न्युरोड। हुनत ‘ओल्ड’ भइसक्यो। तैपनि नामैलेमात्र भए नि ‘न्यु’रोड। काठमाडौँको मुख्य ठाउँमध्ये एक। यहीँ छ पिपलबोट। फेसबुक र ट्विटर नहुँदा उहिलेका मानिस आफ्नो कुरा राख्न र अरुको कुरा सुन्न आउने ठाउँ। अर्थात् त्यतिबेलाको ‘सोसल नेटवर्किङ’ गर्ने ठाउँ। त्यही पिपलबोटलाई पिठ्ँयुतिर पारेर अनुहार न्युरोडको सडकतिर पारेर उभिँदा एउटा गल्ली देखिन्छ फसिकेवको- जसलाई रञ्जना गल्ली पनि भनिन्छ। त्यही गल्लीबाट छिरेपछि नाकैमा ठोक्किन आइपुग्थ्यो एक जमानाको प्रख्यात रञ्जना सिनेमा हल। अब त त्यो इतिहास भइसक्यो। अहिले त त्यहाँको गल्लीमा उभिएर हेर्ने हो टोपी खस्ने अग्लो अत्याधुनिक भवन बनिसकेको छ- रञ्जना ट्रेड सेन्टर।
औपचारिक रुपमा खुला भइसकेको छैन। तर बाहिरबाट हेर्दा लगभग तयार भइसकेको छ। झण्डै छ रोपनी जग्गामा तीन अर्ब रुपियाँको लागतमा यो भवन बनाइएको हो।
एउटा लहर आएको हो काठमाडौँमा अग्ला भवनमा सपिङ मल बनाउने। कतिको चल्छ, बजारले धान्छ कि धान्दैन कसैले हेरेको देखिएन। त्यही भएर अहिले धमाधम संकटमा पर्दैछन्। नयाँ खुलेको सुन्धाराको सिभिल ट्रेड सेन्टरको के कुरा, त्रिपुरेश्वरको पुरानो युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, सुन्धाराको सिभिल मलकै सबै सटर बुक भइसकेका छैनन्। सपिङ मलमा व्यापार घट्दै गएपछि पुराना व्यवसायीले सटर छोड्ने क्रम बढेको छ। आकर्षण घट्दै गएपछि यस्ता भवनको निर्माणमा कर्जा प्रवाह गरेर सहयोगी भूमिका निर्वाह गरेका बैँकको लगानी जोखिममा पर्ने खतरा बढेको छ। पुतलिसडकको स्टार मल त औपचारिक रुपमा उद्घाटनै नभई ऋण लगानी गर्ने बैँकले लिलामै गर्न खोजे। त्यहाँको मल्टिप्लेक्स लगायतका अनेक सुविधा अझै बन्न बाँकी नै छ।
रञ्जना ट्रेड सेन्टरले पनि सुरुमा त एकै दिनमा सबै क्षेत्रफल बुकिङ भयो भनेर हल्ला गर्यो। तर त्यो गलत रहेछ भन्ने त पछि बन्दै गरेको भवनमा ‘भाडामा’ भनेर ब्यानर झुण्ड्याएबाटै थाहा भइगो।
‘जनसेवा’ कै पथमा
यो फोटो काठमाडौँको पहिलो हल जनसेवाको थियो। खै कुन्नि के विवादमा हो आगो लगाइएपछि यो हल जलेर ध्वस्त भयो। त्यो ठाउँमा अहिले काठमाडौँको पहिलो सपिङ मल (त्यतिबेला मल हैन सुपर मार्केट भन्ने चलन थियो) विशाल बजारको भवन छ। तैपनि त्यहीँ नजिकै रहेको प्रहरी चौकीलाई ‘जनसेवा’ कै नामबाट चिनिन्छ।
‘जनसेवा’ जलेपछि रन्जनाले मनोरञ्जनको बिँडो थामेको थियो। तर समय अनुसार चल्न नसक्दा यसले पनि ‘जनसेवा’ कै बाटो लिएको छ। जसरी जनसेवाको ठाउँमा विशाल बजार ठडिएको छ, त्यसैगरी रन्जना पनि इतिहासमा सीमित भएर त्यसको ठाउँमा ट्रेड सेन्टर ठडिएको छ। अरु हलको पनि ताल त्यस्तै हो- पाटनको अशोक हल पार्टी प्यालेसमा परिणत भएको छ, जमलको विश्वज्योति हलमा नयाँ भवन बन्दैछ र मल्टिप्लेक्स जोडिँदैछ।
रन्जनाको सम्झना
नयाँ पुस्तालाई धनुष अभिनित बलिउडको ‘राँझना’मात्र थाहा होला, तर काठमाडौँका पुराना बासिन्दाले रन्जनालाई चाहेर पनि भुल्न सक्दैनन्। उनीहरुको धेरै याद त्यसमा जोडिएका छन्। अहो, कसले भुल्न सक्ला लाइनमा बसेको केही समयमा नै मान्छे नदेखिने प्वालमा हात छिराएर टिकट किन्नुपर्न ठाउँबाट टिकट सकियो भनेर झ्याल बन्द गरेको। अनि ब्ल्याकमा टिकट किन्नुपर्ने। १० गुणा बढीसम्म पैसा तिर्न राजी हुन्थे मानिस। टिकट पनि अहिलेको मल्टिप्लेक्समा जस्तो कहाँ सिट छानेर किन्न पाइन्थ्यो र! फिल्म सकिएपछि त्यही फिल्मका गीतको ‘लिरिक्स’ सारेर किताबै निकालेर बेच्ने बाजे पनि हुन्थे।
रन्जना हल सञ्चालन गर्ने बालकृष्ण श्रेष्ठका छोरा पनि यसलाई भूल्न सक्दैनन्। उनी स्वीकार्छन्, “साँच्चै बेच्नै त हुन्न थियो, हामीले यसको गौरवलाई कायमै राख्नुपर्थ्यो”। काठमाडौँ पोस्टमा तीन वर्षअघि उनको सम्झना छापिएको थियो-
नेपालको पहिलो सिनेमा हल जनसेवा सुरु भइसकेपछि सन् १९५६ मा पिता बालकृष्ण श्रेष्ठले नयाँ सिनेमा हल खोल्ने निर्णय गर्नुभयो। आठ लाखभन्दा बढी लगानी गर्नुभएको थियो उहाँले त्यतिबेला। हल बनाउने सपना पूरा गर्न उहाँले इन्द्रचोकका दुई वटा घर बेच्नुपरेको थियो। खासगरी बनाउन, डिजाइन गर्न नेपाली जनशक्ति नहुँदा र सामान नेपालमा नपाइने हुनाले निकै पैसा लागेको थियो। डिजाइनर र अरु सामान भारतबाट ल्याउनु परेको थियो।
हाम्रो हल छिट्टै नै लोकप्रिय भयो, भिड लाग्न थाल्यो। हलमा थर्ड क्लासको २५ पैसादेखि बाल्कोनीको साढे दुई रुपियाँसम्म टिकट शुल्क थियो। हाम्रो हलमा पहिलो पटक हिन्दी फिल्म भाइभाइ लगाइएको थियो। निकै राम्रोसँग चल्यो यो फिल्म।
जनसेवा हल जलेर बन्द भएपछि हाम्रो हलमा राजपरिवारदेखि सर्वसाधारणसम्म आउन थाले। तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र युवावस्थामा साह्रै फिल्म हेर्न रुचाउँथे। उनीहरु रातभर फिल्म हेरेर बिताउँथे र बिहान बल्ल घर फर्कन्थे। राजपरिवार सर्वसाधारणसँग बसेर भने फिल्म हेर्दैन थिए। नियमित शो सकिएपछि उनीहरु छुट्टै कोठामा बसेर फिल्म हेर्थे। महेन्द्र नियमित दर्शक थिए। फिल्म हेर्दै गर्दा उनी रक्सी, विशेषगरी ह्वाइट हर्स लिन्थे र साथीहरु र परिवारका सदस्यसँग गफिन्थे। महेन्द्र र उनको परिवार आउँदा सुरक्षा कडा पारिन्थ्यो। म सम्झन्छटु कहिलेकाहीँ त हामीलाई सिनेमा हलको प्रोजेक्टर रुममा नै बस्न बाध्य पारिन्थ्यो। दरबारमै सिनेमा स्क्रिन नबनाउँदासम्म उनीहरु रन्जनामा आउँथे।
मलाई फिल्ममा खासै रुचि छैन बरु पुस्तक र खेलमा छ। पछि म पाइलट कोर्स गर्न विदेश गएँ। म पहिलो नेपाली फिल्म सत्य हरिश्चन्द्र हाम्रो हलमा लागेको अझै सम्झन्छु।
मेरो परिवारको लागि सिनेमा हल पैसा छाप्ने मेसिन जस्तै भयो। अचम्मैसित छोटै समयको अन्तरालमा सबै लगानी उठ्यो। यद्यपि हल चलाउन जोखिम पनि थियो। ब्ल्याक टिकट नदिए हल सञ्चालकहरुलाई ठगहरुले धम्क्याउँथे। मेरा काका हरिकृष्णलाई एक पटक उनीहरुको माग पूरा नगरेकोले छुरा हानिएको थियो। एउटा समय त्यस्तो पनि थियो जब ब्ल्याक टिकट बेच्नेले सिनेमा हल सञ्चालकले भन्दा बढी पैसा कमाउँथे। मलाई याद छ एक जना त्यस्तै व्यक्तिले न्युरोडमा ठूलो भवन बनाएको थियो र धेरै जग्गा किनेको थियो।
अहिले त म रञ्जना हलका पूराना कुरा मात्रै सम्झने प्रयास गर्दैछु। हाम्रो सिनेमा हलमा सपिङ कम्प्लेक्स बनेको छ। जब म रञ्जना गल्ली (हल बनेपछि राखिएको नाम) पुग्छु, देशका पुराना सिनेमा हलमध्ये एक सम्झेर नरमाइलो लाग्छ। पाँच रोपनी छ आनाको जग्गा बेचियो। त्यहाँ बहुतल्ले भवन र पार्किङ कम्पलेक्स बन्दैछ।
मेरा पिताले आफ्ना छोराहरुले यो व्यापार धान्दैनन् र बेच्छन् भन्ने कुरा कहिल्यै कल्पनासमेत गर्नुभएन होला। हाम्रा नातेदार र रञ्जना गल्लीका स्थानीय बासिन्दाहरु पनि हामीले जग्गा बेचेकोमा खुसी छैनन्। मेरा नातेदारहरु मलाई गुनासो गर्ने गर्छन्, तिम्रा नातिहरुले बाजेले गाह्रो गरी कमाएको सम्पतिमाथि अन्याय गरे। म जवाफ दिन सक्दिनँ। साँच्चै, बेच्नु त नहुने हो। हामीले रन्जनाको गौरवलाई कायमै राख्नुपर्थ्यो। (साभारः काठमान्डु पोस्ट)
[रञ्जना हलसित जोडिएका तपाईँका पनि कुनै अनुभव छन् भने तल कमेन्टमा लेख्नुस् है। साथै, रञ्जना हलको फोटो खोजेको कतै भेटिएन। कसैसित रहेछ भने बाँड्नुस् है]
जीवन को पहिलो फिल्म रन्जना हाल मा हेरको थिया नाम चै याद छैन करिब २५ वर्ष अगाडी को कुरा होला /
मैले saino र किङ्ग कोङ्ग फिल्म येही हलमा हेरेको थियो………….
मलाई पनि याद छ २०५० साल तिर पहिलो पटक मैले भानुजयन्ती को दिनमा “विजयपथ” हेरेको तेही पनि स्कूलको कार्यक्रम छोडेर / सारै रमाइलो लागेको थियो / त्यहाँ भित्रको मन्दिर अनि नाग आउछ भन्ने साथीहरुको कुरा हुन्थ्यो अनि बाटो छेउ को सोडा सार्है याद आउछ… रन्जना हलको केहि याद बाकी राखेको भए हुन्थ्यो… तर पैसा देखेपछि तीन नेत्र देखे छन् बजिया हरुले…
सच्चाई नै आज धेरै दिन पछि मेरो बालक पन र जवानी को याद दिलायो यो ब्लग ले खिचापोखरी बाट आउदा त्यहाँ ३ वोटा पुरानो घरमा पुस्तक पसल थ्यो जहाँ आहिले लुगपसल छ खै कति लेखौ?
२०३७ साल तिर काठमाडौँ घुम्न जाँदा कस्मे वादे हेरे को याद छ . Thank you
म रन्जना हल मा बिहान को शो हेरेर दिउसोको शो बिश्वोज्योती मा हेर्न पुगेको छु . बिहान रंजनामा “आदर्श नारी” भन्ने मूवी हेरेको अनि दिउसो बिश्वोज्योती मा फिल्म “एक दुजेके लिए” भन्ने movie हेरेको त घर पुग्दा दुबैको कहानी mix भएर खुब गारो भएको थियो. मैले दुवै हल मा एक रुपिया को टिकट काटेर हेरेको थिए. हाम्रो खाजामा हल्ल्भित्रै बेच्ने समान पर्थे तर हल भित्रै ल्याउने र जोडले कराएर बेच्ने COKE र FANTA खान खुब रहर लाग्थ्यो तर कहिले पनि पैसा हुदैनथ्यो.
Suman
त्यति बेला मा नक्सालमा बस्थें| नक्साल देखि हिडेर जय नेपाल विश्व ज्योति हल हरु पार गरेर माहा बौद्ध तिरबाट गल्लि गल्लि हुदै शनिबारको आधि दरको morning show को third class ticket लिएर रन्जनामा फिल्म हेरिन्थ्यो फिल्म हेरिसके पछि घर फर्कन आएकै बाटो जान नसक्ने म कति चोटी हराएको छु|
मनांगे ले ९५ करोड दिए पछि किन न बेच्नु. सबै जना दाजु भाइ , काका भतिज सबै ले करोडोउ करोड बाटे. एक जना स्वर्गिये बहिनि को परिवार बाहेक. अहिले बेच्नै न हुने भनेर स्वाङ्ग गर्छ.
मलाइ रन्जना भन्दा पनि रन्जना को RC म म: र तेस्को झोल अचार सम्झिदा अझै मुख मा पानि आउछ. अनि त्यो गल्लि को ठ्यास पारेर गिलास मा आइस संग कागती निचरे को सोडा. आह ! अब त कथा मात्रै हो.
मेरो पहिलो फिल्म Rocky , के घर के डेरा.
टिकट किन्न प्वाल बाट हात छिरायाको र बाहिर निकाल्दा हात भरि घाउ भयको
म म पसल
सोडा पसल
२०५० साल तिर होला शायद यकिन छैन / लोभीपापी चलचित्र हेर्न बिहान ७ बजे देखि लाइन बसेर टिकटको झ्याल सम्म पुग्न थोरै बाकी हुदा हाउसफुल को बोर्ड लगाई दिन्थे टिकेट मास्टर हरु / म्यतिनी शो भ्यैएन अनि फेरि लाइन बसियो पहिलो शो को लागि बिहानै गको भोकले आखा देख्न छोड्यो यसो पसलमा गएरखाजा खाएर आउदा लाइन ले चार भंज्याग कति सकेको हुन्थ्यो /फेरि पनि टिकेट पाउने आशामा लाइन बसियो /छैन टिकेट फेरि सोहि ताल /अनि खाजा खान छोडेर लाइन नछोडिकन दाया बाया नलागिकन तिर्खा लागोस कि भोक लागोस चर्को घाम लाइन बसियो टिकटको झ्याल मा पुगे पछि टिकेट सकियो जबकि मा जम्मा १० जना मान्छे पछाडी थिए /त्यति खेर पुलिस ले नियम नै बनाएको थियोकि एक जना मान्छेले २ वटा टिकेट भन्दा बढी किन्न नपाउने २० वटा टिकेट बिक्ने बित्तिक्कै कसरि हाउसफुल भयो भनेर टिकेट बिक्रेता संग विवाद हुन् लाग्यो / साथी हरुले भित्र बाट पुलिस बोलाइ सकेका रहेछन आयो पुलिस अनि थाल्यो कट्बासको लौरोले गाउ घरको कोदो कुटेको जसरी लाठी घुमेर कुट्न / भेटियो १ लौरो पाखुरामा र भिड तितर बितर भयो टिकेट छैन / फेरि त्यहि ठाउँ बाट लाइन बसेर स्पेसल को टिकेट किन्न गको मान्छे बल्कोनि को टिकेट किन्नु परेर रति ११ बजे रन्जना हल् देखि सिनामंगल सम्म पैदल हिडेर घर पुगेको छु / कहिले कहिँ आफैलाई सम्झेर हासो उठ्छ यादब खरेलको कृति अनि मह जोडीको अभिनय भने पछि कति सम्म जिद्धि बाज रहेछु भनेर / त्यस पछि नेपाली फिल्म हरु त्यति राम्रो बन्न पनि छाड्यो अनि यति धेरै पागल नबन्न पनि कोशिस गरे /
जनसेवा हलको बारेमा मैले मेरो बुबा बाट आज भन्दा धरै वर्ष अगाडी सुनेको थिय ! हाल साहु को परिवार लाई पैसा को धरै घमण्ड भयको थियो रे ! यकजना खर्पनमा तरकारी बेचने जयापू लाई हल साहु को छोरी को के कारण ले हो बेसरी कुट्न लगायको थियो रे ! यहि कारण ले मान्छेहरु ले रीसको झोकमा हलनै जलाई दियको थियो रे ! सत्य के हो भगवान जानुन !!!!!
रन्जना मा सब भन्दा पहिले दारासिंग को सिनेमा हेरेको थिए यहि करीब १९७० तिर ,त्यो बेला ४थ क्लास पनि थियो १० पैसा बिना ब्लाक को पर्थ्यो अनि धीरज हीरो भएको सिनेमा अनि त लगातार धेरै हेरिओ कहिले नभुल्ने त्यो पानि को ताल हाल भित्र त्यसमा बाहिरको टोइलेट को मलमुत्र मिसिएको दुर्गन्ध ….. त्यहि पनि माथि च्याप्लांग चुप्लुंग गर्दै सिट खोजेको ….पर्दा भन्दा करीब १ मीटर टाढा यसरि बाल्यकाल मा सिनेमा हेरे बित्यो.. .मैले करीब १९७४ (अंग्रेजी साल) मा हिन्दि सिनेमा अजनबी हेरेको थिए (राजेश खन्न र जीनत अमान अभिनीत)…. यो अन्यन्तै सम्झना योग्य भयो किनकि मा पहिलो चोटी एक युवती संग हाल मा गएर सिनेमा हेरेको थिए ……र आज तिनै युवती मेरी श्रीमती हुन् त्यसैले हामी दुबैलाई रन्जना को बिसेष महत्व राख्छ ……त्यसपछि त अनि आर सी म.म. अनि अलिक अगाडी सोडा..ओह्ह्ह्ह्ह्ह्ह्ह्ह याद हरु त थुप्रै छन् जो त्यति बेलाको मेरा साथि हरु संग सिफल बात हिडेर night show हेरन गएको अनि आउँदा भुत प्रेत को डर ले दौडेको आदि इत्यादि .अब अहिले रन्जना ह़ल को त्यो एड्वेंचर नपाउने भैयो धुखा लाग्यो./
बिशाल बजारमा रहेको जनसेवा हलको फोटो निकै राम्रो लग्यो | मैले रंजनामा दीवाना र कयामत से कयामत तक हेरेको थिए |
२०५३ सालमा बाजिगर फिल्म हेर्न गएको अझै झल्झली आउञ्छ . सबै कुरा त भन्न मिल्दैन , तेतिखेर मा भर्खर १९/२० बर्सको थिय : मेरो मन पर्ने साथि थिन , तर …………
२०३३ साल तिर पहिलो पटक बुवा आमा संग हिन्दि फिल्म “दो कलिया” रन्जना हल मा हेर्न गएको अहिले सम्म पनि याद छ | त्यो बेला मा ६ वर्ष को थिए फिल्म र हल खुब राम्रो लागेको थियो | त्यसपछी पनि समय समय मा थुप्रै फिल्महरु हेरे | अहिले बन्द भयो भनेको सुन्दा सारै नरमाइलो लाग्यो | ट्रेड सेन्टर बनाएको पनि ठिकै हो त्यसको माथिल्लो तलामा रन्जना सिनेमा हल राखेमा सुनमा सुगन्ध हुने थियो कि…
रन्जना हल म,प्राया नेपाली सिनेमा हेर्न जान्थ्यो। पिन्जाडा,आगो,साथई धेरै सिनेमा हेरियो।मानाश-पट्ल म आजै पनि याद छ।
ओहो कस्तो दुखको कुरा रन्जना हल बन्द भयेछ. रन्जना मा सिनेमा हेर्न जाँदा पहिलो चोटी कोल्ड coffee खाको अनि पबन जी को पसल मा सेकुवा र गोल्फुकी खाएर सिनेमा सुरु हुनु भन्दा अगि को समय अगि को cassettte (चकका) पसल मा window शोप्पिंग गरेर. सिनेमा सुरु हुनु भन्दा अगाडी सिनेमा हल भित्रै कुमारी थान थियो तेहा दर्सन गरेर सिनेमा हेरेको हिजो जस्तो लाग्छ. हल बन्द भएको मा दुख लाग्यो
मैले रंजनामा सबैँन्दा पहिले हेरेको सिनेमा थियो – ‘बण्डलबाज’ ! – राजेश खन्नाको रमाईलो हिन्दी फिल्म ! त्यसपछि ‘उलझन’ , ‘सलाखें’…..
हे हे ….यो सबै कमेन्ट मा dislike garne chai ko raicha ??? रन्जना गल्लि को बारे मा आरु त थाहा भएन तर सोडा चै दामी लाग्थ्यो त्यो गल्लि को
रन्जना हल मा मेरो सम्बन्ध र अनुभव छ किनभने मेरो घर रन्जना बाट पांच minute मा पर्छ , येहाँ धेरै फिल्म हेरियो. साथै सानो छंदा मोटर साइकल को पांग्रा(नेवारी मा घचा) चलाएर साथि भाई हरुसंग घुम्ने र कुन फिल्म को पोस्टर लागेको छ भनेर हेर्ने destination नै त्येही हल हुन्थ्यो| मलाई मेरो सानो हुँदाको रंजनामा फिल्म हेरेको सानो अनुभव सुनौना चाहन्छु,हामि तिन दाजुभाई मा माइलो, दाजुले एउटा 3rd क्लास को ticket लिनुहुन्थ्यो र हामि दुइ भाइलाई काख मा राखेर फिल्म देखाउनु हुन्थ्यो |कुरा ४२/४३ तिरको होला एकदिन ticket checker ले म अलि ठुलो भयो भनेर मलाई एउतै टिकेट मा छिर्न दिएन र म एक्लै रुँदै घर फर्केको याद मलाई अहिले सम्म आउञ्छ|
जे गणेश
राकेश लिस्बोन
रन्जना हल अब इतिहास को पानामा सिमित भएको छ, तेसका यादहरु ले मलाई पनि बेला बेलामा मेरो प्रेमलाई सम्झाउछ ……….जहाँ गएर मैले र सानुले फिल्म हेर्दै प्रेमको जालो बुन्ने गर्थेउ …………जे होस् कर्मबिर का बेकामी सन्तान ले एस्लाई बेचेछन, भुत बंगला बनेको खण्डहर मा येति राम्रो ट्रेड सेन्टर बनेछ खुसि लाग्यो……….अब माथिल्लो तलामा सिनेमा हल राखे म र मेरी सानुले सिनेमा हेरेर पुरानो याद लाई ताजा गराउने मौका मिल्ला कि भन्ने आशा लिएको छु …………रन्जना ट्रेड सेन्टर बनाउने को जय होस्……………
धेरै फिल्म हेरेको छु रन्जना मा , ब्लैक मा किनेर पनि हेरियो, सुरु मा हेरेको कुसुमे रुमाल हो , अन्तिम फिल्म रन्जना मा हेरेको बाजिगर हो, हाल बन्द भयो भन्दा दुक्ख लायो
पहिलो पटक २०४३ सालमा “ईनाम दश हजार ” भन्ने हिन्दी फिल्म हेरेको थिए । पछिल्लो समयमा हल कहिले बन्द भयो थाहा नै पाईएन ।
रन्जना मा कर्मयोगी भन्ने फिल्म हेरेको ,लास्ट मा हिरो मोरेपछी आखा बाट आसु खसेको सम्झना छ | आगाडी को पसलमा चाट निकै पपुलर थ्यो |
बालकृष्ण साहुको भाइ हरिकृष्णज्यू नेपाल्भासाका एक कवि हुनु हुन्छ. आफ्नो मात्री भाषामा कविता लेखेको ‘अपराध’मा उनीलाई पनि अन्य कविहरु संगै जेल भएको थियो (२००१-२००३). पछि उहाँ प्रजा परिषद संग आवद्ध हुनु भो … करिब ३७ वर्ष अगाडी ‘योमरी पूर्णिमा’ को साँझ , यही ‘रन्जना’ हलको परिसरमा उहाँको परिवारले हाम्रो असनको ‘ज्ञानमाला’ भजन समूह लाई भक्ति संगीत प्रस्तुत गर्न आमन्त्रित गर्नु भएको थियो. यो कार्यक्रम लाइ सबैले अति नै सराहना गरेको याद छ.
रन्जना मेरो पहिलो फिल्म अनुभव थियो | २०४५ सालको कुरा हो, म सानै थिएँ, ८-९ वर्षको | पहाडबाट भर्खरै काठमाडौँ आएको वर्ष | तेत्तिन्जेल फिल्म भनेको थाहा पनि थिएन | स-परिवार गएका थियौं | फिल्म थियो – ‘दोस्ती’ | सारै राम्रो लाग्यो | फिल्म सुरु हुनु अघि राष्ट्रिय गान बज्थ्यो, सबै जना आफ्नो सिटबाट उठेर राष्ट्रप्रति श्रद्धा चढाउथे | त्यो क्रम हरेक पटक फिल्म सुरु हुनु अघि चल्थ्यो | अहिले त्यो चलन पनि हराएर गयो |
I don’t know about the ranjana hall and the rajanagali but looking at the present trends it is not the worth investment in mall in KTM. Probably investor have done the research before investment, but more than 70% of population of KTM are below medium class and we cannot afford the international brand product on our income level.
मैले यो हल मा बि.सम. २०४८/४९ तिर वा अगाडी नै हो कि , दीवाना (सहरुख खान को पहिलो फिल्म) भन्ने फिल्म म र मेरो भाई भएर १५ पटक जति हेरियो होला / रु. २ को ticket ले हामी दुवै जना जानथेम, तेहा धेरै फिल्म हेरियो , निक्कै सम्झना आउछ /
बले
मैले पहिलो पटक नेपाली फिल्म आदर्श नारी हेरेको थिएँ जसमा विजय लामा र अन्शुमाला शाही ले अभिनय गर्नु भएको थियो, त्यो बेलाको टिकट चार पाँच रुपैया मात्र जस्तो लाग्छ / हुन पनि अति नै ब्ल्याक हुन्थ्यो टिकट , प्वालमा टिकट हुन्दैनथ्यो , ब्ल्याकहरु संग भने मुठा मुठा हुन्थ्यो /
धन कमाउने कल्पना मा भब्य महल बनाएर लिलामी हुनुभन्दा त बरु तेती नै लगानी गरेर विकासोन्मुख देश मा एशो उद्योग धन्दा खोल्यो भने बरु जनता पनि रोजगार हुनी देश को पनि उन्नति प्रगति हुनी पो हुन्थ्यो कि.
सानोमा जब म ६,७ बर्सको हुदा रंजनामा खुब हेर्न गइन्थियो, खिचापोखरीमा बसेको बेला/ “जीवनरेखा” त कति हेरियो कति / कहिले बाजे बजै संग, कहिले आमा बा संग, कहिले काका काकी, कहिले को संग / तर टिकेट पाउन सारै गारो /
I used to read in grade 3, when I had watched Sharukh Khan ‘Bazigarr’ movie, I’d gone with some neighbor, I had stood up to watch the movie.
I used to watch movies in a cinema hall that was at a place where ‘China Town’ exists currently.
” भाई फुटे अरुले फाइदा लुते ” भन्ने उखान रन्जना हल का साहु दाजु भाई का कथा बाट प्रमाणित हुन्छ / आफु पनि गर्न नसक्ने अनि अरु ले महल बनाय पछि कुरा काटेर पनि हुदैन / दाजु भाई मिल्न नसक्दा झन्डै १० बर्ष जति रन्जना हल भुत बंगला बनेको थियो / तेस्तो अमोल सम्पति तेसै बर्बाद भयको थियो / तर अब राम्रो भयो /
मलाई पनि यो रन्जना सिनेमा हल को सारै याद आउछ. सानो मा school को छुट्टी भए पछि तेहा गएर हिन्दि फिल्म हेर्ने गरिन्थियो. यो लेख को लागि लेखक लै धन्यवाद.
जमानामा मैले पनि रंजनामा धेरै फिल्म हेर्यको थिये, त्यो पनि ब्लाकमा किनेर , अझै रन्जनाको आगाडी पुरानो म.म पसल को याद पनि छ;