अहिले सडक विस्तारको लहर चलेको छ। काठमाडौँका विभिन्न भागमा मापदण्डविपरीत बनेका घरटहराहरु भत्काइँदैछन्। गएको महिना मनाङ पुग्दा त्यहाँ पनि सडक विस्तार देख्न पाइयो। हुनत बेसिसहर-चामे सडकमा औपचारिक रुपमा गाडी गुड्न थालेको गएको मंसिरमा त हो। तर पनि यो दानाक्यु भन्ने ठाउँमा होटल सञ्चालकले आफै सडक साँघुरो भएको महसूस गरी आफ्नो पर्खाल आफ्नै खर्चमा भत्काएका रहेछन्।
६५ किलोमिटरको यो सडकको ट्र्याक खोल्न सडक विभागले प्रारम्भिक सर्भे गर्दा १ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि सेनाले त्योभन्दा आधा रकम ७६ करोड ६६ लाखमा सडकको ट्र्याक खोल्ने काम पूरा गरेको हो। सडक बन्न ११ वर्ष लागेको थियो भने १