Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?

Posted on July 23, 2013July 24, 2013 by Salokya

ज्ञान बाँड्ने ठाउँ विद्यालयमा बेलबारी ३ का स्थानीय बासिन्दाले सोमबार एक अबला नारीमाथि गरेको अमानवीय, बर्बर व्यवहारलाई देशका कुनै पनि ठूला मिडियाले कभर गरेनन्। राति ७ बजेर २४ मिनेट जाँदा मुख्य सचिव लिलामणि पौडेलले मोबाइलमा फोन गरेपछि मूलधारे मिडियाले बाल दिए पनि यो घटनामा राज्यको आँखासम्म त पुगेको रहेछ है भन्ने भयो। मुख्य सचिवलाई प्रहरी र प्रशासनले गरेको ब्रिफिङ र मेरो स्रोत अनि त्यहाँका पत्रकारबाट प्राप्त जानकारी उत्तर-दक्षिणका छन्। आखिर किन भएको रहेछ त यो घटना ?


सबैभन्दा पहिला मुख्य सचिव पौडेलले के भने ?

यत्रो बर्बर घटना भयो तर कुनै पनि मिडियाले त्यसलाई कभर गरेनन्। यो जानकारी तपाईँको साइटमा हेर्ने बित्तिकै मेरो मनमुटुसम्म असर गर्‍यो। मैले तत्काल प्रहरी र स्थानीय प्रशासनलाई फोन गरेर वास्तविकता बुझेर कारबाही अघि बढाउन निर्देशन दिएँ।

प्रहरीले मलाई दिएको जानकारी अनुसार ती युवती रक्सीले मातेको अवस्थामा आफूलाई जबर्जस्ती गर्न खोजेको भन्दै उजुरी दिएका रहेछन्। प्रहरीले तत्काल एक्सनमा गई युवकलाई चौकीमा ल्याई रातभर राखेर अनुसन्धान गरेको रहेछ। भोलिपल्ट उसले केही नगरेको भन्ने देखिएपछि छाडिएको थियो। यही बारेमा कुरा गर्ने भन्दै स्थानीयले त्यस्तो बर्बर काम गरेछन्। यो एकदमै गलत काम थियो। कानुन हातमा लिनेलाई कारबाही हुनैपर्छ, हामी गर्नेछौँ।

यो घटनापछि पनि उनीहरु प्रहरीकहाँ गई मिलापत्र गरेका रहेछन्। अब प्रहरीलाई कारबाही गराउन उजुरी नभएकोले प्राविधिक कठिनाइ भएको छ। तैपनि यस्तो घटनामा न्युजकै आधारमा भए पनि कारबाही गर्न सकिन्छ, गर्नुस् भनेको छु। तर यत्रो घटना हुँदा पनि कुनै मिडियाले कभर नगरेको देख्दा मलाई अचम्म लागेको छ।

तपाईँले सहयोग गर्न सक्नुहुन्छ कि कोही उजुरी गरिदिने, घटनामा को को संलग्न छन् भनेर जानकारी दिने ?

मैले दलित आयोग, महिला आयोगलाई पनि यो बारेमा अलर्ट गराइसकेको छु। त्यहाँबाट पनि केही होला।

सुरक्षाको कारण उजुरी गर्न नसकेका भए पुनर्स्थापना केन्द्र छ हाम्रो विराटनगरमा, त्यहाँ ल्याएर भए पनि के सकिन्छ गर्नुस् भनेर मैले निर्देशन दिएको छु।

मैले फोटो र भिडियोमा स्पष्ट देखिने भएकोले त्यसैबाट कारबाही गर्न मिल्दैन र, बरु म तपाईँलाई अनुहार प्रष्ट देखिने मलाई प्राप्त भिडियो इमेलमा पठाइदिउँला भनेँ। मुख्य सचिवले भने, ‘हुन्छ पठाइदिनुस् न त।’

यो भयो प्रहरीप्रशासनले मुख्य सचिवले चासो राखेर सिधै प्रश्न राखेपछि गरेको ब्रिफिङको आधारमा मुख्य सचिवले बनाएको घटनासम्बन्धी धारणा।

अब मेरो स्रोत र त्यहाँका स्थानीय पत्रकार घटना बारे के भन्छन् ? त्यो बुझौँ।

उनीहरु त यो घटनालाई सुनियोजित रुपमा गराइएको भन्छन्। पीडित दलित बहिनीले रक्सी खाएर आरोप लगाएको भन्ने आरोप सरासर गलत रहेको बताउँछन् पत्रकार गणेश लम्साल। सरकारी समाचार एजेन्सी राससमा समाचार पठाउने उनी नै थिए। “मैले अरु राष्ट्रिय मिडियामा पनि यो खबर पठाएको हो, किन नछापेको उनीहरु नै जानुन्’, उनी अगाडि भन्छन्, ‘रक्सी खाएर आरोप लगाएको भन्ने आरोप निराधार हो। म यहाँका प्रहरी अधिकारीसँग नियमित सम्पर्कमा छु। उनीहरुले त्यसो भनेका छैनन्”

भनेपछि तलको कुरा माथि ब्रिफिङ गराइँदा आफ्नो दोष लुकाउन कसले केसम्म भन्दा रहेछन् त ?

पुरानो रिसइबी

मुख्य सचिवसँग कुरा भए लगत्तै मैले यो समाचारमा आफ्नो नाम सार्वजनिक गर्न नचाहने स्रोतसँग कुरा गरेको थिएँ। उनले पनि लगभग यस्तै जानकारी दिए। साथमा घटनाको भित्री पाटो बारे अरु धेरै जानकारी दिए जसलाई यो घटनालाई नजिकबाट हेरेर स्थानीय मिडियामा समाचारसमेत फलोअप गरिरहेका लम्सालले पनि पुष्टि गरे। लम्सालले केही वर्षअघि आफूले लेखेको न्युज सम्झिए- एक १३ वर्षकी बालिकाको बलात्कार भएको घटना। त्यो यही गाउँमा भएको घटना रहेछ। बलात्कृत बालिका अहिले जुन युवतीलाई बर्बर यातना दिइयो, उनकी नन्द रहिछिन्।

कुरा के परेको रहेछ भने अहिले जुन केटाले बलात्कार गरेको भनेर युवतीले उजुरी दिएकी थिइन्, त्यो केटोको मामा ५७ वर्षका रामचन्द्र भेटवालले टिभी हेर्न गएको बेला बलात्कार गरेका रहेछन्। त्यतिबेला कालो मोसो दलिएका पत्रकार मनोज विश्वकर्मासहितको समूहले घटनालाई चर्काएर अदालतसम्म पुर्‍याएका रहेछन्। तर फैसला हुनुअघि नै पाँच कट्ठा जग्गा बालिकाको नाममा दिएर यो मुद्दामा मिलापत्र गरिएको रहेछ।

यो सम्बन्धी समाचार इन्सेकमा अझै देखिन्छ-

दल र दलित प्रतिनिधिको पहलमा बालिका बलात्कार घटना जग्गा दिएर मिलापत्र
मोरङ । साउन १८ गते
बेलबारी गाविस-३ की १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित ५७ वर्षीय रामचन्द्र भेटवालले पीडितलाई पाँच कठ्ठा जग्गा दिएर ०६८ साउन १७ गते मिलापत्र गरेका छन्।
सो कुराको पुष्टि दलित उत्थान वर्ग समन्वय समिति बेलबारीका अध्यक्ष डम्बर तोलाङ्गीले गरेका छन् । पीडितलाई जग्गा दिलाउन राजनीतिकदलका प्रतिनिधि र आफ्नो पहल भएको अध्यक्ष तोलाङ्गीले बताए।
आरोपितले मालपोत शाखा कार्यालय बेलबारीमा पीडितका नाममा काका मिलन संरक्षक हुने गरी सो जग्गा ०६८ साउन १७ गते पास गरिदिएका हुन्। पीडितलाई ०६८ साउन १४ गते आरोपितको घरमा साँझमा टेलिभिजन हेर्न गएको समयमा बलात्कार गरिएका थियो । सो घटनाबारे उजुरीनआएको पत्रपत्रिकाबाट मिलापत्र गरिएको जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख दुर्गा थापाले बताए।
दीपेन नेउपाने
Posted on : 2011-08-03 14:30:08
स्रोतः इन्सेकअनलाइन

स्वयं गणेश लम्सालले जनआस्थामा यस्तो लेखेका छन्

मोरङको बेलबारी-३ करम डाँडामा ५५ वर्षका भेटवाल थरका वृद्धले छिमेकी दलित थरकी एक युवतीलाई बेलुका घरमा टिभी हेर्न आएको मौका पारी यौनकार्य गरे। त्यो कुरा गाउँलेले थाहा पाएपछि उनले आफ्नो इज्जत जोगाउन बालिकाको नाममा पाँच कठ्ठा जग्गा नै क्षतिपूर्तिबापत पास गरिदिनुपर्‍यो।
साभारः जनआस्था

घटनाको भिडियोमा पनि त्यो जग्गा जसरी भए पनि हाम्रो नाममा पास गर्छौँ भनेको सुनिन्छ अन्तिमतिर सुन्नुस् त।

[केही बढी जान्ने उपबुज्रुकहरुले युट्युबको यो भिडियोमा फ्ल्याग गरिदिएकोले यो भिडियो युट्युबले हटाएको छ। मैले अपिल गरेको छु, स्वीकार भएमा भिडियो फेरि हेर्न पाइनेछ।
केही साथीहरुले यो भिडियोलाई अरु साइटमा अपलोड गरेका छन्। लाइभलिकबाट भिडियो हेर्न क्लिक गर्नुस् डेलीमोसनबाट यो भिडियो हेर्न क्लिक गर्नुस्। युट्युबमा अर्कै साथीले अपलोड गरेको भिडियो हेर्नुस्

]

पीडित दलित

‘यो घटना के निहुँ पाउँ कनिका बुझाउँ भएको हो स्थानीय बासिन्दाका लागि,’ लम्सालले त्यो ठाउँबारे बताए, ‘घटना भएको बेलबारीको करमडाँडामा मात्र तीन दलितको परिवार बस्ने गर्छन्।’ बाँकी सबै कथित ठूला जातिका। तीन जनामा एक पीडित युवती भइहालिन्। अर्का मनोज दाजुभाइ। मनोज विश्वकर्मा स्थानीय ‘फाइट’ साप्ताहिकका कार्यकारी सम्पादक र दलित अगुवा पनि। उनीहरुले तीनै जनालाई मोसो दलेका थिए। रक्सीले टिल्ल भएका पत्रकारले झगडा गर्दा कुटाइ खाँदा पनि विरोधको वक्तव्य निकाल्ने पत्रकारहरुको छाता सङ्गठन भनिने नेपाल पत्रकार महासङ्घलाई पत्रकारलाई अपमान गर्दा कागजी वक्तव्य निकाल्न पनि चासो छैन।

लम्सालका अनुसार बलात्कार घटनापछि ५ कट्ठा जग्गा दिनुपरेको पुरानो इबी साँध्न उनीहरुले सुनियोजित रुपमा यो घटना गराएको हुनुपर्छ। राष्ट्रिय मानवअधिकार आयोग, दलित आयोग, महिला आयोग सबका सब सुतेर बसेका छन्, कसले गर्ने घटनाको निष्पक्ष अनुसन्धान ?

आफूमाथि अन्याय, अत्याचार भएपछि पीडित महिला जाने कहाँ ? पक्कै पनि चौकीमा हो। अनि आफूले श‌ंका गरेको मान्छे भन्ने हो। अनुसन्धान गर्ने काम प्रहरीको हो। अनि ती महिलाले त्यही गर्दा आरोप लगायो भन्न मिल्यो र ? आरोप हैन भन्ने प्रमाणित भयो भने त प्रहरीले छाडिहाल्छ नि। चौकीमा राखेको राख्यै गरेको पनि हैन, छाडेकै हो। अनि यही कुरालाई लिएर स्कूल जस्तो सार्वजनिक ठाउँमा एक अबला नारीलाई त्यस्तो अत्याचार गर्ने ?

उजुरीको कुरामा, प्रहरी प्रशासनले चाह्यो भने बिना उजुरी कोही पनि मान्छेलाई थुन्न सक्छ। आँखै अगाडि भएको यत्रो अत्याचारको घटनाको प्रमाण छँदाछँदै उजुरी चाहिने ? मानवअधिकार उल्लङ्घनको घटनामा उजुरी !

पीडित बहिनी विस्थापित, सम्पर्कविहीन

किन उजुरी दिँदैनन् त उनीहरु ?
कसरी दिने ?
उनीहरुको उठिबास लाग्छ त्यहाँ। सुरक्षाको कुरा छ। कुरा गर्ने भनेर सार्वजनिक विद्यालयमा बोलाएर त्यस्तो अत्याचार गर्ने जंगली भिडको अगाडि उनीहरु भविष्यमा कसरी बस्ने ? मनोज भन्दा रहेछन्- ‘हाम्रो उठिबास लाग्छ, हामीलाई कसले सम्हाल्छ, हामीलाई कसले नेतृत्व दिन्छ ? हामीलाई केही भयो भने को जिम्मा ?’

उता ती पीडित बहिनी विस्थापित भइसकेकी छिन्। उनको घरमा ताला लागेको छ। उनी सम्पर्कविहीन छिन्।

लौ अब भन्नुस्, कसले उनीहरुलाई नेतृत्व दिने? ठूल्ठूला कुरा गर्न सजिलो छ,ससना कुरा पनि गर्न गाह्रो छ। यदि त्यो कुरा अत्याचार हो भने त्यसलाई टुलुटुलु हेरेर बस्ने हामी सबै पनि दोषी हौँ। यी आवाजविहीनहरुको आवाज तपाईँहरु सामु ल्याउन यी केही शब्द टाइप गर्न बाहेक मैले केही पनि गर्न नसकेकोमा म आफैलाई लज्जित ठान्दैछु। हो, म पनि दोषी छु ! तपाईँ नि ? कथित ठूलो जातिको अहङ्कारबाट मुक्त भएर एक पटक सोच्नुस् त!

105 thoughts on “बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?”

  1. rosu says:
    July 25, 2013 at 11:37 pm

    घटना जे भय नि नराम्रो भयो नराम्रो हो/ सुरु मा घटना को विवरण ह्रेदा एउटी नारी माथि कथित उपल्लो जति ले अमानाभिया बेहावर गरेको जस्तो लागेको थिओ तर आज ज भिडेओ हेरे तब त्यो पिडित नारी कै कम्ज्जोरी हो कि जस्तो लगेओ किन भने येदि उ निर्दोस थि अनि उसलाई कसैले आक्रमण गरेकै भय त उसले आफुलाई बचाउन चिच्याउने रुने कराउने गर्थी होलि तर उ अर्को कुरा लै आफुले गल्ति नै गरे जसरि सुनेर बसी/ हुन त सहि गलत छुटाउने जिम्बा हाम्रो त हैन तै पनि आफ्नो विचार राखेको मात्र हो/ तर मेरो भनाइ लै नारी ले नै नारी को बिरोद गरि भन्ने न सोच्नु यो मेरो बक्तिगत विचार हो नारी पुरुस भन्ने कुनै भेदभाव छैन /

    Reply
    1. Rocky says:
      July 26, 2013 at 8:49 am

      भन्न सजिलो छ रोसु जी , तपाई लाइ पनि एस्तो आरोप लगाएर सय जना को उग्र भीडले घेर्यो भने कति को जवाफ फर्काउनु हुन्छ ? हिम्मत हुन्छ केहि बोल्न ? त्यो पिडित आइमाई चिच्याएको कराएको भए उनि माथि अझै धेरै कुटपिट हुनेथियो/ उनि चुपचाप बसेको हुनाले नै उनीलाई छोडियो / यहाँ इन्टरनेट मा एस्तो गर्नु पर्ने उस्तो गर्नु पर्ने भन्न सजिलो हुन्छ ./ त्यो ठाउँ मा आफु बसेर बिचार गर्नु होला /

      Reply
    2. Raju says:
      July 26, 2013 at 1:29 pm

      रोसु जी को लेवेल त्यो भिड मा भएका मानिस बराबर Ko रहेछ.

      Reply
  2. Sailendra Thapa says:
    July 25, 2013 at 12:11 pm

    यो भिडिओ क्लिप हेर्दा अन्तिम तिर जग्गा को कुरा सुन्दा त म नि छक्क परेको थिए आखिर कुरा एस्तो पो रहेछ . यो घटना लै अरु पत्रिका र मेडियाहरु ले अर्कै तरिका ले पिडित कै बिपछ्यमा समाचार छापेको थियो. यो ब्लग बाहेक अरु पत्रिकाहरु को समाचार को भर नगरे हुने भयो अब.

    Reply
  3. dhan says:
    July 25, 2013 at 12:44 am

    हैन केहि वर्ष अगाडी सम्म बिना बिचा मा मान्छे लाई भाटा परेड गर्दै हिड्ने माओबादी क भरौटे हरु अहिले किन चुप?
    कहाँ छन् तिनी हरु?

    Reply
  4. Pingback: बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो « Mysansar
  5. achyut deshbhakta says:
    July 24, 2013 at 9:38 pm

    एक अबला नारी माथि गरिएको यस्तो क्रुर अपराध कुनै पनि रुप मा छ्यामा योग्य छैन, जुन सुकै जाति ले जुन सुकै जाति लाइ गरे पनि यो मानवता माथि को ठुलो प्रहार हो, यो भिडिओ हेरेर अरु केहि लेख्न मन लागेन, कठै ति नारी..अनि सभ्य भनौदा ति कथित ठुला वर्गका मान्छे हरुलाइ पनि कठै नै भन्न मन लाग्यो , भगवान ले सद्बुद्धि दियुन, अनि अर्को कुरा, कृपया एस्तो सबेदंसिल कुरामा पनि जतियेता को चस्मा लगाएर हेर्ने काम नगरौ, यो गलत कार्य हो र सबै ले यसको बिरोध गर्नुपर्छ..दोषीलाइ कडा भन्दा कडा कारबाई होस्….

    Reply
  6. bijay says:
    July 24, 2013 at 5:07 pm

    उच जातिवादको चरम नमुना जातिय अहंकारबादी

    Reply
  7. Sonam Sherpa says:
    July 24, 2013 at 4:38 pm

    राष्ट्रिय मिडिया त जहा कमिसन आउछ त्यहा कुद्ने हो बधाई छ माई संसारलाई ठिक गर्यो माइ संसारले पिडितलाई राहत पीडकलाई आहत होस्

    Reply
  8. nirajan says:
    July 24, 2013 at 4:10 pm

    सबैभन्दा सहासिलो काम चाहिँ यो video खिचेर यहाँ पठाउने मान्छे ले गरे तर ती जंगलीहरुले कसले खिचेको हो त देखेको हुनुपर्छ, अब ती भिडिओग्राफरको हालत के भएको होला त…. उनको बहादुरीलाई सलाम दिदै उनको सुरक्ष्यको कामना गर्दछु …
    र अहिलेको युवपिड़ीले हाम्रो समाजमा दिनहु जस्तो घट्ने यस्ता बर्बरताका घटनाहरु कैद गरि सोसल मेडिया मार्फत पर्दाफास गर्नसकेउ भने धेरै हदसम्म यस्ता घटनाहरुमा कारबाही गर्न सहयोग मात्र नगरेर मेडियामा आउने डरले खुल्लारुपमा यस्तो घटना हुन बाट पनि निरुत्साहित गर्थ्यो कि !!!

    Reply
    1. bidur kharel says:
      July 26, 2013 at 12:13 am

      भिडिओ खिचेर अपलोड गर्नेको पनि नियत त निको रैन रैछ नि. वेइजोत गर्ने उदेस्यले फोटो अपलोड गरेको रैछ. तर राम्रै काम गरेछ तेस्ले तर आफु पनि जाकिने जस्तो छ केटो.

      Reply
  9. gurung Ashish says:
    July 24, 2013 at 3:45 pm

    कतै लोकतन्त्रको मूल्य र मान्यताको नकारात्मक परिभाषा दिन खोजेको त होइन ?

    Reply
  10. Anil says:
    July 24, 2013 at 3:11 pm

    सालोक्य जी को पत्रकारितालाई धन्यबाद !
    अबको काम “राष्ट्रिय मानवअधिकार आयोग, दलित आयोग, महिला आयोग सबका सब सुतेर बसेका छन्, कसले गर्ने घटनाको निष्पक्ष अनुसन्धान ?” को कारक तत्वोको खोजिमा लगाउनु होल !त्यो भिड अझै भिड मै सिमित छ, कृपया त्यो भिड भित्र पसेर तेसका आराजक तत्वो को परिचय ल्युनु होला ! त्यो भिड को अप्रेसन हुनु जरुरि छ ! फटाहाहरुलाई नन्ज्ञाउनु जरुरि छ ! अनि यो समाचार पूर्ण हुनेछ ! ति पिडित महिला को खोजि त अब पुलिस ले पक्कै गर्ला ! तपाई जस्तै अरु केहिँ पत्रकार यहाँ भैदिय अनि केहि हुन्थ्यो कि ! अनि यो समाचार पूर्ण हुनेछ ! ति पिडित महिला को खोजि त अब पुलिस ले पक्कै गर्ला ! तपाई जस्तै अरु केहिँ पत्रकार यहाँ भैदिय अनि केहि हुन्थ्यो कि !

    Reply
  11. Dipak says:
    July 24, 2013 at 3:01 pm

    बालिका बलात्कार घटना, त्यसको मेलमिलाप, फेरी यसरि त्यहाँ को समाज को जत्था ले गरेको यो कुकृत कार्य लाइ सरसर्ती हेर्दा त्यहाँ को समाज मा कुनै मानबियता छ जस्तो लाग्दैन, स्थानिय प्रहरी प्रसासन, राजनैतिक दल पनि त्यहि समाज को हात मा छ , अझै पनि सम्बन्धित निकाय को ध्यान गएन भने अरु अपराध फ़स्टाउदै जान्छ, पिडित हरु झन् पिडित बन्दै जान्छन, छानबिन गरि दोसिलाई कारबाही गरियोस,

    Reply
  12. sete autari says:
    July 24, 2013 at 2:41 pm

    ,एक महिलालाई माथी सयौ ठुलाजति मानिने समाजका कुख्यात महिलाहरुले गरेको पशुवत जंगली ब्यवार अति निन्दनीय र हेर्न लाजलाग्दो छ , यो घटना तिमीहरुको परिवार भित्र पर्न पर्ने हो , तिमि र तिम्रो परिवार लाई यसरी कालो मोसो र जुत्ताको माला भिरयारा सारा संसार घुमौदा तिम्लाई कस्तो लाग्छ ? तपाइहरुले ति एकल महिला को अपमान को साथै आफ्नो, खानदान ,समाज र सारा ठुलो जात भनिने हरुको बेजत स्पस्ट रुपले ब्यक्त गर्नु भाको छ , तपाईहरुलाई देखेर लाज लग्यो !, आदरणीय राउटे समाज त समाज मा घुलमिल भैसक्यो , तपाइहरु किन जंगली भाको ?

    Reply
  13. shyam says:
    July 24, 2013 at 2:37 pm

    “…लाई पो छुनु हुन्न ….नीलाई त भै हाल्छ नि” भन्दै शदियौं सम्म दलित केटि महिलाहरुलाई बलात्कार गरि जन्मिएका हजारौं सन्तान हरु आज तथाकथित ठुला जाति कै थर लेखाएर हिड्न बाध्य छन्| भिडियो मा देखिएकी उग्र पाराले गर्जिने,हात छोड्ने र तथानाम मुख छाड्ने ति महिला जो सुकै भए पनि चाहे बाहुनी होस् वा छेत्रिनी तिनलाई दलितमाथि हात हालेको आरोपमा १ वर्ष त्यसै गाउको तिनै दलितको घरमा बिहान र बेलुका २ समय भाडा माझेर बस्नु पर्ने गरि फैसला हुनु पर्यो|

    Reply
  14. bharati upadhayay. says:
    July 24, 2013 at 1:00 pm

    महिला माथि नै महिलको यो अमानबिय व्यवहार ले हामी समस्त महिला माथि कै चुनौती हो|यो घटना सहि हो या होइन यो काम महिला अधिकारकर्मी साथै पुलिस प्रसासन र कानुनको हो| यसरी कानुन हातमा लिनु ले यो अर्को अपराध ठहरछ |२१सौ सताप्दी मा पनि हामी महिला ले पुरुस लाई.पर्मेसोर मानछाडेका छैनौ.|यसकै परिणाम बेलवारी गटनाहो | दोषी माथि कर्वाही हुनु पर्छ|चाहे दोषी महिला हुन् या पुरुस|

    Reply
  15. cRIS says:
    July 24, 2013 at 12:58 pm

    बाहुनबादको अहंकारिता भुक्दैछ| सहि हो| यहाँ भएका बाहुनहरुले मन अमिलो नबनाए हुन्छ| ब्यबहार नै त्यस्तै झुत्रे छ|

    सबै मिलेर एक अबला माथी जाईलाग्ने, थुक्क तिमेरुका चरित्र| सबलाई ठेस्नु पर्छ| अब प्रशासनले भित्र भित्रै पीडकहरुलाई भगाउछन, अनि ढिसमिस गर्ने कोसिस गर्नेछ| नबुझेको हो र?? सारा संसारको आँखा परिरहेको छ यो घटनामा, के कसरि गर्दा रहेछन! हेरौ??

    Reply
    1. manish says:
      July 24, 2013 at 4:08 pm

      यो सन्दर्भमा बाहुन मात्र होइन सबै गैर दलितको व्यवहार दलित प्रति उस्तै हो कसैले गफ नदिए हुन्छ | नेपालमा एकताका जेमा पनि मधेस भन्या जस्तै भैसक्यो यो बाहुन बिरोध पनि |

      Reply
      1. cRIS says:
        July 25, 2013 at 9:15 am

        ठिकै त्यो भएको बेला बोलौला, तर अहिलेको परिबेशमा के भैरहेको छ, त्यसैमा focus गरौ मित्र|

        Reply
    2. shaym says:
      July 24, 2013 at 7:58 pm

      यो घटना दुख, दाइ पिडादाई र जघन्ने अपराध हो , यी समाज का अपराधी हरुलाई हदै सम्म को कारबाही हुनु पर्छ ! हो यी बहिनि दलित हुन् दलित नै भएको कारण ले एस्तो पशुवत ब्यबाहार हुनु अझै जघंन्य अपराध हो , तर साथीले भने जस्तो यहाँ बाहुन बाद को कुरा उठाउदा सान्दर्भिक हुदैन कि जस्तो लाग्छ ! तपाइले यस्ता अपराध को ठेली हेर्ने हो भने गैर बाहुन हरुको संल्नाता बढी देखिन्छ ! चाहे अपराध जसले गरे पनि कारबाही हुनु पर्छ , तेस घटना लाइ पनि बाहिर ल्याउने साहस पत्रकार लम्साल ले सहयोग गरेका रहेछन,त्यसैले कुरा बुझौ, अपराध जात ले गर्ने होइन मानसिकता ले गर्ने हो !!!!!!

      Reply
      1. cRIS says:
        July 25, 2013 at 9:20 am

        यहाँ बाहुन्बाद्को कुरो हुदैछ, बाहुनको हैन| त्यहि पनि तपाईको कुरोको बिचार गर्दा, यहि घटनाले तपाईको उत्तर दिईरहेकै छ नि! पुलिस प्रशासन सबै मिलेर, विपक्षीलाई एक्लै बनाएर यस्ता घटनाहरु थाम्थामठुम्थुम पार्दा रहेछन त कसरी अरु जातको मात्र संग्लान्गता ठेली नहोस त???? मेडियाले पनि कसरी बिचार पुर्याउदा रहेछन?! सबै खुलस्तै छ नि हैन र??

        Reply
    3. Rocky says:
      July 27, 2013 at 10:16 am

      तपाई को कमेन्ट ले नै तपाई को मानसिक अवस्था स्पस्ट हुन्छ/ हरेक कुरा मा जातियबाद, हरेक घटना मा बाहुन र छेत्री को कुरा गर्ने तपाइँ जस्ता हरु लाइ देख्दा अचम्म लाग्छ/ के त्यो भीड मा सबै जना बाहुन मात्रै थिए त? कुनै जनजाति आदिवासी भनौदा हरु ले किन बचाउन आट गरेनन त ? म पनि छेत्री हो तर म एस्तो घटना को घोर बिरोध गर्छु…कुनै खराब घटना को लागि कुनै जाति धर्म लाइ मात्रा दोष दिदैन/ दोष त सारा समाज को हो/ समाज को न जात हुन्छ न धर्म/ तेस्तै अत्याचार को न जात हुन्छ न धर्म/ अन्याय अत्याचार जति बाहुन छेत्री ठकुरी नेवार ले गरेका छन् त्यो भन्दा कम गुरुङ मगर राइ लिम्बु दलित भनौदा हरु ले नि गर्या छन् / असल व्यवहार र मानवता भन्ने कुरा महत्वपुर्ण हो जात होइन/ त्यो कुरा कुनै पनि व्यक्ति चाहे जुन सुकै जात को होस्, तेस्मा हुन पनि सक्छ, नहुन पनि सक्छ /

      Reply
  16. Narayan says:
    July 24, 2013 at 12:04 pm

    मानब अधिकार र जातीय हक हित को दुहाई दिने संघ, संस्था अथवा मानिस मात्र नभई राज्यले नै आफ्नो आफुलाई साबित गराउने घटना हो यो / येदि यो कुरामा पिडित ले न्याय पाएनन् भने आफ्नो नाक आफैले काटेर खल्तीमा हाले हुन्छ सबैले /

    Reply
  17. shreesh thapa says:
    July 24, 2013 at 11:53 am

    नेपालमा अब कसको खाचो छ भन्दा मुर्ख र क्रुर नेतृत्व गर्ने क्षमता भएको नेताको खाचो छ तर मुर्खता सहि बाटोतिर हुनुपर्छ सहि निर्णय लिने र त्यसलाई अगाडी बढाउने खालको कसैले आलटाल गर्यो भने धम्काउने उस्तै परे कुटेर जेल हाल्ने यस्ता अपराध गर्ने र गराउने लाई तुरुन्त कसैको कुरा नसुनी कारबाही गर्ने सत्यको बिपरित भिड जम्मा भएर तोडफोड गर्छ भने त्यसलाई सिधै जेल सजाय दिने ….कुखुरा मर्यो भने सडक बन्द गर्ने सम्म गर्छन यसको मतलब नेपालमा जे गरेपनि हुन्छ भन्ने मानसिकतालाई जरैबाट उखेल्नको लागि क्रुर नेतृत्वको आवश्यकता छ ….मलाई लाग्छ यी अपराधीहरुलाई सजाय दिएर पिडितहरुलाई बासको व्यवस्था गर्नु पर्छ सानोतिनो सजाय दियो भने फेरी यिनीहरुलाई कुटपिट गर्ने र हत्या गर्न सक्ने सम्म हुन सक्छ कडा सजाय दियो भने १ चोटी सोच्लान अपराध गरे कति ठुलो सजाय भोग्नुपर्छ भन्ने कुरा याद आवास …

    Reply
  18. Shyam shrestha says:
    July 24, 2013 at 11:40 am

    सबै पार्टी लाई चुनाव को चटारो छ कसले चासो दिने , ठुला media लाई कसले के भन्यो, कुन नेता विदेश भ्रमण गयो लेख्दै फुर्सद छैन ! अनि हामी सोजो जनता को कुनै संगठन छैन, कसले के गर्ने !

    Reply
  19. Jay Limbu says:
    July 24, 2013 at 11:31 am

    सारा संसार का नेपाली हरु ले हेरेका छन् बुझेका छन् भन्ने मा कुनै संका छैन माथिको comments हरु ले अवस्य देखाएको कुरा हो / तर आज को गरम ताजा update खबर भोलि बेर्थ सेलाएर जना नपावोस, सम्बन्धित निकाय हरु ले एस news लै follow up गरिदिन हुन र पछि =को दिन हरु मा पनि प्रकासित गरि दिन अनुरोध छ / धन्यबाद

    Reply
  20. achut says:
    July 24, 2013 at 11:29 am

    साथी हरु पनि राजनीति गर्ने दाउ मा कमेन्ट हान्ने के ..कोहि जातीय संघियता,कोहि जनै बाद लाई……ठुला गफ भन्दा कम गरौ न मुख्य सचिब को मा जाऊ,कि श्रीमान को मा जाऊ..कि कतै उजुरी दिन हामी नै जाऊ न हुन्न?उजुरी दिए कारवाही हुन्छ रे…. हजुर हरु ले धेरै संगीयता लेउनु भाको छ, ति महिला ले न्याय पाउन उजुरी हाल्ने मान्छे नभाको बेला कै’ले- कसले संघियता लेउनु होला है…थुक्क हामी.

    Reply
  21. पुष्प says:
    July 24, 2013 at 11:27 am

    नेताले चड्कन खाँदा जाहेरी नचाहिने, जनताले खाँदा चाहिने ! यतिका प्रमाण हुँदा-हुँदै अझै पनि जाहेरी खोज्ने यो ‘बाहुनवादी’ चाला कहिले जाला ?

    Reply
    1. ramesh says:
      July 24, 2013 at 11:43 am

      बाहुनबादी हैन पुष्प जी माओबादी , ति ठुला जात का भनिनेहरु माओबादी हुन् , उनीहरुकै राज छ यो देश मा , जसलाई जे गरे पनि हुन्छः

      Reply
      1. पुष्प says:
        July 24, 2013 at 12:37 pm

        ‘बाहुन’ जातिलाई नै इंगित गर्न खोज्या होइन, बर्षौंदेखिको राजनीतिका शीर्षस्थानमा बस्न सफल बाहुनहरूको धुर्त्याईंलाई हो रमेशजी; भ्रम नरहोस् । फोटो/भिडियो आफै बोलिरहेका छन् । यदि कुटाइको क्रममा उनको ज्यान गएको भए, प्रहरीले अझै पनि ‘मृतक’को जाहेरी खोज्दै बस्नेथिए ? के प्रहरीले जाहेरी लिएरमात्र काम गर्छ ?

        Reply
    2. krishna says:
      July 24, 2013 at 6:11 pm

      हो हो .. जमातमा नाक चुच्चे हरुको उपस्थिती शत प्रतिशत देखिन्छ ..ई खान नपायर तराइ झरेका सामन्त अबशेस हरु हुन् ! आखिर रगतमै सामन्त कण लुकी बसे पछि कसको के लाग्छर?

      Reply
    3. shaym says:
      July 24, 2013 at 8:45 pm

      यो घटना दुख, दाइ पिडादाई र जघन्ने अपराध हो , यी समाज का अपराधी हरुलाई हदै सम्म को कारबाही हुनु पर्छ ! हो यी बहिनि दलित हुन् दलित नै भएको कारण ले एस्तो पशुवत ब्यबाहार हुनु अझै जघंन्य अपराध हो , तर साथीले भने जस्तो यहाँ बाहुन बाद को कुरा उठाउदा सान्दर्भिक हुदैन कि जस्तो लाग्छ ! तपाइले यस्ता अपराध को ठेली हेर्ने हो भने गैर बाहुन हरुको संल्नाता बढी देखिन्छ ! चाहे अपराध जसले गरे पनि कारबाही हुनु पर्छ , तेस घटना लाइ पनि बाहिर ल्याउने साहस पत्रकार लम्साल ले सहयोग गरेका रहेछन,त्यसैले कुरा बुझौ, अपराध जात ले गर्ने होइन मानसिकता ले गर्ने हो !!!!!!

      Reply
  22. Rishi Ram Panth says:
    July 24, 2013 at 11:23 am

    हदै सम्मको कारबाही हुनु पर्छ

    Reply
  23. Arjun Apawad says:
    July 24, 2013 at 11:19 am

    यो अपराध नै हो ? जुन्सुकै बहानामा गरिएको भए पनि । सम्लग्नहरुलाई कारबाही गर्नुपर्छ । पिडितरुलाई पुनर्बासको ब्यबस्था गर्नुपर्यो ।

    Reply
  24. Ganesh25 says:
    July 24, 2013 at 11:15 am

    Once the complain came from the lady to the Police Office, that is the complain officially and the Police should arrest immediately those criminals and take to teh Court and investigate on the same time, their house, their families, mother, father, brothers, sisters, neighbours and collect all the informations of such criminals all together from the past many years history.
    These criminals may had done more other crimes and should be considered all of them as crimes. Not enogh just 1 case and end-up giving them to do another crime.
    Stop once for all and forebver. Means put in jail or hang them (capital punishment).

    No need to put in writing by the lady about ther complain. It is enough she went to the Police and said all about the problems.
    No matter she lied or not, she was threatened and she make her point that they wanted to rape her. That’s enough to make a case to arrest the criminals.

    Reply
  25. Ganesh25 says:
    July 24, 2013 at 11:07 am

    If the lady came to the Police Office with complain and claim, then there must be something true and wholly true. Nobody does complain for nothing without reason.
    Therefore, the criminals were trying to rape her, making plan to rape her, harras her and for sure they wanter her to to rape. No matter yestereday, today, now or tommorow. Their intensions are clear and the lady did the right thing to go to the Police and complain. That is the legal base, basic principal of the Law. Once, claim or complain comes, the Police has to arrest immediately such criminals to avoide further crimes by them.
    It is googd that the lady went to Police on time. Otherwise, those rapists criminals could rape her, kill her and dump in the jungles or into the river or through from the cliff.

    Tjhis is the time, nobody can even talk about rape to any lady or nobody can harras as sexual intension. That is also a crime and to be jailed and compensiate to the vitims including her Lawyers fees, her time, tensions, loose her salaries etc etc.

    It may cost millions of ruppes to be paid for the victims. That’s what the rule.
    Policemen also to be punished isf they indulge without their duty of care and get the thing right on time.

    Some Law firms should take this case straightforwad to the Court
    and claim for compensation from the criminals, from the Nepal Government, from the Police Department, from the Secretary itself, who did nothing to sopt the crime. The criminals has to pay millions and will be in jail for at least 10 years. Then, Nepali people will enjoy the life, in and out as they wish free of fear and criminals traps.

    Reply
  26. prabesh says:
    July 24, 2013 at 11:07 am

    कसै ले घटना हुनुभन्द पहिले उजुरी गर्नु भनेको कानुन बिपरित रहेछ भन्ने कुरा यहाँ बाट प्रमाणित भयो, “तलाई आज मार्छु जसरि पनि म भन्ने बितिकै उजुरी गर्यो भने तपाई कानुनको खोरमा पर्ने भयो तपाई लाई अरुले मारे पछि तपाइको आत्मा ले कसरी उजुरी गर्ने …[email protected]@@@@

    Reply
  27. डिल्ली says:
    July 24, 2013 at 11:03 am

    एउटी महिलामाथी भएको हिस्रक अपराधमा जातपातको कुरा उचाल्नु भन्दा पनि अल्पसंख्यक माथी बहुसंख्यकले गरेको अपराध भन्ने बुझ्दा कसो होला ? मानसिकतामा निकृष्ट र दलित त यी कथित उपल्गला जातिकै भएनन् र ? अल्प संख्यक समुदायहरू वा बृद्ध बृद्धाहरू निर्दोष हुँदा हुँदै पनि कहिले बोक्सा बोक्सीको नाममा त कहिले के को नाममा पिल्सिरहेका छन् । ती चेलीको अस्मितामा आँखा गाड्ने उपल्लै स्तरको रहिराख्छ त्यो कुलङ्गार ? राष्ट्र अपराधिकरणको श्रृङ्खलामा भासिएको महसुष हुन्छ यस्ता घटनाहरूले गर्दा । अपराधिहरू जबसम्म बलवान र बाहुवलले कानुनलाई जितिरहन सक्षम रहन्छन् निर्दोषहरूलाई यसरी नै अपराधिहरूले दोषी साबित गरिदिन्छन् बाहुबलको भरमा । अझ ठूलो बिडम्बना महिला माथी महिला नै हिस्रक रुपमा खनिएको छ यस घटनामा । बलात्कार गर्न खोज्ने ती हातपात गर्ने महिलाकै छोरा त हैन कतै ? मानवरुप बोकेका दानवहरू ! पशु त एउटा निश्चित आचरणमा रहन्छ यिनीहरू पशु भन्दा पनि तल्ला स्तरका रहेछन् मानवताका कलङ्कहरू !!

    Reply
  28. mesh gurung says:
    July 24, 2013 at 10:59 am

    बेलबारी घटना ले हामी अझै पनि ढुंगे युगमा नै छौ कि भन्ने भान भै राख्य छ I चेतनसिल प्राणी किन यति बर्बर र निर्मम हुन सक्छ ? के ति बेलबारी रंगकर्मी र दर्शक को दिमागमा खोया बिर्को लागेकै हो त ? देश र कानुन ले पक्कै पनि ति मानबरुपी पशुहरुलाई अबस्य पनि कानुनी उपचार गर्ने छ, खैर ति अबला नारी लाई सलाम, जसले आवाज त निकालिन आफ्नो बचाउको लागि I त्यो भन्दा दुख उनि सम्पर्कबिहीन छिन भन्दा लाग्यो I यदी तिमि सहि हौ भने जनलहर तिम्रो साथमा छ……………………..I

    Reply
  29. सार्थक says:
    July 24, 2013 at 10:44 am

    यो अन्त्यन्तै लजास्पद घटना हो र सत्य तथ्य पत्ता लगाएर पिडकहरु माथि हदैसम्मको कार्वाही हुनु पर्छ । सार्वजानिक स्थल त्यो पनि बिद्यालय जस्तो पवित्र संस्थामा यो घटना घटाइएकोले अन्य मुद्दाहरुको साथ साथै सार्वजानिक मुद्दा समेत लगाउनु पर्छ यिनिहरुलाई । घटनाको प्रकृती पढ्दा हेर्दा पुरानो रिसीइवीका कारण बदलाको भावनाबाट प्रेरित देखिन्छ तर सानो र ठुलो जात भनेर जातियताको कुरा उछाल्नु औचित्वपूर्ण देखिदैन । पश्चिम नेपाल तथा कोशी पारीका तराइ क्षेत्रहरुमा जातियताको कारणले दलितहरु माथि अन्याय भएका धेरै घटनाहरु घटेका भएता पनि पूर्व तिर यस्ता घटनाहरु बिरलै देख्न पाइएलान । पिडकहरु उपल्लो जातका भन्दा पनि पीडितहरुभन्दा धनी देखिएकोले (अघिल्लो बलात्कारको घटनामा समेत सहजै पाँच कठ्ठा जग्गा पास गरी दिएकोले) यो जातियभन्दा पनि बर्गिय उत्पिडन र बदलाको भावनाबाट प्रेरित घटना बढी हो भन्ने मेरो ठम्याई हो ।

    Reply
  30. Shrestha says:
    July 24, 2013 at 10:27 am

    Today kantipur has published this news as a front page news… kudos to mysansar for being able to build up such a pressure due to which mainstream media were bound to publish the news… well done!!!

    Reply
  31. बले says:
    July 24, 2013 at 10:05 am

    नेपालमा यस्ता बलात्कारीहरुलाई सिधै फाँसी हुनेपर्ने मेरो राय वा माग हो / गल्ती प्रमाणित भएमा फाँसी दिँदा अर्को अपराध हुने सम्भावना कम हुन्छ ।

    बले

    Reply
  32. Saroj says:
    July 24, 2013 at 9:58 am

    बेलबारी घटनाका आरोपी मध्य एक कविन्द्र प्रसाई र माथिको भीडीयोमा थप्पड हान्ने महिलाको थप फोटो हेर्न कविन्द्र प्रसाईको फेसबुक प्रोफाइलमा जानुहोस् : https://www.facebook.com/kabindra.prasasin?fref=ts

    Reply
  33. Panthi says:
    July 24, 2013 at 9:28 am

    सचिब ज्यु,
    तपाई उजुरी दिने कुरा गर्दै हुनुहुन्छ ति महिला ले सुरु मै उजुरी दि सकेकी छन र यो हबिगत भोग्नु पर्यो .. उजुरी गर्न सल्लाह दिने ले समेत कालो मोसोको पुरस्कार पाउनु पर्यो र पनि अझै उजुरी दिने कुरा गर्दै हुनुहुन्छ.. कस्तो लाचारी कुरा

    Reply
  34. Basanta Thapa,Maryland,USA says:
    July 24, 2013 at 9:20 am

    आफु माथि बलात्कार को प्रयत्न हुदा न्याय पाउन प्रहरीमा पुग्दा र प्रहरीमा उजुरी गर्न जाउ भनि सल्लाह दिदा भिड ले कुटपिट र कालोमोसो गर्दा कुन पक्ष दोषी देखिन्छ ? यदि बेलबारीमा दलित जाति धेरै र उपल्लो जाति थोरै भएको भए अनि उपल्लो जातिले दलित जातिलाई बलत्कार प्रयत्न को आरोप लगाउदा स्थिति कस्तो हुन्थो होला \त्यस बेला यहि भिड र घटना जस्तै कानुन हात मा लिएर कुटपिट र कालोमोसो दल्नु ठिक कि कानुनि कार्यबाही र उपचार गराउन प्रहरी मा जानु ठिक मानिन्थो ? कुनै पनि आरोप र घटना हुदा भिड जम्मा गरेर फैसला गर्ने होइन कानुनि तबरले सहि फैसला र उपचार गराउन तिर लाग्नु र लगाउनु सबैको हित मा हुन्छ \ यस मानेमा पिडित पत्रकार र पिडित महिला ठिक छन् \ अरु दोषी छन् \ दोषीले कानुनि सजाय पाउनै पर्छ \
    अब ब्यबहार मा बसोबास मा परि आउने समस्या भन्नु हुन्छ भने गम्भीर छ \ यी दलित तिन परिबार लाइ कानुन ले न्याय दिए पनि बहुसख्यक अरु जाति हरुले टिक्न दिने छैनन् \सधैको घोचपेच र अमिलो ब्यबहार सहि नसक्नु को हुन्छ \अब आफ्नो घर सम्पती बेच बिखन गरि बसाइ सरु सहि दाम र सहयोग नमिल्न सक्छ \ आज घटना घटे पछि ब्यपता भएकी ति पिडित महिला भोलि टक टक घोडा चढेर या कालो सिशा भएको गाडीमा आएर बस्ती नै सखाप पारि भने के होला ? तिन को मन मा कस्तो खाले आगो बलेको होला ? नेपालि ,हिन्दि र अंग्रेजी फिल्म मा जस्तै र फुलन देबी को कपि जस्तै ति महिला र पिडित दलित हरुले गरे भने बेलबारी मशान घाट मा परिबर्तन हुदैन होला ? त्यसैले बेलबारी बासि र नेपालि हामि जनता ,सरकार गम्भीर हुनु पर्छ \ घटना को सत्य तथ्य पत्ता लगाई बिना भेदभाब सजाय दिलाउनु पर्छ \ भोलि कोहि बिद्रोही बनि जंगल या ठुला सहर नपसोस र बेलबारी लाइ मशान घाट कसैले नबनाओस \यस्तो परिस्थिति नबनोस \ सबै गम्भीर होउ \ कुनै पनि विभेद र अन्याय हुने आधार ध्वस्त बनाउ \ सबैलाई न्याय र मौका समान हुने आधार बनाउ \ कानुनि राज्यको निर्माण गरौ \हर समस्या लाइ भिड ,जमात ,बल ,सम्पत्ति ले होइन कानुन ले समाधान गरौ ,गराउ \ उमेश जी घटना लाइ जनता सामु ल्याउनु नै तपाइको ठुलो काम हो \तपाइले आफ्नो पेशा प्रति धर्म निर्बाह गर्नु भएको छ \ जिम्मेबारी पुरा गर्नु भएको छ \हेरौ जेम्मेबारी लिएका भनौदा र हामि नै देश हाक्ने हौ भनौदा ले कसरि जिम्मेबारी निर्बाह गर्दा रहेछन \

    Reply
  35. prakash says:
    July 24, 2013 at 9:08 am

    जे होस् माइसंसार ब्लग लाई धेरै धेरै धन्यवाद समाचार सम्प्रेसन गरेर खुलस्त पर्दिएको मा

    Reply
  36. Rajendra Adhikiar says:
    July 24, 2013 at 8:55 am

    बलात्कार प्रयास साँच्चै भएको हो कि होइन भन्ने यकिन प्रमाण छैन । अड्कलबाजी गरेर आफैँ न्याधिश बन्ने हो भने अदालत किन चाहियो ? त्यो जङ्गली भीड भन्दा यहाँका कमेन्टर हरुपनि के फरक भए र ? उनीहरू पनि आफैँ न्यायाधिश भएर सजाय दिए, यहाँका कमेन्टर हरूपनि आफैँ न्यायाधिश भएर सबै कुरा छर्लङ्गै थाहा पाएको जस्तो, त्यो व्यक्तिलाई बलात्कारी भन्दै लिङ्ग काट्ने जस्तो गैरकानुनी कुराको वकालत गर्दैछन्, पाए भने त्यसै गर्न के बेर?
    कुरा के भने, पहिला त एउटा नारीमाथि सार्वजनिक दुर्व्यवहार गरेको अपराधमा तिनिहरूलाई सजाय दिनुपर्छ । अहिले सम्ममा पुष्टी भएको गैरकानुनी काम यत्ती हो । त्यसपछि, बलात्कारको मुद्दा अगाडी बढाएर दोसीलाई कानुन बमोजिम सजाय दिनुपर्छ , दोसी त्यो केटा पनि हुन सक्छ, अबला नारी पनि हुन सक्छ । र, अर्को कुरा पहिलेको जग्गा दिएर मिलापत्र गर्ने बलात्कारीलाई पनि कानुन बमोजिम सजाय दिनु पर्छ ।

    अब लगाउनुस रातै रातो मेरो कमेन्टमा । तर एकपटक आफैँलाई सोध्नुस्, त्यो केटा बलात्कारी नै हो भन्ने प्रमाण कै छ ? उ बलात्कारी हो हैन फैसला अदालतले गर्छ, माइसंसारको कमेन्टरको भीडले हैन । तर कानुनको खील्ली उडाएको र दुर्व्यवहारको मुद्दामा भने त्यो भीडका मान्छेहरू सजाय र गाली का भागीदाऱ छन् । र बलात्कार (प्रयास) प्रमाणित भएमा थप सँजायको पनि ।

    Reply
  37. Harke says:
    July 24, 2013 at 8:31 am

    सचिब ज्यु,
    भिडियो र फोटो राम्ररी हेर्नुस….अपराधीको अनुहार प्रस्ट छ,
    पक्रेर कारबाही गर्न आदेश दिनुस, तपाईसंग त अधिकार छ !……चेतना भया !

    दण्डहिनता भएको समाजमा येस्ता घटना घटीरहनेछन….!
    १. कालोमोसो दल्नु अपराध हो….यहाँ त नेता बन्छन र पुजिञ्छन…! म-हान नेता बन्छन !
    २. बलात्कारीहरु कलंक हुन्…तर तिनै परिवारका महिलाले नै बलात्कारी र बलत्कारको प्रयास गर्नेलाइ साथ् दिन्छन !
    ३. मुख्य सचिब कति निरिह विचारका….अरुको काँधमा बन्दुक राखेर मात्र सिकार गर्छु भन्छन (जाहेरी देउ पो भन्छन त…..!)

    Reply
  38. akash says:
    July 24, 2013 at 8:23 am

    आज देखि ma कान्तिपुरबहिस्कार गर्दै छु जसको मा नियमित पाठक हु . थुक्क मूल धारे मिडिया.

    Reply
  39. Sara says:
    July 24, 2013 at 8:12 am

    उमेश जी तपाइलाई धेरै धेरै धन्यवाद छ साचो कुरा बाहिर ल्यौनु भएकोमा/ तर आज म आफैलाई त्यो देश को नागरिक भएको मा शरम लागिरहेको छ!!! धिक्कार छ हामी जस्ता मौन दर्शक हरुलाई जहाँ बेकसुर नारी हरुलाई बलिको बोको बनैइच्छ अनि हामी एउटा कान ले सुनेरे अर्को कानले बिर्सने नाटक गर्छो!! अनि येओटा कुरा सधै रहस्येको गर्भमा नै रहने भयो………..किन नारी माथि आत्याचार गर्ने पहिलो पीडक नारी नै हुन्छा?!!! के यी पीडक नारीहरुलाई आफु भन्दा अरु कुनै नारी जतिको अस्तित्तो माथि नै शंका हुनेगर्छ?!!! खै दयारुपी नारीको चर्चा त अब केवल इतिहास र साहित्य मा मात्र सिमित रह्यो जस्तो छ/ अनि अन्तिममा
    Nepal मा बलात्कारीको लागि सजाय “shoot on the site ” हुनु पर्यो अनिमात्र यी दानव हरुले मानवीय संबेदनाको विचार गर्थे कि भबिस्यमा…./

    Reply
  40. aryan says:
    July 24, 2013 at 7:31 am

    मुख्य सचिब ले उजुरी गर्नुस अनि कारबाही गर्छु भन्नु जस्तो मुर्खता रहेन/ यो कस्तो कानुनी सासन हो जहाँ उजुरी गरे पछि मात्र कारवाही हुन्छा? सचित्र video नै राखे पच्ची फेरी उजुरी नै चाहिने?

    Reply
  41. chandra says:
    July 24, 2013 at 7:28 am

    एउटा अबला (पति बिदेसमा भएकोले) महिलामाथि एस्तो दिउँसै, सार्बजनिक ठाउमा, जघन्य अपराध हुँदा १) पीडकलाइ कारबाही हुन्दैन, २) नाम चलेका पत्रिकाले लेख्दैन, ३) राजनैतिक दलले चासो दिदैन, किन, किन, किन??? मेरो बिस्लेशन एस्तो छ:

    १) पिडित: (क) महिला भएर (ख) दलित भएकोले (ग) गरिब र (घ) अल्प सख्यक
    २) पीडक: (क) माथिल्लो जाति (ख) पुरुस (ग) तुलनात्मक धनि (घ) majority
    ३) प्रहरी/प्रसाशन: माथिल्लो जाति + पुरुस को हाली मुहाली भएकोले दलित+महिलाको पिडा – बाल मतलब!
    ४) कर्मचारी सरकार (५) Mainstream पत्रिका का पत्रकार/सम्बाददाता (६) मुख्य राजनैतिक दल: माथि ३ कै कारण!

    यदि मेरो बिस्लेसन गलत हो भने please , please , please , यो घटना को निस्पक्ष्य छानबिन होस्, मेडिया ले सत्य तथ्य बाहिर ल्यायोस, पीडक लाइ कारबाही होस्, पिडित ले न्याय पायोस्!!!

    Reply
  42. प्रशान्त says:
    July 24, 2013 at 7:27 am

    जति न्याधिस प्रधान मन्त्री भए नि तेस्तै हो…केइ गर्दैनन् र यो कुरा धेरै मा २ दिन मा सेलाऊछ | लाजैमोर्दो | कबाडी समाचार च्यानल को क कुरा गर्ने तिनीहरु रेखा थापा नाच्दा हेडलाइन छाप्छन …यस्तो संबेदनसिल कुरा मा बाल दिन्छन |

    Reply
  43. bibek dhakal says:
    July 24, 2013 at 7:27 am

    जति जे सुकै भने पनि अझै पनि कथित उपल्लो जातिहरुले दलितहरुलाई हेर्ने दृष्टिकोण र फरक छ , व्यहवार मा फरक छ! पाहाड देखि तराई को बजार र गाउँहरु सम्म यी कुराहरु छर्लंगै देखिन्छन! अहिलेको अवस्थामा यस्तो जातपात को कुरा गर्नु राम्रो हैन तर भैराखेको कुरालाई नदेखेको जस्तो गर्न पनि मिलेन…..उपल्लो जाति भनेर खालि बाहुन हरु मात्र हैन गुरुङ र दलित जातिको बाहुल्य भाको बस्तीमा गुरुङ हरुले दलितमाथि हैकम जमाको आफैले देखेको छु….विकासे कार्यकर्ताहरु गाउँ जादा खेरि सकेसम्म दलित को घरमा नखाने बरु अन्य जनजातिको घरमा जाने र पछि योजना पास गर्दा दलितहरुलाई घाटा पर्ने गरि भाको उदाहरण कति छन कति….पत्र पत्रिकामा छापिएका अन्तर्वार्ता जस्तो, यहाँ काठमान्डूमा प्रेस कन्फेरेन्स मा बोल्ने दलित नेताहरुको त्यहाँ उपस्थिति छैन! अझै पनि ति वस्तीका जनताहरु झुकेरै बसेका छन कथित “उपल्लो” जातको अगाडी…..अब भासन गरेर, एन जी ओ, आइ एन जी ओ मा ठेली का ठेली रिपोर्ट बनाएर केहि हुनेवाला छैन. एउटा आक्रामक सामाजिक अभियान थाल्नु पर्यो! ब्राम्हणहरुले मन्दिरमा पुजा गरिरबेला दलित हरुलाइ त्यहि बेला छिर्न लगाउने; सरकारलाई जातिय विभेद बिरुद्द कडा नियम लेराउनको लागि दबाब दिने ( कम्तिमा १ लाख जरिवाना वा २ वर्ष जेल सजाय वा दुवै!); फिल्ड जाने कर्मचारीहरुले मिश्रित बस्ति भाको ठाउमा दलितकै घरमा बास बस्नु पर्ने र खान त्यहि खानुपर्ने नियम सबै संस्थाहरुले लागु गर्ने…
    अब त् अति नै भो!

    Reply
  44. Gita says:
    July 24, 2013 at 7:14 am

    साथि हो यो कम्पुटर मा गफ्फ मात्रै हाकेर के गर्ने? काम गर्नु पर्यो काम |
    देशका यस्ता समस्या हरुलाई साची नै निर्मुल गर्न मन लाग्छ भने देखि यहाँ माइसंसारमा कुरा मात्र गरेर हरियो लाइक पाउन खोज्ने होइन त्यसको लागि काम शुरु गर्न पर्यो अब |

    Reply
  45. Dipak says:
    July 24, 2013 at 7:12 am

    हरेक मानबको बाच्ने अधिकार अनि समाजमा बस्न पाउने नैसर्गिक अधिकार खोसिएको सुन्दा हामी कुन दुनियामा बाचिरहेकाछोउ जस्तो लाग्छ . मलाई पनि दुख लागेको कुरा , पुलिश प्रसासन मा पुगेको घटना , कसरि कानुन हातमा लिन सकेका होलान ति समाजका नारापंसुक दानाबले. अनि कानुनको पालना गराउने प्रसासन पनि अलि बेमौसमी बाजा भएको जस्तो लाग्छ . यहाँ उल्लेख गर्ने पर्ने कुरा चाही , पत्रकार साथि हरु . एउटा बेकामे नेता कतै गएर जता भाबी बोलेको कुरा मुख्य समाचार बनाउने तर हाम्रो समाजमा घटेको एस्तो दर्दनाक घटनाको कुनै नाम / निसाना छैन . अनि, डलर को खेति गर्ने सामाजिकी रुपान्तरनको धुवा फुक्ने एञ्जियो हरु कुन दलालीको चाकडी गर्दै होलान ?? बिचित्र छ हाम्रो नेपाली समाज .जे जस्तो परिस्थिति भएनी, दोषी लाइ कडा कारबाही र पिडित लाइ न्याय दिनु पर्छ .

    Reply
  46. राम चन्द्र says:
    July 24, 2013 at 6:35 am

    सम्सद को कुर्ची तिपेर झ्याल बाट फाल्ने सभासद पास्वान कता मुन्टिएको छ कुन्नी ? आवाज बुलंद गरी हात्मा कानून लिने लाई कार्वाही गर ।

    Reply
  47. Jeevan Thapa says:
    July 24, 2013 at 6:32 am

    यी पिडित महिलाले जति सक्दो छिटो न्याय पाउन अनि ति नर पिशाचुहरुलाई कानुन बमोजिम सक्दो कारबाही होस् !!
    फेरी हाम्रो समाजमा यस्ता नर पिशाचु हरु नजन्मिउन !!1

    Reply
  48. Gaurab Nepali "Oodaaseen" says:
    July 24, 2013 at 5:54 am

    बरिस्ठ र अग्रगामी चार दलले सम्हालेको यो नौलो नेपालमा यस्ता झिना मसीना कुराहरु त्यसै सल्तिदै जान्छ ! देख्नु भएन आपत बिपतमा राहत वितरण गर्न जाने पूर्वराजा ज्ञानेन्द्रलाई जेल नेल ठोक्त्हें भन्ने बाबुरामको को हुँकारले त यस्ता मानब हिन किर्यकलाप्लाई बाबुरामले छोदैन ! जिन्त नगर्नुस मोहदय, Mahan नेता बाबुराम प्रचण्डले यी झिना मसिना सब काम ठिक बनौनेछन!

    Reply
  49. Rossan says:
    July 24, 2013 at 5:09 am

    थुक्क कुकुर हरु!!!!
    येत्रो मान्छे हरु को कसैको पनि बुद्धि रहेनछ.
    अझ हेर न त्यो बयान लिने पशु हरु ….नेपाल त्यसै पछाडी परेको हैन रहेछ भन्ने कुरा यहाँ बाट थाहा हुन्छ.
    यो विदेओ मा भएका सबै मान्छे हरु लै खोजि खोजि लगेर थुन्न पर्छ!!!!!

    Reply
  50. योगेश आदी says:
    July 24, 2013 at 5:08 am

    उमेशजी, यो जाति बिशेषको कारणले भएको झगडा नै होइन / किन यो जात त्यो जात, दलित, बुजुर्ग आदि नामले जातियताको नाम दिनुभाको ?
    कृपया घटनालाइ मानबिय अपराध र कानूनी कारबाहीको दृस्टीकोणबाट हेर्नुहोस / जातीयता मुद्धा उठाउनु समाजको लागि राम्रो होइन / जिम्मेबार पत्रकारले यस्ता कुराहरु ख्याल पुर्याउनु पर्दछ /
    धन्यबाद !

    Reply
    1. Bijendra says:
      July 24, 2013 at 9:11 am

      दलित, बुजुर्ग भन्नु जातियताको नाम हैन योगेश जी सम्बोदन मात्र हो घटनाका व्यक्तिको लागी र जो जस संग सम्बन्धित छ. तपाई अर्को बखेडा नाझिक्नुस ज्यतियेताको नाम लिएर| दलित् र बुजुर्ग बीच को घटना हो यो अनि दलित र बुजुर्ग नै लिखिञ्छ, जब की छेत्री र नेवार भएको भए छेत्री र नेवार नै लेखिन्थियो. अनि छेत्री र नेवार पत्रकार ले लेख्दा चै जतियेता नहुने दलित, बुजुर्ग लेख्दा चै जतियेता हुने, तपाई भित्र चै जतियेता को भाव छ जस्तॊ छ नी.

      Reply
  51. Hillman Myagdi says:
    July 24, 2013 at 5:00 am

    मेरो संसारमा घटना देखेर आँखा रसायो! हेर्नु बाहेक अरु केही गर्नु नसकेकोमा नेपाली हुनुमा लज्जित छु! एउटा अबला नेपाली चेली माथीको यो दुरव्यावाहर पाशविक छ! यी पशुहरु लाई अदालतको कठघरामा ल्याएर जेल हाल्नु पर्छ! नेपाल भन्ने मुलुकमा अझै कानुनको अवशेष कतै बाँकी छ भने यस्तो जघन्य अपराध गर्ने लाई सरकारले कडा भन्दा कडा कारवाही गरोस! भिडिओ खिच्ने र उमेश जी लाई धन्यबाद!

    Reply
  52. aasish swiss says:
    July 24, 2013 at 4:47 am

    उमेश जी ले मैले केहि सब्द टाइप गर्ने बाहेक केहि गर्न सकेको छैन म पनि दोषी छु भन्नु भएको रहेछ अन्त्य मा,यो तपाइको महानता हो,तर तपाइकै केहि सब्द ले आज यो घटना देश को सामु आएको छ,ठुला मिडिया हरु त सुतेका सुत्यै छन्,कुन नेता ले के खायो देखि लिएर कति बेला ट्वाइलेट गयो सम्म को कभरेज गर्ने हरु आज येत्रो घटना हुदा चुप चाप छन् किन होला बुझ्न सकिएको छैन,अनि उमेश जी को यो कदम ले आज सामाजिक संजाल देखि लिएर सिङ्गदरबार सम्म हल्लिएको छ,नेपाल सरकार का मुख्य सचिब ले तपाइका केहि सब्द मा चासो राखेर बिस्तृत बुझ्नु र कारबाहीको निर्देशन दिनु ठुलो उपलब्धि हो,फलोअप जारि राख्नु होला,यहा ठुला मिडियाको भन्दा पनि माइ संसार ब्लग बिस्वस्नीय छ र समाज मा खबरदारी गरिरहेको छ,
    आशिस स्विस

    Reply
  53. Dev says:
    July 24, 2013 at 4:37 am

    यो गाऊ का सबै जन्तु हरुलाई आगो मा हाल्दा राम्रो हुन्छ | यति धरै अन्याय….उफ्फ़ ! अति भयो अब | बास्तव मै नेपालीहरु राम्रा मान्छे हुँदै होइन्न | नेपालीहरु राम्रा मान्छे भैदिएका भए आफु राम्रो हुन्थ्यो, समाज राम्रो बनाउथ्यो अनि देश | एक पल्ट सोच्नुस त हामीले के चाही राम्रो बनाए का छौ ? घर राम्रो बनाए का छन त, बाटो मिचेर बाटो बिगारे का छन् | आफ्नो सन्तान लाई राम्रो र महँगो शिक्छा दिने ले देश लाई नै लुतेका छन् | ९०% नेपाली हरु जो विदेश मा पढाई का लागि गएका छन् यसका अभिभाबकहरुले देश को कुनै न कुनै क्षेत्र मा बेइमानी गरेकै हुन्छन | बैंक मा काम गर्ने ले बैंक मा, सरकारी कार्यालयहरु मा काम गर्नेहरुले कार्यलयहरु मा, कुनै पनि क्षेत्र मा बेइमानी गर्न छोडेको छैन नेपालीहरुले | कसरी भन्ने हामी नेपाली राम्रा छौ | जात पात को नाऊ मा सानो जाति भनेर, धनी गरिब को नाऊ मा गरिब र कम्जोरहरु लाई हेप्न सम्म हेप्छौ | छि..छि कसरी भन्न सक्छौ नेपालीहरु राम्रो भनेर ??

    Reply
  54. Gurung SB says:
    July 24, 2013 at 4:17 am

    श्रीमान् तथा प्रधानमन्त्री ज्यू, (खिलाराज रेग्मी ज्यू),तथा गृहमन्त्री ज्यू
    शान्ति सुरक्षाको जिम्मा लिएका ठेक्केदारहरु,
    बलात्कfरको झुठो आरोप लगाएको भन्दै मोसो र जुत्ताको माला लगाएर दुव्र्यवहार संलग्न निकम्मा गाँउलेको विषयमा न्यायमूर्तिको नेतृत्वमा गठित नेपाल सरकारको न्यायिक विचार के छ ?
    देशका दलितवर्गको पक्षमा घाँटी सुकुञ्जेल बोल्न नथाक्ने सबै पार्टीको नेताहरु, कता छन् ? दुव्र्यवहारमा संलग्न सबै दोषीहरुलाई कारवाही गर्न यो सरकार सक्षम छ, प्रहरी प्रशासनको न्यायिक दृष्टि के छ ? के छ माओवादी, एमाओवादी, एमाले, कांग्रेस लगायत सबै निर्वाचन प्रयोजनमा दर्ता भएका दलहरुको विचार ? सत्य तथ्यकुरा तुरुन्त सर्वजानिर्क गरियोस् । देशभरका दलितवर्गको चेतना भाया …………

    Reply
  55. Buddha says:
    July 24, 2013 at 3:48 am

    इ दलित महिला लाई जस्तै नेपाल मा राजा लाई पनि तछाड मछाड पारे तेतिबेला पनि जनता ले कानुन आफ्नो हात मा लेयेर हिडेका थिएअ आइले पनि हात मा लिएका छन !!! संबिधान बनाउन किन परेओ ,, जनता नै संबिधान भएपछि !!!

    Reply
  56. sindusharma13 says:
    July 24, 2013 at 3:10 am

    यो समाजमा मानवताको व्यवाहार कसरि गर्ने भनेर सिकौनु बाकिरहेछ र तेस्तै ब्याजती तिनीहरुको छोरी बुहारीलाई पनि परेको भए कस्तो मसुस हुन्थ्यो होला यो संगाली समाजलाई सबक सिकाउने पर्छ कडा भन्दा कडा कारवाई हुने पर्छ पुरै देश को लागि सचेत हुनेगरी ?

    Reply
  57. Rimal Banjit says:
    July 24, 2013 at 3:08 am

    येस्तै पारा भैरहने प्रसासन को पहुँच सुन्य हुने हो भने यहाँ नेर धेरै फुलन देविवाला घटना हरु दोहोरिञ्छ

    Reply
  58. ram says:
    July 24, 2013 at 3:04 am

    यो त अत्याचार नै भो. …गरिब अनि त्यो माथी तल्लो जात को हुनुपर्छ, नेपाली समाज जस्तो नर्क यो संसार मा कहिँ छैन भन्ने कुरा को प्रमाण हो यो | न्याय पाउछिन जस्तो मलाई चै लाग्दैन | कसकसलाई सजाए हुन्छा हेर्दै जवौ |

    एकदम दुखद घटना हो यो |

    Reply
  59. भाइ काजि श्रेष्ठ says:
    July 24, 2013 at 2:46 am

    यो कुरा कागज र कुनै पत्र पत्रिकामा अनि ब्लगमा मात्र सिमित नरहोस् !
    जसरि एक अबला नारीमाथि निर्मम अनि बर्बरता पुर्बक आक्रमण भएको छ ! पीडितले न्याय पाउनु पर्छ ! ता कि भोलि त्यो ठाउमा ति तिन घरमा कहिल्यै यस्तो घटना हेपेर नहोस ! सबै मिलेर बस्न सकुन !

    कुरा बुझ्दा पहिले देखिको दुस्मनी जस्तो देख्न सकिन्छ ! ठुला जातले साना जातलाई जे पनि गरे हुने !!!??? यो कस्तो न्याय हो ??? त्यसैले भोलि देखि त्यो दलित घर परिवारमा केहि तल माथि भएमा त्यसको जिम्मेवारी त्यो समाजका ठुला भनौदाले जावाफ दिनु पर्छ हैन भने ति रमिते जंगलीहरुलाई कारबाही हुनु पर्छ ! जसरि हात हाल्दै गाउ निकाला गर्ने कुरा गर्छन के त्यो गाउ तेस्का बाउको बिर्ता हो ???
    यदि यहि घटना ति परिवारमा भएको भए के गर्थे !!!??? यो प्रस्न ति महान बलात्कारी परिवारलाई सोध्नुहोस है ???
    पहिले नन्द माथि अनि ऐले भाउजु माथि …. यौन पिपासु…त्यसको त लिङ्ग काटी दिनु पर्ने अनि फेरि फेरि यस्तो घटना त्यहाँ कहिले पनि हुने थिएन कि !!!.

    Reply
  60. kiran says:
    July 24, 2013 at 2:42 am

    यत्रो जघन्य अपराध त मिला पत्र गरेर टुङिदो रहेछ अनि आफुखुशि मिलेर सम्बन्ध राख्ने जोडिलाइ चै कुन मुख लिएर प्रहरीले पक्रन सक्दो रहेछ ह ?

    Reply
  61. Santosh says:
    July 24, 2013 at 2:23 am

    उमेश जी हामि सबै मिलेर रास्ट्रपति लै जतिसक्दो धेरै इमेल पठाम न . पहिला हामीले कुन कुन कम्पनी लाई हो नेपाल को बारेमा नराम्रो लेख्यो भनेर येस्तै गरेका थियम हजुर लाई सम्झना छ कि छैन? कारबाही गर्न सक्ने ब्येक्ति हरु लाई झक्झक्याउने यो एउटा राम्रो तरिका हुन सक्छ. लौन बरु हाम्लाई रास्ट्रपति को इमेल दिनुस न…

    Reply
  62. Ganesh25 says:
    July 24, 2013 at 1:52 am

    Dear Nepalese citizens,

    If anybody does any criminal activity in the society for example:
    by using abusive word, threatening physically, mentally, morally, diescriminating others including childrens, womwn, men and etc
    considered as committed crime and has to be arrested, stand for trial in Court and punished by the Court. Policemen/officer must arrest them, forward to the Court for their crime to be punished. Pilicemen cannot
    forgive the criminals, cannot be part of negotaions and cannot be the decision making. If the Policement do, they have also committed crimes and are criminals.

    In ths case, the nepali citizen has been discriminately beeaten, physically, mentally, wordingly abused by criminals and this is a major crime in this Century’s History. Policemen did not arrest the mass criminals, that is also a crime.

    So, much of the nepali society is living is criminal environment are criminals. That’s the proof. Including the Secretary who does not want t amke inquery, make public the criminals and give justice to the victim.

    Therefore, the Secretary also a criminal.
    There is no chance of negotai

    Reply
  63. Biraj Subedi, Fougeres, France. says:
    July 24, 2013 at 1:41 am

    होइन के हुँदै छ हाम्रो समाजमा?२१ औ सताव्दीमा पनि यस्ता घृणित कार्य अनि एस्तो अमानवीय कार्य गरेपछि फेरी मिलापत्र ??? होइन पुलिस पनि किन मुकदर्शक भएको? दोषी लाई कडा भन्दा कडा कारबाही भएको सुन्न पाए हुन्थ्यो

    Reply
  64. Pradip Shrestha says:
    July 24, 2013 at 1:31 am

    यि पीडित महिलाले न्याय नपाएसम्म एक नपालीको हैसीयतले मेरो शिर सधैं झुकिरहनेछ।

    Reply
  65. jiten says:
    July 24, 2013 at 1:25 am

    हदै सम्मको कारबाही हुनु पर्छ ! एस्तो सोच र बेओहारले गर्दा आज नेपाल ५०० सय वर्ष पछाडी छ! हे प्रभु प्रगति भन्दा दुर्गति भयो मेरो देश बुद्धको देश नेपालमा !

    Reply
  66. Sunil, London says:
    July 24, 2013 at 1:12 am

    नेपालमा एकल महिला, बिधवा, गरिब र दलित महिला लाई बोक्शिको आरोपमा मलमुत्र ख्वाएको कुरा धेरै पटक पत्रपत्रिकामा पढेको छु , अब यी बेलबारीका अमानवीय यातना दिने आइमाई हरुलाई पनि मलमुत्र ख्वाइदिये कसो पर्ला ? कानुन हातमा लिने अधिकार कसैलाई छैन तर प्रहरी प्रशाशन ले केहि नगरे पछि के गर्नु त , खोइ YCL लाई “फी” तिर्ने पैसा ति दलित बहिनि संग छैन होला नत्र त “फी” पाउनासाथ उनीहरुले “भाटे कारवाही” गर्छन रे भन्ने सुन्या थिए !!!!!!!! कति “फी” लाग्छ यिनीहरु लाई कारवाही गरे बापत हामी तिर्न तयार छौ…….! साथै बेलबारी का नरपशु हरुलाई तिनै आइमाई हरुका साथमा राखेर सामुहिक मलमुत्र ख्वाउने कार्यक्रम राख्नु पर्यो !!!!!!

    Reply
  67. krishna says:
    July 24, 2013 at 12:44 am

    जंगली लाइ तह लाउन नसक्ने प्रसासन लाइ धिक्कार छ |

    Reply
  68. मन बहादुर तामांग says:
    July 24, 2013 at 12:28 am

    यो घटनाले अथवा भनौ यो घटनाबारे तपाईको रिपोर्टिंगले यति मन छुयो एक क्षण सम्म म हक्क न बक्क भए| हामी कुन दुनियामा छौ र के गर्दैछौ भनेर आफैलाई सोध्न वाध्य तुल्यायो|
    यी दुई लाईन कोर्न बाहेक आफुले अरु केही गर्न नसकेकोमा लज्जित छु| ब्लगको अन्तिम प्याराग्राफ मननीय छ| मनुष्य प्राणी मध्ये उत्कृष्ट र विवेकशील हुन् भने किन यस्तो निकृष्ट र अमानवीय कार्य?
    केलाएर हेरे हाम्रो नेपालमा विद्यमान अधिकतर पीर मर्का र असमानताको जरो जातपात विभेदको सोच र व्यवहार नै भन्दा हुन्छ| कसैलाई दलित सोच्ने स्खलित मानसिकता नहटे सम्म हाम्रो समाज अघि बढ्न सक्दैन|
    रमिते समेत त्यस घटनामा सम्मिलित सबैलाई सजाय दिएर जबसम्म कडा नजीर स्थापित गरिंदैन तब सम्म यस्ता घटनाले प्रश्रय पाई रहनेछन|
    अमेरिकामा भए यस्ता घटनाका रिपोर्टिंग गर्नेले पुलित्जर पुरस्कार पाउनेमा मनोनयन हुने थिए वा पाउने थिए होला| हाम्रो नेपालमा फेरि यस्ता घटना दोहोरिन नदिन यो रिपोर्टिंगले पुर्याउन गएको सहयोग पनि हाम्रो मनको पुलित्जर सरह हुनेछ|

    Reply
  69. limbu paahim says:
    July 24, 2013 at 12:15 am

    पित्री सतात्मक हिन्दू समाजले निम्त्याएको परिणाम ।

    Reply
    1. Nabin says:
      July 24, 2013 at 3:00 am

      हेल्लो…. आफ्नो वाक्य हरु लाइ सम्हालेर प्रयोग गर्नुस …

      Reply
    2. योगेश आदी says:
      July 24, 2013 at 5:12 am

      कस्तो निकृष्ट सोचाइ भएको मान्छे रहेछ यो !! कति साँघुरो सोचाइको दायरा !! कताबाट यो जात, धर्मको कुरो यो घटनामा ??
      यो त मानबिय अपराध हो / यसमा ठुलो सानो जात धर्म भन्ने कुरो उठाउनु नै समाजलाई अमर्यादित र हिंसक बनाउनु हो !!
      कृपया, अपराधीलाई कारवाही कानूनले गर्दछ / व्यक्ति व्यक्ति बिचको बिबादको कारण उब्जिएको घटनालाई जतिकरण नगरियोस !! माया गरौँन समाजलाई…

      Reply
    3. Hom Sharma says:
      July 24, 2013 at 5:29 am

      तेही भएर होला महिला ले महिला लाई कुटेको होइन त लिम्बु जी ? अनि हिन्दु संग एसको के लेना देना रैछ मैले बुझिन !

      Reply
    4. Devendra Basnet says:
      July 24, 2013 at 1:07 pm

      डलर खाएर नया धर्म किन्ने मध्हेको होला साएद हाम्रो लिम्बु बन्धु तेसैले येह धर्मको कुरा लिएर आएको.

      यो अतिनै दुखद घटना हो. त्यो एक्ली महिला लै हातपात गर्ने सबैलाई खोरमा हाल्नुपर्छ .
      कसैले वास्ता नगरेको येत्रो ठुलो अमानाबिये घटनालाई सबैलाई सुचित गरेकोमा सालोक्यजी लै धन्नेबाद

      Reply
  70. विक्रम लुइँटेल says:
    July 23, 2013 at 11:58 pm

    प्रेस चौतारी नेपाल
    जिल्ला कमिटी, मोरङ्ग

    प्रेस विज्ञप्ती
    हाम्रा संगठनका सदस्य तथा फाइट साप्ताहिकका कार्यकारी सम्पादक मनोज विक सहितलाई मिति २०७० साउन ७ गते मोरङको वेलवारी ३ का जिवन भेटवाल, उनका दाजु अमित भेटवाल र कविन्द्र प्रसाई लगायतको अगुवाईमा कालोमोसो दलेर कुटपिट तथा दुव्र्यवहार गरिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पत्रकार विकलाई कालोमोसो दलेर कुटपिट गर्नुका साथै उहाका दाजु अनिल विक समेतलाई कुटपिट गरिएको छ ।
    वेलवारीकी एक महिलाले आफुमाथि वलात्कारको प्रयत्न भएको भनेपछि कानुनी उपचारका लागि प्रहरीमा उजुरी दिन सल्लाह दिएकै भरमा मानिसको स्वतन्त्रतापुर्वक वाच्न पाउने हक विरुद्धको जघन्य तथा घृणित कार्यको जतिसुकै निन्दा गरेपनि कम हुन्छ । कानुनलाई हात लिएर कुटपिट गर्नु तथा कालोमोसो दल्नु कानुन बिपरित र निन्दनीय हो । २१ औ सताव्दीमा पनि यस्ता घृणित कार्य गरिनुले समग्र नेपाली समाजलाई नै लज्जित वनाएको हामीले महसुस गरेका छौ ।
    यो घटना मानवता विरुद्धको जघन्य अपराध भएकाले त्यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कार्वाही गर्न हामी प्रहरी प्रशासनसंग आग्रह गर्दछौ । साथै समाजका प्रवुद्धवर्ग, वुद्धिजिवी, मानवअधिकारवादी संघ÷संगठनहरुलाई समेत कानुन वमोजिम कार्वाहीका लागि सहयोग गर्न गम्भिर ध्यानाकर्षण गराउदछौ ।
    साथै सोही घटनाका विषयलाई लिएर विभिन्न संचारका माध्यमहरु तथा सामाजिक संजालहरुमा पिडितलाई थप पिडा दिने गरिका फोटो सहितका समाचारहरु संप्रेषण गरिएकाले त्यस्ता ती व्यक्ति तथा संस्थाहरुलाई समेत कानुनी दायरामा ल्याई कार्वाही गर्न माग गर्दछौ ।

    विक्रम लुइँटेल
    केन्द्रिय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष
    प्रेस चौतारी नेपाल

    Reply
    1. cRIS says:
      July 24, 2013 at 6:26 am

      पीडितको अनुहार छोपी, पीडकहरुको अनुहार देखाउनु हुन सबै सामाजिक संजाललाई आग्रह छ|

      Reply
    2. Gokul says:
      July 24, 2013 at 6:28 pm

      एउटा बक्तब्य छाप्यो बस काम सिद्धियो| के फलो अप गरेको हो पत्रकारको विल्ला भिरेकाहरुले त्यो थाहा दिनु भए हुन्थ्यो|

      Reply
  71. Rajib Upadhyay says:
    July 23, 2013 at 11:55 pm

    हैन यो मेडिया भनौदो हरुले चाही यो समाचार किन न लेखेको रे? यो पनि छल पाउनु पर्यो ! यस्तो अमानविय घटनामा पनि किन नबोलेको हौ, कतै आवाज नभएकाहरुको आवाज भनौदाहरु, थुक्क !

    Reply
  72. raj says:
    July 23, 2013 at 11:46 pm

    येस्ता अपराध मा मिलापत्र गर्न मिल्छ ? कस्तो कानुन हो | जंगली लाइ तह लाउन नसक्ने प्रसासन लाइ धिक्कार छ |

    Reply
  73. बिक्रम नेपाली says:
    July 23, 2013 at 11:32 pm

    यस्तो अत्याचार र वर्वर घटना हेरेर बस्ने हामी कति पापी, निस्ठुर ! हामी मान्छे नै हौँ भने अलिकति मानवता नामको चिज छ भने आउनुहोस ति अपराधिहरुलाई कानूनको कठघरामा उभ्याउन मदत गरौँ ।

    Reply
  74. Raju Rana - Mahendra says:
    July 23, 2013 at 11:30 pm

    दोषी लाई कडा भन्दा कडा कारबाही र साथ मा पिडित लाई मानसिक , आर्थिक , सामाजिक र सास्कृतिक सहयोग गर्नु पर्छ . प्रहरी प्रशासन लाई चुस्त राखन सरकार ले नि जति सक्दो छिटो कदम चाल्नु पर्छ . नेपाली जनता को कर को रकम खायर बसेका सरकारी कर्मचारी जनता को सेवा मा लाग्ने कहिले होला हाम्रो नेपाल मा

    Reply
  75. rabindra shrestha says:
    July 23, 2013 at 11:07 pm

    एमाओबादी कहाँ छ? अरु पार्टीहरु कहाँ छन्? पैसा शोहर्दै ठिक छ हैन?

    Reply
  76. RajuB says:
    July 23, 2013 at 10:50 pm

    त्यो समाज नै बलात्कारी को दर्जा मा गनिएको छ | चाहे महिला न पुरुष दोष सबै को छ | जो होचो त्यसै को मुखमा घोचो गर्ने, लोकतन्त्र को उपहास गर्ने सबैलाइ कानुन बमोजिम कारबाही होस् | पिडित पक्छ्यले छ्यातिपुर्ती सहित उचित न्याय पाउदा सम्मको समाचार सुन्न पाइयोस | जय नेपाल

    Reply
    1. Eka raj agasti says:
      July 24, 2013 at 1:44 am

      त्यो बेल्बारी भन्ने समाज नै बलत्कारी समाज रहेछ नि, झन भेटवाल परिवार त त्यो पनि ५५ बर्शे बुढो ले १३ बर्षकी बालिका बलत्कार गर्दा गाउ मै मिलाउने भने पछी त त्यो समाज मा कस्ता मान्छे बस्दा रहेछन भन्ने बुझि हालियो नि,

      Reply
  77. Sam says:
    July 23, 2013 at 10:31 pm

    कानून भन्दा माथि कोहि हुनसक्दैन यदि कानूनी राज्य छ भने तर हाम्रो देशमा
    कानूनको बर्खिलाप हुन्छ त्यसैले कानूनी राज्य कागजको पानामा
    र नेताको बोलिमानै सिमित हुनेभो, आशा गरौ दोषीलाई
    कारबाही हुनेछ

    Shyam Giri
    USA

    Reply
  78. hari says:
    July 23, 2013 at 10:24 pm

    महिला, दलित को नाममा डलर कमाऊ NGO हरु ….!!!

    Reply
  79. madan bajracharya says:
    July 23, 2013 at 10:21 pm

    मुख्य सचिवज्युले “कोहि छ उजुरी गरि दिने” भनेकोमा लौ त् म पनि नेपाली नागरिकनै भयकोले उद्द्दंड व्यक्तिहरुले कानुन हातमा लियर यौटी महिला माथि अमानवीय तरिकाले कुटपिट गर्ने र फौजदारी अभियोग लाग्न सक्ने यस्तो अपराध गरेका सिट पिडितलाई न्याय दिनुको सट्टा उल्टै पिडक सिट मिलापत्र गरायर “कानुन” लाइ अपाङ्ग र निस्क्रिय गराउन खोज्ने माथि कार्यवाही होस् भनि अनुरोध गर्छु/ आसा छ यहाले नेपालमा कानुनि राज अझै मरेकै छैन भनेर आस्वस्त गरि दिनु हुनेछ/

    Reply
  80. Ang says:
    July 23, 2013 at 10:20 pm

    जनैवादी गठबन्धनको एउटा सर्व उत्कृष्ट नमूना, अवल दलित महिला माथि पर्तयक्ष गरेको कुटपिटको लागि उजूरवालाको खाँचों ? कस्तो मुख्य सचिव अनि प्रहरी प्रशासन ? पत्रकार ?

    Reply
    1. Chetan Nepali says:
      July 24, 2013 at 3:28 am

      यहि नै हो मुख्य कारण नेपालमा संघियत चाहिएको त्यो पनि जातिय पहिचान सहित!” मलाई लाग्छ आज नभए भोलि भोलि नभए पर्सि यो नभए सम्म केहि हुनेवाला छैन !!!अरुको त सबैको ताल देखि सक्यो नि !!!

      Reply
      1. Dinesh Oli / Airport Customs Officer says:
        July 24, 2013 at 9:57 am

        दुवै जना तिब्बत तिर चाडो भन्दा चाडो प्रस्थान गर्नु भए हुन्छ !

        Reply
        1. Chetan Nepali says:
          July 24, 2013 at 8:05 pm

          ओली जी,
          बरु तपाइलाई समाबेशी र समानहक अधिकार सम्पन्न भएको जातिय पहिचान सहितको संघियता मन नपर्ने हो भने कुनै चार मध्ये एक तीर्थ धाम तिर बसाई सर्ने हो कि ? बेलैमा बिचार गर्नुहोस आफ्नो र आफ्नो भविस्यको लागि !

          ढिलो या चाडो संघियता त आएरै छाड्छ र त्यो पनि समान जातिय हक र अधिकार युक्त त्यो नै अन्तिम विकल्प हो ! अहिलेको जस्तो बाहुन र क्षेत्रीको मात्रै उच्च हक र अधिकार सम्पन्न होइन !! यो कुरा ढिलो महशुस गरे वा भए त्यसले धेरै क्षति गर्छ छिटो भए कम क्षति गर्छ फरक मात्रै त्यति हो ! आगे तपाइको मर्जी !!

          Reply
          1. Soyal says:
            July 24, 2013 at 11:15 pm

            चेतन जी
            म तपाइको कुरामा सहमत छु | संघियता आएर छाड्छ होइन ल्याएर छाड्नु पर्छ |

            Reply
  81. राजेन्द्र भट्टराई says:
    July 23, 2013 at 10:07 pm

    हाम्रो देशमा भीडले गरेको “भेडा” निर्णय हाबी छ चाहे त्यो राजनीतिक दलमा होस् या समाजमा / अझै यिनी त दलित महिला भयकोले अरु पिडा खेप्न बाध्य भयको जस्तो लग्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme