Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा

Posted on August 21, 2012August 21, 2012 by Salokya


फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको छ। खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ। तर प्रहरीको मुख्य घटना सहायता कार्यदल जस्तो महत्त्वपूर्ण ठाउँबाट ट्राफिक निर्देशनालयमा सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै चलेको छ।

उनको दोष? महेश बस्नेतलाई ‘राक्षस’ भन्नु! अनि राक्षसलाई नेताको संरक्षण छ भन्नु!!

सरकारविरोधी आन्दोलनका क्रममा चार दिने चार घण्टे बन्दको पूर्वसन्ध्यामा युवा संघले मसाल जुलुस निकालेको थियो। त्यसै क्रममा महेश बस्नेतले जलिरहेको मसालले कार्यदलका उनी मातहतका एक सिपाहीमाथि आक्रमण गरेका थिए। यही फोटो सार्वजनिक भएपछि फोटोसँगै उनले स्टायटस लेखेका थिए-

यो महेश बस्नेत भनौदो राक्षसले मेरो केटालाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ…थुक्क…

उनले स्टायटसमा कुनै नेताको नाम लेखेका थिएनन्। तर बस्नेतलाई कसको संरक्षण छ, दुनियाँलाई थाहा भएको कुरा हो। त्यो मसालले बरु पुलिसलाई पोल्यो, पोलेन त्यसको मतलब भएन, एमाले नेताहरुलाई यो स्टायटसले साह्रै पोलेछ। अनि एमालेका उच्च नेताहरुले प्रहरीका माथिल्ला अधिकारीलाई राणाको सरुवा गर्न दबाब दिएका थिए। एमालेका नेताहरु गृहमन्त्री भइसकेका हुनाले प्रहरी संगठनभित्र उनीहरुको पनि प्रभाव छ। फलस्वरुप मसाल हान्नेलाई केही कारबाही नभए पनि त्यसको फेसबुकमा आलोचना गर्ने डिएसपीलाई ‘कारबाही’ भयो- सरुवाको रुपमा।

डिएसपी राणाले आफ्नो स्टायटसलाई साथीहरुमा मात्र सीमित नराखी ‘पब्लिक’ अर्थात् सबैले हेर्न पाउने बनाएका थिए। आफ्नै प्रहरी साथीभाइ माझ मात्र त्यस्तो स्टायटस सेयर भएको भए शायद् यो हदसम्मको स्थिति आउँदैन थियो होला। पब्लिक भएकैले सयौँ फेसबुक प्रयोगकर्ताले उनको त्यो स्टायटस ‘सेयर’ गरेका थिए। प्रयोगकर्ताहरुले व्यापक बनाएपछि महेश बस्नेत आफैले त्यसमा गएर कमेन्ट गरी चुनौति दिएका थिए। उनले त्यो फोटो ‘फेक’ भएको दावी समेत गरेका थिए। तर पत्रकारहरुसँग त्यो फोटोको ओरिजिनल सिरिज सुरक्षित छ। त्यो फेक थिएन।

प्रहरी लगायत अन्य सरकारी वा निजी कुनै पनि स‌ंस्थामा फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालका साइटहरुको प्रयोग सम्बन्धमा कुनै पनि गाइडलाइन छैन। फलस्वरुप कसले कतिसम्म लेख्ने, कस्तो खालका टिप्पणी सार्वजनिक रुपमा गर्न हुने/नहुने, स्टायटसलाई साथीहरुबीचमात्र सीमित गर्ने कि सार्वजनिक गर्ने भन्ने अन्यौल छ। यस्तै अन्यौलका बीच प्रहरीमा यो ‘कारबाही’ भएको छ। सोसल मिडिया गाइडलाइन नबनाउने हो भने यस्तै हचुवा आधारमा कारबाहीको क्रम बढ्नेछ। सार्वजनिक पद धारण गरेको व्यक्ति वा कुनै संस्थासँग जोडिएको व्यक्ति एक ‘व्यक्ति’ मात्र रहँदैन। व्यक्तिका रुपमा माथिको स्टायटस कसैले लेखेको भए शायदै यस्तो विवाद आउँथ्यो। त्यसैले फेसबुकमा स्टायटस राख्‍नेहरुले पनि अब सचेत हुनुपर्छ, कतिसम्म लेख्ने, लेखेको क-कसलाई देखाउने ?


117 thoughts on “महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा”

  1. Shadu says:
    August 27, 2012 at 11:25 am

    थुक्क…
    एक गरिब को छोरो प्रहरी मा जागिर खानु के बस्नेत बाट आगो लगाउन लाइ हो र?

    प्रहरी जवान को चै मानब अधिकार छैन? तेस्को के चै दोष थियो र?

    बाबुराम को गल्ति को सजाय निमुखा प्रहरी लाइ किन?

    एस्ता पागल नेता हरु ले देस लै कता लान खोजेको?
    येही हो आन्दोलन?

    Reply
  2. madan bajracharya says:
    August 24, 2012 at 4:32 pm

    तितो सत्य
    शान्ति सुरछ्या को निमित खतियको प्रहरीलाई महेशले जिउंदै जलाउन खोज्दा त्यो गुण्डा महेश नेताहरुको दवाव र प्रभावको कारण समाउन नसकेकोमा दि यस पी उद्देलित हुनु भयो र उहाले आफ्नो फेस बुकमा महेशलाई राछ्यसलाई भन्नु भयो/ महेशको बिगत केलाउँदा हो उ आफु जस्तै प्रबितिको नेताहरुले पालेको राछ्यस जस्तै नै भयको हामि पनि महसुस गर्छौं/ तर के गर्ने महेश पाल्ने नेताहरुकै राज छ देसमा त् अनि महेशलाई राछ्यस भन्दा उनीहरु समेत मुछिने भय बात दिप शमशेर माथि कार्यवाही भयो/ यो हिजो भयको घटना निम्त्याउनेमा नेताहरु मात्रै होईन दिप शमशेरहरुको पनि दोषी छन/

    ई महेश जस्ता पाल्ने नेताहरुले अस्ति अस्ति अरु काण्डमा अनैतिक दवाव दिंदा “हस साहेव” भनेर चाकरी बजाउनेहरु ईने प्रहरीहरु पनि हुन्/ गलत नेताको गलत प्रभाव हाबी हुन् दिनुमा प्रहरी पनि दोसी छ/ देसको प्रहरीले नेताहरुको अनैतिक दवाव नमान्ने गरेको भय नेता होस् कार्यकर्ता होस् कानुन तोड्नेलाई समाउने आन्त गरेको भय महेश जस्तो फुस्ता गुण्डा कार्यकर्ताको यति आँट हुने पनि थियन र दिप शमशेर लाई कार्यवाही हुने पनि थियन/

    प्रहरी माथि हमला गर्दै गरेको बेला महेश माथि तत्कालै कुनै पनि कार्यवाही गर्न सकिन्थ्यो, घुंडा मुनि गोलि समेत ठोक्न सकिन्थ्यो र तेतिले पनि महेश गुण्डा सम्हाल्न नसकिने अबस्था आयको खण्डमा घुंडा माथि गोलि हानेर माथि पनि पुर्याउन सकिन्थ्यो; किन गरियन तेस्तो कुनै कार्यवाही तेतिबेला कुनै कार्यवाही प्रहरीले महेश माथि?

    Reply
  3. Barun Tamu says:
    August 24, 2012 at 2:00 pm

    होसियार, महेश बस्नेत केहि महिना भित्र मन्त्रि बन्दै छ / सोचेर मात्र कमेन्ट गर्नु / यो देश को हालत नै येस्तो छ / के गर्ने साथी/

    Reply
  4. bidur silwal says:
    August 23, 2012 at 5:12 pm

    नेपाल मा राजनीति ले गर्दा हरेक छेत्र मा येस्तई भैरहेको छ कसै ले आफ्नो पद मा बसेर सहि तरिका ले काम गर्न पौदैना छोडी दिनु होस्

    Reply
  5. Bala Ram Thapa says:
    August 23, 2012 at 4:47 pm

    देवता हरु लाइ दुख दिने राक्षस हरुको नस्ट श्री राम ,श्री कृष्ण ,महादेव लगाएत देवता हरु ले गर्नु भएको थियो | आज देश भरि नै उदण्ड मच्चाउने ओली का बाइपंखे टट्टू लाइ अब आएन्दा त्यस्तो उदण्ड मच्चाउन नसक्ने गरि थला बसाउन पर्ने मा आन्तरिक द्वन्ध को भारी बिसाउन कता D S P साहेप ले फेस बुकमा मात्र राक्षस भन्न पुग्नु भएछ | D S P साहेब तपाइको समर्थन मा सबै स्वोभिमानी देश प्रेमी हरु छन् | माई संसार प्रेमी पाठक हरुको महेश जन्तु प्रति को प्रतिक्रिया बाट पनि स्पस्ट भएकै छ | अत: यदि D S P को सरुवा भएकै हो भने गृह ले उनको सरुवा बदर गरि साबिक्नै काएम काएम garne छ भन्ने हाम्रो सुभेक्षा छ |

    Reply
  6. Dipendra maharjan says:
    August 23, 2012 at 3:14 pm

    के नेपालमा अब येस्ता गुन्डाहरु लाई कोहि छैना.पहिला एसका नेता हरु लाई तहलउनु पर्यो

    Reply
  7. Rabin says:
    August 23, 2012 at 12:36 pm

    I think its not to elaborate more, picture speaks it self. Just imagine if you got a burning stick in your head then how you react??? Is it humanity Mr. Mahesh Banset??? Wish to see your next photo of realization if you are human…all human are equal how far they pushed and where they belongs, it doesn’t matter either he/she is cops or civilian.

    Reply
  8. PEMBA says:
    August 22, 2012 at 7:16 pm

    राक्षसलाई राकछास नभने के भन्ने ? KP ओली चोरलाई चोर नभने के भन्ने ? थुक्क एमाले / पाउला अर्को चोटी मेरो VOTE त चोरहरुलाई /

    Reply
  9. Gaurav Nepali "Oodaaseen" says:
    August 22, 2012 at 7:11 pm

    पानि मरुवा DSP रहेछ ! आफ्नो सहकर्मीलाई त्येसो गर्दा कुन दुलोमा लुकेको थियो ? र अनि,,,,,त्येस्तै त्येस्तै कयार्ले मात्र हतियार प्रयोग गर्छ मा भयको भय त्येस्त राक्षेस महेस बस्नेत मात्र होइन यँहा धेरै रक्स्चेस छन् त्येही त्येसको चुल्ठो समातेर गोद्ठे र हनुमानको तस्बिर खिच्न पथौठे !!!!!!!!!

    Reply
    1. Bibek Sharma says:
      August 23, 2012 at 5:35 pm

      Gaurav ji, I don’t think DySP Rana was there when the incident occurred.It seems he saw the picture later.

      Reply
    2. ranzeet says:
      August 23, 2012 at 9:21 pm

      तन्पैं ले भने जस्तो गर्यो भने त अनि फेरी त्यो प्रहरी लै कारवाही गर्नु पर्छा भनेर नेपाल बन्द पनि गराउने पनि नेपाली जनता नै छन् तिनलाई कता राख्नु हुन्छ नि

      Reply
  10. Anil says:
    August 22, 2012 at 5:58 pm

    अब जस्लाई सरुवा चहिएको छ उहा हरु ले महेश बस्नेत लाई राच्यस भने हुने .
    जस्लाई ठीक छ राम राम भने हुन्छ

    Reply
  11. बेखालाल नेपाल says:
    August 22, 2012 at 4:33 pm

    फेसबुक एकाउन्ट हुने सबै मित्रहरु, फेसबुकमा यो महेश बस्नेत र केपी ओली लाई एक पटक अबश्य थुकौ..

    थुक्क महेश बस्नेत….
    थुक्क के पी ओली….

    Reply
    1. Ramkrishna Thapa says:
      August 26, 2012 at 3:04 am

      किन माकुनेलाई चाही थुक्क भन्नु भयन नि कि कतै ति दाजुभाई परे ……?

      Reply
  12. साक्ष्यात सुशिल says:
    August 22, 2012 at 4:33 pm

    भन्न त मलाई ॐ नम: शिवाय, महाभारत र रामायणका सबै राक्षषको नाम लिएर गाली गर्न मन छ तर के गर्नु, आफू त परिवार पाल्नुपर्ने मान्छे । कसैले टायर बाल, पुलिसलाई आगो झोस अनि पैसा दिन्छु भन्दैनन । डीएसपीलाई त फेसबुकमा ‘राक्षष’ लेख्यो भनेर सरुवा गराउने मान्छेले मैले केही लेखे भने ‘ माइसंसारमा मलाई नराम्रो भन्ने तै हैनस’ भनेर धुलाई हाने भने कहाँ जानु लौ लौ ? तैपनि अन्याय त टुलु टुलु हेर्न त भएन । यसर्थ महेश जी मेरो आजै देखि द्रिढ प्रतिज्ञा – कथमकदाचित तपाई चुनावमा उठ्नुभएछ भने म स्वयम र चिनजानका सबैलाई सम्झाउनेछु की यो ब्यक्तिले प्रहरीको गालामा अगुल्टो झोसेको थियो । यसलाई भोट नदिनुहोस् । लोकतन्त्रमा यो भन्दा ठुलो बिरोध के नै होला र ?

    Reply
  13. Suman Gurung (UK) says:
    August 22, 2012 at 2:34 pm

    केहि छैन माओबादी काल मा प्रचण्ड को नाम लिन डराउने मान्छे हरु अहिले गालि गर्दै हिड्छन, सबै को पालो आउछ, एमाले ले प्रयोग गरिसकेपछि यो महेशको पनि अमर लामा को हाल गराउनेछ. सबै ले बुझ्दछन.

    Reply
  14. N Bahadur Adhikari says:
    August 22, 2012 at 1:21 pm

    पुन एक छोटी महेश बस्नेत राक्षेस नै हो यदि मान्छे भाको भय बलिरहेको आगो को राको ले त्यों प्रहरी जवान माथि किन हिकौथ्यो ? जवान त राष्ट्र सेवक हो कर्त्यब्य मा तातो गोली पनि छाती मा थाप्न सक्छ तर त्यों साला महेश बस्नेत त गुन्डा राष्ट्र घाती हो यो साला भन्दा त घरमा पालेको कुकुर को महत्व बढ़ी हुन्छ | साला बस्नेत सक्छ्स भने एक छोटी त्यों प्रहरी जवान को स्थान मा बसेर राष्ट्र लाई हेरन कोसिस गर |

    Reply
  15. Ramesh k c says:
    August 22, 2012 at 1:12 pm

    त्यो आगोले पुलिसलाई हन्ने मन्छेलाई समातेर जेल हाल्न नसक्नुको कारण के हो ? साल महेश बस्नेत को बाउको निजी घर हो नेपाल ?

    Reply
  16. Lenin says:
    August 22, 2012 at 12:55 pm

    मलाई लाग्छ डि.एस .पी साब को पनि यहा निर थोरै गल्ति छ त्यो भन्दा बढी गल्ति महेश बस्नेत जस्ता गुण्डाराज हरुको छ किन भने महेश बस्नेत आफैले मसाल ले पुलिस को जवान लाइ हानेको नदेख्ने साथि हरुले एक पटक मानवीय भावना बाट पनि सोच्ने कि ? के महेश बस्नेत जस्तो जिम्मेवार नेताले पोलिचे को जवान लै आफैले आगो सल्काउनु ठिक हो ? वास्तब मा यो प्रकाशित फोटो ले नै महेश बस्नेत राक्षेस मा दरिएको छ !

    Reply
  17. sheela says:
    August 22, 2012 at 12:35 pm

    आखिर बाबुराम र खड्ग ओली दुवै ‘दक्षिण’ तिर बात् संचालित हनुमान हुन्, महेश बस्नेत खड्ग ओली को लाथैठ हो/ अनि …../ खड्ग ओली र बाबुराम यहाँ झगडा गरे को देखिए पनि, झगडा गराए झैँ गराउने एउटै हो- भारत/ अनि महेश बस्नेत लाइ छुन पाइन्छ त….
    देशप्रेम अमर रहोस !

    Reply
  18. Ravi Ad. says:
    August 22, 2012 at 11:06 am

    राक्षेशलाई राक्षेस , भ्रस्टचारीलाई भ्रस्टचारी , हत्यारालाई हत्यारा नभने के भन्ने त ? मुखले जतिसुकै आफुलाई साधु बताएपनि उसको व्यवहार , आचरण र क्रियाकलापले नै नेता र पार्टीहरुको हालत प्रस्ट देखिएको छ ….सबै पार्टीका भरौटे चम्चेहरु उस्तै डाँका र फटाहा छन् , कोहि कमि छैनन…………….यो महेसे राक्षेस हो कि देउता त फोटो नै प्रस्ट पारेको छ, यो अजेल सारै उम्लिएर भुइँ न भाडाको भएको छ तर नेपाली राजनीतिमा यस्तै फटाहाहरु जो चोर उसैको ठुलो स्वर छ , जगजगी छ , कानुन लाग्दैन ………. DSP ले लेख्न ठिक नहोला तर सहने पनि सिमा हुन्छ , अति भएपछी के गर्ने ? बदमास गुन्डाहरुलाई कहिल्यै कारबाही हुदैन , लेखेर बोलेर भनेपनि गाली गरेर सन्तोस मान्न पर्छ

    Reply
  19. jitesh singh says:
    August 22, 2012 at 11:01 am

    I think we should not take this issue very far.This is i think tit for tat.Whenever any police have upper hand while controlling any type of riot they behave very brutally.It is very much proven in 2062/63.And whenever they do that does any DSP says my raakesh boys??The DSP’s comment is not some mature officer work.Truth is Truth

    Reply
  20. Mahendra,Chicago says:
    August 22, 2012 at 11:00 am

    दिप सम्सेर ,सायद तपाई लाई महेस बस्नेत को koho र उसको हिम्मत को बारे मा aali कति पनि थाहा vaya को vaya सायद तपाई ले त्यो कमेन्ट लेख्नु भन्दा aagi १०० चोटी सोच्नु हुन्थो !जति बेला तपाई माओबादी को daar ले kathamandu मा bodyguard साथ मा राखेर लुक्दै बस्नु va थ्यो ,तेती बेला महेस बस्नेत ले खुले आम माओबादी को बिरुद मा ससक्त पर्तिकार गरेका thiya (without bodyguard )!यदि तेती बेला महेस बस्नेत जस्ता योद्धा माओबादी को बिरुद nautre को vaya ,तपाई ले पनि कम्तिमा भगौडा को उपाधि पाउनु हुन्थो ,100% guaranty ! बढी naufre दा राम्रो hunchaa र khathamandu मा लुकेर जागिर र jayan bhchaa yako ले राष्ट्र सेवक पुलिस,चाहे त्यो सिपाही नै किन नहोस तेस्लाई केटा vanne र महेस बस्नेत लाई rachaas भन्ने हैसियत र औकात हुदैन!भलाई महेस बस्नेत ले नगर्दा राम्रो हुने काम गरे को होस् !

    Reply
  21. Kamal babu says:
    August 22, 2012 at 9:54 am

    श्याबास dip राना जी

    कम से कम एकजना पुलिस कर्मचारी आफ्नो सहकर्मीको बारेमा बोलेको देख्न पाइयो. के पुलिसहरु गुन्दाहरुको पैताला मणि jiunu पर्ने?

    गत वर्ष, दांगमा भएको घटना, पुलिसले लाइसेन्स माग्यो भनेर sadak बन्द गरेको थियो? एमाले भन्ने जैशिहरुको ग्रुपलाई सधै भरि छाडा छोडेर नहुने बेला आइ सकेको छ. अब पुलिसहरु पनि चुप लगेर बस्ने होइन, यो रक्षस् बस्नेत लै खुट्टा भाचेर सडकमा सालिक बनाइदिने सक्ने कोहि पनि जन्मेको छैन कि के हो?

    Reply
    1. Harke says:
      August 22, 2012 at 3:16 pm

      कमल जी, पर्खनुस, एती सजिलै स्याबास किन ?
      डी एस पी रानाको कर्तब्य त त्यो महेस बस्नेतलाइ पक्रेर मुद्दा चलाउने हो…फेसबुक स्टाटस अपडेट गरेर बस्ने होइन !
      त्यो राक्षसलाइ पक्रन र मुद्दा चलाउन कर्तब्यबोध हुनु पर्छ भने सबुक स्टाटस अपडेट त जसले पनि गर्न सक्छ…..! कि कसो ?

      Reply
  22. Bishwas says:
    August 22, 2012 at 8:59 am

    नेपाल सरकारको सिपाहीलाइ ऐरे-गैरे नेताको ऐरे-गैरे चेलाले येसरी मनपरी सरुवा गराउन सक्नु भनेको त यो लोकतंत्रको राणाहरु भै हाले नि?? एस्तो “Dictatorship” लाइ त देश को कानून ले सजाए दिन पाउनु/सक्नु पर्ने हो.

    Reply
  23. dipak shrestha says:
    August 22, 2012 at 8:39 am

    राछेस हरुका असली नायकहरुको हालीमुहाली रही रहदा सर्बसाधारण सबैले येस्तई नियति भोग्नु पर्ने अवस्था रहिरहेने छ |

    Reply
  24. SURENDRA SUBEDI hongkong says:
    August 22, 2012 at 7:53 am

    प्रशासनिक कर्मचारी हरु ले सुरु देखि नै शक्ति को पछि लगेर निस्केको परिणाम हो यो /यदी कर्मचारी हरु राष्ट्र सेबक को परिधि लाई नागेर माथि पुग्ने होडबाजी लाई आजै बाट परित्याग गरेर म देस र जनता को सेबक हु भनेर अगाडी बढ्ने हो भने जनता को शक्ति को अगाडी नेता मुले हरु को दम नै चल्दैन र कर्मचारी तन्त्र भित्र हैकम चलाउन सक्दैनन् /एस पी रमेश खरेल लाई हेरे पुग्छ /सबै कर्मचारी हरु नेता को गुलाम भएको ले गर्दा आफ्नो मनोबल गिराएर शक्ति को पुजारी हुनु नै दुर्भाग्य ठान्दछु म /

    Reply
  25. Aren Shrestha says:
    August 22, 2012 at 6:36 am

    अन्यायको बिरोधामा बोलने, लड़ने कसको पो भलो भएको छ र?

    Reply
  26. prabesh says:
    August 22, 2012 at 6:34 am

    नेतालाई ‘राक्षस’ भन्ने बित्तिकै सरुवा गर्नुहुन्छ भने मैलेत नेतालाई कालो झंडा देखायो पुत्ला जलायो किन मलाई, शहर बाट गाउमा किन सरुवा नगरेको ? एक जिल्ला बाट अर्को जिल्ला घर बनाऊंन पाए कस्तो राम्रो हुन्थ्यो !

    Reply
  27. Aakash , Australia says:
    August 22, 2012 at 6:16 am

    प्रहरी को डी एस पी जस्तो ओहदामा बसेर जनसेवा मा लागेको बेक्तिले सार्बजनिक रुपमा “नेपाल प्रहरी ” को बद्नामहुने गरि “फेस्बुके” कमेन्ट लेख्न नहुनेहो, तेस्ले बेक्तिको होइन संस्थाको बद्नाम गर्दछ, ” घु लाइ चलायो आफै माथि छिट्टा” भन्या यही हो !!
    नेपाल प्रहरी र नेपाल सेनाका अफिसर हरुको फेसबुक हेर्नु पर्छ, सबले जे जे पायो तेही तेही लेख्या छ/

    येधि गर्नुनै थियो भने ” डिउटी र बर्दीमा रहेको प्रहरी माथि हमला ‘ गरेको आरोपमा निज लाइ ज्यान मर्ने उद्योग गरेको आरोप मा पक्राउ गरि कारबाही पनि त गर्न सकिन्थ्यो होलानी ?

    Reply
  28. Jibraj says:
    August 22, 2012 at 5:43 am

    हर्के अनि ए माले क भाडा को टट्टूहरु कता गए | खुब राम्रो कुरा गरे जस्तो गर्थे त…..|| आफु ए माले को भए पनि नभए जस्तो गरेर खुब गाली गर्थ्यो त अरु लै.|| हर्के को भाई (महेश बस्नेत) को आज राम्रो गुडगान गायिदै छ ||| हर्के कता गयेउ तिमि | किन दुलो मा पसेर बसेचौ ||\

    Reply
    1. Harke says:
      August 22, 2012 at 12:14 pm

      बन्धु म येही छु…..! सम्झिदिनु भएकोमा साधुबाद !
      यस घटनामा त सबै पो दोषी छन् त….! को धेरै को थोरै, भन्ने मात्रै हो !

      दोषी न १: अगुल्टाले हान्ने महेश बस्नेत (तपाइले सम्बन्ध जोडीदिएको, हर्के को भाइ)
      दोषी न. २: पक्रेर थुन्न र कारबाही गर्न नसक्ने वा हिम्मत नभाको, तर फेसबुक गर्न हतार हुने, राष्ट्रसेबक को पद धारण गरेको डी एस पी !
      दोषी न. ३: महेश बस्नेतको माथिल्ला डोनहरु (ओली मार्काका कामरेडहरु )
      दोषी न ४. डी एस पी लाइ सरुवा गर्ने लालुराम सरकार……!

      यहाँ, कसलाई गाली गर्नु र कसलाई वा-वा भन्नु !

      अन्त्यमा, जीवराज बन्धु,
      यो इन्टरनेट (ब्लग) हो, यहाँ दुलो भन्ने हुँदैन, फुर्सदमा आफ्नो विचार लेख्ने हो र बहस गर्ने हो !
      तपाईलाई मुड चलेको बेलामा वा घत परेको बिषय बस्तुमा अरुको पनि कमेन्ट आओस भन्ने आश सम्म गर्न सक्नु हुन्छ….तर कोम्मेंटरलाइ भने तपाइको चाहना पुरा गर्नुपर्ने कुनै दरकार छैन….चेतना भया !

      Reply
      1. तेजप्रसाद अधिकारी says:
        August 23, 2012 at 9:19 pm

        हर्के जी,
        नेपाल को सन्दर्भ मा अहिले सम्म फेसबुकमा कत्ति हदसम्म स्टेटस लेख्ने अथवा कुन दर्जाको सरकारी कर्मचारीले के लेख्ने/नलेख्ने आदि इत्यादी कुनै मापदण्ड नभएको आवस्थामा डी.यस.पी. ले यौटा राक्षस ( यौटा आदेशमा खटिएको साधारण सिपाही लाइ जिउदै आगो लगाउन खोज्ने राक्षस नै हो ) लाइ राक्षस भनेको आधार मै कारवाही भै हाल्नु हामी नेपालीको निम्ति दुर्भाग्य हो. कारवाही नगर्ने हिम्मत नभएको भन्नु हुन्छ, जाबो स्टेटस लेख्दा त यो गति छ, पक्रिने आँट गर्या’भा के हुन्थ्यो होला. यौटा कुरा नभुल्नु हर्के ज्यु, यी सबै भातमारा टाउके र इनका मतियार हरु सबै कुटे जस्तो गर्ने र रोए जस्तो गर्ने हुन्, पिसिने त हामी जनता र सोझा सिपाही नै हौ…

        Reply
        1. Harke says:
          August 24, 2012 at 12:49 pm

          तेज जी,
          डी एस पी रानालाइ त्यो आक्रमणकारी महेश बस्नेतजस्तालाइ पक्रेर मुद्दा चलाउन नै हामीले कर तिरेर तलब खुवाएर राखेको हो…..! तेस्को फेसबुक स्टाटस पढ्न र लाइक थिच्न होइन !……………..चेतना भया !

          गल्ति सबैको छ, तपाइको गल्ति भनेको “पक्रने आँट गरेको भए के हुन्थ्यो होला भन्ने प्रश्न गर्नु …” हो ! पक्रन नसक्नु त प्रहरीको तेस्को लाचारी हो….!

          लाचार प्रहरी, घुसखोरी नेता र ज्यानमारा पार्टीको कुनै काम छैन !

          Reply
  29. Priyanka Gurung says:
    August 22, 2012 at 5:10 am

    ओपन सेक्रेट of नेपाल.

    जसले इमान्दार साथ केहि राम्रो वा आफ्नो कामको धर्म निभाउन खोज्छ, नेपालमा तिनीहरुको गति एस्तै हुन्छ.

    धन्न प्रभु, रमेश खरेल कसरि तिकिराको छ.

    जै हाम्रो देश, जै नेपाल.

    Reply
  30. nigam nh usa says:
    August 22, 2012 at 4:39 am

    सफल नेता हुनको लागी गुन्डा पाल्नु पर्छ.
    गुन्डा पाल्न घुस खानु पर्छ
    घुस खान बजेट स्वाहा पार्नु पर्छ
    बजेट स्वाहा पर्दा निमुखा जनता लाई मार्नु पर्छ
    नेता लाई बाल मतलव जनता को
    जब उदेश्यनै आफु लाई बनाउनु छ
    पर्ख नेता हरु हो, अब नेपाली जनता को धैर्यको बाध
    फुट्न त देउ, तिमि हरु लाइ बगाई दिने छौ
    टुकुचामा, अनि बल्ल शान्ति को स्वास फेर्ने छौ

    Reply
  31. krishna says:
    August 22, 2012 at 4:16 am

    थुक्क गिद्दै गिद्दको नेपालको राजनीति, कहिलै देश बनाउने भएन यी गिद्दहरूले, मात्र देशलाइ लुटेर खोक्रो बनाउने बाहेक, गलत र कुकाम गर्ने लै राम्रो संरछेन दिने राम्रो गर्ने लै सजाए दिने,

    Reply
  32. razen says:
    August 22, 2012 at 3:27 am

    आफ्नो फेसबुक हो | जे लेखे पनि भो नि आफ्नो फेसबुक साथीहरुको माझमा | किन अरुले अर्काको फेसबुक पढेर रिसाउनु पर्यो भन्या |

    Reply
  33. Harke says:
    August 22, 2012 at 3:00 am

    पोखरीमा बसेर बाहिरको गोहीलाई जिस्काएका डि एस पी लाइ पोखरिकै गोहिले झ्याप….!

    गोहीहरु सिकार बाडेर खान जानेका छन्, तेसैले त सुबिधाको अध्यादेश बिना बिरोध पारित गर्याथे नी……! चेतना भया !

    Reply
  34. Umesh Raj Satyal says:
    August 22, 2012 at 1:05 am

    अँ मैले दीप शम्सेर को status updates हरु पढेको थिए, मज्जाले ठोकियो, गोदियो जस्ता कुरा हरु नै धेरै लेखेका छन् उनले पनि !

    Reply
  35. Himmat Singh says:
    August 22, 2012 at 12:34 am

    खै “यो देस सतिले सरापेको देस” भन्थे रे इमान्दार, वफादार कर्ताब्यनिस्ता गर्ने व्यक्ति को कुनै मुल्य्कन छैन कदर छैन. तर किन छैन चोर, फटाहा डाका, हरुको बीच इमान्दार, बफादार मान्छे पनि छन् नि भन्ने उदाहरण रमेश खरेल जस्ता बक्ति जो समाज बीच आस्था श्रद्धा को केन्द्र बनेर अटल रहे का छन् तर जहाँ सम्म DSP र महेश बस्नेत भन्ने दुइ बक्ति को कुरा छ धेरै दिन छैन महेश बस्नेत जस्ता कंग्सा जस्ता को पतन हुने दिन भनिन छ नि दियो निव्नु अगी एकछिन चहकिलो हुन् छ तेस्तै हो.

    Reply
  36. rohan vicram singh says:
    August 22, 2012 at 12:15 am

    नेपालका नेताहरुका राजनिती यस्ता “राक्षस” कार्यकर्ताहरुकै दादागिरीमा टिकेको छ! माथिको फोटो हेरेपछी भन्नै मन लाग्यो कि, DSP दीपले महेशलाई “राक्षस” भनेर राम्रै गरे!
    DSP Deep i am agree with you!

    Reply
  37. Resham says:
    August 21, 2012 at 10:32 pm

    होइन यहाँ पक्ष्य र बिपक्ष्यम गरमा गरम बहस चलिरहेको छ / नेपालमा एस्तो दृश्य र कुटाकुटको कुरा नौलो पनि होइन / तर देश यसोरी चलिरहेको छ / सरकार, कुर्सि अनि पद को लागि कसले के के गरिहेका छन् भन्ने कुरा सबैले देखि रहेकै छन् / अब एउटा दल सरकारमा नबसे पछी कोकोहोलो मच्चाउने अनि कुटाकुटको दृश्य र श्रीखला दोहोरि नै रहनेछन / किनकि नेपालको राजनीतिको हावा उल्टो दिशा बाट चलिरहेको छ है साथी हो /.

    Reply
  38. दयासागर says:
    August 21, 2012 at 10:12 pm

    आरुलाई खान सक्ने बाघले एक दिन मलाईपनि खान सक्छ भन्ने किन सोच्दैनोउ हामी? सोझा साझा जनता भाको भए तेस्को हड्डी सग्लो हुन्न थियो राछेस परेछ रपो उल्टै सरुवा खेप्न पारो | तेहिपानी तेत्ति चै लेख्ने आट चै गरेछ है खोस्टेले|

    Reply
  39. Tulasi Wosti says:
    August 21, 2012 at 9:17 pm

    के गर्नु र आफ्नो बस चल्ने होइन जति रोय कराय पनि, मेरो चल्ने भय त यो राजनीति गर्छु भनौदा हरु ९९% , (१% जति राम्रा पनि छन् कि ), एउतै खाल्डो मा पुर्ने थिय, गर्न पनि कति गर्न सकेका, राक्षसका दुत हरुले

    Reply
  40. Dinesh says:
    August 21, 2012 at 8:48 pm

    त्यो महेश बस्नेत भन्ने दलाल लाई पनि तेसरी बजाउनु पर्छ. त्यो डाका हो , नारापिसच हो , एमाले को गुन्डा हो ! साथी हो निभ्न आटेको दियो ले प्रकाश फाले झैँ एमाले र तिनका मतियार हरु भुक्लुक्क उम्लेका हुन् ! यी दुइ जिब्रे हरुका अब छिट्टै नै सारा अस्तित्वो नस्ट हुँदैछन!!

    Reply
  41. narendra says:
    August 21, 2012 at 8:37 pm

    महेश बस्नेत एक राक्षस नै हो/ र त्यसको सम्रक्षण गर्ने नेत्ता के पी वोली पनि राक्षस हो/ फोटो आफै बोल्छ /

    Reply
  42. सुजन बिक्रम says:
    August 21, 2012 at 8:02 pm

    महेश बस्नेत अनि एस्ता प्रवृति भयका व्यक्ति/ नेताहरुलाई चाकमा राको लगायर सिमा कटाउनु पर्दछ |

    Reply
  43. siddhartha says:
    August 21, 2012 at 7:39 pm

    अब फेसबुकमा स्टाटस हाल्न नि नेताहरुको स्वीकृति लिनु पर्ने भो गाँठे …….

    Reply
  44. umesh pandey says:
    August 21, 2012 at 7:36 pm

    थुक्क ! महेश बस्नेतले गर्दा अब कुनै पनि बस्नेत परिवारले आफ्नो छोरा को नाम “महेश” राख्ने छैन ,,,

    रावन, कन्स, हिरण्य कस्यप, दुर्योधन, सद्दाम हुस्सेन, ओसामा बिन लादेन…….. : असत्य ले जति मोज गरे पनि एक न एक दिन सत्य को जीत अवस्य हुन्छ …..तेसैले जति घैटो भर्नु छ भरे हुन्छ ….

    Reply
  45. pradeep says:
    August 21, 2012 at 7:18 pm

    महेश बस्नेत जस्तो सिछित व्यक्ति ले एस्तो कार्य गर्दा अरु युवा जमात ले के गर्लान भनेर सोच्नु पर्ने ! भबिस्य को नेता एस्तो भए पछी देस कस्तो होला ?

    Reply
  46. शशांक लामा, न्युयोर्क says:
    August 21, 2012 at 7:01 pm

    दीप शमशेरले महेश मण्डलेलाई ठिकै त भने | अधिकांस नेपाली जनता दीपको साथमा छ | श्याबास दीप शमशेर !!!!!!!

    Reply
  47. देवेन्द्र शर्मा BPKIHS, Dharan says:
    August 21, 2012 at 7:00 pm

    त्यो फोटो कतै animated त होइन नि……… DSP साहेब तपाई क नेता हरु को संरक्षण त साएद गलत कम कै लागि मात्र त छ नि ….. भारस्त्रचार , लूट , चेलीबेटी बेचबिखन आदि आदि…. तपाई DSP पनि त तिनै नेता को चाकडी गएर त हुनु भएको होला नि होइन र……

    Reply
  48. Shreeram Gyawali says:
    August 21, 2012 at 6:59 pm

    यो फोटो आफै बोल्छ नि ‘राक्षश’ हो कि ‘भगवान’ हो ! देख्नु पर्ने ले ‘नदेख्ने’ अनि गर्नु पर्नेले बेलैमा ‘नगरे’ पछी यस्ता ‘भगवान’को जन्म भैरहन्छ र ‘महा-भगवान’ले पालन पोषण गरि रहनुहुन्छ…..यस्तै नै छ यहाँ को चलन.

    Reply
  49. nischal says:
    August 21, 2012 at 6:43 pm

    सम्पूर्ण राक्ष्यास जाति कै अपमान पो भएछ त, बिचरा राक्ष्यास हरु लै तेस्तरी महेश बस्नेत भनेर निच गाली चाही गर्न नहुने थियो है :द

    Reply
  50. Bishnu Nepali says:
    August 21, 2012 at 6:39 pm

    महेश बस्नेत लाई कारबाही गर्न र डिएसपी लाइ आफ्नै पोस्टमा फर्काउन सरकारलाई दबाब दिउँ !
    जनता र नागरिक समाजले दबाब कार्यक्रम ल्याउनु पर्यो !

    Reply
  51. shiva says:
    August 21, 2012 at 6:21 pm

    बिदेशमा भय ज्यान मुद्दा मा जेल जानु पर्ने मान्छे हो महेश बस्नेत तर नेपाल मा दुर्भाग्य भन्नु पर्चा बिचार डी एस पी साब पो कारबाही मा परेचन.
    MAY GOD BLESS YOU MR D S P.

    Reply
  52. Tulsi says:
    August 21, 2012 at 6:14 pm

    महेश बस्नेत एउटा गुन्डा हो. यो सबै लै थाहा छ / गुण्डालै गुण्डा नभनेर के भन्ने त? DSP रानाले जे भने ठिक भने/

    Reply
  53. Ramraj says:
    August 21, 2012 at 6:05 pm

    दीप शमशेर राणाले महान गल्ती गरे| त्यसरी फेसबुकमा नलेख्न परने थियो|

    महेश बस्नेत जस्तालाई गालामा लालडाम बस्ने गरेर झापड हिर्काउन पर्ने थियो र त्यो फोटो फेसबुकमा टाँस्न लायक हुने थियो| नेताको रिमोट कन्ट्रोल बनेर देश खत्तम पार्ने नर पिशाच हुन् महेश बस्नेत| भक्षक हुन्| यस्तालाई राक्षस उपाधीले मात्र पुगेंन| केपी ओली र भिम रावलले पुलिसमा आफ्ना चम्चाहरु फोन गर्दैमा सरुवा गरिदिने? देशलाई अहिले यो ठुलो भुँवरीमा हाल्ने एक मुख्य मतियारहरुमा ओली हुन्| यस्ता नेता द्वारा चालित कुयुवा महेश बस्नेतले देशमा डडेलो लाएको छ| पैसा कमाउने डन भन्दा पनि खतरनाक हुन्, यिनलाई भस्मासुर र नर पिशाच भन्नपर्ने|
    दीप शम्सेरजी, राम्रो काम गर्दै रहनुहोला| महेश बस्नेतलाई गालीले मात्र भएन| चड्कन र गोदाई पनि चाहिन्छ|कुनै पार्टीका नेता कार्यकर्तालाई पनि निस्पक्ष भएर कारवाही गर्दै रहनुहोला| हामी तपाईका साथ् छौ|

    Reply
  54. Govinda Paudel says:
    August 21, 2012 at 5:55 pm

    हामि नेपालीको बानी बिचित्रको छ, कागले कान लग्यो भन्दियो भने कागकै पछी दौडिने. पत्रकार नि उस्तै देखिए. नेपालमा माओबादी अनि मधेसबादी दलको मिलिजुली सरकार छ. बिजय गच्छदार गृह मन्त्रि छन्, प्रहरी प्रशाशन उनकै मातहत मा छ. जिम्मेदार पुलिस अफिसर आफ्नो पदको मर्यादा बिर्सिएर फेसबुकमा कमेन्ट लेखेर बस्छन. अनि हामी छे फिलिम हलमा हिरो भिलेन को लडाईमा जस्तो गरि परर्र तालि बजाउछौ . जिम्मेदार पुलिस अफिसरले सामाजिक संजाल मा अल्लारे कमेन्ट गर्ने हो? येसो भन्नुको मतलब पुलिस माथि भएको अमानाबिये कार्येको समर्थन गरेको होइन, सम्बन्धित ब्येक्तिलाई कारबाही गर्ने दायित्वो उनकै हो, आफ्नो कर्तब्य पुरा नगरी फेसबुक भरि बान्ता गर्ने पुलिस अफिसरलाई हामी सर्बसाधारण जनताले तिम्ले ठिक गरेउ भनेर धाप मर्नु कति उचित हो ? फेरी उनको सरुवा गर्ने निकाए बिजय गच्छदारले नेतृत्व गरेको गृह मंत्रालाये हो भने सरुवा गरेको दोष कुनै ब्येक्ति वा निकाए वा पार्टी माथि थोपरेको देखियो, एस्लाई के भन्ने?

    Reply
  55. sagar says:
    August 21, 2012 at 4:40 pm

    त्यो महेस बस्नेत चाही कानुन भन्दा माथि छ ????
    त्येस्लाई त हल्दार हुन पनि सुहौदैना
    त्येस्लाई त जेल कोच्नु पर्छा ..

    Reply
    1. Ekta says:
      August 21, 2012 at 5:45 pm

      कानून भन्दा माथि र तलको कुरा होइन… यो त एउटा “Freedom of Speech” को कुरा आयो. कहाँ गयो “Democracy”?
      I don’t care who this guy is, what he has done and which political party he might belong to… he has right to speak his voice, unless it is a homicidal or suicidal threat.

      Reply
      1. Dev says:
        August 21, 2012 at 8:11 pm

        त्यो फोटोमा तपाईंलाई कुनै homicidal threat लागेन?

        Reply
        1. jitesh singh says:
          August 22, 2012 at 11:15 am

          अनि तपाइलाई पुलिस हरुले टाउको फुट्ने गरि,करंग भाच्ने गरि,२ ३ जनाले सुकुल पिट्य जस्तो पिट्दा कस्तो लाग्छ कुन्नि.त्यो dsp १जन को कुरा मा हामी किन तेस्तो ततिनु पर्ने ??त्यो dsp ले २०६२/६३ को आन्दोलन मा कुनै पुलिस लाई rakhes वनेको सुन्नु bhakocha ??कसैको भावना मा बग्नु हामी हरु को ठुलो कमजोरी हो.

          Reply
      2. Aakra Bhushan Nepali says:
        August 22, 2012 at 2:17 am

        होइन होउ लुङ्गा Ekta जी,
        Freedom of speech कहिले बाट “डण्डा मच्चाई” मा सरयो ? हाम्रा पालामा त शब्द र आवाज तथा प्रदर्शन मा पो हुन्थ्यो | के यो ओलिशासनको Trailer हो ?

        Reply
    2. Amrit says:
      August 21, 2012 at 8:04 pm

      yesto फोटो सार्बजनिक भै सके पछि … सब नेता जनता हरु ले हेरी सके पछि … गृहमन्त्री भन्ने घुस्याहा ले ने हेर्यो होला यो फोटो ….. खोईइ त महेस बस्नेत लै कारबाही????????/ खोई कानुन? बाबुरमे बबुरो ले पनि हेर्यो होला यो फोटो. ….. सब ताउउके नेता अनि प्रचंडे ले पनि हेर्या होला यो फोटो पत्रिका मा … एउटा गुण्ड लै कारबाही गर्न १ मिनेट फोन गरेर निर्देसन दिन पनि कसै लै मतलब भएन …सब जना दर्सक मात्रै भए …

      अब के आत्मविश्वास ले काम गर्ने प्रहरी हरु ले … बिचरा ….

      एदी तेस्तो काम येह अमेरिका मा भयो भने …… हामी सब लै थाहा छ कसरि कानुन लाग्छा भनेर येहा

      Reply
    3. Bhuwan says:
      August 21, 2012 at 8:26 pm

      सागर जि केको हल्दारको कुरो । नेपाली नागरीक को पनी हैसीयत छैन । बरु मिलेर बिहार तिर कोचौन ।

      Reply
    4. Amrit says:
      August 22, 2012 at 2:32 am

      प्रहरी लै त येसरी हिर्काउने गुन्डा ले तपाई हामी सर्ब साधारण को … के गर्न सक्दैन होला एसले … प्रश्न ..सब जना लै

      अनि डम्बर गुरुङ जी ले तल गर्नु भएको कमेन्ट पनि सारै मार्मिक छ पुलिस हरु लै …
      सिर्फ नाचिने को कारण ले एरपोर्ट मा पुलिस हबल्दार लै गाला मा चड्कन हान्ने महिला पुलिस अफिसर (नाम के रे … उनि पनि एउटा जनाबार नै हुन् ) कता गायब छन् उनि येस्बेला … लौ त महेश बस्नेत लै गएर गाला मा चड्कन हानुन्न त उनले … हामी पनि हेरू..

      के को स्वाभिमान नागरिक भएर बच्नु एस्तो कानुन नभएको देस मा … के को सुरक्षित महसुस गर्नु एस्तो देश मा ….

      के गर्ने एस्तो सुन्दर देश … सारै नै कलंकित नेता गुन्डा हरु को हात मा छ … कुन मुख लिएर सान्ति सुरक्ष्य को आशा गरेर आफ्नो देश फर्किने हामी हरु ले ???? यो प्रश्न पनि उत्तर दिनु है कसैलाई उत्तर थाहा भए …

      सब नेता (गुन्डा राज ) बहिस्कार गरौ … देश लै कुनी कर नातिरौ, देश को आम्दानी ठप्प गरौ (हाम्ले तिरेको कर नेता ले खाने हो क्यारे किन कर तिर्ने? ) .. कुनै बिदेसी लै नेपाल को सरकार लै अहिले को परिस्थिति मा सहयोग नगर्न भनौ …. नया नेता को जन्म होस् र सब ले शान्ति पाउन ….

      Reply
  56. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    August 21, 2012 at 4:33 pm

    आजसम्म आन्दोलन धेरै भय नेपालमा तर महेश बस्नेतको बिषयमा चर्चा भैरहेको देख्दा म अचम्मित भएको छु/
    आन्दोलन गर्ने छुट र बिरोध प्रदर्शन गर्न पाउने अधिकार सायद नेपालमा छ भन्दा अत्युक्ति नहोला/ फेरी आन्दोलन नै मसाल जुलुस भएपछी र प्रहरीले हस्तक्षेप गर्न थालेपछि आन्दोलनकारीले आफ्नो बचाउका लागि लाठी सहितको मसालले प्रतिकार नगरेर क गर्ने/ अरु कुनै उपाय त छैन.//
    यसै सन्दर्भमा मलाई पनि मेरो आफ्नै घटना उल्लेख गर्न मन लाग्यो आन्दोलनकै सन्दर्भमा
    “घटना आजभन्दा कति अगाडिको हो भन्ने कुरामा ठ्याक्कै हिसाब गरेर तिथि मिति निकाल्नका लागि यहाँ टीप्पणी गर्दा गर्दै ढिला भयो तर परिस्थिति भने उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिए भनेर ठमेल स्थित अमृत साइन्स क्याम्पसका बिध्यार्थीले बिरोध स्वरुप आन्दोलन गरेका रहेछन्/ म ठमेल स्थित सरस्वति क्याम्पस पछाडिको घरमा डेरा गरि बस्थें. अनि जागिर चाही डी.डी.सी. को पछाडी प्रभु कम्प्लेक्स संगै जोडिएको घरमा रहेको प्राइभेट कम्पनीमा गर्थें त्यो दिन पनि मा सदा झैँ आफ्नो समयमा करिब बिहान को साढे नौ बजे अफिस जान भनि निस्किए तर ठमेल डाँडामा आइपुग्दा त्यहाँ बाट जान नसकिने लागेपछि म गल्कोपाखा स्थित भित्रि बाटो (गल्कोपाखादेखि डी.डी.सी.सम्मको) वान वे बाट गैरहेको थिए म यताबाट निस्कदै गर्दा अस्कलका बिद्यार्थी र प्रहरी बिच ढुंगा हानाहान हुदाहुदै तनाब उत्पन्न भएछ लखेटा लखेट हुदा लैनचौर को त्यो चौर बाट निस्कियेका एक हुल आन्दोलनकारी को पछि लागेका सात आठ प्रहरी मध्येको एक ले म बिपरित दिशाबाट आइरहेको व्यक्ति लाई बेअर्थमा कुटे मलाई भुइमै लडाए उनको हातमा रहेको बासको लट्ठीको प्रहारले बसेको खत अहिले पनि मेरो दायाँ पाखुरामा अझै पनि छ अनि उनको प्रहार कस्तो थियो भन्ने अनुमान लगाउने निस्पक्ष न्यायिक सोच आदरणीय पाठक ज्युमा छ भने उनको प्रहारले मैले लगाएको सर्तको त्यहि दायाँ पाखो लट्ठीमा बेरिएर उनीसंगै गयो . यतिन्जेल सम्म मैले धेरै बिन्ति गरेको थिए तर अह उनले सुनेनन् कि सुनेर पनि आन्दोलनकारीको रिस मबाट मारे त्यो चाहिँ मलाई थाहा भएन .त्यो दिन म अफिश को नजिकै निम्स कलेजको पछाडी घटनामा परेको थिए/ अनि म त्यो दिन अफिस नगई कोठामा फर्केर मनमोहन हस्पिटलमा उपचार गराई फर्केको हुँ//

    Reply
  57. damber gurung says:
    August 21, 2012 at 4:28 pm

    Shame on to Mahesh Basnet who don’t know how to treat a human being . After all police is also human being. He was on his duty for the country . Why you policeman could not break his leg on the spot . One of your senior police can slap a poor constable for not recognizing her in the airport but you can’t hit those culprit ??? Your slap is only for your junior staffs and poor citizens . I really condemn to police fertinity as well.

    Reply
  58. Resham says:
    August 21, 2012 at 4:24 pm

    अब सके सम्म अब आन्दोलन गर्नेहरुलाई पनि पुलिसले टाउको फुट्ने गरि लौरोले हिर्काएको त देखियेकै हो/ यो आन्दोलनमा दुवै तर्फ बाट नै सके सम्म पाए एक अर्कामा हान्ने र पिट्ने काम भैरहन्छ / राजनीतिको माखेसांगलोमा जेलिय पछी येस्तई नै हों हजुर /

    Reply
  59. raja says:
    August 21, 2012 at 4:01 pm

    राझस लै राझस नभने के भन्ने/ महेस बस्नेत नेपालको ठुलो गुन्डा हो / के पी ओलीको पालेको भतुवा कुकुर हो / यो नेपालमा कालो धन्दा गर्दै बसेको छ , ठेकेदार, र ब्यापारी संग चन्दा असुल्छ/ एस लाई सबै नेपालीहरु ले बहिस्कार गरौ / महेस बस्नेतको बिरोध गरौ / येस्ता चोर नेता देसमा रहुन्जेल नेपालको कहिले पनि हित , विकास हुदैन /

    Reply
  60. Bino, Italy says:
    August 21, 2012 at 4:00 pm

    डिएसपी सा’ब ले गल्ति त गरेकै हुन् कुनै दुई मत नै छैन नि…….. राक्षसहरु को नाईकेलाई राक्षस मात्र भनिदिने? महा राक्षस, बडा राक्षस, महिषासुर या रावण नै भनेर अलि ठुलो राक्षस बनाइदिनु पर्ने थियो होला नि त……………. नियम कानुन कसले मानेको छ र यहाँ भांड मे जाओस सरकारी पद दीपशमसेरले जे लेखे ठिकै लेखे………….सलाम साब l

    Reply
    1. Anil says:
      August 22, 2012 at 6:19 pm

      बिनो जी

      सायद DSP साहब लाई थाह भयो होला यो तेती ठुलो राक्षस भएको छैन भनेर. किन भनी यो भन्दा ठुलो महा राक्षस, बडा राक्षस, महिषासुर या रावण त ओली नै हो . अब हाम्रा पोलिस फोर्स लाई थाहा भयो ! लेख्दा नै सरुवा हुन्छ भने बरु अलिक तेस्लाई झादू लगाएर सरुवा भएको राम्रो

      Reply
  61. Binnod Thapaliya says:
    August 21, 2012 at 3:52 pm

    folks let forget DSP/mahesh/Oli and transfer( all shits) please see the picture 1st is there any humanity shown by the protestor hitting a policeman wiht burning torch. Will the brother/friend of the policeman who got beaten forget this coward will UML give any clarification on the same.

    Reply
  62. Sandeep Rimal says:
    August 21, 2012 at 3:28 pm

    राणा को सरुवा महेश बस्नेत ले गर्दा नै भएको हो भन्ने कुनै प्रमाण छ जस्तो त लाग्दैन, एदी तेस्ले नै गरको हो भने त यो ज्यादै दुख को कुरा हो, तर एदी सरुवा अरु नै कारण ले गर्दा भएको हो भने, राक्ष्यसहरुले नाक फुलाउने मौका मात्रै पाउछन ,
    स्याल कराउनु र कुखुरा हराउनु भाको पनि हुन सक्छ.

    Reply
  63. Ujjwal says:
    August 21, 2012 at 3:18 pm

    डी एस पी…..ले आफु ले समातेर खोर मा हाल्न पर्ने हो तेती बेला नै………

    Reply
  64. achut says:
    August 21, 2012 at 3:18 pm

    के गर्छौ गुरु तेही राक्षेस ले तिम्रो सरुवा गरायो, तिम्रो टाउके को लागि तिमि नि ‘केटा’ त होनी तर तिम्रा टाउके ले तिम्ले लेखेको जस्तो लेख्ने आट चै गर्ने छैनन्……..

    Reply
  65. Binod Dhungana says:
    August 21, 2012 at 3:04 pm

    न पोथी न भाले, चोरेको अन्डा बाट
    निस्केको चल्ला पनि झाले माले.

    Reply
  66. Bibes says:
    August 21, 2012 at 2:55 pm

    साथीहरु, अचम्म छ, के प्रहरी मानिशहैनन् र? उनीहरुको आफनु व्यक्तिगत स्वतन्त्रता हुन्न र ..? तस्बिर आफैं बोल्छ नि, हेर्नुस त बिचार प्रहरीलाई मसालले हिर्कयाको छ, एस्तो हिर्काउने या हिर्काउन अरौने लाई राक्षस न वनेर के भन्ने त …
    सायद राक्षस भन्दा अरु कुनै तुच्छा शब्द भय अझै प्रयोग गर्न पर्थ्यो !
    आफु त्यो मसालले लागेको प्रहरी भयर सोचौंत…
    सलाम छ दीप राना लाई, सक्छा भने राक्षस महेस बस्नेत अनि उसका मतियार झोले लाई कारबाही गर्न पर्छ, दीप राना अनि प्रहरी लाई सम्मान गर्न पर्छ |
    तर आफै कुहियारा गनाइसकेको सरकारले के कारबाही गर्छ र , के पी ओलीको भक्त महेस लाई …

    सलाम छ दीप राना … अगाडी बढ, सबल अनि सच्चा नेपालीको साथ् छ |

    Reply
  67. Tilak says:
    August 21, 2012 at 2:46 pm

    hanks to police officer Rana for your status in Fbook, at least you said truth. Shame on those Nepali youth who supported such kind of stupid guy name “Mahesh”, he merely gang star rather than political person. He is evil person, he must be punish and need to file criminal charge against him, he tried to kill police at that day. Photo shown by Media is clearely showed that so called youth force had tried to kill that police man.

    So, whats wrong if police officer put comment on social media against GUNDARAJ.

    Reply
  68. यज्ञमूर्ति तिमिल्सिना says:
    August 21, 2012 at 2:43 pm

    प्रहरी प्रशासन भित्र आफैमा सम्मानको बातावरण छैन । माथिल्लो दर्जाकाले तल्लो दर्जाकाहरुलाई जे भने पनि हुन्छ । कुनै सीमा छैन । यो घटनाप्रकरण गलत शब्द प्रहारको उपज हो ।

    Reply
  69. Rabin says:
    August 21, 2012 at 2:22 pm

    हाम्रो देशको दुर्भाग्य हेर्नुस त आफ्नै पार्टीले नपत्याएर अध्यक्षमा र जनताले बिश्वास नगरेर चुनाबमा हराएका एकजना टुककावाला नेता(ओली)को हनुमान(महेश बस्नेत)को यत्रो ठुलो ताकत छ कि सिंगो देशको पुलिस-प्रशासनललाई हल्लाईरहेको छ l यो घटनामा पक्कै पनि मलाई ती नौटंकी नेता र त्यसका भरौटे प्रति आक्रोस र पुलिस प्रति सहानुभूति छ l

    तर यहाँनिर मलाई एउटा भन्न मनलागेको सत्य कुरा के छ भने नेपाल प्रहरीमा त्यस्ता थुप्रै स्वघोषित टाइगर, शेर आदि उपनामधारी पुलिसहरु छन् जो सिधासादा निमुखालाई तर्साएर मर्द बनेर हिड्छन तर महेश बस्नेत जस्ताको रौँ पनि हल्लाउन सक्दैन l यदि सच्चा मर्द हो भने महेश बस्नेत जस्तालाई किन तह लगाउन नसकेको ? नेताको भरौटेलाई चाहिं किन आफ्नो पुरुषार्थ देखाउन नसकेको ???

    Reply
  70. Ngawang Sherpa says:
    August 21, 2012 at 2:18 pm

    यो महेश बस्नेत भन्ने ओली मार्फत महिनावारी खान्छन डनको रुपमा प्रयोग भएको छ . यो कानुनि राज होईन जंगली राज हो / यो कानुनको बर्खिलाप हो / यस्तालाई पाटा कसेर राख्नु साटो उपल्लो दर्जाको हाकिमले पनि मफियारुपी ओलीको कुरो सुनेपाछी कसरि विधिको शासन लागु हुन्छ ? यो सबै नेपालीले बुझ्ने कुरो हो यसर्थ यस्ता भातमारा देशद्रोहि हरुलाई आगामी चुनाबमा चिनेर तह लागाउ / खुमे र ओलीको कर्तुतमा फरक छैन /

    Reply
  71. shreya says:
    August 21, 2012 at 2:03 pm

    आक्रोश पोख्नु ठिकै हो कुनै गल्ति गरे जस्तो लागेन. तर मलाई पनि यो “केटा” भनेर सम्बोधन गरेको त लास्तई पो लाग्यो हो. अझ सम्म नि प्रहरी जवान लै केटा भनेर सम्बोधन गर्छन है. shame

    Reply
  72. Ramesh says:
    August 21, 2012 at 2:01 pm

    हैन यो महेश बस्नेत भन्ने त त के पी ओली को हनुमान भन्ने सुनेको थिए अहिले सरकार त ओली को कट्टर बिरोधि बाबुराम को हो जस्तो लाग्छ | अब सरुवा त ओली ले नभई बाबुराम कै केटा हरुले गराउनु पर्ने | कि बाबुरामलाइ DSP ले ओली को केटा लाइ तेस्तो भन्दा सारै चित्त दुखेछ कि क्या हो ??? कि उनले पनि आफ्नु बिगत सम्झे ???

    Reply
    1. Ngawang Sherpa says:
      August 21, 2012 at 2:19 pm

      महेशले के फोटोमा सेकुवा बनेको हो ?

      Reply
  73. maheshwar says:
    August 21, 2012 at 1:55 pm

    अरे राझस लै राझस नभने के भन्ने??? महेश बस्नेत को फोटो ( मसालले हिर्काको) त् त्येस्तै देखिन्छ होइन र ??? गुन्डाराज चलाई रहेका नेताहरु बाट राम्रो अपेझा नै के गर्न सकिन्छ र कसो मसाल खाने जवानलाई बस्नेत को अगाडी किन गइस भनेर सरुवा गरेनन……..

    Reply
  74. Devendra Basnet says:
    August 21, 2012 at 1:54 pm

    राक्षेस लै राक्षेस नभनेर के भन्ने त ?

    Reply
  75. Jen Kumar Lama says:
    August 21, 2012 at 1:52 pm

    महेश बस्नेतलाई राक्षस भन्ने डि. एस. पी. लाइ सरुवा भन्ने शिर्षकको खबर पढ्दा लाग्यो नेपालमा सरकार र सरकारका मातहातमा रहेको प्रहरी प्रशासन भन्दा पनि नेपालको राजनीतिक पार्टीको भात्री संगठन (गुण्डाहरुको संगठन) हाबी भएको छ सरकार निरिही भएको छ..जब सम्म नेपालमा गुण्डाहरुको राज चल्छ तब सम्म नेपालमा निर्दोष जनता र बास्तविक न्याय कहिले पनि जनताले पाउने छैन..गुण्डागर्दीहरुलाई संरक्षण गर्ने राजनीतिक नेताहरुलाई जब सम्म जनताले चिनेर उसको राजनीतिक यात्रा पत्तासाफ गर्दैन तब सम्म यस्तो गुण्डागर्दी चलिरहने छ त्यसैले हरेक नेपालीले गुण्डाहरुको समरक्षण गर्ने नेताहरुलाई ( गुन्दागर्दीहरुलाई समरक्षण गर्ने नेताहरुको नाम धेरै चोटी पत्रिकामा प्रकाशित गरिसकेको छ) परास्त गर्नु पर्छ र नेपालमा आफ्नो पद र निहित राजनीतिक स्वार्थ भन्दा जनताको सुरक्षा र जनादेशलाई पालना गर्ने राजनीतिक नेताको आवस्यकता खट्किएको छ त्यसैले त्यस्तो नेतालाई चुनौ जसले जनताको लागी र शान्ती सुरक्षामा अहम भूमिका खेल्ने नेतालाई होस्…सायद यहाँहरु सबैले थाहा भएकै कुरा हो गुण्डागर्दीलाइ समरक्षण गर्ने नेताहरु चिन्नु भएकै होला नचिन्नु भएको हो भने बेलैमा चिनौ र राजनीतिक पत्तासाफ बनाउन सबै जना लागी परौं अनि कसरि चल्छ यसको गुन्डाराज ??? तपाईं हामीले नै देख्न पाउने छ…गुण्डागर्दी मुर्दाबाद..मुर्दाबाद..मुर्दाबाद…

    Reply
  76. cRIS says:
    August 21, 2012 at 1:51 pm

    “मेरा केटा”मा निकै बिमति राखिएको रहेछ, सायद नेपाली समाज अझै उघ्रिसकेको छैन रहेनछ, यसलाई कुनै पनि team जस्तै sporting term मा लिनु पर्दछ, our/my boys. sports र sportsmanship ले समाजलाई उज्यालो तिर डोर्याउछ| यो भाषाले मलाई त आपति छैन| fb व्यक्तिगत रीस पोख्ने ठाउँ पनि हो, यो अब सहज हुदै जादैछ|

    Reply
  77. Gautam says:
    August 21, 2012 at 1:35 pm

    Thanks to police officer Rana for your status in Fbook, at least you said truth. Shame on those Nepali youth who supported such kind of stupid guy name “Mahesh”, he merely gang star rather than political person. He is evil person, he must be punish and need to file criminal charge against him, he tried to kill police at that day. Photo shown by Media is clearely showed that so called youth force had tried to kill that police man.

    So, whats wrong if police officer put comment on social media against GUNDARAJ.

    Gautam

    Reply
  78. ramu thapa says:
    August 21, 2012 at 1:29 pm

    सबैले बिराटनगर तिरका केपी ओलीका हनुमान महेस बस्नेत र परसु राम बस्नेतलाइ हिंस्रक राछेस नै भन्ने गरेको सुनिन्छ तर एमाले का पिठुहरु बाहेक !

    Reply
  79. Debendra says:
    August 21, 2012 at 1:28 pm

    नेपालका सबै पार्टीले गुन्डा पालेका छन्, त्यसैले मैलैत अब ति नेताहरुलाई नेता भन्नु भन्दा गुन्डाका सरदार भन्नु उचित जस्तो लाग्न थालेको छ, साथीहरु/
    जहाँ सम्म DSP ले Facebook Status मा महेश बस्नेत बारे लेख्नु भयो त्यो उचित होइन/ उहा जिम्मेबार सरकारी कर्मचारी भएको नाताले त्यसो गर्न ठिक होइन, त्यसैगरी महेस बस्नेत जिम्मेबार नेता कहलाउन लालाइत छन् भने ढुंगा-मुढा, कर्मचारी कुट्ने, आगोको झटारो हान्ने जस्ता गुन्डा गर्दी बन्द गर्नु पर्छ, अन्यथा DSP ले भन्न नमिल्ला हामित उसलाई मात्र होइन उसका गुरु K P ओली लाई समेतपनि गुन्डइ मान्छौ/ ओलीजीलाई लाग्दोहो चुनाउमा गुन्डाले निर्बाचन जिताउछन भन्ने, तर बिस्तारै अब जमानत जफत हुन थालेपछि महसुस हुदै जाला ”निर्बाचन जनताले जिताऊछन्, कि गुन्डाले?” भनेर/ त्यतिबेला ढिलो भै सक्ने छ ओलीजी समय मै आफ्नो मति फेरी हाल्नुस/ अझ ढिलो भएको छैन है जसो मलाई लाग्छा/ हुनत तपाई आफुलाई सर्बगुन सम्प्पन्न नेता ठान्नु होला, आफुले ठान्नु र जनताले ठान्नु फरक कुरोहो, तपाइले त्यो बुझु भा छ किन भने २५ बर्ष अगाढी नेपाल का राजालाई तपाई पनि त्यसै भन्नु हुन्थ्यो/

    Reply
  80. Karbir says:
    August 21, 2012 at 1:19 pm

    डर,त्रास र धम्किको बलमा गैर-कौनुनी रुपमा नेपाल बन्द गर्ने, अनि शान्ति सुरक्छाको लागि खटिएको एउटा गरिब नेपालीको छोरालाइ मशालले हान्ने …..के उ मानिस हैन…तिम्रो हिम्मत छ भने सिंह दरबार घेर, बालुवाटार घेर, नेताको घर घेर, किन जनतालाई दुख दिने ?…..थुक्क नामर्द महेश बस्नेत र एमालेका नेताहरु…

    Reply
  81. Mahesh says:
    August 21, 2012 at 1:11 pm

    सार्बजनिक पदमा बसेको डिएसपी राणाले यस्तो कुरा लेख्न हुँदैन थियो. कारबाही को भागी हुने पर्छ.
    यो कारबाही होइन भयन. डिएसपी राणालाइ कारबाही हुनु पर्छ.

    Reply
    1. mukta grg says:
      August 21, 2012 at 1:49 pm

      तिमि नै त्यो महेश भन्ने गुण्डा हो कि के हो?

      Reply
  82. Vivek says:
    August 21, 2012 at 12:59 pm

    This is the porblem …Now its time to all nepali citizen think once if they want to be a dog of political party or kick them out permanently from the country and lets make the counrty beautiful like other developed country where the law is in top and rest is in under the law..

    Reply
  83. mahesh says:
    August 21, 2012 at 12:58 pm

    तेही कारण ले भएको हो कि संयोग मात्रै जुरेको हो?एदी गुण्ड लाइ राक्षस भएंको आधार मा सरुवा भएको हो भने यो भन्दा नराम्रो कुरा केहि होइन.

    Reply
  84. Arjun Kumar Sharma says:
    August 21, 2012 at 12:48 pm

    सर्वप्रथम यो स्टाटस गलत छ, नेपालका प्रहरी जवानहरु कुनै डि. एस.पी.,एस.पी. वा आइ.जी. पी. का केटाहरु हैनन्,उनीहरु त बिसुद्ध राष्ट्र सेवक कर्मचारी हुन् भलै उनीहरु माथिल्लो वा तल्लो दर्जाका किन नहुन l आफ्ना सहयात्री प्रहरी साथीहरुलाई केटाहरु भनेर सम्बोधन गरेको लोकतान्त्रिक नेपालमा सुहाउने कुरा हैन l
    रह्यो कुरा गुन्डाहरुको ! के अस्चार्य भो त गुन्डा हरुलाई नेताहरुको संरक्षण हुनुमा सारा देश नै गुन्डा,डाँका,भ्रस्ट,ज्यानमारा र अपराधीहरु ले त चलाएका रहेछन त l
    अब सरुवा को कुरा, सटिक कुरा निर्भिकता साथ बोल्ने आंट हुने हरु जहिले पनि त सरुवाका निम्ति तयार हुन्छन l
    जोगाऊ गुन्डाहरु अर्को चुनावमा मान्छे पिट्न काम लाग्छ l लुकाऊ ज्यनामरहरुलाई अर्को चुनावमा गोलि पड्काएरै जित्न सकिएला अनि पुनराबेदन गर भ्रस्टलाई चोख्याउन तब न मोटो रकम पार्टीलाई प्राप्त होला तब न एउटा चुनावी सहारा होला नारा होला l एक पार्टी गुन्डा राजको खिलाफ जाउ,अर्कोले हत्या र आतंकको बिरोध गर अनि तेस्रो ले भ्रस्टाचार बिरोधि नारा लगाऊ l नेपाली जनता तिन तिर हुनेछन किन भने सबै नेपालीलाई कुनै न कुनै तर फरक नारा मन पर्ने छ l

    Reply
  85. manita says:
    August 21, 2012 at 12:45 pm

    जिम्मेवार सरकारी पद मा बसेर त्यसरी कुनै पार्टी को नेतृत्व लै त्यसरी लेख्ने लै कस्तो कारबाही गर्ने त ? कानुन सम्हाल्ने ले कानुनी उपचार दिन सक्नु पो पर्छा त . सोसिअल मेडिया को दुरुपयोग त सुरक्ष्या निकाय ले नै गर्दो रहेछा त.

    Reply
  86. पुष्प says:
    August 21, 2012 at 12:17 pm

    विरोध जोसुकैले जनाउनु पनि पाउनुपर्छ, तर शैली नराम्रो हुनुहुँदैन । डीएसपीजस्तो मान्छेलाई ‘राक्षेस’, ‘थुक्क’ जस्ता शब्दहरू प्रयोग गर्दै फेसबूकको भित्ता भर्न सुहाउने कुरा होइन, चाहे गाली खाने मान्छे जतिसुकै अगतिलो किन नहोस् ।

    समाचारमाहरूमा आएअनुसार विदेशमा समेत निजीभन्दा सार्वजनिक संस्थामा काम गर्नेहरूलाई यस्ता कुरामा ‘सजिलो’ छ । अर्थात् अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निजी क्षेत्र बढी अनुदार देखिन्छ उता । हामीकै पनि निजी क्षेत्रमा काम गर्नेहरूले यस्तै मुद‍्दामा जागीरै गुमाएका समाचार आएका छन् । तर लोकतन्त्रको सुन्दरता, सरकारले जागीर खोस्ने हिम्मत गर्न सक्दैन ।

    उनको अभिव्यक्तिमा ‘मेरा केटा’ भन्ने शब्दले हाम्रो प्रहरी प्रशासनको हालत कस्तो छ भन्ने कुरा प्रष्ट्याएको छ । महेश बस्नेतको ‘बखान’ के गर्नु !

    Reply
    1. Tenzing Gaba says:
      August 21, 2012 at 5:44 pm

      आफु भन्दा माथिल्लो दर्जाकोलाई ‘बुढा’
      आफु भन्दा तल्लो दर्जाकोलाई ‘केटा’ भन्नु
      फौजमा परम्परा जस्तै हो यसमा असहज दृस्टी नराखे हुन्छ /
      तर
      Dsp साबले पनि face book मा status लेखि राख्नु भन्दा त्यो महेशेलाई कच्याक कुचुक पारेर मानब अधिकारको पाठ एकछिन बिर्सिदिएको भए उत्तम हुने थियो भन्ने मेरो बुझाई छ
      आगे
      जय नेपाल
      तेन्जिंग गाबा ‘हिमाली’

      Reply
      1. पुष्प says:
        August 22, 2012 at 2:37 am

        हिमालीजी,

        माथिल्लो दर्जाले तल्लो दर्जाको अगाडि ‘केटा’ भनेर घरमा काम गर्ने ‘नोकर’को जस्तो व्यवहार गर्दा के तल्लो दर्जाले उसको अगाडि बूढा भनेर सम्बोधन गर्न पाउँछ वा सक्छ ? हिमालीजी यो एउटा सामन्तवादी चरित्र हो । यस्ता खाले भाषा अनि आफ्ना तल्ला तहका लाई गरिने यस्ता व्यवहारमा सुधार आउनैपर्छ, चाहे त्यो प्रहरी प्रशासन होस्, सेना होस् वा अरु कुनै निकाय । ‘चेन-अफ-कमाण्ड’ डर देखाउँदै यस्ता प्रवृत्तिको निरन्तरता लोकतन्त्रमा पटक्कै सुहाउँदैन ।

        Reply
        1. Ravi Ad. says:
          August 22, 2012 at 12:39 pm

          पुस्पजी छाडातन्त्र, ठोकतन्त्र र लुटतन्त्र भएको देशमा कसरी लोकतन्त्रको कसरी कुरा गर्नुहुन्छ ? लोकतन्त्र पुलिस सेनालाई मात्र कि नेता र तिनका भरौटेहरुलाई पनि लागु हुनुपर्छ ? पुलिसका तल्ला दर्जाकालाई जवानहरु , केटाहरु नभनेर के भन्यो भने क्रान्तिकारी देखिन्छ त ? फुटबलमा पनि कोचहरुले खेलाडीलाई मेरा केटाहरु भन्ने गर्छन …के यसलाई पनि सामन्ती चरित्र मान्ने ?

          Reply
          1. अर्जुन कुमार शर्मा says:
            August 23, 2012 at 6:11 pm

            हो, आफ्ना भौरौटेहरुलाई बाहेक कसैलाई पनि हेप्ने होच्याउने गर्न पाइन्न लोकतन्त्रमा,सबैलाई सम्मान गर्न जान्नु पर्छ लोकतन्त्रमा त्यो डी.एस.पी. लाई एस.पी.ले ,एता आ केटा भन्यो भने राम्रो हुन्छ त ? अरुलाई सभ्यता सिकाउनु पर्ने हरु आँफै असभ्यता र दुर्गुण ले भरिपुर्ण छन्,कहिले बन्ला सभ्य समाज ?
            के डी. एस. पी. ले प्रहरी जवानहरुलाई तपाई भनेर सम्बोधन गर्यो भने त्येसको पदोन्नती रोकिन्छ ?

            Reply
        2. krishna says:
          August 24, 2012 at 9:54 am

          पुष्पजी
          यो कुरो ची ठ्याक मेरो मनको पनि हो | “लोकतन्त्रमा” न भनेर “शव्य समाजमा “| भाषा प्रयोग राजनीति भन्दा सामाजिक कुरो हो |
          मलाई गोरेहरुको देशको सबै भन्दा मन पर्ने परम्परा पनि यहि हो |

          Reply
        3. तेन्जिंग गाबा 'हिमाली' says:
          August 24, 2012 at 2:57 pm

          पुष्प जी
          “बा-काका-ठुल्दाई” हरुले पनि भाइ-भतिजा-छोराहरुलाई “केटा” भनेर सम्बोधन गर्ने चलन छ तर पनि बा-काका-ठुल्दाईलाई “बुढा” भनेर बोलाउनु पनि सकिन्न /
          कुरो आत्मीयताको हो /

          जे होस्, हरेक घटनाको बर्गीय विश्लेषण जरुरि छैन – हुदैन /

          तेन्जिंग गाबा ‘हिमाली’

          Reply
    2. Deepakl says:
      August 21, 2012 at 6:35 pm

      तपाइले भन्नु खोज्नुभएको यो हो जस्तो लाग्यो मलाई ” महेशको के बखान गर्नु ? उ त गुण्डा मात्र हो | हामी वाईसीएल त हत्यारा हौ | स्वर्गको अगाडी इन्द्रको बयान |”

      Reply
    3. binu says:
      August 22, 2012 at 11:44 am

      यो पुष्प भन्ने मान्छेको पिताजी फोटो ग्राफर थिए कि क्या हो । जहिलेसुकै नेगेटिभ कुरा मात्र गर्छ यार ।

      Reply
  87. Bishnu Nepali says:
    August 21, 2012 at 12:13 pm

    “यो महेश बस्नेत भनौदो राक्षसले मेरो केटालाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ…थुक्क…” यो सारै मन छुने भनाइ हो |

    महेश बस्नेत राक्षस नै हो ! दिप कुमार राना लै सलाम छ !

    महेश बस्नेत राक्षस र उसलाई संरक्षण दिने नेता राक्षस लाई सरकारले कारबाही गर्नु पर्दछ !

    Reply
    1. अर्जुन कुमार शर्मा says:
      August 23, 2012 at 6:22 pm

      सरकारले गुन्डालाई कारवाही गरोस कि ज्यानमारालाई ! सरकार अन्योलमा छ …सरकार विचार गर्दै छ,गुण्डा ठुलो अपराधी हो कि ज्यानमारा ठुलो अपराधी,सरकार शोच्दै छ,भ्रस्टाचार ठुलो अपराध कि डकैति …. जब उ निष्कर्समा पुग्छ तब सुकुम्बासीलाई बढारेको जस्तो बढार्दै लैजान्छ ,सडक किनाराका घर भत्काए जस्तो भत्काउदै लैजान्छ… भोलिको त उसलाई के पर्बाह….नाफाको सत्ता त हो नि….राम्रो भए मैले गरेको,नराम्रो भए विपक्षीले गर्दा गर्न नसकेको..आदि..इत्यादी l

      Reply
  88. Aakar Bhushan Nepali says:
    August 21, 2012 at 11:59 am

    राक्षसलाई राक्षस भन्न नपाउने कहाँको ओलीनियम हो यो ?

    Reply
  89. Ananda says:
    August 21, 2012 at 11:49 am

    त्यो राच्छेस लाई राच्छेस चािह नभनेको हुने॥ 

    Reply
  90. Keshab says:
    August 21, 2012 at 11:45 am

    महेश बस्नेत देशको राक्ष्य्स हो भन्ने कुरामा त कुनै संका छैन तैपनि SP ले त्येस्तो लेख्नु उचित हो भन्ने पनि लाग्दैन /

    Reply
    1. Rai Yang pitang chhu Oxford says:
      August 21, 2012 at 3:26 pm

      ए त्यसो हो भनेपछि एस पी चाहि नेपाली नागरिक होइन भन्ने बुझ्नु पर्यो कि केशबजी ? कि नेपाल प्रहरीले सत्य कुरा पनि फेसबुकमा लेख्न नै नहुने ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme