Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियार लाग्यो अकूत सम्पति छानबिनतिर, कर्मचारीमा खैलाबैला

Posted on June 29, 2013June 29, 2013 by Salokya

akhtiyar
वर्षौँ पहिले अनुसन्धान सकाएर दायर मुद्दामा फैसला हुनुबाहेक भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको विषयमा प्रवेश नगरेको धेरै भयो। बीचमा अख्तियारका प्रमुख नै नियुक्त गर्न सकिएन। बल्ल बल्ल विवादास्पद भए पनि अख्तियार प्रमुख नियुक्त भयो र त्यसले अहिले उच्च पदमा रहेका कर्मचारीहरुको अकूत सम्पति छानबिन गर्ने काम अघि बढाएको छ। सयभन्दा बढी उच्च अधिकारीहरु एकै पटक छानबिनमा तानिएको भनिएको छ। छानबिनका लागि अख्तियारले उनीहरुको बैँक लकर पनि सिज गर्न नेपाल राष्ट्र बैँकलाई अनुरोध गरिसकेको छ। यसले उच्चहरुमा खैलाबैला मच्चिएको छ।

घरमा राख्दा चोरीडकैती र अन्य असुरक्षा हुनसक्ने डरले सुनचाँदी लगायतका गहना र नगदै पनि सुरक्षाका लागि बैँकको लकरमा राख्ने गरिन्छ। त्यस्ता लकरहरुमा के राखिएको हुन्छ भनेर बैँकलाई थाहा हुँदैन। लकरको साँचो एउटा बैँकसँग र एउटा ग्राहकसँग हुन्छ। बैँकको मास्टर कि बिना ग्राहकको मात्र साँचोले लकर खोल्न मिल्दैन।

अनुसन्धानको दायरामा परेको भन्दै मिडियामा आएका समाचारमा सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तदेखि दूर सञ्चार प्राधिकरणमा पहिलेको सरकारले निर्देशक नियुक्त गरेका दिगम्बर झासम्म छन्।

को-को परे अनुसन्धान दायरामा ?

सुरक्षा निकाय (सशस्त्र प्रहरी) – कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी। (नेपाल प्रहरी)- प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी ।

दूरसंचार प्राधिकरण/नेपाल टेलिकम- दिगम्बर झा, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगतमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव (विराटनगर), विजय ठाकुर।

ऊर्जा /सिंचाई मन्त्रालय – मोती कुँवर, सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ।

वैदेशिक रोजगार विभाग – भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी।

आयल निगम – वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे पर्सा।

सिटिइभिटी -रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल।

गृह मन्त्रालय– उद्धव तिमिल्सिना (बझाङ), गोपाल पराजुली- (रामेछाप), दीपक पोखरेल (झापा)।

यातायात व्यवस्था कार्यालय- विपिनकुमार लाल कर्ण (जनकपुर), भिमप्रसाद गौतम (इटहरी), कीर्तिवल्लभ पौडेल (ललितपुर), राजेश पन्थी (ललितपुर), जीवन आचार्य (पर्सा), खुसीलाल कर्ण (जनकपुर)।

नापी विभाग -सुमन्त झा (पर्सा)।

राजस्व प्रशासन- दीर्घराज मैनाली (बानेश्वर), कुलप्रसाद चूडाल (ललितपुर), तुलसी सेढाई (धरान), धर्मेन्द्र मिश्र (बुटवल), इन्द्र ढुंगाना (ऋण असुली न्यायाधिकरण)।

विद्युत प्राधिकरण– विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेन्द्रलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, प्रमोद ढुंगाना।

मेडिकल काउन्सिल– अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय।

इन्जिनियरिङ्ग परिषद्– शालिग्राम सिंह।

नगरपालिका- रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं,रुद्र गौतम ललितपुर, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर।

सहरी विकास- कामेश्वरप्रसाद सिंह- विराटनगर।

कृषि मन्त्रालय– लेखनाथ आचार्य।

काठमाडौं खानेपानी लिमिटेड – रविन्द्र नेपाल, लीला ढकाल।

नागरिक उड्डयन प्राधिकरण– त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य, दिनेश श्रेष्ठ महाप्रबन्धक (त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल)।

कृषि विकास बैंक– सागरचन्द्र जोशी।

मालपोत – बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा। स्रोतः अन्नपूर्ण पोस्ट

समय लाग्छ
अहिलेलाई यिनीहरुको लकरमात्र रोक्का राखिएको हो। भ्रष्टाचारको विषयमा अख्तियारले अनुसन्धान सकाएपछि बल्ल विशेष अदालतमा मुद्दा दायर गर्नेछ। विशेष अदालतको फैसला चित्त नबुझे सर्वोच्च अदालतमा जानेछ। त्यहाँबाट फैसला भएपछि बल्ल मुद्दा किनारा लाग्नेछ। यो सब कामका लागि अझै धेरै वर्ष लाग्नेछ।

अकूत सम्पति मुद्दामा अहिलेसम्मका नजिर हेर्दा पुर्ख्यौली सम्पति धेरै भएको र भ्रष्टाचार गरेको सम्पति लुकाउन सक्नेहरु बाहेक सामान्यतया सबै फँस्ने देखिन्छ। भ्रष्टाचारको मुद्दामा जेल गएर पनि निस्किसकेका जेपी गुप्ताले त खुला चुनौती नै दिएका थिए- जुन आधार र मापदण्डमा मेरो सम्पतिलाई भ्रष्टाचार गरेको भनी प्रमाणित गरियो, त्यही मापदण्ड अपनाएर झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड लगायतका नेताहरुको पनि सम्पति परीक्षण गरौँ। उनको चुनौती कसैले पूरा गर्ने हिम्मत गर्न सकेका छैनन्। स्वयं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले २०४६ सालपछिको सबै मन्त्रिपरिषद्ले गरिरहेको सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोडे। मन्त्रिपरिषद्को वेबसाइटमा रेग्मीसहित मन्त्रीहरुको सम्पति विवरण प्राप्त भइसकेको मात्र भनिएको छ, सार्वजनिक गरिएको छैन।

र, अहिलेको अख्तियार नेतृत्वले ठूला नेताहरुलाई पनि तान्छ कि भन्ने आश गरिरहनुभएको छ भने अलि अगाडि आउनुस्- मेरो साइबर लोप्पा तपाईँलाई उल्टोबाट। बाहिरबाहिर विरोध गरे जस्तो गर्ने गरी भित्रभित्र सब कुरा मिलाएर नै सबै दलका शीर्ष नेताहरुले अख्तियारमा लोकमानसिंह कार्कीलाई नियुक्त गरेका हुन्। उनीहरुले पक्कै पनि आफूहरु नतानिने प्रत्याभूति खोजेका होलान्।

नेताहरु नतानिए पनि भ्रष्ट कर्मचारीतन्त्रको मुटुमा ढ्याङ्ग्रो ठोकाउन सक्यो भने अहिलेको यो कदम सार्थक हुनेछ। हेरौँ, को को तानिने हुन् भ्रष्टाचार मुद्दामा।

[अनुसन्धानको दायरामा परेका कर्मचारीहरुको नाम माथि पढिहाल्नुभयो। कसैलाई नजिकबाट चिन्नुभएको छ ? साँच्चिकै फटाहा परेका हुन् कि तपाईँको नजरमा निर्दोष पनि परेका छन् ? तपाईँले चिनेकाको बारेमा आफ्नो अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।]

90 thoughts on “अख्तियार लाग्यो अकूत सम्पति छानबिनतिर, कर्मचारीमा खैलाबैला”

  1. bibek kc kl malaysia says:
    July 6, 2013 at 5:16 am

    नेपाल बिद्युत प्राधिकारणको कर्मचारी रहेछ बिमल गुरुङ मलेशियाको एक कार्यक्रम बाट राम्रो परिचय भएको छ । उनको भाडामा बसेको कोठामा गए नेपाल गएको बेला मान्छे भ्रस्ट खाल्को लागेको छैन मलाई ।

    Reply
  2. cRIS says:
    July 4, 2013 at 5:52 am

    भ्रष्टाचारको छानबिन र दण्ड जहींबाट गरे नि हुन्छ| शुरु भएको छ, पाईला नारोकियोस| देशले धन्य मान्नेछ, अलिकति भएनी पुण्य कमाउनु होला| शुभकामना| अरु सशक्त ढंगमा अगाडी बढ्नु होला, टिमको आकार ठुलो बनाएर भएपनि, छिटो छरितो प्रोसेस होस्|

    *देश त्यसै बिग्रिएको होइन नि, यी लिस्टमा भएकाहरुमा सायद धेरै जस्ता भ्रस्टचारी नै हुन्|

    Reply
  3. pralad says:
    July 3, 2013 at 7:52 pm

    भ्रष्टहरुलाई त सामाजिक बहिस्कार गर्नु पर्छ /

    Reply
  4. Bijaya says:
    July 3, 2013 at 9:18 am

    सधै भ्रस्ट नेता र कर्मचारीका मात्र कुरा के गर्नु! हामी सबैले आ आफ्ना कामका सिलसिलामा कहाँ कहाँ जाँदा जनसेवाको भाबना राख्ने कस्ता कस्ता राम्रा र जनसेवक कर्मचारी भेट्यौं तिनीहरुको पो बखान गरौँ न कुनै दिन त!

    Reply
  5. rakesh says:
    July 2, 2013 at 8:45 pm

    पहिला त यो अक्तियार को प्रमुखलाई कारबाही गर्नु पर्यो / यो सब अरुलाई देखाको जस्तो मात्र हो / अब इनि हरु बाट पैसा उठाउन मात्र यो देखाको हो / जसले पैसा खुवाउन सक्छ तेस्ले बल्ल छुटकारा पौच यो सब पैसा कमाउने धुन हो साथी हो / तर यो माथि भाको नामको ब्रस्ट चारीहरुलाई नि, अब कारबाही गर्नु पर्चा.. देस लुट्ने यै हुन् / सचेत हौ है नेपाली हरु

    Reply
  6. kusal says:
    July 1, 2013 at 11:56 pm

    मैले नबुझेको एउटा कुरा के भन्दा हाम्रो नेपाली कर्मचारीको salary किन महंगी संग नबढेको? जहाँ सम्म मलाई थाहा छ, एउटा राम्रो औधाको कर्मचारीले पनि salary मात्रै लिने हो भने अहिलेको context मा उसलाई एउटा ४/५ जना को परिवार चलाउन गार्हो पर्छ/ ८ वर्ष अघि ५०० पर्ने LPG gaS अहिले १५०० पुग्यो होला/ १२ पर्ने १/२ litre दुध २५ पुग्यो होला/ ३०० school fee को ३०००, त्यसमाथि donation त कति कति / त्यस्तो के के मात्र सम्झु / i feel people are compelled to corrupt in our country . if it continues to be like this , obviously it will happen . Government is equally responsible for it . Yedi एउटा राम्रो पोस्ट को मान्छेले आफ्नो छोराछोरी राम्रो school / college मा padauna सक्दैन , राम्रो संग खुवाउन सक्दैन, राम्रो कपडा दिलाउन सक्दैन भने के गरोस??

    Reply
  7. Dharma says:
    July 1, 2013 at 2:51 pm

    NEA staff Chiranjivi Sharma probably is a honest man. He should not be included in the list.

    Reply
  8. Harke says:
    July 1, 2013 at 5:31 am

    १. लोकमान नेताहरु र गुण्डाहरुसंग कति डराउदो रहेछ, प्रस्ट भयो !
    २. बिगत केहि बर्षमा अख्तियारले कमाएको शाख भने अब लोकमानले गिराउने पक्का भयो…!
    ३. लिस्टमा भएका धेरै मुद्दाहरु (यदि दर्ता गर्यो भने र निस्पक्ष फैसला भने) अक्तियारले हार्ने पक्का छ !
    ४. तेतिबेला लोकमान र राजनीतिक ढल हार्दैनन, अक्तियार हार्छ, नेपाल र नेपाली हार्नेछन…..चेतना भया !

    Reply
  9. बलराम says:
    July 1, 2013 at 3:39 am

    मलाई कोष राज ओन्त को हुन् राम्ररी थाहा छ, सायेद यिनी जति भ्रस्ट बेक्ती नेपाल मा कमै होलान, जतिबेला म ससस्त्र्मा यिनी संगै प्राबिधिक को रुपमा काम गर्थे, मलाई थाहा छ यिनी के सम्म गर्थे भने,

    १. national Construction कम्पनी (जसमा अहीले Armed police को headquarter छ ) को इट्टा प्रहरीलाई भत्काउन लगाई प्रहरीकै गाडीमा बलम्बु लगेर नया गडमा टहराहरु तिनै प्रहरी जवान लाई बनाउन लगाको तर प्राबिधिक हरुलाई १०-१० लाख को package मा estimate गर्न लगाएर १ करोढ़ भन्दा बढी झ्वाम पारेको /
    २. सश्त्रको headquarter मा रहेको फलामे सेन्ट्री पोस्ट १ ठाउँ बाट अर्को ठाउँ सार्दा नया सेन्ट्री पोस्ट को estimate (करिब ५ लाखको) बनाउन लगाई रकम झ्वाम पारेको /

    ३. हल्चोव्क मा officers हरुको barack बनाउदा करिब ३ करोढ़ को estimate लाई टुक्रा टुक्रा परि १०-१० लाख को package बनाई ठेकेदारको हित हुने गरि contract दिएको/

    ४.हल्चोव्क को Officers club बनाउदा बिना प्रतिस्पर्धा ठेक्का दिएर करोडौ को रकम हिनामिना गरेको/
    ५. तेसै गरि हल्चोव्क मै प्ले ground को लागि ठेक्का दिदा ठेकेदार छनौट प्रक्रिया मनोमानी ढंगले गरेको/
    ६. सशस्त्र को headquarter भित्र बाटो ढल तथा अन्य construction को काम “श्र्रे ५ महाराजधिराजको बरद बाहुलीबाट सम उद्घाटन हुने ” भन्दै बिना प्रतिस्पर्धा १०-१० लाख को package बिना tender ठेक्का दिएको /
    ७. रकम खुलाउन नमिल्ने ठेक्कामा प्राबिधिक हरु बाट estimate रकम सोधी सोहि अनुसार ठेकेदार हरुको setting मिलाई , estimated amount ko २-५% को फरकमा
    प्रायेजसो barrack , court guard , hospital तथा अन्य निर्माण कार्य गरेको /
    ८. कर्तव्यनिष्ट प्राबिधिक (Engineer, overseer ) हरुलाई यिनी site मा पठाऊ दैन थिए , जसले उनको चाकडी गर्छ उसैलाई मात्रै त्यो आब्सर दिन्थे/
    ९. उनको येस्तै क्रियाकलाप चित्त नबुझेर १ बर्षको बिचमा महेन्द्र विद्या भुसन पाएका देखि structural engineering मा मास्टर्स डिग्री गरेका ४ जना Engineer हरु ले जागिर छाडे /

    तेसैले यिनी मद्दती तथा सेवा निर्देश्नालाये प्रमुख हुदा गरेका सबै ठेक्का तथा निर्न्येहरु जफत गरि कडा भन्दा कडा कारबाही हुनु पर्छ.

    Reply
  10. prajit man says:
    July 1, 2013 at 1:57 am

    हुँदा हुँदा सबैतिर अगुवा ब्रामणहरु भ्रस्टाचारमा समेत अगुवा रहेछन / ७०% त बाहुनहरू नै परेछन / बाहुनहरुले यो देश डुबाउने नै भए / कुनै जाति तोक्न मन थिएन तर येसो हेर्दा छर्लंगै येस्तै पाइयो /

    Reply
    1. Ayush says:
      July 1, 2013 at 5:57 pm

      ९०% बाहुन हरु भएको कर्मचारीतन्त्र मा ७०% मात्र परेचन, राम्रै हो|

      Reply
    2. prajit man says:
      July 4, 2013 at 3:00 am

      बाहुनहरुको बारेमा त बोल्न नै नहुने भो / सबैले मन नपराइदिने सबै ब्राह्मण मित्र हरुलाई भनेको त हैन नि / चोरलाइ चोर भन्न केको अप्ठेरो? सबै बाहुन लाइ होइन जसले गरे तिनलाई भनेको हो खाली संख्या धेरै भएकोले / तर जे भए पनि सत्य तितै हुन्छ /

      Reply
    3. navin says:
      July 9, 2013 at 11:20 am

      @ prajit man :prajit जी म पनि बाहुन नै हु . मैले जीवन मा १ रुपैया पनि भ्रस्टाचार गरेको छैन के त म बाहुन भएकै नाता ले भ्रस्टचारी को बिल्ला लगाउनु? सायद येस्ता साम्प्रदैकता ले भरिएका कुरा गर्नु भन्दा अगाडी एकचोटी सोच्ने पो हो कि तपाईं हामी जस्ता मानिस हरु ले. देश लै बिखन्डन बाट जोगाउने प्रयाश होला .धन्यबाद

      Reply
  11. raghubir says:
    July 1, 2013 at 1:26 am

    नेपाल किन बिग्रेको हो भनेर सोधियो भने – उत्तरमा दुई कारण आउँछन्, आम मानिसबाट। एक- भ्रष्टाचार र दुई – राजनितिक दलका नेता। तर यी दुइ कारण मूल होइनन्, नेपाल बिग्रिनुको दोष यिनको मात्र छैन। नेपाल बिग्रेको अशिक्षा, अन्धविश्वास, अकर्मण्यता र अयोग्यताले हो – र यी गुण (अवगुणहरु) नेतामा मात्र होइन , हामी साह्रा जनतामा पनि छ। हाम्रो घर देखि विध्यालय सम्मको शिक्षा प्रणालीमै खोट छ – हामी नेपाली सबै उस्तै छौं। ट्राफिक पुलिस उभिएको देखिएन भने कुन नेपाली चालकले रातो बत्तिमा गाडी रोक्छ? – बाँकी ट्राफिक नियम त के हो पनि थाहा हुन्न हाम्लाई – वा कुन नेपाली बाटोमा थु थु गर्दै थुक्दै हिंड्दैन, वा कुन नेपालीले पायो भने परिक्षामा चोर्दैन ? वा कुन नेपालीले चिनजानको मान्छे सरकारी ओहदामा छ /वा नेता छ भने फाइदा लुट्न जाँदैन ?वा कुन नेपालीले घरको फोहर सडकको बिचमा मिल्काउँदैन? कति जना नेपालीको सवारी लाइसेन्स जाँच पास गरेर रितपुर्वक निस्केको छ र कति जनाको भनसुन वा पैसा ख्वाएर निस्केको छ ? वा कुन नेपालीले मन्दिरमा दर्शन गर्न पैसा ख्वाएरै लाइन मिच्दैन ?अफिस सके सम्म समयमा जान हुन्न – पाए सम्म विद्यालय पनि किन टाइममा जानु, कलेज त क्लास नै नलिकन पास गर्नु पर्छ – गाह्रो प्रश्न जाँचमा आयो भने हड्ताल गर्दे भैगो/गेसपेपर भन्दा बाहिरको प्रश्न सोध्ने अधिकार त विश्वविद्यालयलाई नै छैन नि – चिट चोर्न पाइएन भनेर विरोध गरेको पनि देखियो – एस एल सी मा बिद्यार्थीका बाउआमा ढोका बाहिर चिट बोकेर उभिएको पनि देखियो – मानौं चिट चोर्न पाउनु परिक्षा दिने विद्यार्थीको नैशर्गिक अधिकार हो। कति जना नेपालीले इमान्दारी पूर्वक कर तिर्छन् ? वा भन्सार तिर्छन् ? जोगबनी तिर जाँदा होस वा खासा तिर, सामान टन्न किन्यो र भन्सार नतिरी छिराउन कसरत गर्‍यो – भन्सार/कर लगायत आफुले तिर्न पर्ने कर र तिरो मिले र हुने सम्म तिर्दै तिर्दैनौं हामी नेपाली – तर त्यसमा समस्या देख्दैनौं – अनि आफ्नो आङको भैंसी नदेख्ने शैलीमा ब्यापारी-उद्योगपतिलाई गाली गर्छौं यिनीहरु कर तिर्दैनन् भनेर। आफू ठिक र बाँकी बेठिक देख्ने हाम्रो दोषी चस्मा छ – तर यथार्त के हो भने हामी सबै उहि ड्याङका मुला हौं।

    र काम गर्ने क्षमता पनि छैन – देखिहालियो नेपालका डाक्टरका रोग पत्ता लगाउने क्षमता – राष्ट्रपति रोग प्रकरणमा । इन्जिनियर पनि कम छैनन्, काम गर्न नजानेर कति प्रोजेक्ट ढिलो भाकाछन् र कतिमा खर्च बढेको छ लेखाजोखा छैन, न त नेपालका अर्थशास्त्री काम राम्रो गर्न जान्छन् नत तथ्यांकशास्त्री नै। यो सबै क्षेत्रको रोग हो। काम गर्नै नजानेपछि भ्रष्टाचार गर्नै पनि पर्दैन, काम यसै बिग्रिन्छ उसै बिग्रिन्छ – मान्छे जति इमान्दार भए नि कामै गर्न नआउने भए पछि के लाग्छ। बरु दुइ चार पैसा भ्रष्टाचार भए नि ठिक छ – तर त्यस बापत काम चाहिं राम्रो हुन पर्‍यो। यहाँ त कामै नगरेर/गर्न नजानेर पो मार्‍यो ।

    यो देश बिकृती र बिसंगतिको भण्डार हो – ती लकर रोक्का हुने कर्मचारी मात्र खराब भए त लौ तिनलाई ठेगान लगाए देश ठेगान लाग्थ्यो – तर त्यसो होइन । कति निर्दोष कर्मचारी पनि परेका होलान् , कति दोषी पनि होलान् , तर तिनलाई कारवाही गरेर मात्र केहि हुने वाला छैन,- तिनले चाहिं दुख पाउछन् तर अरु फिटिक्कै केहि हुन्न – न त ती कर्मचारीका अड्डामा केहि भिन्नता आउँछ न त आम जनताको जिवनमा नै। जबसम्म पुरै नेपाली समाजको सोच १८० डिग्रीले फनक्कै घुम्दैन , देशमा केहि तात्विक भिन्नता आउने अवस्था नै छैन – लेखेर राख्नुस्। देश बिदेशबाट कमेन्ट गर्दै के के न कारवाही हुन लाग्यो भनेर रमाउने साथिहरुको यो क्षणिक आत्मरति मात्र प्रमाणित हुनेछ – नेपालको समस्या निकै गहन र ब्यापक छ – दुइ चारवटा यस्ता कारवाहीले केहि हुन्न। कुनै miracle भएर पुरै नेपाली समाजको सोचाई परिवर्तन हुन सक्यो भने केहि होला – नत्र उहि ताल हो।

    Reply
  12. सुमन says:
    July 1, 2013 at 12:58 am

    मान्छे भलादमी छ र आफ्नो कार्यक्षेत्र बिषयमा जान्ने पनि छन र मिलनसार छन| यति हुँदैमा भ्रष्ट हुन् सक्दैन र हुँदैन भन्न मिल्दैन| के यस्ता ब्यक्ति घुसिया हुँदैनन्? तपाईले देख्नुभएको “मान्छे” र समयको जाँतो भित्र पिसिएर बाध्यता वा प्रलोभनमा पसेको मान्छे अर्कै हुनसक्छ| जब समयको परिवर्तन र मांगको चाप संगै मान्छेको आवश्यकता बढ्दै जान्छ तब जांच हुन्छ घुस खाने र नखानेको| थोरै मात्र यस्ता जाँचमा पास हुन्छन| कति यस्ता पनि छन् जो आफैले घुस खाँदैनन तर आफ्नो अधिकार, दायित्व र जिम्मेवारी भित्र हुँदा हुँदै पनि अरु आफ्ना मातहतकालाई घुस खानबाट रोक्दैनन, कारवाही गर्दैनन् वा देखी देखी यस्तै हो भनेर मौन रहन्छन| घुसियालाई नरोक्ने र कारवाही नगर्ने यस्ता हाकिमहरुले पनि भ्रस्टचारलाई प्रोत्साहन दिईराखेका हुन्छन र सहअपराधी सरह हुन्|
    अब कुरो आयो अख्तियारले नाउँ छाप्दैमा अपराधी हुने होइन| हाम्रो नेपालमा यथार्थमा भ्रस्ट र अपराधी होस् कि नहोस, एक चोटी मेडियामा नाउँ आए पछि अपराधी वा भ्रस्ट ठहाराउने हाम्रो सोच हुन्छ| innocent until proven guilty हुन् पर्नेमा गलत रुपमा guilty until proven innocent हुन् जान्छ|
    अख्तियारले नाउँ लिंदैमा र अनुसन्धानको लागि बैंक लकर बन्द गर्दैमा ती सबैमा दाग लगाउन पर्ने होइन|
    पुर्ब कर्मचारीको एउटा भनाई याद आयो, “अहिले कर्मचारीको हुलमा कसैले आँखा बन्द गरेर एउटा ढुंगा हान्यो भने त्यो भ्रस्टचारीलाई नै लाग्ने निश्चित छ”| भनेछी ९० प्रतिशत भ्रस्टचारी नै छन् कुनै न कुनै रुपमा| भ्रस्टचारी मात्र होइन, कामचोर पनि छन्| घाम तपुवा छन्| राजनीतिको गफ गरेर समय बरबाद गर्छन नेपाल सरकारको तलब खाएर| एक जनाले गर्न सक्ने काममा १५ जना छन्|
    अध्यागमन, भन्सार, नापी, मालपोत, आयकर, र कति प्रहरी पदहरुमा यति भ्रस्ट छन् ती भ्रस्ट हुन् कि होइनन भनेर अख्तियारको मापदण्ड लाई रहनु पर्दैन| आवत, जावत र हालका चलअचल सम्पति हेरे लाटोले पनि भन्न सक्छ को भ्रष्ट हुन् र को होइनन|

    Reply
    1. madan bajracharya says:
      July 1, 2013 at 5:55 am

      सुमनज्यु/

      तपाइंले भनेको कुराले त् जसलाई पनि मनपरी आरोप लगाउने व्यक्ति तथा निकाय झनै प्रोत्साहित हुन्छ/ आरोप प्रमाणित गर्न सक्ने यथेस्ट प्रमाणको संकलन गोप्य रुपमै गर्नु पर्छ र भ्रस्टाचार गरेको यथेस्ट प्रमाण पाय पछि मात्रै त्यो कुरा सार्वजनिक गरेर अदालतमा प्रस्तुत गर्नु पर्छ/ अख्तियारले आरोप लगायर अदालतमा मुद्दा दायर गरे पछि कर्मचारी भयमा निलम्बन समेत हुन्छ/ निर्दोष पछि प्रमाणित हुन्छ, बेईज्जत पहिला/ देस भारको पत्र पत्रिकाले घुस्याह भनेर प्रचार गरि दिन्छ/ तर पछि निर्दोष प्रमाणित हुँदा कसैले माफी माग्दैन/ त् यस्तो कुरा बात निर्दोष भयर पनि अख्तियारको पन्जामा फसेका कति घाईते हुन्छ त्यो घाईते हुनेले मात्रै बुझ्छ/

      अख्तियारले अधिबक्ता नियुक्त गर्दा सरकारले खर्च व्यहोर्छ तर आरोपित व्यक्तिले आफ्नै खर्चमा अधिवक्ताहरु नियुक्त गरेर मुदा बर्सौं लड्नु पर्ने हुन्छ/ आरोप प्रमाणित भयमा त् ठिकै हो/ तर निरपराध ठहर भयमा व्यक्तिले पायको दुख र खर्चको भरपाई कसले गर्ने अख्तियारले गर्नु पर्ने होइन? तर तेस्तो कानुन र ब्यबस्थानै छैन नेपालमा/

      अख्तियारले मलाई पनि पुर्जी काटेको थियो/ त्यो पनि राम्रो काम गर्न खोज्दा/ नेपाल बात खतियर जर्मनमा कार्यरत नेपाली कर्मचारीहरुले पाउने तलव भत्ता मा लाग्ने कर नेपालको सरकारले नै तिरी दिने गर्थ्यो/ म पनि जर्मनमै केहि महिना कार्यरत थिय/ मैले तिर्नु पर्ने कर पनि नेपालको सरकारले नै तिर्दै आयको थियो/ मेरो कम्पनीले ट्याक्स सल्लाहकार नियुक्त गरेर राखेको थियो/ बर्षको अन्तमा कर मिलान गर्दा म केहि महिना मात्रै जर्मनमा बसेकोले समेत मेरो नाममा नेपालको सरकारले तिरी दियको आयकर मध्य बात करिब २२०० मार्क लगभग १००० डलर आयकर ट्याक्स रिफंद पाउने भयो/ म संगै अरु ४ जना कर्मचारीहरु समेतको गरेर सरकारको खातामा जम्म गर्नु पर्ने रकम १०००० मार्क जत्ति हुन्थ्यो/ हामि मात्र केहि महिना मात्र जर्मनमा रहेको थिय/ हामि भन्दा पहिलाका कुनै त् ४ बर्ष भन्दा बढी रहेका थिय/ तिनीहरुको संख्या २० भन्दा सायद बढिने हुथ्यो होला/ तर तिनीहरु सबैले तेस्तो फिर्ता आयको ठुलो ठुलो रकम आफ्नै नातेदारहरुको खातामा जम्मा गरायर खायको थियो/

      मैले काठमान्डू को हेद अफिसमा यो सम्भंदी लिखितमा जानकारी गराउंदै मेरो नाममा सरकारले तिरी दियको रकम बात रिफंद हुने सरकारकै जम्मा हुने ब्यबस्था गर्न अनुमति मागे/ तर मैले लोप्पा खाय र उल्टै तेस्तो कुरा नउठाउन र जसो भै आयको थियो तेस्तै गर्ने मौखिक आदेस पो दिन्छन/ मैले मानिन र तेस्तो कालो धन मेरो र म संगै कार्यरत कसैको पनि खातामा जम्मा गर्न दियन/ त् उल्टै मलाई पो अख्तियारले पुर्जी काट्यो/ पत्रिकामा प्रकाशित भयो/ कार्यालयमा कुरा नबुझ्ने साथीहरुले घुस्याह ठान्यो/ बयान दिन जानु पर्यो/ अझ बिडम्बना त् के थियो भने मैले त्यो सम्भंद मा सरकारले तिरेको कर फिर्ताउने रकम सरकारको खातामै जम्मा गर्नु पर्ने व्यवस्था होस् भनि दर्ता गरेर दियको निबेदन समेत कार्यालय बात गायव गरि सकेको रहेछ/ तर म सिट दर्ता साखाको छाप र दर्ता नम्बर सहितको प्रतिलिपि थियो/ अख्तियारमा तेही प्रतिलिपि बुझायर बचे/ बचेको मैले मात्रै जानकारी पाय तर फसेको कुरा …..

      पहिला खायाकालाई बचाउन हाम्रो पालामा फिर्ता आउने रकम समेत सरकारको खातामा जम्मा गर्ने कुनै कार्यवाही समेत गरेनन/ म जनवरी २००२ मा जर्मन बात फर्केको थिय/

      Reply
  13. madan bajracharya says:
    June 30, 2013 at 2:09 pm

    लोकमानकै सम्पति विवरण खै?
    श्रोत खुलाउन नसक्ने सिट देखियको अकुत सम्पतिको श्रोत खोजे जस्तै मात्र नेता नामको श्रीपेच लगाउनेहरुले श्रोत देखाउन अकुत खर्चहरुको बारेमा कहिले कसले छानबिन गर्ने? दलहरु र तिनका नेताहरु आफ्नो लुकाउञ्छन/ राजनीतिको मूल प्रवाहमा आयको केहि बर्ष भित्रै कुनै दल दछिं यसियाको सबै भन्दा धनि दल बने भन्ने कुरा निक्लन्दैछ र यो कुरा अख्तियारको कानले नसुनेको त् पक्कै होइन होला/ आलिशान बंगालमा आलिशान सिट बस्ने कयौं नेताहरु कुनै पुर्ख्यौली धनि परिवारका पनि होईनन र तिनीहरु कुनै ब्यबसाय पनि गर्दैन/ त् कहा बात आयो तिनीहरु सिट तेस्तो आलिशान जीवन बिताउन पुग्ने आर्थिक श्रोत? यदि पार्टीले उनीहरुलाई तेस्तो आलिशान जिबन बिताउन पुग्ने भत्ता दियको हो भने खै कसले तिरेको छ “कर” ? नेपालमा पिउन जस्तोले पाउने दुई छाक पनि मुस्किलले खान पुग्ने तलवमा समेत कर तिर्नु पर्छ नेताहरुले तिरेको छ बा छैन लोकमानले हेर्ने कि नहेर्ने?

    सुडान र शिबिर घोटाला काण्डमा मुछियका कुनै माथि कार्यवाही किन गरेनन? सुडान काण्डमा प्रमुख अभियुक्त ओम बिक्रमले गिरिजा सुजाता र प्रचंद्रलाई समेत करोडौं तक्रायको कुरा आफैले सार्वजनिक गरेको थियो/ शिबिर भित्रको लडाकुको भत्ता काण्ड लगायत मावोबादी कार्यकर्ताहरुले गरेको भ्रस्टाचार जांच बुझ गर्ने मावोबादिकै समितिले उनीहरुको कार्यकर्ता र नेताहरु बात भ्रस्टाचार भयको कुरा स्वीकार गरेकै थियो/ भ्याट काण्डमा करोडौ ठग्नेहरु माथि र त्यो मुद्दा दवायर बस्ने कुनै माथि अख्तियारले कुनै कार्यवाही गरेकै छैन/

    प्रचंद्र्को निबाश स्थानमा पनि बिबाद त् उठेकै हो/ कयौंले प्रचंद्र बसेको घर प्रचन्द्र्कै हो पनि भनेकै थियो/ यदि त्यो घर प्रचंद्र कै हो भने आफ्नै घरमा बसेर प्रचन्द्र्ले सरकार बात पुर्व प्रधान मन्त्रि भयकोले पाउने घर भत्ता कसरि कसले लिंदै छ यो पनि अख्तियारको आँखामा पर्नु पर्ने थियो/

    अस्ति भर्खरै बिद्यार्थी युनियनको चुनाव आफ्नो पछ्यमा पार्न नक्कली बिद्यार्थीहरु भर्ना गर्न लाखौँ लाख खर्च गरेको कुरा उनीहरुले नै सकारेको थियो/ बिद्यार्थी युनियन सिट तेस्तो खर्च गर्ने पैसा कहा बात आयो?

    मावोबादीको मजदुर युनियनहरुले चुनावको निमित चन्दा संकलन गर्ने घोसना गरेको छ/ सायद लोकमानको यो कार्य चन्दा नदिनेलाई तर्साउने कुनै खेल पनि हुन् सक्छ/

    Reply
    1. सुमन says:
      July 1, 2013 at 9:26 am

      मदनजी, सही कुरा मान्छु| तपाईको ईमान्दारॆको पनि कदर गर्छु| सन् २००२ र अहिलेको स्थितिमा अन्तर छ| कतिमा अहिले बिकृति पनि नआएका होइनन तर मलाई लाग्छ राम्रा पनि छन् जँहा सम्म जनताको अधिकारको कुरो आउँछ| यो ब्लग मार्फत हामी मन्तब्य प्रकट गर्न र बहस गर्न सकिरहेका छौ| मैले माथि उल्लेख गरे, जसलाई पायो त्यसलाई अख्तियारले हात हाल्न मिल्दैन| अख्तियारले बुझ्दै नबुझी, आवश्यक गृहकार्य नगरी वा पूर्वाग्रह राखेर वा भुलले कसैलाई कुनै पनि प्रकारले मानसिक पीडा पुर्याएको वा सताएको देखियो भने त्यसको पनि कानुनमा निकास गर्ने प्रावधान हुन् आवश्यक देखिन्छ| यी सब हुने तपाई हामी सचेत रहेर वहस गरे न सम्भव हुने हो| यो सतीले सरापेको ठाउँ यस्तै छ केहि हुँदैन भनेर आशा मारेर बसे केहि हुँदैन| हामी सबैले जँहा बाट पनि जसरि हुन्छ सल्लाह सुझाव राय दिन छाड्नु हुँदैन| तपाइले आफ्ना विगतका तीता मीठा अनुभवहरु सुनाउन भएकोमा धन्यवाद टक्राउछु| हामीलाई त्यंहा बाट हामीले पाठ सिक्न पर्ने हुन्छ| सरकारी जागिर भनेको जसरि हुन्छ कमाउनु हो भन्ने कुसंस्कार बढिरहेको छ त्यो हामी सबै मिलेर रोक्न्पर्छ| कसरि रोक्ने, त्यो यही ब्लगको माध्यमबाट छलफल गरौ|

      Reply
  14. रविन says:
    June 30, 2013 at 1:44 pm

    सहि नियतले अख्तियारी दुरुपयोग र भ्रष्टाचारको मुद्दा हेर्नु र आरोप स-प्रमाण पुष्टि भय पछि कारबाही गर्नु र अपराधीको नाम सार्वजनिक गर्नु सहि कुरो हो.

    तर कसैले द्वेष पोखेर आरोप लगाको भरमै अकुत सम्पति भनेर आरोपित बनाई सार्वजनिक गर्नु भनेको अख्तियारी दुरुपयोग पनि चरम दुरुपयोग होइन?

    र तेस्ले एक साधारण कर्मचारी र उसको परिवार र सामाजिक प्रतिष्ठामा कस्तो असर असर पर्न जान्छ भन्ने सोच्नु पर्दैन?

    यस्तो अख्तियारमै बसेर अख्तियारी दुरुपयोग गर्नेलाई कारवाही हुने कि नहुने?

    तेस्तै मैले चिनेका केहि कर्मचारी पनि यहाँ परेका छन् जसको आर्थिक हिसियत पनि केहि गतिलो छैन, बल्ल बल्ल संचय कोषको ऋण, केहि बचत र दाजु भाइको कमाईबाट सगोलमा बन्न लागेको घर बाहेक केहि छैन. बिमार आमा र श्रीमतीको हालत यस्तो सुन्ने बित्तिकै झन् नाजुक बनेका छन् र ति व्यक्ति झन् विछिप्त बनेका छन्.

    Reply
  15. कुसुम ज्ञवाली says:
    June 30, 2013 at 11:25 am

    विध्यूत प्राधिकरणबाट शेरशिह भाट, विमल गुरूङ र होम बहादूर केसी जस्ता केही अन्तराष्ट्रिय स्तरको प्राविधिक अनुभव र दक्षता भएका इन्जिनिएर यो “अकुत सम्पत्ती कमाउने”को लिस्टमा अाउनु नपर्ने नाम हुन, तर यो अख्तियारको लिस्टमा परेछन् अनैाठो कुरा साँच्चीकै “अकुत सम्पत्ति कमाउने” प्राधिकरणमा कुख्यात रहेका ब्यक्ति भने छुटेछन् । हुन त यस्ता अनलाइनमै विदेशी कम्पनीलाइ इन्जीनिएरिङका कठिन समश्या समाधानका प्रयोगात्मक परामर्श दिएर प्रसस्त कमाउन सक्ने यी इन्जिनिएरलाइ खासै फरक पर्दैन किनकी यी इन्जिनिएरहरूले कमाइको स्रोत देखाउन सहजै सक्नेछन् । तर साँच्चिकै अकुत सम्पत्तिवाल संग लोकमान कमरेडले हप्ता असुल गर्न यी निर्दोश बबुराहरूलाइ घानमा हालेर “पोल्टिस” गर्न लागेको जस्तो छ । विचरा लोकमान, पार्टीहरू पुरेत, कमिसनका जजमान …।

    Reply
    1. सुमन says:
      June 30, 2013 at 6:58 pm

      ज्ञवालीजी, तलब सुबिधा चै प्राधिकरणबाट खाने अनि परामर्श चै बिदेशी कम्पनीहरुलाई दिएर आय आर्जन गर्ने ‘रे? सरकारलाई आयकर तिरेको पनि होला त्?
      लोकमानको नियुक्तिमा बिरोध जनाउने म पनि एक हुँ तर उंहाले सही दिशामा गएर भ्रष्टलाई कारवाही गरे समर्थन गर्ने हो|
      के अख्तियारले आयकर तिरेको बुझ्दै नबुझी लिस्टमा राखेको होला? हजुरको सोच सुद्धि गुम भयो कि मैले नबुझ्या? यस्तो भ्रम फ़ैलाइउने कोशिश गरेर पानी धमिलो पार्ने संग होशियार हुनपर्छ|

      Reply
      1. sandesh says:
        June 30, 2013 at 7:50 pm

        साथीको सुद्दी खुस्कियो कि के हो?
        के भनेको : “के अख्तियारले आयकर तिरेको बुझ्दै नबुझी लिस्टमा राखेको होला?” यहाँ आयकरको कुरा कता बाट आयो ?
        अनि अख्तियारले नामी/बेनामी उजुरीको आधारमा, कुनै अन्तरिक अनुसन्धान बिना नै यो लिस्ट बनाएर अन्नपुर्ण पोस्ट मार्फत सार्बजनिक गराएको कुरा त आफैले भनि सक्यो | होला यो लिस्टमा कतिपय छानबिन गरेर मुद्दा दायर गर्नु पर्ने मान्छे पनि होलान, तर पहिले नै यसरि नाम सार्बजनिक गर्न पर्ने जरुरत नै थिएन |

        जागीर खादा खादै बिहान बेलुका वा बिदाको दिनमा कुनै कन्सल्टेन्सीको लागि काम गर्नु पनि कानुनी नहोला, (यो चै सरकारी क्याम्पसमा स्थाई जागिर खाएर बिहान बेलुका निजि कलेज पढाए जस्तै हो , भलै कर्मचारी र सिक्श्यक को संधर्बमा फरक कानुनी व्यवस्था होला ), तर एस्तो केसको छानबिन अरु सबै भास्त्रचारीको मुद्दा सकिएपछि अन्तिममा गरे पनि केहि हुन्न |

        Reply
        1. सुमन says:
          June 30, 2013 at 9:32 pm

          खेस्रामा कलम खस्काउने र फायल अघि सारने खरदारको जस्तो जागिर हो र घुस खान र गोलमाल काम गरेर पैसा कमाउन भन्दा बरु बिहान बेलुकी प्राईभेट ठाउँमा श्रम दिएर पार्टटायम काम गरी आय बढाउने?
          तपाइले नाउँ उल्लेख गरेका बिज्ञहरु आफ्नो पदको फायदा उठाएर देश बाहिरका संस्थामा जुन बेला पायो त्यही बेला परामर्श दिएर कन्सलटनसीको नाउँमा काम गर्न पाईने भए परराष्ट्र मन्त्रालय र अरु संबेदनशील वा लाभका ठाउँमा बसेका हरुले पनि आफ्ना पदको फायदा उठाएर वा नउठाएर ज्ञान अरु ठाउँमा दिएर पैसा कमाउने थिए होला| तलबै नलिए पनि भत्ता र सुबिधा लिएर पद ओगट्ने हरुले बिदेशमा वा बिदेशी संस्थालाई परामर्श दिनु भनेको के हो? conflict of interest भन्ने पनि हुनपर्ने हैन र भन्या? आफ्नै देशमा स्कुल कलेजमा पढाउँन राम्रो हो अनि यस्ता कार्यको सराहना गर्छु तर माथि बिदेशी कम्पनीलाई भनिएको छ|
          संदेशजी, आयकर कुन चरीको नाउँ हो भनेर सरकारी जागिर खाएका वा सरकारी भत्ता सुबिधा लिनेले अरुले भन्दा धेरै बुझेका होलान| तपाइले कुरा कसरि आयो भनेर सोध्नु नै गलत हो| यदि ती बिज्ञहरुले अरु पनि कानुनले दिएको श्रोत बाट आय आर्जन गरेका छन् भने आयकर बुझाउन वा खुलाउन पर्ने हुन्छ| मैले दिउँसो अफिसमा काम गरेर बेलुको होटल आदि ठाउँमा मेहनत गर्नेको कुरा उठाएको होइन| माथि कुसुम ज्ञवाली सरको पोस्ट एकचोटी फेरी दोहोराएर पढ्ने कष्ट गर्नुहोला|

          Reply
          1. sandesh says:
            July 1, 2013 at 12:22 am

            conflict of interest हुने गरि नै बिहान बेलुका बाहिर consultancy को रिपोर्ट लेख्ने काम गर्ने अनि दिउसो अफिस गएर तेही रिपोर्ट सदर गर्ने काम कसैले गरेको रैछ भने ‘राष्ट्र बैक मा लकर रोक्का गर्ने लिस्ट ‘, ‘अकुत सम्पति ‘ आदि आदि गर्ने पर्दैन नि | अख्तियारले सिधै कुन संस्था बाट काम गरेको/गराएको हो बुजेर कारबाही चलाउन सकी हालचा नि |

            तर भुटानको , अथवा afghanisthan को कुनै परियोजनाको लागि रिपोर्ट बनौन सहयोग गरेको भए , नि से नि (अनि संस्थान तिरका तेस्तै नियम ) अनुसार तेस्तो काम गर्न निषेध गरेको भए पनि एकदम मुद्दा चलाउनु पर्ने ‘top १०० ‘ मा चै राख्नु पर्ने देखिन्न |

            अर्को कुरा केहि वर्ष पहिला मान्छे हरु सुडान काण्ड -सुडान काण्ड भन्थे , तर यहाँ सुडान काण्डको हजुर बाउ लडाकु सिबिर काण्ड प्रति कसैको ध्यान जादैन कि क्या हो |

            Reply
            1. सुमन says:
              July 1, 2013 at 5:55 am

              जसलाई मन परेको छैन वा दरिलो पुर्ब छानबिन र अनुसन्धानको अभावमा निर्दोषलाई समेत मुछेर बिना प्रमाण बैंकको लकर बन्द गराईने र मेडियामा नाउँ आईनु यस्तो प्रक्रिया नियम कानुन बमोजिम चलेर आफ्नो मेहनतमा जीउनेहरुको लागि अवश्य ठिक होईन| के हो अकुत भनेको?
              तर यस्ता उल्झनमा पारिएका सचेत नागरिक महानुभवहरुले “मानहानीको” मुद्दा हालेर एउटा राम्रो प्रथा आरम्भ गर्न सक्छन| हो अदालतमा पनि बर्षौ लाग्न सक्छ र सकेसम्म हैरानी गराउन सक्छ| यद्यपि उनीहरुले उठाएका कदमले अख्तियारलाई पथ प्रदर्शन र निर्देशन प्रदान हुन्छा| भोलि जबर्जस्ति मन न मान लोकमान भएका अख्तियारको बे अख्तियारको सर्बोच्च हाकिमलाई समेत कुनैदिन कठघरामा उभ्याउन सकिएला|
              फेरी पनि उल्लेख गर्दैछु, आफ्नो आय उल्लेख गरेर आयकर बुझाएको भए वा आय फायल गरेको भए डराउँन पर्ने कुनै कारण देख्दिन चाहे भुटानको रिपोर्ट बनाएर होस् वा सुडानको | निर्दोषले डराउँन पर्ने कारण देख्दिन| तर जसले जनतालाई नियम पालना गराउन पर्ने हो ती नागरिक र कर्मचारी हरु नै चुके भने अख्तियारको हावाले उदाउने भयो |

              Reply
          2. कुसुम ज्ञवाली says:
            July 1, 2013 at 2:18 am

            सुमन जी, मैले बुझाउन सकिन जस्तो छ, मैले भन्न खोजेको के हो भने, उहाँहरूको ज्ञान, दक्षता र क्षमता त्यो स्तरको उच्चतम र नेपालले गैारव गर्न लायक छ भन्न खोजेको हो । जस्तो, तपाइले भन्नुभएको कन्फ्लिक्ट अफ इन्टरेस्ट हुन्छ भनेर नै प्राधिकरणबाट वोर्डको निर्णय गराएर अनुमति लिएर मात्र परामर्श सेवा दिन पाउने प्रावधान छ, त्यसै अनुसार म र विमल जी लगाएतका इन्जिनिएरले परामर्श सेवा दिने गरिन्थ्यो।प्रमुख कार्यकारी निर्देशकको अनुमति नलिइकन ब्लगमा कमेन्ट लेख्न समेत पाइदैन, हाम्रो कर्मचारी एेन अनुसार त्यो नियम पालना नगर्ने त साँचो अर्थमा असल कर्मचारी नै भएन नी। फेरि वोर्डले नै इन्टरेस्ट अफ कन्फ्लिक्ट हेरेन भने र जथाभावी अनुमति दियो भने सजायको भागीदार कर्मचारी होइन वोर्ड हुन्छ । कर्मचारीहरू त्यो निर्देशिका बाहिर रहेर काम गर्ने कुरै अाउँदैन ।

            Reply
        2. madan bajracharya says:
          June 30, 2013 at 11:27 pm

          जव सम्म प्रमाण बिना गलत आरोप लगाउने प्रहरी र अख्तियार जस्तोलाई उनीहरुले कसै माथि कति सजाय र दण्ड माग गरेको थियो तेही सजाय र दण्ड उनीहरुलाई नै दिने कानुन बन्दैन नेपालमा प्रहरी र अख्तियार जस्तो संस्थाले देसमा निरंकुशतन्त्र नै रहेको प्रमाणित गर्दै रहनेछ/

          अहिले सबै प्रमुख दलहरु आगामी चुनावको निमित चन्दा संकलन गर्न लागि परेको कुरा कुनै दलको मजदुर युनियनले चुनावको निमित चन्दा संकलन गर्ने अभियान थालेको घोसनानै गरे बात स्पस्ट हुन्छ/ मिल तथा उद्द्योगको मालिक र ठुला पदमा रहेका धनि व्यक्तिहरु उनीहरुको चन्दा उठाउने श्रोतहरु हुन्/ कतै इने मजदुर युनियनलाई चन्दा दिन नमान्ने, अनकनाउने बा भने जत्ति चन्दा नदिनेलाई तर्साउन नै ई कार्यवाही हरु भयको त् होइन?

          Reply
    2. rabin sharma says:
      July 1, 2013 at 8:02 pm

      कुसुम जी तिन जना को नाम लिनु भो के अरु चाही खराब छन् ?? यो त राजनैतिक आस्थाको आधारमा भनिएको हो हैन र ?? नत्र अरु नाम किन उल्लेख गर्नु हुन्न ??? कि भन्न सक्नु पर्यो उहाहरुले अकुत आर्जन गरेकै हो भनेर! कि कसो ??

      Reply
      1. कुसुम ज्ञवाली says:
        July 1, 2013 at 9:34 pm

        रविन जी, जोसंग काम गरियो त्यसको बारेमा जानकारी हुन्छ । सबै दशै हजारको बारेमा मलाइ जानकारी हुदैन नी । उहाँहरूको अाम्दानी र अाफुले राम्ररी जानेको बाहेकलाइ मैले कसरी भन्न सक्छु । मैले नाम नलिएका सबै खराव भनेर त मैले कतै लेखेको छैन । जानकारी नभएको र अाफुले ढुक्क संग भन्न नसक्ने कुरामा म कसरी ग्यारेन्टी लिउँ ? यो राजनीति र अराजनीतिको कुरै होइन । मैले लिएका नाम सबै कुनै एउटै पार्टीका मान्छे हुन भन्ने पनि मलाइ जानकारी छैन । विध्यार्थी हुँदा १५ बर्ष अगाडि कुनै विद्यार्थी संगठनमा काम गरेको भनेर १५ बर्ष पछि पनि क्लेम गर्न मिल्छ की मिल्दैन । मान्छेको विचार छिनछिनमै परिवर्तन हुन्छ, पार्टी परिवर्तनका समाचार हामीले दिनदिनै पढिराखेकै छैा ।

        Reply
        1. rabin sharma says:
          July 2, 2013 at 8:01 am

          तर यी तिन जनै एमाले नजिक का तपाई जस्तै भन्दा रैछन नि ?? एमाले सरकारमा हुदा तपाई जस्तै राम्रो राम्रो ठाउँ पाउनेहरु रे . के मैले गलत नै सुनेको हु त? 🙂

          Reply
  16. Dinesh Oli says:
    June 30, 2013 at 10:20 am

    बिद्धुत प्राधिकरण को बिमल गुरुङ भन्ने लाई चिन्छु! मान्छे धनि छ दुइतै पैसा र मन को ! मान्छे असल छ तर भ्रस्टाचार गरेर कमाएको पैसा हो कि अरु नै हो थाहा भएन !

    Reply
    1. Tenzing Gaba says:
      June 30, 2013 at 11:02 am

      बिमल गुरुङ भन्ने मान्छे एकताका पुल्चोक क्याम्पसको स्व.बि.यू. सभापति हुन् ?
      यदि त्येही व्यक्ति हुन् भने त् तिनी बडो भलाद्मी अनि असल थिए है !
      ……………………………………………………………………………….
      अनि सशस्त्र प्रहरी प्रमुख “कोषराज वन्त” पनि अरु प्रहरी अधिकृतहरु जस्तो घिन लाग्दो छबि भएको होइनन / उनि पेशाले आर्किटेक्ट इन्जिनियर हुन् / पुल्चोक क्याम्पसबाट छात्रवृत्ति पाएर सोभियत संघबाट मास्टर्स गरेर फेरी थाइल्याण्डको AIT बाट पनि Urban Planning मा मास्टर्स गरेका हुन्/ अतिरिक्त आम्दानीको लागि उनि अलिक तल्लो दर्जाको प्रहरी अधिकृत हुदा सम्म पनि (SP हुदा सम्म) उनि बिहान बेलुकी as an architect काम गर्दथे वा मेहनत गर्न रुचाउथे /

      Reply
      1. Tenzing Gaba says:
        June 30, 2013 at 11:04 am

        उनको श्रीमती पनि Architect नै हुन् /

        Reply
      2. Tenzing Gaba says:
        June 30, 2013 at 12:32 pm

        कुरो १५-२० बर्ष अगाडिको हो :
        काठमाडौँको शिवपुरीमा “खप्तड बाबा आश्रम” बनाउने कुरो चल्यो /
        देशका ठुल-ठुला भद्र-भलाद्मी, विद्वान, समाजसेवीहरु जम्मा भएर त्येसको कार्ययोजना बनाउन सुरु गरे / धेरै बैठक बसे, प्रत्येक बैठकमा नेपालको एकदमै नाम चलेको विद्वान-समाजसेवी डा……………… पनि त्यो बैठक मा उपस्थित हुने गर्दथियिन / ति डाक्टरनीको सधै एउटा जिकिर हुने गर्दथ्यो “……. यो आश्रम को सम्पूर्ण प्राबिधिक (डिजाइन,सुपरिवेक्षण) को जिम्मा चाही मेरो छोरो ले लिन्छ है….” (उनको छोरो कन्सल्टेन्सी चलाउदै गरेको इन्जिनियर हुन्) /
        प्रशंगबस एउटा बैठकमा सम्पूर्ण प्राबिधिक जिम्मेवारी लिने सो काम निशुल्क गर्नु पर्ने निधो भयो / त्येपछी त्यी डाक्टरनी ज्यु ले त्येस्तो जिकिर गर्नु त् परे जाओस आफ्नो छोरो इन्जिनियर भएको कुरो समेत बिर्सियिन /
        ………………………………. तत् पश्चात त्यी निशुल्क प्राबिधिक जिम्मेवारीको कामको जिम्मा कोषराज वन्तले लिएको हुन् ……जदौ !!!

        Reply
      3. ramesh says:
        June 30, 2013 at 4:47 pm

        तेञ्जिङ्ग जी
        तपाइँ ले भनेका व्यक्ति अशल छन भने त सफाइ पाई हाल्दछन नि! छानविन गर्दा नै के को आपत्ति? बरु सफाइ पाए भने अग्नि परिक्षा पास गरेको सिता जस्तै हुन्छिन र इमान्दार हरु लाइ यो भन्दा ठुलो अबसर के होला अरु?

        Reply
        1. Tenzing Gaba says:
          June 30, 2013 at 5:55 pm

          आपत्ति ???
          मेरी बास्सै, के खाएर आपत्ति हुनु नि ? भ्रस्ट लाई त् चिरेर नुन चुक नै लगाउनु पर्छ भन्छु म त्
          मानब अधिकार लाइ २-४ बर्ष घाममा सुकाई दिए हुन्छ कक्रक्क हुने गरि , …..चेतना भया!!!!

          Reply
          1. Bibek Dhakal says:
            July 1, 2013 at 9:58 am

            मानव अधिकारलाइ त उहिले सुकुटी बनाएर बेला बेला “झोल” हालेर खाइरहेका छन् नि खानेहरुले( क कसले त भन्न नपर्ला!)
            याँहा वास्तविक मानव हरुको अधिकार सधै हनन भैरहेको हुन्छ भने “मानव अधिकार वादी” भनाउदा हरु पनि “दानव”हरु को अधिकार सुनिस्चित गर्न मात्र तल्लिन छन् जस्तो लाग्छ!

            Reply
      4. prajit man says:
        July 4, 2013 at 2:53 am

        कस्तो कुरो नबुझेको, भलाद्मी नभई भ्रस्ट हुन गाह्रो हुन्छ / यो दुइटा भ हरुको मिलन हो / तेसैले भलाद्मी भ्रस्ट /

        Reply
    2. कुसुम ज्ञवाली says:
      June 30, 2013 at 11:37 am

      हो दिनेश जी, म तपाइसंग सहमत छु, म स्वयम विध्यूत प्राधिकरणको कर्मचारी र पुल्चोक क्याम्पसको विमल गुरूङको सहपाठीको रूपमा उनलाइ चिन्छु झण्डै दुइ दशक अघिदेखि चिन्छु । विमल जी असल मान्छे हुन । उनी विब्दान हुन, उहाँसंगको टीममा बसेर हामीले ३२ देशको केसस्टडी गरी कसरी विध्यूत प्राधिकरणलाइ सुधार गर्न पर्छ भनेर अध्ययन गरी प्रतिवेदन लेखेका थियैा । यस्तो विशाल र गहन प्रोजेक्ट बर्षैा लगाएर पुरा गरीएको थियो त्यसमा विमल जी लगाएतले निशुल्क काम गरेका थियैा । पैसाको लागी लोभमा परेर इमान बेच्ने मान्छेको रूपमा मैले विमल जीलाइ कल्पना गर्न सक्दिन । त्यस्तै इमानदार र प्रविधिक क्षमताले भरिपूर्ण इन्जिनिएरमा होमबहादुर केसी र सेरशिह भाट पनि हुन । यस्ता प्राधिकरणका गहनालाइ किन अख्तियारले अारोप लगाए होला अचम्म लाग्यो ।

      Reply
      1. गगने says:
        June 30, 2013 at 4:14 pm

        अख्तियारले आरोप लगायको होइन सबैको लकर शिलाबंदिगरी छानबिन गर्ने कार्यको थालनी मात्र गरेको हो! उहा चोखो हुनुहुन्छ भने उहाले पक्कै उन्मुक्ति पाउनुहुन्छ!
        यसरि कुनैपनि काम गर्न्दा केहि घंचामंचा धक्का त लागि हाल्छनि!
        अर्कोले फेरी अर्कोलाई सुद्दा ज्ञानी जाति चोखो देख्लान ठान्लान र उसलाई नाम नहालेको राम्रो वा छानबिनमा पर्न नहुने ठान्ला!
        आशागरौ तपाहिहरुले जाति र चोखो देखेको मान्छे तपाइँ हरुले सोचेको जस्तै होस्!

        Reply
      2. shyam rimal says:
        July 1, 2013 at 8:35 am

        भने पछि तपाइँ यहा दुधको साक्षी बिरालो बन्न आउनु भएको हो. विद्युत प्राधिकरण मा कति भ्रष्ट र असक्षम इन्जिनियर हरु छन् भन्ने कुरो नेपाली जनता ले दिनदिनै भोगेका छन्, शेर सिंह भाट कति टाठो मान्छे छन् भन्ने कुरो पनि उनीसंग गफ गर्ने बित्तिकै छर्लंग हुन्छा. देश मा बिजुली को टेन्सन छ, उनीहरु विदेशी संस्था संग मिलेर अफगानिस्तानको र भुटान को लागि कन्सल्त्यंसी गर्ने? तेसो भए राजिनामा दिएर कन्सल्टेन्सी गरे भैगयो.

        लोकमान यिनीहरुलाई केहि गर्दैन. अब भित्रभित्र आफै कुरो मिलाउने सिलसिला शुरु भयो. हामी नेपाली अधेरोमा बसेर हाम्रा विद्युत प्राधिकरण का हाकिम हरुलाई संसार कै सबभन्दा ट्यालेन्ट भन्ने गफ पत्याउदै बसौला.

        Reply
      3. rabin sharma says:
        July 1, 2013 at 8:05 pm

        कुसुम जी !! होम बहादुर के सी इन्जिनिएर हुन् र?

        Reply
  17. Bibek Dhakal says:
    June 30, 2013 at 10:06 am

    भ्रस्टाचार भाको प्रमाणित गरेर कारवाही भएपछी कमेन्ट गरमला! अब यस्तो लिस्ट देखेर दङ्ग परिन्न!!

    Reply
  18. डिल्ली says:
    June 30, 2013 at 9:11 am

    नाम आउँदैमा आकाशै खस्ने र केही भै हाल्ने होइन । अख्तियारले शुरु गरेको खान्तलासी उसैले केही भेटिएन भनेर क्लिन चीट पनि दिने ठाउँ छदैछ । त्यो पछि अदालतले क्लिन चीट बाँड्ने ठाउँ छदैछ । पदमा बसेका अधिकांसले आज के खायो भोली के खाने नै हैसियत बोकेर आएकाहरू हुन् । धेरै जसोका आर्जन अकुत नै छन् चाहे अदालतका “न्याय” कि “अन्यायाधिस” नै किन नहुन् । बाँण आफू तिर आइलाग्ने बुझेर नै त होला नेता ज्युहरूले अदालतमा पनि आ-आफ्ना पार्टिका “लौरा न्यायधिस” नियुक्त गरिदिएर तीर छेक्ने ढाल प्रयोग गरेकै छन् । यस्तो अवस्थामा लोकमान नेताका कुरिकुरी छोप्ने कट्टु हुने कि नेता मार हान्ने तरवार त्यो उनैमा भर पर्ने कुरा हो । यी १००-२०० जाबा त अलिअलि खाएका राज्यका प्रणाली भित्रकै घुन न हुन् । यी भन्दा पनि झुसिलकिरा नेताको पो नाम चाहियो त । नेताको नाम सोध्नुस् न त्यो भनौँला । यी जाबा घुनको के कुरा गर्नु ! यिनीहरूको त तीन पुस्ते खोतल्न थाल्दै आन्द्रा भूँडि हुँडलेर छाद्न थालिहाल्छन् नि । नेतारुपी मकै पिस्न सके यी घुन पिस्न त के गाह्रो छ र ? यिनीहरूलाई पनि कोही न कोही नेताले नै हसुर्ने ठाउँमा उठ्ति उठाएर पुर्याएका त हुन् ।

    Reply
  19. sumanu says:
    June 30, 2013 at 8:55 am

    भ्रस्टाचार उसले आफ्नो लागि गर्दैन
    उसको छोरा छोरि र बुडी को लागि गर्छ
    जब सम्म भ्रस्टचारी संग संगै उसको छोरा छोरि र बुडी को नाली बेली आयुदैन , यस्तो भई रहन्छ ?

    Reply
  20. radheshyam Thapa says:
    June 30, 2013 at 8:54 am

    लोक मान सिंह ले पहिला आफनो सींह हेर्नुपर्यो/ त्यसपछि अरुको सींह हेर्दा राम्रो होला /नत्रभने माओबादीको आडमा आफ्नै लोकको मान्छेहरुको नाम छुतायारा नेपालीहरुको आखामा छारो हलिरखेको छ /
    सोझा जनताहरुलाई बलिको बोका बनौन खोजिरहेको हो /आखिर हुनेवाला केहि छैन/
    जय देस

    Reply
  21. ram sharma says:
    June 30, 2013 at 6:41 am

    भ्रस्टाचार गरेकोमा कारबाही त अबस्य पनि सबैलाई हुनुपर्छ तर कुनै ठेकेदार वा कसैले मन नपरेकै वा आफुले भने अनुकुल नगरेकै भरमा कुनै कर्मचारी माथि आरोप लगाकै भरमा दोषी प्रमाणित नगरिकनै मिडियामा नाम आउनु , चरित्र हत्या हुनु, राम्रो कार्य हैन . अर्को कुरा येसरी नाम आउंदा ति आरोपितबाट सम्पति लुकाउने काम हुने सम्भावना नि प्रसस्त रहन्छ तसर्थ हामी सोझा नेपालीले जे मा नि दंग पर्नु भन्दा येसबाट परिणाम के औन्दछ र यी बेक्तीमा मात्र सिमित हुने हो वा नेतागणमा नि अनुसन्धान हुन्छ हेर्नु अनि मात्र टिप्पणी गर्नु बुद्धिमानी हुन्छ जस्तो लाग्दछ .

    Reply
  22. rohan vicram singh says:
    June 30, 2013 at 6:15 am

    सर्पको खुट्टा सर्पले नै देख्छरे भने झैँ एउटा भ्रस्ट (लोकमान ) ले अरु भ्रस्ट कर्मचारीहरुलाई नचिन्ने कुरै भएन नि!
    अमेरिकामा जुस नखाने र नेपालमा घुष नखाने कोहि हुदैनन् भनेको साच्चै हो रहेछ!
    नियम कानुन मिचेर आफु पनि आकुत सम्पति कमाउने र देशको कर्मचारी तन्त्रलाई पनि भ्रस्ट बनाउने डाका नेताहरुलाई पनि अख्तियारको अनुसन्धानमा राख्नु पर्छ कि पर्दैन प्रचण्डमान जी ओहो सरि लोकमानजी ??????????????

    जे होस् एक पटक नेता, कर्मचारी, ब्यापारी, डन र ठुला दलालहरुको सम्पति छानबिन गरि अबैध सम्पति राष्ट्रिय कारण गर्न सकियो भने नेपालमा ठुलै बिकाश गर्न अरुको सहयोग चाहिदैन है!

    Reply
  23. Pratik says:
    June 30, 2013 at 4:41 am

    The first person you need to investigate is Prachanda.If you do not investigate Prachanda, then it is obvious you are also a part of corrupt circle.

    Reply
  24. Gaurab Nepali "Oodaaseen" says:
    June 30, 2013 at 4:11 am

    १० करोड को भ्रस्टचरी भ्रस्टचारी हो भने एक लाखको भ्रस्टचारी पनि भ्रस्टचारी हो ! ईसबैको मुटुमा अहिले ढ्यांग्रो ठोकियाको छ ! कति त बेहोस हुनेवाला छन् ! किनकि, कुनै न कुनै एकलाखको भयपनी स्रोत खुल्ने छैन र यी निलम्बित हुने छन् र बिसेस अदालत धाउने छन् ! कोषराज जस्ता भईफुत्ते को अब दाल गलिसकेको छ र अरु त भय तपसिलका कुरा ! यो दश बिस बर्सलाई हेर्ने हो भने अधिकतम बाहुनहरू भ्रस्टचारी छन् अहिले ८०% बाहुनहरू नेतागिरी र प्रशासन गिरि छन् !

    Reply
  25. meghmani says:
    June 30, 2013 at 3:03 am

    २०४६ सालको निर्बाचनमा सी ए सी चप्पल र करिब १ महिना नधोएको सर्ट लगायर भोट माग्न आएका धरै मानिसहरु लगातार सरकारमा बसेर अहिले भुडिले नाक छुन लागिसकेका धरै नेता छन् तेस्तालाइ कारबाही गर्न के को प्रमाण चाहिन्छ , बैंक लुटेर पार्टीमा पैसा जम्मा गर्ने अनि पार्टीको पूर्ण कालिन सदस्य भनेर तेही पैसा तलब भत्ता भनेर बाडी लिएर महल बनाउने, सेयर, किन्ने व्यपार गर्ने अनि अथाह सम्पति कमाउनेलाई कारबाही गर्न के को प्रमाण चाहिन्छ सक्छोउ भने नेता देखि कारवाहि गर लोकमान हामी दिन्छौ नाम १.प्रचण्ड देखि …………………………………..सबै छन् नत्र नाङ्ग्लो ठटाएर हात्ती तर्सौन न खोजे हुन्छ

    Reply
  26. दीप says:
    June 30, 2013 at 12:40 am

    यी सब भ्रस्ताचारी लाइ तुरुन्त जागिर बात बर्खास्त गरि नया युबक हरु लाइ लोकसेवा खोलि नया MBA , MSC , engineer हरु लाइ भर्ना तिनीहरु को ठाउ मा गरि युबा हरु लाइ देश बिकाश मा लगाउनु पर्दछ | येस्ता पुराना कम्पुटर पनि चलाउन नयाउने भ्रस्ट लाइ जागिर बात तुरुन्त लोकमान ज्यु ले हटाइ नया युबक /युवती पढेका सचम लाइ तुरुन्त जागिर दिएमा देश भरि लोकमान ज्यो को जय जय कार हुने छ /

    Reply
  27. Hillman Myagdi says:
    June 30, 2013 at 12:18 am

    सबै नाटक हो! कालो धन चोखाउने राम्रो उपाय हो! आफै चोर ठुलो स्वर गरेर हुन्छ? हेरी राखौ पालै पालो सबै लाई सफाई दिएर आज सम्म राष्ट्रको ढुकुटी बाट लुटेको धन पचाउछन चोर हरुले!

    Reply
  28. Samir shrestha says:
    June 30, 2013 at 12:01 am

    मित्रहरु,
    मेरो छोटो दिमाग ले बुझेको के हो भने ,
    यो पैसा असुली को एउटा उत्तम तरिका हो | श्रीमान लोकमान ले जस जसले पैसा दिन आनाकानी गरे त्यसको नाम सार्बजनिक गरिदये ताकी नाम सार्बजनिक भएका हरुले पनि खुरु खुरु पैसा तिर्ने छन् | नत्र सबजनिक भएका भन्दा धेरै ठुला भ्रष्टाचारी किन सार्बजनिक हुदैनन् ? जसलाई Tapai हामी सबैले राम्रै संग चिनेका छौ हैन र ?
    लोकमान तन्त्र को जय होस् !
    सर्बहारा पार्टीका महान नेता, महल क अधिप्क्ती, भित्ते रास्ट्रपति को जय होस् !

    Reply
  29. Suraj Shrestha says:
    June 29, 2013 at 10:48 pm

    एक भ्रस्टको टोलिले अरु भ्रस्ट खोदल्दै
    जे होस् कमसेकम केहि भ्रस्टहरु फेला अवस्य नै पर्छन
    तर मल्लिक आयोग (२०४७) र रायमाझी आयोग (२०६३) झैँ कागजी काममा मात्र सिमित हुनु भएन

    सुरज श्रेष्ठ

    Reply
  30. Dev says:
    June 29, 2013 at 10:15 pm

    देश भित्र रहेका चोर फटाहा र भास्त्रचारी हरुको सम्पति सुद्दिकरण गरेको खण्ड मा हामीलाई at least दश बर्षको लागि बैदेशिक शहयोग चाइदैन, र देश को अलिकति पनि चिन्ता छ भने कार्कीले आफ्नो बाकि कार्यकाल भ्रस्ट हरुलाई कारबाही गरि देशमा यक किसिमको system बनायर छोड्नु कस्तो होला plz यक minute सोच्नु होला.

    Reply
  31. Shyam Shrestha says:
    June 29, 2013 at 10:05 pm

    बिमानस्थल का सम्पूर्ण कर्मचारीहरुको सम्पति पनि छानबिन गर्नु जरुरी छ…कुनै मन्त्रि भन्दा कम छैनन् यिनीहरु पनि.. भ्रस्त्रचारीहरु

    Reply
  32. BIBEK SHARMA says:
    June 29, 2013 at 9:56 pm

    हामी बेरोजगारी लाई ज्यान पाल्न गारो छ कि नाई भनि खोजीनिती गर्ने काम कुन निकायले गर्ला खै ?

    Reply
  33. hom nath says:
    June 29, 2013 at 9:06 pm

    लोक माँन सर सब भन्दा धेरै पुलिस का retire officer को सम्पति जाच गर्नुस तपाई को आयुक्त पनि पुलिस कै हाकिम हो उहालाई सोध्नुहोस होइन भने हामी जनता लाई सोध्नुहोस पुलिस का हाकिम संग कति सम्पति छ . This is my personal request to you

    Reply
  34. राम चन्द्र says:
    June 29, 2013 at 9:03 pm

    सञ्जय सिंह बस्नेत २०५६ को चुनाव मा दाङ मा थियो र खुम बहादुर खड्का को पैसा खाइ बूथ क्याप्चर गरी खुमे लाई जिताइ आफु भन्दा धेरै जनालाई टपेर डि एस पि भएको मान्छे हो अनी खुमे गृहमन्त्री हुँदा ओसैकोI ईशारामा रक्तचन्दन अनी सुन तस्करी गरी अकुत सम्पत्तिकमाएको मान्छे हो तेस्को बाउ त जैल मा छ अब एस्लाई पनि जाक्नु पर्छ ।

    Reply
  35. yukta says:
    June 29, 2013 at 9:01 pm

    लकर मात्र सिज गर्ने अख्तियार को आदेश रहेछ बैंक खाता अनि अचल सम्पति को रोक्का खोइ ? अब रात रात भ्रस्टचार गरि बैंक मा जम्मा गरेको पैसा सबै झिक्ने नै भयो अनि भ्रस्टाचार गरि जोडेको घर घरेडि आफ्ना नाता गोता को नाम मा नामसारी गर्ने नै भयो ! अख्तियार ले चाहे नेपाल भरि को मालपोत कार्यलय लाई निर्देसन दिएर नाम निस्केको कर्मचारी जति को लाखौ करौड़ो पर्ने घर घरेडी पनि रोक्का गरि दिनु पर्ने थियो कि !

    Reply
  36. James Rajendra says:
    June 29, 2013 at 9:00 pm

    भ्रस्टाचार को विरुद्ध मा कारबाहीको सुची निकाल्ने मात्र होइन तेसलाई कडाई का साथ कारवाहीको कम अगाडी बढाउनु पर्छ

    Reply
  37. Santosh sankalpa says:
    June 29, 2013 at 9:00 pm

    नेपाल मेडिकल काउन्सिल को अहिले को प्रमुख डा. दामोदर गजुरेल छुटेको छ/ नेपालको मेडिकल काउन्सिलको इतिहासमा सबैभन्दा ठुलो भ्रस्टचारी यो डा दामोदर गजुरेल नै हो/ यो मान्छेलाई किन छुट देको हो कुरै बुझ्न सकिएन / अरु त थाहा भएन तर यो डा निलमनी उपाध्याय पनि ठुलै भ्रस्टचारी चाही हो /

    Reply
  38. subodh nepal says:
    June 29, 2013 at 8:55 pm

    नमच्चिने पि‌गको सय झट्का भने जस्तै हो । यो त तिनीहरुलाइ र अरुलाइ निम्ता हो । चाँडै लगानी असूल गर्ने उपायको निम्ता बाँडेको मात्र हो । भुरे टाकुरे सानातिना धेरै बुझाउन नसक्ने ५ प्रतिशतलाइ मात्र मुद्दा लगाइन्छ । अकूत कमाउने गच्छेदारका मान्छे डिआइजी देखि धेरै त अख्तियारमा नै छन् ।
    सक्ने भए छापामारको भत्ता खानेलाइ छानबिन गरन हो ।
    कमाउने बेला हो यो ।
    अजब नेपाल ।

    Reply
  39. amit says:
    June 29, 2013 at 8:42 pm

    निभ्न लागको diyo को चहकिलो batti

    Reply
  40. raj says:
    June 29, 2013 at 8:12 pm

    यो कार्कीजीको जनमानसमा आफू प्रति भएको नकारात्मक धारणालाई बदल्ने पी आर- पब्लिक रिलेशन क्याम्पेन मात्र हो। भ्रश्टाचारको अनुसन्धान यसरि हुँदैन। यसले त यी सबैलाई केही दिनको टाउको दुखाइ बाहेक कुनै पनि कानूनी कारबाही गर्न सँभव देखिँदैन।

    जे पी गुप्ता र चिरन्जिबि वाग्ले लगायतका केही भ्रश्टाचारिमाथि कारवाहीको आधार भनेको श्रोत देखाउन नसकेको सम्पत्ति हो। त्यहि कारण बाठो भएर आजकाल सबै हुने खानेले अतिरिक्त अकूत सम्पति नेपाल बाहिर लाने गरेका छन्। भारत लगायत हुण्डि मार्फत सम्पत्ति बाहिर गइराखेको छ। सबैले देख्ने भनेको त्यहि घर र गाडि मात्र हो। लकर मा हुने भनेको श्रीमतिको बिहेको गहना र दुइ चार लाख मात्र हो। बिगत मुद्दाले पनि देखाइसकेको छ अदालत कति लचिलो हुन्छ आय र सम्पतिको लेखाजोखा गर्न। यि कुनै पनि गतिलो कारबाहिमा पर्ने छाँट देख्दिन। पब्लिसिटि स्टन्ट भनेको यहि हो। अब हेर्नुस जनता कसरि उत्रिन्छन् लोकमानको जयजय कार गर्न।

    सय जना माथि छानबिन गर्ने अख्तियारसँग रिसोर्स नै छैन। यदि अख्तियारले (लोकमानले मुख्य त !) साँच्चि कै गर्ने नियत राखेको भए एक दुई जना भ्रश्टाचारिलाई गोप्य रुपमा पहिले निगरानि गरेर सारा सम्पतिको लागत तयार गर्ने थिए। एक दुइ जना मात्र पनि विस पच्चिस बर्षलाई जेल जाने हो भने मात्र भ्रशटाचारिहरु के ही तर्सिएलान्। यो दुइ बर्षे जेल चोखाइ ले हुने वाला केहि छेन। सरि टु स्प्वाइल द पार्टि, बट दिस इज नट ह्वाट इट लुक्स लाइक।

    Reply
  41. dharmendra says:
    June 29, 2013 at 8:00 pm

    कस्तरी घिच्छन होला ? थुक्क पशुहरु ,,,,,मेरो एउटा प्रश्न छ !! सबै भ्रस्टचारी नेता र कर्मचारी हरुलाई कारबाही गर्नेहो भने कति जना स्वच्छ छविका बाकी रहन्छ होला ? हातका
    औला हरु पनि बढी हुन्छ होला , होइन ?

    Reply
  42. Resham Thapa says:
    June 29, 2013 at 6:52 pm

    हुन त यो नमूना मात्र होला । अलि पुगेन, मलाइ लाग्छ कमसेकम २५ % को छानबिन आबस्यक छ ।

    Reply
  43. Toran Chhetri says:
    June 29, 2013 at 6:48 pm

    लोकमान राम्रो गर दुनियाले पुज्ने छन् . मौका यहि हो .

    Reply
  44. गगने says:
    June 29, 2013 at 6:35 pm

    गिजोल्यायाको साडेहो लोकमान, यसले हान्नु पर्छ अब र हान्छ जस्तो लाग्छ है मलाइ त!
    आफ्नो सुद्दिकरणको लागि पनि केहि गर्ने पर्ने छ! लोक लाइ लोककै लागि गरेको हो भनेर देखाउन र बुझाउन पनि लोकमान ले गर्ने पर्नेछ!
    राजनैतिक पार्टि र नेताहरु भन्दा अगाडि जनता संग प्रत्यक्ष सरोकार राख्ने स्थाई सारकार भनिटोपल्ने ब्युरोक्रेसी कर्मचारी तन्त्रमा महा भुकम्प आउनेगरी तिर हान्नु पर्ने थियो ताकेको त छ अब यत्तिमै नाथच्चारियोस भन्ने हाम्रो कुरा हो!
    लकर रोक्का गरेर मात्र लोकको नजरमा जोकर नबन है लोकमान!
    केहि नभेट्टाय प्रमाण स्रमाण नपुगे निर्णयलिन गाह्रो भय यी लकर रोक्का गरेका नाम हरुलाई घैटामा राखेर गोला थुतेरै भयपनी दुइ चारलाई ठेड्कामा जाके हाम्रो आपत्ति हुने छैन!
    किनकि कानुनलाई त प्रमाण चाहियाला कानुनत निर्णय प्रमाणले गर्ला तर प्रमाणमा सत्यता र विश्वासै गर्नुपर्छ भनेर जनतालाई कसैको कर लाग्दैन!
    नामको लाज राख्न भनेपनि तल्लिन भै गरि देखाउ लोकमान!

    Reply
  45. xyz says:
    June 29, 2013 at 6:04 pm

    This is all natak. He is simply copying the moves of former Chief Commissioner, Mr. Surya Nath Upadhayaya. This has been done to distract people’s attention form important issues like election related corruption, cantonment corruption and other massive frauds inside the government.

    Reply
  46. Biraj Subedi, Fougeres, France. says:
    June 29, 2013 at 5:42 pm

    छानबिन मात्रै गर्ने हो कि??? कारबाही गरेर देखाउन सके हुन्थ्यो. अनि बल्ल लोकमान सिंहलाई म पनि जय लोकमान सिंह भन्थे ……जे होस् बधाई छ लोकमान सिंह हिम्मत गरेकोमा

    Reply
  47. SURENDRA hongkong says:
    June 29, 2013 at 5:37 pm

    न मचिने पिङ्ग को सय झड्का, न राम्रो निगार को धेर जाड,न राम्रो मान्छे को धेर सिगार न होस् अक्तियार को कम सर्हानिय छ/सबै देश लुटाहा हरु लाई कारबाही गरेर देखाउनु पर्यो जनता तिम्रो साथ छन्/

    Reply
  48. shagar limbu says:
    June 29, 2013 at 5:11 pm

    मलाई लाग्छ नेपाल तेलिकमका अझै अरु पनि कर्मचारीलाई पनि छान बिनको घेरामा ल्याउनु आबस्यक छ जेटिइ र हुवाएले यहाँका कर्मचारी सबैलाई किनेको छ भन्ने मलाई लग्छ ।

    Reply
  49. raj says:
    June 29, 2013 at 5:07 pm

    अख्तियार प्रसङ्ग संगै नेपाल सरकार का कर्मचारी र खाडी मा पसिना बगाउदै धन आर्जन गर्ने हरु को दाजो गर्नु मन लाग्यो, आखिर तलब सुबिधा कै कुरा गर्ने हो भने त नेपाली सरकारी मजदुर हरु ले भन्दा दुइ गुने पैसा कमौक्षन खाडी मा हाम्रा दाजु भै हरुले तर तेही व्यक्ति ले १५-२० वर्ष मा नमार्ने फड्को ५ वर्ष मै नेपाली कर्मचारी तथा उच्च पदस्थ अधिकारी हरुले जमाउक्षन. अब हामी अन्दाज लागु यहा ठाडै भास्त्राचार नभयर के लक्ष्मी ले नगद नारायण आकास बाट बर्सौक्षिन त छाप्रा बाट सिधै बंगला अनि फुल ओप्शन गाडी कुदौना.. इ बज्या हरु लै त कमसे कम २०-२५बर्स को जेल सजाय हुनु पर्क्ष.. धिक्कार क्ष तिमि रास्त्रघाती हरु लै!

    Reply
  50. sam says:
    June 29, 2013 at 5:05 pm

    आफ्नो त घर भरि नै भ्रस्टचारी नै भ्रस्टचारी थिए तर खुसि को कुरा आफुले चिनेका र आफ्ना घरका त सबै देशमारा , जनतामारा डाकाहरु ( मेरा चै काकाहरु ) बचे छन

    Reply
    1. dharmendra says:
      June 29, 2013 at 5:56 pm

      sam जी , तपाई हाम्रै काका हरुले लोक मान लाई अख्तियार प्रमुख बनाई दिएपछि त बच्ने भएनी !!!!!

      Reply
  51. sabu says:
    June 29, 2013 at 4:52 pm

    नाम पढेर धेरै खुसि लाग्यो अझै खुसि जेल पर्दा होला / सकिन्छ भने शहर मा बनेका ठुला ठुला महल लाई आधार बनाई अनुसन्धान गरिनु पर्छ / हो सबै चिनेका जति घुस्य्हा नै हुन् र रहेछन्, अझै धेरै बाकी नै रहे छोडिए/ नगरपालिका , महानगरपालिका , दूरसंचार, नेपाल प्रहरी , भित्रका भ्रस्ट नाम खोइ त ? ताहाका वर्तमान प्रमुखहरु खोइ त ? भूपू हरु खोइ त ? अब धेरै बर्ष लगाउने होइन फटाफट अनुसन्धान गर्ने सप्रमाण मुद्दा हाल्ने जेल मा कोचिहाल्ने अनि सार्बजनिक रुपमा पत्रपत्रिका, टिभी, रेडियो मा फोटो र तीनपुस्ते सहित प्रकासित गर्ने ताकी यो समाज साथी भाई छिमेकी हरुले भ्रस्टहरुलाई चिनोस / अझै सकिन्छ भने दोषी प्रमाणित भए पछि नाङ्गो सरीरमा गुँडचाकु दलेर तन्त्तालापुरे घाममा टुंडिखेलमा लगेर छोडिदिनु पर्छ ताकी झिंगा को मन पर्ने खाना होस्

    Reply
    1. Pramesh says:
      June 29, 2013 at 7:17 pm

      पृथ्वी नारायण र बुढी आमैको कथा पढ्नु भयो कि छैन? एकैचोटी तातो भातको बिचमा हात हाल्दा हात पोलेर भात खान सकिदैन| छेउ बाट सुरु गर्नुपर्छ|

      Reply
  52. NIRANJAN says:
    June 29, 2013 at 4:44 pm

    सांचिकै अक्थियार इमान्दार भएर लाग्ने हो भने धेरैजसो कर्मचारी र नेताहरु ले आफ्नो बैध kamaiko अनुपातमा नमिल्दो आर्थिक स्तर र जीवन सैली अपनाएको घामजस्तै छर्लंग छ. एउटा सामान्य मान्छेले पनि सजिलै प्रमाणित गरिदिन सक्छ कि महिनामा २०/३० हजारको तलब वा भत्ताले कसरि काठमाडौँ मा महंगा घरमा बसेर छोरा छोरीलाई महंगा school मा पढेर अझ कतिले त विदेश मा समेत पढ़ैराछान. उनीहरुको महँगो र तडक भडक पूर्ण life style चलाउन. सकिन्छ यो के सम्भब छ ? राज्यलाई कंगाल बनेर आफु धनि हुनेहरुलाई उनीहरुको कसुर प्रमाणित गर्ने काम त्यत्ति गार्हो केहि होइन लोकमान सिंह कार्की मा इच्छा सक्ति छ भने किनकी यो उनको लागि पनि आफुलाई सहि साबित गर्ने अवसर पनि हो सुरुवात प्रचण्ड बाटै गरे झन् वहा वहा पाउने थिए. जेभएनी सुरुवात गरेकै मा पनि धन्यवाद

    Reply
  53. Rafin Gautam says:
    June 29, 2013 at 4:30 pm

    भ्रष्टाचारको पर्याबाची भाग्यमानी भयको हाम्रो देशमा यो अनुसन्धान काशी स्नान साबित नहोस।हेरौ, अख्तियार सुतेर उठेको हो की, फेरी सुत्नलाई उठेको हो।

    Reply
  54. Nabin Adhikari says:
    June 29, 2013 at 4:07 pm

    दुले चोरहरु को साथ्-साथै अब यीनीहरु सर्बहारा सरदार हरु लाई पनि छानबिनको पत्र काट्नु पर्यो?
    भ्रष्टाचार गर्ने लाई सामाजिक बहिस्कार गरौ |

    Reply
  55. krishna says:
    June 29, 2013 at 3:42 pm

    यातयात का कीर्तिवल्लभ पौडेल लाइ गाउ देखिनै चिन्छु , बाऊ पण्डित थिय : छोरो ले लाइसेन्स फाट मा जागिर खायर ८-१० वर्ष मा नै काठमाडौँ मा, घर बनाए , नेपाल को तलबले त के सम्भब होला र खै ………. रामजाने ?.??

    Reply
  56. Kamal Singh says:
    June 29, 2013 at 3:40 pm

    एउटा शाखा अधिकृत १५००० रुपैया मासिक तलब बुझ्छ, काठमाडौँ मा डेरा गरेर बस्छ, छोरा छोरी निजि स्कुलमा पढ्छन, श्रीमती त् हुने भै नै हाल्यो. अब अनुमान गर्नुस, महिनामा कति बचत गर्छ होला? तर पनि १० बर्स भित्र काठमाडौँ को राम्रो ठाउमा, रिङ्ग रोड भित्र अढाई तले घर बनाउछ. कसरि बनाउछ होला?
    ट्युसन पढाएर? भुत्रो जानेको छ ट्युसन पढाउन,
    व्यापार गरेर होला ? – बिहान बेलुका व्यापार गरेर काठमाडौँ मा सटर भाडा तिर्न सक्छ?
    काठमाडौँ बाहिर को भए, गाउ बाट ल्याएर बनाउछ होला? गाउ बाट सम्पति ल्याएर काठमाडौँ मा घर बनाउन सक्ने भए जागिर खान्थ्यो १५ हजारको

    मावोबादिले लुटेको सम्पति ले बनाएको हो कि? खै के हो के हो?

    उसो भए के चाही गरेर होला त्? लोक मान सिंह का ग्यांग (ति झन् १ नम्बर का दलाल र भ्रस्टचारी हुन्) लाई पत्ता लगाउने जिम्मा दिदा कसो होला?

    अनि अलिकति थप
    के सम्म हुदो रहेछ भने, मन्त्रालयमा मन्त्रालय कै काम को लागि मन्त्रालयकै मान्छे लाई बैठकमा बोलाउदा भत्ता दिनु पर्दो रहेछ, भात त् ख्वाउनु परि नै हाल्छ, अनि येसो गरेर बैठक बसाली, भत्ता समेत दिने चाही को होलान भन्नु होला? यी को पर्छन भने, देश बिकासको लागि खटिएका इमान्दार, NGO, INGO , विकास प्रेमी परामर्स दाता,

    बैठक के को लागि बसल्छां होला? देश विकास गर्न,
    अनि पैसा कहाँ बाट आउछ? छन् नि त् दात्रि रास्ट हरु. १ मिलियन यु एस डलर सहयोग भन्दा रहेछन, एक डेड लाख नेपाली रुपैयाको खाजा भात मन्त्रालय का कर्मचारी लाई खउवौने, बाकी पैसा नेपाल सरकारलाई कर समेत नतिरी फिर्ता जादो रहेछ,

    यो लिस्टमा NGO, INGO का बडा विकासे हरुलाई किन छुटैएको होला?

    अनि एउटा प्रश्न पनि!
    नेपालमा टुरिस्ट विसा लिएर International consultant बनेका बिदेशी जो दैनिक हजार डलर फिस लिन्छन, कर नेपाल लाई तिर्दैनन, टुरिस्ट भिसा प्रयोग गर्छन, महिनोउ सम्म consultancy गरेर नेपाल छाद्छान, अध्यागमन यता तिर पनि हेर्छ कि तरुनी मात्र हेर्छ ?

    Reply
  57. hawaldaar sa'b says:
    June 29, 2013 at 3:28 pm

    नेपाल प्रहरी का रमेश बिक्रम शाह डी.आइ.जी. हैनन्,उनि ए.आइ.जी. हुन् . हिजो देखि हरेक मिडिया ले किन गलत तथ्य प्रवाहित गरिराखेका छन ? निजलाई पहिले पनि डार्फ़र काण्डमा अख्तियारले छानबिन गर्दा निर्दोष साबित भएका थिए.तर त्यस काण्डमा लहरो तान्दा पहरो जाने डरले गर्दा धेरै अधिकृतहरुलाई उन्मुक्ति दिईयो .

    छानबिन नै गर्ने हो भने नेपाल प्रहरी का ९०% भन्दा बढी अधिकृतहरु भ्रस्टाचारी छन्.कमाउनु सम्म कमाएर अहिले मिडियामा हिरो हुनेहरुकै सम्पति छानबिन गरेपछि देखिन्छ तिनको असली अनुहार ! नेपाली सेना का कर्नेल-जर्नेल तहका धेरैजसोले भ्रस्टाचार गरेकै हुन्छन .सशस्त्र प्रहरीमा पनि माथिल्ला हाकिमको आशिर्वाद पाउनेहरु मालामाल नै छन्.मालपोत,भन्सार,अध्यागमन,वैदेशिक रोजगार विभाग,यातायात कार्यालय आदि इत्यादी को झन् के कुरा गर्नु ? गरिब जनतालाई ठगेर ,कर छलेर फोर्ब्समा नाम लेखाउनेहरु जस्ता व्यवसायी पनि अनुसन्धान को दायरमा आउनुपर्ने अर्का खालका भ्रस्टाचारी हुन्.ठूला भनाउदा सबैजसो नेताहरु त झन् सबै प्रकारका भ्रस्टाचारीहरुका संरक्षक नै हुन् . नेपालको सरकारी तलबले मात्र कसले बनाउन सक्छ काठमाडौँ मा २-३ वटा बंगला,कसले किन्न सक्छ महंगा गाडीहरु अनि कसले पढाउन सक्छ छोरा छोरीहरुलाई महँगो स्कूल-कलेजहरुमा ? टोल टोल मै भेटिन्छन थरि थरिका भ्रस्टाचारीहरु… चोर बिरालाहरुको घांटीमा घन्टी बाध्न ढिला नै भैसकेको छैन र ?

    Reply
  58. द्रोण says:
    June 29, 2013 at 3:25 pm

    ठुला नेताहरुले आफु सुरक्ष्या चक्र भित्र रहेर घुसखोरी कर्मचारी लाइ बढार्नु ले कमसेकम घर को एक कुना भएपनि सफाई चै भयो |
    कमल थापा हरुले गणतन्त्र लाइ नै कुरी कुरी गरिरहेको बेला नेताहरुले हातैले भए पनि लाज छोप्ने प्रयास ले कत्तिको मुर्त रुप लिन्छ त्यो आगामी दिन मा देखिने छ | लोकमान ब्राण्ड को कट्टु ले प्रचण्ड हरुको लाज लाइ तत्काल छोप्ने भएपनि हर्निया भैसकेकोले साइड बाट डल्लो खसेको उनका भक्तजन हरुले केहिकाल पछि देख्नेछन , लामो समय पुजारी बसेर अनुभब भएका बैद्द्य , गजुरेल हरुले डाल्लोको बारेमा सार्बजानिक मंच हरुमा माहाकाब्य नै पढेर सुनाउन भ्याइसके, त्यहि मात्र सुनेर भएपनि बिसय बस्तुको गम्भीरता लाइ बुझे धेरै नेत्रबहादुर हरुको आखा खुल्थ्यो |

    Reply
  59. Pemala thapa2 says:
    June 29, 2013 at 2:29 pm

    धेरै त थाहा छैन, नेपाल को सबै भन्दा ठुलो भस्ट्रचर काण्ड मा अखित्यार ले नै कारबाही चलाएको बन मन्त्रालय को कुनै पनि कर्मचारी यसमा नपर्नु साचिकै उदेक लाग्ने किसिम को छ . बन सचिव र उनको भ्रष्ट टिम यस बाट कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुदैन .

    गोर्खा मा पक्राउ परेको अरबौ मुल्यको चिरुको रौ रातारात भेदको उन सित साटेर करोडौ भारत को बैंक मा जम्मा गराएको छ . तुरुन्त सस्पेण्ड गरि कारबाही गर्नु पर्छ .

    Reply
  60. Shyam shrestha says:
    June 29, 2013 at 1:25 pm

    बहाल वाला नेता र कर्मचारी हरु पनि तान्नु पर्यो . त्यो paisa जल बिधुइत
    मा लगानी गर्नु पर्छ.तानेर matra क हि हुदैन

    Reply
  61. ramesh says:
    June 29, 2013 at 1:21 pm

    जे होस् बधाई छ लोकमान सिङ्ग कार्की. कार्की एस्तो कडा रहेछन र पो उनको नियुक्ति मा कांग्रेस एमाले, कनके, शम्भु थापा मार्का का नागरिक समाज बहुलाएको. आखिर सहि मान्छे लाइ माओबादी ले प्रस्तावित गरेको रहेछ भन्ने प्रमाणित भयो.

    Reply
  62. rajendra kumar says:
    June 29, 2013 at 1:06 pm

    लोकमान सिंह कार्की अख्तियार को टाउके मा नियुक्ति हुँदा विवाद तेत्तिकै भएको होइन रहेछ| यिनको साहसलाइ बुझेर नै इनको नियुक्ति मा विवाद सिर्जना भएको रहेछ भन्ने जो कोहिले अब बुझे | देश को ढुकुटी लुटेर जनता को पैसा खाएर सुख त कहाँ पाइन्छ र ? इनिहरुहरुलाई खोर मा जक्नै पर्छ|

    Reply

Leave a Reply to दीप Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme