Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१५ रुपियाँमा मोबाइल

Posted on June 26, 2013June 26, 2013 by Salokya

mobile
तपाईँले सस्तोमा कतिसम्मको मोबाइल देख्नुभएको छ ? दुई हजार ? एक हजार ??
आउनुस्, हामी तपाईँलाई देखाउँछौँ १५ रुपियाँमा पनि मोबाइल पाइने ठाउँ।
बच्चाहरुले खेलाउने टुइँटुइँ आवाज मात्रै आउने चाइनिज मोबाइल पनि ५० रुपियाँ पर्छ। कस्तो रहेछ त यो ११०४ रुपियाँमा नै ७२ वटा आउने मोबाइल ? १५ रुपियाँ ३३ पैसा पर्ने मोबाइल कस्तो रहेछ ?


१५ रुपियाँ पर्ने मोबाइलको बारेमा चासो बढेपछि साथी कञ्चन अधिकारीसित गएको हप्ता यो बारे बुझ्न ललितपुर गएको थिएँ।

खासमा विभिन्न मुद्दाहरुमा प्रमाणको रुपमा बरामद गरी प्रहरीले अदालतमा बुझाएका मोबाइलहरु रहेछन् यी। मानौँ न कुनै चोरलाई पक्रियो, उसको साथमा बरामद भएका मोबाइलसहितका सामानलाई दसीका रुपमा अदालतमा प्रस्तुत गर्‍यो। ती सामानहरु अदालतमा रहन्छन्। निश्चित समय पुगेपछि त्यो सामान राख्ने ठाउँ हुँदैन। त्यसपछि त्यसलाई लिलाम गरिन्छ। यो मोबाइल त्यस्तै रहेछ।

ललितपुर जिल्ला अदालतले सर्वसाधारणका नाममा लिलामी सूचना जारी गरेपछि यो १५ रुपियाँवाला मोबाइलबारे हामीले थाहा पाएका थियौँ। यो बीचमा हामी साथीहरुबीच १५ रुपियाँको मोबाइलबारे निकै जोक बन्यो। उत्सुकताकै कारण पनि हामी ललितपुर जिल्ला अदालत पुग्यौँ।

सूचनामा भनिए अनुसार हामी असार ५ गते लिलामी हुने समय दिनको ३ बजेदेखि ५ बजेको बीचमै गएका थियौँ। तर त्यहाँ त्यस्तो लिलामी हुने ठाउँ केही देखेनौँ। अचम्म लाग्यो। सोधखोज गर्दा अदालतकै कर्मचारीहरुलाई थाहा रहेनछ। हो र, हाम्रो अदालतमा हैन होला- काठमाडौँको अदालतमा होला पो भन्छन् त।

पछि तहसिलदारसँग भेटेपछि बल्ल निश्चिन्त भइयो। लिलामी आजै हो तर आजै एक जना श्रीमान्‌को विदाइ कार्यक्रम भएकोले एक हप्ता सार्ने कि भन्ने कुरो भइराछ भने उनले। लिलाम सकार्न मान्छे आउने त कुरै छाडौँ, अदालतकै कर्मचारीहरुलाई समेत पत्तो रहेनछ त।

तहसिलदारसँग एकछिन कुरा गर्‍यौँ। उनले प्रहरी ल्याएका सामान अदालतमा राख्ने ठाउँ नहुने हुनाले निश्चित समयपछि मिल्ने सामानलाई लिलाम गरिने बताए। सिम कार्ड, नक्कली नोट, लागू पदार्थ जस्ता सामानलाई यहाँ तपाईंले यो बुझ्नु आवश्यक छ कि यो अनलाइन नि: शुल्क खेलहरूमा पनि सम्बन्धित हुन सक्दछ, किनकि यो खेलहरूमा हो कि तपाईं यो सिक्न सक्नुहुनेछ। नष्ट गरिने र मिल्ने सामानहरुलाई भने लिलामी प्रक्रियामा लगिने उनले बताए। लिलामीका लागि मूल्य निर्धारण गर्न विज्ञहरुसहितको एक समिति नै बन्दो रहेछ।

अनि यस्तो लिलामीको सूचना पत्रिकामा चाहिँ किन नछाप्नुभएको त ? हाम्रो प्रश्नको जवाफ तहसिलदार देवकुमार श्रेष्ठले यसरी दिए- हाम्रो बजेटै छैन। सित्तैमा छाप्नुहुन्छ भने छापिदिनुस् तपाईँहरुको पत्रिकाले।

उनले काम लाग्ने सामानहरु नहुने कुरामा जोड दिँदै थिए। भए पनि एक पटक हेरौँ न भन्ने हामीलाई लागिरहेको थियो। विशेषगरी ल्यापटप र मोबाइलमा हाम्रो चासो थियो। उनले एक जना कर्मचारीलाई भनेर सामान देखाउन पठाए। मोटरसाइकल र गाडी मात्रै रहेछ त्यहाँ। चोरीका मोटरसाइकलहरु रहेछन्। राम्रा राम्रा मोटरसाइकल पनि रहेछन्। लिलामीमा सकारिएका गाडीहरुको दर्ता बागमती, गण्डकी र लुम्बिनी तीन ठाउँमा नहुने रैछ। फोटो खिच्न खोजेका थियौँ र तर अदालत परिसरमा केही पनि फोटो खिच्न नपाइने रहेछ। ल्यापटप र मोबाइल भने हेर्न पाएनौँ। माथि छ, अहिले विदाइ कार्यक्रम भएकोले भोलि आउनु न, उस्तै परे तपाईँहरु नै सकारेर लैजानुस् न के भो र भने उनले। त्यो माथिको माथि नै रह्यो, हामीले हेर्न पाएनौँ।

लौ त नि भनेर हिँड्यौँ भोलि आउने भन्दै हामी। १५ रुपियाँमा मोबाइल पाए कामै नलाग्ने भए पनि बच्चाबच्चीहरुलाई खेल्न दिन पनि हुन्छ भनेर हामी बाटो भरी गफ गर्दै थियौँ। तर भोलिपल्ट त्यता जाने साइत जुरेन। लिलामी एक हप्ताका लागि सारिएको थियो। १५ रुपियाँ पर्ने मोबाइल कस्तो हुन्छ भनेर थाहा पाउन चाहनु हुन्छ भने ललितपुर जिल्ला अदालतमा सम्पर्क राख्न सक्नुहुन्छ।
adalat

उता, भक्तपुर जिल्ला अदालतले पनि १० हजारमा पल्सर र ६ हजारमा आरएक्स लिलामीको सूचना निकालेको छ। यो लिलामीको बोलपत्र चाहिँ असार २३ गतेसम्म किन्न पाइने रैछ।
bhaktpur

20 thoughts on “१५ रुपियाँमा मोबाइल”

  1. रबिन थापा, काठमाडौं says:
    June 29, 2013 at 3:06 pm

    भ्रस्टाचार ले राम्रै सँग जडा गाडी सकेको हाम्रो नेपाल मा १५ रुपैयाको मोबाईल मात्र होइन अब १५ रुपैयामा कम्पुय्टर पनि आउन बेर छैन । बास्तब मा यो सबै माथी देखी तल सम्म मौलाएको फर्सिको लहरो हो । यदी सही ढङ बाट लहरो लागेको भए तल बाट लाग्थ्यो होला तर गलत ढङ बाट लागेका कारण यो नेपाली समाजको नमेटिने दाग हो ।

    Reply
  2. Raju Rana - Mahendra says:
    June 27, 2013 at 7:01 pm

    १५ रुपैया को मोबाइल पो मोबाइल हजारौ हजारौ को मोबाइल त के चलाउनु नि

    Reply
  3. भाई says:
    June 26, 2013 at 10:25 pm

    १५ रुपिया मा त खोल नै भए’नि सस्तो भो नि ! अलि अस्तिनै नोकिया११०० को खोल किन्न गा’को त १५० भन्यो | बरु खाद्य सामग्री पनि रहेछ लिलामीमा, प्याकेट भित्रै कुहिसकेको पर्ला है लिलामी सकार्नेलाई |

    Reply
  4. Shreedhar Acharya says:
    June 26, 2013 at 9:48 pm

    हाम्रो देश का बेकम्मा नेता हरू लै नै १५ रुपीया मा लिलामी गर्न पाए त देश लाई राम्रै हुन्थियो होला. कम से कम बिदेशमा उपचार को लागि देश ले खर्च त गर्नु पर्दैनथियो.

    Reply
  5. shailendra says:
    June 26, 2013 at 8:06 pm

    चोरिएका वा चोर संग भेटिएका मोबाइल त ठिकै हो तर सवारी साधन अनि बाइकहरु त सम्बन्धित धनि लाई फिर्ता गर्न सकिने चिज होइनन र? कि लिलामी गरेर १० हजारमा आफैले पच गर्नेको लागि जानी जानी कर्मचारीहरुले खबर गर्दैनन्? जय होस् नेपालका कर्मचारीहरुको!

    Reply
  6. yash ghimire says:
    June 26, 2013 at 7:47 pm

    ”अनि यस्तो लिलामीको सूचना पत्रिकामा चाहिँ किन नछाप्नुभएको त ? हाम्रो प्रश्नको जवाफ तहसिलदार देवकुमार श्रेष्ठले यसरी दिए- हाम्रो बजेटै छैन।”
    बजेट छैन रे ?! कति हास्नु ?! सर्बसाधारणले थाह पाउन् भन्ने नियत हुन्थ्यो त बजेटै नभए नि पत्रिकामा लिलामीको सुचना दिएर भुक्तानी चाहिं लिमामी पछी गरे भै’हाल्थ्यो नि ! यहा बिज्ञापन / सुचना छपाए बापतको भुक्तानी बर्षौंपछी गर्दा त भैरहेको छ |
    यसै मोबाइलको १५ रुपिया तोकिएको छ ? | काला ब्यापारीको साठगांठमा उनीहरु संग गुपचुप १५० लिने , १५ मा लिलाम सकारेको देखाउने , बिचको मुनाफा कर्मचारीमा बाडफाँड गर्ने | यो कुरा मोबाइलमा मात्र होइन , यसरि नै ल्यापटप , मोटरसाइकल आदि सबै लिलामीमा राखिएको समानमा लागु गरेर कुम्ल्याउने नियत हो कि भन्ने लाग्यो |

    Reply
  7. राम चन्द्र says:
    June 26, 2013 at 7:24 pm

    छट्टु स्याल जस्ता नेपालका कर्मचारीले टोइलेट मा खसेको सुका मुख्ले तान्छन यस्तो लीलामी मा परेको समान राम्रो हुदो हो त बहिर फ्लश म किन आउदो हो ? सबै खोक्रा र बोक्रा हुन गुदी सबै खाइसके । चौटा खान गको बुडी झोलमा डुबेर मर्ने भो कुन ।

    Reply
  8. harka shrestha says:
    June 26, 2013 at 6:52 pm

    सबै अदालत का कर्मचारीले लागे होलान के पाउनु नि .चोरि समान खानतलास गर्नी हो भने पूलिस.र अदालत का मान्छे संग कत्ति छ कत्ति कसले खोजनी .पूलिस को र अदालत का मान्छे को समान कसले हार्नु फेरि ?भयो भो इन का कुरा कसले गर्नी ,

    Reply
  9. T Dhakal says:
    June 26, 2013 at 6:45 pm

    यसरी जफत गरिएका सामानहरु लिलामीमा राख्नु असाध्यै राम्रो कुरा हो/ तर देशमा व्याप्त भ्रष्टाचारको कारणले जतिसुकै राम्रो कुरा गरे पनि हामी पत्याउन तयार छैनौ/ पचासौ वर्ष देखिको लुटपाट, भ्रस्टाचार, अन्याय, अत्याचार आदिले हाम्रो मनमा जरा गाडेको छ र अझै पाच वर्ष सम्म लगातार राम्रो काम गर्दै गए पनि मलाई लाग्छ, त्यो सबै देखावटी मात्र हो/ तर देशको भलो चाहनेहरुले हाम्रो शंका र अविस्वासलाई वेवास्ता गर्दै लगातार राम्रो काम गर्दै गए भने आगामी पाच वर्ष पछि राम्रो कामलाई म पत्याउन बाध्य हुने छु/ आशा गरौ, त्यो क्षण अलि छिटो आवास/

    Reply
  10. neerose says:
    June 26, 2013 at 5:55 pm

    अब तेस्तो सामान त्यो पनि अदालतमा अनि चोरले ल्यायको मुद्दा खेपेको समान अनि त्यो पनि लिलामीमा!
    पन्ध्र रुपैया नभय पन्ध्र हजार हुनुपर्यो त?
    ठिकै होनी,
    त्यो होलसेल मूल्य हो सबैको समुस्ट मूल्य तोकेको हो अनि पन्ध्र भनेर सबै पन्ध्रामै त दिने होइननि!
    अब लिलामीमा त बोलबाला हुन्छ अनि मूल्य बढ्दै जान्छ तर घट्दैन! तेसैले ५० हजार पनि पुग्ला यदि आइफोंन ५ नै छ भने त!
    जो जो आउछ तिनीहरुले बोल कबुल गरि लानेछन!
    मेरो केहि गुनासो छैन यसबारेमा!

    Reply
  11. dikpal jagreli says:
    June 26, 2013 at 4:55 pm

    हा हा हा हा एउटा गाडी चै मलाई पनि चाहिएको थियो, तर पाट पुर्जा बिनाको गाडी होला खै के पो गर्नु ,…..त्यो जानाकारी पनि मेरो संसारले उपलब्ध गरै दिनु हुन्थ्यो कि ? भनेर फ्याट्ट भन्न पनि नमिल्ने स्वार्थि भए जस्तो …..आ, होस पदलै हिड्ने बरु पेट्रोलको पैसाले खाजा खानु पो हुन्छा बरु ,………

    Reply
  12. Nirmal B. says:
    June 26, 2013 at 3:23 pm

    मैले एउटा कथा पढेको थिए , एक परिवारमा धेरै बालबच्चा रहेछन ,! एक पटक कामबिसेसले आमा बाबु दुबैलाई एक वर्ष जति धेरै टाढा जानुपर्ने भयेछ अनि आफ्नो बालबच्चालाई एक साल लाइ पुग्दो सबै कुरा ब्यबस्था गरेछन अनी ठुलो छोरालाई ल बाबु तै ठुलो छस आफ्ना भाइ बहिनीको राम्रो रेखदेख गर्नु भनेर बाटो लागेछन ! तर ठुलो छोराले भाइ बहिनीलाई दिनु दुख्खा दियेछा एक वर्ष पछि आउदात साना मरंच्यासे हाड़ र छाला मात्र रैछ! तेस्तै हो अपराधी कुलान्घार्हरुलाई अधिकार दिए पछि

    पुष्पजीले भन्नु भएको कुरा एकदम सहि हो . सुचना टासेजस्तो गर्यो अनि आफैबीच भागबन्डा लगायो लियो जाबो १५ रुपैयामा मोबाइल पाउदा कसले लिदैंन हो??? ७२ मोबाइलको जम्मा ११०४ रहेछ बरु रुपिज २००० दिएर मै लिने थिए सबै !

    देस प्रतिको जिम्मेवार बहन गर्न नचाहने येस्ता थपनाको रुपमा रहेका सरकारी कर्मचारीहरुले गर्दा देसको यो नियति भएको
    हो
    राजालाई , पन्चायेतलाई, प्रजातन्त्रलाई , गणतन्त्रलाई दोस दिनु बेकार हो

    Reply
  13. टिका धिताल says:
    June 26, 2013 at 2:30 pm

    चोर भन्दा ठुला चोर हरु नेपाल का सरकारी कर्मचारीहरु छन् / यो त एउटा उदाहरण मात्र हो /९९% चोर कर्मचारी भएको देश मा हामी के आशा राख्न सक्छौ र ??? देश नेता र कर्मचारी ले ध्वस्त बनाए / ऊफ़्फ़्फ़्फ़्फ़ नेपाल देश !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  14. द्रोण says:
    June 26, 2013 at 12:52 pm

    के को लिलामी गर्नु हो , कर्म चारी ले आपसमा मा मिलेर (९० प्रतिसत जति } लिन्छ |
    १० प्रतिसत येसो देखाउन को लागि लिलामी मा राख्छ |
    खिरारे ले तेसो हुन् न दिए कुन्नि ? उनि पनि चुनाब मा व्यस्त होलान |

    Reply
  15. r. shrestha says:
    June 26, 2013 at 12:44 pm

    सूचना बोर्डमा सूचना टाँस्नु यौटा रीत मात्र पुर्याउनु हो, गतिलो सामानहरु त माथिल्लो कर्मचारी तथा उनीहरुका नातागोताहरुको घरमा पुगिसकेका हुन्छन / बैंक हरुमा सून धितो राखेर रीन लिनेहरु पनि साबधान, ब्याज तिर्न ढिला भएमा, बैंकमा सम्पर्क गर्न ढिलो भएमा बिना सूचना तपाईं को ५००००/- हजारको गहना दस हजारमा लिलाम भयो भनेर आफैले राख्छन ……..

    Reply
  16. Rajendra Adhikiar says:
    June 26, 2013 at 12:15 pm

    Please keep following this story. We would like to see the Rs 15 Cell phones

    Reply
  17. पुष्प says:
    June 26, 2013 at 11:07 am

    आपराधिक क्रियाकलापमा समातिएका सामानहरू कामै नलाग्ने त नहुनु पर्ने हो; आलुभाण्टाजस्तो कुहिएर जाने पनि होइन । कि त ती सामान साटेर काम नलाग्ने सामान लिलामीमा राखिएको हुनुपर्छ कि त त्यहींका कर्मचारीले कम मोल तिरेर लाने प्रपंच रचेको हुनुपर्छ; कि त भन्सार कार्यालयमा रहेका गाडीहरूबाट सामान ‘हराएर’ बोडीमात्र रहेजस्तो मोबाइलको खोलमात्र हुनुपर्छ ।

    Reply
  18. Kusum says:
    June 26, 2013 at 11:00 am

    मेरो पनि घर भित्रै बाट साम्सुंग फोन , ब्याग भित्र भएको क्यास लागेको थियो चोरले . मेरो फोन पनि लिलामी मा त छैन ? जानु पर्ने भो हेर्न .

    Reply
    1. arjun says:
      June 27, 2013 at 11:47 am

      कुसुम जी,

      चोर ले लगेको सामान भेट्ने आस नगर्नु किन भने चोर को र पुलिस को मिलेमतो हुन्छ जस्तो लाग्छ . मेरो पनि मोबाइल, आइफोन, ल्यापटप, क्यामेरा सब चोरी भाको थियो . पुलिस लाइ जानकारी मैले नै दिए – चितवन बाट चोरेको मोबाइल भोलि पल्ट हेटौडा पुगेको थियो र इंडिया बस्ने चितवन को एक जना लाइ सम्पर्क गरेको थियो. मैले इंडिया को नम्बर मा मेरो साथि हरु लाइ लगाएर जानकारी लिएर सब लिएर पुलिस लाइ दिए – नाम र ठेगाना सब,. उ पनि मलाई – जिस्काउदै थियो – मेरो पनि मोबाइल चोरी भाको छ, कहाँ होला खोज्दे न …..

      Reply
  19. Arun Bhattarai says:
    June 26, 2013 at 10:53 am

    सबै अदालत का कर्मचारीले लागे होलान के पाउनु नि .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme