Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होला त चुनाव मंसिर ४ मा ?

Posted on June 13, 2013June 13, 2013 by Salokya

सरकारले फेरि एक पटक संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा गरेको छ। खिरारे सरकारले निकालेको साइत हो मंसिर ४ गते। यसअघि बाबुराम भट्टराईको सरकारले घोषणा गरेका मितिहरु खेर गएका थिए। लामो समयको प्रतीक्षापछि यो सरकारले मिति घोषणा गरेको हो। के तपाईँलाई यो मितिमा चुनाव होला जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा वा भोट गरी दिनुस्।


50 thoughts on “होला त चुनाव मंसिर ४ मा ?”

  1. सन्तोष सापकोटा says:
    June 18, 2013 at 11:38 pm

    खै मलाई त यी नेताहरु विश्वास लागदैन हो

    Reply
  2. Tanka Kafle says:
    June 17, 2013 at 8:46 pm

    चुनाब हुदैन अनि भए पनि संबिधान बन्दैन. अनि यो संबिधान नबन्ने चुनाब किन पो चाहियो ?बरु विद्युत आयोजना बनाउ त्यो पैसा ले

    Reply
  3. Sonam says:
    June 16, 2013 at 2:06 pm

    जो मानिस संबिधानसभाको हत्या गर्छन उसैलाई चुनाब गराउने जिम्मा दिन्छन यो भन्दा हास्यास्पद के हुन्छ ? एउटा त्रि बि बि को चुनाब गर्न नसक्ने ले दबाब जेलन सक्छन ? यो त कठपुतली अधिकारविहीन सरकार हो यसलाई बार्ता गर्ने अधिकार सम्र्ट छैन मतलब डिसिजन गर्ने अधिकार छैन. यो चुनाब सर्बदलिय सरकार बाट मात्र सम्भव छ. अन्याथा हुने छात छैन

    Reply
  4. madan bajracharya says:
    June 16, 2013 at 4:33 am

    अब उम्मेदवार ले सम्पति विवरण पनि देखाउनु नपर्ने भै गयो/ हिजो मान्छे मारेका अपहरण गरेका फिरौती उठायका भ्रस्टाचार गरेका र प्रहरीले वान्टेड लिस्टमा राखेका पनि चुनावमा उठ्न पाउने भै गयो/ त् यसपालिको चुनावमा हाम्रो अगाढी निच्च तिखा तिखा दांत देखायर “भोट दे त्” भन्न आउने कस्ता कस्ता होलान?

    हामीले भोट नदिय पनि समानुपातिक कोत्तामा इनै नियुक्त भयर आइ हाल्छ/ हरायर पनि भगाउन नसकिनेले सदन चलाउने व्यवस्थालाई पनि लोकतन्त्र भन्नु पर्ने कस्तो बलात्कारीतन्त्र होला इनिहरुको लोकतन्त्र त्/ सदनमा कुनै हस्त्छ्य्प गर्न नपाउने नगर्ने, सदनको बहुमतले निर्णय गरे गद्दी पनि छोड्ने संबैधानिक राजतन्त्रलाई इनिहरुले तानाशाही भनेको हामि पत्याउने हामि बुद्धिमान हौँ भने इनिहरु लोकतान्त्रिक हो/ नभय हामि मुर्ख हौँ इनिहरुनै तानासाही/ नेपालको इतिहासमै यति तानाशाही सायद कसैले चलायको थियन होला/

    Reply
  5. binod pokharel says:
    June 15, 2013 at 9:29 pm

    स‌बिधान नबन्ने चुनाब हुनु हुदैन । किनकी स‌बिधान लेख्ने आट नेतामा छैन । चुनाबबाट जितेर आउने नेता पहिले कै अनुहारका नै हुन्छन । हामी जनताले राष्ट प्रेमी नेतालाइ चिनेका पनि छैनौ । त्यस्ता नेतालाइ हामीले राम्ररी हराइ दिन्छौ । जम्बो स‌बिधान सभाबाट केही हुने बाला छैन । देशमा खराब नेता भएको अबस्थामा देश बचाउन एउटा स‌स्था राज स‌स्था मात्र हो । तर त्यसको नेतृत्व लिने नेता राजा पनि लायक छैनन । स्वार्थि मात्र छन । राजा भन्ने शब्द कति राम्रो र प्यारो हो । त्यो शब्दमा पदाशिन ब्यक्ती ले सबै नेपाली जनताको आखा‌को नानीमा बस्दा नबिजाउने हुनु पर्छ । तर के गर्नु हाम्रो देशका नेता र राजा लाइ हामी सबैले राम्ररी नै चिनेका नै छौ । तेसैले हाम्रो पुरपुरोमा सबल नेपाली बन्न लेखेको नै छैन । के गर्नु र ।

    Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    June 15, 2013 at 8:07 pm

    चुनाब भय पनि ठिक छ नभय पनि ठिक छ ! मामा घोडी मेरी हि;हि;हि त न हो ! चुनाब भय छ भने पनि कार्यकर्ताको भोट पार्टीका नेताहरुलाई र जनताको भोट राप्रपा नेपाललाई ! किनकि, सर्ब साधारण जनता राजसंस्था चाहन्छन ! त्येसैले, चप्पले नेताहरुको दिन गए अब ! अब छुद्र नेताहरुको पाल्सी कुरा बात सर्ब साधारण जनता भ्रमित हुने छैनन् भन्नेकुरा लेच्खेर राखे हुन्छ ! अखण्ड नेपालको स्वाधिनता राजसंस्था को स्थापना स्थानीय स्वायत्तता र अधिकतम विकेन्द्रीकरण ! नो मोर सिडियो रनिङ्ग जिल्ला ! जसको जिल्ला उसकी शासन उसै जिल्ला बाशी कर्मचारी, प्रहरी! पचहत्तर जिल्ला चौध अञ्चल नो संघियता !

    Reply
  7. bhakta says:
    June 15, 2013 at 7:44 pm

    नेकपा–माओवादीका सचिव देव गुरुङले ताकत भए आफूहरुलाई बाइपास गरेर निर्वाचन गर्न चुनौति दिएका छन्। उनले भने, ‘म चुनौति दिन चाहन्छु। ताकत भए सरकारले हामीलाई बाइपास गरेर चुनाव गराए हुन्छ। हामी पनि हातमा दही जमाएर बसेका छैनौं।

    Reply
  8. Manohari Mishra says:
    June 15, 2013 at 10:16 am

    त्याग भन्ने कुन चारको नाम हो अब कसलाई सोध्ने होला , गणेशमान जी स्वर्गे हुनुभो , प्रधान न्याधिश बाट सोच्दै नसोचेको पद प्रधान मन्त्रि पौदपानी प्र. न्यायाधिश बाट राजिनामा नदिने , बिपछी हरु नमान्ने , जनता हरुको लागि कहिले पनि बुझिनसक्नु भ्रम सिर्जना गरेर कहिले टुंगो मा पुग्ने हो अनि कसरि चुनाब हुन्छ कि हुदैन भनेर अनुमान गर्ने ?

    Reply
  9. Cp Sharma says:
    June 15, 2013 at 8:50 am

    चुनाव हुदैन । भएछ भने पनी ६०१ मिलेर देश लुटने हुन । समबीधान बदनदैन । बने पनि केही हुने वाला छैन । संबिधनले हुने भए ४७ सालको संबिधनले हुने थियो यसमा के कमि छ र ? जब संमम शाशक भनाउदाको शंोच बदलींदैन तब समम केही हुने वाला छैन ।

    Reply
  10. madan bajracharya says:
    June 15, 2013 at 3:43 am

    ४ दलको संयन्त्र भित्र थ्रेसहोल्ड राख्नु हुँदैन भन्थे मावो र मधेशबादीहरु, कांग्रेस र यमाले राख्नु पर्छ भन्थे/ बिबाद नमिले पछि त्यो बारेमा खिरारेलाई नै निर्णय गर्न दिने भने/ खिरारेले थ्रेस होल्ड राख्नु नपर्ने निर्णय गरेर चुनावको मिति तोके!!!!!/

    तेस्तै बिबाद फौजदारी अभियोग लागेकालाई उम्मेदवार बन्नमा बन्देज लगाउने बा नलगाउने भन्ने बुंदामा पनि हुँदै थियो/ मावो र मधेशबादी बन्देज लगाउनु हुँदैन भन्थे कांग्रेस यमाले लगाउनु पर्छ भन्थे/ यो बुंदामा खिरारेले कस्तो निर्णय गरे त्यो स्पस्ट सिट सुन्नमा आयको छैन/ खिरारेले चुनावको मिति त् तोके तर यो बुंदाको बारेमा केहि उल्लेख गरेको छ जस्तो लाग्दैन/ अर्थ के लगाउने?

    “गोइत” यमालेमा प्रवेस गरे भने र अस्पस्ट समाचार प्रकाशित भयको छ/ यो गोइत कुन चाहि गोइत हो; बिहारमा बसेर तराइ नेपाल बात अलग्ग गर्ने पर्छ नेपालीलाई तराइ बात लखेत्नै पर्छ भनेर हतियार आतंक मच्चाइरहेको गोइत हो बा अरुनै कुनै? यदि तेही गोइत हो भने यमालेको झलनाथले झिन्ति गुन्टा ओलिलाइ बुझायर झोबन तिर लागे राम्रो होला कमसेकम उसैको निमित/

    Reply
  11. Suraj Shrestha says:
    June 14, 2013 at 8:50 pm

    मेरो बिचारमा नेपालको राजनैतिक, आर्थिक, सामाजिक परिवर्तनकोलागी निर्वाचनको विकल्प छैन

    २०६२/६३ को जनान्दोलन पछि पनि संविधान सभाको निर्वाचन सरेकै हो तर निर्वाचन भयो

    तसर्थ निर्वाचन हुन्छ हुन्छ मङ्सिर ४, २०७० वा केहि समय पछि

    निर्वाचन नेपालमा निष्पक्ष र शान्तिपूर्वक होस् भन्ने कामना गर्दछु

    सुरज श्रेष्ठ

    Reply
  12. रबिन says:
    June 14, 2013 at 8:16 pm

    सबै सुरक्षा अंगहरू परिचालन गरेर भए पनि गर्नै पर्यो नी ।

    Reply
  13. SS says:
    June 14, 2013 at 7:51 pm

    the election’s declared. so what. what are we going to achieve? nepalese people should’ve learnt long time ago to not fix something that was not broken.

    Reply
  14. abhisek says:
    June 14, 2013 at 7:08 pm

    हुन त नेकपा माओबादी ले मिति घोसना भनेको युद्ध को घोसना भन्थे खिरारे सरकार ले गर्दियो. युद्ध स्युद्ध भएन . भनेपछि अब चुनाब पनि हुन्छ तर सम्बिदन चै हुदैन

    Reply
  15. argali maila(bam) says:
    June 14, 2013 at 4:08 pm

    तोकिअकै समयमा चुनाब हुनु पर्छ र भयको धेरै राम्रो /आउदो संबिधान सभा को चुनाबको सफलता को कामना गरौ

    Reply
  16. anil pun says:
    June 14, 2013 at 4:08 pm

    चुनाब हुन्छ या हुदैन भन्ने कुरो ठुलो कुरो होइन।संबिधान लेखिन्छ’कि लेखिदैन भन्ने कुरोको चिन्तन-मनन हुनु पर्छ।अहिलेको अबस्थालाई नियाल्ने हो भने चुनाब हुन गार्हो देखिन्छ।चुनाब भई हाले पनि निकै रक्तपात पुर्ण हुन्छ’कि भन्ने आशंका गर्ने धेरै ठाँउ छन।कथंकदाचित ३३ दल चुनाबमा सामेल भएर,चुनाब शान्त तवरले भए पनि संबिधान लेख्लान भन्ने कुरोमा आशाको बुट्टाभर्नु आफै मुर्ख बन्नु हो।

    यथार्थ पक्ष के हो भने,राजनीति दल र नेताहरुलाई संबिधान लेख भनेर भोट दिनु भनेको शभासद बन र मोज गर भन्नु मात्रै हो।संबिधान लेख्ने त्यत्रो समय र मौका थियो तर किन लेख्न सकेनन?कसरी संबिधानसभालाई रातारात आर्यघाट पुर्याएर खरानी पारियो?कुनै पनि पार्टी र नेताहरु संबिधान लेख्ने कुरामा चिन्तित र संम्बदेनशिल छैनन।उनिहरु संबिधानसभाको चुनाबनै चाहेका थिएनन र अहिलेको स्थिति पनि त्यै हो।उनिहरुलाई संबिधान पनि लेख्न पनि पर्या छैन।अहिले चुनाब हुनु पर्छ भन्दै कुर्लने नेताहरु केवल जनतालाई भ्रम पार्न मात्रै चाहेका छन।उनिहरुको चुनाब गराउने एक उद्धेश्य भनेको जनता आफ्नो पक्षमा छनकि छैनन त्यो हेर्नु र जाँच्नु मात्रै हो।चुनाब र संबिधान त केवल नाटक मात्रै हो।तीतो यथार्थ के हो भने नेपाल र नेपालीहरुको भबिस्य अझै जोखिमपुर्ण देखिन्छ।

    Reply
  17. अनोज शाक्य says:
    June 14, 2013 at 3:38 pm

    संबिधान लेख्न पनि चुनाव नै हुनु पर्छ जस्तो मलाई लाग्दैन । क्याम्पस पढ्नेहरुले थेसिस अरुको साभार गरे जस्तै विश्वको कुन देशको संबिधान हाम्रो देशलाई सुहाउदो जस्तो लाग्छ त्यही देशको संबिधानलाई कपी पेस्ट गरेर बनायो भने १ महिना पनि लाग्दैन । राम्रो कुराको नक्कल जस्तो गरे पनि भईहाल्यो नि । चुनाव त बहना मात्र हो । देश बिकास गर्नु मुख्य कुरा हो । ९० प्रतिसत नेताहरु देशको बिकास नै चाहदैन । जसरी पनि धमिलो पानीमा माछा मर्न खोज्ने अबसर्वादी नेताहरु धेरै भएर समस्या भएको हो ।

    Reply
  18. xyz says:
    June 14, 2013 at 3:14 pm

    It is interesting to watch your poll results, it is going neck-a-neck. I suggest to have the poll for some time covering something like 10,000 samples and see the results.

    Reply
  19. Sisir says:
    June 14, 2013 at 3:05 pm

    एउटा पुरानो गीत याद आयो
    “भए पनि ठिकै छ
    नभए नि ठिकै
    के लाई टाउको दुखाउनु र दुइ दिने जिन्दगि मा ”

    संसारमा कतै नहुने झन्डै १५० पार्टी (झुण्ड) र तेस्मा आबद्ध भेडा बाख्राको खरिद बिक्रिको हाट लागेको देख्दा चुनाब भए पनि तेस्ले कुनै लछार पाटो लाउने अवस्था दिखिन्न , भेडा बाख्रा तिनै हुन् ,तिनलाई घास हाल्ने पनि तिनै छन् , तिनले चर्ने चरन तिनै हो तेसैले जब सम्म मुख्य राजनीतिक पार्टीहरु बीच अनौपचारिक रुप मै भएपनि चुनाब पछि गर्ने कार्यको (अजेण्डमा ) निम्नतम समजदारी हुदैन तब सम्म हुने वाला केहि छैन .. फेरी बन्ने खिचडी संसद नै हो , तिनै भेडा बाख्राको मोल बढ्ने मात्र हो , जनताले पौने केहि होइन , ८-१० अरबको राज्य को ढुकुटीको सर्बनाश मात्र हो ..चुनाब त हुनै पर्ने हो तर के गर्ने —-

    Reply
  20. भागिशोर says:
    June 14, 2013 at 2:50 pm

    घरको धारामा पानि आवोस न आवोस , बिजुली बत्ति आवोस न आवोस यहाँ नेताहरु/सरकारहरुलाई मतलब छैन, आफु पनि यसपालिको चुनाबमा भोट हालिन्दैन जो सुकैले जितुन हारुन मलाई पनि मतलब छैन, येत्रै सिती /

    Reply
  21. subodh says:
    June 14, 2013 at 12:55 pm

    खै चुनाव होला जस्तो लाग्दैन ।
    प्रचण्डको इसारामा खिरारे चलेका छन् । थ्रेसहोल्ड नराख्ने उतैको इसारा हो । क्षेत्र निर्धारण आयोगमा ताहिर अलि अन्सारीको नियुक्ति । ताहिर अलि प्रचण्ड नजिक भएर त हो नि । खिरारेले प्रचण्डको इसारामा चलेको कुरा सवैले थाहा पाएकै कुरा हो । मन्त्रीहरुऽ लोकमान लगायत सचिव डिआइजी सरुवा लगायत सवै काम भारतीय इसारामा माओवादीको सरकार भन्दा पनि सजिलोसंग भइरहेको छ । त्यसैले चुनाव प्रचण्डको इच्छामुताविक मात्र हुन्छ । वैद्यको विरोध देखावटी नभएमात्र चुनाव हुन्छ ।

    Reply
  22. राजाराम says:
    June 14, 2013 at 10:47 am

    नेता उही,जनता उही, बिचार उही, अनि कुटिल मानसिकता र सोच पनि उहि । प्रथम एतिहासिक संविधान सभाले पनि सभासदको आर्थिक स्थिति सुधार्ने र सरकारमा बसेका नाईकेका भरौटे तथा आसेपासेलाई पदमा पुर्‍याउने भन्दा बढि अरु केही गर्न सकेन । अब दोश्रो, तेश्रो, चथुर्थ आधुनिक र अत्याधुनिक संविधान सभाले पनि केहि लछार पाटो लगाउछ जस्तो देखिदैन । काला अक्षर भैसी बराबरका सभासदहरुलाई नेपालीहरुले मनोरन्जन तथा ठुला ठुला राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुको लागि बनाईएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भ्रष्ट, ब्यभिचारी, हत्यारा तथा फौजदारी अभियोग लागेका गुण्डाहरु र बिदेशी दलालहरु भेला गरेर समय खेर फाल्नु भन्दा बौद्घिक बर्ग (भु पु न्यायधिस भु पु सचिव प्राध्यापक डाक्टर ईन्जिनियर आदीको एउटा मिश्रित समूह बनाएर बरिष्ठ ब्यक्तिलाई अध्यक्ष बनाई संविधान लेखन शुरु गर्ने र त्यसमा परेका समस्याहरुलाई देश भक्त र जनताका सेवक (भ्रष्ट, ब्यभिचारी हत्यारा तथा फौजदारी अभियोग लागेका गुण्डाहरु र बिदेशी दलालहरु बाहेक) का जन प्रतिनिधहरुबाट क्रमश समस्या फुकाउदै संविधान लेख्‍ने हो भने बढिमा ३ महिनामा उद्देश्य प्राप्ती हुन्छ । अनावश्यक ब्वासाहरुलाई नेपाली जनताले पाल्नु पनि पर्दैन ।

    Reply
  23. Fugyaljen sherpa says:
    June 14, 2013 at 9:41 am

    किन चाहियो चुनाब,रेगमीलाई विना साबिंधानको देश अरामसंग चलाउनु दिए हुनछ। आख़िर नेपाली जनताले पाउने त दुखै हो।

    Reply
  24. Jeevan Thapa says:
    June 14, 2013 at 9:28 am

    देशका जान्ने सुन्ने तिनै नेताहरु हुन् . अस्ति सम्म थ्रेसहोल्ड राख्ने या नराख्ने फौजदारी अभियोग लागेकाले उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने कुरा मा मिल्न सकेका थिएनन् फेरी हिजो मात्र KRR ले थ्रेसहोल्ड नराखिने, फौजदारी अभियोग लागेकाले उम्मेदवार बन्न नपाउने भन्दै मङ्सिर ४ गते चुनाब गराउने घोषणा गरिदिएछन !!
    कतै यो पनि ” तँ कुटे जस्तो गर मा रोए जस्तो गर्छु ” भनेर जनताको आँखामा छारो हाल्न खोजेको त होइन नि ?

    Reply
  25. krishna says:
    June 14, 2013 at 9:26 am

    चुनाब हुनु नहुनु भन्दा पनि चुनाब के का लागि? जनताको भोट पाएर, जनताकै रगत पसिना चुसेर फेरी “असफल संबिधान सभा भाग-२” नाटक मन्चन गर्नका लागि ? यसको साट्टो सर्बदलिय सरकार बनाएर पुरानै संबिधान सभा बियूतायेर, त्यो चुनाबमा हुने करोडौ खर्च देश को बिकाशमा लगाउनु अत्ति उत्तम हुन्छ जस्तो लाग्छ , होइन भने फेरी चुनाब को नाम मा देशलाइ ऋण को बोझ थप्नु, मिलेर बसेका दाजु भाइलाइ यो पार्टी र उ पार्टी भन्दै दुस्मनी बढाएर नेताहरुले स्वार्थ लुट्नु बाहेक केहि उपलब्धि छैन!! सबैलाई चेतना भया!!!!!

    Reply
  26. SURENDRA hongkong says:
    June 14, 2013 at 7:32 am

    चुनाब हुने भन्दा पनि न हुने सम्भावना प्रबल देखिन्छ किन कि बैध बा कुर्लि रहेकाछन यस्तो अवस्था मा झिनो आश राख्नु शिवाय अरु केहि देखिन्न/र चुनाब भए पनि परिणाम गम्भीर होला जस्तो लाग्छ मलाई/

    Reply
  27. ryan says:
    June 14, 2013 at 7:29 am

    परिबर्तन चाहने हरुले चुनाबको सफलता सोच्नु पर्छ

    Reply
  28. vim limbu says:
    June 14, 2013 at 7:29 am

    मलाई त बिस्वास लागेको छ है, यो खिरारेको, के गर्ने अन्य सबै पार्टिका नेताहरुले धोक्रे फुल सुघाइ दियो के गर्ने, लौ खिरारे तिम्रो जै होस्,
    जय स्वाभिमान

    Reply
  29. Hari says:
    June 14, 2013 at 7:18 am

    सधै नकारात्मक सोच राखेर हुदैन, जस्तो सोच्यो तेस्तै हुन्छ भन्छन. तेसैले चुनाब हुन्छ भन्ने आस राख्छु

    Reply
  30. Fedik aashu says:
    June 14, 2013 at 7:09 am

    अब हुन छ र हुदैन भन्दा पनी ,जसरी भय पनी गर्नु पर्छ भने सिदान्त लाई अगि लियर हिडनु पर्छ ,

    Reply
  31. xyz says:
    June 14, 2013 at 6:39 am

    When Dr. Baburam Bhattarai declared elections in November, Dr. Ram Saran Mahat was claiming the month of November is not “weather friendly”. Now, I wonder this time what he has to say?

    Reply
  32. योगेश आदी says:
    June 14, 2013 at 6:07 am

    एमाओबादीले टुक्रिएको माओबादी बीच एकता नहुन्जेल चुनाव हुनै दिदैन / प्रचण्ड भन्ने जन्तुको लागि देश भन्दा पार्टी ठुलो भएको कारणले र केहि आँखामा फेटा बाँधिएका नेपालि जनताले यस्ता कपूत्लाई साथ् दिएको कारणले देशले यति लामो संक्रमणको शिकार हुनु परेको छ !

    Reply
  33. yukta says:
    June 14, 2013 at 5:46 am

    अस्ति बैध ले भन्नु भएको थियो चुनाव को मिति घोसणा गरे त्यसको परिणाम राम्रो हुने छैन तर हिंज सरकार ले चुनाव को मिति मंसिर ४ गते को दिन तोकी दियो सके सम्म सबै असन्तुस्ट दल हरु लाई समटेर गए राम्रो हुने थियो l चुनाव त सरकार ले ठुलो संख्या मा सुरक्षा कर्मी हरु परिचालन गरेर भए पनि सम्पन्न गर्ला तर सर्वसाधारण जनता हरु माओबादी ( बैध समुह ) को कारण भोट हाल्न पनि डराई-डराई जानु पर्ने स्थिति आउने भयो l

    Reply
  34. sandip kharel says:
    June 14, 2013 at 5:25 am

    चुनाब सुनाब केहि हुदैन ,भै हाल्यो भने पनि यी नेताहरुले केहि लछारपाटो लाउने वाला छैनन् पहिलाकै हालत हुने हो ! अब एक विकल्प छ “monarchy ”
    मलाई लाग्छ अब नेपाल मा छिट्टै राजाको पुनर्बहाली हुन्छ !
    now we should acknowledge that monarchy is extremely need for our nation .

    Reply
    1. राजाराम says:
      June 14, 2013 at 10:32 am

      खरेल जी चुनाब भए पनि नभए पनि तत्कालको अवस्थामा राजतन्त्र फर्किने माहोल बनि सकेको छ जस्तो मलाई लाग्दैन । प्रायोजिन मानसिकताको कारओ नेपाली माटोले अझै थुप्रै जनताहरुको रगतको सिंचाई त मागिरहेको जस्तो मलाई लाग्छ । शान्तिपूर्ण रुपमा रक्तपात बिहिन अवस्थामा जसरी राजाले गद्दि छाडेका थिए सोही अनुरुप हालका नेताहरुले सिनो छाड्लान जस्तो कदापी लाग्दैन ।

      Reply
    2. Luna says:
      June 14, 2013 at 8:22 pm

      सन्दिप जी
      राजाको पुनर्बहाली हुन पनि लोकतान्त्रिक प्रक्रिया ( चुनाब ) मार्फत नै जानु पर्ने
      हुन्छ .
      लेन्द्रुपेहरु मार्फत नभएर हाम्रै राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव मार्फत नेपालको शासन हाकियोस् भन्ने चाहना राख्ने हो भने रास्ट्र प्रति चिन्तित नेपालीहरुले रा प्र पा नेपाललाई सपोर्ट गर्दै अब हुने चुनाबमा रा प्र पा
      नेपालका उमेदारहरुलाई जिताउनु पर्छ .
      रा प्र पा नेपालसंग न त देश जनता लुटेर जम्मा गरेको अपारदर्शी अकूत सम्पति नै छ न त मान्छेलाई कुट्मार गर्ने लडाकु कार्यकर्ता छ . न त बिदेशीसंग दलाली
      गरेर जम्मा गरेको रकम छ .
      जे छ रा प्र पा नेपालसंग त्यो देश प्रति चिन्तित तपाईहरु जस्तै नेपाली जनता नै
      हुन् . नेपाली जनताको मत सबै भन्दा ठुलो शक्ति हो .
      त्यसैले चुनाब हुनु पर्छ ! निस्पक्ष्य हुनु पर्छ !
      मुलुकको स्वाभिमान जोगाउन रा प्र पा नेपाललाई सपोर्ट गरौ !
      राजतन्त्र ल्याउ देश जोगाउ
      जय देश जय नरेश

      Reply
      1. madan bajracharya says:
        June 16, 2013 at 5:17 am

        लुनाजी
        स्पस्ट भनाइ हिम्मत गरेरै राख्नु भयो/ पटक पटक सुध्रिने मौका दिंदा पनि नसुध्रेको कांग्रेस, मुखले राम राम यानिकि “लोकतन्त्र” जपेर अपराधि तन्त्र लाद्न तत्पर मधेसिमावोबादी भन्दा अलिकति आफ्नो नीतिमा सुधार गरे सायद लुनाजिले भन्नु भयको पार्टीले पक्कै पहिला भन्दा धेरै मत पाउने सम्भावना छ/

        इ नेताहरुले जनताको मतले राजतन्त्र हटायको होइन; उनीहरुको कानमा कसैले फुकेको आधारमा हटायको हो र अहिले पनि इनिहरु तेस्तै कसैले कानमा फुकेको आधारमै सबै थोक गर्दै आयका छन्/ नभय मावोबादिले जनयुद्ध राजतन्त्र हटाउनु पर्छ भनेर गरेकै थियन र तेतिबेला नेपालको सदनमा रहेका कुनै dale पनि राजतन्त्र हटाउनु पर्छ भनेको समेत थियन/

        उतिबेलाको भारतीय विस्तारवाद मुर्दावाद भन्ने मावोबादीले त् राजतन्त्रको प्रसंसानै गरेको थियो/ उतिबेलाको मावोबादीको ४० बुंदे मागले कोर्न चाहेको नेपालको इतिहास त् संबैधानिक राजतन्त्र सहितको लोकतन्त्र नै हो भन्ने कुराको प्रमाणको रुपमा निम्न कुराहरुलाई लिन सकिन्छ:

        क) संबैधानिक राजाहरुले मावोबादिलाई आतंकाकरी नमानेको
        ख) मावोबादिले पनि संबैधानिक राजा बाटै आफ्नो ४० बुंदे माग पुरा गराउन चाहेको/

        तर दिल्लीमा सम्झौता गरेर आय पछि इनिहरुले राजतन्त्र उन्मुलन गर्दै जनयुद्धको उपलब्धिलाई सम्पूर्ण तराइलाइ मधेश बनाउने षड्यन्त्रमा परिणत गरे/ अहिले हेर्नुस त् इनिहरुले तराइलाई तराइनै भन्न छाडी सके/ तराइमा तराइको जनजाति आदिबाशी र पुर्खौं देखि बस्दै आयको नेपालीहरु सिट इनिहरुले लभ परेको भनेनन् मधेसी सिट लभ परेको समेत भन्न थालि सके/ पहिलो संबिधान सभा भित्र मधेसी सिट लभ गर्ने अल्प मतमा भयकै कारणले बिघटन गरेको होइन इनिहरुले नै भन्न सक्दैन/

        Reply
  35. nisan gurung says:
    June 14, 2013 at 4:53 am

    चुनाब भए नि नभए नि गरिब जनता गरिब नै हो …हामी ले बुझ्नु पर्यो सबिधान कसको लागि के का लागि सबै बकबाश येही नेता हरु होइन चार वर्ष अगाडी सबिधान बनाउछु भनेको ….खै त …यो सरकार त्यो सरकार भन्दा भन्दै फेरी तेस्तै हुन्छा …….भोट हाल्नु र खडेरी मा मकै छर्नु एउतै हो .यो नेता हरु एकचोटी जलेको चिम जस्तै हो अब फेरी उज्यालो देला भन्ने नसोचे पनि हुन्छा ……….बेकार यो पार्टी र त्यो पार्टी ………..खल्ली बल्ली

    Reply
  36. द्रोण says:
    June 14, 2013 at 4:26 am

    १) आम चासो जे भएपनि नेपालि पार्टी र नेताको लागि चुनाब को लक्ष्य के ?
    जबाफ छ सरकार र सत्ता , परोक्ष्य रुप मा मावोबादीको हातमै सत्ता छ , चुनाब पछि के होला ,होला ?
    सबै भन्दा पावोर फुल माओबादि नै देखिएकोले सायद चुनाब हुन्न|

    २) नेपाल मा संबिधान ,स्थिर सरकार भारतीय ले कहिले चाहन्नन , उनै धामी ,उनै झाक्री को अबस्था भएकोले पनि चुनाब हुन् गाह्रो छ |

    ३) अमेरिकी र युरोपि को पनि नेपाल मा संबिधान बन्ने ,स्थिर सरकार बन्ने चासो को बिसय हैन |
    यहा द्वनद भए उनको हतियार ब्यापार फ़स्ताउछ , चीन मा अशान्ति पैदा गर्न सकिन्छ |
    अनि जुन कोण बात हेरे पनि चुनाब हुन्छ त् भन्ने न सकिने अबस्था छ |

    ४) श्री ४ ले चुनाब पछि पनि तेही हैसियत पाउला ? हात को चरो उडाएर रुख को चरो ताक्ने सम्म को त् ति माहान हरु पक्कै छैनन् |
    खिल राज लाइ के छ उनि मजाले सराद्दे खान्छन बस्छन , राम बरण पनि गन्जीको जुम्रा मार्छन बस्छन |

    Reply
  37. dharmendra says:
    June 14, 2013 at 3:54 am

    भर नभए पनि आश गर्छु /

    Reply
  38. madan bajracharya says:
    June 14, 2013 at 3:40 am

    मङ्सिर ४मा चुनाव गर्नु गार्है हुन्छ; कारणहरु:

    क) ४ दलहरु र तिनीहरु मात्रैको राजनैतिक संयन्त्रको “अहम र अडान” को बिरुद्ध उभियको उपेन्द्र यादवको मधेशबादी दल, बैद्यको मावोबादीदल लगायत ३५ दलहरुले तिनीहरुको माग पुरा नगरे चुनाव हुन् नदिने भनेर दियको धम्कीलाई बेवास्ता गरेर मङ्सिर ४ मा चुनाव गराउनु अलि होइन धेरै खतरनाक प्रयास हुने देखिन्छ/

    ख) ४ दलकै संयन्त्र भित्रको दलहरु समेत थ्रेशहोल्ड राख्नु पर्ने र राख्नु नहुने कुरामा बिबाद हुँदैछ/ “थ्रेस होल्ड” नराखेमा देसमा अनेकौं दलहरु बन्ने भयकोले तेस्वात कांग्रेस यमाले मत काटिने भयकोले यमावोबादी र मधेश बादी दलहरु थ्रेसहोल्ड राख्नु नहुने भन्दै छ भने कांग्रेस यमाले थ्रेशहोल्ड हटाउने कुराको बिरोध गर्दैछ/

    ग) थ्रेसहोल्ड हतायामा चुनावमा यक सिट पनि जित्न नसकेका दलका नेताहरु पनि सभापति बनेर भत्ता घिच्न नपाउने भयकोले साना दलहरु थ्रेस होल्ड हटाउनु पर्छ भन्दै छ/ यस्ता दल र सभासदहरु सरकार बनाउन र गिराउन प्रयोग गर्न सकिने हुन्छ/ यसै कारणले पनि सत्तामुखी दलहरु र अन्त बात संचालित हुने नेताहरु थ्रेसहोल्ड हटाउनु पर्छ भन्दै आयकोछ/

    ग) फौजदारी अभियोग लागेका नेताहरु चुनावमा उठ्न पाउनु पर्ने/ उठ्न दिनु नहुने भन्ने कुरामा विभाजित रहेकोले पनि मङ्सिर ४मा चुनाव गर्नु मुस्किलनै हुने देखिन्छ/ ठुलादलहरु भित्र भ्रस्टाचार र फौजदारी अभियोग लागेको केहि होइन धेरै नेताहरु छन्/ फेरी हिजो सम्म आतंक्कबादी र फौजदारी आरोप लागेको कयौं मधेशबादी नेताहरु अहिले कुनै न कुनै दलमा पसेकोछ/ तर सदन नभयको कारणले तिनीहरु माथि सरकारलेनै लगायको आरोप र मुद्दा फिर्ता भयको पनि छैन/ तेस्ता आरोप लागेको व्यक्ति घुसेको पार्टीले तेस्ता व्यक्ति पनि चुनावमा भाग लिन सक्ने नभय सम्म चुनाव हुनै दिंदैन/

    अन्तमा:
    मङ्सिर ४ बा त्यो अघिनै चुनाव भय पछि खिल राज फेरी सर्वोच्चमा फर्कनेछ/ अनि उसले गरायको चुनावमा भयको बिबाद र धाँधलीको मुद्दामा उही प्रधान न्यायधिस भयको सर्वोच्च अदालतले फैसला गर्न पाउने बा नपाउने बिबादमा अल्झेर संबिधान सभा गठन गर्ने काममै बाधा पुग्ने छ/

    तव कि त् खिलराजलाइ पद बात हटाउन इनिहरु बाध्य हुनेछ बा मावोबादी र मधेश बादीले उहिले देखि गठन गर्न खोजेको “संबैधानिक अदालत” गर्ने प्रस्ताव राख्ने छन्/ अनि फेरी सर्वोच्च अदालतलाइ पंगु गर्न खोजियो भनेर बन्द र हड्ताल हुनेनै छ/अहिलेको अन्तरिम संबिधानमा संबैधानिक अदालत गठन गर्न सकिने कुनै प्रावधान त् छँदैछैन/ अनि फेरी आउँछ अर्को राजनैतिक संयन्त्र गठन गर्ने कुरा/ यसमा पनि त् सजिलै सहमत त् कुनै हुँदै हुँदैन/ अनि हुन्छ फेरी बन्द र हड्ताल/

    ई सबै विवाद साम्य भय पनि नया संबिधान सभामा पनि उही बहुमत बात संबिधान बनाउन नहुने सहमति बाटै संबिधान बनाउनु पर्ने माग र निर्देशन कतै बात आई हाल्छ/ किनभने अहिले सम्मको घटनाले नेपालको सरकार र संबिधान सभाको नायक खलनायक सबै मधेशबादी निर्देशक बात निर्देशित हुने कुरा भारतको प्रधान मन्त्रीको बिशेस दुत बनेर आयको “शरण” ले बोलेकै सब्दले प्रमाणित गरि सकेकैछ/

    अनि जसरि अस्ति शरणले बिरोध गरेकै आधारमा सरकार गिर्यो; शरणले भने जस्तै मधेश्बादिको मागमा सहमति गर्न नसकेकोले संबिधान सभा बिघटन गराइयो तेस्त कथा फेरी ……………./

    अब बन्ने संबिधान सभामा “मधेशबाद” लाइ समर्थन गर्ने दलको बहुमत नभयमा फेरी अर्को शरण आउनेछ अनि फेरी संबिधान सभा भंग गर्ने गर्ने प्रधान मन्त्रि बन्नेछ र विघटित संबिधान सभाको उही कथा दोहरिनेछ/

    Reply
  39. Satya says:
    June 14, 2013 at 2:47 am

    आशा गरौँ भर नपरौं / मलाई त बैद्य बा ले सर्वदलीय बैठक बसी अगाडी बढौं भनेको कुरा चित्त बुझ्छ / संबिधान सभाको चुनाबसम्म भए पनि बैद्य बा को यो प्रस्ताब नेपाली कांग्रस र एमालेका केहि नेताहरुले समर्थन गरेका छन् / यसो भयो भने उत्तर दछिनले नेपालको राजनीतिमा त्यति हस्तछ्यप गर्न त्यति सक्दैन /

    Reply
  40. Mk says:
    June 14, 2013 at 2:23 am

    चुनाब होस्, देसले निकास र पछि विकास पावोस/

    Reply
  41. nandan chalise says:
    June 13, 2013 at 11:34 pm

    हुन्छ हुन्छ भारत ले जसरि पनि चुनाब गराउनु भनेर भनि सक्यो,,,,स्योर हुन्छ …….

    Reply
  42. BIBEK SHARMA says:
    June 13, 2013 at 11:06 pm

    चुनाव नचाहने हरुको मनोबल लाई बढावा दिने हो भने हुन्न भन्न परो नत्र अझै पनि चुनाव हुन्न कि किन सोच्ने ?कले गराउने हो र? दल ले सकेनम भनेसी गैरदल ले नि नसके कुन देस बाट कलाई झिकाउने विचार ६ हाम्रा मेडिया हरुको ?!

    Reply
  43. Nirmal B. says:
    June 13, 2013 at 10:47 pm

    चुनाब हुन्छ ? वा हुदैन? भन्दा पनि चुनाब हुन जरुरि छ ! नेपालीहरु धेरै बाठा भए , कुन्नि बादर धेरै बाठो भयो भने के के जाति भएर मर्छ रे , नेपालीहरु किन यति बिघ्न बाठा भा होलान . हामि सर्ब साधारणलाई बाच्ने गाह्रो भयो.

    Reply
  44. बेखालाल नेपाल says:
    June 13, 2013 at 10:36 pm

    अबश्य हुन्छ! चीन तथा ठुला दलका चिनिया दलाल नेताहरु जो संघियता बिरोधि छन् यिनीहरुको चुनाब बिरोधि सड्यन्त्र सफल भएन भने अबश्य हुन्छ!

    Reply
  45. raghubir says:
    June 13, 2013 at 10:06 pm

    ‘रेखाओं का खेल है मुकद्‍दर’ .. हेरौं नेपालको भाग्यले नेपाललाई कता डोर्‍याउँछ।

    देशलाई निकास चाहिएको छ, जुन चुनावले दिन सक्छ । तर – दिन सक्छ भन्नुको अर्थ पक्कै दिन्छ भन्ने चाहीं होइन। फेरि बन्ने सम्बिधान सभाले सम्बिधान दिन सक्ने क्यै ग्यारेन्टि छैन – र त्यसमा सम्बिधान सभाको मात्र दोष हुँदैन – त्यहाँ सभासद चुनेर पठाउने हाम्रो ठुलो दोष हुन्छ । अहिले नै सोच बिचार पुर्‍याएर चुनावबाट गतिलो मानिसहरु मात्र छानी पठाउने हो भने केहि होला , नत्र चुनाव हुनु नहुनुको कुनै अर्थ नै रहन्न।

    Reply
  46. उराश says:
    June 13, 2013 at 9:52 pm

    देश मा कालो बादल लागेन भने पक्कै चुनाब भएर देशले संबिधान पाउछ | नभए १० सौ वर्ष सम्म येस्तै रहनछ |
    उराश

    Reply
  47. Sachin says:
    June 13, 2013 at 9:36 pm

    मैले यहाँ भोट दिएर चुनाब भए पनि नभए पनि म चाइ “पक्कै हुन्छ ” भन्छु.
    क गर्ने झिनो आश भए पनि लिनु त पर्यो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme