Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो तिहारको फोटो हैन है

Posted on October 26, 2012October 25, 2012 by Salokya


नेपालीहरुले तिहारमा झिलिमिली बत्ती बाल्ने गर्छन्। दशैँ त टीका, जमराको चाड पो हो त। तर आजभोलि दशैँलाई समेत तिहार झैँ झिलिमिली पारेर भवन सजाउने क्रम सुरु भएको छ। त्यो पनि ऊर्जा अभावका कारण हरेक दिन लोडसेडिङ हुने बेलामा! वरपर अँध्यारै भए पनि व्यवसायिक भवनहरुले जेनेरेटरै बालेर भए पनि आफ्नो कम्प्लेक्स झिलिमिली पार्ने गरेका छन्। कोभन्दा को कम ? एउटा भवनले गरेपछि अर्कोले पनि त्यही सिको गरेका छन्। टुँडिखेलमा उभिएर हेर्ने हो भने दायाँ काठमाडौँ मलले झिलिमिली पारेको देखिन्छ। अलिकति बायाँ हेर्ने हो भने सिभिल मलको झिलिमिली देखिन्छ। त्यसबाट अलिकति मात्रै पर सिभिल ट्रेड सेन्टर, जुन पूरा बनिसकेकै छैन, तैपनि झिलिमिली देखिन्छ। माथिको फोटो भने त्यहाँबाट अलि तल त्रिपुरेश्वर पुग्दा देखिने युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको हो।


सिभिल मलको झिलिमिली।


युनाइटेड वर्ल्ड ट्रेड सेन्टरले आफ्नो ठूलो भवनको चारैतिर बत्ती बालेको छ।

युनाइटेड वर्ल्ड ट्रेड सेन्टर।

सिटी सेन्टर, कमलादीको झिलिमिली।

सिभिल ट्रेड सेन्टरको झिलिमिली। यो भवन पूरै बनिसकेको छैन। तैपनि झिलिमिली छ। जेल र सैनिक मुख्यालय अगाडिको यो भवनमा हेलिप्याडसमेत छ।

पूरा नबनिसकेको भवनमा त झिलिमिली हुन्छ भने भर्खर खुलेको मल किन कम हुन्थ्यो र, घटस्थापनादेखि खुलेको केएल टावर हेर्नुस्-


26 thoughts on “यो तिहारको फोटो हैन है”

  1. Anjan says:
    October 27, 2012 at 9:28 pm

    नेपालमा बत्ती पनी बाल्न नपाउने.कमसे कम २-४ दिनत बिदेस गको अनुभूति गरौ.नेपाली ले तिहार नआई बत्ती बालन नहुने भन्ने का लेखा छ र??

    Reply
  2. Subodh says:
    October 27, 2012 at 8:38 pm

    अब चाहिँ केही होला जस्तो छ !!!

    Reply
  3. anuj says:
    October 27, 2012 at 9:16 am

    फुल को आखा मा फुलै संसार
    – आहा कति झिलिमिली, काठमाडौँ पनि बिदेशी सहर भन्दा के कम

    काडा को आखा मा कादै संसार
    – बिजुली को खर्च समेत जोडेर जनता ठग्ने भय , लोड सेडिंग संग के सरोकार ! सबैसंग पेट्रोल -डिजेल वाट चल्ने जेनेरेटर छदै छ र झिलिमिली पारी सजाएको मल को खर्च उठाउने जुक्ति नभएको हैन

    आ आफ्नो धारणा त हो

    Reply
  4. चन्द्र मादेन "आन्छन्" says:
    October 27, 2012 at 7:51 am

    पहुँचवालेले देखाएका
    यो कृतिम तडक भडकहरू
    मलाई मिथ्या र बमन लाग्छ
    म ठोकुवा गरेर भन्छु
    मेरा गाँऊका
    कुलेसो गल्लि र सियाँल भन्दा
    मनमोहक कदापी छैन ।

    Reply
    1. चन्द्र मादेन "आन्छन्" says:
      October 27, 2012 at 1:17 pm

      मनपरे हरीयो मन नपरे रातो भनेर लेखिये पनि १२घण्टा ज्यादा भयो मेरो प्रतिकृया मुनी दुईवटा हातको आकृतिमा न रातो न हरीयो रङै छैन फेरि आरू सबैको छ ।कि भेदभाद हुन्छ यहाँ पनि एडमिनज्यू ?

      Reply
  5. तेन्जिंग गाबा says:
    October 27, 2012 at 7:43 am

    आहा कस्तो राम्रो!!!!!
    कता कता Las Vegas जस्तो देखिने /
    यी मल भित्र aircondition पनि पक्कै होलान /
    तर क्यार्नु र ?
    जुत्ता-लुगा-घडी-फोन चाही aircondition मा राखेर बेच्ने अनि माछा-मासु-साग-सब्जी चाही झिंगा भन्काएर हिलोधुलो भएको फुटपाथमा बेच्ने/ यस्तो चाला देखेर बिदेशीहरु ‘हग्नेलाई भन्दा देख्नेलाइ लाज’ भनेर सोच्दा होलान है /

    उपभोक्ताबादी संस्कृति आजको यथार्थ हो ……चेतना भया !!!!!!!

    Reply
  6. Raj says:
    October 27, 2012 at 5:17 am

    जेनेरेटर बाले झिलिमिली गरे राम्रै हो..प्रतिस्पर्दा गरे परिवर्तन ल्याए राम्रै हो…लोड सेदिंग ले वाक्क परिवार संग चहलपहल राम्रै हो….. तर shopping Mall हरु ले एक एक Bulb अनि Tube light को समेत पैसा जोडी पर्स कै झिलिमिली र परिवर्तन नगरे त्यो नि राम्रै हो…

    Reply
  7. sanjeev adhikari says:
    October 26, 2012 at 11:56 pm

    नेपाल चिन्नलाई हिमाल देखुनुपर्थ्यो थोरै भयानी भवनहरुले केई सोभायमान बनाउनेछ

    Reply
  8. Durga Adhikari says:
    October 26, 2012 at 9:09 pm

    सुन्दर अति सुन्दर/ राम्रो कुरालाई राम्रो भन्नु पर्छ/ काठमानडुका यी गल्लिहरुमा तेती राम्रा सुन्दर महलहरुको निर्माण होला भन्ने मैले कहिल्ये सोचेको पनि थियिन/ हाम्रो देशमा फोहोरी राजनीति मात्र हो/ अरु छेत्रहरुमा जनताले गर्ने कामहरु राम्रै भयको देखिन्छ/ राजनैतिक छेत्रको अन्योल मात्र समाप्त भयमा नेपाली जनताले नै सुन्दर नेपालको निर्माण गर्ने कुरा पक्का छ/

    Reply
  9. Bidur Kunwar says:
    October 26, 2012 at 6:59 pm

    Be Positive Salokya ji. नेपाल गरिब भयो भन्दै मा नेपाली ले एस्तो झिलिमिली हेर्नै नहुने पनि त हैन नि , कमसेकम एकछिन भएपनि आफ्नो मनलाई त प्रज्वलित गरौछा, अभावको बिचमा पनि सुख खोज्न सके मात्र आफुलाई खुशी राख्न सकिन्छ, नत्र त आफुसंग अरबौ रुपया भए पनि मन जहिले दुखि हुन्छ

    Reply
  10. Binod says:
    October 26, 2012 at 6:15 pm

    राम्रो देख्दो रैछ नी हो दशैंको झिलमिल पनि !

    Reply
  11. rahul karki bishal nagar 4 chandol says:
    October 26, 2012 at 5:42 pm

    गरिब नेपाली लै ठगि खाने ठाउँ ….

    Reply
    1. Jyoti Rijal Rimal says:
      October 30, 2012 at 5:20 am

      ठगी खाने भन्न मिल्दैन एस्तो राजनैतिक अबस्था मा पनि कसैले व्यापार गरेको छ. यो त देसको उन्नति हो नि! त्यहाँ आएर किन्ने नकिन्ने त आफ्नो विचार हो नि!

      Reply
  12. Paras Thakuri says:
    October 26, 2012 at 5:05 pm

    साथीहरु हो,
    कृपया झिलिमिलिलाई मात्र नहेरौ , झिलिमिली बनाउन प्रयोग हुने सामग्री, निओन लाइटले गर्ने असर र येस्ता लाइटहरुले batawaranma गर्ने असर प्रति पनि ध्यान दीऊ है!
    धन्यवाद!!

    Reply
  13. dor prasad says:
    October 26, 2012 at 5:02 pm

    झिलिमिली पर्यटन को लागि राम्रो हुन्छ ….. तर तिनी हरुले बालेको बिजुली को बिल नेपाली जनता ले तिर्नु कतै न कतै बाट पर्छ नै !!!

    Reply
  14. रबिन्द्र राज गिरी says:
    October 26, 2012 at 4:19 pm

    एकातिर जनताले बिधुत आपूर्ति कम भएर लोडसेडिंग भोग्नु परिरहेकोछ, अर्कोतिर यसरि झिलिमिली पारिएको छ | के यो ठिक हो ? मानिसले अतिआबश्यकिय कुरामा बिधुत उपयोग गर्न पाईरहेका छैनन्, तर किन यसरि बिधुत शक्तिको दुरुपयोग गरिंदैछ ? के यो हाम्रो कमजोरी होइन ? एकातिर थप बिधुत आपूर्तिको लागि भारतसंग हात पसारिरहेको छ सरकार | थर्मल प्लान्ट चलाएर प्रति युनिट धेरै गुणा महँगो बिजुली दिने कुरा गर्दै छ सरकार | अनि यहि हो त हाम्रो ब्यबस्थापन ? आफु संग भएको बिजुलीलाई सहि तरिकाले ब्यबस्थापन गर्न सके केहि हदसम्म समस्याको हल हुन्छ भन्ने मेरो लाटो अनुमान छ | यो त भएन है | हात नपुग्ने ठाउँमा दांत पुर्याउन खोज्नु जस्तै हो यो | आफ्नो परिस्थिति हेरेर पो हामी अगाडी बढ्नु पर्ने होइन र ?

    Reply
  15. rajbarsingha thapa / canada says:
    October 26, 2012 at 2:57 pm

    फेरी आज बाबुराम भट्टराई लाई यौटा चिट्ठी लेख्न मन लाग्यो ..मनले मानेन ..दिमाग तातेर आयो …. नेपाल मा ऐले भटा भट खुलेका ‘मल” नाम को अर्को समस्या को पोको देखेर ….देशको जनताको प्रतिबेक्ति आय अझै पनि दिनको १ $ भन्दा कम छ साचो हिसाब मा गरिबी ८० % भन्दा ज्यादा जनता गरिब छन् ….देश जेन तेन रेमिटान्स ले चलेको छ यो भनेको ढुक ढुकी मात्र बचेको बिरामी जस्तै हो कुनै स्थायी हुन्न रेमिट को स्रोत कुनै पनि बेला बन्द हुन् सक्छ .त्यो पैसा पनि खाली सुन र तेल किन्न जेनतेन पुगेको छ ….देश तेत्रो बिजुली को अभाब मा गूर्जी रहेको छ ,,,यी “मल ” नाम को समस्या को पोको घर हरु ले इंडिया बाट कनि कुस्ती गरेर ट्यांकर मा बोकी बोकी ल्यायको डिजेल …..अनि घाटा खाई खाई आयल निगम ले अनुदान मा बेचेको डिजेल बाट नक्कली बिजुली निकालेर त्यो “मल नामको समस्या को पोको घर ” लाई बिना कुनै कामकाज झिलिमिली बनायको .देख्दा …कुनै जरुरात देख्दिन म ….तेस्मा सारा नेपाली को रगत बलेको छ …..किसान लाई मल किन्छु भन्दा उपलब्ध गराउन नसक्ने नेपालको नालायक सरकारी सयन्त्र किन तेसरी जरुरत नभयको कुराको लागि डिजेल दिन्छ ,,,,,किसान ले तराई मा ट्याक्टर लगायर खेत जोत्न लाई डिजेल पाउन्न …..यस्तो फजुल र जरुरत नभयको तन्त्र लाई तुरुन्तै बन्देज लगाउनु पर्यो ….
    भदौ लागे पछि खर बारीमा फट फट उफ्रिने फट्यांग्रा जस्ती फट फटि फट फटाउन थालेका यी मल नाम का ठुला ठुला घरमा किनमेल गर्न को आउने होला .नेपाली जनताको हैसियत तेती सम्म छैन …यी ज्यादा फट फटाउन थालेका ” मल नाम का राछेस घर ” हरु लाई अहिले नै खोल्न र ज्यादा सल्बलाउन बन्देज नलगाउने हो भने कति बैंक / फैनान्स / कति नगद सेयर हाल्ने सोझा सिधा बिचरा हरु डुब्ने टाट फर्कने निश्चित छ / अनि देशमा अर्को ” मल काण्ड ” को सुरुवात हुनेछ /.अनि आफै आगो लगाउनेछन …आफ्नै बिमा कम्पनि मा गरायको बिमा आगो लागेको भोलि पल्ट निकालेर खाने छन् ….नया नया सामान छुट्यायर पुरानो गोदाम मा आगो लगाउने छन् ….कति प्रतिसत हामी जनता को हैसियत छ होला है तेस्तो “‘मल नामको ठुला ठुला घरमा “” २ पर्ने समान लाई ६ तिरेर किन्न सक्ने अनि लग्भव सुन्य प्रतिसत स्वोदेशी उत्पादन बेच्ने पसल मा …जसरि नि डुब्ने त गरिब हामी नेपाली जनता र चुसेर खोक्रो भयको हाम्रो देश नेपाल न हो ……

    Reply
  16. Gobinda Yadav says:
    October 26, 2012 at 2:19 pm

    nice shots!!

    Reply
  17. mahendra says:
    October 26, 2012 at 2:11 pm

    उज्यालो मात्रै बनायर के गर्नु समान को मूल्य आकासियको छ.जे होस् देख्न राम्रो छ

    Reply
  18. Ananta says:
    October 26, 2012 at 1:54 pm

    “के गरुन आफ्नो त कारमै उस्तो”
    “कर्म उस्तो होइन गाँठे बुद्दी उस्तो भन न बुद्दी”
    येही छ नेपाली हरु को हाल उपभो गराउने नि उस्तै उपभोग गर्ने नि उस्तै
    खर्च को कसै लाई केहि मतलब नै छैन

    Reply
  19. Sam Nepali says:
    October 26, 2012 at 11:57 am

    Absolutely, Some one must start to do something so that others will start to work harder to compete or follow the suite, thats the way it revolves otherwise people have no standard to set and no ambition to achieve although I am well aware of the gap between haves and haves not. Positive attitude need to govern over negativism. Well done guys, lit the path that others will follow.

    Reply
  20. तेन्जिंग गाबा says:
    October 26, 2012 at 11:36 am

    आहा कस्तो राम्रो!!!!!
    कता कता Las Vegas जस्तो देखिने /
    यी मल भित्र aircondition पनि पक्कै होलान /
    तर क्यार्नु र ?
    जुत्ता-लुगा-घडी-फोन चाही aircondition मा राखेर बेच्ने अनि माछा-मासु-साग-सब्जी चाही झिंगा भन्काएर हिलोधुलो भएको फुटपाथमा बेच्ने/ यस्तो चाला देखेर बिदेशीहरु ‘हग्नेलाई भन्दा देख्नेलाइ लाज’ भनेर सोच्दा होलान है /

    उपभोक्ताबादी संस्कृति आजको यथार्थ हो ……चेतना भया !!!!!!!

    Reply
  21. Bala Ram Thapa says:
    October 26, 2012 at 10:31 am

    सालोक्यजी ,तिहार्नै किन कुर्न पर्योर ! यो विज्ञापनको जवाना को भन्दा को कम | ( हम किसिसे कम नही ) लोड सेडिंग संग के सरोकार ! सबैसंग पेट्रोल -डिजेल वाट चल्ने जेनेरेटर छदै छ र झिलिमिली पारी सजाएको मल को खर्च उठाउने जुक्ति नभएको हैन | खाडी देशहरुमा जेनेरेटर वाट निकालिएको बिजुलीले जतातै झिलिमिली पारे जस्तै | अब ! न्यु योर्क को टाईम स्क्वाएर को झिलिमिली हेर्न जान पहुँच नभएका र जान नसक्नेहरुको को निम्ति पनि कोहि कसैको बयान वाट लोभिएका हरुको तिर्शना पनि यी मल हरुले नै मेटाउने भए | अव नेपालमा पनि एका तर्फ रात्री बस सेवाले रति अबेर सम्म को सहेल तथा रति अबेर सम्म कामगर्ने हरुलाई सेवा पुर्याएको छ भने यी मल हरुले दिउसो फुर्सद नहुने हरुको लागि घुमफिर र किनमेल लाइ सहजीकरण गराउलान भन्ने आशा जगाएको छ | ति झिलिमिली मल प्रति जय ! होस् |

    Reply
  22. raj ,USA says:
    October 26, 2012 at 8:50 am

    नेपालीहरु कति अन्धकारमा बसुन त ,कहिलेकाही एस्तो झिलिमिली हुनै पर्छ ,तिहार पनि त आउदै छ ! Anyway I miss Nepal.

    Reply
  23. Bidhan says:
    October 26, 2012 at 7:08 am

    समान तेसैता महँगो तेसमाथी बिजुली को खर्च समेत जोडेर जनता ठग्ने भय यी डाकाहरुले I

    Reply
  24. Nabin Bhai says:
    October 26, 2012 at 4:48 am

    एकछिन त नेपाल कि अमेरिका भनेर छुटयाउन नै गारो भयो …

    मेरो देश नेपाल जय नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme