Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?

Posted on June 16, 2013June 16, 2013 by Salokya

president-of-nepal राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार  दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा  छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव भट्ट, परराष्ट्रबाट शिष्टाचार महापाल र सुरक्षा निकायका तीन जनासहित दस जना छन्। राष्ट्रपति नभएको अवस्थामा उनको कार्यभार कसले सम्हाल्छ त ?

नेपालको अन्तरिम संविधान २०६३ को धारा ३६ छ अनुसार राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्नुपर्ने सबै कामहरु उपराष्ट्रपतिले गर्नेछन्। अर्थात् अबका कार्यवाहक राष्ट्रपति हाम्रा उपराष्ट्रपति परमानन्द झा हुनेछन्।

राष्ट्रपतिज्युको स्वास्थ्य लाभको कामना गर्छौँ। अन्यथा अर्थ नलागोस् तर कथंकदाचित संविधानको धारा ३६ ङ को उपधारा क अनुसार स्वास्थ्य अवस्थाको कारण देखाई राष्ट्रपतिले राजीनामा दिएमा वा उपधारा ग अनुसार मृ्त्यु भएमा नि ?

यस्तो अवस्थामा धारा ३६ङ. बमोजिम राष्ट्रपति पदमुक्त भई अर्को राष्ट्रपति निर्वाचित नभएसम्म वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ।

अहिले स‍ंविधान सभा वा स‍ंसद नरहेको अवस्था भएकोले तत्काल अर्को राष्ट्रपति निर्वाचित हुन सम्भव छैन। त्यसैले उपराष्ट्रपति नै कार्यवाहक राष्ट्रपतिका रुपमा रहिरहनेछन्।

फेरि एउटा कल्पना गरौँ- कार्यवाहक राष्ट्रपतिका रुपमा रहेका उपराष्ट्रपति कतै विदेश भ्रमणमा जानु परेमा वा उनको पनि कथ‍ंकदाचित मृत्यु भएमा चाहिँ के होला त ?

यसको कल्पना अहिलेको स‍ंविधानले गरेको छैन। संविधान सभाको दोस्रो निर्वाचन हुने पनि कल्पना नगरिएको र प्रधान न्यायाधीश प्रधानमन्त्री पनि बन्ने पनि कल्पना नगरिएको परिस्थिति अहिले देशमा विद्यमान रहेकोले कल्पना नगरिएका परिस्थितिहरुको कल्पना गर्न हामी बाध्य भएका छौँ। साँच्चै त्यस्तो भइहाले चाहिँ के होला ?

अमेरिकामा त्यस्तो अवस्थामा सभामुख राष्ट्रपति बन्ने चलन छ। सभामुख पनि नभएमा सिनेटका President pro tempore बन्छन्। उनी पनि नभए विदेशमन्त्री। त्यसपछि मन्त्रीहरुको लामो लिस्ट छ। भएभरका सबै मरे भने चाहिँ के होला भन्ने जिज्ञासा कसैले राखेको भेटिन्छ इन्टरनेटमा।

भेनेजुएलामा अस्ति भर्खर त्यस्तै अन्यौल भएको थियो। कार्यवाहक राष्ट्रपति र राष्ट्रपति निर्वाचित तर शपथ लिइनसकेको अवस्थामा ह्युगो चाभेजको मृत्यु भयो। अब उपराष्ट्रपति कार्यवाहक हुने कि सभामुख कार्यवाहक हुने ? कार्यवाहक राष्ट्रपति मात्रै मरेको भए उपराष्ट्रपतिले कार्यभार सम्हाल्थे। राष्ट्रपति निर्वाचितको मृत्यु भएको भए चाहिँ सभामुख कार्यवाहक भई सरकार चलाउँथे।

सार्क छिमेकी राष्ट्र बंगलादेशमा उपराष्ट्रपति हुँदैनन्। राष्ट्रपतिको पद रिक्त भए सभामुख कार्यवाहक हुन्छन्। पाकिस्तानमा पनि राष्ट्रपतिको पद रिक्त हुँदा सभामुख कार्यवाहक हुने चलन छ।

नेपालमा त स‍ंसद नभएकोले सभामुख पनि छैनन्। त्यसैले संविधानमा नभएको भए अन्तर्राष्ट्रिय प्रचलन अनुसार भनेर सभामुखलाई ल्याउन पनि सभामुख नभएको अवस्था छ।

श्रीलंकामा राष्ट्रपतिको पद रिक्त भए प्रधानमन्त्री, उनी पनि नभए सभामुख र उनी पनि नभए प्रधान न्यायाधीश ल्याउने व्यवस्था छ। भारतमा राष्ट्रपति र उपराष्ट्रपति दुवैको मृत्यु भए के गर्ने भन्ने व्यवस्थै थिएन। सन् १९६९ मा स‍ंविधान सं‍शोधन गरेर बल्ल त्यस्तो अवस्थामा प्रधान न्यायाधीश वा उनको पनि अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कार्यवाहक राष्ट्रपति हुने व्यवस्था राखिएको हो।

अर्को स‍ंवैधानिक अंग भन्दै सर्वोच्चका प्रधान न्यायाधीशलाई ल्याउँ भने पनि अहिले त हाम्रोमा प्रधान न्यायाधीश स्वय‍ं कार्यपालिका प्रमुख प्रधानमन्त्री बनेको स्थिति छ। कार्यवाहक प्रधान न्यायाधीशलाई ल्याउने हो भने कार्यवाहक प्रधान न्यायाधीश चाहिँ राष्ट्रपति र प्रधान न्यायाधीशै चाहिँ प्रधानमन्त्री बन्नुपर्ने हुन्छ, त्यो पनि प्रोटोकल मिलेन। भनेपछि के हुँदो रहेछ त ? अन्यौल छ। त्यसै पनि कम अन्यौल छ र अहिले हाम्रो देशमा। आशा गरौँ, नयाँ चुनावपछि बन्ने नयाँ संविधानमा यस्तो हुँदा के गर्ने भन्ने बारे राम्रै व्यवस्था गर्नेछन्। त्यतिन्जेल यस्तो अन्यौल अहिल्यै देशमा नआउने कामना गरौँ र राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ।

67 thoughts on “राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?”

  1. shantdil says:
    June 22, 2013 at 10:25 am

    देश कसले चलाउने चल्ने भन्दा पनि नियत माथि शंका नगरे नेपाल केहि गर्न कसैले नसोचेको हुनाले यो समस्या आएको हो. नेपाल मा नेता र पार्टी बर्षा को च्याउ भन्दा कम छैनन्. चाहे राजा, रास्ट्रपति, प्रधान मन्त्रि अथवा कुराले स्वोर्ग बनाउने सपना साट्ने नेता हुन्. एकपटक बिरामी भएर वा बिरामीको बहानामा विदेश मा जम्बो टोलि लिएर जान्ने र राज्यको ढुकुटी खर्च गर्ने सबै जना नेपाल आमा लाइ चुस्ने जुका सरह हुन्.

    आन्द्रा मा कालो दाग छुट्याउन नसकेर जापान जानु पर्ने अवस्थाले नेपालको चिकित्सा प्रणाली लाई प्रश्न खडा गरेको जस्तो लग्यो मलाई त, खै के भाको हो ?

    सायद मलाई लग्छ यिनी हरु जुन्देश मा गएर उपचार गरे पनि त्यहाँको हस्पिटल मा काम गर्ने नेपाली डाक्टर संग उपचार गराएर सन्चो भएर फर्कन्छन. नेपाली हरु संसार मा जहाँ पनि राम्रो दक्षता साथ् काम गरिरहेका छन् .

    नेपालको माथिल्लो ओहोदामा बसेर नेपाल चुस्ने हरुले नेपाल मा एउटा भरपर्दो अस्पताल बनाएर वा भैरहेका अस्पताल मा आधुनिक यन्त्र मात्र किनेर रखिदियेअ त त्यो अस्पताले ३ करोड नेपाली लाइ नै सेवा दिने थियो, राज्य को सम्पति को सहि उपयोग हुने कुरालाई यी नेताले यो कुरालाई बुझेर बुज पचाई रहेका छन् जस्तो लग्छ.

    अन्तमा विदेश गएर उपचारको नाममा देश लुट्नु को सट्टा नेपालका अस्पतालमा आधुनिक येन्त्र खरिद गरेर स्वदेशमा उपचार गर्ने बानि गर्नाले रास्ट्रको सम्पति लुटिने क्रम घट्ने र ३ करोड नेपाली ले पनि त्यो लगानीको प्रतिफल पाउन सक्ने आवस्था आउने थियो.

    तेसैले हाम्रा आदरणीय रास्ट्रपति पेशाले पनि चिकित्सक भाको नाताले चांडो स्वास्थ्य लाभ गरेर फेरी देखि बिदेशमा उपचारको निउमा राष्ट्र धुत्न बाट जोगाउनु हुन आवस्यक कदम चाल्नु हुनेछ भन्ने आशा गर्दछु.

    Reply
  2. Pabitra shah says:
    June 21, 2013 at 11:29 am

    काँग्रेस पार्टीको नेपालीहरु सबैजना जापानर आएका जति संरनार्थी भएछन /आफनै देशको नेताहरु हरुको विश्वास र भरोसा नभएकोले रास्ट्रपति पनि आफै डाकतर भएपनि सबै अफुसंगे गर्नेहरुको सीपमामसमेत भरोसा नभएको ले भैविस्यमा छोरा र छोरि र भतिजलाइ जापान मै बसोबास को प्रबन्द गर्न आएको होला /किनभने तलब भत्ता येत्स्था नै छ खर्च गरिने ठाउं छैन / उपरास्त्रपति चीन
    जाने म मात्र के को कम बिरामी को बेला मौका मा चौका येहिहो / आफ्नो देशको असपताल गरिब जतिको परिच्येंथलो बनोस भनेर होला /

    Reply
  3. Micasa says:
    June 20, 2013 at 4:01 pm

    हजुरआमाले भन्थिन “नेवारको भोजमा जे मा पनि कुरा काट्छन, केई नपाए अइला हाल्नि मैचाको मुखमा दाग भन्छन”, यो भयो पुरानो नेपाली समाजका बाहुनहरुको उखान | साम्प्रदाइक हुन खोज्या हैन, तर माथिका comment पढदा झल्यास्स हजुरआमाको भनाइ याद आयो |

    रास्ट्रपति जस्तो मान्छे बाहिर जादा १० जना गयो भनेर येत्रो हंगामा किन ? फेरी कतिनै धेरै खर्छ हुने हो र भन्या ? ३ करोड जनताको रास्ट्रपति हुन् जे भए पनि |

    तेस्तै पैसाको कुरो गर्नी हो भने त, रास्ट्रपति भन्नि पद नै हटाउनु पर्छ नि १०/२० लाख नेपाली रुपैया बच्ला १९ अर्ब अमेरिकी डलर GDP भएको देश मा | कुनै पनि देश मा सरकारी आहोदा का उच्च मान्छेहरु ले येति खर्छ गर्नु ठुलो कुरो हैन |

    चाहिने कुरा को बिरोध गर्नी आंट छैन, नचाइने कुरामा बिरोध गर्यो बस्यो……..

    लाटो देशमा गाड़ो तन्नेरी भन्या येही हो

    Reply
  4. madan bajracharya says:
    June 20, 2013 at 5:58 am

    पासमा रहेका र पदमै नरहेका नेताहरुले समेत सरकारी खर्चमा:

    ०१. बती पानि टेलिफोन बिजुली कम्युटर इन्टरनेट कनेक्सन लगायत सबै सुविधायुक्त आवास पाउने; कार्यालय पाउने/
    ०२. परिबार सहितले देस र बिदेशमा उपचार गर्न पाउने/
    ०३. महिनाको २०० देखि ४५० लिटर सम्म निशुल्क इन्धन र चालक सहित महंगा गाडीहरु पाउने/
    ०४. सुरछ्या गार्डहरु, इस्कर्तिंग कर्मचारी निजि सहायक पाउने/

    उल्लेखित कुराहरुत देखिने गरि लिने गर्छन इनिहरुले नदेखिने अरुलाई हात थाप्न लगायर तेस्मा पनि आफ्नो हात जगन्नाथ गर्छन/ ठुला पदमा कसले कसलाई कहा नियुक्त गर्ने भन्ने कुरामा समेत भागबण्डा मिलाउने इ भुतनाथहरुले संबिधान सभाको सभासदहरुको भत्ता र लडाकुले पायको रकम समेत झ्वाम्म परेको छ/

    कुनै ब्यापार गर्दैन/ कुनै कुनै बाहेक कसै सिट पुर्ख्यौली सम्पति पनि छैन/ तापनि आलोशान घर बंगलाहरु र महंगोमा महँगो जग्गा सम्पति जोदेकै छ मिठो मिठो घिच्चेकै छ/ सन्तानहरु महँगो स्कुल कलेजमा मात्रै होइन बिदेशमा समेत पढाउन पथायकै छ/ अझ कुनै त् हेलिकप्टरमा घुम्छन पनि/

    आम नागरिक र सामान्य कर्मचारीले श्रोत नखुलेको सम्पति राखे कानुन लाग्छ बिगो बमोजिमको दण्ड समेत तिर्नु पर्छ/ तर इनिहरुलाई कार्यवाही गर्ने कुनै निकाय नै छैन/ निर्वाचन आयोगले ले उम्मेदवार बन्न सम्पति विवरण दिनुपर्ने ब्यबस्था गर्नु पर्ने भनेको समेत नमान्ने इनिहरु को हुन्; कति जना छन् यस्ताहरु; कतिजना सम्मले यस्तो सुबिधा पाउने हो यसको पनि हिसाव छैन/ यति त् कुनै राना शाहले पनि गरेको थियन जत्ति इनिहरुले गर्दै आयको छ/

    Reply
  5. योगेश आदी says:
    June 19, 2013 at 8:56 am

    नेपाली उखान; “राजा मरेर राज्य अड्किन्छ र ?”
    केहि पनि हुदैन / हुटिट्याउले कहिले नै पो आकाश थामेको छ र ?

    Reply
  6. dipen says:
    June 18, 2013 at 11:07 pm

    अब आर्मीको मुटु भय चोर नेता सबैलाई ठोकेर देशमा आर्मी सासन चलाय हुन्थो नि .देशमा भयका सबैले ८ घण्टा काम गर्ने ,देश बन्द गर्ने ठोकेर ,सबै जनतालाई समान गरेर ,१५ वर्ष एसो गारो हाम्रो देश कति राम्रो हुन्थो ,हे पशुपति नाथ येति गरि देयोउ त .

    Reply
  7. Biswash says:
    June 18, 2013 at 9:38 pm

    संबिधान र नियम कानून भनेको सहमतीय दस्तावेज हुन् | जुन बेला सहमति सकिन्छ यस्ता कागजका खोस्टाले केहि महत्व राख्दैन भन्ने कुरा नेपाली बाहेक अरु कसले राम्ररी देखेका , बुझेका र भोगेका छन् र !

    Reply
  8. subodh nepal says:
    June 18, 2013 at 7:05 pm

    देश चलाउने अब लोकमानले हो । खिलराज र रामवरणलाइ विदा गरेर लोकमानलाइ नै कार्यकारी राष्ट्रपित बनाइदिए हुन्छ ।

    Reply
  9. Gautam Manandhar says:
    June 18, 2013 at 1:08 pm

    At least I am convinced that our President would not have accepted to go for an expensive treatment in Japan unless really needed. Just think about this simple man with highest personality who dares to walk to Teaching Hospital from his residence, goes to Bir Hospital for check- up. All these acts encourage and boost up us in our own products.

    Reply
  10. Jeevan Thapa says:
    June 18, 2013 at 6:40 am

    डा. साहेब अल्कोहल त पिउन्दैनन होला सो यो अरु केहि होइन नेपाली जनतालाई संबिधान नदिएर सधै देशी बिदेशी महापुरुषहरुलाई राष्टपति भवनमा दिने र आफु पनि पिउने चियापान को कमाल हो!
    अब जे जस्तो भए नि शिघ्र स्वास्थ्य लाभको कामना!!!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      June 18, 2013 at 11:13 am

      यथार्थमा हेर्ने बेला भएको छ जनताको तन्त्र हो या हो यो नेताको तन्त्र ….. आज हेरौं जीवन भरको आफ्नो सपना अनि सन्ततिको भविश्य नै सखाप हुनेगरी दार्चुला लाइ महाकालीले आफ्नो छाल संगै लिएर गयो ! एउटा राष्ट्रपतिको आन्द्राको घाउले १० जनालाई जापान पुर्यायो अब कति लाख वा करोड तत्काल निकाशा हुन्छ त्यसको लागि निर्विवाद सहमति बनेकोछ तर त्यो दार्चुला लाइ राष्ट्रपतिको जत्थाको एयर टिकटको मुल्य बराबरको रकम पनि राज्य र यहाँ जनताको शिकार गर्ने यी नेता रुपी गोहिले राहत स्वरुप निकाशा गर्ने छैनन् ! चुनावको मौका छ सबैले आ-आफ्नो टट्टू समवेदना प्रकट गरेर गोहीका आँसु बगाउने छन् तर हेरौं राष्ट्रपतिको जापानमा हुने खर्च अनि दार्चुलामा बर्तमान र भविश्य नै सखाप हुनेहरुले यो सरकार बाट पाउने राहतमा कति न्यायपूर्ण हुनेछ हेरौं !

      Reply
    2. mahesh says:
      June 18, 2013 at 12:41 pm

      उपचार मा जादा कानुनि सल्लाहकार र शिस्ताचार महापाल किन? तेही भएको आवासीय राजदुत हुदा हुदै यो कानुनि सल्लाहकार, शिस्ताचार महापाल भन्ने लंठु हरु किन गएका हुन्?

      Reply
  11. वास्तव says:
    June 18, 2013 at 3:20 am

    के गर्ने हरे भगवान. सबै नेताहरु येसरी विदेश जना थाले भने देसको बीर अस्पताल, टिचिङ्ग अस्पताल अनि पाटन अस्पताल को हालत के हुने हो. समग्र मा देश को स्वास्थ्य नै के हुने हो र अब. बरु रास्ट्रपति महोदय ले उहाको उपचार को लागि उपकरण को कमि भए बरु उपकरण मगाएर आफ्नो उपचार गर्नु पर्थ्यो अनि तेस्तै बिशेष डाक्टर नभएको भए संसारक को जुन कूनामा दक्ष नेपाली डाक्टर छन् उसलाई झिकाउनु पर्थ्यो. तर उल्टो भएछ नेपाल मा . साएद रास्ट्रपति महोदयको निहुँ मा अन्य नेपाली ले पनि सेवा पाउँथ्यो कि? के गर्नु नेता हरु बाट सिकेछ हाम्रो रास्ट्रपति ज्यु ले. आखिर उहा पनि एक जमाना मा नेता न पर्नु भयो. स्मरणीय होस् अहिले सम्म जति नेपाल क चोर नेता हरु ले विदेश मा उपचार गराए त्यो सबै खर्च को उपकरण किन्ने हो भने साएद नेपाल मा नै अत्याधुनिक उपकरण हरु अहिले सम्म उपलब्ध भै सकेको होला के गर्ने. हामी नेपाली को भाग्य नै एस्तो . दङ्ग हड्ताल अनि बन्द टाएर अनि गाडी जलौना बल्न खप्पिस.
    यिनै नेता हरु को आडमा भारत बाट पेलान खाइरहेका हामी नेपाल निमुखा के गर्ने. अब पनि राजा लाइ हामी ले स्थान नदिने हो भने हामी स्वतन्त्र राज्य नेपाल को नेपाली होइन हामी नेपाल प्रान्त को नेपाली मात्र हुने छौँ . स्मरण भया

    Reply
  12. dhan says:
    June 18, 2013 at 1:13 am

    एस्तो आन्द्रा मा दाग त प्रचण्ड लै हुनु पर्ने…… खै काल अनि हैजा नि कहाँ छ कुन्नि विचरा थापना रास्ट्रपति लै पो …

    Reply
  13. Gajen Pakhrin says:
    June 18, 2013 at 12:59 am

    देश भक्त कुनै मान्छे जन्माउन नसक्ने मेरो लाचारी देश ! कहिले सम्म नालायक
    हरु को भिड बढाई राख्ने हो कुन्नि ?

    Reply
  14. Yogi says:
    June 18, 2013 at 12:54 am

    सिघ्र स्वस्थ लाभ को कामना !..

    Reply
  15. Ramesh babu says:
    June 18, 2013 at 12:43 am

    Get well soon …….

    Reply
  16. Karunakar Nepali says:
    June 17, 2013 at 11:34 pm

    रास्ट्रपति महोदयको शिघ्र स्वस्थ लाभको कामना गर्दै केहि तितो कुरा पनि राखी हाल्न चाहन्छु. गरिब मुलुककै भए पनि रास्ट्रपति जस्तो मानिसलाई लाइ जापान लैजानु अन्यथा हैन तर दस जनाको जम्बो टोलि उनको पछि लागेको देख्दा पटक्कै चित्त बुझेन. रास्ट्रपति बाहेक उनको एक छोरा र निजि चिकित्सक गरि तिन जना मात्रै गएको भए पुग्ने ठाउमा मौकामा चौका हान्न पाइयो भन्ने सोचेर ३-३ जना सुरक्षा कर्मी, कानुनी सल्लाहकार, सिष्टाचार महापाल किन जानु पर्यो? मलाई हासो (साथै रिस) उठेको कुराहरु निम्न छन्-
    १. कानुनी सल्लाहकार को त्यहाँ के काम हुन्छ ? मुद्दा पर्ला भनेर?
    २. जापान सुरक्षा अत्यन्त राम्रो भएको मुलुक हो. त्यस बाहेक जापानीहरुले आवश्यक प्रबन्ध मिलाई हाल्छन. यहाबाट गएका डुकु लनठु हरु को त्यहाँ केहि कामै छैन.
    ३. नेपालले करोडौ खर्च गरेर त्यहाँ दुतावास राखेकै छ. राजदुत लगायत कर्मचारी हुदा हुदै त्यो शिस्ताचार महापालले त्यहाँ गएर के गर्छन?
    ४. छोरी लाइ पनि लैजानु आवश्यक थिएन.
    ४. ति नाम नखुलेका दुइ जना को हुन्? के प्रयोजनको लागि लगिए?

    पहिला पहिला राजाले गरे जस्तो तामझाम गरेर हिड्नु जनताका छोरालाइ नसुहाउने कुरा हो. फेरी उनि सिकिस्तै भएका पनि त होइनन नि. ठम ठम हिडेरै जान सक्ने मान्छेले त्यत्रो फौज बोकेर हिड्दा आफ्नो छविमा असर पर्ला भन्ने सोच्नु पर्ने थियो. एउटा राम्रो उदाहरण देखाउने मौका उनले चुकाएकै हो.

    Reply
  17. neerose says:
    June 17, 2013 at 9:58 pm

    इण्डिया रिसाउने हुन् कि क्याहो अब!
    इन्डिया नगई जापान गयछ बाजे!
    पहिलो पटक र एकै चोटी सुनियो आन्द्रामा दाग भनेर अनि सिधा जापान?
    जापान?, कतै छोरा र छोरीको रहर अनि करले त होइन?
    बाउको उपचार भन्दापनि छोराछोरीको रहर पुरा गर्न जापान जानला हो कि भन्ने लाग्छाक्या?
    ह्या, अरु तेस्तो होइन यो मन नै उस्तो हो क्या, त्यै भनेर भन्याहोला “यो मन त मेरो नेपालि …हो!”
    शिघ्र स्वास्थालाभाको कामना!
    (एक त रोगलाग्या मान्छेलाई कामना नगर्नुपनि भयन, असम्बेदनाशील र अमानाबियता हुने छ! त्यो भन्दा पनि, झन् त्यो माथि रास्ट्रपति! अझै त्यो भन्दापनि यहा रास्ट्रपति ज्युको शिघ्र स्वास्थालाभ भयन भने देशमा थि ठुलो आर्थिक आघात पर्ने होकी जस्तो पो बुझिन्छ त, जापानिज हरुले पनि फेरी एक महिना राखेर अमेरिका रिफर गरिदियभने पो बर्बाद छ!)

    Reply
  18. Om says:
    June 17, 2013 at 9:47 pm

    सालोक्य जी,

    नेपाल पशुपतिनाथ जी ले चलाउने हो | नत्र भने यत्रो भद्रगोल हुँदा पनि हामी नेपाली धैर्य का साथ बाचेका छौं | त्यो स्थिति मा पशुपतिनाथ जी ले नै जुक्ति जुराउनु होला |

    Reply
  19. सार्थक says:
    June 17, 2013 at 8:57 pm

    नेपालका प्रथम राष्ट्रपति श्री रामबरण यादव ज्यूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु |

    Reply
  20. James Rajendra says:
    June 17, 2013 at 7:44 pm

    राष्ट्रपतिको शिघ्र स्वास्थ्य लाभ को कामना छ

    Reply
  21. Ram says:
    June 17, 2013 at 6:29 pm

    यस्तो अवस्था आयो भने लोकमान लाइ रास्ट्रपति बनाउन बेर लगाउदैनन नेपाल मा

    Reply
  22. dharmendra says:
    June 17, 2013 at 6:15 pm

    शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु /

    Reply
  23. lok nath sigdel elmhurst newyork usa. says:
    June 17, 2013 at 6:03 pm

    नेपाल तेस्तो देश हो जहाँ संबिधान भए पनि नभए पनि खासै फरक पर्दैन यो देशमा कसले संबिधान ले तोके अनुसारको काम गरेको छ र? २५ % पनि संबिधान अनुसार नचल्ने यो देश मा संबिधान हुँदैमा देश माथि पुग्छ भन्ने कुरा पनि तेती बिस्वसिलो लाग्दैन, देश पशुपति नाथ को किर्पामा चलेको छ भन्दा साएद फरक नपर्ला कि..!!!

    Reply
  24. Sisir says:
    June 17, 2013 at 5:59 pm

    राष्ट्रपत्नी ले काम चलाउन हुने थियो तर त्यो पनि सम्भब छैन , हाम्रा राष्ट्रपति परे बिदुर .. यो त भयो ठट्टा ,
    साँचो भन्ने हो भने यो देश यो वा त्यो राजा वा नेताले चलेको देश होइन, यो सब भगवान भरोसा चलेको देश हो , तेसैले रास्ट्रपति नहुदा पनि केहि होला जस्तो छैन ..

    Reply
  25. dor prasad says:
    June 17, 2013 at 5:05 pm

    संबिधान मा अन्नेउल भएमा कुनै देश मा पनि “जस को सक्ति उसको भक्ति हुन्छ “, ४ दल ले (बिदेशी सहारा मा ) सक्ति देस्खाये कुनै “पति” ले सासन गरलान समझदारी मा, नत्र नेपाली सेना छदैछ नि …. कोहि न भए बिदेशी सेना लै मौका मिल्छ …..

    Reply
  26. aditya says:
    June 17, 2013 at 5:04 pm

    सम्बेदहिन कमेन्टहरु धेरै देखियो!!!
    राष्ट्रपतिको शिघ्र स्वस्थालावको कामना

    Reply
  27. दिगम्बर says:
    June 17, 2013 at 4:19 pm

    राष्ट्रपति नभएको बेलामा उपराष्ट्रपति अनि उपराष्ट्रपति पनि कुनै कामले बिदेश जानु पर्ने भयो भने श्री ४ को सरकारको बैठक बस्ने भागबण्डा मिलाउने अनि कुनै एउटालाई लगेर मुर्ति स्थापना गरि दिने नि । आखिर सेरेमोनियल पद त हो नि । जस्लाई लगेर राखि दिए पनि हुन्छ ।

    Reply
  28. NirAJ says:
    June 17, 2013 at 1:45 pm

    राष्ट्रपतिको छोरा छोरीलाईपो खुब ताल पर्ने भयो लौ /

    यता बाउको उपचार हुने, उता जापानपनि घुम्नु पाउने l आखिरी खर्चको लागि नेपाल सरकार जिन्दाबाद छदैछ क्यारे l

    Reply
  29. Bijaya says:
    June 17, 2013 at 1:43 pm

    रास्ट्रपतिजीलाई सिघ्र स्वास्थलाभको कामना गर्दछु|

    Reply
  30. rajesh says:
    June 17, 2013 at 1:14 pm

    परमानन्द झा लार्इ भयो नि फार्इदा त तर नेपालको चाही दुर्भाग्य हो है यस्तो ब्यक्ति राष्टपतिको बिकल्प बन्नु जसलार्इ नेपाल र नेपालीपनको कुनै मोह छैन राष्टपतिको स्वास्थ्य लाभको कामना

    Reply
  31. SURENDRA hongkong says:
    June 17, 2013 at 1:08 pm

    निरिह जनता जाजरकोट मा जिबन जल खान नपाई हिजो मरेको जस्तो लागेको थियो भने ओहोदा मा बस्ने हरु कब्जियत हुदा जापान,सिंगापुर ,अमेरिका नै जानु पर्ने कस्तो मजा को सिस्टम?सम्भिधान सभा रोगि हुदा भारत लानु पर्ने अनि ठुला बडा बिरामी हुदा तेस्रो मुलुक कति मजा /

    Reply
    1. Jeevan Thapa says:
      June 18, 2013 at 6:48 am

      गज्जब कुरो गर्नु भयो सुरेन्द्र जी ले!
      ओहोदामा बस्ने हरुलाई बिरामी खर्च कति सम्म दिने भनेर सरकारले एउटा नियम नै बनाउनु पर्यो होइन भने नेपाली जनताले खुन पशिना बगाई बगाई तिरेको करबाट हाकिमहरु ले बिदेशमा उपचार गराउन मिल्दैन!

      Reply
  32. SUSHIL (MALAYSIA ) says:
    June 17, 2013 at 1:07 pm

    जे गरे ने जसो गरे ने चल्छ नेपाल मा !

    Reply
  33. Hari Prasad Lamichhane-Saudi Arab says:
    June 17, 2013 at 12:57 pm

    जहाँ लागे नि हुन्छ इन्डिया नलागेकोमा धेरै खुशी लाग्यो,

    Reply
  34. सन्तोष says:
    June 17, 2013 at 11:51 am

    होइन १०-१० जना किन जानु पर्यो? कानूनी सल्लाहकारको त्यहाँ के काम? छोरा या छोरी, निजि चिकित्सक र १/२ जना bodyguard भए पुगिहाल्छनि ! शिष्टाचार को लागि त राजदूतनै हाजिरछननि जापान मा!

    Reply
  35. Nirmal B. says:
    June 17, 2013 at 11:44 am

    यदि धनाड्य र ठुला ठालु बिमारी हुदा बिदेस लानु पर्छ त्यो पनि सरकारी खर्चमा? गरिब बिमारी हुदा चाहि सिटामोल पनि नपाइने? हामि पनि नेपालि आगरिक होउ सर्बसाधरण नगरिकले झैँ बिमारी हुदा जसरि आफ्नै देसमा आफ्नो क्षमता ले भ्याएको उपचार गर्ने गरे हुन्न र? होइन भने सुबिधा सम्पन्न अस्पताल सर्बसाधरंलाई पनि जरुरि हुन्छ त्यो आफ्नै देसमा किन नबनाएको ? खोइ प्रेरणादायी व्यक्तित्व नेपालमा? व्यक्तिगत रुपमा रास्ट्रपति संग वा अरु कुनै पनि मन्त्रि संग मेरो कुनै पनि दुस्मनी छैन.र उहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्छु . तर पनि कम्तिमा उपचार खर्छ चाहि व्यक्तिगत रुपमा उहाको गरेर एउटा उदाहरनिय नमुना प्रस्तुत गर्दा आउदो पिदिका लुताहाहरुले पनि देस लुट्न बात बच्थियो नत्र त हाम्रा लागि जुन जोगी आए पनि कानै चिरेका ? आखिर सबैले एकदिन मर्ने पर्छ गरिब देशलाई थप आर्थिक भार लगाएर किन मर्नु????

    Reply
  36. sekhar says:
    June 17, 2013 at 10:42 am

    आफु लाइ रोगः लाग्दा जापान ले ठिंक पार्ने भए रोगि नेपाल पनि जापान लाइ जचाउने दिए कस्तो होला यादब जी

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      June 17, 2013 at 1:54 pm

      रोग लागे पछि उपचार त गर्नु नै पर्यो तर मैले नबुझेको त नेपालमा यी नेतालाई भन्दा जनता हरुलाई कैयन ठुला रोग लागेका छन्, लाग्छन र उनीहरुको लागि सधै बिर अनि टिचिंग अस्पतालमा वा भनौं नेपाल भित्रैका डाक्टरहरु सक्षम हुने तर यी नेता जसले राज्यको ढुकुटी बाट उपचार गर्छन उनीहरु किन विदेश नै जानु पर्ने हो ? अस्ति भर्खर नारायण काजिले लाखौँ रुपियाँ जापानमा उपचारमा खर्च गरेर आए, के.पी. ओली दिल्लीका स्थाई भए जस्तै छ, प्रचण्ड श्रीमती लाइ लिएर बैंकक पुग्छन सधै यी त प्रतिनिधि पात्र मात्र हुन् होइन भने ९०% नेता बिदेशमै उपचार गर्छन राज्यको पैसाले ! नेताको उपचार हुन् नसक्ने अस्पताल अनि चिकित्सक उत्पादन भएको हो भने राज्यले शिक्षा अनि स्वास्थ्य क्षेत्रमा यति लगानी गरेर किन बालुवामा पानि खन्याउन्दै छ ? त्यसो होइन अस्पताल अनि चिकित्सक योग्य छन् भने राज्यको ढुकुटीमा यसरी ब्रह्म लुट किन गरिन्छ ? आर्थिक क्रान्तिका कुरा गर्ने अर्काका श्रीमती कागले चल्ला टिपे जस्तो टिप्ने, उद्योगी, सर्व साधारण वा फरक मत राख्ने लाइ अपहरण गरेर असुली गरेर महल बनाउने, ठुला भाषण गरेर नेता बन्ने अनि राज्यको कोषबाट यसरी सधै मामाको धन, फुपुको श्राद्द गर्दा हामि गरिब नेपालीको श्राप नलाग्ला ? हाम्रा नेताहरुको निर्लज्जताको कारण आज हामि उनीहरुका पिडामा पनि सहानुभूति भन्दा आफ्ना तर्क अनि श्राप फलाक्न आतुर छौं उनीहरुको दुखमा हामी संग बगाइदिन २ थोपा बनावटी आँसु पनि बाँकी रहेनन् ..हरे यो हाम्रो कठोर मनको उपज होला कि…यी नेता रुपी दुष्टहरुको अकर्मन्यताको असर ?????????

      Reply
      1. Jeevan Thapa says:
        June 18, 2013 at 2:08 pm

        यसो बुझ्दा खेरि कुरो के रहेछ भने नेपालका डा. साहेबहरु ले ठुला बडा नेताहरु को सर्जिकल नेपालमा गर्न सक्ने रहेनछन, साधारण जनताको अथवा गरिब नेपालीको हुन्थ्यो भने सर्जिकल गर्दा कपास, कैची, धागो जे कुरा पेट भित्र छाडिदिए पनि हुने थियो अब तेत्रा बडा नेताहरु को सर्जिकल गर्दा फ्याट्ट कैची छाडियो भने डा. को जागिर त चट्…त्येही भएर ठुला नेता लाइ सानोतिनो रोग लाग्दा नि नेपालका डा. साहेब हरु विदेश पठाईदिन्छन !!!!!!!!
        अब नेताहरु को होस् वा हाकिम हरुको बिरामी खर्च इन्सुरेन्स कंपनीले बेहोर्नु पर्ने कानुन चाहियो यदी तिनीहरुले बिरामी इन्सुरेन्स तिरेका छन् भने होइन भने सबै जनता देशको लागि बराबर हुन्छन नेता हुँदैमा बिदेशमा उपचार गर्न पाहिने गरिबको छोरा छोरी सिटामोल समेत नापहिने हुनु भएन….!
        सडकमा कुखुरा मर्दा नेपाल बन्द गर्ने हरु हो सक्छौ भने यी नेताहरु बिरुद्द बन्द गरेर देखाऊ !!!

        Reply
  37. aks says:
    June 17, 2013 at 10:29 am

    बौ, छोरा अनि छोरि, मज्जा गर्ने भो जापान मा…

    Reply
  38. safal says:
    June 17, 2013 at 10:11 am

    डराउनु पर्दैन , चार पार्टि बैठक बस्छन , अनि सहमतीमा राष्टपति भन्छन , कसैको पतिलाइ राष्टपति बनाइदिन्छन । यति सजिलै हुन्छ नेपालमा, सँविधानमा किन चाहियो र ? नत्र खिलरजकै उदाहरण हेर्नुहोस ।

    Reply
    1. द्रोण says:
      June 17, 2013 at 10:48 pm

      कसैको पति मा उनीहरुले सहमति गर्ने भए देश मा धेरै कुरा भैसक्थ्यो होला , ठुलो पद जति आफ्नै श्रीमतीको पतिलाई चाहिन्छ जस्तो गर्छन र पो ?

      Reply
  39. द्रोण says:
    June 17, 2013 at 9:43 am

    आर्थिक रुप मा भन्नु पर्दा ” लुटको धन फुपुको श्राद्द ”|
    नेपाल कसैले चलाउन पर्दैन आफै चल्छ , हिजो बिरेन्द्र मोर्दा युग कै अन्त भो जस्तो गरेका थिए जेठ २० गते बिहान पनि भयो त् |

    Reply
  40. nagin says:
    June 17, 2013 at 9:03 am

    सुभ यात्रा …………..अनि सुभ आगमन ………

    Reply
  41. radheshyam Thapa says:
    June 17, 2013 at 8:55 am

    बधाई छ परमानन्द झा मौकाको फाइदा उठैहाल/ त्यै मौकामा इंडिया को भ्रमण गरिहाल अनि २,४ वटा सम्झौता गरिहाल/ तपाइको पनि नाम रहनेछ /

    Reply
  42. राम चन्द्र says:
    June 17, 2013 at 8:31 am

    जे होस् बहाना नहोस बहानामा देसको सम्पति नसकियोस सिघ्र स्वस्थ लाव को कामाना

    Reply
  43. Pabitra shah says:
    June 17, 2013 at 7:54 am

    गरिब रास्ट्रको धनीबजेट ठुलो ठालुलाई मात्र राज्तान्तंत्र देखि आएको चलन लोकतन्त्रमा पनि हराएको छैन / बुद्धिममान डाक्टर लाई रास्ट्रपति बनएको त्यो बानीको तेही काँग्रेस को घुस्या भ्रस्टचारी नै पर्यो /देश क्यान्सर अस्पताल केहि पनि कामनालागनेभो / एक नेपाली को १५०००हजर रुपिया ले पस्स्पोर्ट बनाएर दुखको गरेको पैसा सकलन गरेको र तिरेको सबै एस्तो नेताहरुको उपचार मा सिध्याउने भो / नेपालमा कति सम्म राणाकालिन दाउपेचको देश कंगालबनाउने रहर अहिले को लोकंत्रण नेताहरुमा पनि त्यो रोग निको भएको छैन /

    Reply
  44. Suraj Shrestha says:
    June 17, 2013 at 7:42 am

    हालको राष्ट्रपतिको अनुपस्थिमा दुर्भाग्यपुर्व नेपालको राष्ट्रिय नेपाली भाषामा उप-रास्ट्रपतिको सपथ नलिने श्री परमानन्द झा स्वत: नेपालको कार्यबहाक रास्ट्रपति हुने छन्
    पछि के के हुने बारे कुरा अन्योल छ

    सुरज श्रेष्ठ

    Reply
  45. cRIS says:
    June 17, 2013 at 7:36 am

    दालमे कुछ काला है भन्ने, लाग्दैछ|

    Reply
  46. ryan says:
    June 17, 2013 at 6:44 am

    नेपालमा राम्रो र महत्तो पूर्ण काम हुने बेलामा कुख्य मान्छे बिरामी को भान गरेर बिदेसिनु परम्परागत कमजोरीको उपज हो

    Reply
  47. punya hawaii says:
    June 17, 2013 at 6:22 am

    देशमा त भाडभैलो चलेकै छ।बिभिन्न क्यान्सर अस्पताल छदा छदै जापान जाने लाने कार्य अर्को भाडभैलो हो।आखिर अरुहरु बिभिन्न बहाना बनाएर बिदेश घुम्छन भने राष्ट्रपतिले मात्र घुम्न नपाउने कारण के छ र ।

    Reply
    1. shyam says:
      June 17, 2013 at 9:01 pm

      मलाई लाग्दैन कि हाम्रा राष्ट्रपिता रामबरण यादव देशको पैसा रित्याउन मात्र जापान जान लाग्नु भएको/ उहा संग प्रसस्त मौकाहरु थिए विदेश घुम्न जनाको लागि तर मैले त्येसरी आफ्नो पदको दुरुपयोग गरेको समाचारहरु कहिले पनि सुनेन/

      Reply
  48. वास्तव says:
    June 17, 2013 at 5:41 am

    मेरो बिचार मा येही नै हो राजा लै बिना विवाद सेरेमोनिअल बनउने मौका सबै को लागि . येदि नेता हरुको बुद्दि हुने हो भने ज्ञाने लै उठाएर ल्याए हुन्छ राष्ट्र प्रमुख बनाउन त्यो नै उत्तम हो. as a ceremonial king बनाएर राख्यो भने देश ले पनि एकजना guardian पाउँछ अनि आखिर मा शक्ति त प्रधान मन्त्रि को नै त हुने हो नि. तर जे होस् येदि एस्तो केहि भै हाल्यो भने हाम्रो बुद्दिमानि नेता हरु ले एस्तो तरिका अपनाउने छ जसले राजा लै होइन अचम्म को व्यक्ति लै राष्ट्र पति को उत्तराधिकारी बनाउने छ जुन कि सर संसार को लागि एउटा अपत्यारिलो हुने छ. बरु रास्ट्रपति को सिघ्र स्वास्थ्य लाभ को कामना मेरो.

    Reply
  49. Gaurab Nepali "Oodaaseen" says:
    June 17, 2013 at 5:40 am

    सब नाटक हो , देशको बजेट मा सयर गर्ने कैद र जनतालाई मुर्ख बनाउने अर्को बेकैदा! अन्डरमा डग रे त्यो पनि क्यान्सर ! के हुनु क्यान्सर , पन परको कलर हो त्यो ! मत्रिहरुले सिधै लुट मचय ! अरुले घुमाई फिरे हो लुट को अर्को नमुना !

    Reply
  50. yash ghimire says:
    June 17, 2013 at 5:14 am

    अड्को पड्को तोरीको धुप | प्रधानमन्त्री त प्रमुख न्यायधिस पदबाट राजिनामा नगराईकन बनाउन सम्भब भयो भने रास्ट्रपतिको लागी , उप-राष्ट्रपती र सभामुख कोहि भएनन् भनेपनि विदेश मन्त्रि होला , विदेश मन्त्रि नभए अरु मन्त्रि होलान , त्यहि पनि नभए प्रचण्ड होला , त्यहि पनि नभए जनताले दुइ-दुइ ठाउबाट हराएपनि प्रधानमन्त्रि बनेका मा.कु.ने होला | त्यहि नभए झलनाथ , शेरे , राम्चंद्रे , गच्छेदार , के पी ओली जो पनि होला | यो नेपाल हो सर नेपाल | यो देशमा जे पनि सम्भब छ | त्यसैले धेरै टाउको नदुखाम भो |

    Reply
  51. roje says:
    June 17, 2013 at 5:10 am

    आन्द्रा मा दाग होइन , चुर्ना परको हो , जे गरे ने जसो गरे ने चल्छ नेपाल मा !

    Reply
  52. Daya says:
    June 17, 2013 at 5:03 am

    बिदेशमा गएर उपचार गर्ने करोडौ रुपैया ले त नेपाल मा भएको अस्पतालमा सुबिधा सम्पन्न कक्ष थप्न सकिन्थ्यो होला. अहिलेसम्म नेताहरुले बिदेशी अस्पतालमा गरेको खर्चले त बिदेशी स्तरका कति अस्पताल नै बन्थे होला. रास्त्रपतिको स्वास्थ सुधार होस्, तर, विदेश गएर उपचार गर्नु भन्दा यहिकै अस्पतालमा उपचार गर्नु पर्थ्यो / नेपाली कै आगन मा मर्न मन पराउने नेता किन जन्मिदैन?जबसम्म नेताहरु विदेश उपचार गर्न जान नपाउने कडा कानुन आउदैन, तब सम्म अस्पताल को स्तर उन्नति को लागि यिनीहरुले केहि गर्लान जस्तो छैनन् /

    Reply
  53. madan bajracharya says:
    June 17, 2013 at 4:32 am

    राम बरण यादव आफै मेडिकल डाक्टर हुनु हुन्छ/ उहालाई गम्भीर रोग नै लागेको बा नलागेको राम्रै जानकारी भयको हुनु पर्छ / सायद गम्भीर रोगनै लागेको आशंका नभयको भय उहा जापान जान मान्नु हुन्थ्यो भन्ने कुरामा मलाई बिस्वास लाग्दैन/ तापनि जनताको छोरा छोरीहरुलाई डाक्टर बनाउने तिचिंग अस्पतालले राम बरणज्युको आन्द्रामा देखियको दाग क्यान्सर हो बा होइन भनेर पत्ता लागौं नसकेको भन्ने कुरा चाहि पत्याउन सकिन/ कुरो जे सुकै होस् राम बरण यादव माथि रास्ट्रको अबस्था गम्भीर भयको अबस्थामा अनाहकमा विदेश जानु भयको आरोप नलागोस!!!!/

    Reply
  54. Basanta Thapa,Maryland,USA says:
    June 17, 2013 at 4:06 am

    षड्यन्त्रकारीहरुले खाने र पिउने कुनै मा बिष त हालिदिएनन ? राजनीतिमा त्यो पनि सत्ता र स्वार्थको लागी जे पनि सम्भब हुदोरहेछ र भैराखेका छन् भन्ने कुरा बिस्व घटना क्रमले प्रमाणित गर्छ \यस्तो नहोस र नराम्रो अबस्था पनि नबनोस \ स्वास्थलाभ को कामना गरौ \ यदी देश बिकशित र सक्षम भै दिएको भए यसरी नेता हरुलाई उपचारको लागी विदेश गइ राख्नु पर्ने थिएन होला \ देश बिगारेका नेता हरु (शासक )ले नै हुन् \चाहे ति राजा हुन् या पन्च या हुन् कांग्रेश या कम्युनिस्ट कोहि पनि चोखा र भरपर्दो भएनन् \देशपर्दो र जनपर्दो त हसी मजाक कै बिषय बन्यो \ यो गम्भीर पन लाइ अब पनि जनता र नेता हु भन्ने ले नबुझे कहिले बुझ्ने ? यो भन्दा बिकराल अबस्था अझै हेर्ने कि सबै पक्षले बुझ्ने ?बाटोले छोवस हरेक घर लाइ पुगोस पानी बिजुली सबलाई ! शिक्षा ,रोजगारी ,उपचार बनोस अनिबार्य र बिना भेदभाब ! यति भए पुग्छ मलाइ चाहिन्न कुनै नक्कली जात ,क्षेत्र ,बिचार अनि मेरो पहिचान ! किनकि मलाइ थाहा छ मेरो पुर्खा जंगली र ओड़ारे हुन् यहि मेरो अनि सबै मानब को परिचय र पहिचान हो \ म मेरो पहिचान को लागी मगर हु मगरात चाहिन्छ भनेर होइन मानब हो मानब जस्तो भै बाच्न पाउनु पर्छ भनेर भन्न र बाच्न चाहन्छु \ मलाइ मेरो जातको परिचय ले खान दिदैंन ,मानबताले खान दिन्छ र पाइरहेको छु \ चाहे त्यो जुनसुकै भूमिमा किन नहोस \म चाहन्छु नेपाल र नेपाली भुमि र जिबन यस्तै बनोस \आउनुस व्यक्तिगत ,जातियगत ,क्षेत्रिय,बैचारिक ,धार्मिक स्वार्थ र परिधि भित्र जिबन नखोजौ \ कुनै पनी भेद बाट मुक्त भै मानब संसार सहयोग ,सम्मान र माया बाट सहि शान्ति,बिकाश र भाइचारा सम्भब छ ,सम्भब बनाउ \ कुनै पनी गलत बिचार र परिचयलाई हतियार ले होइन मानब सोच ,ब्यबहार ले परिबर्तन गरौ यहि नै आजको आबस्यकता हो \सत्रुता कायम गर्ने होइन समाप्त पार्ने बिषय हो \ यस बारे सबै धर्म ,बिचार ,क्षेत्र .जाती बर्ग का मानिसले सोच्ने पर्ने बेला आइसकेको छ \ संसारमा कुनै पनी कुरा सत प्रतिशत ठिक छैन र हुदैन पनी त्यसैले सत्रुता ,अन्धोपन ,घमण्ड र हतियार लाइ मानब हितको लागी बिसाउ यसरी मात्र अनन्त शान्ति र भाइचारा बन्न जान्छ \ होइन मेरो मात्र जात ,धर्म ,क्षेत्र ,विचार मात्र ठिक हो भनेर अन्य लाइ नमान्ने र नामेट गर्न खोजि रहने हो भने मानब बिनाश भैरहन्छ ,भैराखेको छ अझ डरलाग्दो गरि भैरहने छ \ यो कुरा सबैले महसुश र मानिनु पर्छ कि संसारमा कुनै एक जाती ,धर्म ,बिचार ,क्षेत्र र बर्ग रहिरहन्छ र हुनेछ \यो असम्भब छ मानब जाती रहे सम्म बिबिधता हुन्छ यसमै रम्न,बस्न ,बाच्न र मिल्न सिकौ !

    Reply
  55. madan bajracharya says:
    June 17, 2013 at 2:39 am

    अन्तरिम संबिधानमा के के त्रुटिहरु छन् भनेर गनेर साध्यनै छैन/ इनिहरु खुमेनिहरु हुन्/ सदन नरहेको अबस्थामा पनि रास्त्रप्रमुख अधिकार बिहिन हुने इनिहरुको लोकतन्त्र “खुमेनितन्त्र” हो/ खुमेनी तन्त्रमा रास्ट्रपति भयपनी नभय पनि केहि फरक हुँदैन/ खुमेनितन्त्र प्राकृतिक अप्राकृतिक कारणले रास्त्रप्रमुखको पद खालि रहे ई खुमेनिहरु गरि हाल्छ नि कुनै अर्को “खिरारे” लाई रास्त्रप्रमुख नामको बैठके पदमा/

    Reply
  56. Nabin Adhikari says:
    June 17, 2013 at 12:47 am

    आन्द्रा मा दाग देख्दैमा जापान नै उपचार को लागि पुराउनु पर्छ जस्तो लाग्दैन मलाई? आखिर जम्बो टोलि जापान घुम्ने भयो हाम्रो रगत पसिना गरेर तिरेको कर बाट?…. हुन त मामा को धन मा फुफु को सरादे |

    Reply
    1. John says:
      June 17, 2013 at 4:42 am

      १० जना लाई जम्बो भन्ने साथी रास्त्रपतिको भ्रमणमा के एक्लै जाउ भनेर छोडिदिने त ?

      Reply
      1. Mk says:
        June 18, 2013 at 4:11 am

        रास्ट्रपति को भ्रमण नभएर बिरामीको रहर पो त् हो यो, गाँठे / तेस्माथी पनि बिप्र कोइराला का निजि चिकित्सक हुन् रे, आफै/काकताली परेर रास्ट्रपति भएका उनि बाट यो भन्दा बढी के आसा गर्नु र ?

        Reply
    2. Sumn sangroula says:
      June 17, 2013 at 10:00 am

      किन वाहियात मात्र गफ गर्ने मित्र अलिक कम खोक्नु होसन मित्र म झापाली मलाई health सम्बन्धित केहि ठुलो समस्या भयो भने अरु कुरा छोड्दियम धरान, ktm भन्दा silguri india नै रोज्छु ! नेपाल मा के को उपचार चै राम्रो छ कृपया भन्न सक्नु हुञ्छ?
      कुखुरा चोर ,हत्त्यारा ,डाकाहरु ले रुघा लाग्दा, पातलो दिसा गर्दा सरकारी पैसा लिएर बिदेसमा उपचार गर्न जाँदा हुने राष्ट्र को आसाको केन्द्र, देसको भक्त ,राष्ट्रबादी नेता, रास्ट्रपति ले नहुने ?

      Reply
  57. कृष्ण अधिकारी says:
    June 16, 2013 at 11:38 pm

    बाहिर बाहिरै क्रिस्चियन बनेपनि घरमा श्वस्थानी पढ्ने समेत धन्नै ९३ % हिन्दु भएको हाम्रो देशमा यो खासै समस्या होइन शालोक्य जि, हात्तिलाइ फुलमाला िदइ खोज्न लगाउला नि, कतै नम्बर मा …
    राष्ट्रपतिको शिघ्र स्वास्थ्य लाभ को कामना !!

    Reply

Leave a Reply to dharmendra Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme