Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आखिर किन बन्द भयो र कसरी फेरि खुल्यो डिस होम ?

Posted on July 20, 2013July 20, 2013 by Salokya

dish-home-logo बिना कुनै पूर्व जानकारी अकस्मात् बुधबारदेखि नेपालको एक मात्र डिटिएच कम्पनी डिस होमको प्रसारण बन्द भएपछि गाउँघरमा रुवाबासी जस्तै थियो। दुःखजिलो गरी कमाएको पैसाले मनोरञ्जन गर्न जेनतेन छाता ठड्याएका उनीहरु किन प्रसारण बन्द भयो थाहा पाउँदैनन्, के गर्नुपर्छ भन्ने पनि थाहा छैन। डिसहोमले अब अर्कै स्याटेलाइटबाट प्रसारण गर्ने भएकोले छाता मिलाउनु पर्छ, हाम्रा प्राविधिकहरुले घरैमा आई सित्तैमा मिलाइदिन्छन् भने। तर यो सन्देश गाउँघरसम्म पुग्न सकेको थिएन। अघिल्लो ब्लगमा तपाईँले देख्नुभयो होला कस्ता कस्ता अनकण्टार ठाउँमा समेत डिस होमका छाता ठडिएका थिए। उनीहरुको मनोरञ्जन सम्पर्क पूरै विच्छेद भएको अवस्था छ।

अचानक हिजोदेखि पुरानै स्याटेलाइटको सेटिङमा पनि डिस होमको प्रसारण देखियो। ग्राहकको टिभीमा एन्टिना रिट्युन गर्न आवश्यक छैन भन्ने मेसेज पठाइयो। तर कम्पनीले आधिकारिक रुपमा यसबारे केही बताएको छैन। ‘दोब्बर क्षमता’को अर्कै स्याटेलाइटबाट प्रसारण थालिएको र छाताको लोकेसेन परिवर्तन गर्नुपर्ने मात्रै उसले आफ्नो फेसबुक पेजमा बताइरहेको छ। उसको आधिकारिक साइटमा नयाँ स्याटेलाइटको सिग्नल टिप्न कसरी एन्टिना मिलाउने भन्ने विस्तृत जानकारी राखिएको थियो। अहिले सुटुक्क सबै जानकारी झिकिएको छ। एन्टिना मिलाउनु पर्दैन भनेर चाहिँ केही भनिएको छैन। अकस्मात् कुनै जानकारी नै नदिई स्याटेलाइट किन परिवर्तन गर्नुपर्ने स्थिति आयो त ? यसबारे मैले डिसहोमको स्याटेलाइट प्रदायक ‘इन्टेलस्याट’सँग जिज्ञासा राखेको थिएँ।

स्रोतलाई उद्‌धृत गर्दै ‘अन्नपूर्ण’मा ‘समयमा रकम नबुझाएको डिस मिडियालाई बारम्बार ताकेता गर्दा पनि भुक्तानी नदिएपछि इन्टेलस्याटले सिग्नल काटेको’ भनिएको थियो। त्यही समाचारमा कम्पनीका बिक्री तथा बजार तर्फका निर्देशक सुदिप आचार्यले भनेका छन्- ‘हामीले रकम नतिरेर सिग्नल काटिएको हैन, स्याटलाइट सेवाप्रदायक परिवर्तन गर्न लागेकाले सेवा अवरुद्ध भएको हो। हामीले सम्झौता नवीकरण नगर्ने भएपछि इन्टेलस्याटले अचानक सेवा अवरुद्ध पारेको हो। हामीले यसरी अव्यवसायिक रुपमा उसले सेवा रोक्छ भन्ने ठानेका थिएनौँ।’

आखिर के रहेछ त कुरा ?

मैले इन्टेलस्याटलाई नेपालमा लाखौँ मान्छे टिभी हेर्नबाट वञ्चित भएका छन्, आखिर कुरा के हो भनी आधिकारिक जानकारी मागेको थिएँ। इन्टेलस्याटका तर्फबाट कर्पोरेट एन्ड मार्केटिङ कम्युनिकेसन्सकी उपाध्यक्ष Dianne J. VanBeber ले यस्तो जवाफ लेखिन्-

Dear Umesh,
Thank you for taking the time to try to find the real story. Not many journalists would give us a chance to respond.

DISH is not a direct customer of Intelsat. A distributor purchases the capacity from us, then sells to DISH.

While I cannot speak to DISH, or its relationship with our distributor, I can tell you that we work very closely with our distributors and any actions that we take are based upon direct instruction.

Based upon the advertising that you mention, it appears that perhaps there is a dispute between DISH and its satellite capacity provider.

Most of all, I am sorry that your fellow countrymen do not have access to television! Intelsat’s services deliver more television channels around the world than any other satellite company—I hope that your television is restored soon—whether on the Intelsat fleet, or not.

Dianne J. VanBeber
Vice President, Investor Relations and Corporate and Marketing Communications
Intelsat
3400 International Drive NW
Washington, DC 20008

यसबाट थाहा भयो डिस होम, जसमा कान्तिपुर मालिक कैलाश सिरोहिया अध्यक्ष छन् तथा नेपालका प्रमुख निजी टेलिभिजन सञ्चालकहरुको समेत सेयर छ, इन्टेलस्याटको सीधा ग्राहक हैन रहेछ। डिस्ट्रिब्युटरले इन्टेलस्याटसँग ठाउँ किनेर त्यो डिस होमलाई बेचेका रहेछन्। रकम नतिरेकोले हो कि हैन भन्ने कुरा चाहिँ थाहा भएन तर त्यही डिस्ट्रिब्युटरले ‘स्याटेलाइट लाइन काट्दे’ भनेकैले लाइन काटिदिएको देखियो। उनले पनि डिस होम र डिस्ट्रिब्युटरबीच खटपट भएकोले यसो भएको हुनसक्ने बताइन्।

लौ यो त नयाँ जानकारी भयो मेरो लागि। को हो त डिस्ट्रिब्युटर ? उसित सम्पर्क गर्न पाए त कुरा के हो भन्ने बुझिन्थ्यो नि। तर उनले ‘व्यापारिक गोप्यता’का कारण डिस्ट्रिब्युटरको नाम खोल्न नमिल्ने बताइन्। के हो यहाँ त इन्टेलस्याटले नै धोका दियो रे भन्ने कुरा आइराको छ नि त भनेर सोध्दा साथमा यस्तो डाइलग पनि दिइन्-

if DISH is making such a fuss about being turned off, they should not have a problem revealing who their relationship is with—they should be talking about their vendor and not Intelsat.

डिस होमले किन डिस्ट्रिब्युटरमार्फत् स्याटेलाइटको ठाउँ किनेको त ? सिधै किन्न मिल्दैन ? कति पर्छ सिधै किने ? मैले अर्को प्रश्न राखेँ। उनको जवाफ थियो-

Most DTH platform operators choose to contract directly with the satellite operator (i.e. Intelsat or other).

Prices for satellite capacity vary by market. An average used by most industry analysts as a global average is $1.5M per transponder per year; the actual rate varies by region and by satellite, and depends upon the total quantity purchased and the length of the contract (i.e. the longer the contract the better the price).

लौ, मिल्ने रहेछ त सीधै स्याटेलाइट अपरेटरसँगै कन्ट्र्याक्ट गर्न। डिस होमले किन चाहिँ सीधै नकिनी डिस्ट्रिब्युटरमार्फत् गएको होला त ? सीधै किनेको भए डिस्ट्रिब्युटरलाई दिनुपर्ने कमिसन कम भएर झन् पो खर्च जोगिन्थ्यो कि ! एउटा जग्गाकै उदाहरण लिउँ न, जग्गा सीधै जग्गाधनीसँग किन्दा सस्तो पर्छ कि जग्गा दलालसँग ? यहाँ डिस्ट्रिब्युटर भनेको पनि स्याटेलाइटको ‘जग्गा’ बेच्ने ‘दलाल’ सरहै त हो नि। कि डिस्ट्रिब्युटरमार्फत् किन्न ‘भ्रष्टाचार’ भएको हो ? शंका उब्जनु स्वभाविक छ। हामीकहाँ प्राइभेट कम्पनीमा हुने भ्रष्टाचारको त कुरै हुन्न, लेखाजोखै हुन्न।

उनले सीधै किन्दा हुने औसत खर्चबारे जानकारी पनि दिइन्- वार्षिक १५,००,००० अमेरिकी डलर। अर्थात् अहिलेको एक डलरको ९६ रुपियाँको हिसाबले १४ करोड ४० लाख रुपियाँ। मासिक एक करोड २० लाख।

डिस होमले अहिले ‘दोब्बर क्षमताको’ यामल स्याटको सेवा चलाउने विज्ञापन गरेको छ। यामल स्याटसँग चाहिँ डिस होमले सीधै सम्झौता गरेको हो कि त्यहाँ पनि ‘दलाल’ मार्फतै गएका हुन् थाहा भएको छैन। त्यहाँ पनि यस्तै समस्या पर्‍यो भने ग्राहकले फेरि कति चोटी पो छाता घुमाउँदै बस्ने ?

dish-home-ad

‘कच्चा व्यवस्थापन’

स्याटेलाइट अपरेटरसँग सीधै कन्ट्र्याक्ट नगर्नु, पूर्व जानकारी नै नदिई स्याटेलाइटको सिग्नल काटिनु, त्यसरी अकस्मात् सिग्नल काटिँदा गाउँगाउँसम्म सेवा विस्तार गरेको कम्पनी भएकोले सेवाग्राहीहरुलाई कस्तो असर पर्छ भन्ने नसोच्नु जस्ता कामले डिस होमको व्यवस्थापनको अपरिपक्वता देखाउँछ। पुरानो स्याटेलाइट इन्टेलस्याट राम्रो थिएन भनेर प्रचार गर्दै ‘दोब्बर क्षमताको’ स्याटेलाइट चलाएको भन्ने फेरि किन पुरानै स्याटेलाइटमा फर्कियो ? किन ग्राहकको टिभीमा यस्तो सन्देश पठाइयो ?

dish-home-tv-msg

कहिले के कहिले के भनेर ग्राहकहरुलाई झुक्याउन, अन्यौलमा पार्न पाइन्छ ? लाखौँ ग्राहकप्रति जिम्मेवार भएर सही कुरा स्पष्ट भन्नु उसको दायित्व हो कि हैन ? डिस होम कै फेसबुक पेजमा ग्राहकले यस्तो सम्म भनेका छन्-

ज्ञानेन्द्र खड्का– यस्तो पनि हुन्छ कहीं ? विना पूर्व जानकारी सिग्नल बन्द गर्ने ? सहरमा त विकल्प छ, गाउँ घरमा रूवाबासी छ । सिग्नल गएपछि न प्राविधिक पुगेका छन्, न त बन्द हुनुको कारण थाहा छ । उपभोक्तालाइ पूर्व जानकारी नदिइ गरिएको यो काम ठगी नभए के होला ? म भोजपुर सदरमुकाममा बस्छु। मेरो डिसको सिग्नल मिलाइदेउ भनेको ३ दिन भइसक्यो अहिलेसम्म कोही प्राविधिक पुगेका छैनन् । भोजपुरका गाउँ गाउँमा डिसहोम छ, सदरमुकामबाट ३ दिन लाग्छ । त्यहाँका उपभोक्ताको डिसहोम कहिले बन्ला ? यो अन्यायको क्षतिपूर्ति कसले दिने ? डिसहोम बनिसक्दा रिचार्ज गरेको पैसा सकिन्छ, के यो अब डिसहोमले फिर्ता दिन्छ ? यो सरासर ठगी हो ।

भरत अधिकारी– सब-डिलरलाई पहिले नै जानकारी हुनुपर्थ्यो नि। एक्कासी T.V रोकिएपछि ग्राहकलाई के जवाफ दिने? नाफा खाने कम्पनी, गाली खाने हामी?

मनीष प्रधान– २ लाख ग्राहक छन भनेर खुशी मनाउने तपाईहरूको हामी ग्राहकहरूको छाताको दिशा परिवर्तन गर्ने कति जना टेक्निसियन छन् ? कतै हामीले १ वर्ष नै त कुर्न पर्ने होइन ?

Tuladhar R Amreet– स्याटलाइट चेन्ज गर्नै पर्ने भए सबै ग्राहकहरुको दिस-एन्टेना नघुमाए सम्म पहिलेको स्याटलाइट बाट सिग्नल नरोक्नु पर्ने होइन ? यसरि प्रशारण पूर्ण रुपमा ठप्प पार्ने ? कुनै पुर्व जानकारी बिना टेलिभिजन जस्तो सञ्चार माध्यम बन्द गर्नु कतिसम्म को गैरजिम्मेवारपन अनि लापरवाही हो ? तीन-तीन दिन भैसक्यो….यो त सार्है मनोमानी भयो. अब बन्द भएको दिन बराबरको रिचार्ज म्याद दिस-होम ले थप्ने की नथप्ने ? के यो पनि दिस-होम को ग्राहक हरुलाई उल्लु बनाउने इन्टरनेसनल तरिका हो ?

Sudip Bajagain– Don’t try to fool around…yamal sat is not a proper choice..u sud’ve done better in the former contract. I wanna dissipate an important information on current signal loss of Dishhome. Dishhome has changed its satellite uplink from intelsat to yamal sat. It is a russian based geostationary satellite launched in Kazakhsthan with an unexpected launch failure. It has a residual footprint in Nepal. It has a design life of 15 years, but reducing to 11 years expected after launch partial failure. After 11 years dishhome becomes orphan.

Sc Adhikari– Yamal 402 at 54.9°E is focus for Russian area ….. It shows low signal for Nepal and South Asia ….. I think Dish Home Nepal give us poor service because they choose unfocused settellite for Nepal . they choose this settelite to save their money. Dish Home Nepal must be changed their settellite on 83 degree like GSAT 10 or Insat 4A. which is fully focused for South Asia.

8 thoughts on “आखिर किन बन्द भयो र कसरी फेरि खुल्यो डिस होम ?”

  1. बले says:
    July 21, 2013 at 11:05 am

    बस्ताब मा नेपाल मा ठगि खाने हरु को भिड मा यो एक नया कम्पनी हो / मैले recharge गरेको लगभग ५/६ दिन मा मात्र बल्ल tv हेर्न पौछु / तेहा को निसुल्क फोन पनि काम लाग्ने छैन / फोन लाउनु भनेको DV पर्नु जस्तै हो / lottery जस्तो क्या /
    थुक्क हामी नेपाली , नेता देखि सबै ले ठग्ने हामी //////////

    बले

    Reply
  2. Lalit Narayan says:
    July 20, 2013 at 11:22 pm

    जेसुकै बहाना बनाएपनि डिशहोम र distributor बीच खटपटले गर्दा सेवा बन्द भएको कुरो घाम जस्तै छर्लंग भयो l स्याटेलाइट अपरेटरसँगै कन्ट्र्याक्ट गर्न भन्दा distributor मार्फत सस्तो पनि हुन सक्छ , जस्तै सिधै airlines संग हवाई टिकट किन्नु भन्दा travel agent संग किन्दा अलि सस्तो पर्छ (travel ले airlines बाट पाउने कमिसनबाट पनि केहि सहुलियत ग्राहकलाई दिने गर्छ)

    Reply
    1. Democrats says:
      July 22, 2013 at 12:57 am

      नेपालमा मात्र हुन्छ, विदेशमा सिधै कम्पनी संग किन्दा सस्तो हुन सक्छ! हुन त दक्षिण एसिया को लागि छुट्टै मूल्य पनि हुनसक्छ..

      Reply
  3. megha dc says:
    July 20, 2013 at 6:33 pm

    के खोजे को हो डिश होम ले के नेपाली अबुज नै ६न भन्ने ठानेको ६ ? यसरि पैसा खाने कुबुड्डी गर्न थाले भने हामी नेपाली ले पनि ठग्ने दिस होम संचालक लै के गर्नु पर्छ कसरि ठेगान लगाउने राम्ररी जानेका छौ .तेसैले बिज्ञान र प्रबिधि को यो युग मा पनि वास्तविक कुरा नभनिकन गाउ गाउ क नेपाली लै धोका दिने कोसिस अब नगरे हुञ्छ……

    Reply
  4. kiran says:
    July 20, 2013 at 1:15 pm

    http://i.imgur.com/M2Yfs1O.jpg

    Reply
  5. Debu Shanker Ghimire says:
    July 20, 2013 at 12:15 pm

    हुदा हुदा ग्राहक ठग्ने नया काइदा डिश होम ले नि जाने जस्तो छ

    पशुपतिनाथ ले सद्बुद्धि दिउन यी जानी वा अन्जानी मा ठगि गर्ने प्रबती का मानब जातिहरु लाइ

    टेक्निकल प्रोब्लेम भय कम्ति मा sms गरेर त् जानकारी दिन सकिन्छ नि …पैसा न तिर्दा त् alert होर्ण बेजोड हन्ठियो ……

    Reply
  6. Kumar says:
    July 20, 2013 at 12:12 pm

    के गर्ने कानुन नभयको देशमा उपभोक्तालै जसरि लूत्दापनि हुन्दोरहेछा/ अब यहि बहाना मा दिश होमेलै पैसा व्हतई बढाउने होला नि./

    Reply
  7. kiran says:
    July 20, 2013 at 12:05 pm

    डिस होम पुरानै सेटलाइटबाटै चलि सक्यो , यस्को जानकारी पनि टिभिमै मेसेज दिएर ग्राहकहरूलाइ गराइ सक्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme