Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुरुङमा आगो लगाउँदा ज्यान गएकाहरु पनि सहिद, १० लाख दिने सहमति

Posted on December 19, 2012December 20, 2012 by Salokya


विश्व रेकर्ड राख्‍ने व्यक्तिलाई सघाउन सुरुङमा आगो लगाउँदै गर्दा जलेर मरेका दुई जना युवकलाई सहिद घोषणा गर्ने सहमति भएको छ। सहिदको नामसँगै उनीहरुको परिवारलाई १०-१० लाख रुपियाँ दिइने छ। आगोले जलेका भरतसिंह थापाको गएराति मृत्यु भएपछि आज मृतकको शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो। वार्तापछि पत्रकारसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय प्रमुख देवबहादुर बोहराले यस्तो सहमति भएको जानकारी दिएको राससले जनाएको छ। तर मन्त्रिपरिषद्ले पारित नगरी यो सहमति लागू हुँदैन।

बिचरा, कसैको लहड मृत्युको कारण बन्यो !

भर्खर २८ वर्ष पुगेका सुरेश पन्थ र २९ वर्षका भरत सिंह थापा। दुवैको जीवनमा अझ धेरै गर्ने इच्छा थियो होला। तर, आगोको सुरुङमा मोटरसाइकल कुदाएर विश्व रेकर्ड राख्‍न खोज्ने एक व्यक्तिको लहडमा उनीहरुको जीवन व्यर्थै गयो। तनहुँमा गएको साता सुरुङभित्र आगो लगाउने क्रममा पोलेर घाइते भएकामध्ये बुधबार राति भरतसिंह थापाको मृत्यु भएको हो। अर्का घाइते सुरेश पन्थको बिहीबारै मृत्यु भइसकेको थियो।

फोटो साभारः Mukudml.com


घाइतेहरुलाई सुरुमा उपचारका लागि पोखरा लगिएको थियो। त्यसपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। हिजोमात्रै रेकर्ड राख्न खोज्ने शमशेरबहादुर लम्साल र कार्यक्रम आयोजक गण्डकी कम्प्युटर इन्स्टिच्युटका सञ्चालक बसन्त सदाशंकरले पीडितलाई एक-एक लाख रुपैयाँ दिने सहमति भएको खबर आएको थियो। ती दुवै अहिले प्रहरी नियन्त्रणमै रहेछन्।

घटनापछिका समाचार सुन्दा उनीहरु घाइते भए पनि ज्यानै जाने गरी सिकिस्त भएको अनुमान थिएन। तर उनीहरु नराम्रोसित जलेका रहेछन्। सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट जसले जान्ने भएर आगो लगाइदिए, उनीहरुले शायद् यस्तो भयङ्कर दुर्घटना हुने अनुमान गरेका थिएनन् होला। उनीहरुको त्यो उत्ताउलोपना पनि दुई युवकको ज्यान जाने कारण भइदियो। पूर्व तयारी बिना यस्तो जोखिमपूर्ण कार्यक्रम गर्ने आयोजक त दोषी भइ नै हाले।

अझ अनौठो कुरा आज थाहा पाइयो। यस्तो कार्यक्रम हुँदैछ भनी प्रशासनलाई थाहा नभएको हैन रहेछ। मंसिर ९ गते प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल मात्र हैन, सहकारी तथा गरिबी निवारण मन्त्री एकनारायण ढकालसमेतले संयुक्त रुपमा सुरुङमा आगो लगाएर कार्यक्रम उद्‌घाटन गरेका रहेछन्। त्यतिबेला दुई जना भिआइपीको पुर्पुरो बलियो रैछ र आगो राम्रोसित नबलेर कार्यक्रम स्थगित भएको रहेछ। त्यतिबेलै यस्तो दुर्घटना भइदिएको भए मन्त्री र सिडिओले कसरी मुख लुकाउँथे होला ?

पन्थ र थापालाई श्रद्धाञ्जलि। अब कसैको पनि त्यस्तो वाहियात लहड गरेर देशको नाम राख्छु भन्ने बुद्धि नबिग्रियोस्।

नयाँ भिडियो हेर्नुस् आगो दुर्घटनाको-


भिडियो सौजन्यः सागर गिरी

47 thoughts on “सुरुङमा आगो लगाउँदा ज्यान गएकाहरु पनि सहिद, १० लाख दिने सहमति”

  1. Ranju says:
    March 29, 2013 at 1:33 am

    I fully blame to administration only. Administrator should be punished.

    Reply
  2. madan bajracharya says:
    December 23, 2012 at 6:22 am

    ईनिहरु आफ्नै उरन्थ्याउलो प्रबितिको कारणले भन्दा राज्यको गैर जिम्मेवारीको कारणले मरेको हो/ तेस्तो वाहियात कार्यक्रम गर्ने दिनु हुन् थियो र दियकै भय पनि आबस्यक सुरछ्याको बन्दोबस्त गर्नु राज्यको कर्तब्य थियो/ ईनिहरु उअरन्थ्याउलो भयो, राज्य कर्तब्यच्युत भयो/अनि व्यर्थैमा ईनिहरुको ज्यान गयो/

    नागरिकहरुको हिफईजात गर्नु राज्यको कर्तब्य हो/ यसमा कमि कमजोरी भयमा राज्यले छ्यतिपूर्ति दिनु पर्छ/ त् दस लाख दियको सम्म त् ठिक हो/तर सहिद भनेको नितान्त गलत हो/ उरनथ्याउलो काम गर्ने व्यक्ति कसरि सहिद हुन् सक्छ?

    Reply
  3. Biru says:
    December 22, 2012 at 7:46 pm

    यदि बिकसित देशमा भैदिएको भए तनहुको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको तत्काल बर्खास्थी तथा जिउधनको सुरक्ष्या गर्न नसकेको कारणले तनहु प्रसासन कार्यालयले लाखौको जरिमाना तिर्नु पर्थ्यो. वास्तबमा भन्नुपर्दा यो लापरबाहीको चरम नमुना हो.

    Reply
  4. gam gurung says:
    December 22, 2012 at 2:59 pm

    यस्तो घटना फेरिफेरि नदोहोरियोस अनि गिनिजबुकमा नाम लेखाउने र त्येस लाइ हौसेमा हस्ते गर्ने आयोजक जिम्मेवार छन सबै खर्च तिनिहरुले तिर्न लागाउनु नि फोकटमा यता गरयो उता गरयो सरकार लाई सरकार त्येसै बेहाल भाको बेलामा । अन्तमा दुवै मृत आत्माले शान्ति पाउन ।

    Reply
  5. laxman says:
    December 22, 2012 at 1:54 pm

    राम्रो काम गरेर नाम राख्नु नि …. मुर्ख काम गरेर नाम राख्न खोजेर त भयन नि जे भय पनि बिचरा हार्दिक सर्दान्जली ,यस्तो काम गर्ने उस्काउनेहरु लाई पाप त लाग्नेनै छ उत्घाटन मा सरिक मन्त्रि र अधिकारी ज्यु हरु को बुद्धि कहिली …..दिग्दार लाग्छ .

    Reply
  6. sadip says:
    December 22, 2012 at 7:02 am

    अब नेपाल मा भुस्या कुकुर मरे पनि सहिद घोसना गर्ने भए. सहिद को अर्थ त बुझेका छन्?? राहत त दिन नमिल्ने कुरा छ सहिद घोसना गरेर १० १० लाख. बाढी पहिरो ले घरबार बिहिन लाई राहत छैन उल्पतांग काम गर्दै हिड्ने लाई सहिद अनि १० १० लाख पनि. देश को सम्पति को सत्यनास.

    Reply
  7. Bhanu, Malaysia says:
    December 22, 2012 at 6:51 am

    बकम फुस्से काम गरेर मरेका लाई के को शहिद ………………? शहिद हुनलाई त देश र जनताको निम्ति संघर्स गर्दा गर्दै मर्नु पर्दैन र ?

    Reply
    1. sibu rai says:
      December 24, 2012 at 2:18 pm

      भानु जिको कुरामा मा १००& सप्पोर्ट गर्दछु , हो उहाहरुको अकालमा ज्यान गयो त्यसमा सबैले स्रदान्जली दिनु पर्छ त्यो मा मान्छु ,तर उनीहरुलाई सहिद नै घोषणा गर्नु चाहि एकदम गलत हो . यो घटनामा मार्नेलाई पनि सहिद घोसाना गर्ने हो भनेता सहिद भन्ने सब्दको अर्थ नै के रहो र?

      Reply
  8. Yogen says:
    December 21, 2012 at 8:37 pm

    “SAFETY FIRST” भन्ने मन्त्र नभुलौ साथी हो/

    Reply
  9. bibek dhakal says:
    December 21, 2012 at 7:22 pm

    खै बा! अब बाटोमा मरेको, भट्टीमा झगडा गर्दा ज्यान गएको देखि ज्यानमारा अभियोग लगेर जेल मा परेको मान्छे (कथित विद्यार्थी संघको नेता भएको कारणले) सहीद हुने देशमा यी २ जना बिचराहरुलाई सहीद घोसना गरेको मा कुनै दुख लागेको छैन . बरु अब वृहत नेपाली शब्दाकोस मा “सहीद” को अर्थ परिवर्तन गरेर “हुलमुल र राजनैतिक पार्टीको दबाब वा सरकारको तजविजमा सम्मान प्राप्त गर्ने साधारण व्यक्ति ” भनेर राख्नु पर्ला – सायद प्राज्ञ हरुले पनि यो विषय मा सोच्दै होलान कि!?

    Reply
  10. raj says:
    December 21, 2012 at 5:57 pm

    खबर सुनेर म त दुखि हुने कि हास्ने दोधार मा परे ! ज्यान गएछ दुखि हुनै पर्यो .. बज्रस्वाठ पागल अनि बचपना काम गरेर नाम कमाउने उट्पट्यनग देखेर हासो लग्यो I व्यक्तिगत महत्वाकंछा लिएर आगो म हाम्फाल्ने लै सहिद घोषणा गरेर फेरी सहिद हरु कै उपहास गरेको देख्दा दिक्क लगेर आयो I उफ़्फ़्फ़्फ़्फ़

    Reply
  11. neerose says:
    December 21, 2012 at 5:03 pm

    शहिद???????????
    What a jock!
    कसको शहिद, केको शाही, कहाको शहिद?
    किन शहिद?
    बरु राहत स्वोरुप सहयोग भनेर दश लाख दिय भै हाल्योनि!
    किन शहिद घोषणा गर्ने?
    देशको बिधान र नीतिको चरम दुरुपयोग हो यो!

    Reply
  12. Nabraj says:
    December 21, 2012 at 2:22 pm

    मेरो १ जना छिमेकि पनि सिकिस्तै हुनुहुन्छ, अब धर्ना को लागि तयारी गर्नु पर्ला!!! जे भय पनि क्षतिपूर्ति दिनु त ठिकै हो, किन कि यो घटना मा प्रसासन को पनि ठुलो गल्ति छ तर सहिद घोसना चै ठिक भयन/

    Reply
    1. lok nath sigdel elmhurst newyork usa. says:
      December 21, 2012 at 10:06 pm

      कठै दसैं मा पोलेको खसी जस्तै कस्तो बिजोग अवस्था येति सानो कुरा नि बुझ्न नसक्ने मान्छे हरुमा के को कमजोरी हुन्छ होला है ???

      Reply
  13. binay says:
    December 21, 2012 at 1:43 pm

    hey god who will save nepal……. will somebody tell me the meaning of sahid?

    Reply
    1. bibek dhakal says:
      December 21, 2012 at 7:28 pm

      i dont know about the rest of the world but in Nepal the one who dies in a road accident, who dies an unnatural death and is associated to a political party -may he/she be a criminal-(the chances are high! :D) , one whom the incumbent government feels that they should be awarded a respect , is a SAHEED 🙂

      Reply
  14. Ghanashyam Rai says:
    December 21, 2012 at 1:38 pm

    मरने जती सबैलाई सहीद घोसणा गर्नु पटक्कै पनी राम्रो कुरा भने अबस्य हैन / के मर्ने जति सबैलाई सहीद घोसना गरेर गिनीज बुकमा नेपालको नाम लेखाउने त ? नेपालीहरुको सुबुद्धि कहिले आउने बा …. मर्छु की के हो म त / यो ख़राब ब्याबस्थापनको परिणाम हो / मृतकको परिवारलाई समबेदना छ /

    Reply
  15. Janak b Thapa says:
    December 21, 2012 at 12:56 pm

    एस्त सानो तिनो घटना लै मुद्दा बनायारा देसमा बन्द हड्ताल र आनेक किसिम माग राखेर सरकार लाई राष्ट्र को ढुकुटी खतम गर्न १० /२० लाख को माग राखेर जनता ले देसमा घटेका हरेक घटना लाई सरकारको मुख ताक्ने र सरकार लाई हरेक घटना मा पैसा मघेरा देसको आर्थ तन्त्र लाई आसर पर्ने छ र एस बाट हाम्रो देस काहेले पनि विकास हुने छैन र एसको लागि हामी हरेक नेपाली ले एक पटक स्वोछ्नु पर्छ कि यो ठिक वा बेठिक /

    Reply
  16. Kiran Upreti says:
    December 21, 2012 at 12:40 pm

    अब गिनीज बुकमा अर्को रेकर्ड हुनेभयो ।जलेर मरेका शहीद हुने देश नेपाल…..

    Reply
  17. Suman Thapa says:
    December 21, 2012 at 9:24 am

    उसो भए शिवा हासमीलाइ त झन् सम्मान सहित सहिद घोषणा गर्नु पर्यो नि.

    Reply
  18. suyesh says:
    December 21, 2012 at 8:18 am

    This is such a effing disgrace. Shahid??? my ass.

    Reply
  19. phurba says:
    December 21, 2012 at 7:31 am

    यस्ता हरु लै देसको सम्पति खर्च गर्नु चै बेकार हो कि जस्तो छ
    किन बने जसले जे गर्यो सबै लै देसले हेर्ने हो बने बोलि सबै ले एड्स लागेका केन्सर लागेका सबै ले यस्तै गरेर मर्ला अनि सबै लै सहिद गोसना गर्ने अनि सबै लै देस को डीकुती खर्च गर्ने यो चै अलि बया न जस्तो मोलाई लाग्छ

    Reply
  20. Chetan Nepali says:
    December 21, 2012 at 2:46 am

    आफ्नै बुद्धि र विवेक हराएर ज्यान गुमाएकाहरु देशको लागि कुनै योगदान नै नगरी कसरि शहीद भए ?? अचम्म हग्नेलाई भन्दा देख्नेलाई लाज !!

    अति भयो नेपालमा………..यी नराम्रा र नचाहिद कुराहरुको व्यापकता बढिरहेको नेपालमा कुनै अनिष्ठाको संकेत जस्तो छ !

    Reply
  21. Narayan Sapkota says:
    December 20, 2012 at 10:22 pm

    Organiser and stunt man must be charged with manslughter. Charges must be brought forward for organising a stunt without due care and precautions. Fire brigade should have been present on such a dangerous stunt. अब मान्छे काल गतिले मरे पनि १० लाख र सहिद हुने होला हाम्रो देशमा
    This is rediculous.

    Reply
  22. shyam says:
    December 20, 2012 at 9:52 pm

    What they were trying to is great for their personal satisfaction. It is another act of accepting challenges like bungi-jumping, paragliding and other adventurous sports. But I am sad that there was no any precaution for this. They could have arranged the enough fire brigade, ambulance, and doctors at the spot so if something happens they that could be cured immediately.

    Reply
  23. Bhola Ghimire says:
    December 20, 2012 at 8:43 pm

    कार्यक्रममा ८-१० हजार को उपस्थिति देखिन्छ | नेपालका मन्त्रि र प्र जी अ लाई त् क भन्नु र बुद्धि भएका हरु कमै मात्र मन्त्रि हुन्छन क्या रे, प्र जी अ पनि प्रधिबिक परेनन् , हो मा हो मिल्लाय | तर तेत्रो मास मा कोहि पनि सम्बेद्हें सिल नाधेखिदा भने साञ्चै हामि नेपाली जंगली नै रहेछौ कि क्या |
    ‘motorcycle’ पेट्रोल ले चल्छ क्या रे ? पेट्रोल अति प्रज्योलोंसिल मनिन्छा, अलि तद्है बाट आगि टिप्छ | तेसैले इन्गिन बनाउदा कम्पनि ले बिशेष ध्यान दिन्छ | हामि नेपाली चाहि प्रधिबिक कुरा को मतलब रख्दैनौम अनि कुरा मात्र ठुला | अनि कसैले कुरा खाएन भने बिरोध | यो सब नेपाली को कम्जोर बस्थुस्थिति ले गर्दा भएको हो |
    घटना जे नहुनु भै हाल्यो, सम्बधित जिम्बेरार लाई आबसेक कारबाही त गर्नु नै पर्यो, तर त्यो भन्दा ठुलो कुरा जहिले पनि कम गर्नु भन्दा पहिले हरेक दृस्टी कोण बाट पास भयापाची मात्र गर्नु पर्दो रहेछ भन्ने पाठ सिक्न भुल्नु भएन |

    मृत्तामाले चिर शान्ति पायोस | सोकाकुल सम्बन्धित सबैमा हार्दीक श्रद्धान्जली !!!!

    Reply
  24. Nash says:
    December 20, 2012 at 8:11 pm

    अस्ती ‘कस्सो ज्यान जोगियेछ’ भन्ने टाइटलमा ‘ ज्यान बचेछ, बधाई छ’ भनेर कमेन्ट गरेको थें . आज यो समाचार पढ्दा कस्तो कस्तो लग्यो. 🙁
    मृतात्माको चिर शान्तिको कामना, भगवानले शोकाकुल परिवारलाई शक्ति दिउन् .

    Reply
  25. Keshab Ghimire says:
    December 20, 2012 at 6:11 pm

    रेकर्ड राख्ने भन्दैमा यस्तो काम चाही गर्नु नहुने .

    Reply
  26. गगने says:
    December 20, 2012 at 5:33 pm

    हामि कति मुर्ख छौ हामि कति सम्म मुर्ख्याइ गर्न सक्छौ भन्नेकुराको ज्वलन्त र पछिल्लो उदाहरण हो यो!
    हुन त हक्की र लहडजन्य यस्ताकार्यहरु सफल भय बहादुरी हुन्छ असफल भय मुर्ख्याइ!
    तर यहा सो काम गर्ने मात्र नभई सो कार्यको लागि उत्प्रेरित गर्ने, अनुमोदीन गर्ने, सहयोग गर्ने, रमिता हेर्ने सबै मुर्खाहरुनै हुन् र तेस्मा महामुर्ख अनि घात गर्ने पापी चाहि त्यो जान्ने भयर बाहिर बाट आगो सल्काइदिने हो भन्छु म!
    प्रसासनले यो लहडलाइ यत्तिकै किन र कसरि स्वीकृति दियो?
    सुरक्षाको उचित र आबस्यक प्रबन्ध बिना आयोजकले किन कार्यक्रम सुरु गर्यो?
    यी दुइ हुन् मुख्य जसले यस्तो कार्यक्रम मा हुनसक्ने भबितब्य र हानिको बारेमा पुर्ण र यथेस्ट ख्याल गर्नुपर्ने थियो त यसको दोषी को भागिदारी कानुनि र आधिकारिक तबरले यी दुइ निकाय हुनु पर्छ!
    बाह्य मान्छेले आगो लगाउन सक्ने गरि सो स्थान सम्म अनाधिकृत व्यक्तिहरुलाई पहुँच कसरि दिइयो? सो कार्यक्रममा सर्बसाधारण दर्शक अनि अनाधिकृत व्यक्तिहरुलाई यथेस्ट र सुरक्षित दुरी मा राख्नु पर्ने थियो यो किन सोचियन?
    यस घटनामा बाल बच्चा र सर्बसाधारण असम्बन्धित नागरिक परेको भय तेस पापको भागिदारी को हुन्थो?
    सबै भन्दा पापी त्यो जान्ने भयर बाहिर बाट आगो सल्काइदिने अपराधि मुर्ख हो!
    हामीले त अब भन्ने मात्र,
    “भगवानले मृत आत्मालाई शान्ति प्रदान गरोस अनि शोक सन्तप्त परिवार लाइ धैर्य धारणा गर्ने शक्ति देवोस”
    अनि आइन्दा यस्तो मुर्ख्याइ कसैले पनि नगरुन!
    जदौ!!!

    Reply
  27. Max Thapa says:
    December 20, 2012 at 3:40 pm

    सिडिओ र मन्त्रि दुबैलाई कारबाही गर्नु पर्छ आजीवन जेल हालेर किनकि यी दुबैले उद्घाटन गरेका रहेछन यानिकी दुर्घटना हुन सक्ने सोच आएन यिनीहरुलाई ?जे कुरामा पनि उद्घाटन गर्न तम्सिने , यस्तापनि हुन्छन त सिडिओ अनि मन्त्रि ?

    Reply
  28. सुभाष सिद्धि उदास says:
    December 20, 2012 at 2:02 pm

    यस्तो लाग्छ यी युवाहरुको उम्लिँदो रगतमा जोश चाहिएको भन्दा बढी मात्रामा छ , तर होश भने … / के यिनीहरु अशिक्षित हुन् ? नत्रभने स्कूलमा पक्कै पढाएको हुनु पर्छ —
    LOOK BEFORE YOU LEAP. यो गतना बाट अरुले शिक्षा ग्रहण गरोस !

    Reply
  29. kranti says:
    December 20, 2012 at 1:34 pm

    ‘मुर्ख’ र ‘बहादुर’ एकदमै नजिकका अर्थ राख्ने शब्द हुन् | यदि कसैले मुर्खतापुर्ण कार्य गर्यो र सफल भयो भने उ बहादुर ठहरिन्छ , तर असफल भयो भने सबैले मुर्ख भन्छन | जंगबहादुरले घोडा सहित त्रिशुलीमा फाल हाल्ने, धरहरा बाट फाल हाल्ने जस्ता कार्यमा बाच्न सफल भएकाले बहादुर भए | यदि मरेका भए सबैले कस्तो मुर्ख भन्ने थियो | मुर्खता पूर्ण कार्य नगरी बहादुर बन्न सकिन्न | यो घटनामा पनि यदि उनीहरु सफल भएका भए हामि सबै ‘वाह! कस्ता बहादुर, आगोको सुरुङ्गबाट मोटरसाइकल कुदाउन सक्ने बहादुर ‘ भन्ने थियौ , असफल भए त्यसैले मुर्ख भए | श्रद्दान्जली ती ‘बहादुर’ बन्ने चाहना राखेका तर बन्न नसकेको ‘मुर्ख’लाइ सहयोग गर्दा ज्यान गुमाउनेहरुप्रति !

    Reply
  30. kumar says:
    December 20, 2012 at 11:23 am

    आफ्नै नाम राख्न नसक्नेले देशको नाम राख्न आगोमा भट्भटे कुदाउने धिक्कार छ पो भन्छु म त …………

    Reply
  31. Preajwal Shrestha says:
    December 20, 2012 at 9:05 am

    The organizer was quite foolish to make an event without any rescue team. There were no Firefighter. So please guys think about its harmness before doing any event

    Reply
  32. अनोज शाक्य says:
    December 20, 2012 at 8:55 am

    दिन दशा बिग्रे पछी बुद्धी पनि उल्टो आउदो रहेछ । भौतिक शरीर ,आमा बुवाको आसा , देशको लागि गर्नु पर्ने योगदान ,शैक्षिक योग्यता सबैमा आगो लगाएर गएछ । हार्दिक श्रदान्जली ।

    Reply
  33. Ram K Bimali, birtamod, jhapa says:
    December 20, 2012 at 8:41 am

    दुवै दिवंगत युवाहरु प्रति हार्दिक श्रन्दांजलि / यस्ता जोखिमपूर्ण कामहरु गर्दा अपनाउनु पर्ने तयारी र होसियारिको कमि भएको देखियो / धनजनको क्षति हुन सक्ने र अन्तरास्ट्रिय स्तरको काम भएकोले कानूनी रुपमा नै जोखिम बीमाको व्यबस्था हुनु जरुरि थियो / इजाजत दिने निकायले त्यो सतर्कता अपनाएको देखिएन / जसले गर्दा आज मृतकहरुको परिवारको लागि भिख माग्ने काम शुरु भएको छ,/ सामान्यतया हेर्दा यो सहयोग को याचना ‘ हजार थुकी नदि’ को नेपाली परम्परा भित्र कै एउटा राम्रो पक्ष हो तर सिदान्तत यो ठिक होइन / फिल्म छायांकन, खेल, तमासा आदिमा आयोजकलाइ जोखिम बीमाको कानूनी व्यबस्था गर्न , गराउन सरकारी निकायले सोच्न जरुरि छ / नत्र यहाँ आए आँप गए झटारोको तालमा यसरि निरिह हरुको हुर्मत भइ नै रहन्छ / सम्बन्धित निकायहरुको ध्यान जाओस /

    Reply
  34. पिताम्बर खनाल says:
    December 20, 2012 at 8:09 am

    वास्तबमा भन्नुपर्दा यो लापरबाहीको चरम नमुना हो. यदि बिकसित देशमा भैदिएको भए तनहुको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको तत्काल बर्खास्थी तथा जिउधनको सुरक्ष्या गर्न नसकेको कारणले तनहु प्रसासन कार्यालयले लाखौको जरिमाना तिर्नु पर्थ्यो. यहाँ त लाचारहरु अघिल्लो पटक आफै आगो झोस्न जान्छन अनि प्रसासनको अनुमति बेगर कार्यक्रम गरेको भएर हामी जवाफ देहि छैनौ पनि भन्न भ्याउछन. जनताहरु पनि अलि सचेत हुनुपर्यो. आफ्नो जिउधन को सुरक्ष्या आफै गर्नु पर्यो. सरकारले सहिद घोषणा गरिदेला भनेर मर्न तम्सनु भएन. ज्यान रहे त सबै छ, नत्र के को नाम के को रेकर्ड!!!!

    Reply
  35. SURENDRA SUBEDI hongkong says:
    December 20, 2012 at 7:04 am

    प्रयाप्त सुरक्क्षा बेगर गरिएको काम को परिणाम यस्तो नै हुन्छ /कत्रो हिम्मत ले गरेको बेगर सेफ्टी precaution ?सुन्दा पनि डर लागेर आयो प्रभु /मृत आत्म को चिर शान्ति को कामना गर्दछु

    Reply
  36. Bayan says:
    December 20, 2012 at 6:48 am

    त्यत्रो भिडमा यो गर्न नहुने काम हो, नगरौ भनेर रोक्न सक्ने कोहि रहेनछ, धिक्कार……त्यसै भूपी शेरचनले यो हल्लै हल्लाको देश हो भनेर कविता लेखेका होइनन रहेछ ४० बर्ष पहिले/

    Reply
  37. shantdil says:
    December 20, 2012 at 6:48 am

    सिडियो र एकनाथ ढकाल नामको मन्त्रीलाई पनि एस्तो उत्तेजक कामको मतियार भएको आधारमा कानुन अनुशार दण्ड हुनु पर्छ. आयोजक संस्था लाइ त हदै किसिमको कारबाही हुनु पर्छ. भबिस्यमा एस्तो कामको लागि हौसला दिने र लिने दुबैलाई आजीवन काराबास को नियम बनाउन जरुरि छ.

    Reply
  38. yash says:
    December 20, 2012 at 5:37 am

    प्रजीअ दाहाल र मन्त्रि ढकाल दुबैले यस्तो कार्यक्रम हुदैछ भन्ने थाहा हुदाहुदै पनि आबस्यक सुरक्ष्या सतर्कतामा ध्यान दिन नसकेको भन्दै सके नैतिकताको आधारमा पदबाट राजिनामा दिउन ( राजिनामा दिन्छन भन्ने बिस्वास चाही छैन है ! सामान्यतया नेपाली मन्त्रि र सार्बजनिक पद धारणकर्ता हरुको नैतिकता भन्ने चिज हुदैन !) नभए पनि कमसेकम आत्म आलोचना गरुन | आयोजकहरुलाई कानुनी कारबाहीको दायरा भित्र ल्याइयोस | मृतकको परिवारलाइ गतिलो क्षतिपूर्ति यिनीहरु बाटै भराइयोस |
    मृतक युबकद्वय पन्थ र थापालाइ हार्दिक श्रदान्जली |

    Reply
  39. aasish,switzerland says:
    December 20, 2012 at 4:35 am

    बिचारा बेकार मा ज्यान गयो
    एस्तो नियति अरु कसैले भोग्नु नपरोस,
    दोषी लाइ कडा भन्दा कडा कारबाही हुनु पर्यो अनि पिडित ले उचित क्षेतिपूर्ति पाउनु पर्छ
    येस्मा सबैभन्दा ठुलो लापरबाही प्रसासन को देखियो,एस्तो उत्ताउलो काम गर्ने र एसको लागि स्वीकृति दिने र अझै आफै उद्घाटन गर्ने प्रसासन ले पूर्व तयारि बिना कार्यक्रम गर्न दिनु गैह्र जिम्मेबारी को हद हो,
    मृतक हरु को आत्मा को चिर शान्ति को कामना र सोक सन्तप्त प्ररिबार प्रति हार्दिक समबेदना
    आशिस
    स्विस

    Reply
  40. mahesh says:
    December 20, 2012 at 4:00 am

    काम पाइनस बुहारी पाडाको …… कन्या भनेको येही हो. सरकारी तलब खाएर एस्तो कार्यक्रम उद्घाटन गर्न जान्छन हाम्रा मन्त्रि र कर्मचारी…. आयोजक लाई त कारबाही गर्नु पर्छ तर कार्यक्रम को सुकृति गर्ने कर्मचारी लाई नि कारबाही हुनु पर्छ. … प्रहरी पनि तैनाथ गरेको देखिन्छ फोटो मा .. सबै मिलेर गरेको कार्यक्रम जस्तो छ ……आयोजक मात्र होइन सिडियो र मन्त्रि लाई नि हत्या को बारेमा सोधपुछ गर्नु पर्छ….. खतरा हुन्छ भन्ने त सिडियो लाई नि थाहा थियो होला सुकृति दिने बेला मा र मक्ख परेर मन्त्रि संग उद्घाटन गर्न जाने बेला मा…..आगो भएपछि दमकल को नि बेबस्था गर्नु पर्ने हो…………. मिर्तक परिवार लाई मेरो समबेदना….आत्मा ले चिर शान्ति पाओस…. भगवान संग मेरो येहि पुकार छ …..

    Reply
  41. hridaya says:
    December 20, 2012 at 2:34 am

    मृतकहरुको को आत्माले शान्ति पाओस !! हरे ! कस्तो बज्रपात पर्यो होला यी मृत्यु हुने युवाको परिवारमा !! ब्यर्थै गयो यी दुइ निर्दोषको जीवन !! बेरोजगारीको झोकमा पिल्सिएका हरुलाई २, ४ पैसाको लोभ देखाए होलान, आगो लगाउन!! फेरी पनि कसैको जिन्दगि यस्ता वाइहात रामितेहरुको लहडको शिकार हुनु नपरोस !! यो उटपटयांग रेकर्ड राख्न खोज्ने मात्र होइन, सम्भावित दुर्घटनाको सहि पुर्ब तयारी नगरी उसलाई एस्तो काम गर्न उक्साउने कथित प्रायोजकहरु पनि उत्तिकै मात्रामा दोषी छन् !! चेतना भया !!

    Reply
  42. kedar says:
    December 20, 2012 at 12:32 am

    आफ्नो लहड पुरा गर्न अरुलाई मृत्युको मुखमा पुर्याउनु दुर्घटना, भैपरी, अकस्मात जस्ता कुरा कदापि मान्न सकिंदैन र आयोजक र त्यो लहड बहादुर लाइ दाँया बायाँ केहि नहाली १००% बिसुद्ध ज्यान मुद्धा लगाएर १ जना मारे बराबर २० बर्षका दरले ४०/४० बर्ष चिसो छिंडीमा सढाउनु पर्छ अनि मात्र अरु लहड बहादुर जन्मीदैनन /

    Reply
  43. Ram Kant Subedi says:
    December 20, 2012 at 12:12 am

    हेर यिनका मति बिग्रेर

    Reply
  44. lok nath sigdel elmhurst newyork usa. says:
    December 20, 2012 at 12:08 am

    विचरा कस्तो दुर्दशा !!! एस्तो जिन्दगीमा कसैले भोग्नु नपरोस, सहानुभूति अनि हार्दिक सर्दान्जेली !!! कस्तो जटिल स्थिति !!!

    Reply

Leave a Reply to shantdil Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme