Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फिल्म हेर्नेलाई दोहोरो करको मार

Posted on June 20, 2013June 21, 2013 by Salokya

qfx1 के तपाईँले हलमा टिकट काटेपछि त्यसमा लेखिएको विवरण हेर्नुभएको छ ? त्यसमा करमाथि कर लगाइएको तपाईँले याद गर्नुभएको छ ?

आउनुस्, हेरौँ, कसरी लगाइएको छ करमाथि कर एक पटक बुझौँ।

सँगैको टिकट काठमाडौँको क्युएफएक्स सिनेमा हलको हो। तपाईँले हेर्ने प्रत्येक फिल्ममा नेपाली फिल्मको विकासका लागि फिल्म विकास बोर्ड शुल्कका रुपमा १५ प्रतिशत कर लगाइएको हुन्छ। त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) पनि तपाईँले तिर्नुपर्ने हुन्छ। दुई किसिमको कर लगाइएको भए पनि भ्याट मूल्यमात्र नजोडेर करसहितको मूल्य जोडेर लगाइएको छ।

qfx

माथिको टिकट रकमलाई राम्रोसँग हेर्नुस्।

टिकटमा प्रवेश शुल्क १९२ रुपियाँ ३८ पैसा लेखिएको छ। ठीकै छ। त्यसको १५ % फिल्म विकास बोर्ड शुल्क लगाइएको छ। त्यो भनेको २८ रुपियाँ ८५ पैसा चानचुन हुन आउँछ, जसलाई ८६ पैसा लिइएको छ। ठीकै छ।

अब एक पटक भ्याट शुल्क हेर्नुस्। भ्याट शुल्क २८ रुपियाँ ७६ पैसा लिइएको छ। सामान्य दिमाग भएकोले पनि भन्न सक्छ, १५ प्रतिशत कर र १३ प्रतिशत भ्याट भनेको एउटै रकम (चानुचन पैसामात्र फरक) हुन सक्दैन।

खासमा भ्याटलाई टिकटको मूल्य १९२ रुपियाँ ३८ पैसामा फिल्म विकास बोर्ड शुल्क (कर) १५ प्रतिशत जोडेपछि भएको कूल मूल्य २२१ रुपियाँ २४ मा लगाइएको छ। सोझो हिसाबमा हेर्ने हो भने यसरी करमाथि कर लगाउन पाइन्न। भ्याट टिकटको खास मूल्यमा मात्रै लगाउनु पर्ने हो।

ठ्याक्कै यस्तै किसिमको कर दूरसञ्चार क्षेत्रमा पनि रहँदै आएको छ। सबै किसिमका टेलिफोन सेवामा यस्तो दोहोरो कर लाग्ने गर्छ। टेलिफोन महसुलमा सरकारले १० प्रतिशत दूरसञ्चार सेवा र त्यसमा १३ प्रतिशत भ्याट लिइरहेको छ। उपभोक्ताले कल गरेको आधारमा उठेको बिलिङ रकममा सुरुमा १० प्रतिशत दूरसञ्चार सेवा शुल्क जोडिन्छ। १० प्रतिशत सेवा शुल्क जोडेर हुन आउने रकममा फेरि १३ प्रतिशत भ्याट सरकारले लिँदै आएको छ।

सेवा शुल्कको नाममा तिरिसकेको करमा समेत भ्याट लगाउँदा उपभोक्ताले एक दशमलव ३ प्रतिशत थप रकम तिर्नुपर्ने गरी शोषण भइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई खारेज गर्न प्रस्ताव पठाइसकेको समाचार सार्वजनिक भइसकेको छ। संसदको विकास समितिले दुई वर्षअघि नै यस्तो दोहोरो कर हटाउन सरकारको ध्यानाकर्षण गरिसकेको थियो।

फिल्ममा भने यस्तो दोहोरो करबारे कसैले केही कुरा उठाएको देखिएको छैन।
qfx1

31 thoughts on “फिल्म हेर्नेलाई दोहोरो करको मार”

  1. Bhuvan says:
    June 24, 2013 at 4:40 pm

    टिकेटको सबै भन्दा माथि सानो अक्षर मा Tax Invoice लेखे को रैछ । यो त झन ठगी भयो नि । Bill र Invoice फरक कुरा हुन् कि ?

    Reply
  2. shailesh shrestha says:
    June 23, 2013 at 11:07 am

    त्यो मात्र हैन हामि रेस्टुरेन्ट मा खान जादा पनि हामीले खाएको टोटल बिल मा पहिले सर्विस चार्ज १० प्रतिसत लगाएर जोडेर तेस्मा १३ प्रतिसत भ्याट जोडेर लिन्छ . उदाहरण को लागि हामीले ५०० रुपैया को खाना खायो भनी पहिला १० प्रतिसत सर्भिस चार्ज जोडेर ५५० र तेस्मा १३ प्रतिसत ७१.५ रुपैया जोडेर जम्मा ६२१.५ रुपैया लिन्छ. सर्भिश चार्ज मा पनि भ्याट लिन मिल्छ र ???
    सबैलाई चेतना भया.

    Reply
  3. shreeram trikaal darshi says:
    June 22, 2013 at 11:59 pm

    जनतालाई नेताको पाउ पुछ्ने फुर्सद छैन जो आए पनि झण्डा बोके कुदी हाले त्यसैको परिणाम हो यो जसले जे भने पनि जय भन्ने जनतालाई यति जाबोले के नै हुञ्छ र सचेत नागरिक नभए पछि ? यहाँ सोच्दा हुन् जसले फिल्म हेर्छ त्यसले तिर्छ त्यसको भार त्यसैलाई हो भन्ने तर होइन भ्रम मा नपर्नुस राज्यमा एउटा उपभोक्ता ठगिनु भनेको तपाईं हामि सबै ठगिनु हो त्यसको व्यय भार सबैमा आइपुग्छ तसर्थ उपभोक्ता एवं जागरुक बिबेकशिल जनता संग अपिल छ यस्ता काम को बिरोध गरौँ !
    एक जुट भएर राज्यले यस्तो नीति बनाओस जसले जनताको हित गरोस!
    अनाहकमा जनताको हक अधिकार संग खेलवाड गर्ने भिजिलान्ते , मण्डले , कुण्डले प्रवृतिको विकाश गर्ने नेताहरुलाई समेत सबक सिकाउने हो कि ?

    Reply
  4. उपासक उदास says:
    June 22, 2013 at 8:49 am

    थुप्रै मानिस ले बिर्सेको एउटा कुरो –
    VAT को शुरु मा मात्र १०% को प्रस्ताव र लागु पनि गरेको थियो. केहि वर्ष पछि, जनयुद्ध विरुद्ध लड्ने शाही सैनिक निम्ति ‘हतियार’ किन्नको लागि भनेर थप +३ % = १३% भ्याट असुल गरियो. अब त्यो ‘युद्ध’ सकिएको त्यत्रो वर्ष बितिसक्दा पनि १३ बाट १० % नगरिएको किन होला ? यस निम्ति आवाज बुलन्द गर्ने कि फेरी ‘चक्का जाम’ नै गर्नु पर्ने हो , कसले जवाब दिने !

    Reply
  5. Prakash says:
    June 22, 2013 at 2:41 am

    यो समस्या मैले सोचेको भन्दा ठुलो रहेछ| सन् २००६ मा दुरसंचारको दोहोरो कर देखेपछि शिकायेत लेखेको थिए नेपाल दुरसंचार संस्थालाई, विदेशिएकोले Follow Up भएन, अहिले सम्म पनि सच्याइएको रहेनछ| धिक्कार छ हाम्रा नीति निर्माता हरुलाइ|

    Reply
  6. बेखालाल नेपाल says:
    June 21, 2013 at 9:23 pm

    ब्यापारीले मात्रै जनता ठग्छ भन्ठानेको त सरकारले पनि हामी जनता कै चुस्ने रहेछ| यसको अन्त्य कहिले होला!

    Reply
  7. prem says:
    June 21, 2013 at 5:46 pm

    हरेक रेस्टुरेन्टमा पनि यसरि नै कर जोडेको पाइयो | पहिला १०% सर्बिस चार्ज भनेर जोड्ने अनि सबैमा फेरी १३% भ्याट जोड्ने | यो अलि ग्यानको कमीले भएजस्तो लग्यो |

    Reply
  8. Sameep says:
    June 21, 2013 at 4:22 pm

    अनि एउटा चित्तै नबुझेको कुरा:
    N.D’s मा जादा खेरि order गर्ने आफैले, नम्बर बोलाको सुन्ने नि आफै ले, लिएर आउने नि आफैले, (अझै मैले त खाए पछि ट्रे पनि ठाउमा लगेर हाल्दिन्छु ) अनि त्यो ‘सर्विस चार्ज’ चाही हामी आफै मुर्ख भएको कुराको तिरेको ?

    Reply
  9. Anup Baral says:
    June 21, 2013 at 2:23 pm

    कर भ्याट तिरेर हुनी केहि होइन
    सब पैसा चोर फटाहा हरु ले हसुर्ने त हुन् नि
    उनीहरुको उच्च जीवन यापन को निम्ति जनता लाई जुका ले झैँ चुस्छन

    Reply
  10. भाई says:
    June 21, 2013 at 1:56 pm

    ओहो, नेपालमा फिलिम हेर्न २५० तिर्न पर्ने भैसकेछ ? पाटनको अशोक सिनेमा हलमा बिजय पराजय नामको चलचित्र हेर्न जम्मा २५ रुपिया बोकेर गएका थियौं , साथी र म, त्यो पनि ५ रुपियाको त बदाम नै किनेको हो क्यारे . १० गुणा मुल्यबृद्धि भएछ त यो बिचमा ! त्यतिबेला त भ्याट भन्ने कुरो नि थिएन, धक्का मुक्की गरेर, बल्ल बल्ल टिकट काट्न कति मजा हुन्थ्यो. धक्का मुक्की मा शर्ट च्यातिदिएको पनि घर पुगेपछि गालि खाएपछि मात्र थाहा हुन्थ्यो.

    Reply
    1. Hari says:
      June 21, 2013 at 8:04 pm

      म सानो हुदा १० रुपया मा फिल्म पनि हेर्थेय खाजा पनि खन्थेय
      सानो भय को ले बस मा भाडा लिन्थेन जमाना कहाँ बाट कहाँ पुग्यो भाई

      Reply
    2. SUJAN says:
      June 21, 2013 at 10:01 pm

      २५ को कुरा गर्नु हुन्छ म त अगाडी पर्दा नजिक सिटमा तेस्रो क्लास मा बिस्वोजोतीमा दुइ रुपैया मा फिल्म हेरेको छु, १२५ गुना को वृद्धि !!!

      Reply
    3. bibek dhakal says:
      June 22, 2013 at 8:04 am

      ” बिजय पराजय ” लाग्ने बेला २५ रुपिया पर्थ्यो र टिकटको “भाइ” दाइ , कि ब्ल्याक मा किन्नुभो ?

      Reply
      1. भाई says:
        June 22, 2013 at 8:43 pm

        तपाइले त्यसो भने पछि धेरै सम्झिने कोसिस गरेँ, अनि त्यतिबेला संगै जाने साथीलाई पनि सोधें, (रमाइलो लाग्यो, पुरानो कुरो सम्झिदा ! धन्यबाद बिबेक ढकालजी पुरानो कुरो सम्झिन/सम्झाउनु भएकोमा ) उसले पनि टिकटको यतिनै लियो भनेर त सम्झेन, तर १५ रुपिया मा दुइजनाको टिकट काटेर बदम पनि खा’को हो रे, अझ रमाइलो त १२ बजेको शो हेर्न गएका हामीले टिकट नपाएर , हाउसफूल भएर, ३ बजेको टिकट काटेर हेरका रहेछौ . बिश्वज्योतिमा हिन्दि फिल्म ‘राम तेरी गङ्गा मैली’ हेर्न जादा पनि त्यस्तै हाउसफूल ! त्यति बेला त ब्ल्याक मा नै टिकट काटेको हो नि, अचेल त नेपाली फिलिम लाग्दा त हल खालि हुन्छ रे भन्ने सुन्छु . भरियोस पनि कसरि र, युट्युब मा भएको ट्रेलर नै हेरी नसक्नु हुन्छ, पुरै फिल्म हेर्न त…………….. ठुलै हिम्मत चाहिन्छ होला |

        Reply
        1. Bibek Dhakal says:
          June 23, 2013 at 12:37 pm

          हाहा दाइ, तपाइले नि पुरानो कुराहरु सम्झाएर नोस्टाल्जिक बनाइदिनु भो –
          २ दशक अगाडिसम्म त दर्शकहरुको रोजाइ नेपालि चलचित्र नै हुन्थ्यो क्यार! अनि अलि चर्चा पाएको नेपालि चलचित्र लाग्यो भने त ब्ल्याकमा किन्नु पर्ने हुन्थ्यो..चिनो नामक चलचित्र लागेको बेला धेरैले ब्ल्याकमा टिकेट किनेर हेरेको भन्थे…

          यो नेपालि हल खालि हुने कुरामा चाही मलाइ “रंगिला” को कुरा जोड्न मन लग्यो ! ५२ साल को जाडो महिना तिर जस्तो लाग्छ है – त्यतिबेला यादव खरेलको बहुप्रतिक्षित ” श्री स्वस्थानी” हो कि “स्वस्थानी माता” भन्ने चलचित्र रिलिज भाको थियो- स्वस्थानी ब्रतको टाइम पारेर रिलिज गरेको चलचित्र सुपरहीट, नभएपनि हीट त पक्कै हुञ्छ भनेर सोचिएको थियो…तर ठ्याक्क तेइबेला रंगीला भन्ने चलचित्र हल मा लग्यो. अनि त एता उर्मीलाले तिघ्रा देखाएर नाचेको हेर्न चाही मारामार, उता स्वस्थानी माता हेर्न चाही महादेव को परिवार जति नि मान्छे छैन!

          Reply
  11. राम चन्द्र says:
    June 21, 2013 at 12:05 pm

    यसरी जनतालाई चुस्दा पनि फिल्म हल ले हावा खाएकाछन । कवाडी राख्ने स्टोर बन्छ अब फिल्म हल ।

    Reply
  12. Tenzing Gaba says:
    June 21, 2013 at 11:08 am

    टिकटको मूल्य रू.२५० देखेर,
    रू ३ मा फिलिम हेरेको याद आयो बा !!!!
    जे होस् अरु कुरोमा उन्नति नभए पनि मूल्यको उन्नति चाही गज्जब भएको छ हाम्रो देशाँ

    Reply
  13. Arun Bhattarai says:
    June 21, 2013 at 10:52 am

    उपभोक्ताबादी भन्नेहरु कहाँ के गरेर बसेका छन् . तेनिहरु बेलाबेलामा त ठुला ठुला कुरा गर्थे त. लौन कसैले यो कुरा उनीहरु माझ पुरैदेउ . के गर्दा रैचन हेरौन .

    Reply
  14. Suresh says:
    June 21, 2013 at 10:25 am

    पहिलो कुरो त २५० तिरेर सिनेमा कसरि हेर्न सक्ने? जसले सक्छन उनीहरुलाई ३-४ रुपियाँ अनावश्यक बढी तिरेको थाहा छ कि छैन कुन्नि?

    Reply
  15. ghale vishal says:
    June 21, 2013 at 10:08 am

    तपाई कुनै पनि रेस्तौरांत मा खान जानु सबै ठाउँ मा यसरि नै बिल लिएर आउछ. टोटल बिल ५०० छ भनी ५० service charge अनि त्यो माथि १०% vat के हो यस्तो? Service charge को पनि vat लाग्छ र?

    Reply
  16. Jeevan Thapa says:
    June 21, 2013 at 8:50 am

    नेताहरु फिल्म हेर्न जान्दैनन् जस्तो छ होइन भने त नेपाल बन्द हुन्थ्यो होला! अब जनता मारमा परेको न नेताले सुन्छन न नेताका आसेपासे बिद्धार्थी नेताले सुन्छन!

    धन्य छ हाम्रो देश लाई!!!

    Reply
  17. SARJAN says:
    June 21, 2013 at 8:07 am

    नेपाली जनतालाई अज्जैपनि दुंगे युगमा नै छ भनेर सोच्छन कि क्याहो?करकोकुरा धेरै नबुजे पनि करमाथि कर लिनमिल्दैन भन्नेकुरा सबैलाई थाहा छ ,त्यही हो धेरै ले सालोक्य जी जस्तै आफुले तिरेको बिल चेक गर्ने बानिछैन / सालोक्य जी तपाइले धेरै ठुलो कुरो उठाउनु भयो , यस्ता लुटेरा ब्यापारी लागि हदैसम्मको कारवारी र टुप्पी कसेर दुइबर्से ACCOUNTING कोर्स गराउनु पर्छ /

    Reply
  18. वास्तव says:
    June 21, 2013 at 8:07 am

    खै के भन्ने मा त बोल्न पनि अल्छि लागि सक्यो आजकल. भन्दा भन्दा बरु आफ्नै मुख दुख्छ अनि थाक्छ बरु त्यो गल्ति गर्ने हरु कहिले सुध्रिएको होइन बरु लाज पचाएर भातमारा जस्तै खाएको छ खाएको छ के गर्नी. अब त नेपाल मा जिउनु पनि करै भैसक्यो. नबस्न खोजु त आफ्नो देश बसु त भातमारा ले पेलेको छ छ सोझा जनता लाइ . यो त अति नै कर माथि कर. चक्रवर्ती कर.
    कुरा उथोस पनि कसरि? कलाकार जति नेता बन्न हतार नेता बने पछि २ वोटा बाटो या त छन्द उठाउने या त सरकारी भै कर अनि त? ले गर्ने यो पनि जनतालाई कर न हो.

    Reply
  19. jiten says:
    June 21, 2013 at 7:55 am

    यो कुरा धेरै नै सान्दर्विक लग्यो तर मलाई पनि अझै थाहा छैन जहाँ सम्म कुरा छ टुरिजम इन्दस्त्री मा समेत यसरि नै तक्ष लागको जस्तो लाग्छ मलाई त जस्तो ग्रोरोस मा सेवा सुल्क अन्नी फेरि भ्याट , अनि रेस्टुरा मा पनि

    Reply
  20. SUJAN says:
    June 21, 2013 at 6:28 am

    जनतालाई चुस्ने को पनि हद हुन्छ नि !!!!

    Reply
  21. sekhar says:
    June 21, 2013 at 5:26 am

    तेसैले नेपाल भ्रस्ट देशको सुचिमा परेको हो

    Reply
  22. Ramesh says:
    June 21, 2013 at 3:36 am

    कहिँ नभाको जात्रा हडिगाउमा भन्या जस्तो | फिल्म हेर्न जान पनि फिल्म विकास बोर्डलाइ कर तिर्न पर्ने रे, त्यो पनि १५ पर्तिशत| अनि तेइ पैसाले होला अस्ति हेरो हेरोइन भानौदलाई पिलेनमा हालेर घुमैन लागेको धरान तिर | चोरहरुको ठग्ने बाटो|

    Reply
  23. krishna'nz' says:
    June 21, 2013 at 2:13 am

    तेसैले त नेपाली फिल्म हेर्न पनि महँगो टिकेट काट्नु पर्यो बरु हेर्नै नजाऊ भन्ने सोच ले नेपाली फिल्म पनि डुबी राख्यछ अब यो बिसय पनि उठाउनु पर्छ जोड तोड ले …….

    Reply
  24. Shree... says:
    June 21, 2013 at 1:40 am

    होटेलमा बिल तिर्दा पनि त सेवा शुल्क भनेर लिने गरिन्छ १०%, र त्येस्माथी भ्याट १३.५% जोडिन्छ,

    तेस्तै गरि, २% TDS (Tax deducted at source) अनि त्येसपछी आय कर… किन रे भन्दा.. करको हिसाब गर्न सजिलो हुन्छ रे .. calculator को + – धेरै थिच्नु पर्छ रे…. किन झन्झट बेहोर्ने रे क्या… !!!

    Reply
  25. karulino says:
    June 21, 2013 at 1:28 am

    नेपालमा तेत्रो हिसाब मा खरांत मान्छे हरु छन् तैपैनी एस्तो हुनु दुर्भाग्य पूर्ण हो . म नेपाल हुँदै यो कुरा थाहा थियो फोन को पैसा तिर्न जाँदा तर कसैले मतलब गरेन (१०-१२ वर्ष पहिले).

    Reply
  26. Nabin Adhikari says:
    June 21, 2013 at 12:17 am

    नेता र ब्यापारीहरु जे गर्दा पनि हुने रैछ यहाँ.. खोइ त सम्बंदीत निकाय को आखा पुगको
    जताबाट पनि हामी लुटिनु पर्ने ? 🙁

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme