी देवताको मुर्तिहरु बुद्धिस्ट नेवारहरु राजाको पालामा बुद्धिस्ट नेवार शिल्पकार मूर्तिकार कलाकारहरुले बनायको थियो/ आज पनि कयौं ती मन्दिरहमा बुद्धिस्ट बज्राचार्यहरु पुरोहित र भट्टको रुपमा रहेकोछ/ ती हिन्दु मन्दिरमा पुरोहित भट्ट बन्ने नेवार बज्राचार्यले ती मन्दिरमा हिन्दु धर्म अनुशारनै पुजा गर्छन गर्न लगाउञ्छन बुद्धको नाम पनि लिंदैन/ इश्वर “असल” कुराको प्रतिक हो/ बुद्ध धर्ममा “असल” कुरालाई मान्न पुजा गर्नमा बन्देज छैन/ भिच्छुको बनेकोले पनि मन्दिरमा गयर हिन्दु देवता र देवीको पुजा गर्न सक्छन/ बुद्ध सब्दले व्यक्ति र मुर्तिको प्रतिनिधित्व गर्दैन मित्र ग्यान सौहार्दता दया करुणा र सम्मानको प्रतिनिधित्व गर्छ/ यति धार्मिक सौहार्दता भयको नेपालको बुद्धिस्ट प्रति यति नकारात्मक हुन् तपाईंले शोच्नु पर्ने थियो/

      तिब्बतीलाई बुद्धिस्ट बनाउने पनि नेपालीनै थियो/ नेपालीले तिब्बतीलाई बुद्धिस्ट बनायको कारण बिस्वमा सबै भन्दा ठुलो जनसंख्या भयको देस चीनको अधिकाश जनता पनि बुद्धिस्ट बने/ चीनका जनता जस्तै मंगोलियन मुलका नागरिकहरुको थाईलैंड बर्मा भियतनाम लावस कम्बोडिया जापान पनि बुद्धिस्ट मुलुक बने/ तर ति सबै देसको अधिकांस नागरिकलाई बुद्धिस्ट बनाउने; बुद्ध समेत जन्मेको नेपालमा तपाईंको धारणा यस्तो छ/

      सुर्खेतमा अहिले बिबाद भयको स्थलको नाम कांक्रे मन्दिर रहेको भय कुनै बुद्धिस्तले त्याहा बुद्धको प्रतिमा राख्न खोज्दैन्थ्यो/ त्यो स्थलको नाम कांक्रे बिहार भयकोले बिहार भने पछि बुद्धिस्ट को धार्मिक स्थल हुने भयकोले बुद्धिस्टहरु त्यो स्थान प्रति संबेदनशील भयको हो/ त्यो स्थानमा उत्खनन गर्दा निक्लेको धेरै बस्तुहरुले पनि त्यो बिहार नै भयको देखियो पनि/ फेरी सरकारले त्यहा मन्दिर बनाउन दिने भने पछि मात्रै बुद्धिस्ट हरुले त्यहा मन्दिर बनाउने कुराको बिरोध नगरी त्याहा बुद्धको प्रतिमा पनि राख्न सरकार सिट अनुमति माग्यो/ अनुमति pay पछि मात्रै त्यो मुर्ति बनायर प्रतिस्थापन गर्न खोजेको थियो/ तर पहिला अनुमति दिने सरकारले पछि त्याहा बुद्धको प्रतिमा राख्न बन कानुन देखायर राख्न दियन तर त्याहा मन्दिर पनि बनाउन नदिने चाहि भनेन!!!!/ बिबादको कारण यो हो/

      Reply
  7. Ngwang says:
    July 31, 2013 at 6:41 pm

    यसै गरि मान्दै जाने हो भने भोलि लुम्बिनीबाट पनि बुद्धमुर्ति हटाउनु पर्छ भन्न के बेर जसरि राणा शासन कालमा भिक्षुहरु धर्म प्रचार गरेकै कारण देश निकाला हुन् पुगे कैयनलाइ बध गरे अनि कैयन जेल कोचियो अहिले पनि रातो बक्खु लगाउने लामालाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्छ मानसिक यातना दिने गरिन्छ

    Reply
  8. Prabin says:
    July 31, 2013 at 6:00 pm

    बुद्धमूर्तिलाई काँक्रेविहार परिसरमा प्रतिस्थापना गर्नु पाउनुपर्ने माग राखिए पछि सरकार पक्षबाट क्षेत्रिय प्रशासकको संयोजककत्वमा 6 सदस्यीय एक टोली गठन गरी पहिले एक हप्ता र पछि एक महिना भित्र स्थानिय स्तरबाट समस्यको समाधान गर्ने शर्त राखी सुर्खेत काँक्रेविहार परिसरमा गई प्रतिवेदन तयार गरेर मुख्य सचिवलाई नै बुझाए पनि यसको कुनै सुनवाई भएन. उक्त टोलीमा बौद्ध र आदिवासी तथा सरकारी प्रतिनिधिहरु बाहेक बुद्धमूर्ति प्रतिस्थापन विरोधीको तर्फबाट दशनामी समाजका एक प्रतिनिधि पनि सम्मिलित थिए । त्यस बाट प्रस्ट हुन्छ सुर्खेतको विषय सरकारी लापरवाहीको उपज मात्र हैन । सालोक्यजी त्यता तिर पनि थोरै अनुसन्धान गर्नु हुन्छ कि ।

    Reply
  9. rabin says:
    July 31, 2013 at 3:18 pm

    कति उदास लाग्दो खबर.संसार भर बुद्ध बुद्ध को देश भनेर चिनौना खोज्ने नेपाली हरु माज बुद्ध ले लिएर येत्रो रडाको.बुद्ध को सम्मान सबैले गर्नु पर्छ. बुद्ध शान्ति को प्रतिक हो र नेपाली हरुको पहिचान हो.धर्म को आडमा देशमा रडाको मचाउन मिल्दैन.
    बिदेशी हरु बुद्ध को देश भनेर नेपाल आउने गर्छन..अब एस्तो समाचार सुन्दा….के हुन्छ.
    सबै ले सबै धर्म को उतिकै सम्मान गर्नु पर्छ.
    जय नेपाल जय देश जय जनता.

    Reply
  10. ngwang Sonam says:
    July 31, 2013 at 2:32 pm

    बन सचिब भन्छन बुद्धमूर्ति राष्ट्रिय महत्वको होईन
    होईन कस्ता नि सचिब हुन्छन यार, लेख्न नि हामीलाई काउकुति लागि रहेछ यहा सरकार र बौद्ध धर्मालम्बी बीच बार्ता होईन न्यायप्रेमी बौद्धमार्गी र कट्टर हिन्दुवादी बिचको बार्ता जस्तो लाग्छ किनकि बार्तामा सबै बाहुन गृहको शुशिल घिमिरे. सचिब नबिन घिमिरे, जनक राज जोशी, मुख्य सचिब लिलामणि पौडेल उनीहरुको टाउके खिला राज रेग्मी सबै बाहुन उनीहरु भन्छन कुनै हालतमा हुन्न. उनीहरु जनताको प्रतिनिधिको या सरकारको रुपमा भन्दा पनि हिन्दुत्वको हालीमुहाली चाहन्छन र त्यही अनुसार काम गर्दैछन् नेपाललाई हिन्दुवादी कठमुल्लाह बनाउन खोज्दैछन्
    बन सचिब जनकराज जोशी भन्छन बन ऐनले दिदैंन, राष्ट्रिय महत्वको कुरोलाई मात्र स्विकार्न सकिन्छ , बन सचिबजी बन ऐन के आदिबासीको पुर्ब स्वीकृति र सहमतिमा बनेको थियो? नेपालले आइ एल ओ सन्धिमा हस्ताक्षर गरेको होईन? नेपाल आदिबासी सम्बन्धि सयुक्त राष्ट्र संघको घोषणा पारित गर्ने पक्ष राष्ट्र होईन? अनि यसरी जनतालाई गुमराहमा राख्न पाईन्छ ? तुच्छ भाषामा भन्नु पर्दा के अब संसारमा तिमीहरुले बाहुनले भिख मागी खाने भगवान बुद्ध राष्ट्रिय महत्वको रहेन? संसारले मानेको एसियाको ताराको रुपमा पुजिएको भगवान बुद्ध अब बाहुन शासकको नजरमा राष्ट्रिय महत्व भएन ?
    खोई कहा गए नागरिक समाज बनाउदा बाहुनका झुण्डहरु बुद्ध जन्मेको देशमा बुद्ध यतिसारो अपमान हुदा किन चु बोल्दैनन तालिवानले बुद्ध मुर्ति तोड्दा गोहीको आसु चुहाउनेहरु नेपालमा बुद्धको मुर्ति उखेलेर सेफ्टी त्यांग्कीमा फाल्दा किन चूईक्क बोल्दैनन ?
    तालिवानी चरित्रलाई बिर्साउने यी नालायक सरकार बामियानको घटना सम्झाउने काक्रे बिहारको घटनाका नायक सरकार, अफगानिस्तानको रोग नेपालमा सर्ने यो सरकारको भलो हुनेछैन हाम्रो एक सुत्रिय माग छ जसरि नि भगवान बुद्धको प्रतिमा पुस्थापना गर बुद्ध मुर्ति स्थापनाले बन तस्कर रोक्ने छ जो हिजा राज्यले मिलेर तस्कर गर्दथे तस्करीसँग तर किन आज राज्य नौटंकी गर्दैछ यो तुरुन्त बन्द गर .
    नेपालको कुनै मूर्तिले होईन यहाका मुद्राका भोका सरकारले गर्दा बन तस्कर भएका छन्

    Reply
    1. Karunakar Nepali says:
      July 31, 2013 at 8:49 pm

      सोनामजी तपाइलाई बुद्ध धर्मको इतिहास थाहै रहेनछ. भगवान बुद्धका आनन्द,सरिपुत्र, मौदगल्यायन लगायतका प्रथम पांच चेलाहरु ब्राह्मण कुलका थिए. इतिहासकारहरु त यो सम्म दावी गर्छन कि ति पाँच ब्राह्मणहरुको प्रयासले नै बुद्ध धर्म देश देशावर सम्म फैलिन सहयोग पुगेको थियो. सबै ब्राह्मणलाइ बुद्ध धर्म विरोधीको रुपमा चित्रित गर्दा तपाइले आफ्नै मुर्खताको प्रदर्शन गरि रहनु भएको छ. हुन त वास्तविक बुद्धमार्गीले अरु प्रति घृणा फैलाउने वा गाली गलौज को भाषा पनि प्रयोग गर्दैनन् भन्ने कुरा त तपाइले बुझ्नु पर्ने हो!

      Reply
      1. Ngwang says:
        August 2, 2013 at 4:49 pm

        बेतुकको आकाश जमिन जोडेर मान्छेलाई बसिभौत बनाउने बाहुनको पुर्खेउली पेशा हो यी के रहेछ तथ्य सत्य जनता सामु प्रष्ट छ किन गन गण अनि यो भन्दा दैद्ध चरित्र के रहेछ यहीबाट पत्ता लागि हाल्यो नि हैन र ? अब यो नर्पिसाच हरुको दिन गिन्ती शुरु भो

        Reply
  11. Krishna says:
    July 31, 2013 at 1:47 pm

    Harek मन्दिर हरु मा buddha को प्रतिमा राख्न पर्छ ! अनि बल्ल हामी गर्व गर्न सक्छौ बुद्ध लाइ हामीले उचित सम्मान दियोउ भनेर ! हिन्दु धर्म को जति कुरीति छ ति हटाउनु पारो अब!

    Reply
    1. madan bajracharya says:
      July 31, 2013 at 10:58 pm

      कृष्णज्यु/
      तपाइंको सुझाव अत्यन्त राम्रो हो/ यसले धार्मिक सद्भाव बढाउँछ/ म हिन्दु तिमि बुद्धिस्ट फरक छौँ भन्ने कुभावना मिताउञ्छ/बुद्धको उपदेस मान्न अर्कै धर्म मान्नेले आफ्नो धर्म त्याग गर्नु नपर्ने भयकोले बुद्ध बिहारमा गणेश लगायत हिन्दु देवी देवताको मुर्ति पनि राखिन्छ/ यस्तै कुरा हिन्दु मन्दिरहरुमा पनि राखे हिन्दु बुद्धिस्ट नेपाली मिलेर बसेको नेपालमा अझै राम्रो हुने छ/ तपाइंको सुझाव राम्रो लागेर मैले पद्ध्दा सम्म ९ जनाले हरियोमा टिक लगायको छ भने ८ जनाले रातोमा टिक लगायको छ/ तपाइंको तेती राम्रो सुझावमा पनि रातोमा टिक लगाउने सायद हिन्दु मन्दिरमा बुद्धको प्रतिमा को उपस्थिति नचाहेको देखिन्छ/ त् उहाहरु के हिन्दु नेपाली र बुद्धिस्ट नेपाली फरक रहुन, बुद्धको बिहारमा भयको हिन्दु देवता को मुर्ति मन्दिर पनु हटाउनु पर्छ भनेर चाहन्छ?

      Reply
  12. madan pahari says:
    July 31, 2013 at 1:02 pm

    हामी बुद्धु छौ र त बिर छौ
    धर्म सर्म केहि होइन यो / सम्प्रदैक आन्दोलन हो / ति आन्दोलन गर्ने हरुलाई सोधु त निर्बाण कसरि प्राप्त हुन्छा भनेर उनीहरुलाई त्यसको केहि मतलब छैन / निर्बाण को ठिक उल्टो अवस्था हो सम्प्रदैकता ( अहम ) जुन प्राप्त गर्न उनीहरु लागि परेका छन् / त्यो कक्रे बिहार जस्तो सुन्दर ठाउमा संसरैकै सबैभन्दा ठुलो ध्यान गर्ने ठाउँ बनाउनु पर्छ मेरो बिचारमा / अज कोहिकोहि त उक्त ठाउमा बुद्ध को मुर्ति राखेर पर्यटन बढाउने कुरा गर्दा झन् अचम्म लग्दछ मलाई ./ बुद्धको नाम मा पैसा कमाउने कु विचार छ उनीहरुलाई / हेर साथी हो कि बुद्ध को मार्ग अनुसरण गर्ने आन्दोलन गरौ नत्र जाबो फाइबाराको भाडोलाई कक्रे बिहारमा रखादैमा वा इन्दु देवताको मुर्ति राखेर पुञ्ज गर्दैमा केहि मिल्ने वाला छैन / सबैलाई चेतना भया

    Reply
    1. sashi says:
      July 31, 2013 at 6:24 pm

      बुद्धु र बिर को हो को होइन एसको ब्याख्या नगरेकै राम्रो होला,
      सम्प्रदैक आन्दोलन भड्काउने प्रयास कसको हो, कुरा बुझेर गर्दा कसो होला ? पहिले अनुमति दिने अहिले मन्दिर बनौन नसक्ने अनि बुद्ध मुर्ति तेती ठुलो खर्चमा ल्याई सके पछि बन जंगल को जंगली नियम लगाएर मिल्दैन भन्ने कुरा गर्यो कसले त्यो पनि हेर्ने कि? निर्वाण कसरि प्राप्त हुन्छ हुदैन भन्ने कुरा यहाँ प्रश्न होइन , त्येसैले आधि एकातिर झुलुन्गो अर्को तिर हाल्ने प्रयास नगरेको राम्रो होला. बुद्ध मुर्ति एक ठाउमा राखेर पर्यटन बढ्ने होइन तर बुद्ध जन्मेको देशमा उचित कार्यक्रम ल्याएर प्रचार प्रसार गरे बुद्ध प्रति आस्था राख्ने हरु किन आउदैनन? अहिले पनि धेरै लाइ बुद्ध जन्मेको देश नेपाल भनेर समेत थाहा छैन. साथै एउटा कुरा जानकारी गराई हालौ- अहिले west मा सबै भन्दा गोरा हरुलाई प्रभाब पारेको धर्म बुद्ध धर्म हो. उदाहरणको लागि – तिबेतन गुरु दलाइ लामाको पैसा तिरेर प्रबचन सुन्ने हरु संसारमा( बिसेष गरि वेस्टमा) ताती नै लाग्चन. अमेरिका युरोप अस्ट्रेलिया आदि देशका बुद्ध धर्ममा आस्था राख्ने सानो अंश पनि ल्याउन सके कति ठुलो पर्यटक भित्रिन्छ? तेसैले कुरोको चुरो बुझेर गरे बेस होला. बुद्धको उपदेश पालना गर्ने कुरा आफ्नो ठाउमा छ,तर कुनै धर्मको आस्थाको प्रतीकलाई येसरी रद्दीमा मिल्कौना खोज्ने प्रशाशन र तिमि जस्ता अरुलाई साम्प्रदायिक देख्ने तर आफ्नो अनुहार ऐनामा नहेर्नेहरुले बिगार्छ हाम्रो सहिस्नुता.

      Reply
  13. Binod says:
    July 31, 2013 at 12:38 pm

    बुद्ध जन्मेको देसका हामी सबै नेपालीहरु , कुन हिन्दु र कुन बुद्ध धर्मबलाम्बी हरुको मनमा ठेस नपुगेको होला र ? यो स्थानीय प्रसासन को गैर जिम्बेबरिपन हो ।

    Reply
  14. ganesh jirel says:
    July 31, 2013 at 10:33 am

    – २०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिएको थियो। सुरुमा त्यसरी अनुमति दिए पनि पछि भने वन ऐन अनुसार राख्न मिल्दैन भन्न थाल्यो। – सुर्खेतका प्र. जि. अ. पुरुषोतम कुंवार ले किन ठाडो निर्णय सुनायो ?-” संरक्षित वन ऐन अनुसार त्यहाँ भित्र कुनै संरचना बनाउन मिल्दैन भनेर ” यो वन ऐन उनि प्र जि अ बने पछिको हो ? यदि पहिलेनै बनेको भए मन्दिर बन्ने निर्णय हुँदाको बखत किन वन ऐन लाई उल्लंघन गरियो ? अथवा, हालको परिस्थितीमा आएर रकम अभावको कारण मन्दिर नबन्ने भए पछि मंत्री परिषद्को निर्णय गराई समस्यको निकास निस्कने ठाउँ हुँदा हुँदै सम्प्रादायीक हिंसा भड्काउने खाले आफ्नो खल्तीको निर्णय सुनाउने प्र जि अ भनेको को हो र ? एउटा कर्मचारी ले सम्प्रादाय, सिंगो राज्य हाक्न खोज्यो भने बाईक ले ट्रक को लोड तान्न खोज्दा जस्तै दूर्घटना हुन् सक्छ !

    Reply
  15. razen says:
    July 31, 2013 at 10:21 am

    म पशुपति पनि जान्छु र बौद्द सोयेम्बु पनि जान्छु | खै केहि भिन्नता देख्दिन | अरु देशको धर्म सम्बन्धि लडाई देख्दा अचम्म लाग्थ्यो , लौ अब त कुन चाहिले उचालेर हाम्रो देशमा पनि सुरु गर्न लाग्यो | भ्रममा नपरौ है कसैको स्वार्थको लागि |

    Reply
    1. Sonam says:
      July 31, 2013 at 2:38 pm

      मित्र तपाइँ भ्रममा हुनुहुदो रहेछ हिजो जति नै भिबेद गरे नि धार्मिक सहिष्णु र सामाजिक सद्भावको नाममा सहेर बस्ने चलन थियो अब बागमतिमा धेरै पानी बगीसके सधै अन्याय सहन्न समयले कोल्टे फेरिसक्यो महेन्द्र ठाकुर ल भन्थे पहिला हामि अन्यायमा रुन्थौ अब रुने पालो यो देशको अकर्मन्य सरकारको हो शासकको हो

      Reply
  16. bijay says:
    July 31, 2013 at 9:39 am

    तालिवान देखि बाहुनबाद सम्म
    बामियान देखि काक्रेबिहार सम्म
    अब के हुने हो प्रतिक्षाको कुरो छ
    होईन बुद्ध मूर्तिले बनमा के नै बिनास गर्छ ?
    उनै तस्कर सरकारले बर्बाद पारेका छन् बन
    तर किन यसो हुदैछ नेपालमा

    Reply
  17. SUNIL says:
    July 31, 2013 at 8:43 am

    सब मुर्खहरु!!
    यो मुर्ति ढलाएर राख्नुको कारण is not being carless. it ;s for the safety issue. The statue may break into pieces or may fall on any human if just let it sit upright withour any support.

    Please try to see also with a different angle. yes not letting to establish the statue is different case! but keeping on the ground doesn’t mean it has been disrespected.
    Just imagine, How the statue is made, the one who made must have used his leg, hand step or whatever whatever.
    Don’t be so stupid people.

    Reply
  18. Sonam Sherpa says:
    July 31, 2013 at 8:40 am

    अरबौ बुद्ध मार्गिको आस्थापुञ्ज भागवान बुद्धको मुर्ति प्रहरी प्रशासनले उखेलेर ट्वाइलेट्को छेउमा मिल्काएर अति अपमानित ढंगले राज्य धार्मिक युद्धलाई आमन्त्रण गर्दै छ हिजाका दिन २४० बर्षको दौडानमा कयौ बिक्षु देश निकाला गरे बर्बर दमन गरे अझै रातो बक्खु लह्गौनेलाई अति अमानबिय ब्यबहार गर्दी छ यसको फेहरिस्ता कोट्याउने हो भने आन्दोलित बनाउछ सहिष्णुता र सद्भावको नाममा सहदा सहदा यो स्थिति आईपुगेको हो झुलुस होईन सायद सबैको हात बल र बन्दुक हुन्थे होलान अरु धर्ममा भएको भए तर बुद्धिस्टले यो भन्दा कति सहने? त्यहा मुर्ति प्रतिस्थापन गर्दा आकाश खस्ने र जमिन भासिने कुरा खिलाराज सरकारले गरेर दुनिया हासाउने मात्र होईन मानिसलाई आक्रोसित बनाउदैछ, बिद्रोह गर्न बाध्य बनाईदैछ अबिलम्ब मुर्ति पुनस्थापना यदि यो सरकारले गर्दैन भने यसको ठुलो मूल्य यो सरकारले चुकाउनु पर्ने छ यसको सम्पुर्ण जिम्मेवारी यो सरकार राज्य हुनेछ . किन बुद्ध जन्मेको देशमा बुद्धको प्रतिमा स्थापना हुने सकेन याद रहोस आजभन्दा दशक अगाडी तालिवालीले यसै गरे त्यसको छ महिनामा तालिवानी शासन ढले हो त्यहि तालिवानिको नियति भोग्दैछ यो सरकार यो भिबेद्कारी राज्यका ठेकेदारहरु.

    Reply
  19. yukta says:
    July 31, 2013 at 6:48 am

    म थाइलैंड जाँदा को एउटा घटना कहिले बिर्सन सक्दिन ! Bangkok airport बाट taxi चढेर आफ्नो गन्तब्य तिर जाँदै थिएँ त्यो Taxi Driver को कुहिनो ले driving को सिलसिला मा भुलबस Dashboard मा राखिएको बुद्ध को मुर्ति लाई छोयो तुरुन्त त्यो taxi Driver ले गुड़ी रहेको taxi को स्टेरिंग छाडेर दुई हात जोडेर आफ्नो भाषा मा के के भनेर पु:न taxi चलाउन थाल्यो त्यस पश्चात मैले उसलाई सोधेको थिएँ के भयो भनेर , उसले भन्यो मेरो हात को कुहिनो ले भुलबस भगवान बुद्ध को मुर्ति लाई छोयो त्यसैले माफी मागेको ! उसको बुद्ध भक्ति देखेर म नमस्तक भएको थिएँ तर जुन देश मा बुद्ध जन्मेको हो त्यहि देश मा त्यसरी लावारिस हालत जस्तो गरेर जिल्ला प्रहरी कार्यलय को परिसर मा बुद्ध भगवान को मुर्ति लाई पल्टाएर राखेको फोटो देख्दा लाग्छ बुद्ध हाम्रो देश मा जन्मिएको होइन !

    Reply
  20. योगेश आदी says:
    July 31, 2013 at 5:17 am

    आर्य घाटमा मान्छे जलाउने ठाउँमा त लफडा भाको देश हाम्रो… लफडा नै नभै त केहि काम हुनै भएन नि !! विधिको शाशन भए पो सबै कुरो थितीमा हुन्छ ! जुन दिन माओबादि भन्ने ऐजेरू नेपालमा जन्मियो, त्यस दिनदेखि नेपालमा दण्डहीनता भन्ने शब्द सुन्नमा आयो ! बिडम्बना, तर साँचो यहि हो !!

    Reply
    1. bibek dhakal says:
      July 31, 2013 at 8:59 am

      ४७ साल देखि नै सुरु भाको जस्तो लाग्छ – बार भाच्ने, सरकारी गाडी फोड्ने, सिक्षकलाई कालो मोसो दल्ने, बन्द, हड्ताल गरि दुख दिने इत्यादि- अर्थात “दण्डहीनता” …..माओवादी अएपछि बढेको चाही पक्कै हो !

      Reply
  21. नरेन्द्र says:
    July 31, 2013 at 4:34 am

    बुद्ध मा चाही राजनीति नगरे हुने। के फरक पर्छ र काक्रे बिहारमा बुद्धको मुर्ति राख्दा झन् राम्रो हुनु पर्ने हैन र? बाताबरणलाइ कम असर पर्ने गरि अरु क्रियाकलाप गर्न मापदण्ड बनाऊ बरु, अब मुर्ति नै राख्न दिन्न भन्ने पनि कहिँ हुन्छ,तालिबानीले बमियान मा मुर्ति नस्ट गरेको र यसमा के फरक भो र आखिर। हामीले बुद्धको देश भनेर गर्ब गर्ने ठाउ नै कहाँ रहयो यसरी मुर्ति नै राख्न नदिने हो भने?

    Reply
  22. krishan kc says:
    July 31, 2013 at 4:06 am

    अब सरकारसँग दुई विकल्प छ- कि त्यो ठाउँमा पुरातत्व विभागले बनाएकै संरचनामा मन्दिर तत्काल बनाउन लगाउनु पर्‍यो। कि भने हाललाई त्यो ठाउँमा बुद्ध मूर्ति राख्‍न दिनुपर्‍यो। पछि मन्दिर बनाउँदा त्यो मूर्तिले समेत शोभा दिने गरी। बुद्ध मूर्ति त्यहाँ राख्दैमा हिन्दुहरुले आपत्ति गर्ने कुरा हुँदैन। कसैले आपत्ति जनाएको पनि सुनिएको छैन। किनभने कतिपय हिन्दुहरु पनि बुद्धलाई पुज्छन्, कतिले त अझ अवतारै पनि भन्छन्। सदियौँदेखि मिलेर बसेका बौद्ध र हिन्दु धर्मावलम्बीबीचको तनावै हैन यो। यो त प्रशासनको अलमल्याइँले सिर्जिएको द्वन्द्व हो। बुद्ध नेपालमा जन्मिएको भनेर गौरव गर्ने, अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति राखियो भनेर नाक फुलाउने नेपालीहरुलाई त्यो ठाउँमा बुद्धको मूर्ति राख्दा आपत्ति हुने कुरै हुँदैन। हिन्दु धर्म लादिएको महसूस बौद्धमार्गीहरुलाई नहोस्।
    वास्तविक बौद्धमार्गीहरुलाई त त्यो ठाउँमा मूर्ति राखे पनि नराखे पनि असर पर्दैन। किनभने भगवान बुद्धले यस्ता आडम्बरको विरोधमा आफ्नो सारा जीवन बिताएका हुन्। मूर्ति पुजा हैन, चित्त शुद्ध राख्ने शिक्षा उनले दिएका हुन्। बुद्धलाई ढोगेर, बुद्धलाई पुजेर मुक्ति पाइँदैन भनेर उनले आफ्नो शिक्षामा पटक पटक भनेका छन्।

    Reply
  23. karma says:
    July 31, 2013 at 3:56 am

    मेरो बिचारमा येस्को मुख्य दोष सुर्खेतको CDO को नै हो | विवाद सुल्झाउनु त कहाँ कहाँ विवादलाई नै ठुलो बनाएर आगोमा घ्यु थप्ने काम CDO ले गरेका हुन् भने वर्तमान सत्कार यो आगोको राप ताप्नमा नै ब्यस्त देखिन्छन | चाडै नै बुद्धको मुर्ति स्थापना होस् |

    Reply
  24. बासु says:
    July 30, 2013 at 10:48 pm

    संरक्षित वन क्षेत्रमा बुद्धको मूर्ति राख्न हुन्न भन्ने हो भने मन्दिरपनि राख्नु भएन र मन्दिर बनाउने निर्णयपनि खारेज गरिनु पर्यो |
    बुद्धको जन्म देशमा बुद्धकै मूर्ति बेवारिसे ढंगले भुइंमा लडेको देख्दा मन कुटुक्क खायो | फेरि मूर्ति चै बुद्धको देशमा आयातित परेछ |
    कस्तो नमिलेको, के नमिलेको, हे दैव |

    Reply
    1. madan bajracharya says:
      July 31, 2013 at 4:55 am

      बासुज्यु/
      पशुपति र गुहेस्वारीको मन्दिर रहेको भुमिलाइ पनि श्लेषमान्तक बन भनिन्छ भनेर सुनेको छु/

      बुद्धको मुर्ति अब नेपालकै शैलीमा कोर्न सक्ने शिल्पकारहरु नेपालमा बेरोजगार भयर अरवको मरुभूमिमा र मलेसियामा जान बाध्य भय पछि अब नेपालीले कुँद्ने बुद्धको मुर्ति अब हामीले सायदै हेर्न पाउला/ पंचेको राजनीतिले नेता मात्रै कुण्ठित भयको थियो भने इ नेताहरुको के के नीतिले त् नेपालको पुराको पुरा समाजनै चारै तिर बात कुण्ठित गर्दै ल्यायको छ/

      Reply
      1. बासु says:
        July 31, 2013 at 7:05 pm

        मदनजी,
        हो त्यस वनलाई श्लेष्मान्तक वन भनिन्छ | तर यस बहससँग श्लेष्मान्तक वनको सम्बन्ध कसरी जोड्नु भयो बुझ्न सकिएन |
        यदि तपाईले ‘त्यस वनलाईपनि संरक्षित वनको रुपमा लिइएको छ तर त्यहाँपनि दुई हिन्दु मन्दिर छन्’ भन्ने तर्क गर्नु भएको हो भने चै कुरा अलि मिलेन जस्तो लाग्यो | किनभने श्लेष्मान्तक वनलाई त्यहाँ भएको भौतिक सँरचना पशुपति र गुह्येश्वरी भएको कारणले संरक्षित गरिएको हो | अनि यो क्षेत्र विश्व सम्पदाभित्र पनि अनुसूचित भएको छ |
        दुबैका आआफ्नै विशेषता र भौगोलिक परिस्थिति छन् | तुलना नगर्ने कि ?

        Reply
        1. madan bajracharya says:
          August 1, 2013 at 5:27 am

          बासुज्यु/
          सुर्खेतको कांक्रे बिहारमा बन छ्यात्र भयकोले बुद्धको प्रतिमा राख्न नमिल्ने भनेकोले मैले पशुपति गुहेस्वारी पनि श्लेषमान्तक भनिने बनमै स्थापना गरेको थियो नि भन्न खोजेको हो/ पर्यावरन वातावरण प्राणि अनुकुल बनाउन प्रमुख भूमिका खेल्ने हुनाले देसको सबै बन जंगललाइ कानुनन अतिक्रमण निषेध गरियको सुरछितस्थल नै मानिन्छ/ त्याहा पशुपति र गुहेस्वरिको मन्दिर छन् भनेर तर्क गर्न खोजेको होइन अपितु सुर्खेतको कांक्रे बिहारमा मन्दिर बनाउन बन कानुन नलाग्ने तर बुद्धको प्रतिमा राख्न चाहि बन कानुन लाग्ने भन्ने कुरामा चाहि व्यंग त् हानेकै हो/

          मित्र बासु मलाइ हाम्रो पूर्वजले बनायको कुनै पनि कलाकृतिहरु बिस्व सम्पदा भित्र परेको छ छैन भन्दा हाम्रै ब्यबहार बात तिनीहरुको सुरछ्या र सम्मान हुन्छ हुँदैन भन्ने कुरामा बढी महत्व हुन्छ जस्तो लाग्छ/

          बासुज्यु हाम्रा पूर्वजहरुको बास्तुकला भन्दा उनीहरुले सामाजिक धार्मिक सौहार्दता बलियो बनाउन जुन शोच र परम्परा बनायको छ त्यो बढी महत्व पूर्ण छ/ तर कोहि यो मास्न खोज्दैछु/

          Reply
  25. Jeewan says:
    July 30, 2013 at 10:44 pm

    बौद्धिक ब्येक्तिक्त्व भएका मानिसले कहिल्यै मलाई सम्मान गर भन्दैन तर यसको मतलव यो होइनकी हामीले उनीहरुलाई सम्मान गर्नु हुन्दैन. बुद्धले ‘ल मैले बुध्दत्व प्राप्त गरें अब तिमि हरुले मलाई पुजा गर्नु पर्छ’ भनेर भन्दैनन् होला. त्यसैले बुध्द को मुर्ति पूजा गर्नु भनेको उनीमाथि को आस्था हो. यो कुरा बौद्ध अनि हिन्दु दुबैलाई थाहा छ होला. however, there are millions of ways to worship religion and worship the goodness. what i think is, buddism in nepal is different than in other countries. the reason may be the religious and ritual affect of hinduism. so, nepal is a place of religious tolerence…

    Reply
  26. madan bajracharya says:
    July 30, 2013 at 10:23 pm

    नेपालको सरकारको अग्ला पदमा रहनेहरु आज सम्म पनि “बुद्ध” बिरोधिनै भयको देखिन्छ/ बौद्ध बिहारहरुमा हिन्दु देवी देवताको मुर्ति भयको सबैले देखेकै कुरा हो/ सालमा यक पटक हाम्रै पशुपतिको मन्दिर भित्रै महादेव समेत “बुद्धको चेला” बन्ने पर्व आज सम्म पनि नेपालीले मनाउंदै आयकोछ/ बुद्ध मानेमा हिन्दुको मान बढ्छ अपमान हुँदैन भन्ने यो भन्दा ठुलो प्रमाण अर्को के हुन् सक्ला?

    हामि नेपालीले कहिले पनि मन्दिर र बिहारमा पुग्दा मेरो धर्म के हो हिन्दु हो बा बुद्धिस्ट हो कमैले सोच्छ/ हिन्दु नेपालीले बुद्धको पनि पुजा गर्छ बुद्धिस्ट नेपालीले हिन्दु देवी देवताको पनि पुजा गर्छ/ तर इनिनै हिन्दु देवी देवता र बुद्धको पुजा गर्ने नेपालीको प्रतिनिधित्व गर्ने बाचा गरेर सिंहदरवार पुगेकाले आफ्नो बाचा कहिले पनि निभायनन/ अहिले कांक्रे बिहारमा बुद्धको प्रतिमा राख्नमा बाधा गर्ने इने नेताहरुको राज्य हो/

    आठौँ शताव्दीमा हिन्दुस्थानको कन्या कुमारी देखि नेपाल सम्मै आयर सकेमा बुद्ध र बुद्धिजम मास्न खोज्ने शंकराचार्यकै हिन्दुस्थानको बुद्ध प्रतिको अबधारणा बदलियो तर नेपाला शासक नेताहरुको बुद्ध प्रतिको नियत र प्रविती बदलियन/

    Reply
    1. neerose says:
      July 31, 2013 at 4:11 am

      मदन जी,
      कुनचाहि पर्ब हो त्यो,
      ‘ सालमा यक पटक हाम्रै पशुपतिको मन्दिर भित्रै महादेव समेत “बुद्धको चेला” बन्ने पर्व आज सम्म पनि नेपालीले मनाउंदै आयकोछ’
      महादेव बुद्दको चेला बन्नु पर्ने रे?

      Reply
      1. madan bajracharya says:
        July 31, 2013 at 9:07 am

        निरजज्यु
        चतुर्मास भरि पसुपतिको महादेवको शिरमा बुद्धको मुकुट लगाइन्छ/ कथा रोचक छ/ अरु विवरण घरमा बरिस्ठ सदस्य सिट बुझ्नुस/

        Reply
  27. तेजप्रसाद अधिकारी says:
    July 30, 2013 at 8:29 pm

    संरक्षित बनको काठ जत्ति सिमा पारी पुग्दा आपत्ति नहुने, त्यो बुद्ध को मुर्ति त्यहाँ स्थापित गर्दा आपत्ति हुने .???? यस्तो संबेदनशील कुरामा पनि राजनीति गर्ने हो ?? त्यहाँ मन्दिर बन्ने जमिन छ भने मुर्ति राख्ने जमिन पनि पक्कै छ । समस्या संरक्षित बन को होइन, साम्प्रदायिक सदभाव बिथोल्ने नियोजित नियत को हो । स्थानीय प्रशासन ले नै बेलैमा बुद्धि पुर्याएको भए यो समस्याले उग्र रुप लिने नै थिएन । ढिलो भएको छैन, त्यहाँ मन्दिर र बुद्ध मुर्ति दुवैको शोभा कम नहुने गरि तुरुन्त मुर्ति स्थापना गर्ने आदेश मन्त्रालय ले दिनु आवश्यक छ, दिनु पर्दछ । ढिलो हुदै गएमा यहि मौकाको फाइदा साम्प्रदायिकता भड्काउने हरुले न उठाउलान भन्न सकिन्न ।

    Reply
  28. Devendra Basnet says:
    July 30, 2013 at 8:12 pm

    हिन्दुको मन्दिर पनि बनाउने र बुद्ध को मुर्ति पनि राख्ने. तेसो गरे त भैहल्योनि. किन विवाद गरिरहनु पर्यो ? तर बन जंगल को पनि सम्रच्छेद हुनु पर्छ .

    Reply
  29. Anil ktm says:
    July 30, 2013 at 8:02 pm

    ” Buddha is born in Nepal, not in India” भन्दै विश्व भर गौरव का साथ कराउने तर त्यहि नेपाल मा बुद्ध को यो दुर्दशा…. यो खबर अन्तरास्ट्रिय जगत मा पुगे भने हाम्रो टाउको कति झुक्ने होला विचार गर्नु त…
    @ eka raj agasti : हजुर को विचार लाई म कदर गर्छु, तर के सबै ठाउँ स्कुल र बाटो मात्र बनाएर देश राम्रो देखिन्छ र? यो वर्ष नेपाल सरकार ले बाह्रलाख पर्यटक भित्राउने कुरा गरेको छ/ ति पर्यटक नेपाल को स्कुल र बाटो मात्र हेर्न यत्रो खर्च गरेर आउला र???? तेही भएर हेरेक कुरा को आ- आफ्नो महत्वो हुन्छ/ कोठा मात्र धेरै बनाएर घर राम्रो हुने होइन/ साज सज्जा को समान ले पनि घर राम्रो हुन्छ/

    Reply
  30. ayush says:
    July 30, 2013 at 7:57 pm

    Buddha was born in Nepal, its a fact, similarly he was against idol worship. That was the reason no statue was build until 200 yrs after his death.communal voilence is something new for nepal, we have been living peacefuly, have extraordinary tolerance for all the religions and believes. Some people for their personal benefit are taking advantage of our religious sentiments, we call them politicians btw. Proctecting forest and wild life is as important as preserving our culture. This matter should be solved peacefully but make sure tomorro noone should make religion an excuse to exploit national property.

    Reply
  31. Chetan Nepali says:
    July 30, 2013 at 7:40 pm

    धर्म भनेको आफुले आफ्नै मनलाई शुद्द, चोखो र सफा बनाउने साधन मात्रै हो ! अफसोच यो आधारभूत कुरा पनि नाबुजेका हाम्रा समाजका शिक्षित भनौदा र धर्मका अप्रत्यक्ष ठेकेदार तथा ब्यापारीहरुले गर्दा यो समस्या भएको जस्तो लाग्छ !

    अर्को समस्या यो हिन्दु धर्म भनेर आज जुन अबस्थामा छ त्यसको बास्तविक इतिहास नाबुजेरा वा वास्ता नगरेर पनि यो समस्या आएको जस्तो छ ! सनातन धर्मलाई तोडमोड गरि सिन्धु सभ्यतालाई बिकाश गरि लागु गर्ने र त्यसलाई बचाउने क्रममा नेपालसम्म आइपुगेको यो सभ्यता नै आज आएर “हिन्दु धर्मको” रुपमा स्थापित भयो जुन बास्तवमा कुनै धर्म नभई एउटा सभ्यता थियो ! त्यसैले यो सभ्यतामा धेरै कमि कमजोरी छन् ! यसलाई सुधार गर्ने हो वा बुझ्ने हो भने हिन्दु अधिराज्य वा हिन्दु धर्मको कुनै प्रश्न नै उठ्दैन !यो समस्या हाम्रो शासक बर्गमा र कथित उच्च जातिमा आज पनि बिध्यमान छन् ! त्यसैले हामीले आफ्नो कमि कमजोरीलाई महशुस गर्नु पर्चा र सहि के हो गलत के हो छुटाउने चेतनालाई अहमता, इर्स्य, लोभ, मोह, क्रोध जस्ता जालोले कदापि ढाक्न दिनु हुन्न !

    Reply
  32. डिल्ली says:
    July 30, 2013 at 7:39 pm

    भगवान बुद्धले आफ्नो जीवनकालमा मूर्ति पूजाको चर्को विरोध गरेका थिए भनिन्छ । यदि त्यसो हो भने मूर्ति पूजाको सख्त विरोधि बुद्धकै मूर्ति ठड्याउनु पर्ने कारण चाहीँ के हो त बुझ्न गाह्रो भो । मूर्ति पूजा र ३३ कोटी देउता मान्नेको दर्शन नै बुद्धलाई मन नपर्ने कारण थियो । आफैँले ज्ञान प्राप्त गर्ने स्वर्ग-नर्क व्यक्तिमै हुन्छ भनेका थिए बुद्धले । बुद्धत्व नै ज्ञानमा विश्वास गर्छ हैन र ? हिँसालाई कहिल्यै स्वीकारेनन् बुद्धले । तर हालको जटीलता के हो मूर्ति स्थापना त मूर्ति पूजासँगै गाँसिएको छ नि हैन र ? त्यत्रो ३५ लाख खर्च गरेर मूर्ति पूजा बिरोधिको मूर्ति राख्नु भन्दा असङ्ख्य दीनदुःखीको लागि खर्च गरे कस्तो हुन्थ्यो होला ?

    Reply
    1. dhan says:
      July 30, 2013 at 10:35 pm

      कुरा राम्रो हो दिल्ली जी तर बुद्धले मुर्ति पूजा नगर भने पनि अहिले संसारमा सबै भन्दा धेरै मुर्ति उनकै छ. एस्लाई धर्मालम्बीहरुको बुद्ध प्रतिको श्रद्धाको रुपमा बुझ्नुस. अब उनको संसार भरिको मुर्तिको सट्टा राम्रो काममा लगाएको भए उत्तम हुन्थ्यो तर के गर्ने संसारमा एस्तो भन्दा उस्तो भएको भए भन्ने कुराहरु धेरै छन्. कुरा खासमा बुद्ध मुर्ति राख्न पउनेकी नपाउने भन्ने हो. अहिले सम्म हिन्दु देवी देवताको मन्दिर बनाउदा कतै प्रशाशनले रोकेको थाहा छैन तर बुद्ध मुर्ति राख्दा किन टाउको दुख्नु पर्ने? यहाँ सर्बसाधारण भन्दा पनि प्रशाशन अर्थात् राज्यको कुनै धर्म प्रतिको बितृष्णा र अपहेलनालाई प्रष्ट देख्न सकिन्छ. येस्तई राज्यको ब्यबहारले जनता बिचमा फाटो र सहिस्नुता खलबल हुन सक्ने सम्भावना नकार्न सकिन्न. त्येसैले येस्ता भेद्बाद प्रति सबैले मिलेर बिरोध गर्नु पर्छ र धार्मिक सहिस्नुतालाई कायम राखेर लानु पर्ने अवाशेकता देखिन्छ.

      Reply
      1. madan bajracharya says:
        July 31, 2013 at 4:47 am

        मेरो यउटा आशंका/ सुर्खेतको कांक्रे बिहारमा प्रतिस्थापन गर्न ल्यायको बुद्धको प्रतिमालाई राज्यलेनै त्याहा (बिहार्मै!!!!) बुद्धको प्रतिमा प्रतिस्स्थापन गर्न पाइन्दैन भनेर नेपालमा कहिले नभयको हिन्दु र बुद्धिस्ट बिचमा बिबाद किन उठ्न दियो; भोटको निमित कि नोटको निमित?

        भोटको निमित हो भने बिशेष गरेर नेपालका आदिबाशी जनजातिहरु बुद्धिस्ट छन्/ आआफ्नो धर्ममा सबै संबेदनशील नै हुन्छ/ बुद्धिस्ट पनि हुन्छन/ बुद्धको प्रतिमा बिहारमै प्रतिस्थापन गर्न नदियर कसले किन बुद्ध धर्मको अनुयाई आदिबाशी जनजातिलाई कसलाई भोट नदिलाउन झेलको खेल खेल्दैछन यो कुरा अलिकति मात्रै बिचार गरे तेतिकै घाम जत्त्कै छर्लग्न हुन्छ/ नेपालिलाइ जातजातिमा नफुटे कुनै दल कुनै पनि हालतमा नजित्ने भयको अबस्थामा हिन्दु प्रति बौध आदिबाशी र जनजातिलाई भद्काउन त् सुर्खेतको कान्क्रे बिहार काण्ड गर्न लगायको होइन?

        बौद्ध र हिन्दु धर्मको कुरालाई लियर हिन्दु भयपनी बुद्धको प्रतिमालाई देवताको मुर्ति मानेर पुजा गर्ने, बुद्धिस्ट भयर पनि मन्दिरमा गयर हिन्दु देवताको मुर्ति पुजा गर्ने नेपालि हिन्दु र बुद्धित बिचमा यस्तो घटना नोटको निमित कसैले चाहेर पनि गर्न सक्दैन/ नोट देखायर धर्ममा आकर्षण विकर्षण अर्कैले गर्छ/ त् सुर्खेतको यो बिहारमा गरियको काण्ड राज्य बाटै उक्सायको काण्ड भयको कारणले राज्य र सत्ताको निमित कुनै पनि कुकार्य गर्नेले भोटको निमित यो काण्ड गर्न लगायको हो कि/नभय नेपालको कुनै हिन्दु नागरिकले कांक्रेबिहारमा प्रतिस्थापन गर्न ल्यायको बुद्धको मुर्तिलाइ यति उपेछित तरिकाले भुइंमा फाल्न सक्दैन; बरु फ़ालियको बुद्धको त्यो प्रतिमालाई हात जोडेर श्रद्धानै अर्पण गर्छ/

        Reply
    2. bibek dhakal says:
      July 31, 2013 at 8:55 am

      भन्ने नै हो भने त बुद्ध आफै संस्थागत धर्म को खिलाफ थिए तैपनि उनको शेषपछि उनले दिएका प्रवचनलाई संस्थागत गरि धर्मको रुप दिइयो र हुँदा हुँदा अहिले बुद्ध धर्म मै पनि २ वटा सेक्ट र तिनका सब-सेक्ट हरु छन…… तर यति हुँदा हुँदै पनि तुलनात्मक रूपमा अरु धर्म हेरिकन यसमा सान्दर्भिक बिचार, ध्यानमा र करुणामा जोड पाइन्छ र अरु धर्मसंग टकराव कमै हुने गरेको छ..बुद्ध को बिचार हरु अनुसरण गरेरै कति मान्छेहरु ध्यानी, नभए पनि, ज्ञानी सम्म भएका छन र सायद उनको शिक्षालाइ धर्मको रुप नदिएको भए आज उनले सिकाको कुराहरु हामि संग अपरिवर्तित रूपमा रहिरहन गारो हुनेथियो!
      तपाइले राखेका कुरा हरु यथार्थपरक छन तर अहिलेको सन्दर्भमा त्यहाँ मुर्ति स्थापना गर्न दिनु नै उचित विकल्प हो र कसैको आस्थालाई ठेस पुग्दैन भने सो गर्दा केहि बिग्रिने हैन! रह्यो कुरा ३५ लाख को, यहाँ ४ जना राजनैतिक गुन्डाहरु अथवा हाइवे बिचमा जाड खाएर गाडी मुनि आउनेहरुलाई सरकारले तेती रकम उपलब्ध गराउंदै आएको छ!

      Reply
      1. madan bajracharya says:
        July 31, 2013 at 11:10 pm

        बिबेकज्यु
        तपाइंले बुद्धको उपदेसको अर्थ बुझ्नु भयो/ बुद्धको उपदेसले ध्यानी-तपस्वी बन्न र समाज बात टाढा बस्न उत्प्रेरित गर्दैन; समाजमा समाजको लागी उपयुक्त हुन् सिकाउँछ/ बुद्धको उपदेस अध्यात्मबाद होइन ब्यबहारिक समाज बिज्ञान हो भनेमा फरक हुँदैन/ गलत नबन गल्ति नगर संसार तिम्रो मात्रै होइन सबैको हो मिलि बाँडी उपभोग गर/ यो कुरा नेपालको नागरिकको लागि जत्ति उपयुक्त छ नेता र शासकको लागि तेतिनै अनुपयुक्त छ/ यसै कारण नेता र शासक बर्गले आफ्नै देसमा जन्मेको बुद्ध प्रति कुविचार राख्छन/

        Reply
  33. eklavya says:
    July 30, 2013 at 7:29 pm

    बुद्धम शरणं गच्छामी ….को सार नबुझेको यो प्रशासन …केहि कुराहरु राजनीति भन्दा पर राखे त हुन्थ्यो नि ….नेपाल कै आस्था को प्रतिक भगवान बुद्धको मुर्तिको यो अवस्था देखेर कुन चाही नेपाली को मन् नदुखेको होला….

    Reply
  34. s-raj says:
    July 30, 2013 at 7:24 pm

    बुद्ध को प्रतिमुर्ति बौद्ध धर्मालम्बी हरु को लागि हिन्दु हरु को धर्मग्रन्थ गीता, क्रिस्टियन को बाइबल र मुस्लिम को कुरान जस्तै पबित्र धर्म ग्रन्थ हुन्, उदाहरण को लागि हाम्रो भगवान को आस्था माथि कसैले त्यसरी अपमान गरोस अथवा औला नै किन ठाडावोस त्यो पक्कै सहनिय हुदैन र काक्रेबिहार मा जे निन्दनीय कार्य इस्थानिया प्रशासन द्वारा गरियो त्यो अमानबिय छ. शान्ति का प्रतिक हाम्रो देश को गौरब-आत्म सम्मान साथ् मिलायर राख्नु त कहाँ हो कहाँ जी.प्रा.का. मा लगेर मिल्कायछ पशु हरु ले. नारायण जी यहा हाम्रा समाजका बुज्रुक हरु को कुनै दोस देख्दैन, दोस त हो केवल प्रशासन को. पहिल्यै सदर भैसकेको अनुमति लाई बदर गर्ने त्यो प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर लाई कारबाही अगाडी बढाउनु पर्छ. धर्म को नाम मा शान्ति बिथोल्ने जो कोहि लाई छोड्नु हुदैन.

    Reply
  35. anil nakarmi says:
    July 30, 2013 at 6:50 pm

    यो विवाद अनावस्य होइन.यो बेलामै हुनु पर्ने हो.तपाई हरु ले भन्नु हुन्छ हामी सबै एक होउ तर खोइत सरकारले एक भनि ठानेको.बुद्धिस्ट लाइ केहि घटना भयमा कुन चै समाचार पत्र वा ति.भी मा देखाऊ छ र? भन्दा त शान्ति को नायक बुद्ध नेपाल मा जन्म हुनु भयको तर खोइ त बुद्ध को सम्मान,खोइ त बुद्ध धर्म लाई माया गौरब.के आफ्नै ठाउमा बुद्ध मुर्ति राख्न न दिने? त्यो पनि बुध जयन्ति को पावन अवसरमै बुद्ध मुर्ति लाई पोलिस थाना को सेप्टी त्रंकी मा अलपत्र गरेर भुइमा फ्याकी राखेको ?के यदि तै ठाउमा शिव को मुर्ति प्याकेको भय के हुन्थ्यो होला ?
    नेपाल लाई चिनिने दुइता चिज छ : संसार को सबै भन्दा अग्लो शिखर सगरमाथा र बिस्वका शान्ति नायक बुद्धको जन्मस्थल लुम्बिनी.t
    तर बुद्ध लाई नै एस्तो????के यो चुपलागेर बस्नु मा केहि हुन्छ र?सबै ले आ आफ्नो विवेक बुद्धिले सोच्नु होला?

    Reply
  36. nimesh, BKK says:
    July 30, 2013 at 6:49 pm

    बौद्ध र हिन्दु धर्मावलम्बीबीच द्वन्द तथा जात-जातिहरु बिच तनाव सृजना गर्नु राम्रो हैन . त्यस्ता कुतत्वहरुदेखी सावधान रहोस . यो प्रशासनका केहि व्यक्तिको उक्साहटमा सृजना भएको बिवाद हो . यसलाई धेरै अलमल्याइँ राख्नु मनासिव देख्दिन किन कि सगरमाथा र बुद्ध जन्मेको देश भनेर विश्वलाई चिनाई रहेका छौं नेपाललाई हामी नेपालीहरुले . हाम्रै नेपालीहरुको सत्प्रयासले अन्तर्राष्ट्रिय अदालतमा बुद्धको मूर्ति राख्न सफल भयौं तरपनि बुद्ध जन्मेको देश भनेर न थाक्ने देश नेपालमा किन बुद्धको अपमान ??? अनि किन यसको बिरोध गरेर तनाव सृजना गर्ने . अन्तमा सुर्खेतको काँक्रेविहारमा बुद्धको मुर्ति स्थापना गरेर त्यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नु जरुरि छ .

    Reply
  37. Prakash says:
    July 30, 2013 at 6:31 pm

    अनावस्यक विवाद गरेर नेपाली जनता लाई किन आपसी द्वन्द मा फसाउने अर्को कुरा बुद्ध हामी नेपाली का लागि गौरब का कुरा हुन् के को लडाई गरिरहने मुर्ति स्थापना गरेर यो द्वन्द लाई यहि समाप्त पार्नु पर्छ

    Reply
  38. सुसन says:
    July 30, 2013 at 6:25 pm

    हामी लड्न तयार भयौ इंडिया संग| कारण थियो एउटा, “Buddha was born in India not in Nepal” यो कुरा इंडिया बाट आएको हो| र हामीले विभिन्न संचार माद्यम बाट यो कुरा झुटो तुल्यौना सफल पनि भन्यौ| जति सुकै संगर्सा गरे पनि आफ्नो देशमै बुद्ध को सम्मान छैन|||||| AND THAT IS THE MAIN REASON FOR THE DOMINATION OF INDIA TOWARDS NEPAL

    Reply
  39. Eka raj agasti says:
    July 30, 2013 at 6:25 pm

    मेरो चै यस् बिषय म अली फरक धारणा छ, वास्तव मा भन्ने हो यो मन्दिर, मुर्ती, सालीक बनाउने काम नै मुर्खता हो जस्तो लाग्छ, एही मुर्ती बनाउन लाई पनि थाइल्यान्ड बाट ३५ लाख खर्छ गरेर ल्याएको रहेछ, तेही ३५ लाख अन्य बिकास निर्माण जस्तो स्कुल बनाउन, स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन खर्छ गरेको भए कती जाती हुन्थ्यो, बुद्द जन्मेको देश को मानिस भनेर गर्ब गर्न लाई बुद्द को उपदेश को पालना गरे कती सुहाउदिलो हुन्थ्यो होला?
    काक्रे बिहार को घटना यो एउटा जुङा को लडाईं हो जस्तो लाग्छ, सुरुमा बिबाद न आउँदै राख्न दिएको भए कुरा सकिन्थ्यो, तर अब बिबाद निस्की सके पछी राख्न दिदा यस्ले बिबाद सल्टाउने भन्दा बल्झाउने काम गर्ने सम्भाबना बढी हुन्छ, अर्को कसैलाई अर्को कुनै मुर्ती राख्न मन लाग्ला, कसैलाई चर्च बनाउन मन लाग्ला, अर्को लाई आफ्नै सालीक राख्न मन लाग्ला, राजनीतिक पार्टी का नेता का पुछर हरु लाई उन्को नेता को सालीक राख्न मन लाग्ला, के सबै लाई मन्दिर र मुर्ती राख्न दिएर बन जङल सखाप पार्नु राम्रो हो र? देश धर्म निरपेक्ष भई सके पछी सार्बजनीक ठाउँ मा धार्मिक अतिक्रमन कुनै धर्म ले पनि गर्न नपाउने हुनु पर्छ। धर्म का नाम मा करोडौ खर्छ गर्दै मन्दिर र मुर्ती बनाउने पैसा ले जनहित को काम गर्ने सोच किन नआएको होला??

    Reply
    1. dhan says:
      July 30, 2013 at 11:33 pm

      एक राज जी,
      तपाइको धारणाको कदर गर्दै एक दुइ कुरा भनि हाल्नु मन लाग्यो. पहिलो त संसार तपाइले सोचे जस्तो आदर्शमा चलेको हुदैन. मान्छेको आ आफ्नो सोचाई, विचार, बिस्वाश र आस्था हुन्छन. कसैलाई मन्दिर बनाउनु मन लाग्ला, कसैलाई बिहार र कसैलाई मुर्ति. कोहि धर्मको नाममा चार धामको यात्रा गर्न खर्च गर्छन र आ आफ्नो रिति रिबज़ अनुसार परम्पराहरु, चाड उत्सव मनौचन. उधाहरणको लागि अस्ट्रेलियाको सिड्नी शहरमा मात्रै करिब आधा करोड डलरको पटका महोत्सव गरिन्छ नया बर्समा. त्यो पैसा त्यहाका गरिब हरुलाई दिन पाए कति राम्रो हुन्थ्यो होला किन भने त्यहाँ पनि काम नभएका jobless अनि homeless मान्छेहरु छन्. अब तपाइको भनाइलै आधार मान्ने हो भन्ने यी सब बेकार हुन्. तर के हामी येस्ता कुराहरुलाई रोक्न सक्छौ त? अवस्य पनि सक्दैनौ किनकि नागरिकहरुलाई कानुन सम्मत आ आफ्नो धार्मिक संस्कृतिक अधिकारहरु उपलब्ध छन् नेपालमा र अर्को महत्वपुर्ण कुरा के भने यो धार्मिक भासिक र संस्कृतिक विभिधता पनि नेपालको परिचय हो.
      अर्को कुरा अब राख्न दिदा झन् विवाद हुन्छ भनेर जुन चर्च बिहार मन्दिर शालिकको उदाहरण दिनु भो, अलि काल्पनिक भो कि? मन्दिर र मुर्ति त पहिले नै राख्ने अनुमति पाई सकेका रैचन नि. अब कसैलाई तेइ ठाउमा चर्च बनौन किन मन लाग्ला र ? अनि नेताको शालिक त्यो जंगल छेत्रमा कसले राख्ला? अनुमति पनि त पास हुनु पर्यो नि. एउटा मन्दिर र मुर्ति राखेर जंगल सखाप हुन्छ भन्ने लाग्छ भन्नु पनि अलि सत्यता भन्दा टाढा भो कि !. र धर्म निरपेक्च भनेको धार्मिक कार्य नै बन्द होइन जस्तो लाग्छ. तपाइको कुरा त कम्युनिष्टहरुको जस्तो भै हाल्यो नि.
      र अन्तिममा एउटा कुरा कसरि हेर्न अनुरोध गर्छु भने मन्दिर बनौन बन्द गरेर देश बिकाश हुदैन बरु देशमा प्रशिद्ध धार्मिक स्थल हरु निर्माण गरेर तेस्को प्रचार प्रशार गरे धार्मिक पर्यटन किन बढ्दैन? बरु बन्द नै गर्नु पर्ने भए सामाजिक कुरीति हरु बन्द गरौन. छुवाछुत, जातिय उच निच, काम प्रतिको भेद्बाब, चक्का जाम, हड्ताल-बन्द, राजनैतिक कमि कमजोरी आदि.

      Reply
  40. Basanta Rijal says:
    July 30, 2013 at 5:49 pm

    नेपाल बुद्ध जन्मेको देश, नेपाल धार्मिक सहिस्नुताको देश, बुद्धको यहाँ कुनै हालत मा पनि अपमान हुन हुदैन/ सीदिओ ले त्यहाँ मुर्ति राख्न दियर त्यसो गर्न मनासिब छ भनेर मन्त्रि परिषद्लाई पत्र लेक्न सक्छन/ मन्त्रि परिषद ले त्यस्म्मा कुनै आपत्ति गर्ला जस्तो मलाई लाग्दैन/ धर्मको नाममा यहाँ अब राजनीति गर्ने देखि बरु होसियार रहों

    Reply
  41. suzee says:
    July 30, 2013 at 5:44 pm

    तेही बुद्ध को नाम ले गरेर लाखौ पर्यटक भित्रिन्छन , तेही बुद्ध को येत्रो अपमान !!!!!

    Reply
  42. bibek says:
    July 30, 2013 at 5:33 pm

    हिन्दु र बुद्ध धर्म बीच रहेको अपार धार्मिक सहिस्नुता लाई देखि नसहेर पैसा को खोलो बगाई नेपाली नेपाली बिचमा फूट ल्याउने खेल हुदै छ एहा, मान्छेहरुलाई जात को कुरा ले फुटाउना नसकेपछि रचिएको अर्को grand design जस्तो लग्यो यो त मलाई

    Reply
  43. Rudra P Khanal-Surkhet says:
    July 30, 2013 at 5:28 pm

    उक्त स्थान मा मन्दिर र बुद्द को मुर्ति दुवै लाइ समान हिसाबले राखिनु पर्छ / यसो गर्दा हामीहरु (बिशेष गरि सुर्खेतबासि ) लाइ नै फाइदा हुने छ भने ,आन्तरिक तथा बिदेशी पर्यटक हरु लाइ पनि एकै पटक ३/३ चिजहरु (मन्दिर , बुद्ध र काक्रेबिहार वन ) को एकै पटक दर्शन गर्न पाइने छ / …हिन्दु र बुद्धिस्ट दुवैले हातमा हात समाएर , कुम मा कुम मिलाएर काक्रेबिहार तिर जादा कस्तो आनन्द को अनुभूति होला / यो संबेदनशिल बिषय हो यसर्थ प्रशाशन ले दुरदर्शी र सम्मानजनक निर्णय दिनु पर्छ ताकी भोलि का दिनहरु मा एक आपसमा “हार्ने र जित्ने ” को जस्तो गरि आत्मामा ठेस नलागोस /
    रुद्र खनाल , हाल: दमाम ,साउदी

    Reply
  44. Ramesh babu says:
    July 30, 2013 at 5:08 pm

    प्रसासन को चर्को लापरबाही ! उमेश जी ले भने जस्तो हाल लाई तेही बुद्ध को प्रतिमा तेही स्थापना गर्ने र पछि मन्दिर बनाउदा दुवै को अस्थित्तो रहने गरि बनाउने सल्लाह नै दिन मनलाग्यो. येसरी सम्बेदंसिलता भडकाउन सुरुवात गर्ने प्रसासन लाई एकदम कडा कारबाही होस् !

    Reply
  45. karan Sharma says:
    July 30, 2013 at 4:42 pm

    यस्तो कुरोमा पनि विवाद गर्ने? भगवान बुद्ध को मुर्ति त्यसरी राख्दा सबै नेपालि को मुटु दुख्छ. त्यो सिडिओ बेकुफ लाई अलि अलि कारबाई गर्नु पर्र्यो. भगवान को मुर्ति कसरि राख्ने भन्ने पनि थाहा छैन?

    Reply
  46. देबराज says:
    July 30, 2013 at 4:32 pm

    हाम्रो सरकारनै अन्धो जस्तो लाग्छ. यसो सबै को सल्लाह लिन पर्थ्यो, त्यति झन्झट गर्ने बुद्दी नै आएन होला पक्कै पनि. बिरोध गर्ने लाइ बुद्ध हिन्दुका पनि एक अवतार हुन् भनेर बुझाउन सकिन्थ्यो होला, त्यति धेरै मिल्दैन्मिलने कुरा पनि हो जस्तो लागेन .
    बेकार कसैले उस्कायो यो स्थानीय प्रसासन लाई. अनि हस्तक्षेप!
    मुर्ति सरासर राख्न दिए कसैले केहि गर्दैनथ्यो, बरु तिनारुलाई सरकारले तह लौन पर्थ्यो!
    बहुसंख्यक ले यस्तो भूमिका खेले अल्पसंख्यक हरुले असुरक्षा को महसुस गर्नेनै भए.

    आखिरमा एउटा मात्र बाकीं भएको यो सद्भाबको शुत्र पनि फेल गरेर जातीय धार्मिक दवन्दको केन्द्र बनाउने भए नेपाललाई
    बन्द, हड्ताल तोडफोड र क्षति नबेहोरिकन सरकारका आँखा खुल्दैनन, अनि अरुहरु चाहिं दायित्व बाहिरको भन्दै कानमा तेलहालेर बस्छन. येस्ता विवादहरु समयमै सुल्झाए त हुनेहो, खै… अल्पबुद्धि भएका हामी नेपाली कठै !!!!!!!!

    Reply
  47. rubi says:
    July 30, 2013 at 4:15 pm

    भारतमा यहाँ भन्दा पनि बढी र ठुला ठुला बुद्धका मूर्ति र बिहारहरु छन् जसको कारण बिदेशीहरु बुद्ध भारतमा जन्मेका हुन् भन्यो भने सजिलै पत्याउछन, तर बुद्ध नेपालमा जन्मेका हुन् भनेर हामीले के नै गर्यौ र यौटा मूर्ति राख्न पनि यत्ति गाह्रो , सामाजिक संजालहरुमा मात्र बुद्ध नेपालमा जन्मेको हुन् भनेर कराउनुको के मतलब , बुद्धको आफ्नै जन्मभूमिमा यस्तो अपमान !!!!!!!!!

    Reply
  48. anil says:
    July 30, 2013 at 3:59 pm

    बुद्ध को मुर्ति राख्न दिनु पर्छ प्रसासन ले . यदि यस्तो नगरियाको खण्ड मा पछि यो राजनीतिक झमेला मा पर्न सक्छ . तसर्थ यो समस्या को समाधान को लागि हाम्रै देश मा जन्मनु भयको बुद्ध को मुर्ति त्यस ठाउं मा राख्न प्रसासन ले रोक लाउनु हुन्दैन.

    Reply
  49. पुष्प says:
    July 30, 2013 at 3:47 pm

    मन्दिरै बनाउने भन्ने योजना भइसकेको अवस्थामा कुनै भौतिक संरचना बनाउन पाइँदैन भन्नु पूर्वाग्रहबाहेक अरु केही होइन । संरक्षित क्षेत्रलाई असर नपुग्नेगरी मूर्ति राखे भइहाल्यो नि ! अनि शान्तिका दूत बुद्धका अनुयायीहरूको बन्द-जाम गर्ने के चाला हो यो ? कि सम्बन्धित ठाउँमा जाने, कि अदालतमा मुद्दा हाल्ने पो त !

    Reply
  50. kedar says:
    July 30, 2013 at 3:27 pm

    बुद्ध हामी हिन्दु र नेपालीका पनी आस्थाका केन्द्र हुन्, इगो राखेर एकले अर्कालाई निषेध गर्नु भन्दा म संग अधिकार र शक्ति छ भन्ने मात्र हैन ज्ञान र सुझबुझ पनि छ भन्ने देखाउन सक्नु नै असल प्रशासनको असल गुण हो /

    Reply
  51. BRaj Bhandari says:
    July 30, 2013 at 3:22 pm

    धर्मको नाममा विवाद गरेर यो हिन्दु बुदिस्टहरु लाई लडाउने अनि अरु धर्म प्रचार गर्ने नीयत ले एस्तो भयको हो / कोहि धर्म परिबर्तन गरेर कुनी के के बन्छन / अनि एक दिन नेपाल मन्दिर गुम्बा को देश नभयर अरु नै चिज को देश बन्छ / कोहि खाडी मा गयर पैसा को लोभ मा धर्म परिपर्तन गर्ने / एक दिन हामीले किताब पदनु पर्ने हुन्छा / कुनै समय नेपाल हिन्दु राज्य थियो / जहाँ बुद्द्ध जन्मीयाका थिय / तर हाल ……………./ नेपाल भनेको सबै को साजा फुलबारी हो / गुरु प्रसाद मैनाली को छिमेकी कथा जस्तो / गुमाने घर्ति बिरामी हुदा तामाग ले हेरचार गर्नु पर्छ / नेवार दाजुको भोजमा छात्री कान्छा जानु पर्छ / सुम्निमा र परुहंग पुजा सबै ले गर्नु पर्छ / राई, गुरुङ, मगर, शर्पा, थारु , थिमाल , राजबंसी, मिथिला , भोजपुरी, आदि सबै मिलर नेपाल बनेको छ / हामी सबै मिलेर नेपाल बनाउनु पर्छ / भाई भाई मानेर मिल्नु पर्छ / तर नेताहरुको राजनीतिमा लगेर देशमा बीगारने मति लिनु हुन्न / सबलाई चेतना भया /

    Reply
  52. राजकुमार says:
    July 30, 2013 at 3:20 pm

    तपाइले ब्लग मा भनेजस्तो खुरुक्क सोहि ठाउमा मुर्ति को स्थापना गर्नु पर्छ र पछी मन्दिर बनाए पनि उक्त मुर्ति लाइ म्यचिंग हुने गरि निर्माण गर्नु पर्छ | हिन्दु बौद्ध धर्म बीच धार्मिक सहिस्नुता बनि रहोस भन्ने हामी सबैको चाहना हो | येस्मा अनाबश्यक विवाद सिर्जना गर्नु भनेको नेपाली कर्मचारीतन्त्र को तलेबानी मानसिकता हो | तुरन्त यो विवाद सुल्झाउन सबै सरोकार वाला ले पहल गर्नु जरुरि छ |

    Reply
  53. Pushpendra Khadka says:
    July 30, 2013 at 3:19 pm

    खुरुक्क मुर्ति राख्न अनुमति दिनु पर्यो | पछि बिहार बनाए पनि मन्दिर बनाए पनि मिलाएर बनाए भै गयो नि |
    संरक्षित वन मा मुर्ति राख्न नहुने रे ? तर संरक्षित वनभित्र भएको संरक्षित जंगली जनावर सिमापारि पुग्दा मुखमा बुजो हालेर बस्ने यो कस्तो प्रसासन?

    Reply
  54. bibek dhakal says:
    July 30, 2013 at 3:18 pm

    काँक्रेविहारमा त्यो मुर्ति स्थापना गर्न नदिनु नै मुख्य समस्या को जड रहेछ ! सायद गरेको भए पनि त्यहाको स्थानीयबासीले पक्कै बिरोध गर्दैन थिए होला – त्यो अयोध्याको बाबरी मस्जिद काण्ड जस्तो पक्कै हुन्दैन थियो! किनकि, हाम्रो देशमा हिन्दु र बुद्ध धर्म बीच सताब्दियों देखि को सहिष्नूता छ … स्वयम्भु र बौद्धनाथ परिसरमा हिन्दु मन्दिर हरु छन् ;
    यो सहिष्नूता खल्बलियो भने चाही देश सकियो! तुरुन्त सो मुर्ति त्यहाँ स्थापना गरेर सरकारले धार्मिक निरपेक्षता को प्रत्याभूति दिनु पर्यो र धार्मिक सदभाव कायम राख्न भूमिका खेल्नुपर्यो !!

    Reply
  55. Ngwang says:
    July 30, 2013 at 3:12 pm

    धार्मिक सहिष्णुता र सामजिक सद्भभावको नाममा राज्यले जति नै भिबेद गरे पनि हामीले २४० बर्ष सम्म सहेरै बस्यौ सहनेको पनि हद हुन्छ, अब हामि सहने वाला छैनौ हाम्रो सहने बानीकै कारणले राज्यले हाम्रो आस्थाको केन्द्रबिन्दु भगवान बुद्धको मुर्ति उखेलेर रददीको टोकरीमा मिल्कायो यो भन्दा अन्याय के हुन् सक्छ ? अब कफन बाधेर प्रतिरोधको विकल्प छैन
    तैपनि हामि संयम छौ यदि जिससको या मोह्माद्को मुर्ति त्यसो गरेको भए देशमा आगो लाग्थ्यो हामि अझै बिबेकशील छौ यदि समयमै खिलाराज सरकारले सहि निकास निकाल्न सकेन भने हामि आन्दोलनको आधिबेहरी सिर्जना गर्ने छौ

    Reply
  56. सुमित says:
    July 30, 2013 at 3:05 pm

    पक्कै पनि यो विवाद स्थानीय स्तर बाट मात्र आएको छैन, यसमा भित्रि स्वार्थी पक्ष हरु को ठुलो हात हुन सक्छ ! देश भित्र मा लाइ भिडाएर स्वार्थ बटुल्ने हरु को कुकृत्य पनि हो यो ! त्यहा कि केहि पनि नबनाउ बरु संग्रालय बनाऊ वा हिन्दु र बौद्द दुवै को चाहना बुझेर दुबैलाई स्वीकार्य हुने गरि संरचना बनाऊ !

    यस्तो बिबाद लाइ राजनीति नगरियोस र धार्मिक बिबाद को रुप मा ठुलो मुद्दा पनि नबनोस ! छिटो समस्या को समाधान होस् !

    Reply
  57. द्रोण says:
    July 30, 2013 at 3:04 pm

    अयोध्यामा मा कहिले राम मन्दिर फेरी बाबर ले मन्दिर भत्काएर मस्जिद , फेरी सिब सेना ले मस्जिद भत्काएर मन्दिर गर्दै हिन्दु मुसलमान को इज्जत को लडाई मा परिबर्तन भयो त्यो , नेपाल मा त् त्यो समस्या थिएँन जस्तो लाग्छ , पशुपति मा पनि बुद्द छन् , देबीको मन्दिर , गणेस को मन्दिर मा पनि बुद्द देखिन्छन फेरी यो धार्मिक कटुता लेउने खालको काम कसले गर्दैछ ? साबधान !!

    भारत मुखी सरकार ,प्रसासन बाट साबधान हुनु जरुरि छ , शक्तिको दुरुपयोग गर्दै नेपालि नेपालि लडाउने मनसाय होकी ?

    Reply
  58. स्वयम्भु सौरभ says:
    July 30, 2013 at 2:38 pm

    यस प्रकारको घटना गनतन्त्र वा लोकतन्त्र प्राप्ति अगाडी भए ‘कट्टर हिन्दूवादी’हरुको चुकरी बाट भन्न सकिन्थ्यो . अहिले मुलुक secular (धर्म-निरपेक्ष) भै सकेको अवस्थामा के भन्नु ?…त्यसो त , एक हिन्दुवादी पार्टीले , नेपालमा हाल पनि ८०-९०% हिन्दू छन भनी जनता लाइ उल्लू बनाई नै रहेको छ…यो घटनाले निकास नपाउनुमा कतै यही पार्टीको चलखेल त होइन भन्ने शंका गर्ने ठाउं पनि प्रशस्तै छ…यिनीहरुले ‘विदेशी धर्म’ प्रचारकहरुले उक्साहट भनि आफू चोखो देखाउन पनि संभव छ…जेहोस, यदी वर्तमान मन्त्री परिषदको अध्यक्ष , सही अर्थमा न्यायमूर्ति नै हो भने , आन्दोलित जनताको मौलिक अधिकारको सम्मान गरी आफ्नो योग्यता साबित गर्न ढिलो गर्नु भएन.

    Reply
  59. Mahesh Mahaseth says:
    July 30, 2013 at 2:31 pm

    यो हिन्दुबादी हरुको संकीर्ण सोचाई ले गर्दा यस्तो समस्या भएको हो/ हिन्दु हरु अहिले पनि नेपाल हिन्दु राष्ट्र नै हो भनेर दाबि गर्न छोडेको छैन/ जबसम्म हिन्दुहरुको अहम रही रहनछ तब सम्म नेपाल मा कहिले पनि धर्म समान हुन्दैन/ नेपाल हिन्दुहरुको मात्रै पेवा होइन, अब यो देशमा सबै धर्मको मानिस हरु बस्न सक्छ/ जोसुकैले जेसुकै धर्म मानोस हिन्दुहरुले टाउको दुखौना जरुरि छैन/ नेपाल सबै को हो/ यो देशमा सबै मान्छे बस्न पाउछ/ यो हिन्दु प्रसाशकले मुर्ति राख्न पाउदैना भनेर कुन कानुनले दियो? के हिन्दुहरुको मन्दिर र मुर्तिहरु मात्रै बनाउन र राख्न पाउछ?

    Reply
  60. sudip says:
    July 30, 2013 at 2:06 pm

    गौरबको कुरो हो नि बुद्ध भनेको त – किन एस्तो लापर्बाई गरेको होला /

    Reply
  61. Karunakar Nepali says:
    July 30, 2013 at 1:56 pm

    यो हुनै नपर्ने र ज्यादै अनावश्यक विवाद हो. यसमा धेरै बाह्य चलखेल हुन सक्छ. यसलाई राजनीतिकरण गर्नुको सट्टा एउटा समाधान खोजि हाल्नु राम्रो हुन्छ. बुद्ध र शिव दुवै हाम्रा हुन्. विदेशी धर्म प्रचार गर्नेहरुको फुटाऊ र शासन गर भन्ने कुटील चालमा नपरी मिल्नुमा नै हामि सबैको कल्याण छ. भवतु सव्व मङ्गलम.

    Reply
  62. Narayan says:
    July 30, 2013 at 1:55 pm

    बिश्वमा केहि समय अघि सम्म एक मात्र हिन्दु राष्ट्रको रुपमा चिनिएको र शान्तिका दुत भगवान बुद्ध जन्मिएको देश जहाँ सदियौं देखि हिन्दु र बौद्ध मार्गी हरु एकै ठाउमा पुजा अर्चना गर्दै आइ रहेका छन् / स्वम्भु नाथ कै परिसरमा हेरौन, त्यो बुद्ध को गौरबमय परिसरमा सजिलै कसरि हिन्दु मन्दिर समेटिएको छ र हामी (हिन्दु तथा बौद्ध) कसरि सहजै त्यहाँ नतमस्तक हुन्छौ / प्राय मन्दिर हरुमा पनि येसैगरि बुद्ध को मुर्तिलाई उच्च सम्मान दिएर राखेको पाउन सकिन्छ / सदियौं देखि स्वीकार गरिएको कुरामा किन हाम्रा समाजका बुज्रुक भनौदा हरुले उपहास गर्न खोजिरहेका छन् अथवा कसको उक्साहटमा यो विवाद बढ्दै छ बुझ्न जरुरि छ / त्यहाँ हिन्दु तथा बौद्ध दुबैको समान उपस्थिति राम्रो होला / अब प्रतिस्पधा कसले कति राम्रो गर्न सक्छ त्यसमा हुनु पर्छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme