Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुभकामना !

Posted on October 16, 2012 by Salokya


धेरै नेपालीले मनाउने चाड दशैँ आजदेखि सुरु भएको छ। आज घटस्थापना- जमरा रोपेपछि दशैँ औपचारिक रुपमा सुरु हुन्छ। सबैलाई दशैँको शुभकामना!


आफ्नो पुराना स्मरणीय दशैँको याद माइसंसारका साथीहरुसित बाँड्न चाहनुहुन्छ भने तल कमेन्टमा लेख्नुहोस्। तपाईँ सानो हुँदा दशैँ किन रमाइलो हुन्थ्यो ? अनुभव बाँड्नुहोस्।

46 thoughts on “शुभकामना !”

  1. yshank says:
    October 20, 2012 at 6:39 am

    पत्रपत्रिकामा दशैंको सुभकामना, रातो टिका अनि जमराको फोटो देख्दा पनि अहिले नै उडेर घर जाउ जस्तो लाग्छ ,परदेशीको दशैं फोटो र पत्रपत्रिका मै छ / तपाई हरु सबै लै मेरो तर्फा बाट पनि बिजयादशमीको हार्दिक मंगलमय सुभकामना छ

    Reply
  2. parshuram misra says:
    October 20, 2012 at 1:21 am

    सबैको उन्नति, प्रगति होस् . देश र जन जनमा शान्ति र सद्भाव बढोस, चारैतर्फ खुशियालीले छाओस . बडा दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना ! आज नेपाली राजदुत उदय राज पाण्डेले साउदी अरब रियाधमा आफ्नाही निवास मा रात्री भोज दिदाही पर्वासी नेपाली सामु सुभ कामना को आदान पर्दाहन गरियो //

    Reply
  3. नरेन हंगकंग says:
    October 18, 2012 at 6:06 pm

    मलाई दशै दसा आए जस्तो लाग्थ्यो किनकी घरमा कमाउने कोही थिएन बुबाले कमाएको पनी राजनितिमा लागेर सर्वस गर्नु भो भनु भने पनी हासो उठ्छ हाम्रै नातागोता धेरै हुनु पुर्नेको दिन सम्म पनी खोजी खोजी आउने कसरी दछिना दिने ठुलो दुखको कुरा थ्यो बुबाको पीर तर भाई हरुले बुझ्दैन थिए बिहानै नेता हरुको मा चक्कर लगाउदै निरास भएर फर्कनु हुन्थ्यो पंच्याती ब्यवस्था मा जागीर केही पाईन्ना थियो जेहोस दुःख संग ति दिनहरु बिते प्रजातंत्र आयो हिजो खान नपाएका दुःख भये पनी बाबाले कती पालेका ति नेताहरु रातरात धनि भये दुख गरेर सम्पति सर्वस गरेका हाम्रा बुबा जस्ता प्रजातंत्र आये पनी न कुनै पद पाए न त सम्मान दशै आउदा भेट्न जानू हुन्थ्यो भेट्न पनी दिन्दैन थियो म बिदेश बाट त्यही सम्झेर पनी कशैको मा पनी हाथ फैलाऊन जान नपरोस भनेर पठाई दिन्थे यो साल बाट त त्यों पनी पठाउन परेन राजनिति लाई लात हानेर उमेरमा कमायेर त्यही राजनितिले गुमाएका बुदापामा आएर ब्रिटिश सरकारले राम्रै भत्ता दिएर आरामले बस्नु भएको छ / मलाई पनी खुसी लागेको छ दसा र दशै का कुराहरु सम्झेर बाल्यकाल सम्झन्छु जे होस हाम्रो जस्तो त्यों दिन कशै लाई नाओस सबैको दशैं सुखद होस्, सम्पूर्ण नेपालीहरुमा शुख, शान्ति र भाईचारा कायम रहोस् हार्दिक मंगलमय शुभकामना

    Reply
  4. निमेस says:
    October 18, 2012 at 10:50 am

    सबैको उन्नति, प्रगति होस् . देश र जन जनमा शान्ति र सद्भाव बढोस, चारैतर्फ खुशियालीले छाओस . बडा दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना !

    Reply
  5. योगेश आदी, न्यूयोर्क / says:
    October 18, 2012 at 9:15 am

    “चाडबाड आयो, बाउआमाको यादले झन-झन सतायो…
    आँखा रसायो, भाग्यले ठेल्दै-धकेल्दै यो कहाँ फसायो… ”
    जहाँ पुगेपनि देश, भाषा र संस्कृतिले हृदयमा सदा स्थान लिएकै हुन्छ… सबैलाई दशैंको शुभकामना !!!

    Reply
  6. chiranjibi Tiwari says:
    October 18, 2012 at 7:44 am

    बडा दशैं २०६९को उपलक्ष्यमा देश परदेशमा रहनु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना

    Reply
  7. nabaraj kale says:
    October 18, 2012 at 2:42 am

    राम्रो नाना
    मिठो खाना
    मधुर गाना
    सबैको मनको कामना
    पुरा होस् सबैको दशैंको चाहना !!!

    Reply
  8. gopi karki says:
    October 18, 2012 at 1:06 am

    देश विदेशमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहीनीहरुलाई बडा दशैँ को मंगलमय शुभ कामना !

    Reply
  9. nabaraj kale says:
    October 18, 2012 at 12:05 am

    टिका लागैदिउ पैसा नदेउ सट्टामा आशिर्बाद देउ
    पार्दै हसिलो मुहार सधै हासेर बच्ने प्रेरणा देउ !!!

    Reply
  10. द्रोण says:
    October 17, 2012 at 8:24 pm

    Happy Bijaya dashami to all friends and families including Mysansar.
    People are sharing their past dashain experience here.How nice it is.
    I wish I read all experiences.
    But I can not.

    Reply
  11. Basanta Thapa,Maryland,USA says:
    October 17, 2012 at 6:55 pm

    दशैँ त्यसमा पनि बाल्यकाल अनि अभाब को जिन्दगी !
    दशैँ आउँन लाग्यो भन्ने बित्तिकै मन मा भिन्नै खाले रमाइलो र उत्सुकता जागी आउथ्यो \ साथीभाई संग मलाइ त बा आमाले लुगा जुत्ता हालिदिन्छु भन्नु भा छ भन्दा अनि साथि भाइले त्यस्तै सुनाउदा उफ्री उफ्री खेलिन्थ्यो \ लट्टाई धागो र चंगा किनी दिनु पर्छ भन्दा बाबाले अरुको धान सोत्राम (बिगार्न ) पार्न म किनी दिन्न भन्दा रोएको \
    बुबाले खसी लेराउदा आफै चराउन हिडेको तर खसी काट्ने दिन खसीको माया लागेको ,नकाटे पनि हुन्थो जस्तो लाग्थ्यो तर काटे पछी कहिले मासु पाक्ला भनि भान्छा तिर दौडेको आजै जस्तो लाग्छ \ मामाघर जादा टिका लगाएर मामाहरुले पैसा देलान भनि सोचिरहदा मामा हरु बिहानै उठ्ने बित्तिकै पसलमा तास खेल्न गएको र टिका र पैसा पनि नपाएकोमा नरमाइलो लागेको ……. दशैँ सकिदै जादा मासु पनि सकिदै जान्थ्यो जति मासु सकिदै जान्थ्यो झन् झन् मिठो र खाऊ खाऊ लाग्थ्यो …..धेरै दिन पछी आमाले हरियो फर्सिमा सुकेको खसीको खुट्टा मिसाई पकाउदा कत्ति मिठो हुन्थ्यो \ आज ….परदेश …न दशैँ आउदाको भाबना र बाताबरण न आफन्त ,साथीभाई ,समाज तै पनि दशैमा आमा .हजुर आमा ,भाइ बहिनि ,भान्जा भान्जी लाइ दशैँ को बेला केहि खर्च पठाउने (लगातार ९ बर्ष भयो ) गरेको छु मन हलुङ्गो र केहि खुसि र शान्ति को अनुभब मिल्छ \ यसमै खुसि छु \
    बिजया दशमीको हार्दिक मंगलमय सुभकामना सम्पूर्ण माइसंसारका मित्र र टिममा !

    Reply
  12. bibek says:
    October 17, 2012 at 12:51 pm

    दशैँ को दिन एक टपरी पकाएको मासु चोरेर घर पछाडी को पर्खाल मा बसेर तिन जना ले १ क्वाटर वोड़का बान्ता होला जस्तो गरि गरि पनि खाएर दुस्साहस देखाएको आजै जस्तो लाग्दछ. तेती खेर म १८ बर्ष को थिए, आज त १ क्वाटर ले घाटी पनि नाभिज्ने भयो.

    Reply
  13. Sanu Nepali says:
    October 17, 2012 at 10:52 am

    सम्पूर्ण दाजु भाई दिदि बहिनि हरु लाई बिजय दशमी को मंगलमय कामना ब्यक्त गर्दा छु

    Reply
  14. Rakesh says:
    October 17, 2012 at 10:44 am

    बडा दशैं २०६९को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना

    Reply
  15. amit jha says:
    October 17, 2012 at 9:20 am

    शुभ प्रभात । आश्विन शुक्लापक्ष द्वितिया । आज दशैको दोस्रो दिन । सबैको दिन शुभ रहोस् । माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन ।

    Reply
  16. Ananta says:
    October 17, 2012 at 8:57 am

    जसरि दुर्गा माता ले महिसा सूर को अन्त गरि पृथिबी मा शान्ति स्थापना गरिदिनु भो, त्यसै गरि यो दिन मा हाम्रा नेता हरु मा भएको भ्रस्टचारी को अन्त गरि देश मा शान्ति स्थापना गरि बिकाश मा तिब्रता संग लग्न सकुन भनि प्रार्थना गर्छु. देश विदेश मा भएका नेपली हरु सबै मा बिजय दशी को शुभकामना.

    Reply
  17. Rishikesh Niraula says:
    October 17, 2012 at 8:23 am

    बडा दशैं २०६९को उपलक्ष्यमा देश परदेशमा रहनु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना

    Reply
  18. Devi Raman Sapkota says:
    October 17, 2012 at 6:38 am

    मामाघर, आफन्त र इस्ट मित्रकोमा जाँदा, सेलरोटि फलफुल र दक्षिणा पाउंदा साथै आँफु भन्दा मान्यजनहरु बाट रातो टिका निधारमा पहेलो मकैको जमरा कानमा लगौन्दाको आनन्दको अनुभूति अनि अमुल्य आसिर्बाध हरुको जति नै ईस्मरण गरे पनि कमि नै हुन्छ जस्तो लाग्छ मलाई यो परदेशमा ! बिजया दशमीको सुभ-कामना !!

    Reply
  19. Jivan says:
    October 17, 2012 at 6:16 am

    गाउ मा एक वर्ष मा एकपल्ट लुगा छेकाउने चलन थियो. दशैँ आएको बेला. त्यहि पनि आफुले रोजेको पाइदैन थियो. बिशेष गरि मेरो स्चूल मा सेतो सर्ट र निलो पाइन्ट स्कूल ड्रेस भएको ले दशैं मा त्यहि नै छेकौने चलन थियो. लुगा छेकौना गाउमा एउटा जुगे दमाइ थियो. दशैं मा साधारण तया जाड खाएर माती रहन्थ्यो. लुगा लिन पनि धेरै दिन धाए पछी मात्र सिलाई दिन्थ्यो. कहिले काही त दशैं पछी मात्र लुगा दिन्थ्यो. दशैं को टिका सुरु हुनु भन्दा अलिक अगाडी नै त्यहि लुगा लाइन्थ्यो. अनि गाउ भरि दुलिन्थ्यो. नया लुगा भएको ले अलिक अलिक अप्ठ्यारो महसुस हुन्थ्यो सरिर मा. टिका लाउने समय आउथ्यो, मा अलिक सानो भएको ले मेरो पालि लास्ट मा आउथ्यो. टिका लाए पछी टिका ले अलिक अफ्ठ्यारो महाहुस हुन्थ्यो. अनि सबै जना खसी को मस्रु को रस संग टन्न भात खायिन्थ्यो. मेरो घर तराई तिर भएको ले दशैं मा दिउसो तिर गर्मि नै हुन्थ्यो. अब खाना साना खाए पछी मामाघर जाने बेला हुन्थ्यो. मेरो घर गाउमा भएकोले गाडी हरु त्यति चल्दैन थिए. दशैं को बेला मा tractor र truck हरु चल्थे. गाडी धेरै नै भिड हुन्थ्यो. मा mummy सगै जान्थिये. टिका लाएर पाएको पोइसा ले स्चूल को लागि कापी किनिन्थ्यो. याद हरु धेरै नै मिठा छन्. ति दिनहरु समझदा पनि रुन मन लाग्छा. फेरी कहिले फर्किएर नाउने दिन हरु…

    Reply
  20. Pramesh says:
    October 17, 2012 at 3:33 am

    मा ११, १२ बर्सको हुदा, मेरो बुवाले पहिलोपल्ट मलाई readymade प्यान्ट किनिदिनु भाथ्यो| त्यो भन्दा अगाडी सधै सिलाएको प्यान्ट हुन्थ्यो| readymade भन्ने बित्तिकै निलो जिन्सको प्यान्ट मात्र थाहा थ्यो तेही लाउने इच्छा पनि, तर बुवाले किनिदेको प्यान्ट त निलो नभएर अर्कै (खैरो) रंगको परेछ| कति झगडा गरेको थिए त्यो प्यान्ट मन नपरेर, बुवालाई सारै नै खल्लो भयो होला त्यो दशै| अहिले कतिवोटा दशैँ बितिसके, बुवाको स्वोर तेही फोनमा मात्र सुन्न पाइन्छ| कहिले त्यो दिन आउला जुन दिन बुवालाई मन पर्ने लुगा किनेर दशैमा टिका लगाउन घर जान पाईयोस?

    Reply
  21. shiva says:
    October 17, 2012 at 2:20 am

    अनुराधा कोइरालाको जस्तो नाम होस्
    दिलशोभा श्रेष्ठको जस्तो दिल होस्
    पुष्प बस्नेतको जस्तो काम होस्
    डा.सदुक रुइतको जस्तो सेवा गर्ने भावना होस्
    यहि छ मेरो सम्पूर्ण नेपालीलाई बडा दशैँको शुभकामना!

    Reply
  22. Rai Yang pitang chhu Dharan haal-Oxford says:
    October 17, 2012 at 2:15 am

    नेपालीहरु मात्रको २०६९ सालको महान चाड दसैं अनि तिहारको शुभ अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुमा सुख,शान्ति,समृद्धि,दिर्घायु तथा सु-स्वास्थ्यको मंगलमय कामना गर्दछु |

    Reply
  23. डिल्लीरमण न्यौपाने says:
    October 17, 2012 at 2:15 am

    स्कुलमा दशैँको छुट्टी शुरु हुनुभन्दा २-४ दिन अगाडी नै स्कुल सफा गर्ने, कमेरो र रातो माटो पोत्ने काम हुन्थ्यो / सबै बिध्यार्थीहरुले आफ्नु आफ्नु कक्षाकोठा र बाहिरको भागमा कमेरो पोत्ने काम गर्नु पर्थ्यो / कुनै कुनै कक्षाले पैसा उठाएर इनामेल किन्थे अनि ढोका, झ्याल रंगाउथे /

    सप्तमी को दिन देखि अफिसहरु पनि छुट्टी हुन्थ्यो / गाउका जागिरेहरु पनि फुर्सद भएपछी सप्तमीकै दिन डाडाघरेको घर पछाडीको डाडामा लिंगे पिंग बनाउन दश पन्ध्र जना ठुला मान्छे र अरु बाह्रपन्ध्र जना भुराभुरीको टोली दिनभरी खटथ्यो / त्यो पिंग बेलुका तिर उद्घाटन गर्दा सानोतिनो पुजाआजा नै हुन्थ्यो, एकजना कन्या (केटी) लाइ पहिले खेल्न दिन्थे / अरुले पिंग खेलेको बेला गट्टा जाने भनेको थाहा छ? अनि दोहोरी पींग खेल्नुको मज्जा अर्कै – एकजना गाउकै दाइ संग दोहोरि खेल्दा मेरो सातो गा’को अझै याद छ: मुटु नै चि….सो भा’को / उतिबेला लिम्बुहरुले पनि दशैँ मनाउदा मौलो गर्ने चलन पनि थियो नवमीको दिन / मलाई चै खासै हेर्न मन लाग्दैनथ्यो: काटमार गर्ने भा’को ले, टाढैबाट नौमती बाजाको धून र बन्दुक को आवाज सुनेर बस्थे म / दशमीको बारे त धेरै ले लेखिसक्नु भो, खासै फरक छैन / मामाघर जान एक दिनको बाटो हिडेर लखतरान भएर बेलुका पुगिन्थ्यो /
    अर्को रमाइलो कुरा: हाम्रो बारीको एउटा भाग चै घास नकाटी कन राख्ने गरेको थियो, दशैमा घरका गाईबस्तु त्यसमा रमाउन पाउथे, टिकाको दिन /

    आउदो साल मेरो गाउमा लिंगे पिंग हाल्ने टोलीमा मेरो पनि नाम हुन्छ भने विश्वासकासाथ परदेशबाट सबैजनालाई मेरो शुभकामना बडा दशैँ को ………..

    Reply
  24. Abhishek says:
    October 17, 2012 at 2:08 am

    अन्त मा दशैं पनि आयो/ नेपाली हरु को महान चाड सब लै राम्रो संग खान पुगोश र लगुना पुगोश/ दुर्गा भवानी ले साब को कल्याण गरुन/

    Reply
  25. raj ,USA says:
    October 16, 2012 at 11:14 pm

    संसारको सबै कुनामा रहिरहनु भएका समस्त नेपाली हरु लाई “बडा दसैँको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !

    Reply
  26. MINGMA SHERPA (हाल सेटल यु एस ए ) says:
    October 16, 2012 at 10:35 pm

    अनुराधा कोइरालाको जस्तो नाम होस्
    दिलशोभा श्रेष्ठको जस्तो दिल होस्
    पुष्प बस्नेतको जस्तो काम होस्
    डा.सदुक रुइतको जस्तो सेवा गर्ने भावना होस्
    यहि छ मेरो सम्पूर्ण नेपालीलाई बडा दशैँको शुभकामना!

    Reply
  27. Prakash Tiwari, NYC says:
    October 16, 2012 at 9:41 pm

    बिदेशमा सबभन्दा बडी ब्याकुल nostalgic भई जन्मेको र बाल्यकाल बिताएका ठाउँ सम्झने समय भनेको चाड-पर्ब नै हो / दशैं र तिहारको येस्मा बिसेष महत्तो छ / हरेक साल फर्कन मन लाग्ने समय पनि येही हो तर के गर्ने गालिबको सायेरी जस्तो “काठमाडौँमा त जाउला रे लौ तर खाने चै कसरि नि” भनी बेबारिक प्रस्न सुरसाको मुख बाहेको जस्तो अगाडी आउनेगर्छ / जेहोस् स्क्यापमा सुभ-कामना आदान-प्रदान हुने अस्ट्रेलियाको कान्छो छोरा , क्यानाडामा रहेकी भान्जी, कोरियामा रहेकी भान्जा र युरोपमा सरनाथीको कागज बनाउन बेफुर्सदी जेठो छोरासंग अर्को सालको दशैं चै नेपालमा बसी मुलघरमा मनाउन पाउने साहित् जुरोस – येही छ दशैँको शुभकामना /

    Reply
    1. Prakash Tiwari, NYC says:
      October 16, 2012 at 11:59 pm

      बाल्यकालको दशैंको कुरा लेख्न बसेको त हो नि के गर्ने कता कता बाट पंकज उदासको विदेशिएको छोरालाई घर आऊ भनि गाएको गीतको अन्तिम हरफ “अपने घर मे भी है रोटी” याद आयो र आजको नेपालीको नियति बारे पो लेख्न आयो / वर्ष दिनमा किन्ने बासबारीको जुत्ता, ४०को दसकको सुरुतिर मखन र गुच्चा टोलमा हेर्ने विडियो, तेही च्याके थाप्ने लंगुर-बुर्जा, खल्तिबरी गुच्छा, नर्कटको बासले दिउसोभरि रत्नपार्क वा आफ्नो टोल कमल पोखरी-दिल्ली बजारतिर लुटेका १०/१२ थान चंगा, रु १ बोर्ड किट्टी वा सुका बोर्ड फरास रु २ भन्दा बडी ब्लैंड चल्न नपाउने,(उबेलामा म्यारिज आएको थिएन ठुलाबडा र हुनेखानेहरु पप्लु खेल्थे), नौरथामा बिहान तिन बजेदेखि केटाले केटि केटिले केटा साइड हान्न पशुपति, सुवा भगवती पुग्थे / उबेलामा यी मन्दिरहरु राम्रा दयटिंग स्पोट थिय – कहाँ आजको जस्तो नगरकोट र केबिन पुग्नु / मेरो काठमाडौँमा हुर्केको पुस्ताले साचेको दशैंको सामुहिक सम्जना (collective memory ) को सानो अन्स येही हो / १३/१४ बर्सको उमेरमा ४३/४४ सालतिर दशैंमा टिका लागेको पैसाले उबेलामा एकदम चलेको नेपाली व्हिस्की ईगेर यंड ईअर्ल हामी तिन साथी मिलेर चाखेको थियम / तेस्को उत्पादन अहिले बन्द भो / टोलभरि अस्त्हमी र नवमीको दिनमा बोका-खसी मार हानेको हेर्न पनि खोइ किन हो आनन्द लाग्थ्यो – सायद हामीसबमा केहि अन्स हुने परपीडक स्वभावको कारणले पनि हो कि – तर अचम्म रेटी-रेटी मारेको चै म हेर्न सक्दिन थिय / येही हुन् मेरा दशैंका केहि सम्जना /

      Reply
  28. शशांक लामा NY says:
    October 16, 2012 at 9:28 pm

    दशैँको शुभकामना!!!!

    Reply
  29. rabish says:
    October 16, 2012 at 9:25 pm

    घरमा र वरीपरि आफन्तकहाँ टिका लगाएपछि मामाघर जान हतार हुन्थ्यो , अनि आमा को हात समाती अत्याउन थाल्यो . हरेक दशैँमा भाइ र म आमा संगै जान्थौ , उकालो, अलि बाटो पनि अफ्ठ्यारो अनि जंगल भएकाले दुइभाइ मात्रै जाने कुनै तागत थिएन. करिब २ घण्टा उकालो उक्लिसकेपछी डाँडा मा पुग्दा सम्म पनि थकाई को एक रत्ति महसुस हुदैनथ्यो. मन म़ा पो थकाई छैन त सरिरमा त छ नि, अनि चौतारीमा बसेर आमा ले दुवै भाइको पालैपालो कपाल सुम्सुमाउदै पसीना ओभाइदिदा स्वोर्गीय आनन्द आउथ्यो. मामाघरको त्यो सम्मान, हजुरआमाले पकाएको त्यो मीठो खसीको मासु अनि, रातो खल्ती भित्र अनेकौपल्ट गिन्ती गरिसकेका रातै नोटहरु!! ति दिन अब कहिल्यै फर्किदैनन

    Reply
  30. shiva says:
    October 16, 2012 at 8:58 pm

    मेरो बिचार माँ मान्छे को जिंदगी ५ देखि १५ सम्म को नै स्वोर्निम नै होला ,मेरो घर ललितपुर को पाटन बाट ४ किलो मीटर पूर्ब पर्छ ,आज भन्दा ३० बर्ष अगाडी अहिले को जस्तो घर बस्ती धेरै पातालो थ्यो,बस्ती र अब बाताबरण कै कारण ले गर्दा अशोज माँ कुहिरो देखन मुस्किल छ ,उती बेला जनै पूर्णिमा माँ नै थोरै कुहिरो हुन्थ्यो ,जब सोह्रसरaध सुरु हुदै चंगा उडाउनु को मज्जा अर्कै थ्यो ,लिंगे पिंघ लंगूर बुर्जा ,येस्ताई थ्यो मनरंजन को कुरा हरु ,निर्भय मानिस यत्र तत्र हिड डुल हुन्थ्यो ,दशैं माँ सबै भन्दा मान्नु पर्ने दमै दै लाई, नत्र नया लुगा तयार नै हुदैन,अनी अष्टमी र नवमी को दिन चंगा छोप्न धान बारी माँ दौड़ेका समय,रात भर धान को बोट ले पाछेर राती रूदा आमा ले पिटेको याद ,मामा घर माँ टिका लगौदा हजूर बा ले दिनु भयको एक सुका पैसा ,ओहो हाम्रा ती दिन हरु ,के यो जीवन माँ फेरी आउला ?

    Reply
  31. Tenzing Gaba'Himalee' says:
    October 16, 2012 at 8:31 pm

    तीन करोड मेरा नातागोताहरुलाई बडा दशैंको मंगलमय शुभकामना
    यो दशैं हामी सबैलाई सधैको भन्दा बढी फापोस

    Reply
    1. तेन्जिंग गाबा 'हिमाली' says:
      October 17, 2012 at 7:04 am

      कुरो मात्र ३०-३५ बर्ष अगाडी तिर को हो
      हाम्रा बाबु-बाजेहरुले रेति (अष्टमी) र मार (नवमी) को दिन जसरी दशैं मनाउथे आजभोली त्येस्तो खालको प्रचलनहरु अलिक हराएको देख्छु (कम्तिमा पनि मेरो व्यक्तिगत भोगाईमा)/
      आज भोलि “रेति” र “मार” को दिन भन्ने प्रचलनलाई “अष्टमी” र “नवमी” ले बिस्थापित गरेको जस्तो लाग्छ / अष्टमी र नवमी भन्नु हुन् भन्ने मेरो जिकिर त् होइन तर पनि “रेति” र “मार” भन्ने हाम्रो मौलिक प्रचलनलाई “काठे-पाखे” बिल्ला भिराएर मर्न नदिउ भन्ने मेरो अनुरोध मात्र हो /
      अर्को कुरो “रेति” र “मार” को दिनमा गरिने पुजामा पहिले आगन लिपपोत गरि सिगारेर घर धनि पुजा मा संलग्न भै रहदा छिमेको बन्धु बन्द्हबहरु चाही वरिपरी बसेर
      # “मालश्री” गाउने
      # बालन खेल्ने गर्थे
      मालश्री गाउने प्रथा त् अझै छ तर यो “बालन खेल्ने” प्रथा चाही लगभग देख्न पाइन्न / जहा सम्म मलाइ सम्झना छ “बालन” खेल्दा गाउका “प्रौढ”हरु आ-आफ्नो तरवार,खुँडा, खुकुरी, कट्टी बोकेर बिशेष प्रकारको नृत्य मण्डप वरिपरी गर्थे / बस मेरो सम्झनामा यत्ति मात्र आउछ / त्येस्तो बिशिस्ट नृत्यको अवशान हुन् नदिन केहि गर्ने कि ?

      ” बालन नाच” को बारेमा कसैलाई थाहा भएमा त्येस्बारेमा लेखि दिन हार्दिक अनुरोध /
      *********************संस्कृति मनाएर संस्कृति जोगाउ*****************************

      Reply
  32. Luna says:
    October 16, 2012 at 7:33 pm

    5 / ६ बर्षकी सानी हुँदा कसरी बित्यो दशैँ त्यति सम्झना भएन . 6/ ७ बर्ष तिरको सम्झना चै अझै प्रस्ट छ . शुरु शुरुमा स्कुल जाँदा चप्पल थिएन मेरो . खालि खुट्टा स्कुल जान्थे . म दुई कक्ष मा पुग्दा बाले त्यो बर्षको दशैमा बजारबाट मलाई कलेजी रातो रंगको फ्रक र बाँसबारी जुत्ता भाईलाई र मलाई ल्याई दिनु भएको थियो . अनि बा ले ” हेर यो जुत्ता घर बस्दा लगाउन हुदैन दशैमा लगाए पछी
    अनि बल्ल स्कुल जाँदा लगाउने ” भन्नु भा’थ्यो . दशैँ आउन अझै १० – १२ दिन जति नै बांकिथ्यो . म दिन दिनै उठ्दै कलेजी रातो फ्रक र बाँसबारी जुत्ता मज्जाले हेर्दै खालि खुट्टा स्कुल जान्थे 🙂

    सबैको दशैँ आनन्दमय होस् ! शुभ कामना दशैको .

    Reply
    1. Bhamir Thapa says:
      October 24, 2012 at 10:03 am

      लुना जी, साच्चीनै हो धेरैको बाल्यकाल संग मेल खाने घटना हो यो मलाई नि झलक्क सम्झना भयो !

      Reply
  33. Drona paudel says:
    October 16, 2012 at 7:25 pm

    सम्पूर्ण नेपाली हरु देश विदेश जहाँ भयपनी सबै को दशैं सुख ,शान्ति र हर्ष उल्लाश ले छाओस दुर्गा भवानी ले सबै को कल्याण गरुन | बिजया दशमी को हार्दिक मंगल मय शुभकामना |

    Reply
  34. dilip gurung says:
    October 16, 2012 at 6:53 pm

    दशैँको सबलाई सुभकामना| यो केवल एउटा धर्मको मात्रै चाड नभई सबै नेपालीको चाड हो भन्ने बुझौ| धन्यबाद|

    Reply
  35. SURENDRA SUBEDI says:
    October 16, 2012 at 6:22 pm

    नया,नया कपडा लाउन पाइने,मिठो खान पाइने,लिंगे पिंग खेल्न पाइने र टिका लाएर पैसा पाइने अनि मोटर चडेर मामा घर जान पाइने वाहा कति रमाइलो थियो ति हाम्रा दिन हरु अझ दुर्गा मन्दिर मा बजेको भजन र काल रात्री मा बोका को बलि दिएको हेरेर रमाइलो गरेको सम्झना छ मलाई साथै तास खेलेर रातभरी बसेको याद पनि ताजा नै छ मलाई/यसरी आएको थियो ति हाम्रा बाल्यकाल को दशैं/

    Reply
  36. kedar says:
    October 16, 2012 at 6:17 pm

    सबै मित्र, बन्धु, साथी, कामरेड, दाजु भाइ, दिदि बहिनिहरुलाई बढ़ादशैं २०६९ को हार्दिक मंगलमय सुभकामना | दुर्गा भवानीले नेपाली राजनेताहरुलाई सहमति र सत्कार्यको सदबुद्धि दिउन, नेपाली दैलो दैलोमा शान्ति र बिकासको आभास पुर्याइदिउन्, लोडसेडिंग बिनाको जुनेली रातको सपना पुरा गरिदिउन, भ्रस्टाचार मुक्त आदर्स नेपालको नेपाली चाहाना पुरा गरिदिउन |

    नेताहरुले गर्लान जस्तो लागेन र दुर्गा भवानी संग मागेको एती कुरा |

    Reply
  37. chatur rai says:
    October 16, 2012 at 6:14 pm

    विजय दशमी २०६९ को सबैलाई शुभकामना, खासकुरा नयाँ लुगा, मिठो..मिठो खानेकुरा मिल्नु कुखुरे बैसोमा राम्री केटीहरुसंग कुनै न कुनै बहानामा नजिकिनुलाई नै रमाईलो लाग्दथ्यो , कुनै घटना भन्नाले जाड रक्सीले पहिलोपल्ट दशैमा नै मातेर सिस्नुमाठी लडेको त्यसदिन खाना नै नखाई सुतेको पलंगमा बोमित गरेको र भोलि बिहान बुबाले आफैलाई सफा गर्न लगाकोसम्मा याद छ ,

    Reply
  38. HARI UPRETI says:
    October 16, 2012 at 4:52 pm

    शुभ-विजया दशमी २०६९ को पावन अवसरमा माँ दूर्गाले संपूर्ण साथीहरुलाई सुख,सम्ब्रिद्धि,दीर्घायु र उत्तरोत्तर प्रगति प्रदान गरुन भनि हार्दिक शुभकामना ब्यक्त गर्दछु ! !! !!!

    Reply
  39. ramesh phuyal says:
    October 16, 2012 at 4:16 pm

    नया कपडा को आस अनि लिंगे पिंग को मज्जा …..भखर बैस लागेको समय अनि गाउँका राम्री राम्री केटि तिर ध्यान ,, तास लंगुर बुर्जा को मज्जा ,,घरमा मिठो परिकार अनि टिका लगाएर २/४ सय गोजी हुदा को आफ्नो सान अनि ७ रुपया को पेस्तोल ,अनि मेला मा आफ्नै मज्जा ,,यस्तै यस्तै कुरा याद आइरहन छ मलाई आहिले पनि ….दशैँ आउदै पिछे .

    Reply
  40. sujan nz says:
    October 16, 2012 at 3:34 pm

    नेपालको राजनीतिलाइ एकैछिन टाढा राखेर यो दशैं हर्षोल्लासका साथ् मनाऊ / दुर्गा भवानीले नेताहरुलाई सद्बुद्धि दिउन// सबै नेपाली दाजुभाईहरुलाई मेरो तर्फबाट बिजय दशमीको शुभकामना //

    Reply
  41. सार्थक says:
    October 16, 2012 at 2:55 pm

    सबैको दशैं सुखद होस्, सम्पूर्ण नेपालीहरुमा शुख, शान्ति र भाईचारा कायम रहोस् हार्दिक मंगलमय शुभकामना !

    Reply
    1. Rabin shrestha says:
      October 16, 2012 at 8:37 pm

      होइन यो दशैँको शुभकामना संदेशमा पनि dislike गर्ने कस्तो मुर्ख हरु होलान बुझनै गार्हो पर्यो त ये गाँठे !!!

      Reply
      1. naba says:
        October 17, 2012 at 11:42 am

        नेपाल आमा र दुर्गा भवानी ले हामी सबै नेपाली लाई जति ,धर्म,सम्प्रदाय, विचार र वर्ग भन्दा माथि उठेर अपस मा भाइचारा र भात्रितो को भाबना को बिकाश गर्ने सद्बुद्धि दिउन / सुव बिजय दसमी र दिपावली को अवसर मा सम्पूर्ण देस भित्र र बाहिर बस्न नेपाली मा
        हार्दिक मंगलमय सुवाकमाना,जो जो दाजु भाई हरु घर जादै हनु हुन्छ उहा हरु लाई सुव यात्रा ,र चुनाब होस् वा नहोस संबिधान को त कुरै नगरु तर कम्ति मा सान्ति र सदभाब कायम होस् र बिश्व शान्ति को कामना /
        धन्यवाद
        जय मानवता
        जय राष्ट्रियत

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme