Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एयरपोर्टमा नभएको बम पडकिएपछि…

Posted on October 7, 2012October 8, 2012 by Salokya

शुक्रबार राति साढे ७ बजेभित्र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा एक अज्ञात व्यक्तिको फोन आयो। दुबई जाने प्लेन उड्ने बित्तिकै खस्छ भनेर चेतावनी दियो उसले।

लौ परेन फसाद्! प्लेनमा मुसा पस्‍यो भने त उडान रोकेर खोज्नुपर्छ भने बम भनेको त झन् संवेदनशील कुरा। तत्काल सुरक्षा सतर्कता अपनाइयो। अन्तर्राष्ट्रिय टर्मिनलतर्फ सबै उडानहरु स्थगित गरिए। आउन लागेको प्लेन पनि यहाँ उत्रन पाएन, उड्न लागेको पनि उड्न पाएन।

सेनासहित सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर विदेश उड्न लागेका सबै प्लेनमा खोजतलास गर्‍यो। अहँ, बम त भेटिएन। तर जे भेटियो, त्यो बमभन्दा कम थिएन। बम पडकिएको भन्दा कम भएन त्यसको असर। एयरपोर्टमा सेटिङ मिलाउनेहरुको यस्तो भण्डाफोर भयो नि त्यसबाट, अहिलेसम्म पनि त्यो नपड्किएको ‘बम’को आवाज उनीहरुको कानमा गुञ्जिरहेको हुनुपर्छ।

बमको धम्की सुनेपछि तत्काल सुरक्षा निकाय ‘मूभ’ भयो। उड्न ठीक्क परेका छ वटा विमानहरुमा सेना, प्रहरी र प्राविधिकहरुको टोलीले खानतलाश गरे। यस्तै खानतलाश गरिरहँदा फ्लाई दुबईको जहाजमा रहेका एक यात्रु अत्तालिए। उड्न लागिसकेको विमानमा के आपत् आइपर्‍यो यो, अघिसम्म सब मिलेकै थियो भन्ने लाग्यो त्यो यात्रुलाई। अनुभवी सुरक्षाकर्मीको आँखाबाट त्यो यात्रुको व्यवहार के लुक्थ्यो र। शंका बढी हाल्यो। यत्तिकैमा ती यात्रु ट्वाइलेटभित्र छिरे। लौ भो त अब, किन छिर्नुपरेको उसलाई ट्वाइलेट ? झन् शंका लाग्ने भइहाल्यो। अब सुरक्षाकर्मीले हस्तक्षेप गरे। के रहेछ भनी हेर्दा त त्यो यात्रु भारतीय नागरिक विनोदकुमार सोनीसँग एक करोड २४ लाख रुपियाँ बराबरको विदेशी मुद्रा पो भेटियो। गनेर हेर्दा त ५३ हजार युरो, ४ लाख साउदी रियाल, ४ हजार पाउन्ड, ८ हजार स्विस फ्र्यांक, बहराइन र कुवेती रकम रहेछ। यति धेरै रकम त्यसरी लानु गैरकानुनी हो। त्यति धेरै रकम त्यसरी ब्यागमा राखेर सजिलै कहाँ लान पाइन्छ र!विदेशी मुद्दा तस्करी गरी बाहिर लान लागेको आरोपमा विमानस्थल प्रहरीले उसलाई तत्काल गिरफ्तार गर्‍यो।

हो, यही थियो बम! जो गिरफ्तारीसँगै पड्‍कियो। किनभने यसले एयरपोर्टमा सेटिङ मिलाउने एयरपोर्ट, पुलिस र एयरलाइन्सका कर्मचारीहरुसम्मको साँठगाँठको प्रमाण खुल्यो। अरु त कुनै त्यस्तो बमसम भेटिएन। जे भेटियो त्यही पर्याप्त थियो। खासमा त्यो फोन गर्ने मान्छेले पनि गर्न खोजेकै त्यही थियो होला। त्यो मान्छेले फोन गरेर यसरी तस्करी गरेर पैसा लान खोजेको थियो है भनेको भए कसले पो सिरियसली लिन्थ्यो होला र। सब मिलेका हुन्थे! सेटिङ मिलिसकेकोले ‘तिम्रा कुरा इस्’ भन्दै यत्तिकै सकिने डर हुन्थ्यो। बम छ है भनेर भनेपछि त खोज्नै पर्‍यो, खोज्दिनँ भन्न पाइएन। खोज्दा भेटियो यस्तो!

ल हेर्नुस् त, पाँच-छ तहको सुरक्षा घेरा हुन्छ एयरपोर्टमा। कस्तो कसैलाई थाहै नभएको! आनन्दले त्यति धेरै पैसा तस्करी गरेर प्लेनभित्रै पुग्न सकेको! सेटिङ नमिलेको भए यस्तो हुन्थ्यो त ? सुरक्षाका लागि जिम्मेवारहरु नबिकेको भए यस्तो हुन्थ्यो त! अझ डरलाग्दो कुरा- कसैले यसरी नै सेटिङ मिलाएर हतियार प्लेनभित्र पुर्‍याएको भए र उनीहरुले अपहरण गरेको भए के हालत हुन्थ्यो ?

यस्तो गजबको सेटिङ नपड्किएको बमले खुलासा गरिसकेपछि एयरपोर्टबाहिरको प्रहरीले अनुसन्धान गर्‍यो। अनुसन्धानका क्रममा त त्यो पैसा लान लागेको सोनीले त एयरपोर्टको सुरक्षा जिम्मा जसको हातमा दिइएको हो, उसैको अर्थात् डीआइजी नारायण बस्ताकोटीलाई नै पोलिदिएछ। लु भो अब! हाकिमकै नाम! यो कुरा पत्रिकामा आएपछि हतारहतार बस्ताकोटीले आज पत्रकार सम्मेलन गरे। अनि भने, हो प्रहरीकै मिलेमतो हो। हवल्दार सोभित कार्कीले युनिफर्ममा लुकाएर डोमेस्टिक टर्मिनलबाट छिरेर रनवे नजिकैको ट्वाइलेटमा लगेर पैसा दिएको हो।

चोरहरुले कार्कीलाई भगाउन पनि भ्याइसकेछन्। तर अब यस्तो पत्रकार सम्मेलनले मात्रै पार पाउने छाँटकाँट छैन। प्रहरी अनुसन्धानमा सोनीले धेरै प्रहरी अधिकारीको नाम पोलिसकेका छन्। अब अर्को ठूलो सेटिङ मिलाएर हवल्दारलाई मात्रै फन्दामा पारे बेग्लै कुरा, नत्र यो कान्डले धेरैलाई तान्ने निश्चित छ।

उनीहरु शायद पछुताइरहेका होलान्- सेटिङमा कहाँनिर के गल्ती भएछ भन्दै। किनभने प्रहरीको प्रारम्भिक अनुसन्धानले त बमको हल्ला पनि प्रतिस्पर्धी तस्करहरुले नै चलाएको देखाएछ। अर्थात् यस्ता तस्करमध्ये एउटाले प्रहरीसँग सेटिङ मिलाउन सक्यो, अर्कोले सकेन। अनि त्यो पुलिसको साथ नपाएको तस्करहरुको समूहले अर्को तस्कर र पुलिसको साँठगाँठ छताछुल्ल पार्न यो नक्कली बम पडकाइदियो!

ती दुई समूहबीचको प्रतिद्वन्द्विता नभएको भए हामी सबै सोझासाझालाई केही थाहा हुन्न थियो। जसरी म्यानपावरवालाहरुको सेटिङ मिलेर मान्छेहरु कुनै रेकर्डै बिना सुइँसुइँ बाहिर उडिरहेका थिए, त्यसरी नै तस्करहरु पनि तस्करीका सामानसहित उडिरहेका हुन्थे।

एयरपोर्टको सिसीटिभीमा चाहिँ के देखियो? भिडियो हेर्न क्लिक गर्नुस्।

35 thoughts on “एयरपोर्टमा नभएको बम पडकिएपछि…”

  1. prakriti says:
    October 10, 2012 at 12:22 pm

    कस्ता कस्ता हाम्रो देशमा जन्मिएका मान्छे पनि
    बिगार्नलाई लागिराछन यो देशलाई भान्छे पनि
    घुस बिना हुन्न काम साना तिना गरिबको
    मिल्न पाए मिल्छन सबै नत्र खुट्टा तान्छे पनि

    हरे राम यो देशको हालत यस्तै छ .सब एयरपोर्ट सेटिंगले खायो कर्मचारीलाई छि छि छि /

    Reply
  2. subodh says:
    October 9, 2012 at 4:30 pm

    नेपालको स्थिति कस्तो छ भन्ने कुरा भनिरहनु नपर्ला है । स्वदेशी विदेशी तस्करहरुले देश डुबाइ सके सरकार लाइ थाहा हुँदै‍न । प्रहरी त तस्कर कै भरिया रहेछन् । सुन तस्करी नपक्रेको दशक भइ सक्यो । अब देश सम्हाल्ने कसले होला नि भन्ने पीर लाग्छ । यी नेता यी प्रहरीबाट केहि आशा गर्न सकिदैन । अब के गर्ने होला सुझाव पाउन है ।

    Reply
  3. pradeep says:
    October 9, 2012 at 8:01 am

    सादा पोसाकधारी कार्मचारी हरु विमानस्थल, विमानसेवा, प्रहरी, गुप्तचर जो जहाका भए पनि यस्तै नाजायज कार्यको लागि प्रयोग हुन्छन ! उनीहरु जे पनि छुट पौछां हाकिम को नाम बाट धम्क्याएर ! ब्यापारी को कालो / सेतो सबै झोला पास गराउछन ! जुन कार्य हंगकंग , सिंगापुर , कराची लगायत बिदेसी उडान र सबै स्वोदेसी उडानका समय मा देख्न सकिन्छ !

    Reply
  4. bhim koirala babu amardah says:
    October 8, 2012 at 8:42 pm

    बिचार हबल्दार को घर न घाट को बनाइदिने भय
    १००% यस काण्ड मा हबल्दर दोसी हुनै सक्दैन
    किन कि त्यत्रा टाउकेहरुले राज भाको ठाउमा हबल्दार लाई मुसेको मात्र हुन्

    नेपाल सरकार यो काण्ड को टाउके लाई कारबाही गर नया नेपाल बनाउने हो भने हबल्दार लाई होइन
    साढेको जुदाई मा बाछा नमरोस धन्यवाद

    Reply
  5. Pawan says:
    October 8, 2012 at 7:10 pm

    सबैलाई थाहा भएकै कुरो हो| एक दुइ दिन हल्ला चलेपछि यो आफै हराएर जान्छ र
    खाने बानी जस्ता तस्तै हुन्छ|
    अहिले दशैँको मुखमा एयरपोर्ट र भन्सार अनि कर र मालका कर्मचारी र हाकिमहरु पैसा कमाउन आत्तिएका छन|
    प्रचण्ड र बाबुरामको माओवादीले केही गर्ने होइन| हिम्मत भए बैद्यको माओवादीले एयरपोर्टमा आमुल सुधार ल्याउन धर्ना दिए हुने थियो|
    हाम्रा पत्रकार हरुले पनि फलो अप गर्दैनन्| अमेरिका जान लागेकी एकजना शेर्पा बैनी बाट घुस लिने अध्यागमनका कर्मचारी बस्नेतलाई सजाय भयो भन्ने सुनियो| करोडौ कमाए पछी एक लाख जरिमाना के हो र? खोइ फलो अप गरेको? भ्रस्टचारीको नाली बेली सबै सोधी खोजि गरेर प्रकाशमा ल्याएर सामाजिक बहिष्कार गर्नपर्छ|
    मदनजीले भने जस्तो प्राय जस्तोले एकै चढकनमा गीत गाउन थाल्छन| हल्दारलाई
    मात्र दोष दिएर हुँदैन, पुरै सेटिंगलाई सोधपुछ गर्नपर्छ|
    अब भ्रस्टचारमा नियन्त्रण र सुनवाई नभए हाम्रो नेपालमा यस्तो दिन देख्न पनि टाडा छैन
    जब एउटा ग्यांग नै बनिनेछ जसको काम त्यस्ता भ्रस्टलाई पकडी सोधपुछ गरी सफाया दिईनेछ|
    भ्रस्टचारी देखिएकाहरुलाई भौतिक कारवाही गरिनेछ, चाहे त्यो माओवादी होस् वा अदालतका हाकिम| अनि जनता सो ग्यांगको पूर्णरुपमा साथ् रहनेछन| हेर्दै जानुस|

    Reply
  6. Puja says:
    October 8, 2012 at 6:36 pm

    प्रहरी हबल्दार सोवित कार्की त एउटा सानो मदय्म मात्र हुन एस कार्य का मुख्य पात्रहरु त विविन्न तहका एरपोर्ट कर्मचारीहरु र माथिल्लो स्थारका प्रहरी देखि तल्लो तहका सम्म हुन्छन, setting मिलाउने क्रम मा बिचरा हबल्दार को भागमा त कतिना परेको होअल र ,,ठुलो भाग त ठुलै पदका ले लिन्चन, हुनत कोहि राम्रो मन भएको मान्छेले सचेत गराएको पनि हुन सक्छ तर भागबन्डा बाट असंठुस्ता मान्छेको खबरदारी हुनुपर्छ , अर्को पटक मेरो भाग नापुराए तेस्को अवस्था एस्तो हुन्छ भनेर बेर्थमा हवल्दारको जागिर जाने भयो,हुन त क कुरा गर्नु देशका मारी भनौदा हरु नै तस्कर र डन हरुको भरमा टिकेका छन् र aafno एकछत्र राज पनि गरेका छन् एस्तो अवस्था मा तस्करी र घुसखोरीको अन्त्य कसरि हुन सक्छः येहिहो मौका जसले जति सक्छः तेती लुट्नु पर्छ , आखिर येही नै त हो हाम्रो देशका बुदिजीबी र नेता भनौदाहरुले सिकाएको 🙁

    Reply
  7. Pradeep says:
    October 8, 2012 at 2:21 pm

    सरकारी निकाय हरु मा एरपोर्टमा सरुवा हुनु लाई एक तिर पुरस्कार दिएको मान्ने र अर्को तिर एरपोर्टमा सरुवा गराउन कर्मचारी संगठन, मन्त्रि, नेता सबैले दवाब दिनु को उद्स्य पनि यस्तै कमाई हुने कारण ले होला !

    Reply
  8. रबिन्द्र राज गिरी says:
    October 8, 2012 at 12:19 pm

    यस्ता समाचारले २/४ दिन मात्र हुन् रौनक दिने| त्यसपछि सबै चुप | अहिले सम्मको इतिहांसले त्यहि त भन्छ | कारबाही नै भयो भने पनि त्यहि हवल्दार पर्छ | त्यहि बिचरो हवल्दार | उसलाई काम लगाउने पुलिसको विमानस्थल प्रमुख (समाचारमा भनिए अनुसार) त चोखै हुनेछन | यहि त हाम्रो नयाँ नेपालको बिशेसता | धन्यबाद छ सबै “हामरेड” हरुलाई !

    Reply
  9. Dipendra maharjan says:
    October 8, 2012 at 12:18 pm

    दि आइ जी को हाउ भाउ ले उ १००% अपराधी हो भन्ने पुस्टि गर्छ/ यो सुडान को काण्ड भन्दा पनि खतरा काण्ड हो/ मिडिया ले राम्रो संग पछयउनु पर्छ/

    Reply
  10. Sisir says:
    October 8, 2012 at 11:59 am

    बिजय गच्छेदारले गृह मन्त्रि भएको दिन तेसै भनेका थिएनन्, आज बल्ल मेरो जिन्दगीको सपना साकार भो भने र ?? एस्ता अबसरबादी पतित भ्रस्ट मान्छे गृहमन्त्रि भएको देशमा गृह प्रशाशन(पुलिस) कस्तो होला ? आशा गर्नु नै बेकार छ …
    वाह “सत्य सेवा सुरक्ष्यनम: ” सधै देश र जनता लुटनम:

    Reply
  11. krishak, sydney says:
    October 8, 2012 at 11:39 am

    अब नभाको बम पडकियेपछी कतिपय सानातिना पदका कर्मचारी हरुको बेहाल हुने भयो/ ठु ला बडाहरु लाई त के फरक पर्ला र / दैनिक हुनेकुरा मा वर्षको दुइ तिन जनाको जागिर चौपट हुनु के ठुलो कुरो भयो र /

    Reply
  12. Ananta says:
    October 8, 2012 at 8:46 am

    salute- call maker.

    Reply
  13. Basanta says:
    October 8, 2012 at 7:45 am

    सुरक्षा को जिम्मा लिने यस्तै यस्तै कुकुर हरुको मिलो मतो मा यस्ता कम हुन्छन फेरी यो कुनै नौलो घटना पक्कै होइन यो भन्दा अगाडी अमेरिका उडान लागेको संग धुस मागेको कहानी सेलाएको छैन हरेक दिन नेपालको एरपोर्ट मा कति नेपाली लुटिरहेका छन् भने कति ठुला हरु राता रात मोज गरिरहेका छन् .

    Reply
  14. Suman bhote says:
    October 8, 2012 at 7:37 am

    तेसैभएर इंडियाले विश्वास नगरेको हो नेपाली एरपोर्ट बेवस्ता लाई…
    कति इन्डियन नक्कली पैसा आउछ नेपाल को एरपोर्ट मध्येम बाट…
    एस्त सानातिना त दिनहु हुन्छ एरपोर्ट मा….
    सधै चेक गर्नुपर्छ, सधै भेटिन्छ येस्ता साना तिना काण्ड…

    Reply
  15. Shree Basant says:
    October 8, 2012 at 7:23 am

    पुलिस सब पैसाको गुलियोमा भुलिस अनि के गर्थिस देश र जनताको सर्बिस ?

    Reply
  16. sagar sigdel says:
    October 8, 2012 at 7:01 am

    कसैले गर्न नसक्ने काम नेपालीले गर्छन, बिर गोर्खालीको देश तेसै भन्या हो र

    Reply
  17. chatur rai says:
    October 8, 2012 at 6:01 am

    शोभराजले नेपालको एयरपोतबाट जिउदो हातिको कारोबार गर्छु भनेको त्यसै होइन रहेछ

    Reply
  18. madan bajracharya says:
    October 8, 2012 at 5:47 am

    तस्करले त् दिआईजिको नाम पोले अब दिआईजीले कसको नाम पोल्ने हो त्यो नै मूल कुरा हो/ प्रहरीको सरुवा बढुवा सबै नेताहरुको सिफारिसमा हुन्छन/ नेताहरु कस्तो छ त्यो भनिरहनु जरुरिनै छैन/

    त्रिभुवन बिमान स्थलबात कसरि तस्करी हुन्छ भन्ने कुरा कसैले त्याहा नेताको सिफारिसमा लोडर जागिर खायकोलाई कानै झनन्न हुने यक झापड लगाउनुस सबै थाह हुन्छ/ मैले “लोडर” पदको व्यक्तिहरुलाई हेला गर्न उल्लेख गरेको होईन/ बिमान स्थलमा ठुला कर्मचारीहरुले लोडर र स्वीपर सानो तिनो मेकानिक्सहरुलाई तस्करीको काममा लगाउने भयकोले मात्रै उल्लेख गरेको हो/

    त्रिभुबन बिमान स्थल भित्र डोमेस्टिक उडान कार्यालय र टेक्निकल देपार्टमेन्ट को कार्यालयहरु छन्/ ती कार्यालयहरुमा जो कोहि पनि पस्न सक्छ र ती कार्यालयको कर्मचारीहरु बिमान स्थलको धावन मार्ग हुँदै अंतर्रास्त्रिय उडान हुने स्थान सम्म आउँन जान सक्छ/ त्रिभुबन बिमान स्थलका कर्मचारीहरु मेटल दिदेक्टर बाट जानु पर्दैन/ त्रिभुवन बिमान स्थलको गाडीहरु मात्रै होईन बिमान कम्पनीको ठुला कर्मचारीको गाडीहरु समेत बिना चेकजाँच बिमान स्थलको धावन मार्ग र त्यहा बात उड्न लागेको जहाज सम्म जान आउँन सक्छ/ ई कमि कमजोरीको कारणलेनै नेपालबाट जहाज अपहरणगर्नेहरुलाई हतियार समेत जहाज भित्रै पुर्यायको थियो भने बिदेसी मुद्रा जहाज भित्र सम्म पुग्नु पुर्याउनु त् सानो कुरा हो/

    उहिले हंकंग बैकक उडानमा प्राबिधिक कर्मचारी पनि हुन्थ्यो/ र ती जहाजहरु हंकंग बैंकक बात फर्के पछी ती जहाजहरुबाट यात्रु सबै ओर्ली सके पछी ती जहाजहरु टेक्निकल देपार्टमेन्टको ह्यांगरमा लगिन्थ्यो र अनि ती जहाजमा आयका प्राबिधिक कर्मचारीहरु सुडेनी बन्थ्यो र जहाजहरु सुनको अण्डा घडीको पोका जन्माउने सुत्केरी बन्थ्यो/ यो कुरा निगममा काम गर्ने सबैलाई थाह्छ/

    Reply
  19. Ravi Aryal says:
    October 8, 2012 at 4:37 am

    त्यो पैसा भेटिएर पनि नेपरिने केहि हैन,फेरी सेटिंग मिलौछ्न,एउटा लाइ पोल्छ्न् अनि सबै जना चोखिएर बस्छन्,अपराधीलाइ कारबाही हुने,जफत गरेको पैसा राज्यकोसमा जम्मा हुने अनि त्यसको पनि सहि सदुपयोग हुने भए पो खुसि हुनु,ठुला मान्छेको चलखेल हो सबै पैसा खुवाएर उम्कन्छन!बस त्यही हो २/४ दिनलाई आयोग बनेको,यताउता गरेको समचार आउला:)

    Reply
  20. DN Khanal (Boston) says:
    October 8, 2012 at 3:26 am

    मलाई पारस शाहले प्रविन गुरुङ लाई गाडीले हानेर taxi driver लाई मुर्गा बनायको याद आयो

    Reply
  21. Ekaraj agasti says:
    October 8, 2012 at 2:31 am

    नेपाल को एअर्पोर्ट को के कुरा गर्नु, अस्ती मात्रै करिब एक हप्ता जती अगाडि को कुरा हो, मेरो साथी अबु धाबी बाट २ बर्ष पछी छुट्टी मा नेपाल गएर आउनु भएको, २ बर्ष पछी आउँदा फेरी श्रम स्विक्रिती लिनु पर्ने भन्ने कुरा बिचरा साथी लाई थाहा रहेनछ, उहाको पहिला गरेको श्रम स्विक्रिती को म्याद सकिसकेको थियो, एअर्पोर्ट मा रोक्यो, अब के गर्ने ??? स्विक्रिती को पेपर बनाउन लाई बैदेशिक रोजगार बिभाग पुग्नु पर्ने त्यो पनि बेलुकी छ बजे कसरी खुलोस सरकारी कार्यालय, भोली पल्ट बनाउ न त भने पनि शनिबार !! परेन फसाद, टिकेट कम्पनी को छ, तेही दिन नउडे अर्को दिनको टिकेट आँफैले काट्नु पर्‍यो, भोलिपल्ट को हाजिरी छ कम्पनी मा, साथीको होस् हबास उड्यो, बिन्ती गर्‍यो , रोइ कराइ गर्‍यो केही शिप लागेन, श्रम स्विक्रिती गरेको स्टिकर बिना एमिग्रेसन बाट छिर्न दिएन, उन्को अलाप बिलाप ले काम गरेन, तेत्तिकै मा इमिग्रेसन कै अर्को काउन्टर बस्ने मान्छे ले साथी लाई सल्लाह दिएछ, तपाईं अहिले तुरुन्तै तल रिङ्ग रोड को एअर्पोट गेट मा भएको पसल मा जानुस्, त्यहा
    एउटा कोट लगाएको मान्छे छ तेस्लाई भेट्नुस् उस्ले तपाईं लाई मद्घत गर्छ, तेस्पछी साथी त्यहा पुगेछन र त्यो कोट लगाउने मान्छे भेटेछन, उन्ले १३००० मा काम बन्छ, अहिले नै तेही फ्लाईट मा जान पाईन्छ म छिराइदिन्छु भनेछन, साथीले तुरुन्तै काठमाडौं मा भएका आफन्त हरु क कस्लाई बोलाएर तुरुन्तै १३००० दिएछन, तेस्पछी उस्ले कता फोन गर्‍यो, ल जानुस् कसैले रोक्दैन भनेछ, अनी सरासर इमिग्रेसन मा गएछन, जो मान्छे ले पहिला उन्लाई त्यहा बाट फर्काएको थियो, तेही मान्छे ले मुसुक्क हाँस्दै ल भाई यस्तै हो, ल जानुस् भनेर पठाइदिएछ, बिना श्रम स्विक्रिती उनी आए अबु धाबी १३००० तिरेर। पुन श्रम स्विक्रिती गर्नु पर्ने नियम के का लागि अनी त्यो स्टिकर एअर्पोर्ट मै लगाउने बेबस्था नगरनु को कारण के हो? एअर्पोर्ट ठग हरु को अखडा हो, एस्मा सुधार कहिले होला ???

    Reply
    1. upendra says:
      October 8, 2012 at 10:06 am

      एकराज जी
      मलाई पनि ठ्याक्कै तेस्तै परेको छ ..श्रम को अनुमति को म्याद नागिसक्यो भनेर पुलिस ले छिर्न दिएन …लगभग ३० मिनट जति बाहिर रोकेर राख्यो …
      पछी पुलिस को अर्को अलि ठुलो पोस्ट को अफिसर (स इ ) लाई अनुरोध गरेको त …बाबुराम को सरकार आए पछी श्रम को निएम कडा भाको भन्यो …
      मलाई त थाहा थिएन सर भने ..हात जोडे …बल्ल बल्ल भित्र छिर्न द्य्यो …

      एरपोर्ट मै एउटा काउन्टर राखे पनि हुन्थ्यो श्रम को ..नेपाल जादा एरपोर्ट मा जानकारी देको भए पनि हुन्थ्यो ..एति सानो कुरा पनि Manage गर्न सक्दैन सरकार/कर्मचारी ले ..
      सम्झेर ल्याउदा बिरक्त लाग्छ.
      यस्ता ठुला अपराधी निर्धक्क भित्र छिर्छन …हामी जस्ता सोजा बेक्ती लै चाही ..यस्ता नचाहिदा कुरा हरु ले दुख दिन्छन ..

      Reply
  22. गगने says:
    October 8, 2012 at 12:10 am

    गलत भनेको गलत हो यस्तो गल्तीलाई प्रोत्साहित गर्न हुदैन!
    छाय त्यो तस्करी पक्डाउने कुराको लागि होस् या कुनै ठुलो उपलाब्धिजन्य कुराको लागि होस् यसरि प्लेनमा बम भयको गलत तरिकाले हल्लागारी सर्बसाधारनालाई आतंकित गर्ने र नियमित उडान र नियमित कार्यमा अचानक बाधा र आतंक सिर्जना गर्ने कार्यलाई सह्राहना भन्दा निन्दानै गर्नुपर्छ र यसकिसिमको कार्यलाई प्रोत्साहित होइन हतोत्स्साहित गर्नुपर्छ!

    Reply
    1. Bikash Shrestha says:
      October 8, 2012 at 12:47 pm

      गगने जी तपाई को अगाडी त म केहि पनि थाहा नभएको मान्छे हो / तपाई पनि तपाई ले जुन कुरा लेख्नु भयो मलाई अलि चित्त बुजें क्या / ठुलो माछा समाउन स सना माछा प्रयोग गर्नु पर्छ / एदी त्यो जहाज बम को हल्ला नगरेको भए सुरक्षा कर्मी तेतीको ततिन्दैना होला/ पैसा भएको हल्ला गरेको भए तेस्मा संलग्न अधिकारी ले कुनै वास्ता गर्दैन / किन कि उनि हरु नै तस्कर मा सामेल भएको हुन्छ / मलाई लाग्छ त्यो अन्जान ब्यक्ति ले जे गर्यो विचार गरेर नै गरेको हो /

      Reply
  23. sunil says:
    October 7, 2012 at 9:48 pm

    नेपालको एरपोर्ट बाट हाती छिरेर प्लेनमा जान्छ/जावो सानो packet को क कुरो

    Reply
  24. Jitman Rai 'Sabin' says:
    October 7, 2012 at 9:22 pm

    एक दुइ दिन हल्ला हुन्छ अनि हराउछ, आखिर त्यो भन्दा धेरै के नै पो होला र हाम्रो नेपालमा । पैसाले नै यो सब भो भने अब फेरी पैसाले नै मिलाउछ कुरा अनि सकिन्छ….आ के न के

    Reply
  25. Nishan Pokhrel Mount Olive School KTM says:
    October 7, 2012 at 8:29 pm

    हवल्दार लाइ १/३ लाख दिन्छु भनेर लोभ देखाएको होला अनि सब कुरा मिलिहाल्छ नि / गरिब भए पछी कसको के लाग्छ र ?

    Reply
    1. Sisir says:
      October 8, 2012 at 5:13 pm

      गरिब भएर होइन मित्र , मानसिकता नै खराब भएर हो … के नेपालका सबै गरिबहरुले येस्तई २ नम्बरी काम गर्छन त ??

      Reply
  26. Bam Bhadur Bista says:
    October 7, 2012 at 8:16 pm

    सबै पुलिसको मागिखाने भाडो नै एरपोर्ट हो त यसमा कुन पो टाउको दुखाई भो र?भ्रस्ताचारिका नाइके त गृह मन्त्रि भएको हाम्रो मुलुकमा त्यो एरपोर्ट बाट उठेको घुस त गच्छेदार लाइ अनि सिधै जान्छ भन्ने प्रमाण त कहाँ नौलो हो र?हे भगवान नेपालमा कोहि छ अब सर्बसाधारण लाइ बचाउने?

    Reply
  27. xyz says:
    October 7, 2012 at 7:55 pm

    We must salute this informant. This again calls for Nepal need to have a law on whistle blowing so that informants can be legally protected , someone does not have to rely of sending bluff messages like plantation of bomb inside the plane.

    Reply
  28. भिम बहादुर थापा । says:
    October 7, 2012 at 7:53 pm

    दिनदहाडै जति ब्रम्हलुट गर्न सक्छौ गर, जनताका करले पालिने अपराधीहरु…..! कुनैं दिन तिमी राष्ट्रघातीका छाला उधारेर नून-चुक छर्किने कोही मर्द निस्केछ भने हेरौंला। नत्र दाह्रा-नङ्ग्रा निकालिए जस्ता सोझा जनताका सन्तानले ङिच्च खिया लागेका दाँत देखाएर टुलुटुलु हेर्नु/सहनु बाहेक खै के नैं रह्यो र…..???

    Reply
  29. SAMIP says:
    October 7, 2012 at 7:51 pm

    नेपाल हो साथीहरु !! मुद्दा अन्तै मोडिन्छ अनि सबैले बिर्सन्छन ! भित्रि खोजी हुदैन किनकि माथिल्लो तहमा खोजी हुदैन/ न त हवल्दार ले तेत्रो रकम छिराउन सक्छ, न त हाकिम लाई कानुन ले समाउन सक्छ / अब तेस्रो निस्कन्छ
    अनि सकिन्छ मुद्दा / फेरी जस्ताको तस्तै ………

    नेपालको बिडम्बना यहि हो मित्र …..
    जे पनि हुन सक्छ ,भित्र भित्र ….

    Reply
  30. Devi says:
    October 7, 2012 at 7:50 pm

    काठमाडौँ को एरपोर्ट मा छ महिना डिउटी परेको पुलिस ले कसरि राजधानी मा घर बनाउछन भनेको त कुरो एस्तो पो रहेछ

    Reply
  31. sunil says:
    October 7, 2012 at 7:37 pm

    सानो मान्छे लै मात्र कानुन लाग्छ /ठुलोलाई छुंदैन/

    मेरो देश महान छ /

    Reply
  32. Subodh says:
    October 7, 2012 at 7:03 pm

    अब क-कसको जागिर जाने हो हेरम है ….ठुलाबडालाई त कस्ले छुन सक्थ्यो र नेपालमा …. बिचार हवल्दारहरु !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme