Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारमा मुख्य सचिवको कमेन्ट

Posted on July 26, 2013July 26, 2013 by Salokya

lmpoudyal_20120805101113 सन् २००५ मा ब्लगिङ थालेयता आफूले लेखेको ब्लगको विषयमा चासो देखाएर उच्च सरकारी अधिकारीले फोन गरेको मात्र नभई सम्बन्धित ब्लगमा कमेन्ट समेत गरेको पहिलो संयोग बेलबारी बर्बरता कान्डमा परेको छ। मुख्य सचिव लीलामणि पौड्यालले आज बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ? शीर्षकको ब्लगमा कमेन्ट गर्दै मूलधारे मिडियामा यो खबर आउनुअगाडि नै माइसंसारमा ब्लग पोस्ट गरेकै दिन कारबाहीका लागि प्रहरी प्रमुख र मोरङका निमित्त प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको स्पष्ट पारेका छन्। सोही दिन फोनमा कुरा गर्दा उनले ‘यत्रो घटना भएको छ, कुनै मिडियाले केही दिइरहेका छैनन् त’ भन्दै आश्चर्य जनाएका थिए। त्यसको भोलिपल्ट बल्ल मूलधारे मिडियामा यसको खबर आएको थियो। मुख्य सचिवको कमेन्ट यस्तो छ-

मुख्य सचिवको कमेन्ट

सालोक्य जी,

कान्तिपुरमा समाचार आउनुभन्दा अगाडि अर्थात् समाचार तपाईँले पोस्ट गरेकै दिन मैले पढेर प्रहरी प्रमुख र मोरङका नि. प्रजिअलाई समाचार पढ्न र वास्तविकता तुरुन्तै मलाई खबर गर्न भनेको थिएँ। प्रहरीमा आएर दुबैले मिलापत्र गरेको जानकारी प्रजिअले दिएपछि मैले पीडित महिला त्रास र दबाबमा भएको सहजै अनुमान लगाएँ। सुनसरीमा भएको पुनर्स्थापन केन्द्रमा पीडितलाई राख्ने व्यवस्था गर्न र समाचारलाई आधार बनाएर पीडकलाई कारबाही गर्न प्रहरी प्रमुख र प्रजिअलाई आग्रह गरेपछि उनीहरुले पीडितले जाहेरी दिन नचाहेकोले पीडकलाई कारबाही गर्न अनुहार चिनिने फोटो पाए सजिलो हुने भनेपछि मैले पत्रकार अनिल गिरी,रवीन्द्र मिश्र हुँदै गुणराज लुइँटेलबाट तपाइँको फोन लिएर घटना र दोषीलाई कारबाही गर्न मैले गरेको प्रयास र प्रमाणका लागि तपाइँको सहयोग मागेको थिएँ। सुरुमा तपाईँले स्रोतले नाम उल्लेख गर्न नमानेको बताउनु भए पनि अनुहार देखिने भिडियो पठाएपछि तपाइँलाई सोधेर मैले प्रहरी प्रमुखलाई त्यो फरवार्ड गरेको थिएँ। प्रहरी प्रमुखले मिलापत्र गराउने प्रहरीलाई तुरुन्तै जिम्मेवारीबाट हटाएको र दोषीलाई कारबाही अगाडि बढाएको जानकारी मलाई दिनुभएको थियो। यति कारबाही तपाइँको खबरका आधारमा भएको हो। तपाइँको र मेरो दुई पटक झन्डै आधा घण्टा लामो यसै विषयको फोन वार्ता र भिडियो आदानप्रदान तथा कारबाहीको प्रक्रिया कान्तिपुरमा समाचार बन्नु पूर्व नै थालिएको थियो भन्ने तथ्य जानकारी दिन चाहन्छु।

मुख्य सचिव पौड्याल आफै नतातिएका भए यति छिट्टै यो राष्ट्रिय मुद्दा बन्न र कारबाही प्रक्रियामा अघि जान सक्दैन थियो। कतिपय यस्ता घटना यत्तिकै गुपचुपमा हराएका होलान्।

यो घटनामा तत्काल कारबाहीका लागि अग्रसरता देखाएकोमा मुख्य सचिव पौड्याललाई धेरै धेरै धन्यवाद। मूलधारका मिडिया मात्र नभई ब्लग जस्ता सामाजिक सञ्जालले उठाएका विषयहरु पनि महत्त्वपूर्ण हुन्छन् भन्ने नजिर यसबाट बस्न गएको छ। यसले सामाजिक सञ्जाललाई जिम्मेवार र उत्तरदायी बन्न पनि प्रेरित गर्नेछ।

[यो घटनामा मुख्य सचिवको अग्रसरतालाई तपाईँले कसरी लिनुभएको छ ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला]

70 thoughts on “माइसंसारमा मुख्य सचिवको कमेन्ट”

  1. Pingback: बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न « Mysansar
  2. Yam Sharma says:
    July 30, 2013 at 12:49 pm

    Thanks very much to chief Secretary and Salok ji. I shallot your hard work . I hope such type of crime should come out and those who r involved in crime they must be punished, whether they r from higher level .
    I hope our chief Secretary will give high priority to suffering people.

    Reply
  3. Indra K. Maharjan says:
    July 29, 2013 at 4:24 pm

    यो लिलामणी सरको सह्रानिय काम हो । सबै ठाउँमा यसरी नै गर्न सकेको भए देश कहाँबाट कहाँ पुगी सक्थ्यो होला तर ………

    Reply
  4. Limbu HarataraH says:
    July 28, 2013 at 2:40 pm

    लु, बल्ल थाहा भो कोहि यस्ता व्यक्तित्व सालोक्य संगै ‘कर्मचारी सचिवको ठोस काम’/ सलाम छ सम्बन्धित सबैलाई/ सयौं माथिका कमेन्ट बाटै प्रस्ट छ कि कामको सह्राना मनबाट कतिसम्म हुन्छ भनेर न कि शब्द चयनबाट! यो प्रस्ट छ लाइक मात्र हेरे पनि/ होपिंग टु हिअर मोर पोजिटिभस्..

    Reply
  5. Tekendra Adhikari says:
    July 27, 2013 at 2:16 pm

    बेलबारी बर्बरता जस्तै माईसंसारमा आउने नागरिक सरोकारका अन्य विषयमा पनि मुख्य सचिवज्यूले यसरी नै ध्यान दिनुहोला भन्ने अपेक्षा छ । उहाँको सक्रियताले यो घटनाका दोषीहरूको पहिचान र तिनीहरूलाई कानुनी कार्वाहीमा सहयोग पुगेको छ । त्यसैले उच्च सरकारी अधिकारीको यो सक्रियतालाई मनैदेखि साधुवाद भन्न चाहन्छु । साथै, माइसंसार ब्लग मात्र नभएर नागरिक सरोकारप्रति सम्वेदनशील एवं जिम्मेवार सञ्चारमाध्यमका रूपमा स्थापित हुँदै गएकोमा खुसी लागेको छ । आगामी दिनमा पनि यो क्रम निरन्तर जारी रहोस् । धन्यवाद ।

    Reply
  6. Dhruba Maharjan says:
    July 27, 2013 at 1:37 am

    यति धेरै प्रसंसा पाएका सरकारी कर्मचारी कमै होलान. मुख्य सचिब्ज्यु लै धेरै धेरै धन्य बाद. तपाईले जस्तै सबै कर्मचारी ले सामान्य रुपमै काम गरेको खण्ड मा नेपाल को प्रशाशन बिकसित देशको जस्तै हुनेछ. तपाई बाट सबै नेता, राजनीतिक पार्टी, कार्यकर्ता, मन्त्रि, उच्च ओहदाका कर्मचारी तथा तल्लो तहका कर्मचारीहरु, स्कूलका गुरुहरु, गैर सरकारी संस्था हरु सबैले सिक्नु जरुरि छ. यस्तै उदाहरण हरु देखाउदै जानुस तपाई लाइ नेपाली जनता ले एक दिन पक्कै पनि जन अनुमोदन गर्नेछ. बिबिसी ले गरेको साझा सवाल कार्यक्रम मा पनि उहाले राम्रो संग छलफल मा सहभागी हुनुभएको मैले अनलाइन हेरेको छु.

    सालोक्य जी लाइ धन्य बाद दिन पटक्कै कन्जुस्याई गरेको होइन. उहाँ त झन् प्रशंसा को पात्र हुनु हुन्छ. यसरी नै सरकार र पत्रकारिता को बीच सम्बन्ध हुनु पर्छ. त्यहि कारणले त मा पनि एक माइ संसार को नियमित पाठक रहदै आएको छु.

    Reply
  7. madan bajracharya says:
    July 27, 2013 at 12:54 am

    के नियत बस व्यक्ति, समाज र रास्ट्र प्रति “अपराध” गर्ने व्यक्ति बा समुह सिट मिलापत्र गर्न नदिने कुराको ब्यबस्था देसभरि नै कडा सिट ब्यबस्था गर्न मुख्यसचिव र सर्वोच्च अदालतको ध्यान आकर्षण गर्न सकियला?

    Reply
  8. अनुराधा पौडेल , फ्रान्स says:
    July 27, 2013 at 12:51 am

    सालोक्य जी तपाइको प्रयासको जतिसह्राना गरेपनि पुग्दैन । त्यहि माथि मुख्य सचिबले लिनुभएको इनिसेसन उति नै प्रसँसनिय छ । दुवैलाई धन्यवाद । अझ अर्को धन्यवाद जानेर या नजानेर यो भिडीयो खिच्ने मानिसलाई छ । हुन त मैले यो भिडीयो रीसइबीले खिचिएको भन्ने पनि बुझेँ । यि सबै कुरा छाडौँ सबेभन्दा महत्वपूर्ण कुरा हो अरु माथि हात उठाउने, हात हाल्ने, कालो मुसो दल्ने, अपमानजनक शब्दहरु बोल्ने कुराहरु कुनैपनि कुराले सहि हो भनि पुष्टि गर्न सकिँदैन । बुझिराखौँ यूरोपमा कसैले कसैलाई हात हाल्न पाउँदैन । हात हाल्यो कि जस्तो सुकै होस हात हाल्नेकै गल्ती हुन्छ र त्यो सकिन्छ । त्यसैले कानून हातमा लिएर जसले उक्सायो जो उक्सियो ति सबलाई जेलको हावा खुवाउनै पर्छ ।

    Reply
  9. Prakash PM says:
    July 27, 2013 at 12:14 am

    अहिले त यी जनजातिहरुले आलाफ्नो समान अधिकार मात्र माग्दा त यी ठुला जाति भनाउदा हरु तर्सिन्छन र आतिराखेका छन् भने , यी सानार जान जाति अनि पिल्सिएका नेपालीहरु ले पनि अरुलाई दाशी बनाउने ,शोषण गर्ने र अत्याचार गर्ने बिचार लिएर आयो भने ति ठुला जाति भनाउदाहरु ले के गर्ने ???? तसर्थ होशियार !!!! समय मै यो आफु ठूलो हुनु को दम्भ छोडेर सबै समान छम भन्ने स्विकार….

    Reply
  10. deepakjung says:
    July 27, 2013 at 12:03 am

    Salokya and Lilamani ji,

    It looks simple work for your job but in our Nepalese society this is a powerful massage to establish social justice.

    Great job! Keep up.
    Thanks

    Reply
  11. Hari Prasad Lamichhane-Saudi says:
    July 26, 2013 at 10:27 pm

    सरकारी मान्छे ले यसरि इन्टरनेटमा आएको समाचार पढ्नु र त्यसमाथि काम पनि गर्नु , यो त अचम्म लाग्दो र खुसि को कुरा हो |

    Reply
  12. SURENDRA ADHIKARI says:
    July 26, 2013 at 10:19 pm

    धन्यवाद मुख्य सचिबजिलाई , खुसि लग्यो

    Reply
  13. Chetan Nepali says:
    July 26, 2013 at 10:10 pm

    मुख्य सचिब ज्युलाई अर्को अनुरोध,

    जसरि यहाले यो घटनालाई व्यक्तिगत रुपमा रुचि र प्राथमिकता दिएर कार्य गर्नु भयो त्यो धेरै प्रशंसनीय छ !

    त्यस्तै अन्य कार्य गर्न सक्ने यो भन्दा ठुलो मौका भएका बिशेष गरि त्रि बि इमिग्रेसन, भन्सार कार्यालय र मालपोत कार्यालयहरु लगायत थुप्रै सरकारी निकायहरुमा न्याय पूर्ण व्यवहार र गरीब र निम्न बर्गीय र कथित सानो भनि हेला गरिएका जातिका व्यक्तिहरुलाई बिशेष प्राथमिकताका साथ् सेवा प्रधान गर्ने प्रशासकीय ढाचा तयार गरि लागु गर्न सके भने मुलुकमा छाएको निराश जनतालाई केहि हौसला मिल्ने थियो कि ? त्यस्ता कार्यमा सालोक्य जी जस्ता स्वतन्त्र र निस्पक्ष पत्रकारहरुलाई संलग्न गरेमा अबस्य पनि नतिजा राम्रै आउला !!

    साथै त्यस्ता कार्य र प्रयाशले आजको समयमा माग भैरहेको जातिय संघियताको आवाजलाई पनि केहि हद सम्म सम्बोधन गर्ला जस्तो लाग्छ ! आगे हजुरको मर्जी !!!

    Reply
  14. dipak says:
    July 26, 2013 at 8:23 pm

    मुख्य सचिव लीलामणि पौडेल ले बेलबारी घटना का दोषी लाई कारबाही गर्न जुन सक्रियता देखाउनु भयो तेत्तिकै इमान्दारिता र सक्रियता प्रधान मन्त्रि , गृह मन्त्रि ,अर्थ मन्त्रि लगायत ५ जना मन्त्रि मात्र सक्रिय भैदियामा मुलुकले हरेक क्षेत्र मा फड्को मार्न सक्ने मा दुइ मत हुने छैन. |

    Reply
  15. Shreedhar says:
    July 26, 2013 at 7:10 pm

    सारै नै मन छुने कम भएको छ . सालोक्य जी अनि मुख्य सचिब जी लै मुरी मुरी धन्यवाद.
    एस घटना लाई हाम्रा राजनीति कर्मी हरू ले फाइदा उठौलन तेस्मा हामी सबै ले होसियार हुन जरुरि छ. उनि हरू ले फेरि जातियेता को कुरा उठाएर समाज भाड्ने कोसिस नगरून.

    Reply
  16. Chetan Nepali says:
    July 26, 2013 at 7:02 pm

    कम से कम कोहि त रहेछ राज्यमा निस्पक्ष भन्ने बुझियो ! तर भोलि कुनै राजनैतिक वा जातिय/नातावाद प्रभावले चाहि यो न्याय दिने प्रक्रियामा बाधा नपुगोस भन्ने चेतावनी मुख्य सचिव ज्युलाई ! बाकि त हेर्न बाकि नै छ !

    बधाई छ उमेश जी लै यस शु-कर्ममा सफलताको लागि !

    Reply
  17. rajendra k.c. says:
    July 26, 2013 at 6:12 pm

    वर्तमान मुख्य सचिव, लिलामणि पौडेल निस्कलंक, दृढ बिस्वाशी, लोभ लालच बाट मुक्त र सारा नेपाली ले गर्ब गर्ने लायक का प्रशासक हुन्, उनीले धेरै बेथिति लाई हटाउने प्रयास गरेका थिए र गरि रहेका पनि छन् . उनलाई सहयोग र समर्थन गरौ .

    उनि जस्ता प्रसासक सबै सचिव हरु हुने हो भने, आजको १० वर्ष bhitra मा नेपालको स्तर कम्तिमा थाईल्याण्ड सरह हुनेछ .

    Reply
  18. Shrestha18 says:
    July 26, 2013 at 6:08 pm

    These shoking criminals committed serious crimes previously and now at this time. The wanted to rape the innocent lady. The criminal’s father was also a raper and criminal. They cpould easily rape her, kill he and throw her into the forest/cliff/river if she did not go to the Police on time. She saved her life thingking on time and doing on time by seeking help from the Police.
    The Police has no right to negotiate or forgive such crimilnals. Just their job is to investigate, arrest immediately and take to the Court.

    Hang them who committed crimes includign father who raped the 13 year girl, and his sons all who commited crimes (capital punishment) and show that the Nepali Society and its citizens are better, safer and intelligent without such criminals. We do not need such criminal/rapists/thugs in our excellent Nepalese society.
    The Policeman Giri was trying to hide the crimal case and cover-up everything. That measn Giri is a the master of criminals.
    What does he means that the lady;s clothes were little-bit up, not teared off ?. Giri should be jailed for many years. At least 10 years for such criminal activities.

    Reply
  19. Shakher says:
    July 26, 2013 at 6:00 pm

    मुख्य सचिब्ज्यु को सक्रियता को लागि धन्यवाद एबम खुसि को कुरा हो. येति भ्रस्ट प्रसासनिक क्षेत्र मा उहाको काम सराहनीय छ. भबिस्य मा पनि राम्रो काम हुदै जवस भन्ने शुव्हाकमाना सहित

    Reply
  20. Ashish Lohorung says:
    July 26, 2013 at 5:48 pm

    नया नेपालको सुरुवात को वासना को अनुभव गरे मैले

    Reply
  21. सुभाष लामिछाने says:
    July 26, 2013 at 4:28 pm

    मेहनती पत्रकार अनि चुस्त प्रशासकको संगमले गर्दा यस्तो जघन्य घटना कार्पेटमुनि लुक्नबाट बचेन मात्र, ती आततायी पीडकहरुमाथि कारवाहीको बाटो पनि खुल्यो | मुल्धारे अखबारहरुमा नआउने कति मुद्दाहरु होलान् , सालोक्यजीबाट यसैगरी पाठकहरु अनि उच्च ओहोदाका प्रशासक अनि नेतागणको ध्यान आकृष्ट गर्ने काम भैरहोस् !!

    Reply
  22. ganesh says:
    July 26, 2013 at 3:25 pm

    नेपाल मा आज सम्म पनि जात को नाम मा र महिला भएकै कारण ले जति पनि यो संकीर्ण कुविचार र घिनलाग्दा कम हरु भै रहेका छन् एसको लागि राज्य बाट नै बिसेस कानुन को ब्यबस्ता र अपराधी लाई धेरै भन्दा धेरै सजाय को ब्यबस्ता नहुन्जेल एस्तो घटना भै नै रहन्छ
    यो घटना लाई मुख्य सचिब ले जुन तरिका ले हेरिदिनु भो येसरी नै हरेक क्षेत्र बाट एस्तो पहल भए यो देस बाट इ अपराधी हरु निर्मुल हुने थिए !!

    Reply
  23. kishan gulmeli says:
    July 26, 2013 at 2:09 pm

    एक अबला नारी र दलित समुदायमाथि भएको अमानविय क्रुर घटनाको छानबिन हुनु मा मुख्य सचिव ज्यु र उमेश जी को धेरै ठुलो हात छ यो देशमा मिलेर काम गर्ने हो भने नँया नेपाल को अवस्य निर्माण गर्न सकिन्छ भन्ने जोलन्त उदाहरण हो यो|

    Reply
    1. सुशिल कुमार -भैरहवा says:
      July 26, 2013 at 3:19 pm

      श्रीमान मुख्य सचिव ज्यू
      नमस्कार

      मुख्य सचिव ज्यू अनि उमेश जी बाट भएको पहलको शब्दमा तारिफ हुन् सक्दैन ! यो घटनामा सचिव ज्यू को भूमिकाले आम नागरीकको हाम्रो प्रशासन प्रति मरेको आशामा प्राण पनि थपेको छ कोहि त अझै ‘दलको रापमा गालिन बाँकी आफ्नै आकारमा रहेछ भनेर’ ! अन्यायमा परेका माथि न्याय गर्नु जति आवश्यक छ उनलाई न्याय दिंदा निर्दोष लाइ अन्यायमा नपार्न त्यति नै जरुरी पनि ! मलाइ यी बिभिन्न अडियो अनि भिडियो हेर्दा के लाग्यो भने यो घटनामा भेटवाल र दलित महिला भन्दा बढी ति पत्रकार र प्रहरी (जसले घटनाको मर्मको वास्ता नगरी मिलापत्र गराए ) जिम्मेवार छन् ! यो भीडका केहि महिला अत्यन्त उत्तेजित देखिन्छन जो सायद परिस्थित बस अनि केहि आडम्बर दुबैको समिश्रण पनि होला ! समग्रमा सचिव ज्यू मलाइ लाग्दैन यो घटना त्यति सजिलो र फितलो अनुसन्धानले टुंगिएला जस्तो ! यो घटनामा हामि सबै बिशेष गरी उनि दलित महिला भएकोले बढी नै इमोशनल त भयौ र यो प्रक्रिया यहाँ सम्म पुग्यो तर अडियो-भिडियोका क्लिपहरु माथि गहन गर्दा यसको सबैभन्दा ठुलो शिकार वा पिडित त ति दलित पत्रकार बन्धु र ति भेटवाल परिवार पो हुन् कि जस्तो पनि लग्यो ! आफु माथि त्यस्तो घटना भएकी महिला घटना प्रति त्यति एकाग्र नदेखिनुले पनि यो घटनामा केहि कडी जोडिएका छन् जस्तो देखिन्छ ! लिलामणि सर लाइ मेरो अनुरोध के हो भने सर कै निर्देशनमा यो घटनाका पीडितले न्याय पाउने प्रक्रिया शुरु भयो तर मिडिया र कमेन्ट अनि घटनाको अडियो भिडियो क्लिप बिचमा केहि खालि ठाउँ देखिन्छ त्यसैले आवश्यक अनुसन्धानमा स्थानीय स्तर बाट भन्दा हेड क्वाटरको टोलि खटाउँदा बढी प्रभावकारी हुने थियो कि ? यस्ता घटनामा अहिलेको राजनीतिक दल र पत्रकार हरुको निकै ठुलो दवाब र चलखेल हुने प्राय निश्चित हुन्छ अनि स्थानीय स्तरको अनुसन्धान टोलि हुँदा उनीहरुको प्रभाव अनुसन्धान कर्ता माथि बढी हुन्छ ! मैले अहिले सम्म यस घटनाका सबै समाचार र अधिकांश कमेन्ट पढेर आफुलाई लागेको कुरा राखेको हुँ, म अहिले पनि ति समाजका मानिस दोषी मान्छु किनकी उनीहरुले ति महिला (दलित हुनु नहुनुले मलाइ फरक पार्दैन किनकी उनि मानिस हुन त्यो नै काफी छ मेरो लागि ) माथि दानवीय ब्यबहार गरे तर मुख्य मुद्दामा मैले अहिले पनि दोषी छुट्याउन सकेको छैन ! यो कमेन्ट कुनै पक्षको हितमा भए जस्तो लाग्छ भने अहिले यो लेख्दा सम्म म ति दुवै पिडित अनि पीडक पक्ष भन्दा धेरै टाढा छु र उनीहरुलाई कुनै कोण बाट पनि चिनेको छैन ! यो केवल मेरो अनुभवको आफ्नो बिचार हो ! तर यसले पत्रकार र पत्रकारिता प्रति पनि अब ढिलो नगरी एउटा ठुलो छलफल गरी निर्णयमा पुग्ने बेला भएको छर्लंग पारेको छ !

      Reply
  24. Dr. Keshav Raj Adhikari (PhD) says:
    July 26, 2013 at 1:57 pm

    मुख्य सचीव अथवा प्रधान मन्त्रि कार्यालय अन्तर्गत एस्तो खालको कुराहरुमा सिधै कारबाही वा रेपोर्ट गर्ने एउटा अह्धिकारीक अंग यो नेपाल सरकारको हुनु पर्छ, हाललाई मेरो भन्नु येत्ति नै हो…धन्यवाद !

    Reply
  25. हिमाल says:
    July 26, 2013 at 1:41 pm

    लिलामणि पौडेल मुख्य सचिब बन्ने बेला अ.जा. सु. भनेर समाचार आए तर आहिले आएर वहाले लिएका स्पस्ट अडानले कुरा काट्ने हरुको मुखमा बुझो लागेको छ /

    Reply
  26. Ganesh25 says:
    July 26, 2013 at 1:40 pm

    The lady did the right thing to go to the Police and report on time.
    Otherwise, the criminals may had raped her, kill her and through her into the jungles/river/cliff.
    The criminals are real threat to the Siciety and committed serious crimes not just tihis time, who wanted to rape the innocent lady.
    The criminal’s father was also a raper and criminal and whould be hanged.

    Hang them who committed such crimes including father who raped the 13 year girl, and his sons all who commited crimes (capital punishment) and show that the Nepali Society and its citizens are better, safer and intelligent without such criminals. We do not need such criminals in our society.

    Reply
  27. Rameshwar says:
    July 26, 2013 at 1:05 pm

    सालोक्य जी र मुख्य सचिब दुबै धन्यबाद का पात्र हुनुहुन्छ साथै कलमको तथा चौथो अंगको शक्तिको महसुस गराउन सक्नु सलोक्याजीको समाज प्रतिको योगदानको रुपमा मैले बजेको छु

    Reply
  28. Gautam Manandhar says:
    July 26, 2013 at 12:05 pm

    Congratulations for being able to draw the attention of Chief Sec. of Nepal. I would say your on line media is the one who could make this big incident an issue otherwise the local media, police and local authority have been influenced by so called Thalus of that area.

    Salutes to our Chief Secretary for his watchful eyes in all the corners of the country.

    Reply
  29. laxman gamnage says:
    July 26, 2013 at 12:05 pm

    थोरै असल प्रसासकहरु मध्ये लिलामनिजी एक हुनुहुञ्छ / सालोक्याजी र लिलामनिजी दुवै आदर र धन्यबादका पात्र हुनुहुञ्छ /

    Reply
  30. soblal gir says:
    July 26, 2013 at 11:54 am

    सालोक्य
    जी
    र
    मुख्य
    सचिब ज्यु

    को
    काम
    सहार्निया छ
    /

    Reply
  31. Rewati says:
    July 26, 2013 at 11:40 am

    धन्यवाद ,सालोक्य जी र लिलामणि पौड्यालज्यूलाइ । जुनसुकै ब्यक्तिले आफ्नो कर्तब्य र जिम्मेवारी पुरा गर्न सिक्नुपर्दछ र आफ्नो कर्तब्य के हो भन्ने कुरा पनि बुझ्नु पर्दछ ।हाम्रो गाउ समाजमा घटेका घटनाहरुलाई जे जस्तो कारबाही गर्नुपर्ने हो कारबाही नभई माथिबाट आयको ठाडो आदेशको भरमा घटनालाई त्यसै गुपचुप राखिन्छ र दोषीलाई कारबाही गरिदैन । यसो नभई जसले गल्ति गर्छ तेस्लाई गल्ति अनुसारको कारबाही गरिने भए हाम्रो देशका यस्ता घटनाहरुलाई निर्मुल पर्न सकिन्थ्यो कि ?

    Reply
  32. Reejan says:
    July 26, 2013 at 11:20 am

    सालोक्य जी र मुख्य सचिव जी दुबैलाई धेरै धेरै धन्यबाद! यसै गरी मुख्य सचिवले अरु सचिव र निजामती कर्मचारीहरुलाई राम्रो काम गर्न प्रेरित गर्न सकुन…………शुभकामना/

    Reply
  33. Prem says:
    July 26, 2013 at 10:58 am

    सूचनाको संवाहक यस ब्लग अनि ब्लगरको चासो र अग्रसरतालाइ धन्यवाद ।।
    यस घटनालाइ महत्व दिएर इमान्दार र सच्चा राष्ट्रसेवकको रुपमा आफूले गर्नुर्पर्ने कर्तव्य निर्वाह गर्नु भएकाले उहांको कार्य प्रशंसनीय छ । यस घटनाको निष्पक्ष छानविन र दोषिलाइ कारवाही तथा पीडितलाइ न्याय दिलाउनमा उहांको यस्तै सहयोग रहोस ।।।
    इमान्दार र सच्चा राष्ट्रसेवकको रुपमा उहांको भूमिकाको सधै उच्च स्थान रहनेछ ।

    Reply
  34. Anup Baral says:
    July 26, 2013 at 10:53 am

    मुख्य सचिब लिला मणि पौडेल को अग्रसरता र सालोक्य जी को कार्य लाई हृदय देखि नै धन्यवाद
    हामी ले मुख्य सचिब ज्यु बाट अझ धेरै जनहीतका कार्यहरु को अपेक्षा गरेका छौ र सालोक्य जी ले येसरी नै अन्याय र अत्याचारमा परेका हरु को पिर मर्का बेथा लाई उजागर गर्दै जानु होला

    Reply
  35. nabin sinchuri says:
    July 26, 2013 at 10:38 am

    अझै पनि हामीसंग सालोक्यजी जस्ता पत्रकार अनि लीलामणि पौड्यालजी जस्ता प्रशासक हुनुहुन्छ | देश समाजमा भ्रस्ट-दुष्टहरुको जगजगी भएता पनि निसपट्ट अन्धकार लाइ चिर्न प्रयासरत इ महान व्यक्तिहरुमा नतमस्तक भएर सलाम गर्न चाहान्छु र तपाइंको कलम निरन्तर चलिरहोस ……! धन्यबाद सबैमा येक्यबद्धताकोलागी ….!!!

    Reply
  36. कुसुम ज्ञवाली says:
    July 26, 2013 at 10:28 am

    मुख्य सचिव ज्यू जस्तो मान्छेले जनताको पीडालाइ ध्यानमा राखेर “माथीको” अादेश मात्र सुन्न छोडेर ग्रास रूटको अावाज जुन जिउँदा पत्रकार साथीहरूको कमलबाट अाउँछ त्यस दमित स्वरलाइ सुन्न थाल्नु लाइ साँच्चै लोकतन्त्रको बाटोमा हामी अभिमुख भएर सुखद संयोगको रूपमा लिनुपर्छ । चेलीले न्याय पाउन्, पीडकहरूले फेरी यस्ता घृष्टता नगरून् ।

    Reply
  37. Jaya says:
    July 26, 2013 at 10:28 am

    यो धेरै सहरानिया कुरा हो . मुख्य सचिवज्यु यस्ता घटनाहरुमा सहभागी हुने हरेक भ्रस्ताहरुलाई यसरि नै कारवाही गर्ने निर्णय गरिदिनु होश. कसैले हामीलाई watch गरि रहेको ६ भन्ने डर सबै परोश. सालोक्य जी लाई पनि थुप प्रेरणा मिलोश! जय देश !!

    Reply
  38. Rabi says:
    July 26, 2013 at 10:08 am

    यो ठुलो कुरो होइन. माइ संसार मा यी सचिब भन्दा ठूला धेरै मान्छे ले कमेन्ट लेखेका छन् . कोहि अर्कै को नामबाट पनि लेख्छन .

    मुख्य सचिब भन्दा पनि मुख्य कुरो – सालोक्य जी को पत्रकारिता तारिफ योग्य छ .

    Reply
  39. narayan kshetri says:
    July 26, 2013 at 9:56 am

    सालोक्य जी, धेरै धेरै धन्यवाद ! येसैलाई भनिन्छ पत्रकार र पत्रकारिता keep it up .

    Reply
  40. chandra says:
    July 26, 2013 at 9:54 am

    मुख्य सचिब पौड्याललाइ पनि धेरै धेरै धन्यबाद! साँच्चै, भन्ने हो भने नेपालको सरकारी कर्मचारीले एउटा सामाजिक संजाल मा छापिएको खबरलाई ध्यान दिएर स्वत स्फुर्त पिडितलाइ न्याय दिलाउन प्रयास गरेको मेरो जिबनमा पहिलो हो यो! त्येसैले, मलाई कता कता धेरै खुसि लागेको छ! मेरो b4 मा, कर्मचारी “राष्ट्र सेवक” हुनु भनेको नै येही हो!

    यो अनुरोध अनि कामना छ पौड्याल ज्युलाइ कि, यो प्रयास सुरुवात होस् न कि इतिहास !!! अनि तपाई मातहत कर्मचारीहरुले पनि तपाईको पाइला लाइ पछ्याऊन !!!!

    Reply
  41. Thirmani says:
    July 26, 2013 at 9:19 am

    नेपालि आमाका सपुत र देस्भक्ति ६ओरा हरु अझे बाकि ६नभन्ने कुराको पुस्टि यो घटना को चासो ले देखाउ ६ तेसर्थमा बादी ६ सलोक्ये जी अनि मुख्य सचिब तपाई हरु लाइ .

    Reply
  42. द्रोण says:
    July 26, 2013 at 9:07 am

    मुख्य सचिब हुनु त् लिलामणि जस्तो , पत्रकार हुनु त् सालोक्य जस्तो , अनि कम्मेंटर हुनु त् म जस्तो |

    Reply
  43. santoshi Bagchand says:
    July 26, 2013 at 9:04 am

    बेलवारी मोरङ्ग जिल्लामा दलित महिलामाथि भएको कु – व्यवहारप्रति हाम्रा पत्रकार अग्रज भनौदा दाजुहरुलाई खासै समाचारको विषय नबनेको पाईयो । त्यसैले त राष्ट्रियमै आफुलाई चर्चित भनिरहने कान्तिपुर मिडिया लगायतका मिडियाहरुले ४ /५ दिनको वासि समाचारलाई छापिरहदा मिडिया पनि दलितको पक्षमा नरहेको स्पष्ट भयो,। आखिर किन नहोस् त, मिडियामा छाप्ने या नछाप्ने भन्ने स्थानमा दलित छैनन् । नेपालका मिडिया कहिले होलान् समावेशी हुने ?

    Reply
    1. Ram Sedhain says:
      July 26, 2013 at 4:08 pm

      दलितहरु मिलेर एउटा समाचार पत्र चलाउदा कसो होला ! पश्चिमा हरुले रकमको ब्यबस्था गरिहाल्छन !

      Reply
  44. Raj Pariyar says:
    July 26, 2013 at 8:59 am

    मुख्य सचिव ज्युको, अग्रसरता र आलोक्य ज्युको सहयोगले गर्दा आज बेलवारी मोरङ्गको घटना प्रकाशमा आएको छ । यसका लागि यहाहरुलाई सलाम छ । राष्ट्रिय मिडिया कान्तिपुरले त, सामाजीक संजालमा घटनाका बारेमा समाचारहरु छ्याप्छ्याप्ती प्रकाशित भईसकेको ४ /५ दिन पछि मात्र अति नै वासि समाचार प्रकाशित गरेको हो । यसर्थ : कान्तिपुर मिडिया पिडितको पक्षमा भन्दा पिडकको पक्षमा बोल्ने र समाचार संम्प्रेषण गर्ने कम्पनी लाग्यो ।

    Reply
  45. Sagar Sarma says:
    July 26, 2013 at 8:32 am

    Glad to know that our bureaucrats now are in the world wide web too. In pursuit of building a career in Nepal Government and serving the nation, (and some trying to materialize their positions by means of direct or indirect corruption), I have seen some of our bureaucrats asking their assistants to check their emails. But now, I see things are changing.. positively! And are “good beings” who are eager to help, when they can. Thanks Salokya ji, and Poudyal ji!

    Reply
  46. Bhakta Gurung Boston, USA says:
    July 26, 2013 at 8:30 am

    ” सलाम सलोक्यजी ! तपाईंको पत्रकारिताले रङ्ग ल्याउँदै छ !” तपाईंको खोजले राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा हलचल पैदा गर्न सफल भएको छ ! हामी हजुरको र सत्यको पक्षमा सदा उभिन्छौं !

    Reply
  47. bibek dhakal says:
    July 26, 2013 at 8:27 am

    मुख्य सचिवज्यू को अग्रसरतालाई निकै सकारात्मक रूपमा लिएको छु! अहिले ब्युरोक्रेसी प्रति जनता उदासिन भैरहेको बेला ब्युरोक्रेसीको प्रमुख व्यक्तिले आफ्नो तर्फबाट यतिको पहल गर्नु भनेको धेरै नै सराहनीय हो!
    सचिब ज्यु, सर्वसाधरणका अरु समस्याहरुको समाधानका लागि पनि यसरि नै कदम चाल्दै गर्दै जानुहोला! अग्रिम शुभकामना

    Reply
  48. Basanta Thapa,Maryland,USA says:
    July 26, 2013 at 8:27 am

    यो खुसि लाग्दो प्रयास र यसको परिणाम ले किन किन खुसीले आखा रसाउन पुगे \लाग्यो नेपाली आमाले सपुत पनि जन्माएकी रहेछिन \ ठुलो पद संगै ठुलो मन पनि रहेछ मुख्य सचिबज्यु संग यो देश ठिक बाटोमा तपाइहरु जस्तै सपुत बाट मात्र जानेछ \ उमेश जी (माइसंसार) ,यसका कमेन्टर र पाठक हरु को पनि ठुलो देन छ जुन आज प्रतेक नेपालीको घर परिबार र प्रदेशी नेपाली बीच छलफलको गम्भीर बिषय बनेको छ \ हर समस्या को समाधान र उपचार कानुन बाट मात्रै गर्ने सोच र ब्यबहार अनिबार्य बन्नु पर्छ जसले पीडक र पिडित लाइ सहि राहत दिनेछ र यस्ता अमानविय घटना दोहरिने छैनन् \ यसको लागि राज्य र नागरिक दुवै बुझकी र निस्पक्ष हुनु जरुरि छ \

    Reply
  49. Sam says:
    July 26, 2013 at 7:12 am

    पौड्याल ज्युलाई मुरी मुरी धन्यवाद

    Reply
  50. Tenzing Gaba says:
    July 26, 2013 at 6:49 am

    अझै पनि हामीसंग सालोक्यजी जस्ता पत्रकार अनि लीलामणि पौड्यालजी जस्ता प्रशासक हुनुहुन्छ | देश समाजमा भ्रस्ट-दुष्टहरुको जगजगी भएता पनि निसपट्ट अध्यारोमा चादीको घेरा silverlining देखाइदिनुहुने यी दुर्लभ मनुवाहरुलाई नतमस्तक भै प्रणाम टक्राए……जदौ !!!

    Reply
    1. Tenzing Gaba says:
      July 26, 2013 at 9:03 am

      यस्ता मुख्य सचिवलाई कार्यकाल पुरा हुने बित्तिकै अवकाश दिनु पर्छ अनि अख्तियार प्रमुख बनाइनु पर्छ भन्ने हाम्लाई लाईराछ

      Reply
  51. TDhakal says:
    July 26, 2013 at 6:10 am

    सालोक्य जी र मुख्य सचिव जी दुबैलाई हाम्रो सलाम/ यसै गरी मुख्य सचिवले अरु सचिव र निजामती कर्मचारीहरुलाई राम्रो काम गर्न प्रेरित गर्न सकुन…………हाम्रो शुभकामना/

    Reply
  52. Adwait Sharma says:
    July 26, 2013 at 5:42 am

    सालोक्य जी र मुख्य सचिव ज्यू दुवै लाई मेरो पनि धेरै धेरै धन्यवाद /

    Reply
  53. rajendrasubedi says:
    July 26, 2013 at 5:41 am

    तेती बेला लीलामणिलाई मुख्यसचिब बनाउन किन मरिहत्ते गरे भन्ने कुरा को सान्दर्भिकता पुस्टि भएको छ !

    Reply
  54. Dipak says:
    July 26, 2013 at 5:29 am

    सर्बप्रथम त सालोक्य सर लाइ धेरै धेरै धन्यबाद , त्यत्तिकै तुहिएर जाने घटना आज माइ संसार ब्लग ले गर्दा पिडित को पिडा विश्व भर को नेपालि हरु ले थाहा पाउने मौका पाए , मुख्य सचिब ज्यु ले पनि अग्रसरता नदेखेएको भए आज यो घटना त्यत्तिकै गुपचुप हुने थियो , आभारी छु हजुर हरु प्रति

    Reply
  55. cRIS says:
    July 26, 2013 at 5:15 am

    मुख्य सचिबको यो चुस्त प्रतिकारको एकदमै प्रशंसा गर्दछु| सरकार भनेको यसरी चलोस्| निष्पक्ष ढंगले यो घटनाले छानविन भै, कर्तुतकारहरुले उचित तर हदै सम्मको दण्ड पाओस| सबै मूलधारे मेडियालाई compulsory full कभरेज गर्न उर्दी पनि होस्| हाम्रा समाजलाई शीक्षा दिने यो एक case-study material हुनसक्छ| धन्यबाद सचिब ज्यु|

    keep it up, Salokya. Kudos to you. 🙂

    Reply
  56. Suman Gurung(UK) says:
    July 26, 2013 at 5:02 am

    पत्रकार हरु तेसै रास्ट्र को चौथो अंग भनिएका होइनन, येस्तै रास्ट्र लाइ गुण लगाउने काम गर्ने र आफ्नो परम कर्तब्य निभाउने काम गरेरै हो, सालोक्य जी लाइ धन्यवाद , येस्तै सबै पत्रकार ले गरे कस्तो हुन्थ्यो हाम्रो राष्ट्र , येहा त आफ्नो कलम र पावर को आढ़ मा स्वार्थी काम गर्ने धेरै छन्.

    Reply
  57. madan bajracharya says:
    July 26, 2013 at 4:54 am

    सालोक्यज्यु तपाइंको प्रयास बलोयो हुने त् दाङ्गको सिमाना मिचिन्दानै अनुभव गरेको थिय/ यो घटनाले तपाईं र तपाईं जस्तै पत्रकारको कलम साँच्चैनै अझै बलियो रहेको अनुभूति भयो/

    Reply
  58. बिषम नेपाली says:
    July 26, 2013 at 3:31 am

    सालोक्यजीलाई धेरै धेरै धन्यबाद । तपाईकै अग्रसरता मात्रले अरुको ध्यान आकर्षण भै कारबाही प्रकृया अगाडी बढेको छ।
    मुख्यसचिबज्यूको अग्रसरतालाई अत्यन्तै सकारात्मक रुपमा लिनु पर्छ भन्ने लाग्छ । तर हरेक साना साना कामको लागि पनि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिब हरुकै मुख ताक्ने परम्परालाई बदल्नु पर्छ । हरेकले आ-आफ्नो जिम्मेवारी पुरागर्नु पर्छ । मोरङका प्रहरी प्रमुख , प्र,जि,अ,जूहरुले पनि मुख्यसचिवको आदेशको मुखताकेर नबसेर कारबाहीको प्रकृया अगाडी बढाएको भए कतिराम्रो हुन्थ्यो होला । अथवा कारबाहीको प्रकृया तलबाटै आफ्नो जिम्मेवारी अनुसार नै अगाडि बढेको भए ।
    यसबाट के थाहा हुन्छ भनेः माथिको आदेश भएको वा नभएकोले यस्ता कति घटना कानूनी प्रकृयामै नआई गाएब भएका होलान !!

    Reply
    1. samrat~ says:
      July 26, 2013 at 6:00 am

      सर्ब प्रथम मुख्य सचिब को यो अग्रसरता एकदम सकारात्मक लाग्यो र उहा लाइ धेरै धेरै धन्येबाद. माथि विषम नेपाली जी ले भन्या जस्तै सधै भर तल को पुलिस निकाए ले उहा जस्तो माथिल्लो निकाए को मुख ताकेर कारबाई को पर्खाइ मा बस्ने बानि न परोस र यो एउटा नमुना को रुप मा सबै प्रसासन निकाए को ध्यान आकर्सन होला भन्ने आशा गरेका छम. किन कि उहा लाइ सिंगो देश को मुद्दा बिसये को जिम्मा बारी छ र एस्तो बिसये मा उहा लाइ पटक पटक अग्रसरता लिने साएद फुर्सत हुने पनि छैन होला.

      Reply
  59. MOHAN says:
    July 26, 2013 at 3:17 am

    वधाई छ शालोक्य जीलाई समसामयिक वस्तुपरक तथा यथार्थ समाचार लाई आफ्नो ब्लग मा समेट्नु भएकोमा. अनि मुख्य सचिव लिलामणि पौडेल ज्यु को यो अग्रसरता लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु. यहाँले यसरीनै अन्य अपराधिक गतिबिधि, भ्रस्टचार, अनियमितता तथा कालोबजारी हरुलाई पनि कारबाही गर्न तातिदिनु भयो भने देशवासीहरुले केहि राहत महशुस गर्ने थियो.

    Reply
  60. Sanjaya says:
    July 26, 2013 at 3:00 am

    मुख्य सचिव ज्यु र तपाईं सलोक्य जिको पहल को सराहना गर्दछु। तर यो त कानुन हात मा लिन सक्ने (कार्यन्वयन गर्ने जिल्लाका अधिकारिहरु) को जिम्मेवारी हैन र? आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्न नसक्ने अधिकारि लाई सचेत गरायी कार्वाही गर्ने कर्तब्य चाँही मुख्य सचिव ज्यु को होला जस्तो लाग्छ।

    Reply
  61. दीप says:
    July 26, 2013 at 2:59 am

    आज मेरो मन धेरै गद गद भयो किन भने देश को मुख्य सचिब ज्यु ले पनि माई संसार हेर्दो हुनु रहिछ र आफ्ना मन मा लागेका कुरा राख्नु हुदो रहिछ | २१ सौ सताब्दी मा संसार का बिकसित राष्ट्र का ठुला ब्यक्ति ले पनि फेसबुक, twitter र अरु सामाजिक संजाल बाट पनि जानकारी लिंचन र आफ्ना विचार सभ्य तरिका ले राखने गर्छन जुन काम हजुर मुख्य सचिब ज्यु बाट भयो तो सराहनीय छ र अरु सचिब ज्यु र नेता ज्यु बाट पनि येही काम को अनुसरण होस् भन्ने कामना छ |

    Reply
  62. Hari Bahadur डुकुलंथक says:
    July 26, 2013 at 2:59 am

    कमेन्ट भनेको त्यस्तै हो/
    चाडै नै दोषी माथि कारवाही भएको समाचार सुन्न पाउ/ सकिन्छ भने त्यो रत्न पार्क काण्डका खलनायकहरु लाइ पनि पहिचान गरेर कारबाही गरेको सुन्न पाउ /
    नत्र भने त्यै हो, काग कराउदै गर्छ, पिना सुक्दै गर्छ भनेको जस्तै हुनेछ /

    Reply
  63. Biraj Subedi, Fougeres, France. says:
    July 26, 2013 at 2:58 am

    सालोक्य जी, येसबाट यो सजिलै अनुमान लगाउन सकिन्छ कि येदि कोहि उच्च सरकारी अधिकारीले आफ्नो छेत्रमा सहि ढंगले काम गर्ने अनि अरुलाई पनि काम गर्ने प्रबितिको बिकाश गर्ने हो भने नेपालमा चांडै नै गुण्डाराजको अन्त हुने छ/ तर के गर्ने हामीमा अझै राजनैतिक पार्टीहरुले नै गुन्डालाई सम्रछंड दिन्छन, सानो लोभको लागि / जे होस् जुन काम मेरो संसार र मुख्य सचिव बाट भएको छ यो धेरै नै प्रसंसा योग्य छ /

    Reply
  64. Jeevan says:
    July 26, 2013 at 2:55 am

    समाज निर्माण मा मिडिया ले ठुलो भूमिका खेल्छ भन्ने तपाई को यो ब्लग ले नै पुस्टि गर्दछ ।

    Reply
  65. janak man dangol says:
    July 26, 2013 at 2:45 am

    धेरै राम्रो तथा उदाहरणीय काम गर्नु भएकोमा ब्लगर लाइ धन्यवाद ! ब्लग पनि सुचनाको सम्बाहक हो भनेर पुस्टि त धेरै पल्ट भै सकेको छ नि शालोक्यजी !

    Reply
  66. Birodh says:
    July 26, 2013 at 2:44 am

    सालोक्य जी, तपाई र मुख्य सचिब दुबैको अग्रसरता लाई सलाम /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme