Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै

Posted on October 31, 2012October 31, 2012 by Salokya

सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो वर्ष १०८ औँ नम्बरमा परेको हो। अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको छ।

नेपाल यो वर्ष अघिल्लो वर्षभन्दा १५ अङ्कले खस्किएर १०८ मा पुगेको हो। परार नेपाल ९१ मा थियो भने सन् २००९ मा ८८ औँ नम्बरमा। नेपालभन्दा ५ अङ्कमाथि बंगलादेश रहेको छ भने त्योभन्दा दुई स्थानमाथि भारत रहेको छ। नेपालभन्दा मुनि अधिकांश अफ्रिकी राष्ट्र छन्। दक्षिण एसियाली देश पाकिस्तानको स्थान नेपालभन्दा निकै मुनि १३२ मा छ। त्यसैगरी अफगानिस्तान उल्टोबाट तेस्रो (१४० औँ) छ।

सम्पन्नताको सूचिमा स्क्यान्डिनेभिएन देशहरु शीर्ष स्थानमा छ। नर्वे पहिलो,डेनमार्क दोस्रो र स्वीडेन तेस्रो नम्बरमा छ। अस्ट्रेलिया चौथोमा छ भने न्युजिल्यान्ड पाँचौँमा छ।

क्यानाडा छैटौँमा छ भने फिनल्यान्ड सातौँ, नेदरल्यान्ड आठौँ, स्विट्जरल्यान्ड नवौँ र आयरल्यान्ड दशौँमा छ।

अमेरिका १२ औँमा छ भने बेलायत १३ औँ। अर्थतन्त्रमा त अमेरिकाको झन् बिजोग छ। अमेरिका अर्थतन्त्रमात्रैमा २० औँ स्थानमा छ। यो एसिया र युरोपका देशहरुभन्दा धेरै पछाडि हो। सेफ्टी एन्ड सेक्युरिटीमा पनि अमेरिका २७ औँ नम्बरमा छ।

नेपाल उद्यमशीलता र अवसरमा निकै कमजोर छ। बाँकी विधामा भने नेपाल मिड लो स्टायटसमा छ। नेपाल (९६) ले सेफ्टी एन्ड सेक्युरिटीमा भारत (११४)लाई जितेको छ। त्यसैगरी शिक्षामा पनि नेपालले भारतलाई ७ अङ्कले जितेको छ भने स्वास्थ्यमा ६ अङ्कले।

केही विशेषता
• सबै कुरा मिलाउँदा नर्वेको स्थान सबैभन्दा माथि छ।
• अर्थतन्त्र विषयमा स्विट्जरल्यान्ड एक नम्बरमा छ।
• उद्यमशीलता र अवसरमा डेनमार्कले सबैभन्दा माथिको नम्बर पाएको छ।
• सुशासनमा स्विट्जरल्यान्डको स्थान शीर्ष हो।
• स्वास्थ्यमा एक नम्बर स्थान लक्जेमवर्गको छ।
• सेफ्टी र सेक्युरिटीमा आइसल्यान्ड सबैभन्दा माथि छ।
• व्यक्तिगत स्वतन्त्रतामा क्यानाडाको अङ्क सबैभन्दा बढी छ।
• सामाजिक पूँजीका हिसाबले नर्वे सबैभन्दा माथि छ।

पूरा तथ्याङ्क हेर्नुस्

37 thoughts on “सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै”

  1. loknath says:
    November 4, 2012 at 6:20 pm

    खै के भनु … नेपालको बारेमा लेख्ने शब्द नै छैन …. तेसैले नेपाल देश मेरो नेपाल देश !!!

    Reply
  2. ballav says:
    November 4, 2012 at 11:19 am

    नेपाल एक नम्बर मा छ : जस्तो कि
    १. राजनैतिक खिचातानी
    २. Corruption
    ३. नेतागिरी
    ४. काम भन्दा गफ बढी गर्न
    ५. खल्ती मा सुको नभयेनी करोड भन्दा ठुलो कुरा गर्न
    ६. जनता भन्दा नेता बढी भएको देश
    ७. कुनै पनि प्राबिधिक ज्ञान नभएका अर्थमन्त्री को भिड
    ८. नेपाल police काम गर्न भन्दा corruption गर्न माहिर
    ९========

    ballav

    Reply
  3. razen says:
    November 4, 2012 at 1:59 am

    माओबादीको नया नेपालको कुरोले प्रगति गर्दै छ | जुन दिन यो देशले १४२ औ स्थान प्राप्त गर्छ अनि बल्ल सारा संसारले नया बनेको नेपाललाइ चिन्नेछ |

    Reply
  4. Bimal says:
    November 3, 2012 at 8:06 pm

    आज हाम्रो देश नेपाल १०८ मा पर्नुको मुख्य कारण ” बैदेशिकरोजगार ” र माओबादिले गरेको दुस्कर्म को परिणाम हो / हजुर हरुलाई सही लागे मा हरियो दबाउनु होला !!

    Reply
  5. योगेश आदी, न्यूयोर्क says:
    November 2, 2012 at 9:45 am

    आधुनिक कृषि प्रणाली अबलम्बन गरि कृषिलाई व्यवसायको रूपमा बिकाश गर्दै गाउँ-गाउँमा नै रोजगारको अवसर सिर्जना नगरेसम्म नेपालीको आर्थिक अवस्था बलियो बन्न सक्दैन, किनकि; अझै पनि ७९% जनता कृषिमा आधारित रहेकोले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेकै कृषि हो /
    कृषि भन्नाले अन्नबाली मात्र नभई फलफुल खेति र पशुपालन पनि भएकोले युवा जनशक्तिलाइ कृषि ऋण उपलब्ध गराई देशमै उपयोग गर्न सके मात्र अर्थतन्त्र बलियो बन्न सक्छ / अहिले भारतबाट आयात गरिने खाद्धवस्तु मात्र कम गर्न सकियो भने देशको लागि बरदान हो /
    – रेमिटान्सले क्षणिक लाभ दिए पनि दिगो लाभ दिन सक्दैन, विदेशबाट फर्केपछि उक्त व्यक्ति नै पुन: बेरोजगारको पंक्तिमा गनिन्छन /
    – पर्यटनलाइ प्रवर्धन गर्दा बिदेशी मुद्रा त भित्रिन्छ तर पर्यटकले खर्च गर्ने मुद्राको मुख्य हिस्सा भने सिमित हुनेखाने व्यापारी वर्गमा जाने गर्दछ /
    यसर्थ, सम्पन्नताको सुचिमा देश खस्केकोमा झस्कनु भन्दा सरोकारवालाहरुले कृषकलाई प्रोत्साहन गर्नुपर्यो !!

    Reply
  6. Sagar BC says:
    November 1, 2012 at 10:21 pm

    नेपाल गरिब भएर के भो र, यसलाई लुटेर माओबादी हरु अरबपति भएकै छन्.., माओबादी ले नेपाल बनाउने…, हरे…. अझै हेर्दै जानुस नेपाल र नेपाली को दुर्दशा.. यो त सुरुवात मात्र हो….

    Reply
    1. मणि चौधरी says:
      November 2, 2012 at 9:10 pm

      नेपाल लाइ यो गति मा पुराउने सबै भन्दा ठुलो भूमिका माओवादी को हो. जुन वर्ष देखि माओवादीको चुरीफुरी सुरु तेही वर्ष बाट यो देस ओरालो लाग्न थाल्यो. यो कुरा माओवादीले बुजेन भने यी अफ्रिकन मुलुक भन्दा पनि तल झर्दै जान्छ.

      Reply
  7. Damodar Kuinkel says:
    November 1, 2012 at 10:05 pm

    येस्तई हो हजुर नेपालको राजनीतिले कहिलै निकाश नपाउने भो. हाम्रो हजुरबुवाको पालामा जस्तो राजनीतिक अस्तिरता थियो अहिले नातिको पालामा पनि त्यो भन्दा कम गन्जागोल छैन . नेपालीहरुको नया राजनीतिक दल प्रति धेरै नै आश थियो तर जति जोगी आएपनि कानै चिरिएका भनेजस्तई कुनैले पनि देश र जनता को बारेमा नसोच्ने भए पछी कसको के लाग्छ र . राणा साशन ले गर्दा देश १०० बर्ष पछाडी गयो अनि राजा महेन्द्र, पंचायत काल, बहुदल, गणतन्त्र भन्दा भन्दै देशले कहिल्लै राजनीतिमा स्थाइत्व नपाउने भो. प्लेटोको भनाई अनुसार असल ब्यक्ती राजनीतिमा आउनु पर्छ नत्र खराब व्यक्तिबाट साशित हुनुपर्छ भन्थे . तर नेपालमा असल व्यक्ति राजनीतिमा आउँन कति साल कुर्नु पर्ने हो . नेपाल समुन्नत भएको देख्न नपाउदै जीवनले डाडा काट्न थालिसक्यो . उफ . नेपालमा जुनसुकै असफलता भोग्नुको पछाडी राजनीति गर्ने चोर नेताहरुको हात छ. येस्तै हो , खराब राजनीतिक व्यक्तिहरुले बिगारेको एउटा देश नेपालको अवस्था. अझ कस्तो अबस्थामा पुर्याउनेहुन् सम्झदा नै कहाली लाएर आउछ मलाई त .

    Reply
    1. Aryan Khadka says:
      November 1, 2012 at 11:29 pm

      एदी देश लाइ अगाडी बढाउने बिकाश गर्ने हो भने बाबुराम भट्टराई लाइ नै समर्थन गरौ र अगाडी लगाउ | फाल्तु कुरा नासुनौ उनले गरेको काम योजना र इमान्दारिता लाइ हेरौ अनि तेसै अनुसार नै आफ्नो तर्फा बाट सहयोग गरौ देश माथि उठ्छ | नत्र भाडभैलो मच्आउ एउटा एउटा पार्टी को समर्थन मा बोलेर |

      Reply
      1. Aakar Bhushan Nepali says:
        November 2, 2012 at 11:18 pm

        मित्र,
        Fool me once, shame on you!
        Fool me twice, shame on me.

        अस्तु

        Reply
  8. diwakar says:
    November 1, 2012 at 5:46 pm

    अब जुन देशमा सम्पन्न बन्नु अपराध मानिन्छ , सामन्ती को उपमा पाईन्छ त्येस्तो देशमा एस्तो हुनु कुन ई नौलो होइन ! आफु गर्न नसक्ने अरुले गरेको देख्यो कि सामन्ती भन्ने उसको व्यवसाय लाई धरासाही पार्न संसारमा नभएका कम्युनिष्ट हरु नेपाल मा छन् ! यिनी हरु को अन्त नहुन्जेल यहाँ सब येस्तई हो ! त्येसैले कृपया कम्युनिष्ट सम्बन्धि किताब लेख नपद्नु होला ! एसले मति भ्रस्ट गर्छ ! ३० वर्षा सम्म पश्चिम बंगाल को विकास हेर्नु कति दरिद्र छ त्यो राज्य ! कम्युनिष्ट हरु अहिले पनि तत्कालिन रुशी सरकार ले चलाएको “जिउ धन सरकारी” भन्ने नारा जपेर सत्ता को भर्यांग चडछन् !

    Reply
  9. madanpahari says:
    November 1, 2012 at 5:10 pm

    नेपालीहरू २ लाखको गाडी ८.५ लाख हालेर किन्न सक्ने भएर होला नि त । दुनिया कता पुगी सक्यो अझै टिभिमा इन्च नापेर लुरूक्क परेर Tax तिर्छौ हामी अनि हामीलाइ सम्पन्न नै भन्नु पर्यो नि ।

    Reply
  10. rckaranjit says:
    November 1, 2012 at 4:38 pm

    कामरेड को गणतन्त्र ,कांग्रेस को लोकतन्त्र को येही हो जनता लाई महँगो उपहार हामी पशुपतिनाथ संग प्राथना गरौ यो लोकतन्त्र र गणतन्त्र को नेता हरु लाई चाडै सदबुद्दी प्रदान गर अनि देश लाई विकास को मार्ग मा डोर्याउन येही छ तिमिहरु लाई हाम्रो कामना ! हामी आफ्नो देश बाहिर छौ हामी लाई हाम्रै देश फर्कने वाताबरण बनाई देऊ ,अब त्यो तिम्रो सहमति र सहकार्य को रडाको ले अझ देश लाई कहाँ पुर्याउछ सक्छौ भने ढिलो नगर नेपाल आमा लाई धेरै नरुवाउ तिमि हरुलाई एकदिन उनको सराप लाग्नेछ .

    Reply
  11. Gaurav Nepali "Oodaaseen" says:
    November 1, 2012 at 2:58 pm

    प्रचण्ड-बाबुराम, शुसिल-रामचन्द्र, झलनाथ-माकुने अनि रामबरण लै धेरै बधाई छ !!!र तिनीहरुबाट झर्ला र क्वाप्प खाउला भनेर बस्ने नामर्द जन्यहरुलाई पनि बधाई छ !!!!

    Reply
  12. बिनोद तिमिल्सिना says:
    November 1, 2012 at 2:46 pm

    भ्रष्ट र जनता लुट्नेमा नेपाल एक नम्बरमा छ!!!!!

    Reply
  13. Pankaj malakar says:
    November 1, 2012 at 1:55 pm

    यी नेता हरु ले देसै खत्तम पारे

    Reply
  14. saru says:
    November 1, 2012 at 12:00 pm

    बाँदर को हात मा नरिवल भने को यहि हो. मुर्ख नेपाली जनताले माओबादी जस्ता आतंककारी र धोति हरु को गुलाम पार्टी र कन्त्ग्रेस्सी जस्ता नामर्द आफ्नो केहि सिदान्त नभएको पार्टी र एमाले जस्ता हिजडा पार्टी को विश्वास गर्न ले यस्तै भै राखेको हो भन्ने कुरो बुझने बेला भै सकेको छ नत्र चाडै नै यस्ता ब्रस्ताचारी र नव लेन्डुप दोर्जी हरुले देशनै धोति हरु लै बेचिदिना बेर लागौदैना. जे पुरानो नेपाल.

    Reply
  15. sanu says:
    November 1, 2012 at 11:56 am

    यी नेता हरुले यस्तै राजनीति गरिराखे भने त यो देश उल्टोबाट फस्ट हुनेछ /
    आहिले नेपालमा बिदेशीहरुले जे चायो त्यहि भै राखेको छ र कसैले पनि नेपालको उन्नति होस् भन्ने सोचेकै छैनन् / खाली यहाँ आफ्नु हैकम मात्र चलाउन खोजि राखेका छन् / यो कुरा यहाका मुर्ख नेता हरुले खोइ बुझेका? मात्र आफुलाई कुर्सी नै भए पुगी हाल्छ अनि बुझेर पनि बुझ पचाएका होलान कि ? कि हामी जनता हरुलाई पनि बेबकुफ पारी राखेका छन् / हामी जनताहरु चै कहिले सम्म मुर्ख हुने होला खै के खै के /

    Reply
  16. Adwait Sharma says:
    November 1, 2012 at 11:54 am

    Once, somewhere, I had seen the quote ,” There are three types of lies : damn lies, lies and statistics.” That’s why, What I think, these conclusions are also statistics which are true but to small fraction of people only. Anyway thanks to Shalokya jee for sharing this report with us.

    Reply
  17. prakash says:
    November 1, 2012 at 11:44 am

    हाम्रो देश को सेकुरिटी र सफेटी मिड लो रे , तेसै भएर होला हाम्रो देश मा इन्टरनेट मा हतियार किनेर हाल मा फिल्म हेरिरहेका निर्दोष मानीसहरु लाई मरिन्छ , अफ्नो देश को majority ले न मान्ने धर्मका मानिसलाई पनि हाम्रै नेपालीहरु ले मारछन् , टावर पनि हाम्रै लाई प्लेन ले हान्छ |

    Reply
  18. Bishnu Nepali says:
    November 1, 2012 at 11:20 am

    पार्टी का नेता, भात्री-संगठन का नेता, ठुला कर्मचारी, ठुला पुलिश, न्यायादिश, ब्यापारी हरुको सम्पनाताको सुची देश को तुलनामा बने नेपाल पहिलो नम्बर मा पर्न सक्छ !

    Reply
  19. Kanchan Sharma says:
    November 1, 2012 at 11:06 am

    नेपालीहरुलाई बधाई छ |

    Reply
  20. पुष्प says:
    November 1, 2012 at 10:48 am

    बिग्रेको घर सपार्न कि त नयाँ घर बनाउनुपर्छ कि त त्यसलाई जीर्णोद्धार गर्नुपर्छ । देशको कुरामा नयाँ घर बनाउने कुरा हामीले सोच्न पनि सक्दैनौं । त्यसैले जीर्णोद्धारका क्रममा बिग्रेको घर अझ बढी भताभुंग अवस्थामा पुग्छ; हाम्रो देश पनि यही अवस्थामा छ ।

    Reply
    1. सार्थक says:
      November 1, 2012 at 5:14 pm

      पुष्प जी, कथित जनयुद्धकालमा त माओवादी मित्रहरु बनाउनकै लागि भत्काएको हो (Destruction for Construction ) भन्थे तर अहिलेसम्म त माओवादी मित्रहरुले ४ वटा इँटा जोडेर केही बनाएकोसम्म देखिएको छैन । अब कहिलेसम्म पर्खिनु पर्ने हो बनाएको हेर्नलाई ? बोल्नु र गर्नुमा आकाश जमिनको फरक छ नि मित्र । हुन त आँफै फुटेर ३ टुक्रा परेका अनि ती टुक्राहरु भित्र पनि अनगिन्ती चिराहरु परेकाले देश बनाउलान भन्ने के पो आशा गरी बस्नु र ?

      Reply
  21. Sisir says:
    November 1, 2012 at 10:35 am

    लोकतन्त्रको ५ बर्से उपहार, अरु ५ वर्ष येस्तई हो भने पुछारबाट प्रथम पक्कै हुने छौ …

    Reply
  22. कुसुम ज्ञवाली says:
    November 1, 2012 at 10:03 am

    नेपाल भनेको विश्वविजेता धावकको खुट्टा भाँचिएको जस्तो हो । एकपल्ट खुट्टा सन्चो भएपछि त्यसले फेरी तहल्का मचाउँछ । हाम्रो स्थायित्वको खुट्टा सन्चो भएपछि संसारले देख्छ हामी कति चाडै कहाँबाट कहाँ पुग्छैा । तर खुट्टै सन्चो हुने छेकछन्द नदेखेर पो हामी धेरै जना रनभूल्लमा परेका छैा त …।

    Reply
  23. rameswor says:
    November 1, 2012 at 7:44 am

    अब येस्तई हो भने नेपाल सबै कुरा मा लास्ट बाट पहिलो नंबर माँ पर्ने पक्का छ

    Reply
  24. सन्तोष says:
    November 1, 2012 at 7:43 am

    विचारणीय पक्कै हो तर न – आत्तियौं ! संविधान, सुशासन र दिगो सरकारको स्थापना होस्, संरचना तथा सेवा हरु सुचारु-रुपले चलुन, नेपाललाई यो सुची र मानवसंसाधन विकास मा छलांग मार्न त्यति गाह्रो छैन |

    Reply
  25. Nabin Bhai says:
    November 1, 2012 at 4:49 am

    कुर्सि तान्ने
    सत्ता को लागि कुकुर ले जस्तै हड्डी को राल काड्ने भाको भा
    बिदेसी ले सिमाना मिच्दा लाटो ले पापा हेरे जस्तो गर्ने
    भ्रस्टचारी लै जेल हाल्दा उल्टै जनता भ्रस्टचारी को सुप्पोर्ट गर्ने भाको भा

    नेपाल पहिलो number मा हुन्थो ..

    Reply
  26. sandip kharel says:
    November 1, 2012 at 4:04 am

    अब ५ वर्ष भित्र मा नेपाल लाई ५० बाट तल झार्नु पर्छ!

    Reply
  27. Aakar Bhushan Nepali says:
    November 1, 2012 at 3:02 am

    सम्पन्नताको सुची बारेमा बोल्नु पर्दा यो थोरै तथ्य धेरै हावादारी गफ भन्दा बढी केहि होइन, तर अमेरिकाको व्यक्तिगत सेफ्टी र सेक्युरिटीको स्थान चाहिं उल्टोबाट दोस्रो हुनु पर्ने हो| पहिलो चाहिं मेक्सिको | यो मामलामा नेपाललाई बधाई |

    Reply
  28. Suraj says:
    November 1, 2012 at 2:57 am

    नेपालको बारेमा कहिले कहिँ त राम्रो सुन्न पौउ भनेको कहिले नपाइने भयो. हे भगवान रक्षा गर!!!!!!!!!!!!!!!!!!

    Reply
  29. Jitman Rai 'Sabin' says:
    November 1, 2012 at 2:29 am

    धन्न अन्तिम नै चै भएन रैछ देशको यहि गति रहने हो भने….केहि वर्षमा १४२ औ स्थान सुरक्षित छ नेपालको

    Reply
  30. Ganga says:
    November 1, 2012 at 2:10 am

    सम्पन्नता को सूचकांकले देखाएको एउटा कुरा
    – प्रजातन्त्र र समाजबाद सम्पन्नताको लागि आबश्यक सर्त हो (नर्वे, डेनमार्क, स्विडेन जस्ता देश लगातार सम्पन्नताको सुचीमा माथि रहनु यसको संकेत हो )
    -मानिस मात्र धनि (आम्दानी को सन्दर्भ मा)भएर हुँदैन, समाजमा राम्रो शिक्षा, सुशासन, र भ्रस्टाचार बिना को समाज नै सम्पन्न हुन्छ |
    – नेपाल जस्तो छिटो तल झर्ने मुलुक नगन्य नै छन् | यसको मतलब नेपालको स्थिति निकै निकै खराब छ | नेता हरुको बिरालो लडाई र सत्तालिप्सालाइ कुनै तरिका ले समाप्त नगर्ने हो भने केहि बर्ष भित्र नेपाल संसार कै सबै भन्दा बिपन्न मुलुकमा दरिन बेर लाग्ने छैन |

    Reply
  31. avaya says:
    November 1, 2012 at 2:02 am

    मैले सोचेको भन्दा त माथिनै पो रछ ! १४२ देशमा १०८ औँ नम्बरमा पर्नु पनि ठुलै उपलब्दी हो जुन देशमा लगभग सरकारै नै छैन भन्दा हुन्छ धेरै समय देखि!

    Reply
  32. mahendra says:
    November 1, 2012 at 12:07 am

    आज बल्ल थाहा पाय माओबादिले भन्ने गरेको नयानेपाल यस्तो लाई पो रहेछ्,

    Reply
  33. sujit says:
    November 1, 2012 at 12:04 am

    not surprise with all those monkey leaders in the country.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme