Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निशा गाइडको हैसियतले सगरमाथा चढेको पुष्टि

Posted on July 19, 2013July 20, 2013 by Salokya

nishaनेपाल सरकारलाई तिर्नुपर्ने सलामी (रोयल्टी) छल्न नायिका निशा अधिकारीले गाइडको हैसियतमा सगरमाथा चढेको पुष्टि भएको छ। शुक्रबार निशा आफैले फेसबुकमा राखेको प्रमाणपत्रमा स्पष्ट उल्लेख छ- उनको हैसियत ‘चिनियाँ पर्वतारोहण दलको गाइड’ हो। पहिलो पटक सगरमाथा चढ्दै गरेकी निशा आफैलाई त अरुले ‘गाइड’ गर्नुपर्‍यो होला, उनले के गाइड गरी होलिन्। सगरमाथा चढ्नु ख्यालख्यालको काम हैन, यसमा मृत्युलाई दाउमा राख्ने चुनौति हुन्छ, उनको साहसलाई सलाम तर प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट निर्णय गराएर आरोही कै हैसियतमा सगरमाथा चढेको भए राम्रो हुन्थ्यो भन्ने शुभेच्छा उनका अधिकांश दर्शकले गरेका थिए। तर उनी गाइडको रुपमा चढिन्। त्यसवापत् उनले आरोहण गराउनेलाई रुपियाँ तिर्नुपर्ने हैन कि उल्टो उनले दिनको साढे तीन सय रुपियाँको हिसाबले भत्ता पाउनु पर्थ्यो। प्रमाणपत्रसँगै निशाले सगरमाथा चढ्न नेपालीलाई कुनै रकम लाग्दैन भन्दै आफ्नो अज्ञानता पनि दर्शाइन्। पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार सगरमाथा आरोहण गर्ने प्रत्येक आरोहीले सरकारलाई निम्नानुसारको सलामी बुझाउनु पर्छ।
nisha

royalty

निशा भन्छिन्- ‘नेपालीले रोयल्टी बुझाउनु पर्दैन’

nisha1

नेपाली हो भने पाँच पैसा पनि तिर्नु नपर्ने भन्ने निशाको भनाई गलत छ। हेर्नुस् पर्यटन ऐन २०३५ को व्यवस्था-
paryatan_ain

हो, रोयल्टी छुट गर्न सकिन्छ। अहिलेसम्म जति जना नेपालीले आरोहीको हैसियतले चढेका छन्, उनीहरुले रोयल्टी छुट गरेरै चढेका हुन्। तर त्यसका लागि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न जरुरी छ। यसरी गरिन्छ मन्त्रिपरिषद्को बैठकमा निर्णय, हेर्नुस्-
chhut
नेपालीले तिर्नु नपर्ने भए यी नेपाली सैनिक चढ्न लाग्दा किन रोयल्टी छुटको निर्णय मन्त्रिपरिषद्ले गर्नुपरेको त ?

अझ नियमावलीले त राजपत्रमा समेत छुट दिएको सूचना दिनुपर्ने व्यवस्था गरेको छ-
rajpatra

गाइडको काम के ?

निशाले आफू गाइड (पथप्रदर्शक) को प्रशिक्षण लिएकोले गाइड भएर गएको जिकिर गरेकी छिन्। शायद् उनलाई थाहा छैन होला, पर्वतारोहण नियमावलीले २०५९ ले गाइडको काम र कर्तव्य स्पष्ट तोकेको छ-
guide
गाइड को त ? पर्यटन ऐन भन्छ-
guide2

गाइडलाई दैनिक साढे तीन सय रुपियाँ

guide1
nisha_mega नियमावली अनुसार गाइडलाई दैनिक साढे तीन सय रुपियाँ भत्ता दिनुपर्छ। तर उनी त प्रायोजकको रकमसमेत लिएर एजेन्सीलाई रकम बुझाएर सगरमाथा चढेकी हुन्। कुनै एउटा गाइडलाई कर्पोरेट सोसल रेस्पन्सिबिलिटी अन्तर्गत मेगा ब्याङ्क लगायतका संस्थाले प्रायोजन गरेको पनि यो पहिलो अवसर नै होला। उनले अभिनयबाहेक गाइडको पनि साइड जब गर्न थालेकी हुन् भने विभिन्न प्रायोजकबाट रकम जुटाउन आवश्यक थियो ? के त्यो नैतिक हुन्थ्यो ?

के फरक पर्छ र !

गाइडको हैसियतले चढे पनि आरोहीको हैसियतले चढे पनि पुग्ने भनेको सगरमाथाको चुचुरो नै हो, जोखिम उस्तै हो। के फरक पर्छ र ?
हो, केही फरक पर्दैन। सगरमाथा चढ्ने साहसी काम गरिन् उनले, त्यसका लागि बधाई छ। उनको आँटलाई सलाम छ। हामीले चाहेको ‘नेपालीले रोयल्टी नै तिर्नुपर्दैन’ जस्ता अज्ञानता उनले प्रदर्शन नगरुन् भन्ने हो। अलिकति इथिकल हिसाबले पनि सोचिदिनुस् भन्ने हो, जस्तो यी पहिलो लिम्बु आरोही जुनिता सम्बाहाम्फेलाई ‘आरोही’ का रुपमा प्रमाणपत्र नदिँदा भयो। जुनिताको अनुभव पढ्नुस् यहाँ क्लिक गरी।

38 thoughts on “निशा गाइडको हैसियतले सगरमाथा चढेको पुष्टि”

  1. sherpa ang says:
    July 21, 2013 at 11:30 am

    नेपाली गाइड ,नेपाली ग्रुप र नेपालको बाटो भएर सगरमाथा चढे हुन्थ्यो | किन जानी जानी
    चाइनाको नाम झुनटाउनु पर्यो ? अनि चाइना बाट प्रमाण पत्र लिए हुन्थ्योनि लाज नभए ?
    नेपालको प्रमाण पत्र पनि कस्तो इस्थर हिन ,प्राइमरी तहका बालकले लेखे जस्तो ? नेपालीमा लेख्न खोजेको होकी अंग्रेजीमा ? अनि यो प्रमाण पत्र नेपाल बाट होकी भारत बाट ?

    Reply
  2. योगेश आदी says:
    July 21, 2013 at 8:13 am

    मिङ्ग किपा शेर्पा र अमेरिकाको जोर्डन रोमेरोले पालै पालो गरेर सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने किर्तिमान तोड्नु भन्दा अघि तेम्बा छिरी भन्ने भाइले कान्छा आरोहीको रूपमा किर्तिमान राखेको थियो / सिद्दार्थ बनस्थली स्कुलले तेम्बाको बस्ने व्यवस्था मेरो घर अगाडी नै गरेकोले तेम्बा मेरो घरमा बेलाबेलामा आउने गर्थ्यो, कहिले-काँही म पनि उसको दाइसंग गफ गर्न जान्थ्ये /
    एकदिन कुराको सिलसिलामा मैले; “तेत्रो हिमाल चढ्दा तिम्लाई मर्ला भन्ने डर लागेन तेम्बा ?” भनेर सोधे ? उसले सहजै भन्यो; “के डर दाई, सबै चढ्ने बाटो नै हुन्छ, शिखरमा पुग्नु अघि नै हप्ता दिनको मौसम हेर्ने मेसिनले जानकारी दिएको हुन्छ, उकालो चढेको जस्तो त हो नि, बरु मौसम एक्कासी बदलिएर हिमपात भयो अनि हुरी आयो भने चाँही मर्न पनि सक्छ / मेरो त मैले बुद्धि नपुर्याएर औला गयो /” भनेर सुनायो / त्यस दिनदेखि मैले सगरमाथा भन्ने कुरो पैसा भए जसले पनि चढ्न सकिने रहेछ भन्ने अनुमान लगाएको थिए / न भन्दै प्रकाश भन्ने लम्पट सहित एक हुलले अघिल्लो वर्ष चढ्यो !! यो बर्ष त झन् मेरो अर्जुन भन्ने संगै रेस्लिङ्गमा काम गरेको साथी र निशा भन्ने भन्ने हिरोइनले चढेर आइन ! यसर्थ, अब यो सगरमाथा चढ्ने भन्ने कुरो पैसा र नामको तुजुक मात्र रहेछ, भनेर अड्कल काट्न गाह्रो छैन ! तेसैले बढ्ता चर्चा नगरेकै बेस !!

    Reply
    1. neerose says:
      July 21, 2013 at 7:56 pm

      अब केहि बर्ष कुरौ त तेहा लिफ्ट वा स्केलेटर सेवा सुरु हुन्छ अनि एभरेस्ट काफे पनि सुरुहुन्छ ! तेसपछी त अलिक पैसा हुने ले मेर्निंग टी र सनसेट टी हुई गैकन दिने हो नि त्!
      तेस्तो पो लाग्छ हो! कुनी के भन्छ ट्रैल त चाइनाले बनाउन सुरु गर्ने भन्दै थ्यो क्यारे!

      Reply
  3. neeraj says:
    July 21, 2013 at 6:25 am

    गाइडको रुपमा चढेको भनेर त पहिल्यै देखि थाहा थियो – उहि बेला निशा बेसक्याम्पमा हुँदा नै तेत्रो होहल्ला भएको। नया खबर त लागेन मलाई।

    मलाई उदेक लागेको चाहिं प्रमाणपत्रको भाषामा, अझ भन्नुपर्दा नेपाली भाषामा। नेपालीमा ‘निशा अधिकारी’, ‘तानसेन – १० पाल्पा’, ‘चीन’ , ‘सगरमाथा’ लेख्न नमिल्ने हो र ? किन आधा अँग्रेजी , आधा नेपाली मिसिएको छ्यासमिसे भाषामा लेखिएको होला। सरकारी निकायले दिने यस्ता प्रमाणपत्रमा भाषा अलि राम्रो लेखिदिंदा संसकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको के बिग्रन्छ ? कि मन्त्रालयकै नाम परिवर्तन गरी यस्तो बनाउने ? – नेपाल Government, संस्कृति, Tourism तथा Civil Aviation मन्त्रालय।

    Reply
  4. Ramchandra Nepal says:
    July 21, 2013 at 6:16 am

    She intentionnally climbed as guide cum high altitude worker since mountaineering guides are given more priority on european country, canada and new zealand for special residency as they believe that this kind of guide are very special skill set and quality. The everest guide is a kind of unstamped visa for almost all countries. As you know, how much it is dificult for Nepali artists to get visa these days as they use to stay illegal if they got a chance to go abroad. But, for a everest guide, they welcome happily.

    So, sooner or later, Nisha is also planning to migrate abroad, for which, she built a strong portfolio as a everest guide, which she would not have achieved as artist with her acting caliber.

    Reply
  5. Manoj says:
    July 21, 2013 at 1:33 am

    It is a shame! A Nepali film actress climbing Mount Everest as Guide of a Chinese expedition. Does she really have a Mountain guide license?? If not, this is fake and she needs to make pay royalty

    Reply
    1. bibek dhakal says:
      July 21, 2013 at 11:44 am

      किन “शेम”? नेपालि अभिनेत्री हुनुभन्दा माउण्टेन गाइड हुनुमा बरु “फेम” छ! संसारले माउण्टेन गाइडको रूपमा शेर्पाहरुलाई चिन्छन, खै कोइ नेपालि अभिनेता वा अभिनेत्रीलाई चिन्छन जस्तो लागेन!

      Reply
  6. raj says:
    July 20, 2013 at 11:53 pm

    गजब छ, आफ्नो पोल आफै खोल्दै हिड्ने निशा अधिकारी फेमस हुन एस्तो रणनीति अपनायको हुनुपर्छ! कुनै दुइ मत छैन.

    Reply
  7. shreesh thapa says:
    July 20, 2013 at 9:21 pm

    गाइडले पैसा पाउनुपर्ने हो निशाले उल्टै पैसा तिरेर गएको …नेपाली जनता माझ कस्तो संदेश गएको छ त्यो बुझ्नु जरुरि छ ….सेलिब्रेटी भएपछि नियमको पालना गर्नलाई आवाज उठाउनुको सत्ता जसरि पनि सगरमाथा चढ्ने हो त्यहि भएर चढे भन्न चाही नहुने हो ,,,,,चढ्ने हिम्मत चाही गरेकै हो यसमा दुइमत छैन

    Reply
  8. Kumar Shrestha says:
    July 20, 2013 at 5:51 pm

    What the hell Nisha is saying ‘Nepali do not need to pay Royalty to climb Everest or mountains’ This is rubbish, it is something like you are denying to pay TAX, Paying Royalty to climb Mt. Everest is you are paying TAX and helping to boost up Nepali Economy. If you don’t pay or deny to pay Tax, than that is Corruption and “Bharastachari Lai Kira Paros” Jail Halnu Parcha. Everyone knows it. Regarding her second line if she deny and not ready to accept as a High Altitude Worker or Porter, than Nepal government should cancel her certificate and issue an statement saying there is no record that Nisha Adhikari had ever climbed Mt. Everest. Because she didn’t pay Royalty (TAX). Regarding Trainer Mysansar gave answer.

    Action must be taken to Mega bank against Corruption, how Mega bank approve and provided her fund to climb Everest without confirming everything? There must be a legal action against everyone who is involved in this case. How come Mega Bank sponsored to a person who didn’t have a permit to climb Everest as a Climber and Chor lai sayog garne pane chor nai huncha ra punishment equal huncha.

    This is a complete corruption case and must go through CIAA

    Reply
  9. neerose says:
    July 20, 2013 at 5:37 pm

    “If you are a Nepali, You don’t need to pay a single penny…”
    कुरा ठिकै त हो! नेपाली ले किन सिंगल पेंनी तिर्छ त नेपालि रुपैयामै तिर्ने सुबिधा छ!
    पैसो र रुपैया तिर्ने हो नेपालीले पेंनी त ब्रिटिश मुद्र हो नेपालि ले तिर्नु पर्दैन!
    यिनले गाइड को तालिम कहाबाट गरेछिंन, फिलिम खेल्दा तालिम पनि सुटिङ्ग मै गरेकी हुन् कि क्याहो?

    Reply
  10. Limbu naYan says:
    July 20, 2013 at 5:21 pm

    सालोक्य र कविराज दुबैका लेख-टिप्पणी प्रति ‘मेरो १००% सहमति’ आयो/ आखिरीमा सत्य सबै सामु थाहा पाईदा पढेकी, धनि, मेडियामा छरपस्तिएकि, नेपाली चलचित्रमा, भिडिओमा मन पराइएकि भनाउदो ‘निशा’को परिचय के भन्ने! कलाकार? सुन्दरी? पढेकी? बहादुरी छोरी? पैसावाली? अर्कातिर सम्बन्धित बिषयमा रहनेले दिएको प्रमाण पत्र, सरकारी निकाय, कर, नीति-नियम आदि-आदि सबै उस्तै/ निशा जस्तै/ मेरो त कसैमा विश्वास थिएन, छैन पनि/

    Reply
  11. सुइरे says:
    July 20, 2013 at 4:34 pm

    यो निशा भन्ने गाइड केटीको सम्पर्क वा कम्पनि कुन कहा हो?
    आफुपनि एकपटक सगरमाथा छाड्नु पर्छ कि भन्ने लाइराछ तेसो भय गाइड यिनिलाई नै बनाउनुपर्ला क्यारे!
    यिनलाई गाइड बनायर लग्न पाय आफ्नो सामानको गज्जब सुरक्षा हुन्थ्यो होला अनि हिमाल चड्न पनि सजिलो हुने ले चिन्ता गर्नुपर्दैन थियो कि त्!

    दिनको ३५० भन्दा बरु टिप्स समेत गरि ५०० नै दिन हुन्थ्यो!
    मेरो अरु साथीहरु पनि सगरमाथा चड्न गया उनीहरुलाई निशाकै रेफेरेंस दिन हुन्थ्यो!
    गाइड निशा जी,
    तपाइले मलाइ छिट्टो सम्पर्क गर्नुस वा तपाइको सम्पर्क दिनुसन है?
    मिलेर ब्यापार गरौन हुन्न?
    तपाइको सुइरे
    दिल्कान्छा!

    Reply
  12. jiten says:
    July 20, 2013 at 2:01 pm

    एस्तो पनि प्रमाण पत्र हुन्छ . लाज मर्दो सरकारी निकाए सबै भ्रस्ट र अनपढ मात्र छ!अनि कसरि हुन्छ देस बिकाश

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 20, 2013 at 5:26 pm

      यस्तो संसार भर कै लागि महत्व अनि उच्च सम्मानले हेरिने /देखाइने प्रमाण पत्रको कागज,डिजाइन त्यति राम्रो हुँदो रहेनछ जस्तो लाग्यो है अझ त्यो प्रिन्टिंग त बाँयाँ तर्फ ठाउँ खालि छ तर दान्यान तर्फ अक्षरहरु त्यो बोर्डर लगाइएको डिजाइनमा प्रिन्ट भएका छन् कति अल्छी मानेर प्रिन्ट गर्दा रहेछन ! अंग्रेजी नेपालीको मिश्रण हेर्दा बर्णमालाको याद दिलायो पर्यटन मन्त्रालयले आज

      धन्यवाद !

      Reply
    2. hari says:
      July 22, 2013 at 3:45 am

      यो प्रमाण पत्र को हालत देखेर लाज लाग्यो, नेपाल का कर्मचारी हरु घुस खान मात्र जान्ने बाआआआआआआ राम्रो संग यो प्रमाण पत्र पढ्नोस त साथि हरु लाज लाग्दो छ

      Reply
  13. Nasir says:
    July 20, 2013 at 1:59 pm

    सरकारी निकाय बाट नै नक्कली प्रमाण पत्र दिनु त भएन नि। होइन भने हरेक बर्ष SLC को परिक्षा मा किन त्यत्रा बिध्यार्थिहरु फेल गर्नु पर्यो ?? परिक्षा मा हाजिर जनाउने बित्तिकै पास भएको प्रमाण पत्र दिए भै हाल्यो नि । सरकारी छाप लागेको कुनै पनि प्रमाण पत्र को मान्यता एउतै हो चाहे तो पर्यटन मन्त्रालय को होस् कि शिक्षा मन्त्रालय को होस् । ल त कोहि कानुनी ज्ञान भएका साथीहरु ले अदालतमा मुद्दा हाली यो प्रमाण पत्र रद्द गराउन पहल गरौ त ।
    अनुहार चै सुन्दर बुद्धि चै कस्तो कुरुप ?? भोलि इनीबाट जन्मिने इनका सन्तान ले इनि बाट के सिक्ने होलान ?? पाठशाला ( आमा ) नै यस्तो भए पछि बिधार्थी ( इनका छोरा छोरी ) कस्ता होलान ??
    नेपालीहरुको ताल सुन्दा र देख्दा पनि उदेक लागेर आउछ । नेपाली भन्न पनि लाज लगेर आउन थाली सक्यो। देश मा बस्ने त्यस्तै विदेश मा बस्ने त्यस्तै ।
    झन् अलिकति धनि बाउका सुन्दरी र पढे लेखेका नेपाली केटीहरु त के भएका ?? कति घमन्डी ?? कति नेप्रियेका ? अनि बुद्दि भने बास को ढुङ्ग्रो जस्तो पुरै खोक्रो । एउटा हिन्दि गीत छ ” सारी दुनिया मेरी इस पे ” हो त्यस्तै निशाले अमेरिका गएर पढेको ज्ञान र निशाको सुन्दरता ” मेरी इस पे ” लौ जा ।

    Reply
  14. subba says:
    July 20, 2013 at 11:47 am

    हामी नेपालीहरु के भाको?!! खाली अर्काको खुट्टा तान्ने, गल्ति निकाल्ने, अरुको खैरो खन्नु बाहेक केहि जान्दैनौ/ एउटा नेपाली चेली कत्रो दुख कस्ट गरेर सिखरको सफलता पुर्बक के चडिन, अरु नेपालीलाई पोल्न सम्म पोल्यो यिनीहरुको मुटु, जलेर खरानी हुन् मात्र बकिछ/ आफ्नै देशको पहाड, हिमाल, लेख, बेसी गर्न र चड्न एक नेपाली भएको नाताले किन नपाउने बिना शुल्क ????!
    वास्तब मा यहि गरिब मानसिकताले गर्दा हाम्रो देश आज सम्म यो स्थितिमा छ/ न कि नेताहरुको कारण ले……

    Reply
  15. पुष्प says:
    July 20, 2013 at 9:54 am

    ५९ सालमा तोकेको ३००-४०० भत्ता अहिलेसम्म नबढाउनु वा बढाउन दबाब नदिनुको कारण पैसा तिर्ने आरोहीसमेत भरिया बनाउने उही लाखौंको चलखेल त होला नि ! बैंक सहयोग पाएको र एउटा सेलिब्रिटी पनि रहेकी निशाले यस्ता प्रवृत्तिका विरुद्ध बोल्नुपर्ने हो, तर उनी त उल्टो यसलाई मलजल गर्नतिर पो लागेको देखिन्छ ।

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 20, 2013 at 12:35 pm

      यो सगरमाथा गाइड घरमा गाइड पढेर कुनै दिन सगरमाथा नचढे कै मानिस हुने रहेछ है ? यसको कुनै मापदण्ड नभएकै हो त ? उनले कुन हैसियतमा सगरमाथा चढ्दै छिन भन्ने बिषयमा सम्पूर्ण कुरा मिडियामा आइसकेको अवस्थामा पनि एउटा सेलिब्रेटी भन्दैमा झुटो हैसियतमा प्रमाण पत्र दिनुले सम्वन्धित निकाय नियम भन्दा पनि उहाँ आफ्नै मान्छे,हाम्रै हाकिम सा’बको मान्छे, उहाँ त नायिका यस्तै यस्तै चाकडी संस्कारमा चल्दो रहेछ भन्ने स्पष्ट पारेको छ ! यो प्रमाण पत्रले बिगतमा दुख गरेर वास्तविक हैसियतमा पाएका प्रमाण पत्र हरुको मान्यता समेत धरापमा पारे जस्तो लाग्यो ! निशा जी ले दुख नगरी घरमा बसेर यो प्रमाण पत्र पाउनु भएको भन्न खोजेको होइन तर उहाँ जस्तै हिमाल चढेका थुप्रै मानिस छन् होला के सबैको प्रमाण पत्र यसैगरी लेखिन्छ त ? के सम्वन्धित निकायका कर्मचारी यसरी अनुहार वा पपुलारिटी हेरेर प्रमाण पत्र बनाउँछन् त ?

      Reply
  16. xyz says:
    July 20, 2013 at 7:48 am

    This is an issue of corruption – shall we call it a white corruption? If you define corruption as a misuse of authority, clearly, we can see here, not just, Nisha Adhikari, many others have misued thier authority. The end may be good, that is intention of climbing Everest may be good but the means used to climb was definitely not. In Nepal, we focus on ends without considering the means. This makes our society to be higly corrupt. Just look at Mr. Anil Shah wherre is his public credibility, social responsibility? How can public trust Megha Bank, who in the name of social responsibility, do not even bother to consider how rules are being thwarted.

    Reply
  17. narayan says:
    July 20, 2013 at 7:31 am

    हैसियत गाइडको थियो भने तेत्रो प्रेस कन्फरेन्स गरेर ढोल किन पिटेको हो? self defined सेलेब्रटी लाई publicity नै मात्र चाहिएको रहेछ भन्ने कुरा प्रस्ट छ.

    Reply
  18. chANDra says:
    July 20, 2013 at 7:17 am

    नेपालमा पैसा, पावर र आफ्नो मान्छे छ भने काइते काइदा (काका) अपनाएर जे पनि गर्न सकिन्छा भन्ने यो एउटा राम्रो उदाहरण हो – निसा अधिकारीले सगरमाथा हिमाल चढेको घटना!

    Reply
  19. bibek dhakal says:
    July 20, 2013 at 7:05 am

    पाल्पा निवासी रैछिन, अहिले पाल्पाली ले गरेको जे पनि मिल्छ :p

    Reply
  20. Rajan Upriti says:
    July 20, 2013 at 7:02 am

    म यसपटक नेपाल आउँदा चकित परेको छु | कस्ता कस्ता अनकन्टार ठाउहरुमा घुम्न जाँदा गाडी रोक्न पाएको छैन ” पार्किङ्गको पैसा ले ” भनेर माग्न मान्छे आइ हाल्छ, न त पार्किङ्ग लट हो न त कसैको व्यक्तिगत जमीन | त्यसरी जथाभावी पैसा उठाउने अधिकार कसरि कसले दिन्छ ? न त कुनै uniform छ न कुनै परिचय पत्र, आधिकारिक कागज नभईकन त्यो मान्छे सही हो भनेर हामीले कसरि चिन्ने ? यदि आधिकारिक हो भने मलाइ पैसा दिन कुनै समस्या छैन तर, प्रत्येक गाडीबाट २५-३० रुपैयाँ उठाएपछि कम से कम त्यो एरिया र सफा राखनु | दिन भरि पार्किंग लटमा लण्ठिएर पैसा उठाउने सिवाय कुनै उपलब्धि मुलक काम गर्न आउँ छ यिनीहरुलाई ?

    Reply
  21. nimesh, BKK says:
    July 20, 2013 at 6:36 am

    न त सरकार संग नैतिकता छ न त निशा अधिकारीमा नै “नियमावली अनुसार गाइडलाई दैनिक तीन सय रुपियाँ भत्ता दिनुपर्छ। तर उनी त प्रायोजकको रकमसमेत लिएर एजेन्सीलाई रकम तिरेर सगरमाथा चढेकी हुन्।” जब कि सरकारलाई पनि थाहा छ कि उनि गाइडको रुपमा हैन भन्ने कुरा किन कि कुनै संस्थाको प्रायोजनमा जाँदैछ भन्ने कुरा त स्पष्ट थियो नि .
    अर्को कुरा के प्रमाण-पत्र नेपालीको नेपालीमै न लेखि नेपाली अंग्रेजी किन गरेको ? गाईजात्रा जस्तो . जब कि तल अंग्रेजीको अलग्गै लेखिएको छ . यो त net मा chat गर्दा कहिले काहीं नेपालि कहिले काहीं अंग्रेजीमा chat गरेजस्तो पो देखियो सरकारी प्रमाण पत्र !!!

    Reply
  22. eklavya says:
    July 20, 2013 at 5:57 am

    पैसा नै तिर्न नपर्ने ठाउ मा बैंकले के खान प्रायोजन गरेका होलान …झोला झुमती पनि किन्ने हैशियत राख्नु हुन्न कि क्या हो निशा जी….

    Reply
  23. THAPA says:
    July 20, 2013 at 4:26 am

    “I went as a guide because I am a trained guide from Nepal mountaineering Association”
    What a joke of Nepal mountaineering Association !!
    when she were able to manage time to be guide while she was doing this …
    2006 Indi mini Bag
    2006 Count Down Kantipur
    2008 Some More
    2009 Gharbeti Ba
    2009 Mission Paisa
    2010 Play it On
    2010 First Love
    2010 Nainraresham
    2012 Mayaz Bar
    2012 Apabad [7]
    2012 Dhunwaa Yo Nasha
    2012 Soongava
    2013 Snow Flowers
    2013 Padmini

    plus come extra activities such as appointed ambassador for the Autism Care Centre,
    and also member of Rotary Club of Nagarjun, where she worked as director of youth service for one year.In 2012

    so can someone explain me when and where she been for training of being guide??
    what kind of requirements has to be submitted to be a Guide.

    ANYWAY it’s well said “You pays your money and you takes your choice.”

    Reply
  24. kiran says:
    July 20, 2013 at 1:40 am

    कानुन भनेको सरकारलाइ होइन जन्तालाइ हो, यस्ले जन्ता प्रति सरकारले दावित्व राम्रो सँग गर्न सकोस भनेर बनाइन्छ , जन्ताको सुविधा र शुरक्षाको लागी बनाएन्छ । तर नेपालको केही कानुन यस्तो छ कि , यो कानुनको विरूद्द पुरै देश खनिनु पर्ने हो, आन्दोलन हुनु पर्ने हो, तर हुदैन किन हो ,

    यस्तै काइते कानुनमा पर्छ यो रोयल्टि , अहिले सम्म कसैले रोयल्टि तिरेर चडेको छैन भने किन यस्लाइ सच्याइन्न, बरू २५००० गर्नु , सगरमाथा सम्रक्षणको लागी,

    यस्तै काइते कानुन मा पर्छ , इन्च नापेर लिइने टिभीको भन्सार ,

    त्यस्तैमा पर्छ गाडीको २७०% भन्सार

    यस्तो लाग्छ कि हामी , गुलाम हउ यिनिहरूको , र इनिहरूचै हाम्रो मालिक , यिनिहरू जे कानुन बनाउछन हामिले लुरूक्क परेर मान्नु चाहे त्यो हाम्रो अहितनै किन नहोस ।

    कुरा रहयो निशको , उन्ले जुन बाटोबाट सगरमाथा चडिन त्यो एउटा नेपालीको लागी दुर्भाग्य हो , नेपालीले यस्तो बाटो हिड्न लाउने काइते कानुन तुरून्त सच्चाउनु पर्छ ताकी भोली अन्य निशा यसरी नगइ रियल आइडेन्टिका साथ जान पाओस ।

    Reply
  25. कविराज says:
    July 20, 2013 at 1:33 am

    निशा अधिकारीले सगरमाथा चढीन, त्यसमा मेरो केहि भन्नु छैन. मेरो बधाई छ. तर उनले गलत संदेश दिदैछिन त्यो गलत हो. उनले भनुन म गाइड भएर चढें र गाइड कै कम गरेर चढें , त्यसमा पनि मेरो केहि भन्नु छैन. तर देशले पाउने राजस्व छल्ने नियतले आफु गाइड नै नभई गाइड को हैसियतले सगरमाथा चढ्नु गलत हो. नैतिकता बिहिन हुनु हो. यदि माथिको लेख सहि हो भने सगरमाथा चढ्ने आँट गर्नेले त्यसरी नैतिकता बाट पतन हुनु हुदैनथ्यो.

    अर्को कुरा त्यो प्रमाण पत्र दिने निकाय कति उल्लु रहेछ. मन्त्रालय जस्तो संस्थाले के आधार मा दियो त्यो प्रमाण पत्र. कि केहि पनि जाचेन?
    अनि प्रमाण पत्र पनि कस्तो ताल न बेसुरको. नेपाली र अंग्रेजी दुवै भाषा मा फरक फरक ठाउमा लेखे पछि, नेपाली भाषाको ठाउमा किन अंग्रेजी लेखेको. त्यो प्रमाण पत्र दिने व्यक्ति र संस्थाले निशा अधिकारी, चीन अथवा चिनिया व्यक्ति को नाम शुद्धसंग लेख्ने हैसियत राख्दैन?

    Reply
  26. Nabin Adhikari says:
    July 20, 2013 at 1:21 am

    सगरमाथा को अस्तितो कहा रहयो र अब पैसा खर्च गरेर प्रकासेहरु ले चडन थाली सके 🙂

    Reply
  27. kedar says:
    July 20, 2013 at 1:09 am

    सबै नेपाली मास्टर …… सबै नेपाली डाक्टर

    जान्नु तान्नु परोस कि नपरोस हत्त न पत्त मास्टर भएर अरु भन्दा जान्ने र अरुलाई सिकाउनु परी हाल्छ ….
    कोही बिरामी भाको देख्नु मात्रै पर्छ दबाइ ओखती सिकाउने देखि हस्पिटल र डाक्टर देखाउनु चिनाउनु परी हाल्छ …..

    Reply
  28. Nabin Adhikari says:
    July 20, 2013 at 12:48 am

    तेञ्जिङ्ग सेर्पा र एडमन हिलारी को जस्तो समय कहा रयो र आइले पैसा खर्च गारो भनी सेर्पा दाईहरु ले डोको मा बोके र पनि सगरमाथा चडाउनु हुन्छ||||

    Reply
    1. Rajendra Adhikiar says:
      July 20, 2013 at 3:50 pm

      [citation needed] सगरमाथा आरोहण सम्बन्धी के के जानकारी छ हुजरसँग ? कृपया हजुरको महावाणीको सत्यता पुष्टीको लागि उपयुक्त स्रोतहरू बाताउनु हुन्छ कि ? कि, यसो चिया पसलमा गफ जाँदै नगाको अम्रिकाको गफ लगाको जस्तो तेतिक्कै भन्द्या ?

      Reply
      1. Nabin Adhikari says:
        July 20, 2013 at 8:26 pm

        हौ बन्दु म सग तपाई लाई काम लाग्ने जानकारी त केही पो छैन त माफ गर्नु होला तर म ठोकुवा गरेर भन्न सक्छु की पैसा खर्च गर्ने हो भने डोकोमा बसेर नै जना सकिन्छ नत्र ७० वर्षका बुडाहरु ले कसरि चडन सक्नु तेत्रो ८८४८मी हीवु ले ढाकेको हिमाल ||

        Reply
  29. Santosh says:
    July 19, 2013 at 11:42 pm

    हाम्रा हिरोनी हरु लाई क्या जाने हुनु पर्ने क्या.

    Reply
  30. Pemba says:
    July 19, 2013 at 11:10 pm

    trained guide????? it will be better not use that word nisha jee. तपाईँले लिनुभएको guide training हैन but climbing training होला. एकचोटी trainer लाई सोधेर confirm गर्नुस्।

    Reply
  31. anil pun says:
    July 19, 2013 at 10:45 pm

    त्यत्रो बिसहजार डलरको हाराहारीमा रोयल्टी तिेरेर हजारौ ब्यक्ति सगरमाथा चढ्छन तर सगरमाथाको आसपासका अधिकांश जनता किन यति गरिब?सगरमाथाको सेरोफेरोमा किन बिकास हुन सकेको छैन?कता जान्छ यत्रो पैसा?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme