Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै

Posted on October 17, 2012October 17, 2012 by Salokya

३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन


नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने आदेश स्विडेनको अदालतले दिएको छ।

के भएको थियो?
स्विडेनको टेलिभिजन एसभिटीले गएको महिना एउटा न्युज ब्रेक गर्‍यो- देशका करदाताहरुको स्वामित्व भएको टेलिकम कम्पनीले कसरी उज्बेकिस्तानमा लाइसेन्स लिन कसरी विदेशी कम्पनीलाई लाखौ डलर गलत तरिकाले भुक्तान गरेको रहेछ। ‘मिसनः इन्भेस्टिगेट’ नामको यो अनुसन्धानमूलक कार्यक्रम प्रसारण भएपछि त्यहाँ भूँइचालो नै गयो। कार्यक्रमले के खुलासा गरेको थियो त ?

तानाशाह राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभा र टेलियासोनेराले पैसा तिरेको कम्पनीकी मालिक्नी Gayane Avakyan (दायाँ)। फोटो सौजन्यः एसभिटी

टेलियासोनेराले उज्बेकिस्तानमा थ्रिजी लाइसेन्स लिन जिब्राल्टरमा दर्ता भएको कम्पनी टाकिलान्ट लिमिटेडलाई लाखौँ डलर तिर्‍यो। अनुसन्धानले पत्ता लाग्यो कि त्यो कम्पनीको एक मात्र मालिक्नी त भर्खर २९ वर्षकी युवती रहिछिन्- Gayane Avakyan। टेलिकम क्षेत्रमा उनको गोरु बेचेको साइनो रहेनछ। उनी यसअघि फेसन क्षेत्रमा परिचित थिइन्। अनुसन्धानले यो पनि पत्ता लाग्यो कि उनी उज्बेकिस्तानका तानाशाह राष्ट्रपति इस्लाम कारिमोभकी जेठी छोरी गुल्नारा कारिमोभासँग एकदमै निकट छिन्। राष्ट्रपतिकी छोरीले खोलेको फेसन हाउसमा उनै आभाक्यान निर्देशक थिइन्।

अब यहाँ कनेक्सन हेर्नुस् है,राष्ट्रपति कारिमोभ तानाशाह, विश्वकै सबैभन्दा कडा तानाशाही चलाएको आरोप लगाइन्छ उनको शासनलाई। सोभियत संघबाट स्वतन्त्र भएपछि यो देशमा रुसी टेलिकम अपरेटर एमटिएसको लाइसेन्स खोसिएको थियो र यसका सम्पति राष्ट्रियकरण गरिएको थियो।
शासनसत्तामा उनको र उनकै परिवारको हालिमुहाली। अनि उनकी जेठी छोरी कारिमोभा परिन् टेलिकम क्षेत्रमा व्यक्तिगत रुपमा नै नियन्त्रण गर्ने। कसलाई लाइसेन्स दिने र कसलाई नदिने भन्ने बारे व्यक्तिगत रुपमा नै निर्णय गर्छिन् उनी। जिब्राल्टरमा आफ्नै सहयोगीको नाममा खोलेको कम्पनीलाई उनले लाइसेन्स दिइन्। त्यही लाइसेन्स खरिद गर्‍यो टेलियासोनेराले। कागजी रुपमा हेर्दा केही अनियमित भएको जस्तो नदेखिए पनि वास्तवमा यो घुमाएर कारिमोभालाई दिएको घुस थियो। त्यसैले स्विडेनले इतिहास कै ठूलो मनी लाउन्डरिङ केस र भ्रष्टाचारबारे अहिले छानबिन गर्दैछ।

टेलियासोनेराले गोप्य रुपमा आफ्नो नेटवर्कमा सर्भेलियन्स उपकरणहरु राख्‍न दिएर तानाशाही शासन अघि बढाउन त्यहाँको सुरक्षा निकायलाई सहयोग गरेको पनि अनुसन्धानले खुलाएको छ। टेलियासोनेराले पनि यसलाई अस्वीकार गरेको छैन। तर उसले बच्ने दाउ गर्दै स्थानीय कानुनको पालना गरेको मात्र बताएको छ।

१९ सेप्टेम्बरमा प्रसारण भएको “मिसनः इन्भेस्टिगेसन”ले टेलियासोनेराले उज्बेकिस्तानको मोबाइल कम्पनी युसेल किन्न, लाइसेन्स, फ्रिक्वेन्सी र टेलिफोन नम्बरहरु लिन आभाक्यानको नाममा रहेको तर वास्तवमा राष्ट्रपतिकी छोरीको कम्पनी टाकिलान्ट लिमिटेडलाई २ अर्बभन्दा बढी क्रोनर घुस दिएको खुलासा गर्‍यो। त्यही दिन टेलियासोनेराले त्यो कम्पनीसँग सम्झौता भएको पु्ष्टि गर्‍यो। तर त्यसो कम्पनीलाई ३ करोड अमेरिकी डलर (१० गुणा कम) रकम मात्रै दिएको र त्यसवापत् युसेलमा २६ प्रतिशत सेयर दिएको बतायो।

स्विडिश पत्रकारहरुका अनुसार टाकिलान्ट कम्पनीका खाताहरुबाट गायब भएका छन्। त्यो पैसा कागजी रुपमा विभिन्न कम्पनीहरु हुँदै राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभाको खल्तीमा गएको उनीहरुको दावी छ।

मनी लाउन्डरिङको केस उठेपछि स्विटजरल्यान्डको अटोर्नी जनरलको कार्यालयले चार उज्बेक नागरिकलाई मनी लाउन्डरिङको शंकामा मुद्दा चलाएको छ। उज्बेकिस्तानको कोकाकोलाका दुई म्यानेजरलाई ३० जुलाईमा जेनेभामा पक्राउ गरिएको थियो। अरु दुई जनालाई त्यहाँको प्रहरीले खोजिरहेको छ। प्रहरीले उनीहरुको नाम सार्वजनिक नगरे पनि गायाने आभाक्यान (उही राष्ट्रपतिकी छोरीको दाहिने हात) ती मध्ये एक रहेको स्रोतहरुलाई उद्‌धृत गर्दै त्यहाँको मिडियाले लेखेको छ। अहिले आभाक्यान कहाँ छिन् कसैलाई थाहा छैन।

स्विडिश भाषा बुझ्नुहुन्छ भने हेर्नुस् त्यो कार्यक्रमको भिडियो

नेपाल र एनसेल कनेक्सन

उज्बेकिस्तानको यही केस मिडियामा आएर हङ्गामा भएपछि स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer का पत्रकार Emanuel Sidea ले काठमाडौँ आई यहाँको एनसेलमा भएको अनियमितताबारे पनि अनुसन्धानमूलक खबर छापेको थियो गएको साता। यो समाचारले नेपालका मिडियामा एक छेउ पनि ठाउँ नपाए पनि स्विडेनमा भने अर्को हङ्गामा भयो। त्यहाँका अन्य पत्रिका, टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गरे।

ध्यान दिएर विश्लेषण गर्ने हो भने उज्बेकिस्तानकै शैलि टेलियासोनेराले नेपालमा पनि अपनाएको प्रष्ट हुन्छ। अहिले एनसेल ब्रान्डमा टेलियासोनेराको लोगो र रङसहित सञ्चालन भइरहेको मोबाइल कम्पनीको लाइसेन्स खासमा स्पाइस नेपालले लिएको थियो। सन् २००१ को सेप्टेम्बरमा स्पाइस नेपालले लेटर अफ इन्टेन्ट पाउँदा कम्पनीमा मोदी नेपाल (५५ प्रतिशत) खेतान ग्रुप (४० प्रतिशत) र स्पाइस सेल (५ प्रतिशत) मालिक थिए। तर राजा ज्ञानेन्द्रले सक्रिय शासनको अभ्यास गरिरहेको बेला सेप्टेम्बर २००४ मा लाइसेन्स पाउँदा यो कम्पनीमा राज ग्रुपको ९५ प्रतिशत शेयर थियो जसको मालिक ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह थिए।

तत्कालीन राजा ज्ञानेन्द्र आफ्ना ज्वाइँ राजबहादुर सिंहसँग।

आखिर कसरी राजबहादुर सिंहले यो कम्पनी हत्याए ? के अनुभव थियो उनमा टेलिकम कम्पनी सञ्चालन सम्बन्धी ? त्यत्रो पैसा कहाँबाट आयो उनको ९५ प्रतिशत शेयर किन्ने गरी ? यदि कम्पनी उनले साँच्चिकै किनेको हो भने किनिसकेपछि किन अर्कैलाई बेचे ? उनको नामको आडमा कसले किनेको थियो यो कम्पनी ? यो वापत् कति रकम क-कसलाई घुस स्वरुप दिइएको थियो ? विश्वको कडा तानाशाह भएको मुलुक उज्बेकिस्तानमा बरु पत्रकारहरुले अनुसन्धान गरी समाचार छापिरहेका छन्, त्यहाँका मिडियाले यसको निरन्तर फलोअप गरिरहेका छन्, तर लोकतान्त्रिक मुलुक हाम्रो देशमा व्यापारीको पैसाले सबको मुख थुनिदिएको छ। अलिकति मेहनत गर्‍यो भने यो कान्डपछाडिका कुरा नआउने हैनन्। खेतान ग्रुपले त नेपालमै व्यापार गर्नुपर्ने भएकोले केही नबताउलान् तर भारतको मोदी ग्रुपसित त होला नि तीतो अनुभव। आखिर कसरी उनीहरुको कम्पनीलाई राजाका ज्वाइँले कब्जा गरे ? किन खोज्दैन कोही पनि योबारे ?

जसरी उज्बेकिस्तानमा तानाशाह राष्ट्रपतिकी छोरीको आडमा टेलियासोनेराले युसेलको नियन्त्रण लिएको थियो, त्यसैगरी नेपालमा पनि राजाको सक्रिय शासनताका राजाका ज्वाइँ प्रयोग गरिएको बुझ्न धेरै दिमाग चाहिँदैन।

त्यसो त उतिबेला लोकतन्त्रको आन्दोलनका क्रममा ठाउँठाउँमा हुने नागरिक सभाहरुमा नै कवि अर्जुन पराजुलीले यो ज्वाइँको मोबाइलको धज्जी उडाउँदै व्यङ्ग्य कविता वाचन गरिहिँड्थे, हामी ताली बजाउँथ्यौँ। त्यो चर्चित कविताका केही अंश-

कानुनमाथि ढलान गरेर महल बनाउने तपाईँको मोबाइल
कानुनमुनि डेरा गरेर बस्ने हामी
कानुनमाथि ढल हालेर मल बगाउने तपाईँको मोबाइल
कानुनमुनि ढल चुहिएर भिज्ने हामी
अनि कानुनमुनिकाले कानुनमाथिको मोबाइल कसरी किनोस्
ज्वाइँ साहेब तपाईँको मोबाइल तपाईँको ससुरालाई पठाइदिनुस्

ज्वाइँ साहेब,
तपाईँको मोबाइल स्वदेश सवारी हुँदा
हाम्रो मोबाइल ट्राफिक जाममा पर्‍यो
ज्वाइँ साहेब, लाम लागेकै ठाममा
तपाईँको मोबाइलले हाम्रो मोबाइललाई ज्युनार गर्‍यो
ज्वाइँ साहेब, हाम्रो मोबाइल ज्युनार गर्ने तपाईँको मोबाइलले
फेरि हामीलाई ज्युनार गर्ला कि भन्ने भयले
रातो दिन हामीलाई पिर्छ
ज्वाइँ साहेब, हामी नै नभए
तपाईँको मोबाइलको पैसा फेरि कसले तिर्छ ?

ज्वाइँ साहेब, गाउन सक्दैनौ हामी तपाईँको मोबाइलको महिमा अपरम्पार छ
ज्वाइँ साहेब, त्यसैले तपाईँको मोबाइललाई टाढैबाट हाम्रो
कोटी कोटी नमस्कार छ

२०६२ भदौ १७ मा पाटनको मंगलबजारमा वाचन गरिएको कविता अडियोमा सुन्नुस्-

शक्तिको उपयोग गरी मोबाइल लाइसेन्स हत्याउने टेलियासोनेराको क्रम ज्ञानेन्द्रको पतनपछि पनि रोकिएन। ज्ञानेन्द्र पतनपछि उदायो माओवादी नेपालको नयाँ शक्तिका रुपमा। प्रचण्ड प्रधानमन्त्री भए। अब उसले प्रचण्डका निकट व्यापारी अजय सुमार्गीको नाममा हेलो मोबाइलको लाइसेन्स निकाल्यो। निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो। सस्तोमा मात्र नभई यो कम्पनीलाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको छ। अनि गत अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको छ। एउटै देशमा दुई वटा ब्रान्डमा लगानी गरेको भन्दै टेलियासोनेराका अधिकारीहरु आफैले काठमाडौँमा आयोजित प्रेस मिटमा बताएका थिए।

अजय सुमार्गी र प्रचण्ड

ज्ञानेन्द्र शक्तिमा हुँदा राजबहादुर सिंह र प्रचण्ड शक्तिमा हुँदा अजय सुमार्गी प्रयोग गरेर टेलियासोनेराले पर्दापछाडि कति रकम क-कसलाई घुस खुवायो, त्यो अनुसन्धानको विषय बनेको छ।

अनुसन्धान गर्नेले २००१ देखि २००५ बीचका एनसेलका कागजात कसरी रहस्यमय ढंगले हराए? सेयर किनबेचमा नेपालको कानुनअनुसार कर बुझाइयो कि बुझाइएन भन्ने अनुसन्धान पनि गर्न सकिन्छ। तर गर्ने कसले ?

एनसेलका कुकृत्य

एनसेलको काठमाडौँ नयाँ बानेश्वरस्थित प्रमुख कार्यालय कृष्ण टावर। यहीँबाट अहिले अजय सुमार्गीको हेलो नेपालको पनि काम हुन्छ। हेलो नेपालको ७५ प्रतिशत सेयर टेलियासोनेराले किनेको हो।

१

एनसेलले आर्थिक वर्ष २०६१/०६२ देखि २०६७/०६८ सम्म २ अर्ब १० करोड ७० लाख राजश्व तिर्नुपर्नेमा १ अर्ब ४६ करोड ७९ लाख बुझाए पनि बाँकी ६४ करोड रकम दाखिला गरेन। त्यो रकमलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६८ ले समेत राज्य कोषमा दाखिला नभएको भन्दै आपत्ति जनाएको थियो। सर्वोच्च अदालतले समेत लाइसेन्सको सर्त अनुसार उक्त रकम बुझाउनुपर्ने निर्णय गरे पनि दूरसञ्चार प्राधिकरणले रकम उठाउन पहल नगर्नुलाई तत्कालीन अध्यक्ष भेषराज कणेलको कमिशनमोहका रुपमा चर्चा भएको थियो। आगामी २०७१ सालमा सर्त अनुसार नवीकरण शुल्कवापत सरकारलाई एनसेलले २० अर्व रुपैया तिर्नु पर्ने हुन्छ। यो नतिर्नलाई के-केसम्म चलखेल हुन्छ, हेर्दै बस्नुस्।

२

एनसेलका कुल प्रयोगकर्ता संख्या कति छ ? प्रतिदिन हुने कल कति छ ? डाटा प्रवाह कति छ ? यो अनुपातमा राज्यलाई बुझाइने करको अनुपात ठीक हो ? यो सब एनसेलले अपारदर्शी राखेको छ। नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/०६९ मा १८ अर्ब राजस्व बुझाएकोमा देशकै ठूलो टेलिकम कम्पनी दावी गर्ने एनसेलले भने त्यसको अनुपातमा ज्यादै कम राजस्व किन बुझाउँछ त ? हरेक मोबाइल कलमा एनसेलले भ्याट लगाएको हुन्छ। भ्याट वापत् सबै रकम बुझाउँछ त यसले ? स्रोतका अनुसार ठूलै रकमको भ्याट छलीका बारेमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाइरहेको छ। तर योबारे कुनै समाचार मिडियामा आउँदैन।

३

दूरसञ्चार नियावलीअनुसार क्रस होल्डिङ (एउटै बजारमा एउटै प्रविधिका दुई कम्पनी) चलाउन पाइँदैन। तर टेलियासोनेराले एनसेल र हेलो मोबाइल दुवैमा लगानी गरिरहेको छ। एनसेलको स्वामित्व हेरफेर हुँदा र हेलो मोबाइलको पनि स्वामित्व हेरफेर हुँदा नेपालको कानुनबमोजिम कर किन तिरिएन? हेलो नेपालको सेयर बिक्री गर्दा कर नतिरेको शंकामा विभागले त अनुसन्धानसमेत थालिसकेको छ। सेयर खरिदबिक्रीबारे अख्तियारले समेत अनुसन्धान थालेको छ।

४

हेलो नेपालको लाइसेन्सदेखि टेलियासोनेराले नियन्त्रणमा लिनेसम्मका काम शंकास्पद छन्। हेलो नेपालको लाइसेन्स लिने नेपाल स्याटेलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो। अजय सुमार्गी पनि त्यतिबेला स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक थिए। सुमार्गीले पत्नी सम्झना अर्याल भनिने अस्मिता सुमार्गीका नाममा नेपाल स्याटेलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए। पछि स्पाइस सेलबाट अलग भएर हेलो मोबाइलको लाइसेन्स सस्तोमा लिएका थिए उनले। माओवादी अध्यक्ष प्रचण्ड निकट भएकैले सस्तोमा र धेरै फ्रिक्वेन्सी होल्ड गर्न उनी सफल भएका थिए। अलग भइसकेपछि पनि फेरि टेलियासोनेराले उनको कम्पनी किन्नुले उनी मोहरामात्र भएको स्पष्टै हुन्छ। वास्तवमा यो नेपाल टेलिकमलाई घेर्न र फ्रिक्वेन्सी होल्ड गर्न चालिएको चाल थियो। यो वापत् कति रकम अनियमित रुपमा कसको खल्तीमा गयो? यो अनुसन्धानको विषय हो। नेपाल स्याटेलाइट टेलिकमको स्वामित्व टेलियासोनेराले किनेपछि बिनासूचना आफ्ना ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश दिने निर्णय गरिएको थियो। ती पीडित कर्मचारीको पक्षमा बोल्ने पनि कोही छैनन्। अहिले एनसेल र हेलो नेपाल दुवै कम्पनीको कानूनी सल्लाहकारको जिम्मा सर्वोच्च अदालतका न्यायाधिश भरतराज उप्रेतीका छोरा अनुप उप्रेतीले लिएका छन्।

५

अर्न्तराष्ट्रिय कलबाट आउने आम्दानी लुकाएर कर छलेको आशंकामा विभागले विदेशबाट सबै कम्पनीले ल्याउने कलसंख्या र त्यसको आय विवरण पनि प्राधिकरणबाट मागेको छ। विदेशबाट कल ल्याउने र विदेश कल पठाउने अनुमति भएको एनसेल पनि छानबिनको दायरामा परेको छ। विदेशबाट आउने कलको विदेशी मुद्रामा सरकारले १३ प्रतिशत भ्याट, १० प्रतिशत दुरसञ्चार सेवा शुल्क, चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोषमा लिने गरेको छ।

६

एनसेलले २०६६ सालमा पुरानो कम रकमको बिल देखाएर ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको पुष्टि भइसकेको छ। उसको भन्सार छली पत्ता लागेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको छ। (साभारः दूरसञ्चार डट कम)

७

एनसेलले मोबाइल इक्प्युपमेन्टको प्रज्ञापन पत्र लिएर युपीएस र ब्याट्रीको भन्सार चोरी गरेको तथ्य प्रमाणित भइसकेको छ। राजश्व अनुसन्धान विभागले २०६६ असार २५ मा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ अनुसार बिगो बमोजिमको जरीवाना ४० लाख र कैद वापतको ३६ हजार पाँचसय धरौटी माग्ने निर्णय गरेको थियो। राजस्व न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्कीको नेतृत्वको टोलीले २०६८ फागुन १५ गते एनसेलले भन्सार चोरी गरेको भनेर राजश्व अनुसन्धान विभागले गरेको जरिवानाको निर्णय सदर गरेको थियो। (साभारः दूरसञ्चार डट कम)

८

एनसेलले विश्व सम्पदा सूचिमा समेत दर्ता भएको सगरमाथा राष्ट्रिय निकुञ्जमा राज्यका निकायलाई जानकारी नदिई र निकुञ्जको अनुमति नै नलिई मोबाइल टावरहरु जडान गरेको थियो। यसो गरेकोमा निकुञ्जले उसलाई पत्रसमेत काटेको थियो। तर यसबाट पनि एनसेल चेतेको छैन। द ग्रेट हिमालयन ट्रेल भन्दै केही अघि भएको पदयात्राका विभिन्न स्थानमा अनुमति नै नलिई एनसेलले अवैध बिटिएस राख्‍ने तयारी गरिरहेको स्रोतले बताएको छ।

९

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरभन्दा बाहिर गएर (भित्री रूपमा मूल्य घटाउने-प्राइस कटिङ र बीचैमा अधिक शुल्क लिने गरिरहेको कुरा उसकै वेबसाइटको नियमित भ्रमण गर्ने हो भने थाहा हुन्छ। एकै प्रकृतिका सेवामा फरक-फरक दर तोकेर नियामक निकायलाई झुक्याइएको छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)

१०

लगानीकर्ता तर्सन्छन, भाग्छन भनेर कानुनी प्रकृया छलेर गरिने कुनै पनि किसिमको अवैध कारोबारलाई बढावा दिइनु हुँदैन । एनसेलले पाएको स्पेक्ट्रम घोटालाका बारेमा नेपालका टेलिकम बिट हेर्नेलाई धेरै थाहा छ (तर किन लेख्दैनन्?) यो भारतको टुजी स्पेक्ट्रम घोटाला भन्दा भयावह छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)

[नेपालका मिडिया लाचार छन्। एनसेलका यस्ता कुकृत्यबारे केही लेख्‍न सक्दैनन्। तपाईँ हामी के गर्न सक्छौँ ? फेसबुक, ट्विटर, आफ्ना ब्लग जस्ता वैकल्पिक मिडियाबाट यसको सक्दो प्रचार गर्न सक्छौँ। सुनिन्छ वैकल्पिक मिडियालाई समेत चुप बनाउन एनसेलले रणनीति बनाउन थाल्दैछ। मूलधारका मिडियाले खुलासा गर्न नसक्ने एनसेलका बदमासीका कुरा, प्रमाण भए र माइसंसारमार्फत् त्यसलाई सार्वजनिक गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]

47 thoughts on “एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै”

  1. Ekraj says:
    October 22, 2012 at 5:47 pm

    अब के उपेद्र महतो को माफिया को सबै पर्दा फास होलात? सुनिन्छा इनित अन्तरास्ट्रिय माफिया भै सके| जे होस् उपेन्द्रको पैसाको बोटको फल काँहा फल्दो रैछा भन्ने कुरा सबैलाई थाहा हुने भयो|
    धेरै लुट्यो थोरै दिए जस्तो गर्यो होइनर?

    Reply
  2. Pingback: छरपस्ट भो एनसेलको अनियमितता
  3. arjun says:
    October 21, 2012 at 4:30 pm

    येस्तई अनुसन्धान मूलक लेखा को खाँचो छ. अति उत्तम. अनि धन्य बाद लेखक लाई

    Reply
  4. Suman bhote says:
    October 19, 2012 at 11:28 am

    जुनबेला प्रचण्ड, बाबुराम, बैध्य जंगलबाट आएका थिए, १% जो सदियेउ समय बाट ९९% लै चलाएका छन्, ति समूह हरु डराएका थिए….. १% ले नै सत्ता मा टिक्न दिएनन्, काठमाडौँ घेराउ असफल गरे…. तर अहिले उल्टो भए छ…. अब १% लाई माओबादी मनपर्न थालेको छ…. हुदा हुदै इंडिया, अमेरिका को १% लाई पनि माओबादी राम्रो लागेको छ….
    vote मग्न ९९% कहाँ गयो तर सत्ता चलाउन १% चहियो…..
    अब दुवै तिर मिलाउन सकेन भने फुस्किन्छ… दुवै…
    सत्तामा पुग्न ९९% लाई रिजौनु पर्चा र सत्ता चलाउन १% को….

    Reply
  5. ganesh ghimire says:
    October 19, 2012 at 9:27 am

    यो n सेल सेवा भन्दा महँगो महसुल असुल्ने हाम्रो देश को नेता भन्दा लुटाहा कम्पनि हो जस्तो मलाई लाग्छ हुन त यो नआयको भय ntc ले लुट्ने थियो हामि ले सुबिधा धेरै पायका छौ तर महँगो महसुल मा

    Reply
  6. roshan cha says:
    October 19, 2012 at 7:26 am

    सालोक्य जी , मलाई त्यो अजय सुमार्गी भन्ने को रहिछ र उसको जन्म कुण्डली पड्ने मौका पाए आभारी हुने थिय / जसको अरु कसैले येही लेख बाट प्रकासित गरे अझ आभारी हुने थिय …

    Reply
  7. Jyoti Bhatta, Australia says:
    October 19, 2012 at 5:04 am

    सलोक्याजी को हिम्मतका लागि सलाम | नेपालका सबै संचार माध्यमहरु बिकाउ छन् चाहे आफूलाई एक नम्बरका ठान्ने किन नहुन | त्यसैले यति महत्वका कुरा पनि प्रकाशनमा ल्याउन खोज्दैनन् | अब हामी जनाताले नै यस्ता बिकाउ संचार माध्यम र बिकाउ पत्रकारहरुलाई सबक सिकाउनु पर्छ |

    Reply
  8. Bishal says:
    October 18, 2012 at 11:37 pm

    तँ जस्तो पित पत्रकार जन्मनुभन्दा नजन्मेकै वेश हुन्थ्ो, your mama should have swallowed you . अन्दाज गरेर तिललाई पहाड नवना ।

    Reply
  9. Aditya says:
    October 18, 2012 at 3:12 pm

    सर्बप्रथम त सालोक्य जी लाई साधुवाद /नेपाललाई क्रिडास्थल बनाई रजाई गर्ने नब-नायक हरुलाई पाता कसेर टुंडिखेलमा सारा नेपाली जनताले सजाय दिने दिन सायद सन्निकट हुदै छ जस्तो छ /यी सम्पूर्ण प्रतिक्रिया हरुले यिनीहरुको चेत सित्ति-मित्ति आउने सम्भावना त छदै-छैन बरु जनता बास्तविकता बाट सु-सुचित भए जस्तो लाग्छ /अझ कुरोलाई गहिरो संग अध्ययन, अनुसन्धान, विश्लेषण गर्ने हो भने – हालसालै कं. प्रचण्ड को युरोप भ्रमण लाई सुक्ष्म -रुपमा नियाल्दा केहि रहस्य को पो पर्दाफाँस हुने त होइन ?के उनि त्यहाँको सो called पार्टी-संगठनको प्रशिक्षण वा अन्य को लागि राष्ट्रिय अभिभारा,जिमेवारिलाई एका -एक चटक्कै थाँती राखी हुइंकिनु पर्ने बाध्यता के आइलाग्यो ?जसको सकारत्मक भूमिकाले मुलुकले केहि हँद सम्म त्राण पाउन सक्थ्यो वा भनौ सहज राजनीतिक निकास /तर राष्ट्र र राष्ट्रियता को चिन्ता भन्दा पनि ठुलो आफु पानी माथिको ओभानो कसरि हुने (दोष बाट मुक्ति पाउन) लाई अन्तरिक रुपमा यो scandle को निराकरण का लागि पो Belgiem हान्निएका त होइनन ? कारण-यिनी पनि यो काण्ड मा अप्रत्यक्ष मतियार भएकाले हुन सक्छ /यस ब्लग मा सम्प्रेषण गरिएका पात्र र प्रवृतिलाई नियाल्ने हो भने सहजै अनुमान गर्न सक्ने प्रशस्त ठाउं र आधारहरु प्रतिबिम्बित भएको महसुस हुन्छ /
    जहाँ सम्म Ncell को छल-छाम,कपट,र कर बाट उन्मुक्ति पाएको कुरा छ यसका पात्र र प्रवृतिको प्रभाव मा यी र यस्ताको रजगज जबसम्म रहन्छ नेपाल र नेपालीहरुले कवी अर्जुन पराजुली बाट ब्यक्त कविताको सार अनुरुप – हामी जनता सधै तल नै परि रहन्छौ /नेपालका मूलधारे मेडिया हाउस वा भनौ ति संग सम्बन्धित चौथो अंग पत्रुकर चाटुकारिता मै रम्ने बानि भैसक्यो कहाँको झन्झट व्यहोर्ने बरु सोहोर्ने /खोजि पत्रकारिता, स्वतन्त्र पत्रकारिता गुमनाम प्राय: भैसक्यो/नेपाल टेलेकमलाई डुबाउने भित्रि खेलको एउटा पाटो को प्रारम्भ यो बिन्दु पनि हुन सक्छ /हालसालै मात्र नेपाल टेलेकोमले अत्ति महत्वाकांक्षी परियोजना सम्झौता सम्बन्धित् खबरहरु संचार मध्यम बाट सु-सुचित हुने मौका मिल्यो तर अपूर्ण /अब यो संग सम्बन्धित खोज-विन गरि सत्य-तथ्य समाचार हामीमाझ सम्प्रेषण गर्नु पर्ने चुनौती सालोक्य जी ले चिर्ने कोशिस गर्नु भयो भने पक्कै पनि दोश्रो बिन्दु पहिलेनेछ भन्ने बिश्वास लिएको छु /तथास्तु…………

    Reply
  10. Mahesh S says:
    October 18, 2012 at 10:32 am

    बिधेश मा रास्ट्रपति को सत्ता हल्लियेला येहा को पिउन को कुर्सि नि हल्ली दैन. स्वीडेन मा पो भ्रस्तार गर्नु ठुलो कुरो भो र , येहा त झिना मसिना भै हाल्यो नि. जनता ले एक छिन् समाचार सुन्छ, बिपछी दल को कत्रो कत्रो आन्दोलोन गर्ने प्लान छ, अब सरकार को त कुरै छोडौ. तेसैले सल्योके जी, समाचार पस्किएर एकछिन time pass गरि दिनु भएको मा धन्येबाद.

    Reply
  11. योगेश आदी, न्यूयोर्क / says:
    October 18, 2012 at 9:11 am

    लहरो तान्दा पहरो हल्डियो !! ठुलाको ठुलै करतूत…

    Reply
  12. Suman bhote says:
    October 18, 2012 at 9:10 am

    Salokya sir , चोर रै चोर भए देस मा एस्तो तथ्य news लेक्दा अलि डर हुन्छ है…. तपाई पर्दा पछाडी बसेर काम गरेकै बेस…
    येस्ता काण्ड खोजे भने नेपाल मा कतिछ कतिछ… हरेक प्रोजेक्ट मा येस्तई हो… कान्तिपुर पत्रिका देखि मेलम्ची सम्म….
    संसारै १% मानिसको हात मा छ… त्यो बुझ्न जरुरि छ… र तिनीहरुले नै चलाएका छन्…
    नेपाल मा पनि २०-३० जना छन्, जोसले देस चलाए को छ, र तेही २०-३० जना को पछि पुरा नेपाल पछि लागेको छ…
    यो एउटा संजाल हो, ओबामा देखि प्रचण्ड सम्म एकै हुन्… यिनीहरु सगै हुन्छन,….. तेसैले त relation बनाउन ओबामा, या मनमोहन सिंग चाहियो….
    भोलि मिलेन भने प्रचण्ड लाई सद्दाम को हालत हुन्छ….
    कोहि सद्द्ये हुदैन माथिका मानिस हरु, सोजा त हामी सर्बसाधारण हुम जो तिनीहरुको लडाइ मा लागेका छाम….
    ओप्पोसिशन त बोलेको छैन??? किन होला? किन भने यो संजाल को जरा कहाँ छ तिनीहरुलाई पनि थाहा छैन…. जरा इंडिया सम्म पनि हुन सक्छ, या अजै माथि सम्म….
    example पिउन पिउन झगडा हुन्छ तर पिउन हाकिम साग कहिले झगडा गर्दैन…
    हाकिम हाकिम हुन्छ तर मन्त्रि साग हुदैन…
    तेस्तै हो…. level level को झगडा मा नेपाल को Ncell पर्यो…

    Reply
  13. raghubir says:
    October 18, 2012 at 8:26 am

    हेलो मोबाइल किनेको र ७१ सालमा २० अर्ब सरकारलाई नविकरण शुल्क तिर्नुपर्ने कुराको बिच पनि सम्बन्ध छ भनिन्छ, २० अर्ब तिर्न भन्दा एनसेल भन्ने ब्राण्डलाई मारेर हेलो को नामबाट ब्यापार कन्टिन्यु गर्ने र त्यही मेलोमा २० अर्ब नतिर्ने चाला हुन सक्छ भन्ने दुरसंचार क्षेत्रमा हल्ला छ। यस बाहेक, नेपालको नियम कानुनको खिल्ली उडाउनु उसको नियमित क्रियाकलाप हो। नेपालको टेलिकम बजारमा अवस्य पनि प्रतिस्पर्धा हुनु पर्छ तर सालोक्य जीले भने जस्तै नियम कानुन मिचेर गरिब देशको राजस्व छल्ने कम्पनीलाई भित्र्याउन हुन्न। यस्ता कम्पनीले देशलाई नाफा केहि हुन्न, केवल घाटा नै घाटा मात्र।
    अर्को कुरा पनि छ यहाँ। एन-सेलले आफ्नो प्रमुख शत्रुको रुमपा नेपाल टेलिकमलाई देख्छ। नेपाल टेलिकमका प्रोजेक्टहरु उसको आफ्नै कारण , सरकारी खरिद नियम आदि कारणले यसै ढिलो भैराको हुन्छन्, त्यसमाथि सक्ने ठाउँ जतिमा एन-सेलले भाँजो हाली झन ढिलो गर्दिने गरेको छ भन्ने हल्ला सुनिन्छ त्यता तिर ; मान्छे किन्ने, बेनामे उजुरी हाल्ले लगायत साधारण मानिसले सोच्नै नसक्ने खालका हतकन्डा अपनाउँछ यो कम्पनी – जसमा कुनै ठाउँको लोकल अपराधिलाई पैसा दिएर टेलिकमको फाइबर काट्ने देखि टेलिकमको टावरको नट-बोल्ट खुस्काउने सम्मको काम पर्छ। प्रतिस्पर्धा भनेको राम्रो हो, तर प्रतिस्पर्धाको नाममा यस्ता गलत तरिका अपनाउँदा ग्राहकलाई उल्टै घाटा हुन्छ।
    र अर्को पाटो पनि छ। नेपाल टेलिकम भन्ने बित्तिकै मान्छेहरुले गाली गर्न थाल्छन्। यसका दुइ कारण छन्। पहिलो कारण जगजाहेर छ – त्यसको गुणस्तर र ग्राहक सेवा (customer care)का कमजोरी। यति कारणले मात्र मान्छेले गाली गर्ने गरेका हुन् त ? खासमा होइन। यसको मनोवैज्ञानिक कारण पनि छ। नेपाली ग्राहकको व्यवस्थित रुपमा ब्रेनवासिङ पनि गरिएको छ – र यो कामको लागि एन सेलको एजेन्ट हो नेपालमा सबै भन्दा बढी बिक्ने पत्रिका – कान्तिपुर। कान्तिपुरले आज सम्म एन सेलको बारेमा नकारात्मक समाचार छापेको छैन र मेरो मोबाइलको उदय भए देखि नेपाल टेलिकमको बारे सकारात्मक समाचार पनि छापेको छैन। नेपाल टेलिकमको सानो भन्दा सानो कमजोरीलाई तिलको पहाड बनाउने र एनसेलको ठुलो भन्दा ठुलो घोटाला नदेखे झैं गर्ने र प्रत्येक हप्ता देखि १० दिनमा एक पटक नेपाल टेलिकमको नकारात्मक समाचार छापेरै छोड्ने कान्तिपुरले गर्छ। नपत्याए एक महिनाको कान्तिपुर हेर्नुस कुरा छर्लङ्ग हुन्छ। (हुन त मुलधारका अरु मिडियाको बारेमा पनि माथि लेखिएको छ; अरु मिडिया चाहीं एनसेलको नकारात्मक छाप्न अनकनाउने मात्र हो सायद विज्ञापन लगायतको कारणले, तर कान्तिपुरले चाहीं मिसन नै लिएको छ नेपाल टेलिकमको नकारात्म विज्ञापन गरी गरी ध्वस्त पार्ने) कान्तिपुरको यो गराइमा त्यही उपेन्द्र महतो लगायतको कान्तिपुर र एन सेल दुबै संगको ब्यापारिक सम्बन्ध कारण हुन सक्छ।
    अनि अर्को अनुसन्धान गर्नु पर्ने पाटो। नेपाल टेलिकम भन्दा एन सेलका ग्राहक बढी छन् भनेर त नेपाल दुरसंचार प्रा‍धिकरण (नियमन गर्ने निकाय) ले नै मानेको छ। तर एन सेलले अघिल्लो आर्थिक वर्षमा नेपाल टेलिकम भन्दा पाँच गुना कम (थोरै) आयकर तिरेको छ क्यारे।

    Reply
  14. nabaraj kale says:
    October 18, 2012 at 2:58 am

    नेपालमा हुने कारबाही त उही द्यांग्को मुला हो, मावोबादीको पुच्छर हरुको बोलवाला भाको देश ! विदेशीले चै इन्लाई डामेको हेर्न पाए हुन्थ्यो ! जनताको लुटेको धन ले मोज गर्नेहरुको १२ बजेको देख्न पाउ पर्मेस्वोर !

    Reply
  15. Arun says:
    October 18, 2012 at 1:12 am

    हामी सर्व साधारण जनता ले अरु ठुलो केहि गर्न नसके पनि एउटा सचेत नागरिक को भूमिका निभौना त सक्छौ| दण्ड को रुप मा यी पतित NCELL जस्तो कम्पनी लाई आजै देखि बहिस्कार गरि यिनी हरु को घृणित चाल लाई असफल पार्न सक्छौ. तर एक्लै ले गरेर भने केहि हुदैन साथि हरु, एक थुकी सुकी हजार थुकी नदी भने झैँ सबै जना मिलेर सामुहिक बहिस्कार गर्नु पर्छ| एदी तपाई NCELL प्रयोग गर्नु हुन्छ भने आजै देखि त्यागी दिन हुन अनुरोध छ |

    Reply
  16. Gahan says:
    October 18, 2012 at 12:24 am

    हाम्रो मुलधारका मिडियामा बिशेषत दुइटा कुरा देखिंदैन:
    १. अनुसन्धानात्मक रिपोर्ट
    २. फलो अप
    दिवसजीले उठाउनु भएको एउटा बिषयलाई हेरौ|
    क. नेपालमा रोजगारी गरेर बस्ने सयौ बिदेशीहरु छन्| तर उनीहरुमा धेरैले कानुनले तोके अनुसारको आयकर तिर्दैनन|
    ख. नेपालमा रोजगारी लिन विदेशीले अनुमंती लिनपर्छ| भारतीय पनि बिदेशी हुन्|
    तर रोजगारी दिने र लिनेले यसको अवहेलना गरेको पाईन्छ| यु एन र एम्बेसी आदि एजेन्सीहरुमा जागिर भएका व्यक्तिले भिसा अनुमति पाई कर मुक्त हुन्छन तर उनका श्रीमान, श्रीमती वा डीपेनडेन्ट ले अरु रोजगारी लिन परे अनुमति लिन पर्ने हुन्छ र कर तिर्न पर्ने हुन्छ| यसको सही अनुगमन भएको छैन|
    ग. नेपाल वायुसेवा निगमका थाइल्याण्डमा काम गर्ने कर्मचारी ट्याक्स क्लियरेन्स पत्र नबुझाई देश छोड्न पाइन्दैन| तर नेपालमा भने थाई एयर्लाइन्सका बिदेशी कर्मचारीलाई एयरपोर्टबाट विदेश जाँदा भीआईपी सरह गर्छन|
    ख. घर बहालमा दिने ले ट्याक्स तिर्नपर्ने हुन्छ तर प्राय जसो बिदेशीहरुलाई घर बहालमा दिने हरुले कि ट्याक्स तिरेका हुँदैनन् वा बहाल कर्म देखाएर ट्याक्स तिर्छन| यसमा कर विभागको भ्रस्टचारी कर्मचारीहरुको मिलेमतो हुन्छ|
    बिदेशीहरुले नेपालीको मानसिकता बुझेर त्यसको फायदा उठाईरहेका छन्|
    यस्स्मा मिडियाले ध्यान दिए राम्रो हुने थियो|

    Reply
  17. Binod Paudel, Sudbury says:
    October 17, 2012 at 10:43 pm

    काण्ड ठुलै परेछ. सालोक्य जी अब आफ्नो Safety पनि विचार गर्नुस है. कट्टु फुस्किन लागेपछि यीनिहरुले जे पनि गर्न सक्छन.

    Reply
  18. Adwait Sharma says:
    October 17, 2012 at 8:55 pm

    पत्रकार हरु को बिच मा सालोक्य जी एउटा फरक पहिचान लिएर आउनुभएको छ / कृपया साहस र इमान्दारीपूर्वक आगामी दिन हरुमा आफ्नो पहिचान लाई जोगाई राख्नु होला / अगाडी को शैक्षिक पत्रकार वाला र यो पोस्ट पढ्दा मलाई यस्तो भन्न मन लागेको हो /

    Reply
  19. Suraj Shrestha says:
    October 17, 2012 at 8:44 pm

    पाप धुरीबाट कराउछ भनेको यो पनि यौटा उदाहरण हो !
    एस ब्लगमा लेखिएका कुराहरु धेरै जसो सत्य जस्तो मलाई लाग्दछ ।
    सक्रिय राजतन्त्रको बेलामा ज्ञानेन्द्रका ज्वाई राज बहादुर सिंह र राजदरबारको नजिककालाई उपेन्द्र महतो, अजय पराजुली, दिपक मलहोत्रा, बिनोद चौधरी, पदम ज्योति, रुप ज्योति, खेतान लगायत अन्यहरुले प्रयोग गरेको कुरामा दुइ मत छैन । राजतन्त्र उन्मुलन पछि नया नेपाल गणतन्त्रमा येही नेपाली माफियाहरुले पुष्प कमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्रि हुँदा प्रयोग गरियो हाल बाबुराम भट्टराईलाई प्रयोग गरिदै छ ।
    खै त नेपाली जनताहरुले गणतन्त्र नेपालको चार-चार प्रधानमन्त्रीहरुका पलमा के पाए? फेरी पाचौ प्रधानमन्त्री हुने कसरत हुदै छ हाम्रो मातृभूमिमा।
    १५,००० नेपाल का छोरा-छोरिका रगत त्यस्तै खेर जादैन ।

    सुरज श्रेष्ठ

    Reply
  20. Suresh says:
    October 17, 2012 at 8:15 pm

    Why does big media like Kantipur and Nagarik are not publishing this news to public? Is there mouth shut down due to advertisement provided to their paper by ncell ?. And what about the other news channel. Why they are not publishing news to us?. Any how we should thanks to Mysansar for providing these types of hidden news from public. Thank you salokya.

    Reply
  21. gam gurung says:
    October 17, 2012 at 7:30 pm

    गणतन्त्र भनेको यहि होला ठुला बढाले जस्ले जे पनि गर्न सकिने जस्तै प्रचण्डको महल त्यै अजय सुमार्गीले किन्देको भन्ने खबर ब्यपक भो अनि यो काण्ड पार्टीलाइ फिर्ता गर्छु भनेको न पार्टी न नेपाल सरकार लाइ फिर्ता गरयो यदि यो कुरा सहि भएमा सरकारले त्यो घर कब्जा गर्नु पर्छ ।

    Reply
  22. kedar says:
    October 17, 2012 at 7:24 pm

    यो देशमा Salokya जन्माउनु पर्छ जस्तो छ, भारतमा अन्ना र अरविंद केजरीवाल जन्मिसके /

    Reply
  23. Diwas says:
    October 17, 2012 at 6:28 pm

    Ncell le yaha ko media, government officials, business people sabailie afno pocket ma rakheko cha. ma sanga aru information ni cha.
    1. Yesko sano namuna airport ma rakhiyeko ncell ko tower pani ho. jasko lagi Ncell le tyo bela ko Airport chief ra surakshya pramukh sangai aru dherai lie Blackberry upahar diyera kathmandu ko dherai hotel ma dherai “friday night” manayeko thiyo.

    2. Yesai gari desh ko 30+ samudayik baan ma sarkar ko anumati bina tower rakheko cha. for example Jiri ko Mali, Mahottari ko gauribas, udaypur ko rauta, morang ko bhaluwa kerabari, Ilam ko nayabazar.

    3. bideshi karmachari haru ko minimum salary Rs 3 lakh huncha jasko euta futeko kaudi ni tax tirdainan uni haru. yesma teliasonera ko Mobicon tele-networks company (Balbhadra marga, naya baneshwor) ni samhil cha. bideshi karmachari harulie tourist visa ma rakhera kaam gariyeko cha jo law anusar paidaina ra tax ni tirdainan. yesma immigration ko manche haru ko ni miley mato cha.

    4. offer haru ko naam ma ra team sponsor ma paisa diyeko jasto gareypani Ncell le Nepali janta haru bata uthayeko paisa ko compare ma 1% ni haina. loot ko dhaan fupu ko saradhya jastai bhayeko cha.

    5. kamal khanal ra anup upreti haru lie use garera nepal ko law and justice ko rape gareko cha.

    6. Nepali lie sasto ma phone call diyeko bhandai hathi le dekhaune daat ra khane daat jastai gareko cha ncell le. bastab ma pachadi bata luteko ncell ko lekha jokha koi sanga chaina.

    Writer ji maile bhaneko kura haru ma ajai research garnus. kehi chaiye ma ni help garchu. desh ma competition hunu parcha tara fare ani Nepali janta ko heet ma. yo ncell jasta company le nepal ko 2-4 jana baheko samasta janta ko rape gareko cha ani sarkar lie afno pocket ma rakheko cha.

    Reply
  24. chatur rai says:
    October 17, 2012 at 6:16 pm

    आफु अनुकुलको पार्टनर …गधालाई गाईको हुलमा रमाउन सक्दैन , ठुलो भ्रस्टचारी हरुको यथार्थ , धन्यबाद सर ,

    Reply
  25. anup_gorkhe says:
    October 17, 2012 at 6:05 pm

    ज्ञानेन्द्र शाह, प्रचण्ड “राजा”, उपेन्द्र महतो, अजय सुमार्गी जस्ता लाई यसबारेमा सोधेमा सब थाहा लाग्छ ! माधव कुमार नेपाल पनि प्र. म. हुँदा सुमार्गीको मा भोज खान गएको भन्ने सुनेको हो!!! NCell गर्दा धेरै नेताहरु धनि भएछ, खुशी लग्यो भन्नु पर्ला, होइन त साथी हो???

    Reply
  26. Pramesh says:
    October 17, 2012 at 5:39 pm

    आजै देखि बहिस्कार गरौ आफुलाई मुलधारको मेडिया भनिटोपल्ने हरुलाई |
    धन्यबाद छ सालोक्य जी येस्ता देशद्रोहि गद्दारहरुको कर्तुतहरु हामी पाठक सामु ल्याइदिनु भयकोमा |

    Reply
  27. tenzing sherpa says:
    October 17, 2012 at 5:31 pm

    सगरमाथा रास्ट्रीय निकुन्जका तत्कालिन वाडेन तुलसी राम शर्माले पनि यो कम्पनि बाट मज्जाले घिचेक्कै हुन् , अहिले यो ncell को टावरले यो ठाउ नै कुरुप बनाएको छ

    Reply
  28. shirish says:
    October 17, 2012 at 5:05 pm

    सालोक्य जी राम्रो काम. एउटा मान्छे को प्रयास ले धेरै फरक पर्न सक्दो रैछ. विदेश मा त्येत्रो तहल्का हुदा हाम्रा पत्रकार Ncell को भुजा ज्युनार गरेर नेता हरु को गालि संकलन गर्न जान्छन समाचार को नाममा….ठुला मिडिया अब गालि गलौज र Blow- up image हेर्न मात्रै हो काम लाग्ने हुन् . अनि त्यो मोरो प्रचान्ने र माओबादी कुरा ठुला गर्ने साउ हरु हुन् . यिनीहरु ले पैले पैसा र सत्ता भोगेका थिएनन् त्येसैले स्वोछा देखिन्थे. तर खन्चुवा र एक नो क डाका प्रमाणित हुओलन जस्तो छ ..

    Reply
  29. kedar says:
    October 17, 2012 at 4:36 pm

    ज्ञानेन्द्र र ज्वाईंकै बाटो पहिल्याउनु थियो त् किन तेत्रो जनयुद्ध गरेर लास बिछ्याउनु पर्थ्यो ? छोरा प्रकाशका लागि ज्ञानेन्द्रकी छोरीको हात मागेको भए कसैको कुभलो त हुने थिएन |

    Reply
    1. sagar says:
      October 17, 2012 at 7:36 pm

      ज्ञानेन्द्रकी छोरीसँग पर्कासेको बिहे भएको भए यसरि अर्की तरुनी संग अहीले भाग्दा ग्यनेंद्रेले पर्कासेको बाउ पर्चंडेको बिहे गराई दिन्थे | सर्वसाधारणकी छोरी बिहे गरेकोले पो अहीले अरु तरुनिहरु संग आँखा झिम्क्याउदै हिड्दा पनि अझै जीउदै छ त पर्कासे |

      Reply
  30. Kedar Upadhyay says:
    October 17, 2012 at 4:32 pm

    एन सेल वा तेलेसोनेरिया जे भने पनि बिदेसी कम्पनि ले नेपाल लाई केहि दिंदैन कर्मचारी भने जति भर्ना गर्दैन रोजगारी सुन्य कर तिर्दैन छल छाम बढी गर्छा कर तिर्नु परे मा नाम बदलिन्छ नेपाल र नेपाली ले पाउने हात लग्यो सुन्य तसर्थ बिदेसी कम्पनि धेरै माया गर्नु छैन

    Reply
  31. sunil says:
    October 17, 2012 at 4:22 pm

    नेपाली प्रेस किन निदाएको होला यो बिषयमा

    Reply
  32. kedar says:
    October 17, 2012 at 4:22 pm

    keep it continue, नेपालि भ्रस्टहरुको चेत नाखुलुन्जेल यो काण्डलाई पछ्याइरहनु पर्छ |

    Reply
  33. द्रोण says:
    October 17, 2012 at 4:21 pm

    Government should track down all the culprit behind this case and bring them into the justice,
    but is it possible today?
    NO.
    we already have so many hanging case that needs file to be reopened and give tickets to
    many political veterans like Sujata,Prachanda ,sitaula and many others under ”lauda”.dhamijaa,sudan,jwaai kand.
    On top of that it seems like our government officials themselves are waiting for an oppertunity to play these
    games.

    Reply
  34. bIJAY says:
    October 17, 2012 at 3:47 pm

    यो देशको अस्तित्व माथि चिर हरण गरेको छ चाहे तान्शःको नाममा चाहे प्रजातन्त्रमा कांग्रेसले चाहे गणतन्त्रमा माओ बादी एमालेले देश चुस्यो जनता मरेको मरेकै

    Reply
  35. अनिल says:
    October 17, 2012 at 2:06 pm

    एकातिर ncell मा ज्ञाने अर्को तिर ucell गयाने नाम पनि मिलेको काम पनि मिलेको

    Reply
  36. shrijan says:
    October 17, 2012 at 2:03 pm

    धन्न आज को जनआस्था ले चाँहीं केही छापेको छ है।।।
    नत्र मुल्धारे पत्रिका लाई त दशै लागिसक्यो रे …………

    Reply
  37. पुष्प says:
    October 17, 2012 at 1:58 pm

    पत्रकारहरू (विदेशी नै भएपनि) यसैगरी लागिपरे एनसेलको ताल पनि यूनिटीकै हुने पक्का छ ।

    Reply
  38. Anmol says:
    October 17, 2012 at 1:56 pm

    Ya ofcourse we can do. We are the people and we are stronger than any kind of force in the world if we unite. We can see the recent example of middle east the power of people and the social media. We should punish them, they have to pay for this fraud. Lets join our hand together and start writing on social medIa and tell to everybody.
    They will be definetly punished in sweeden and swiss there is no doubt. And if we create pressure to affilateted administration or government they will be punished in our country as well as.

    Reply
  39. krishna kuinkel says:
    October 17, 2012 at 1:51 pm

    एक दम राम्रो यो काण्डलाइ उजागर गरिदिनु भएकोमा,यसको टुंगो पर्दाफास नहुन्जेल सम्म तपाइले यो समाचारलाई जारी राख्नु होस् यसले जतिसुकै प्रचारप्रसार गरे पनि जनता ठग्ने काम मात्र गरिरहेको छ खाली बिज्ञापनले मात्र धानिरहेको छ भलै सेवा किन राम्रो नहोस/ j

    Reply
  40. xyz says:
    October 17, 2012 at 1:41 pm

    What a close coincidence:
    Gyanendra and Gayane?

    Reply
  41. Sisir says:
    October 17, 2012 at 1:30 pm

    कुरा एती इस्पस्त हुदा पनि चुप लागेर बस्ने हाम्रा सरकार र मीडिया कति बिकाउ रहेछ छर्लंग भो ..
    नेपाली मुल्धारे मिडिया प्रति विश्वास गर्ने कुनै ठाउँ रहेन …राज्यलाई चौधरीले ठगेको करोडौको VAT को कुनै समाचार नबनाउनेले अस्ति आगलागीको घटना चाही देशै आगलागी भए जसरि समाचार सम्प्रेसन गर्नुको कारण पनि येह त हो नि .. छ्या पत्रकारिता …

    Reply
  42. Dilli Gurung says:
    October 17, 2012 at 1:17 pm

    धेरै राम्रो article .. hats off to you bro.. you did great job posting this news here..

    Reply
  43. jawknockraazaa says:
    October 17, 2012 at 1:03 pm

    सबै बिक्दैनन, एन्सेल को खरीद ले काम गरेन यता ! सर्भिस राम्रै देला, तर त्यतिकै आधारमा जे पनि गर्न पाइन्न, कारबाही हुनुपर्छा, चुन चुन के ! धन्यबाद सालोक्य ! अब ठुला भनिएका पत्रिका चुइक्क बोल्दैनन यसबारे ! 😀

    Reply
  44. bibek says:
    October 17, 2012 at 12:43 pm

    स्विडेन का पत्रकार लाइ सलाम छ. यी जस्ता पत्रकार हुन् राज्य का चौथो अंग. हाम्रा नेपाल का पत्रुकर भने चौथो अंग होइन गुप्तांग जस्ता छन्.

    Reply
    1. देवेन्द्र कार्की says:
      October 18, 2012 at 10:53 am

      बिबेकजी गुप्तांगको आफ्नो ठाउमा र आफ्नो काममा अति गहन महत्व र जिम्मेवारी छ| यी पत्रुकारलाई गुप्ताङ्ग संग तुअना गर्नै सकिन्न.| यीनीहरु त गुप्ताङ्ग बाट निस्कने ढल हुन्, जसलाई ब्यबस्थित नगरे बाताबरणलाइ दुषित बनाई दिन्छन|

      Reply
  45. tekendra timsina says:
    October 17, 2012 at 11:55 am

    देशभित्रका भ्रस्टचारीले अति गरेको देशमा अब त बिदेशीले नि रजाइ गर्न थाले. हाम्रो देश को कानुनको कसैले पनि पालना नगर्ने भए अन्तत. यो सब हाम्रा देशका ठुला बडाको देशप्रतिको गद्दारीले भएको हो, राजा उस्तै ठुलो ठाउका रैती झनै के कम

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme