Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के गाली खाइराख्‍नुभा नेताहरु, यसो (कू) तर्क गर्न नि सिक्नुपर्‍यो

Posted on July 10, 2013July 10, 2013 by Salokya

बहालवाला मन्त्री र पूर्व प्रधानमन्त्रीको मर्यादाक्रम एउटै हो भन्न पनि नजानेर गाली खाइरा’छन् नेताहरु

भारतीय विदेश मन्त्री सलमान खुर्सिद नौ घण्टाका लागि नेपाल आउँदा उनी बसेको होटलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवा लाम लागेर ‘दर्शनभेट’ शैलिमा भेट्न गए। यही कुरालाई लिएर प्रोटोकललाई ध्यान नराखेको भन्दै नेताहरुलाई गाली गर्ने क्रम बढेको छ। आजका पत्रिकाहरुमा त्यही समाचार छ। यसबारे नेताहरु के भन्छन् त ? पत्रकारहरुले प्रचण्ड, बाबुराम र देउवालाई सोध्नै सकेका छैनन्। भेट सकेपछि फुत्त भागे होलान् त्यहाँबाट, कसरी सोध्नु! तर पनि पछि फोनै गरेर सोध्या भए नि हुन्थ्यो। गरे पनि होलान् केहीले त। तर के जवाफ दिने भन्ने थाहा नभएर फोनै पो उठाएनन् कि! झलनाथ खनाललाई भने पत्रकारहरुले सोध्न भ्याएछन्। त्यसको जवाफमा उनले भनेछन्-‘सुरक्षा र समयलगायत विभिन्न कारणले यहाँ भेट्नु पर्‍या हो।’ अपडेटः एउटा टिभीले आज चैँ देउवालाई सोध्न भ्याएछ। देउवाले भनेछन्- देशमा मर्यादाक्रमको नीति नभएकोले गएको।
तोइत ! के तोरिलाहुरे जवाफ दिएको ! नेता भएसि यसो अध्ययन सध्ययन गर्नु, पत्रकारहरुको मुखमा बुझो लाग्ने गरेर (कू)तर्क गर्नु। तब पो नेता। यी नेताहरुका प्रेस सल्लाहकारहरुले यस्तो यस्तो प्रश्न आए यस्तो यस्तो जवाफ दिनुस् है भन्ने पनि सिकाएर पठाउँदैनन् कि के हो! अब हिजोदेखि सारा पूर्व प्रधानमन्त्रीहरुले गाली खाइरहेका छन्, यसो (कू)तर्क गर्ने कोही माइकालाल देखिएका छैनन्। भन्दिनु पर्छ नि- के हो प्रोटोकल भनेको ? तपाईँलाई हाम्रो देशले मर्यादा क्रमको कस्तो व्यवस्था गरेको छ थाहा छ ? हाम्रो देशको प्रोटोकलले बहालवाला मन्त्री र पूर्व प्रधानमन्त्रीलाई एउटै श्रेणीमा राख्छ। जानुस्, अलि अध्ययन गरेर आउनुस्।

कोही पत्रकारले जान्ने भएर ओ नेताज्यु, नचाहिने कुरा गर्ने। प्रमाण देखाउनुस् प्रमाण भन्यो भने यी यहाँ छ भनेर यो तलको प्रिन्ट गरेर हातमा थमाइदिने-
image

image

अझै निहुँ खोजेर पत्रकारले ओ नेताज्यु, यस्तो लेखेर त जसले नि प्रिन्ट गर्न सक्छ। तपाईँको घरमा छोरीले टाइप गरेर प्रिन्ट गर्न पनि सकिन्छ नि भनेर भन्न थाल्यो भने मेरी छोरीलाई कहाँ नेपालीमा टाइप गर्न आउँछ? यो त गृह मन्त्रालयले २०६९ माघ २८ मा सूचना निकालेर यो मर्यादाक्रमको घोषणा गरेको हो। नपत्याए वेबसाइटमा हेर्न यो ठेगानामा जानुस् भन्दिने नि http://moha.gov.np/

पत्रकारहरुले त्यो खोलेर हेरिसकेपछि उपदेश शैलिमा यसरी भन्ने- देख्नुभो त मन्त्री र पूर्व प्रधानमन्त्रीको एउटै (सातौँ मर्यादाक्रम) हो। सलमान खुर्सिद जी बहालवाला मन्त्री, हामी पूर्व प्रधानमन्त्री। कहाँनिर मिचियो मर्यादाक्रम ? यसो भनेका भए मच्ची मच्ची प्रश्न सोध्ने पत्रकारहरु थचक्क हुन्थे होला।

आफ्नो कार्यको यति बचाउ पनि गर्न नसक्ने पूर्व प्रधानमन्त्रीहरुले खै के देश चलाउलान् र भनेर चिन्ता लागेको अवस्था हो मलाई भने 🙂

59 thoughts on “के गाली खाइराख्‍नुभा नेताहरु, यसो (कू) तर्क गर्न नि सिक्नुपर्‍यो”

  1. क्षिर ध्वज says:
    July 12, 2013 at 8:08 am

    आफ्नो श्रीमतीलै सिंगापुरमै छोडेर नेपालमा आएर सिधै खुर्सिद भेट्न जानु चै प्राणदान दिनुस हजुर भनेर चाकडी बजौना गएकै हो !!! नत्र आरु के कुरा हुन्थ्यो र त्यो नेता हरुको भिडम भिड मा ……राजनैतिक सल्लाह त पक्कै होइन……न खुर्सिद को प्रबचन नै थियो…सिधै भारत बाट प्रभुको सर्कुलर आएजस्तो छ…..भक्त जान लाइ!!!

    Reply
  2. Dipesh Limbu says:
    July 11, 2013 at 9:56 pm

    नेपाल मा एक नौलो भीमसेन थापा या pirthibinarayan शाह को अभुदय को जरुर छ
    लुते कुकुर नेता हरु को कम छैन

    Reply
  3. Sisir says:
    July 11, 2013 at 4:52 pm

    यो प्रोटोकल नेपालीहरुको लागि हो , बिदेसीहरु संगको हकमा यो मर्यादाक्रम के हुने भन्ने त्यहाँ कहिँ केहि लेखिएको छैन .. तर जे भएता पनि आफै लम्पसार पर्न तयार हुनेहरुको लागि एस्तो प्रोटोकलको केहि मतलब हुन्न , नत्र बिदेशमा रहेका हाम्रा महान नेता स्वा स्वा र फ्वा फ्वा गर्दै हाजिरी दिन आउने थिएनन् … के भारतको उपसचिव लेबलको भारतीय राजदूत र नेपालका प्रधानमन्त्रिहरुको पनि एउतै प्रोतोकोल हो त, नत्र किन जयन्त प्रसाद लगायतहरु प्रधान मन्त्रिको बेद रुम सम्म चप्पल लगाएरै पुग्छन त ?
    एउटा सानो प्रस्न, हाम्रा बहालवाला मन्त्रिहरु भारत जादा भारतका कति जना भूपू बरिस्ठहरु हाम्रा मन्त्रि बसेको होटेलमा भेट्न आएका छन् त ?
    प्रोटोकल जे भएपनि हाम्रा नेताहरुको सोच र ब्यबहार पूर्णतया प्रभु-सरणम, नोकरशाही दलाली हो ..

    Reply
    1. sandesh says:
      July 11, 2013 at 8:09 pm

      मान्छेहरु भन्ने गर्छन फलानो देशको सहसचिब/उपसचिव लेवेलको राजदुतलाई हाम्रो मन्त्रि प्रधानमन्त्रीले किन भेट्नु पर्यो | आफ्नो देसमा सेक्शन officer नै भए पनि त्यो देशले राजदुत बनाएर पठाएपछि छुट्टै स्तरको Diplomat भैसक्यो | आफ्नो देशको विदेश मन्त्रालयमा कुन पदमा थियो भन्ने ले केहि फरक पर्दैन | नेपालमा हुदा मज्जाले आफ्नो देशको झन्डा फहराएर गाडीमा हिड्छ| अन्य सानो देशमा पनि कुनै प्रभावशाली देशको राजदुतले सिधै प्रधानमन्त्री लाई भेट्चन | नेपालको सन्दर्भमा अर्को देशको महामहिम राजदुतलाई दोष दिन भन्दा नेपालकै नेताहरुले आफ्नो व्यवहार बदल्नु पर्ने देख्छु, मलाई प्र म बनैदेउ भनेर चाकडी गर्न कोहि पनि दिल्ली नजाने हो भने १/२ वर्षमा उनीहरुले गर्ने व्यवहार आफै बदलिन्छ | अन्तरिक राजनीतिमा जति खिचातानी भए पनि बैदेशिक सम्बन्धमा एकरुपता कायम गर्न सक्ने हो भने सब ठिक हुन्छ |

      फेरि उपसचिव/सहसचिब/राजदुत को बारेमा : कतिपय देसमा त राजदुतलाई मन्त्रि सरह मर्यादा क्रममा राखेको हुन्छ | google गरेर हेर्नु भो भने : संयुक्त राष्ट्र संघको लागि अमेरिकाको राजदुत अमेरिकी cabinet कै सदस्य हुन्छ, अन्य संघिय मन्त्रि सरह | नेपालमै पनि, प्राय परराष्ट्र सचिबहरुको मानसिकता ‘ बिदेशमा भएका सबै राजदुतहरुले मलाई नै reporting गर्नु पर्छ, म त सचिब पो , मलाई मान्नु पर्छ भन्ने हुन्छ’, तर महत्वोपुर्ण सम्बन्धको कारणले भारत, चीन, अमेरिका आदि देशमा भएका नेपाली राजदुतले पररास्ट्र सचिवलाई bypass गरेर सिधै प्रधान मन्त्रि वा पररास्ट्र मन्त्रि लाई रिपोर्ट गर्ने अनि नेपाल आएको बेला पनि प्र म संग सिधै भेट्ने कुरा आम प्रचलन नै छ | तेसैले राजनीतिमा र कुटनीतिमा सधै आर्मी police वा कर्मचारीको जस्तो तहगत मर्यादा पालन गर्न सम्भब नहुन सक्छ |

      Reply
  4. Harke says:
    July 11, 2013 at 2:07 pm

    “…राजनीतिक उचाइ कुनै पदले दिदैंन….कयम गर्ने नैतिक हैसियत हुनु पर्छ..”

    पार्टीका शिर्ष नेताहरु भने यो मर्यादा-क्रम भन्दा पनि माथि हुनुपर्ने हो……यदि तिनीहरुको नैतिकता छ भने….!

    ३ नम्बर मर्यादाक्रमका प्रधानमन्त्री माकुने होस् या पुकदा….दुवै गिरिजा (बुढोको) डेरामा जाने गर्दथे…राजीनिक सल्लाह गर्न…., इतिहास साक्षी छ !

    Reply
  5. Matina says:
    July 11, 2013 at 12:57 pm

    कहाँ उ भारत देशको विदेश मन्त्री , कहाँ यी नेपाल नाम गरेको भारतीय अनौपचारिक प्रान्तका तथाकथित भू. पु. प्रधान मन्त्री | प्रधान मन्त्री भन्या त मुख्य मन्त्री होइन, औपचारिक प्रान्तका मुख्यमन्त्री भारतीय प्रोटोकल सुचिमा यी भन्दा अगाडी छन् | यी बिचराहरुले होटेलमै गएर भए पनि दर्शन भेट त पाए | नत्र भारत देशका फुल मन्त्री संग हात मिलाउने र हस् हस् भन्ने सौभाग्य पनि यिनलाई कहाँ प्राप्त हुन्थ्यो होला र | भाग्य त दरै लेर आका हुन् यी बज्जे हरुले |

    Reply
  6. Sheela says:
    July 11, 2013 at 12:32 pm

    (नारायण) काजी सा’ब:
    भारतीय बिदेस मन्त्रि आउदा लुरुलुरु द्वारिका होटेल मा दर्शन-भेटको शैली मा ‘जदौ’ टक्र्याउन जादा पररास्ट्र मन्त्रि हूदा हजुरले जोड संग उठाएको ‘प्रोटोकल’ को जायज कुरा आफुले चाही कहाँ मिल्काउनु भा’को नि! छ्या क्या लाज न’भाको हजुरलाई अहिले ठुला-ठुला कुरा गर्न…! अनि हजुरको प्रभूको दर्शन भेटमा आफ्नो (नक्कली) रास्त्रबाद ले हजुर लाइ गिज्यायेन ?
    हजुरलाई इंडिया ले बाबुराम को अबसान पछि ‘ग्रूम’ गरिरहेको ‘बाबुराम-२’ भन्थे, कुरो हो की जस्तो भान हुन थाल्यो….
    काजी सा’ब को नक्कली रास्त्रबादलाइ समयमै चिनौ-चिनाऔ ….!!

    Reply
  7. Achyutdeshbhakta says:
    July 11, 2013 at 9:59 am

    “दार्चुला बगाउँदा जनताको दु:खमा साथ दिन कोही नेता गएनन्, भारतीय बिदेश मन्त्री खुर्सिद नेपाल आउँदा लाम लागेर चाकडी गर्न गए।”
    बामपंथी, नेता चित्र बहादुर केसी

    Reply
    1. Harke says:
      July 11, 2013 at 1:58 pm

      अधिकार पायो भने कस्तो काम गर्ला कुन्नि….! अहिलेसम्म त चित्रे बुढो ले निकै खस्रो कुरा गर्छ…..”कुरो भन्या खस्रो मिठो, रोटि भन्या चिल्लो…!”

      Reply
  8. pratik says:
    July 11, 2013 at 9:37 am

    पुर्व राजा को protocol चै देखिएन नि/ चोर, फताह, हत्यारा, पछि लास्ट मा २००३२५४८९ नुम्बेर मा होलान /

    Reply
  9. rohan vicram singh says:
    July 11, 2013 at 7:19 am

    नया दिल्लीबाट काठमाडौँमा भारतीय भुसिया कुकुर आएपनि लाइन लगेर भेट्न जान्छन यी भातमारा नेपाली नेताहरु!
    आफुलाई नेपाली जनताको सच्चा नेता हुनु भन्दा भारतीय नेताहरुका नोकर बन्न मन पराउछन यी काइते नेताहरु!
    दिल्ली गएर भारतीय नेताहरुको घरमा नोकर भएर बस, डाँका हो!

    Reply
  10. radheshyam Thapa says:
    July 11, 2013 at 7:06 am

    थुक्क पाजी नेताहरु आफ्नो श्रीमतीभन्दा दलालहरुको दर्सन प्यारो /
    श्रीमतीको उपचार मा गयका नेताज्यू लाई कार्यक्रम छोत्यार आउनुको के अर्थ थियो /
    छोराले अर्काको श्रीमती ल्यायो फेरि सिंगापुरमा आफ्नो श्रीमतीलाई अरुले खुत्यौला सिंगापुर फर्किहल/नत्र रेखा थापालाई हेरेर चित्त बुझाउन पर्ला /

    Reply
  11. pratik says:
    July 11, 2013 at 6:51 am

    भारत लै बिरोध गर्नु अघि पहिला हामी नेपाली ले ये सोच्नु पर्छ कि हामी भारत मा कति धेरै निर्भर छौ भनेर/ हामी जनता पनि हुतिहारा भएकै कारण आज हाम्रो देश भारत को गुलाम हुन पुगेको हो/ नेता लै मात्र गाली दिन मिल्दैन / हामी जनता र हाम्रो त्यो २४० वर्ष सोसन गर्ने राज संस्था पनि एसको जिम्मेबार हो / आज भारत ले पेट्रोल, खाद्यान्न आदि दिन्न भन्यो भने के हुन्छ त्यो पनि विचार गर्नु पर्छ/ “मुस्किल मे कुत्ते को भी सहन कर्ना पधता है” भन्ने उखान नि छ हिन्दि मा/

    Reply
  12. Hillman Myagdi says:
    July 11, 2013 at 5:13 am

    अरु केही भन्दिन! र को एजेन्ट हरु!

    Reply
  13. Surya says:
    July 11, 2013 at 4:25 am

    जे होस् चुनाब हुने निश्चित भो अब! प्रभुले कति सय वटा हो गाडी पनि दिने रे. हामीलाई घुमाउने नेताहरु, नेताहरुलाई घुमाउने बिदेशीहरु. चुनाब त नौटंकी मात्र हो.

    Reply
  14. योगेश आदी says:
    July 11, 2013 at 4:17 am

    कुर्चीको लागि खुर्सिद, खुर्सिद भेट्न नपाएर मुर्छित !!

    Reply
  15. sandip kc says:
    July 11, 2013 at 2:30 am

    लखेको कुरा पालना हुने भाको भए, यो देशमा के के भईसक्थ्यो।

    Reply
  16. bibek dhakal says:
    July 10, 2013 at 9:02 pm

    हाम्रो सालोक्य जी ले नि के के मात्र रिसर्च गर्न भ्याउँदा रहेछन बा 😀

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 10, 2013 at 11:34 pm

      मलाइ त कति-कति बेला लाग्छ हाम्रा नेतालाई ‘तिमीलाई तिम्रो छोरोले किन बाउ भन्छ’ भनेर सोध्ने हो भने पनि यी आफैमा शंकास्पद हुन्छन र सिधा उत्तर दिन्नन …यिनले यसो पनि भन्न सक्छन ‘ हो यो तपाइंले उठाएको प्रश्न गम्भीर छ यस बिषयमा सबै पार्टी बीच छलफल भएर एउटा आचार संहिता बनाउने बारेमा हामि गम्भीर छौं ‘ लौ भएन त बा ????? हाम्रा नेता वास्तवमा कुनै कंफीडेंस नामको चिज नभएका, सधै अरुले अर्हाएको गर्ने घर पालुवा कुकुर जस्तै हुन् ! तर बफादारीमा भने यी सर्प हुन् !

      Reply
  17. Amrit Israel says:
    July 10, 2013 at 8:40 pm

    अद्रिश्य भगवानको दर्शनार्थ ज्यानको प्रबाह समेत नगरी बद्री/ केदार सम्म पुग्ने हामि ; नौ नौ घण्टा सम्म प्रभु आफ्नै घर आगनमा साक्षात्कार हुँदा दुइ चार घण्टा लाइन मा उभिनु कुन ठुलो कुरा होर !! सर्ब शक्तिमान प्रभु को अघि नाथे पुर्ब प्रधानमन्त्री !!
    अमृत हाल इस्रैल

    Reply
  18. Basanta Thapa,Maryland,USA says:
    July 10, 2013 at 8:18 pm

    जे मा पनि नकारात्मक सोच नबनाउन हो साथी हो \ बिदेशी कुटनितिज्ञ वा नेता ,मन्त्रि आउदा होटेल मै बास बस्छन कसैको घर र दुताबास मा बस्दैनन् क्यारे \ नेता ,कुटनितिज्ञ वा मन्त्रि आउदा दुइ देश बिचका नेता ,कुटनितिज्ञ ,ब्यापारी ,समाजसेवी र देशका महत्वपूर्ण व्यक्ति हरु भेटछन् र महत्वपूर्ण ठाउ हेर्छन पनि उसको यो कामै हो \ अब बिदेशी मन्त्रि आउदा हाम्रा देशका नेता ,ब्यापारी र समन्धित देशका कुटनितिज्ञ ,ब्यापारी र महत्वपुर्ण व्यक्ति संग उनीहरुको घर घर र अफिस हरुमा गएर भेट्दैनन क्यारे \भेट्ने भनेको नै होटेल ,मोटेल ,रिसोर्ट मा नै हो खुला मंच ,रत्नपार्क ,पशुपति नाथको मन्दिर वा कुनै मस्जित र चर्च मा भेटघाट हुदैन क्यारे \सरलता ,सुरक्षा ,बसोबास ,खानपिन को साथै अन्य सुबिधा लाइ हेरी जुनसुकै ठाउमा यसो गरिन्छ होला \लौ बहालवाला रास्ट्र प्रमुख ,प्रधान मन्त्रि .मन्त्रि भेट्ने हो भने सम्बन्धित कार्यालयमा गरिन्छ नि ,अब भू .पु का कहा अफिस हुन्छन र अफिस मा भेट्नु \ नेता हरु उनको देशको राजदुताबासमा कार्यक्रम बनाइ गए पनि यस्ता नकारात्मक कुरा त उठाई हालिन्छ होला ? आखिर यति धेरै नेता ,पार्टी ,राजनीति ,बिदेशी प्रभुत्व भएको देशमा यति सानोम्कुरा हुनु खैला बैला गर्ने बिषय होइन हो साथी हो \सक्छौ भने देश र जनताको अति आबस्यक कुराको लागि ओछ्यान लिएर सडकमा निस्क देसैका गाउ ,सहर ,सडक ,ठाउ भरि देउ जनताकोआवाज र भिडले त्यस बेला को आउन सक्छ जनताको हित बिरुद्ध ! हरेक समस्याको समाधान निस्कन्छ त्यसबेला हार्नेछन जाली नेता र यिनका डन, प्रशाशक ,कर्मचारी ,ब्यापारी ,डाक्टर .,न्यायाधिश ,शिक्षक ,बिधार्थी र स्वार्थि बिदेशीले ! तब मात्र नेपाल र नेपालीको राम्रो दिनको सुरुवात हुनेछ \ हरेक कुराको अति भै सकेको छ \ सिमा नाघिसकेको छ \बिस्व पाठ ले यहि सिकाउछ उठ ,जुट आफ्नै लागि अरुले तिम्रा सुख ,शान्ति लुटिरहेका छन् \

    Reply
  19. Suman Gurung(UK) says:
    July 10, 2013 at 8:14 pm

    आज feri साच्चै राजा को आवश्यकता महसुश गरे, यी नेता हरु को कारण देश भुटान अनि सिक्किम हुनेछ. यो पनि सहि हो कि, गणतन्त्र ल्याउदा म पनि एक दुइ दिन सडक मा गकै हो तर त्यो सब राजा को निरंकुशता भन्दा पनि प्रिय राजा बिरेन्द्र को बंश नास को बदला को भावना थियो. सत्य येही हो अब फेरी देश लाइ राजा को आवश्यक छ जस्तो मलाई लाग्छ.कमसेकम राजा तेसरी भारत को सामु शास्टाङ्ग ढोग गर्न त जादैनन्. जुन कुरा सबै भन्दा पीडादायी हुन्छा हामि स्वतन्त्र नेपाली हरु लाइ. जय नेपाल.

    Reply
  20. Nabin Adhikari says:
    July 10, 2013 at 7:03 pm

    चाकडी गर्न हान-थाप गर्ने प्रचंडे, झले, देउबा र अरु डाकाहरु थुक्न मान लागो तीमीहरु को मुख मा थुक्क.. थुक्क ||

    Reply
    1. binit says:
      July 10, 2013 at 7:49 pm

      जति सुकै थुके पनि प्रधानमन्त्री हुने यिनीहरु नै हुन् !

      Reply
  21. rohit says:
    July 10, 2013 at 6:51 pm

    इस्लाम धर्ममा यो छ कि यदि सुँगुर खाँदा आफ़्नो ज्यान बच्छ भने सुँगुर खानु !!!! त्यस्तै यदि मंत्री पिवन , सचिब जसलाई भेट्दा आफ़्नो काम हुन्छ भने मेरो विचारमा यो कुनै ठुलो कुरा होइन !!!!

    Reply
  22. Nischal says:
    July 10, 2013 at 6:16 pm

    अब यी आफैआफैलाई ब्यबहारले असक्ष नाला़यक घोषणा गरी सकेका ४ दललाई फेरी भोट दिनु नेपाली जनताको गम्भिर भुल हुनेछ यी ४ मध्य कुनै पनि दल ४ औ स्थान सम्म आए पनि देशले निकास पाउने छैन फरी पनि पुरानै जनता मुर्ख बन्ने अनि फेरी राजनिती र नेतालाई सराप्ने मात्र हुनेछ , जनतामा ताला चाबी आएको बेलामा नसोचे नचेते नेपाली जनतालाई नै ईतिहास र भाबी पुस्ताले यो पुस्तालाई सधै धिक्कारी मात्र रहने छन् ईतिहासकै कलंक पुस्ताको रुपमा ईतिहासकै सबै भन्दा मुर्ख पुस्ताको नाममा त्यसैले यी ४ माध्य कसैलाई पनि यो तेरो यो मेरो यो यस्तो त्यो त्यस्तो भनेर अन्धो नबनौ ४ सबै बराबर उस्तै त्यस्तै र यस्तै हुन् अब चेतौँ सबैले !!

    Reply
  23. रविन says:
    July 10, 2013 at 5:54 pm

    गल्ति नै गल्ति भै रहने र नियतनै संधै खराव हुनाले यस्तै भो होला भनेर हेक्का नगरेका नि.. हा हा हा हा हा

    Reply
  24. Luna says:
    July 10, 2013 at 5:10 pm

    मुलुकको राजनीति भुटानीकरण हुदै गई’राको यिनै नेताहरुले गर्दा हो .
    के भुटानीकरण भनेर पेपरमा नै लेखेको हुनु पर्छ र ??? व्यवहारमा देखाईए पछि ——-
    यस्ता नेताहरुले नेपालको अस्तित्व जोगाउछन् भनेर ढुक्क हुन सकिन्छ !?

    हिजो राजतन्त्रको पालाको नेपाल र ऐले यी रास्ट्रघाती नेताहरुको पालाको नेपाल ???
    भारतीय बहालवाला विदेश मन्त्रि ९ घन्टे कार्यक्रममा नेपाल आउँदा प्रचण्ड सिंगापुरबाट फर्किनु भो आफ्नो स्वास्नीको उपचार क्रमलाई छोटयाएर —- ??? स्वास्नीको उपचार गर्न सिंगापुर पुग्नु भएको मान्छे ९ घन्टाको लागि नेपाल आएका भारतीय नेतालाई चाकडी गर्न त्यस्तरी मरिहत्ते गरेर हामफाल्नु पर्ने !
    भू पू प्रधान मन्त्रि प्रचण्ड ! माओबादि पार्टीको अध्यक्ष्य प्रचण्ड !
    त्यसै गरि अन्य भू पू प्रधान मन्त्रि तःथा नेताहरु लाम लाग्न पुगे ——–

    हाम्रा नेताहरु सत्ताको लोभमा असाध्यै ‘ पाजी ‘ बन्न लाजै मान्नु हुन्न .
    यस्ता नेताहरुको अब भर पर्नु हुदैन ————————

    अब सबल राजतन्त्र चाहिन्छ !
    जनता जनार्दन हुन् .
    आफ्नो देशको स्वाभिमान अस्तित्व जोगाउन जनता सचेत हुनै पर्छ .

    नेपाल रास्ट्रको स्वाभिमान जोगाउन रा प्र पा नेपाललाई समर्थन सहयोग गरौ !
    राजतन्त्र ब्युताएर हाम्रै राजा मार्फत मुलुकको शासन सम्हालिनु नेपालको हितमा
    हुने छ .

    Reply
    1. achyutdeshbhakta says:
      July 10, 2013 at 8:01 pm

      एकदम सहि कुरा गर्नु भो लुना जी , नेपाल को इतिहास मा येसरी राष्ट्रियता कम्जोर कहिलै भएको थिएन , राप्रपा नेपाल का अध्यछ्या कमल थापा राजालाई जन्म दिनको सुभकामना दिन निर्मल निवास गएको दुइ दिन पछि , भारतीय नेता खुर्सिद लै भेट्न नेपाली पुर्व प्र. म. हरु लाइन लागेर ढुके, अब को बढी राष्ट्रबादी आफै बुझौ !!

      Reply
    2. गगने says:
      July 11, 2013 at 4:27 am

      हो!
      तेसै गर्नुपर्ला अब, अस्तिन पनि यिन्लेनै चिच्याई चिच्याई गणतन्त्र भनेर यहि उफ्रेकोले हामीले देशमा राजतन्त्र फालेर गणतन्त्र ल्यायका हौ!
      आज यीनले उर्दी गरिछिन अब कमल थापाको पार्टीलाई भोट हालेर ज्ञानेन्द्रलाई राज शिन्हाशनमा विराजमान गराई चरण भक्ति गर्नु पर्ला नि!
      कमल थापालाई प्रधानामंती बनाउनुपर्ला!
      हामीले बनाउनुपर्ला होइन ज्ञानेन्द्रले बनाइसिनेछ!
      का होइन नि, कमल थापाले पो ज्ञानेन्द्रलाई श्रीपेच लगायर राजा बनाइदिनेछन अनि ज्ञानेन्द्रले कोमल लाइ बडामहारानी र कमल लाइ प्रधानमन्त्रि बनाइसिनेछन!
      यत्ति भयपछि त यो इण्डियाले हामीलाई घुरेर त कताकता डेडो आखाले टेडो पनि हर्न सक्ने छैन! ज्ञानेन्द्रको राजदण्ड देखेपछि पुच्छार लुकायर सुइकुच्चा इण्डिया त्!
      तेसपछी चट्ट नेपालको नक्साबाट दक्षिणी सिमाना ट्याक्क काटेर इण्डिया हटायर बेल्जियम संग जोडिदिनेछ! उत्तरको त जो भयनि फरक पर्दैन पक्षिम को चाहि अमेरिका संग जोडिदिने छ ज्ञानेन्द्र महाराजले अनि पूर्वको चाहि च्याट्ट लायर जापान संग गासिदिने छ कमल थापाजी ले!
      अनि त के इण्डिया त मिलौ मिल लाखौ कोष सम्म कहिँ कतै द्रिस्ट्रिमै आउने छैन!
      कमल थापाले जितेपछि यहा तेल बेल्जियम बाट पाइप लाइनमा तुरुरु झर्ने छ, प्लेन पनि अमेरिकी आकाश हुदै नेपाल छिर्ने छ, ट्रक र मोटर हरु जापानी बाटो हुदैन नेपाल भित्रिनेछन, जल बिध्धुत ले सुर्यको आबस्यकता मेटिदिने छ झिलिली दिन रातै, सब यहि देशमा तुरुन्तै बन्ने छ अलिकति नबनेको कुरा बेल्जियम अमेरिका र जापानी वा बेलायत बाट ल्याईनेछ!
      होइन त लुना जी?
      ज्ञानेद्रलाई राजा बनाया पछि छु मन्तर गरिदिने छ इन्डिया लापता अनि नेपालि अकास्सियर उड्याउडै!
      हैन,
      पशुपतिलाई झुक्क्याको जसरी झुक्याउने होकी क्याहो नेपालि जनतालाई!
      दश किलो सुन्तला चडाउछु भनेर पारस लाइ निको बनायको जस्तो होकी क्याहो?
      त्यो दश किलो सुन्तला चडाको भय अब एक क्क़िण्टल सुन्तला र दश धार्नी स्याउ चडाउछु ज्ञानेन्द्रलाई राजा बनाइदिनुहोला पशुपति भनेर भने मा पशुपति ले मान्थियो होला अब त त्यो दश किलो सुन्तला नपायर पशुपतिले पनि धत्तेरी यस्तो मान्छेको पनि बिश्वाश गर्ने हो भन्या हुदो हो पशुपतिले!
      यसो गरौन बरु,
      राप्रपालाई जिताइदेउ कमल थापालाई प्रम बनाइदेउ ज्ञानेद्रलाई महाराजा कोमल लाइ बडामहारानी र पारस लाइ छोटेराजा बनाइदेउ दश क्विन्टल सुन्तला र स्याउ चदाउछु भनेर फेरी झुक्याइदिउ न पशुपतिलाई!
      इक्च्छा र रहर अनि सपना पुरा हुन्थ्यो कि!

      Reply
      1. Nik says:
        July 11, 2013 at 11:31 am

        कम से कम देश भित्र चौकी सौकी बन्ने र नेता भनौदाहरुको मेला त लाग्दैनथ्यो, त्यतिबेला|अझै भन्नु पर्दा, नेपाल भित्र राखिएका भारतीय चौकीहरु त्यै राजा ले फिर्ता गरेका हुन्, त्यै राजाले नाकाबन्दी हुँदा पेट्रोलै पनि जहाजबाट ल्याएर हामीलाई बन्देकै हुन्|लौ न प्रभु भन्दै गोडा कि के मोल्न गा भए देखि ऐले चुपो लगेर रमिते त बन्नु पर्ने थिएन होला| पार्टीगत चश्माखोल्ने हो कि त, एक पटक मात्रै भए पनि| चेतना भया|

        Reply
        1. neerose says:
          July 11, 2013 at 4:01 pm

          हामीलाई इण्डियाको सौहार्दताको आबस्यकता अठारौ शताब्दीमा भन्दा उन्नाइसौ शताब्दीमा बढी रह्यो भने विशौ शताब्दीमा त्यो निकै बढेर अपरिहार्य जस्तै भयो!
          एक्काइसौ शताब्दीमा त अनिबार्य र अपरिहार्य भयको छ र यो कुनै पार्टी त तन्त्र राजा मन्त्रि आदिले भन्दा जनताकै आबस्यकताको कारणले हो भन्नेकुरा Nik हरु जस्तो मान्छेले बुझ्नुपर्ने हो भन्ने लाग्छ मलाइ!
          अठारौ शताब्दीमा त नुन भोटबाट ल्यायर खायाका हुन् भनेर अहिले पनि तेसै गर्ने ? सक्नुहुन्छ?
          बिरेन्द्र र मरिचमानले प्रेट्रोल जहाजमा ल्यायर पूर्ति गरेका हुन् भनेर अहिले पनि तेसै गर्ने? सकिन्छ?
          जहाजबाट पेट्रोल ल्यायर कतिवोटा रिक्सा चलाउने?
          ज्ञानेन्द्रको कार र कमल थापाको ट्याक्सी मात्रै चलाउने हो?
          व्यापारिक र आत्मिय सम्बन्धन लाइ देश बेच्यो भन्नेकुरा पाउदुरे र घाडो बिचार हो!
          ज्ञानेन्द्र राजा बनेर आयपनी आखिर इण्डिया संग आत्मियता र घनिष्टता नराखी शुखई छैन यत्ति हो उ आफु भेट्न वा झुक्न स्वोयम जादैन कमल थापा या सुर्य बादुर आदिलाई पठाउला!
          राजा भयपछि उस्लालाई त नपुग्दो र अभाब केहि हुने छैन दुख हुने छैन इण्डिया संग जत्ति टक्कर लिदा पनि भयो तर अलिकति बिच्कियामा दुख पाउने हामि हौ जनता हो!
          निक अम्रिकातिर होला के दुख पाउला र इण्डिया जति बिच्कियापानी अनि लुना जी बेल्जियम तिर हुनुहुन्छ क्यारे कमल थापाले इन्डिया संग टक्कर लियर यो देशमा नुन न आयोसको पेट्रोल न आओस बालाई भयन!
          नुन र पेट्रोलको त कुरै छाडौ,
          भोलि एक हप्ता भारु पाइयन भने नेपाल पोखरी बाहिर छादिदियाको माछा जस्तो हुने छ!
          जसले जे सुकै घमण्ड गरुन यो यथार्थता हो र यथार्थता देख्न र बुझ्न नसक्ने हरुले गर्दानै देश पतनोन्मुख भयको हो!
          यदि महेन्द्रले इण्डिया संग सौहार्दता र समय अनि भविष्यलाई अड्कल काटेर इण्डिया संग सहि हातेमालो गरिदियको भय आज हाम्रो देश इण्डिया संग डिनर टेबलमा बसी काधमा धाप मारेर गुड्डी हाक्न सक्ने हुनेथियो यसरि यत्तिको निहुरिन पर्ने हुने थियन!

          Reply
          1. Sisir says:
            July 11, 2013 at 5:36 pm

            यदि महेन्द्रले इण्डिया संग सौहार्दता र समय अनि भविष्यलाई अड्कल काटेर इण्डिया संग सहि हातेमालो गरिदियको भय आज हाम्रो देश भुटानीकरण हुदै सिक्किम हुने थियो ..
            हो निस्चय पनि हामी भारतमा निकै निर्भर छौ तर सारै दासबादी सोच पनि राम्रो होइन , यो परनिर्वरता को मुख्य कारण पनि भारतनै हो .. भारतका सासक बर्ग आफ्नो छिमेकि राष्ट्र बिकसित भएको र अगि बढेको देख्न सक्दैन .. कुनै छिमेकि संग उसको सम्बन्ध राम्रो छैन .. एस्ता कदमहरु आज आएर भारत आफैलाई आत्मघाती हुदै छ नत्र तेत्रो सम्भावना बोकेको भारतमा ३०-४० करोड जनता गरिबीको रेखा मुनि हुने थिएनन् .. उसको छिमेक(विदेश) नीति अत्यन्त कपट्पुर्न छ .. के नेपाललाई मात्र भारत आवोसेक होर ? भारतलाई पनि नेपाल र अन्य छिमेक आवसेक छ नि ? नेपालको प्राकृतिक स्रोत माथि उसको आखा गाडेको छ , १५०० किमि जति भारत-चिनिया सिमानाको काम नेपालले गरेको छ , खर्बौको सैनिक खर्च जोगिएको छ , बर्सिक खर्बौको समान नेपाल निर्यात गर्छ .. भारतका ससक बर्गको आखा समयमै खुल्दो हो त आज यो दछिन एसियाली देशको रुप रंग्नै अलग हुने थियो , छिमेकमा आगो लगाएर कतिन्जेल आफ्नो ढाड सेक्न सकिन्छ र ? हामी नेपालीहरु उनीहरु संग सनातन काल देखि नै मिलेर बसेका थियोउ र हामी बस्न पनि चाहन्छौ तर भारतले पनि असल छिमेकि बन्नु पर्यो नि … यो कुरा भारतका नया पिडिले बिस्तारै बुझ्दै छन् र ति बुझेका नया पुस्ताले नेत्रित्यो पायो भने एस्तो कुरामा आमुल परिवर्तन हुन सक्छ .. हामीले पनि हाम्रा भारतीय मित्रहरुलाई यो कुरा बुझाउनु पर्छ कि किन भारतको कुनै पनि छिमेकि संग राम्रो सम्बन्ध छैन भनेर ? २ हप्ता अगि मात्र मेरा एक भारतीय मित्रलाई येही कुरा भनेको थिए उनले निकै चाख पूर्ण सुने र भने म भारत गए पछि यो कुराको पक्कै अध्यन गर्ने छु , कम्तिमा गुगल पकै गर्ने छु … आशा गरौ नेपाल र भारतका नया पिडिले यो कुरा राम्रो संग सम्बोधन गर्ने छन् ..

            Reply
            1. bibek dhakal says:
              July 11, 2013 at 8:27 pm

              पूर्वराजा महेन्द्रको एउटा भनाइ नेपाल मात्र नभई भारत लगायतका देशहरुमा पनि निकै प्रसिद्द भाको थियो तेस्बखत – ” कम्युनिस्म गाडी चढेर आउंदैन ”
              यो कुरा महेन्द्रले रमाइलोको लागि भनेको हैन बरु चीन संगको घनिष्टत बाट झस्किएको भारतलाई शान्त पार्न भन्नु परेको थियो! लगत्तै नेहरुकै पालामा महेन्द्रले दुइ पटक भारत भ्रमण पनि गरे!
              हो उनले कुटनीति धेरै राम्रो संग प्रयोग गरे- भारत र चीन दुवै संग , तर धेरै साथि हरुले ” imply” गर्ने गरेको भारतलाइ टक्कर दिने वा धेरै नै चिढ्याउने काम सायद उनले नि गर्न सकेनन, जसरि पाकिस्तान वा बंगलादेश ले गरे! सक्दा हून त् १९५० को सन्धि को औचित्य उनको कार्यकाल भरि समाप्त भैसक्थ्यो…
              जाँहासम्म भारत संगको आगामी सम्बन्ध र कूटनीतिको कुरा छ, नेपाल ले एकदम चनाखो नीति लिनु आवस्यक छ. जसरि हुन्छ चीन र भारत दुबैबाट सक्दो फाइदा लिने तर साथै आन्तरिक चलखेल पनि हुन नदिने..अहिले भारतको हस्तक्षेप बढी देखिएको मात्र हो तर भित्र भित्र चीनको प्रभाव पनि यहाँ बढ्दैछ. यी सबै कुरालाई मध्य नजर गर्दै कौटिल्य जस्तो चतुर स्टेप हरु चाल्ने किसिमको कुटनीतिज्ञ आवस्यक छ नेपाल लाइ…तर पूर्वराजा महेन्द्र, पुर्व मन्त्रि रमेशनाथ पाण्डे र पुर्व राजदूत भेस बहादुर थापा जस्तो कुटनीतिक व्यक्तित्व नेपाल मा अहिलेसम्म देखिएका छैनन्!

              Reply
          2. Nik says:
            July 11, 2013 at 11:02 pm

            एक चोटी मात्रै होइन जहिले पनि जस्तो कुनै बिदेशीसंग भेट भो नहने धेरै जसोले मलाई सोध्छन “Where are you from, if I may ask you” तर थोरैले चैं “Are Indian, Are you Bangladeshi, Are you Pakistani?” भनेर भन्छन|मलाइ Neerose त्यै थोरै बिदेशीहरु जस्तै भएको अनुभव भयो|जान्नुन सुन्नु अनि “अर्थ न वर्थ, गोबिन्द गाई” भन्या जस्तो म अमेरिकामा, लुना जी बेल्जियम भन्नु हुन्छ बा| यहाँ कुरो र चुरो भनेको राष्ट्रियता, हाम्रो पहिचान अनि त्यसलाई मौलाउने र जोगाउने कुरो भै रा छ|नुन, पनि, तेल, घ्यु र लुगा फाटोपाइन्छ रे भनेर “लौ हामी सिक्किमी सरह नै हुन्छौ प्रभु भनेर सासटांग दण्डवत गर्ने? यस्तै मानसिकताले नै हो, हाम्रो मन्त्रीलाई फलानो देशको कारिन्दाले भेट्ने र हाम्रा भू पू हरु लाइन लागेर त्यताको “उच्चस्तरीय” लाइ भेट पाउन कुर्ने|त्यहाको राश्त्राध्यक्षनै आए इनले के पो गर्लान, अनि त्यो बेलामा हाम्रा कथित केहि मित्रहरु यसरि नै समर्थनको डम्फु बजौना पछि हट्ने छैनन्, अझै भन्नु पर्दा, दिपावालिनै गर्न पनि सक्छन| चेतना भया|

            Reply
      2. madan bajracharya says:
        July 14, 2013 at 5:55 am

        गगनेज्यु
        नेपालमा राजतन्त्र हामीले फाल्यौं भन्नु भयो/ तपाइंको त्यो “हामि” भित्र के मावोबादी पनि थियो?

        मावोबादी राजनीतिको यो चुलीमा जनयुद्धले पुर्यायको हो/ तर त्यो जनयुद्ध मावोबादिले ” भारत सिट झुक्नु भन्दा नेपाली सिट झुक्न तयार राजा र राजतन्त्र महान रास्ट्र्बादी भयको” भनेर २०४८को संबिधान मिचेर कुशासन गर्ने गिरिजाको बिरोधमा लडेको थियो संबैधानिक राजतन्त्र र २०४८को राजा समेत संबैधानिक हुने संविधानको बिरुद्ध जनयुद्ध लडेको थियन/ यसै बात सिद्ध हुन्छ तत्कालिन संबिधान र संबैधानिक राजतन्त्रको सबै भन्दा ठुलो समर्थक मावोबादिनै थियो/

        हो तेतिबेला पनि नेपालमा भारतको गोडा मोल्दै “नेपाल भारतको अघोसित अर्ध उपनिवेश हो” भन्नेहरु संबैधानिक राजतन्त्र र सदनको बहुमत बात राजा फाल्ने देखि कुनै पनि परिबर्तन गर्न सकिने संबिधानको बिरोध गर्थे/ अनि गगनेज्यु तपाईं पनि त् नेपाल भारतको अघोषित अर्ध उपनिवेश हो भन्दै आयको छ/

        त् तपाइंको त्यो राजतन्त्र फाल्ने “हामि” भित्र “नेपाल दुई ठुला स्वतन्त्र मुलुक बिचको अर्को स्वतन्त्र देस हो (बिरेन्द्रले भनेथ्यो)” कुनै पर्दैन परे नेपाल भारतको अघोसित अर्धउपनिवेश हो भन्ने मात्रै पर्छ/

        ज्ञानेन्द्र पहिला संबैधानिक राजा मात्रै थिय/ सदन ज्ञानेन्द्रले भंग गरेको थियन कांग्रेसको नेतृत्वको सरकारमा प्रधान मन्त्रि बनेको शेरबहादुरले गरेको थियो/ तेतिबेला मध्यावधि चुनाव गराउने घोसना शेरबहादुरले ज्ञानेन्द्रको हुकुम अनुशार गरेको थियन नेपालको संबिधान अनुशार गरेको थियो र शेरबहादुरले सदन भंग गरेको र मध्यावधि चुनावको घोसना गरेको कुराको बिरोध मावोबादिले गरेको थियन/ फेरी मावोबादिले मध्यावधि चुनाव गर्न सक्दिन भनेको शेरबहादुरलाई ज्ञानेन्द्रले अपदस्थ गर्दा समेत मावोबादिले बिरोध गरेको थियन बरु “बार्ता र सम्झौता राजा ज्ञानेन्द्र सितै गर्ने” भनेर मावोबादिले राजा ज्ञानेन्द्रको राजतन्त्रको स्पस्ट समर्थन गरेको थियो/ त् भन्नुस राजतन्त्र हटाउने तपाइंको त्यो “हामि” भन्ने को हुन्?

        नेपालको शाहबंशीय राजतन्त्रको स्थापना द्रव्य शाह बात भयको थियो र द्रव्य शाह “चुनियर” राजा बनेको थियो/ त् जनतालाई चुन्ने मौका दिय फेरी पनि स्वतन्त्र नेपालको कुनै पनि नेपाली नागरिक राजा बन्न सक्छ; तेस्मा ज्ञानेन्द्र पनि पर्न सक्छ तर कुनै पनि हालतमा नेपाललाई भारतको अघोसित अर्धउपनिवेश बनाउन खोज्ने मान्ने लेंग्दुपे प्रवितिको व्यक्ति राजा बन्न सक्दैन/ यसै कारणले त् होनी नेपाललाई भारतको अघोसित अर्ध उपनिवेश बनाउन खोज्ने ई नेताहरु राजतन्त्रको बारेमा जनताको मत लिने कुराको बिरोध गरेको!!!/

        Reply
    3. Mohan says:
      July 13, 2013 at 3:57 am

      राजा आए पनि कुरा त् तेही हो. ज्ञानेन्द्र ले चाहिं गएको सत्ता पुन प्राप्त होला कि भनेर हिन्दुस्तानको तिर्थ यात्रा गरेको छैनर ? सत्ता प्राप्त हुने त सम्भावना छैन नै , कथम कदाचित प्राप्त भैहालेमा पनि त्यसलाई जोगाउन धोतिकुर्त्ता हरिको गुलामी गर्न जानै पर्नेछ. अन्यथा पहिलेको अवस्था दोहारिनेमा कुनै शंका छैन.

      Reply
  25. dharmendra says:
    July 10, 2013 at 5:08 pm

    तर्क(कु ) गर्नलाई त खोपडी भित्र गिदी हुनुपर्योनि सालोक्य जी , गोबरै गोबर छ त के गरुन ?
    नेताहरुमा आफ्नो मर्यादाक्रम ,मर्यादा , नैतिकता ,चरित्रबान , इमान्दार , भैदेको भए के आज देशको यो गति हुन्थ्यो र ?

    Reply
  26. harka shrestha says:
    July 10, 2013 at 4:36 pm

    कत्ति सारो हासो लाउनि नेता को उत्तर पनि यस्ता त छन् बोरु चुप लयर बस्नु नि ??हाम्रा यस्ता नेता अनि कसरि बन्छ देश ???? यसता नेता लाइ पनि २ चोटी जितायाका हुन् त जनता ले अब त कुन्नि ??? ३ चोटी हराउनि भय जस्ठो छ ???

    एमाले उपाध्यक्ष बामदेव गौतमले भारतका विदेशमन्त्री सलमान खुर्सिदसँग भेट गर्दा प्रोटोकलको अर्थ नहुने बताएका छन्। ‘उनी भारतको प्रतिनधि भएर आएकाले उहाँसँग भेटघाट गर्दा प्रोटोकलको कुनै अर्थ हुँदैन’, गौतमले भने। खुर्सिदले बोलाएर भेट्न आग्रह गरेकाले नेताहरुले भेटेको गौतमले दाबी गरे। सुरक्षा र व्यवस्थापनको हिसावले होटलमा होटलमै गएर भेटेको प्रस्टिकरणले उनले दिए।

    Reply
  27. kedar says:
    July 10, 2013 at 4:35 pm

    बराबारीका लाइ पनि ढोकामा ९ घण्टा लाइन नै लगाउनु पनि उपलब्धि नै हो खुर्सिद को

    Reply
  28. harka shrestha says:
    July 10, 2013 at 4:24 pm

    भारत ले कुन नेता लाइ कत्ति को मान्न सक्छ
    प्रचण्ड ….. सचिब , बाबुराम भट्टराई …..निर्माण मन्त्रि .,….झलनाथ खनाल ….सह सचिब ,……सेर बहादुर ……….. विदेश मन्त्रि .., बिजय कुमार …. …जासुस इन चार्ज ,माडव नेपाल हुलाकी .के पी ओली ,,,,,सुराकी सुसिल कोइरल ,,,,,,समूह इन्चार्ज मदेसी दल क नेता सबै मनगन्तॆ का हाकिम ,

    Reply
  29. harka shrestha says:
    July 10, 2013 at 4:07 pm

    नेपाल मा भारत को विदेश मन्त्रि को यत्रो बॆजॆत…………………….????कुरा गहिरो छ साथि हो …………………. नेपाल को भास्त्रचारी को आरोप मा जेल बसेका जे पी गुप्ता ले पनि भेट गर्न सके ………….के गुप्ता को र हाम्रा प्रधानमन्त्री हरु को साथै भारती मन्त्रि को हैसत के भयो …………………..???हह्हः
    ई प्रचण्ड ,सेरबहादुर ,बाबुराम अनि झलनाथ त खतम्म निस्क्य त बोरु माडव नेपाल नै ठिक कमसेकम आफ्नै देसको राजा लाइ त दाम चदायाका त थिय ?बेकार मा माडव नेपाल लाइ गर्नु गरे ? ल अब प्रचण्ड लाइ बाबुराम लाइ सरेबहादुर लाइ अनि झलनाथ खनाल लाइ १००० ,१००० दियर दाम लियर जानी सूजाब मेरो अर्को फेर देखि .मदेसी दाल को त झन् कुरै छोडाम तिनी हरु त इम्मंदारी देखि भास्त्रचारी जे पी गुप्त सम्म को ले दाम चदाउन देल्ही सम्म गएका हुन् यहाँ त कुरै छोदम. प्रचण्ड लाइ भारत ले सचिब को स्तर दियको हो तह को मन्त्रि हरु भटना ७ दीन लाग्छ यहाँ लाएन लयर ९ घण्टा मा भात हुन्छ तेस्तै हो जुन देश को नेता देश को चिन्ता नै छैन भने के गर्नु ,जुन जोगी आय पनि कानै चिराको.

    Reply
  30. सुनिल ढकाल says:
    July 10, 2013 at 3:57 pm

    अब सालोक्य ज्युलाई प्रेस सल्लाहकार राख्नु पर्यो गुँईठे्, तोरिलाऊरे, गोबर भरिएका, लम्पट प्रधानमन्त्रीज्युहरु

    Reply
  31. बले says:
    July 10, 2013 at 3:14 pm

    एस्ता मर्यादा मा ध्यान दिने भए आहिले यो हालत हुन्थ्यो ? प्रचण्ड जी लाई त आफ्नो श्रीमती भन्दा खुर्सिद को बढी माया लागेको जस्तो देखिन्छ / नत्र किन सिंगापुर बाट यहाँ उडेर आउथे ?

    बले

    Reply
  32. द्रोण says:
    July 10, 2013 at 2:59 pm

    आफुहरु लोकमान को ढाल ले जोगिएर , आफ्नो कालो भ्रास्ताचार लुकाएर सानो सानो घुसखोरी पक्डाएर गणतन्त्र चोख्याउने नेताहरु के गरुन , भारतीय राजदुत को दर्शन भेट गर्दा गर्दा वाक्क भएको थ्यो , ठुलो देउता पाएपछि आफ्नो जातै बिर्स्यो ?
    भित्र भित्र भारत कै सिन्दुर लगाएर बाहिर बाहिर सुरुङ्ग युद्द गर्ने प्रचण्ड पथ कता हरायो ?झले किन झल्लु भयो , देउवा ज्ञानेन्द्र ले भने झैँ साचिकै निकम्मा साबित किन भयो | थुक्क !!

    Reply
  33. Sushil KC says:
    July 10, 2013 at 2:48 pm

    नेताहरुले मात्र होइन बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रले पनि पढ्नु पर्यो यो । काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर जस्तै प्रोटोकलको कुरा गरेर हिजो बिबिसीमा बर्वराएका थिए ।

    Reply
  34. SARJAN says:
    July 10, 2013 at 2:44 pm

    भारतीय मन्त्रीको (माहा प्रभु-नेपाली नेता कोलागी ) दर्सन पाउनु सबै भन्दा ठुलो होनी / दर्सन पाएपछि दङ्ग परेका नेताहरु मर्यादाक्रमको हेक्का भएपनि नभएपनि पत्रकारको गाली लाई श्रीमतीको लाली झैँ मिठो मानेर खाईरहेको होला नि ? कि कसो भारतीय भक्त नेताजी ?

    Reply
  35. ananda says:
    July 10, 2013 at 2:40 pm

    यो भन्दा पनि महासक्ति भारतको विदेश मन्त्रि चाने चुने होइन है अनाबस्यक बहस…….उनलाई भेटेर स्वागत गरेर के भयो ? मोहन बैद्य को जस्तो सोच त्यागौ न साथी हो भेटेर कुरा गरेर आफ्नो हित मा कुरा गर्नु नै रास्ट्र बाद हो..भेट्दै नभेट्ने कुरै नगर्ने अनि अनि कसरि समस्या समाधान हुन्छ ???????
    ..

    Reply
    1. subash says:
      July 10, 2013 at 8:51 pm

      भेट्न त भेट्ने तर भेट्ने पनि तरिका हुन्छ . के भारतको विदेशमन्त्री देवता हो र, सबै जना आफ्नो मर्यादा भुलेर मगन्ते जस्तै एक पछि अर्को गर्दै लाइन लागेर भेट्न लाइ ?

      यदि भेट्नु नै थियो भनेपनि सबै एकै स्थान मा एकै पटक भेला भएर भेटे भैगो नि.

      Reply
  36. राम चन्द्र says:
    July 10, 2013 at 2:28 pm

    घर को बाघ बनको स्याल हुन हाम्रा नेता । प्रभु उपस्थित भएको बेला मा दर्शन गर्न लाई के को सिनिओर र जुनियर एस्ता भाते हरु लाई । श्रीमती उप चार छोडेर प्रभु को दर्शन लाई उपस्थित हुने ले के को राष्ट्रियता को खोक्रो ढोङ फुक्नुबेकार । भारतीय राज्दूत नै काफी छ हाम्रो नेता लाई बिदेस मन्त्री त धेरै ठुला भये तेसैले ठेलम ठेल गरी भेट्न गएका होलान ।

    Reply
    1. subash says:
      July 10, 2013 at 8:55 pm

      चम्चागिरि को लागि उपचार गरिरहेको बिरामी जीवनसाथी लाइ त छोड्न सक्ने नेताले देशवासीहरुलाई के हेर्लान ?

      Reply
  37. वाहिद अलि says:
    July 10, 2013 at 2:10 pm

    # गृह मन्त्रालयको मर्यादाक्रमको घोषणा पत्र संग पत्रकार अनि महान नेताहरु जानकार भएको भए आज मिडिया पत्रपत्रिका मा आज बहस को बिषय हुने थिएन
    # सर्वसाधारण को बुझाई हाम्रो देश का महान नेता को औपचारिक भारत दौडाह मा त्यहाँ गरिने मर्यादा को करारा जवाफ दिनु पर्ने हो भन्ने तर्क ले अनुचित पनि होइन जसले सामाजिक संजाल मा महत्व पाउनु सामान्य हो
    # कांग्रेस आई कि अध्यक्ष सोनिया गान्धी र कमरेड प्रचण्ड नेता को हैसियत मा समान हुन् तर उनले भारत दौडाह मा सोनिया जी को दर्शन भेट पाएनन् तिनै प्रचण्ड सोनिया गान्धी भन्दा मर्यादाक्रममा धेरै तल रहेका खुर्सीद लाई भेट्न लाखौ खर्च गरेर उपचार को क्रम मा देश भन्दा बाहिर रहेको अवस्था पनि उनको दर्शन अझ भनौ आशिर्वाद का निम्ति दौडिदै आउनु लज्जास्पद कुरा हो
    # नेपाली ठुला भनाउदा नेता ले देखाएको भारत प्रेम अझ भनौ चाकडी अनि निर्वाचन का लागि सयौ गाडी सहित करौडौ सहयोग गरेको कारण भारत ले नेपाल को राजनीति मा हस्तक्षेप गर्ने बलियो आधार हो

    Reply
    1. बद्री अधिकारी says:
      July 10, 2013 at 6:22 pm

      मिलेन मिलेन कहाँ सोनिया गान्धी र प्रचण्डको हैसियत समान हुनु। प्रचण्ड पूर्व प्रधानमन्त्री हुन् । तर सोनिया गान्धी त्यहाँको सत्तारुढ दलका अध्यक्ष मात्रै । त्यसैले प्रोटोकलमा प्रचण्ड धेरै माथि हुन् ।
      यो भयो कागजी प्रोटोकलका कुरा । व्यवहार जुन देश धनी हुन्छ, शक्तिशाली हुन्छ, त्यो देशका साना मान्छेको पनि ठूलो प्रोटोकल हुन्छ । जुन देश गरिब हुन्छ, कमजोर हुन्छ, त्यो देशका प्रधानमन्त्रीको पनि प्रोटोकल सानै हुन्छ । त्यसैले यस्ता प्रोटोकलका कुरा वाहियात हुन् । व्यवहारमा जे लागू हुन्छ त्यो महत्वपूर्ण हो।

      Reply
      1. sandesh says:
        July 10, 2013 at 8:47 pm

        एकदम ठिक कुरा |

        अनि अर्को कुरो, उमेशजी ले पूर्व प्रधानमत्री हरुले कु-तर्क गर्न जानेनन भन्नु भयो तर मलाई त यहाँ पत्रकार महोदयहरु देखेर टिठ लाग्यो | हुनत मलाई पनि यो कुरो (बहालवाला मन्त्रि र पूर्व प्र म एउतै स्तरको हुन् भन्ने कुरा ) पहिले नै थाहा थियो तर , माओबादीको रायमाझीले भन्ने बेलासम्म दिमागमा नै आएन |

        १ -२ जना पूर्व प्र म ले भेटेको भए केहि हुन्नथ्यो होला , यहाँ त ४-४ जनाले एकै दिन भेटे तेसैले हौवा भयो | प्रोतोकोल भन्दा पनि भारतले समग्रमा गर्ने व्यवहार हो (हुन त यस्तै यस्तै साना कुराहरुले भारतको हेपाहा प्रवृतिलाइ बढावा दिएको छ ) मलाई प्र म बनैदेउ भनेर चाकडी गर्न कोहि पनि नजाने हो भने विस्तार विस्तार भारत आफै ठिक ठाउमा आउछ | तर एउटा कुरो चै गर्न पर्छ है : भारत , चीन दुबैलाई नेपालको भुमि प्रयोग गरेर उनीहरुको देशमा आतंकबादी वा देश टुक्र्याउने (तिब्बत ) गतिबिधि हुन नदिन नेपालले सकेसम्मको काम गर्न चै पर्छ |

        Reply
  38. Luna says:
    July 10, 2013 at 1:46 pm

    मुलुकको राजनीति भुटानीकरण हुदै गई’राको यिनै नेताहरुले गर्दा हो .
    के भुटानीकरण भनेर पेपरमा नै लेखेको हुनु पर्छ र ??? व्यवहारमा देखाईए पछि ——-
    यस्ता नेताहरुले नेपालको अस्तित्व जोगाउछन् भनेर ढुक्क हुन सकिन्छ !?

    हिजो राजतन्त्रको पालाको नेपाल र ऐले यी रास्ट्रघाती नेताहरुको पालाको नेपाल ???
    भारतीय बहालवाला विदेश मन्त्रि ९ घन्टे कार्यक्रममा नेपाल आउँदा प्रचण्ड सिंगापुरबाट फर्किनु भो आफ्नो स्वास्नीको उपचार क्रमलाई छोटयाएर —- ??? स्वास्नीको उपचार गर्न सिंगापुर पुग्नु भएको मान्छे ९ घन्टाको लागि नेपाल आएका भारतीय नेतालाई चाकडी गर्न त्यस्तरी मरिहत्ते गरेर हामफाल्नु पर्ने !
    भू पू प्रधान मन्त्रि प्रचण्ड ! माओबादि पार्टीको अध्यक्ष्य प्रचण्ड !
    त्यसै गरि अन्य भू पू प्रधान मन्त्रि तःथा नेताहरु लाम लाग्न पुगे ——–

    हाम्रा नेताहरु सत्ताको लोभमा असाध्यै ‘ पाजी ‘ बन्न लाजै मान्नु हुन्न .
    यस्ता नेताहरुको अब भर पर्नु हुदैन ————————

    संबैधानिक राजतन्त्र भनेर ओकालत गर्ने जनताहरुले अब सबल राजतन्त्र चाहिन्छ भनेर ओकालत गर्नु पर्ने अबस्था देखिसक्यो !
    जनता जनार्दन हुन् .
    आफ्नो देशको स्वाभिमान अस्तित्व जोगाउन जनता सचेत हुनै पर्छ .
    देश प्रति ईमान्दार मिडियाको भूमिका महत्वपूर्ण हुने छ ——
    नेपाल रास्ट्रको स्वाभिमान जोगाउन रा प्र पा नेपाललाई समर्थन सहयोग गरौ !
    राजतन्त्र ब्युताउ हाम्रै राजा मार्फत मुलुकको शासन चलाउ !
    जय स्वाभिमान
    जय देश जय नरेश

    Reply
  39. बद्रि पोखरेल says:
    July 10, 2013 at 1:46 pm

    नेता ले त जानेनन जानेनन यी संचार कर्मिको ताल देख्दपो छक्क लाग्छ , यिनीहरुले चै अध्यन मनन गर्नु पर्दो रैन छ ,जे पायो तेही प्रस्न गर्ने ,समाचार को नाममा उट्पट्याङ्ग कुराहरु समाचार बनाउने ? कोहि पनि आफ्नो काम र जिम्मेवारी प्रति वफादार देखिदैनन् /

    Reply
  40. romeo shahi says:
    July 10, 2013 at 1:12 pm

    म त विभिन्न संचारमाध्यमहरुमा यो ‘मर्यादाक्रम’ को बबाल पढेर, हेरेर तथा सुनेर मनमनै दङ्ग थिएँ . कुनै पनि समाचार सम्प्रेषण गर्नुभन्दा पहिला कम से कम सम्बन्धित विषय को अध्ययन त गर्नु पर्छ नि .पटक पटक प्रधानमन्त्रि भएका दिग्गज नेताहरु समेत प्रचलित प्रोटोकल नै थाहा नभएर रनभुल्लमा परेका देखिए .हिजो को बिबिसी नेपाली सेवामा वरिष्ठ पत्रकार रविन्द्र मिश्रले समेत झलनाथ खनालसंग मच्चीई मच्चीई मर्यादाक्रम को कुरा गरेको सुन्दा झनै हाँसो उठ्यो !
    लौ हेर्नुस ९ फेब्रुअरी २०१३ मा ‘The kathmndu post ‘मा प्रकाशित “Cabinet puts seal on new republican state protocol ” शिर्षकमा नेपालको नयाँ गणतान्त्रिक प्रोटोकल (अंग्रेजीमा ) !
    emerging Order of Precedence
    1 President
    2 Vice-president
    3 Prime minister
    4 Chief justice
    5 Chairman of CA/Speaker
    6 Former President/ Deputy PM
    7 Ministers/leader of the opposition party/former vice presidents/former PMs, former chief justices/Deputy Speaker or CA vice-chair
    8 State ministers/presidents of Parliamentary Committees
    9 Vice-chair of National Planning Commission, chancellors of academies
    10 Supreme Court justices/ members of Judicial Council
    11 Assistant ministers
    12 Members of Parliament
    13 Chiefs of constitutional bodies/attorney general/chief secretary/chief of army staff/general secretary of Parliament Secretariat
    14 Chief justices of Appellate Courts/members of National Planning Commission/members of constitutional bodies/governor/vice-chancellors of universities
    15 Government secretaries/special class officers/foreign ambassadors/secretary general of SAARC/Nepal’s ambassadors/Supreme Court register/deputy attorney general/Appellate Court justices
    16 Lt Gen/chief of Nepal Police/Armed Police Force and chief of Department of National Intelligence/ UN residential coordinator
    17 Major Gen/additional inspector general of Nepal Police, Armed Police Force and deputy chief investigation officers of Department of National Intelligence
    18 Presidents of District Development Committees/ chiefs of metropolitan cities
    19 Joint-secretaries/first class gazetted officials like chief district officers/director generals/District Court judges/chiefs of Sub-Metropolitan cities/mayors/ DDC vice- presidents/deputy mayors
    20 Consul general/chiefs public services utilities
    21 Brig Gen/ DIGs of Nepal Police, Armed Police Force and Intelligence Department
    22 Col/SSPs of Nepal Police, Armed Police Force and Intelligence Department
    23 Under-secretary/directors of various government entities and all second class gazetted officials like local development officers
    24 Lt Col/SPs of Nepal Police, Armed Police Force and Intelligence Department
    25 Maj/DSPs of Nepal Polce, Armed Police Force/chairpersons of VDCs
    26 Capt/section officer/VDC vice-chairpersons
    27 Lt of Nepal Army/Inspector of Nepal Police, Armed Police Force and Intelligence Department
    28 Second Lt of Nepal Army

    Reply
  41. बुद्धि भट्टराई ( मलेसिया) says:
    July 10, 2013 at 1:09 pm

    सालोक्यजी,
    हजुरलाई पनि यो थाहा हुन पर्यो कि नेपालमा नेताहुन यति पढाइ चाहिन्छ भनेर कहिँ लेखियको छैन त्यसैको फाइदा उठायाका हुन् इ भू पु प्रधान मंत्रीहरुले,,,,,, त्यसमाथि चुनाब आउदै छ,,,, भारतीय विदेश मन्त्री सलमान खुर्सिद नौ घण्टाका लागि नेपाल आयका फुत्त नभेटी गए भने आमैनी मर्नु भै हाल्यो नि यी भारतका भरौटे नेताहरुलाई खोइ कुरा बुझेको………………….. ( मलेसिया)

    Reply
  42. Raju Rana - Mahendra says:
    July 10, 2013 at 12:25 pm

    ब्रहमाण्ड बाट देवी देवता आइ दर्सन दिय जस्तो हाम्रो इ नेता हरु को लम्बद्दा लाइन मा दर्सन गरे रे आफ्नो पुजानिया, ढोग्निया , सम्मानीय , आदरणीय , के के हो ……………कुनी निया लाई – धन्न हो प्रभु तिम्रो लिला

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme