हिजो इन्द्रजात्राको अन्तिम दिन कुमारीको रथ तान्न सकिसकेको थियो। राष्ट्रपतिको सवारी सकिसकेको थियो। यःसिं (लिङ्गो) ढालेर इन्द्रजात्राको विधिवत् समापन पनि भइसकेको थियो। बाँकी थियो त त्यो यःसिंलाई तानेर नदी छेउमा सेलाउनु। रातको सवा १० बजिसकेको थियो र हनुमानढोका-वसन्तपुर क्षेत्रमा हजारौँको भिड बाँकी नै थियो। अकस्मात् भागाभाग मच्चिन्छ। कसले हो साँढे र गाई छाडिदिएछ र हुलमा पसेपछि भागदौड मच्चिएको थियो। धन्न, साँढे अनियन्तित्र भएन र भागदौड मच्चिए पनि मानिसहरुलाई केही भएन।
सेनाका जवान र स्थानीय बासिन्दाहरुले डोरीले बाँधेर लिङ्गो तानेर हनुमानढोकाबाट वसन्तपुर हुँदै लाँदै गर्दा हजारौँको भिड थियो। अगाडि अगाडि प्रहरी पनि। यत्तिकैमा अगाडि भागदौड मच्चिन्छ र एउटा कालो साँढे आइपुग्छ प्रहरीको अगाडि। लट्ठी लिएका प्रहरीको घेरा तोड्न साँढेले के सक्थ्यो! प्रहरी घेरा पछाडि लिङ्गो तान्नेहरुको ठूलो भिड थियो। प्रहरीले अवरोध गरेपछि साँढे फेरि कुमारी घरतिरै फर्केर भाग्छ, त्यताका अरु मान्छेहरुको भागाभाग मच्चिन्छ।
स्पेनको पाम्पोलानामा हुने बुल रन जात्राको बारेमा थाहा पाएर यहाँ नि यस्तै भागदौड मच्चाउन कसैले जानाजान यस्तो उपद्रो गरेको हो कि कतैबाट फुत्केर यत्तिकै ती गाईवस्तु हुलमा पसेका हुन्, थाहा हुन सकेन। तर एकछिनका लागि हिजो त्यो क्षेत्र आतङ्कित भयो।
पराले ‘युद्ध’
हिजो देखिएको अर्को रमाइलो दृश्य थियो पराले ‘युद्ध’। यः सिं पौने १० बजेको साइतमा ढाल्ने कार्यक्रम थियो। ढाल्नका लागि जमिनमा प्रशस्त पराल ओछ्याउने गरिन्छ। जब बिस्तारै यःसिं ढलेर जमिनमा बज्रन्छ, तब भेला भएका हजारौँले ताली पिटेर स्वागत गर्छन्। लगत्तै सुरु हुन्छ त्यहाँ भेला भएकाहरुको पराले ‘युद्ध’। एकले अर्कालाई परालले हिर्काउँदै रमाइलो गर्छन्।
त्यहाँ सेतो लुगा लगाएको बायाँ छेउमा एक जना मानिस उभिरहेको देख्नुभयो होला। केही भइहाले तत्काल प्राथमिक उपचारका लागि रथयात्रामा रथ अगाडि पछाडि रेडक्रसको झण्डा बोकेका यस्ता मानिसहरु पनि हुने गर्छन्।
यःसिं ढाल्नुअघि (बायाँ) र ढल्दै गरेको (दायाँ)।
राति अबेरसम्म झिलिमिली र भिड हनुमानढोका दरबारअगाडि।
रथयात्राका क्रममा एकछिन रथ अडिँदा मोबाइलबाट गणेशको प्रतिकका रुपमा पुजिने बालकको फोटो रथमा चढेर खिच्दै।
कुमारीको रथ यसपालि पहिलो पटक महिलाले तानेका थिए। कुमारीको रथ दुई पटक तान्ने चलन धेरै पुरानो भए पनि ‘नानिचा या:’ भनिने इन्द्रजात्राको अन्तिम दिन तानिने रथयात्राको चलन राणाकालमा मात्रै सुरु भएको हो। जुद्ध शमशेरले आफ्नी ल्याइते बस्ने घरनजिकै पनि रथयात्रा गर्न आदेश दिएपछि दुई पटक मात्र गरिने रथ यात्रा तीन पटक गर्न थालेको भनिन्छ।
हेर काठमाडौँ महानगर पालिका को गती की कसो साथी हो ………………
आशिष जी त्यो डीस लाइक गर्ने नै हो कि त्यो भाई !
साढे र गाईको फेबुरेट दिस (पराल ) लाइ मान्छे हरुले खेलौना बनैदियेपछी उनीहरु आतंकित भएको हुन् सक्छ |चेतना भया
काठमाडौँको त्यो क्षेत्रमा साँढे कसले पालेको होला र छाड्नु? बरु खाते साँढे थ्यो होला त्यो / महानगर पालिकाले तह लगाउनु पर्ने हो नि, तर उसलाई एस्तो झिना मसिना काम गर्ने फुर्सद भए पो ? कान्जी हाउस त छ कि छैन कुन्नि ?
कत्रा कत्रा पेस्तोल बहादुर को जवना मा त्यो खुकुरी बहादुर खोज्ने पुलिश को कहाँ छ समय हो ?पहिले पहिले हाम्रा पुर्ख नालापानी मा खुकुरी घुमाउथ्ये अहिले का गाजा बहादुर ईन्द्रचोक मा खुकुरी घुमाउछ्न
विचरा प्रहरीले पनि के – के को सामना गर्नुपर्ने?
प्रतिक जी को कमेन्ट सबै भन्दा हस उद्ठो लाग्यो . यो “funny कमेन्ट ओफ द एअर” को नोमिनी हुन सक्छ . सालोक्य जी येस्तई अवार्ड को थालनी गर्नु पर्यो. जस्तै :
Funny comment of the year
Best comment of the year
Worst comment of the year
तेसो गरे कसो होला ? 😉
महादेव ले हिजो खुकुरी हान्ने मान्छे लै सिङ ले छेड्नु भनेर पथायेको होला |
जय श्री कुमारी देवी।
सही भन्नु भयो नबराजजी ले जात्र चै गइ गोरु लै पनि लाग्दो रिचा भन्ने बुझ्यम हामी ले
अरुलाई जात्रा लाग्ने गाइ गुरु चाइ के घरमा थन्केर बस्नु भनेर येसो घुम्न निस्केका होलान जम्काभेट भो होला / अझ खासमा त महिलाको सहभागितामा रथ तान्ने भनेर हो कि भन्ने हाम्लाई लाइरको अवस्था हो !
त्यो खुकुरी हान्ने भाइ खोइ? हाहाहा तेस्तो गोरु पनि कसैको भाइ हुन सक्छ र? हसायो प्रतिक जी ले
गाई होस या गोरु , साँढे होस् या बाच्छी , यी जन्तुहरुका मालिक को नाम लेखिएको ट्याग
यिनीहरुको घांटीमा झुन्ड्याउनु एकदम जरूरी कुरा हुन् / बेवारिसे हो भने कामपाले कब्जा गरी लिलाम गरी हाल्नु पर्दथ्यो / यो दुइतै नियम पालना नगर्नाले यस्तो अशोभनीय दृश्य हेरी बस्ने र सामान्य जनता असुरक्षित भएका हुन् – तर,धन्न पशुपतिनाथले लाज राखी दिनुभो !.
डेचेन शेर्पा जस्तो सक्कली नागरिता भएको मान्छेलाई त न गन्नी ठाउमा गाई/गरुलाई कसरि नेम ट्याग दिने ??
त्यो खुकुरी हान्ने भाई खोइ?? गोरु पनि धपाउने काम गर्थ्यो कि?