Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वराजाले पार्टी नखोल्ने रे

Posted on July 3, 2012July 4, 2012 by Salokya

राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेल्ने पार्टी माओवादी अहिले दुई टु्क्रा भएको छ। मान्छेहरुलाई अहिलेका पार्टीप्रति वितृष्णा छ। एउटा नयाँ शक्ति उदाउनु पर्ने कुरा सुनिँदैछ। के पूर्वराजाले पार्टी खोलेर जनताको मतबाट पुनर्स्थापित हुने मौका आउँछ त ? अहँ। लुम्बिनी भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनमा भनेका छन्- राजसंस्थाले राजनीति गर्दैन, पार्टी पनि खोल्दैन। उनका छोरा पारसले भने केही अघि सिंगापुरमा पत्रिकासँग कुरा गर्दै ब्यालेटबाट राजतन्त्र पुनर्स्थापना गर्ने बताएका थिए। उनले चाहिँ यसो पो भने, ‘म राम्रो राजनीतिज्ञ हुनसक्तिन, राजाकै रुपमा ठीक छु।’

कुरो ठीकै हो। जनताको मत लिएर आउनु गाह्रो काम हो। एक पटक मत दिएपछि चित्तबुझ्दो काम नगरे अर्को पटक लोप्पा खुवाइदिन पनि सक्छन्। राजा पो सँधैका लागि हुन्छ त।

पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले आफूले नारायणहिटी छोड्दा भन्दा अहिलेको स्थिति झन् बिग्रिएको बताए। स्वभाविक हो, स्थिति झन् बिग्रिएकै छ। सामान्य जनताको जनजीविकामा राजतन्त्र हुँदा र नहुँदाको अन्तर महसूस गराउन नसक्नु दलहरुको कमजोरी हो। त्यसैले केही राम्रो काम गरेर भन्दा पनि दलहरुको अकर्मण्यता कै कारण राजसंस्था हौसिँदै गएको छ।

लिखित सहमति?
बाँकी सबै कुरा पुरानै भने पनि ज्ञानेन्द्रले एउटा भने नयाँ कुरा गरेका छन्। उनले राजसंस्था हटाउन तत्कालीन माओवादी र आन्दोलनरत सात दलबीच भएको १२ बुँदे सहमतिका बेला राजसंस्थासँग पनि लिखित सहमति भएको दावी गरेका छन्। यो सहमति कोसँग भएको होला त ? के काङ्ग्रेस वा सात दलसँग बेबी किङको सहमति भएको थियो ? अथवा कस्तो ?

यसबारे ज्ञानेन्द्रले भने केही बताउन चाहेनन्। यति मात्रै भने, ‘आवश्यक परे सहमतिको लिखित रुप सार्वजनिक गर्न तयार छु।’

खै अब यस्तो बेलामा पनि आवश्यक नभए कति बेला आवश्यक हुने हो। त्यस्तो कुनै सहमति भए सार्वजनिक गरिदिए के बिग्रन्छ र ? उनैलाई थाहा होला।

94 thoughts on “पूर्वराजाले पार्टी नखोल्ने रे”

  1. Kanishka says:
    July 6, 2012 at 7:19 pm

    साथी हो! नेपालको यो दूर्दशा सबैलाई थहा छ। हामी नेपालीहरुका मुटु चिरो चिरो भएको छ अहिलेको अवस्थाले। विस्वास गरेर चुनेका नेताहरुले हामीलाई नै चुना लगाए। सबै नेताहरु आफ्नै बैंक भर्नमा व्यस्त र जनतालाई सिर्फ झूठो सपाना। देश सयौं टुक्रा हुने सघांरमा छ। काम गर्छु भन्दापनि काम गर्ने अवस्था छैन। मानौ आज आएर मेरो देश नेपाल नै मेरोलागि विरानो छ।

    किन? हामीले के गलती गरेका थियौं? आज हाम्रो यो हालत कसले गर्दा भयो? किन भारत हाम्रो राजनितिमाथि हाबी भयो? कसले गर्दा? “र” ले किन हाम्रो धेरै जसो नेता र कर्मचारीहरु किन्न सफल भयो? आज हाम्रो देशमा किन खाते सभ्यता बढ्दो छ? मेरा प्रश्नहरु त थुप्रै छन् तर लेख्दा आंशुले आंखा रसाउछ।

    गम्भीर भएर सोच्दा, नेपालकोलागि राजतन्त्र नै आजको खाँचो हो। नरिसाऊनु होला तर, यो सत्य हो। राजाले मात्रै नेपाली समाज र देशलाई एक जुट र एकिकृत गर्न सक्दछ। सदियौं देखिको सीख लिंदै, “एकिकृत वलियो, एकलो कमजोर”; हामी समक्ष सिर्फ यहि एक बाटो खुल्ला छ। मौका सबैले पाएका थिए, तर देशको यो गतिको जिम्मेदारी, राजतन्त्रलाई जाँदैन। मौका त राजतन्त्रले पनि पाएका थिए, साथ कसैको नभएपनि स्थीति यति बिगारेनन्। ऊनको मात्र २ गल्ती थिए:- अख्तियार दुरुपयोग आयोग हुँदा हुँदै, शाही आयोग गठन गर्नु र सर्वोच्च अदालतको सिफारिश बेगर नै, सत्ता लिनु। चुनाव त गराएकै थिए, विभिन्न बाटाहरु पनि त हेरेकै थिए, तर, विदेशी र नेताहरुका निहित स्वार्थका मोहरा वनि हामी नेपालीले आफ्नो चेतना गुमाऊँदै राजतन्त्रलाई लुतो फाले झैं मिल्कायौं। यहाँ गएर हाम्रो भाग्यले “गु” खायो।

    राजतन्त्र भनेको पूर्व राजा होईनन्। राजतन्त्र त एउटा पद्धति हो। राजाहरु त केबल त्यसका चलक हुन। अन्धो सवारी चालकले गाडी ठोकाउदैमा, गाडी नै खराब भन्न त मिल्दैन। यसमा पनि, सर्वाधिकार राजा होईन, नेपालमा त संवैधानिक राजा थिए। जनताको निहित राजा थिए। मात्र नेताहरुका स्वार्थी सपानाका अड्चन बन्न पुगे। त्यसैले राम्रै काम गर्दा पनि जस पाएनन्। त्यस कालमा भएका शाही आयोगका कामहरुलाई दमनकारी संज्ञा दिइयो र सबै उजुरीहरु खारेज गरियो। हामी सबैलाई थहा छ कि लौडा काण्डमा गिरिजा बाबुको लसपस थियो, त्यसतै सबै उजुरीहरु जायज नै थियो, तर खरेज पनि भए। अब सुन्दै छौं, प्रचण्ड जी संग ५००० अर्ब छ रे, त्यसतै बाबुराम जी संग पनि। यी त सत्य र हल्लाका वीचका कुरा हुन। यो प्रसंग किन भने, पूर्व राजाले आफ्नो सबैलाई मारे भन्नेहरुले औंला देखाउनु अगावै ठोस प्रमाण खोजनु जरुरी थियो। मतलव, हावामा नै जनतालाई नसोधि राजतन्त्र हटाउने? डर के को? अब आएर, यो नयाँ सम्झौताको खुलासाले नेपाललाई अर्को मोड त पक्कै दिन्छ।

    हुन त म राजावादी होइन। म मात्र नेपाली जनता हुँ। कुनै दलको सदस्यता छैन। तर आफ्नो दलका हरेक गल्तीलाई ढाकछोप गर्ने या दलका दृष्टिकोण अनुसार नै आफ्नो जीवन शैली चलाउनेहरुबाट म अचम्मित छु। आफ्नो पनि त स्वतन्त्र बिचार हुन्छ नि।

    सोचनिय; नेपालको ईन्टरपोलले रेड कर्नर नोटिस जारी गर्दा भारतमा बसेका माओबादीहरुलाई किन भरतले समातेनन्? के भारतलाई पत्तो थिएन? कांग्रेस र एमालेलाई त थहा थियो त! या त भारतले माओबादी जन्माइ पाले या त भारतले ईन्टरपोललाई लत्याए। तपाईंहरु आफै विचार गर्नुहोस। अर्को कुरा, माओबादीलाई मार्न कांग्रेस र एमाले, खास गरी अमेरिका संग मिलेर शेर बा देउवाले आदेश दिए। राजाले त सेना परिचालनको विरोध गरे र माओबादी लगायत जनता वचाए। फेरि पनि ३ दल एक भए, राजा एक्लिए किन? मतलव, विदेशी शक्तिको सामु नेपाललाई नैवेध वनाईयो र हामी नेपाली जनता ताली बझाउँदै रमायौं।

    संसारकै पूर्व राजाहरु आफ्नो देश छोडी जान्छन् तर यहाँ त जनता भई हाम्रै माझमा छन्। राष्ट्रबादको कुरामा, नेपालकोलागि पूर्व राजा जति राष्ट्रबादी म पनि बन्न सक्दिन, किन भने, हामी जता बसोवास गरे पनि हामीलाई आ-आफ्नो नामले चिन्दछन्, तर पूर्व राजालाई, नेपलको पूर्व राजा नै भनेर चिन्दछन्। पूर्व राजाको अस्तित्व नै नेपालसंग गाँसिएको छ। त्यसैले, जो जसले, आफूलाई नेपाली ठान्दछन, ऊनिहरुले आफ्नो मन छोएर म सच्चा नेपाली हुँ र मेरो कनै पनि निर्णयले सारा भविष्य बदर गर्न सकदछ भनि सत्यको साथ दिनु, अनि मात्र नेपालको हीत र प्रगति होला।

    यी मेरा आफ्ना विचार हुन। कसैलाई ठेस पुगेमा क्षमा, सहमतिका लागि धन्यबाद।

    Reply
  2. shib says:
    July 6, 2012 at 6:47 pm

    राजा लै भारत र अमेरिका ले फसयाको हो . नागरिकता विधेक ल्याएर चलिश लाख भारतीय लै नागरिकता दिन इन्कार गरेको ले पुरै राजतन्त्र लै स्वाहा पारिदियो भारत ले बिचार सोझा नेपाली लै के थाहा पत्तो . ज्ञानेन्द्र लै हत्याराको आरोप लगाउने ले आफु सत्तामा हुदा खोइ त प्रमाणित गरेर जेल हाल्न सकेको.अब भारत को एजेन्ट बाबुराम ले देश बेचे पछी भैया ले तालुमा मा गिर खेल्दा थाहा पाउलान नेपाली ले. बिप्पा सम्झौता गरेर अब विमानस्थल पनि बेच्न थालेछ . अब क्याबिनेट मा पाच जना जति भारतीय मन्त्रि पनि राखे भै हाल्यो नि . हामी नेपाली यस्ता दलाल ले जे जे भन्छन तेस्तै को पछी लाग्ने कि ?
    मलाई त लाग्छ देश को माया लाग्नेले राजा लै नै बोलाउनु पर्छ तर दिक्तेटर को रुपमा हैन सेरेमोनियल राजा बनाउनु पर्छा जस्तो लाग्छ ल
    अब गणतन्त्र रहेन किन कि तेस्को कार्यन्वयन गर्ने संबिधान सभा नै छैन भने तात्विक रुपमा तेस्को अर्थ पनि भएन हैन त ?

    Reply
  3. Ujjwal says:
    July 6, 2012 at 2:11 pm

    राजा लाइ दाम हालेर माम खाने को लर्को पनि धेरै नै रहेछ ………….

    Reply
  4. rabi says:
    July 6, 2012 at 4:02 am

    कम्प्युटर हेर्ने चलाउने सबै /प्रायस राजाबादी अनी गाउका हलो जोत्ने भारि बोक्ने औठा छाप शोसित सबै गनतन्त्र बादी कुरो अलि बुझ्नगारो भो ! कि साचै सबै नेपालि हुने खानेभो कि कसो ?

    Reply
  5. Suman says:
    July 5, 2012 at 7:04 pm

    दास हुने इच्छा गर्ने हरुले रामबरण लै नै राजा घोषणा गरे हुन्छ

    Reply
  6. aakash says:
    July 5, 2012 at 3:48 pm

    अब दुनियामा राजा बन्ने र रैती बनाउने चलन टिक्नेछैन तेसकारण राजा बन्ने सपना छाडेर प्रजा बन्न सिक्नु पर्छ .नत्र फेरी पशुपति नाताले रक्षा गर्न सक्दैनन् .

    Reply
  7. KISHORE SHAKYA says:
    July 5, 2012 at 12:53 pm

    दाजु, भाउजु, भतीजा- भतीजनीका हत्यारा
    रारामा लगेर बुहारीका हत्यारा
    मुर्ती बिक्रेता, चरेश बिक्रेता,
    टेलिफोन, रेडियो, TVको हत्यारा
    नेपाली जनताका मुक्तीका निम्ती लडने योद्धाका हत्यारा
    पापी ज्ञाने फेरी राजा हुने रे ! लौ अचम्म!

    Reply
  8. sunil says:
    July 5, 2012 at 8:09 am

    देश मा जुन vacume create भाको छ unity को तेस्लाई पुरा गर्ने संस्था कुनै dhekheyako छैन तेसैले राजसंस्था नै चाहिन्छ तर तेस्मा के विचार गर्नु पर्छ भने ganendra कि उसको नाती…तेस्को लागि जनमत संग्रह गर्नु नै पर्छ नत्र कैले पनि यो subject end हुन्न तर किन चाहदैनन् नेता हरु जनता लै राजसंस्था औछा भनेर तर्सौदै vote माग्नको लागि हो @नेपाली जनता……

    Reply
  9. Miresh says:
    July 5, 2012 at 7:34 am

    सन्स्था र पद्धती आफैमा नराम्रो हुदैनन्. नराम्रो त व्यक्ति र उसका काम गराई हुन्छन. कुनै व्यक्ति नराम्रो भन्दै मा पद्धती र प्रणाली नै परिवर्तन गर्ने हामि मुर्ख हौ .
    अझ मैले देखेको त यहाँ राजा मन नपरेको पनि होइन, पारस मन नपरेको र त्येही झोक मा राजा हटाएको पाएको छु. जतिले राजा हटाए भनेर दङ्ग परेका छन्, सोच्नुस, राजा होइन, राज तन्त्र नै हटाइएको छ . यो त कस्तो भो भने, कसैको बा बदमास भए घरमा बाउ नै नरहने प्रणाली, कसैको छोरा बदमास भए छोरा छोरि नै नपाउने प्रणाली निम्त्याए जस्तो . अब माकुने असफल भयो भने के प्रधानमन्त्रिय प्रणाली नै फाल्ने? संसद असफल भयो, के अब संसदीय प्रणाली नै फाल्ने? त्येस्तै गलत निर्णयले गर्दा र तातो भएर सोच्ने अनि निर्णय लिने बानि ले गर्दा आज हामिले एउटा होइन हज्जारौ पारस भोग्नु परेको छ . एउटा राजा रहदा कम से कम नेताहरु लै डर त थियो, अब त्यो पनि छैन . राजा रहदा एउटा भर त थियो, अब त मलाई डर मात्र छ . पहिले मा यो देश को मालिक थिए, अहिले म यो देश को दोस्रो दर्जा को नागरिक भएको छु किन भने मैले कुनै नेतालाई चिन्दैन .
    नया प्रणाली वसाउन भएको प्रणालीलाइ शुन्यमा झारेर होइन, पुरानोलाइ परिमार्जन गर्दै बिस्तारै गर्नुपर्छ . हामीले त के गर्योउ भने भएको प्रणाली खत्तम पार्योउ, बादरहरुलाई नेता बनायोउ अनि कराउन थाल्योउ नेताहरु अराजक भए भनेर . म भन्छु कहा अराजक भए, कसले ब्याख्या गर्यो ? भएको पुरानो कानून फाल्ने हामि, देशलाई कानून नै नभएको स्थिति मा पुर्याउने हामि, अनि नेता अराजक भए भन्ने पनि हामि?
    तातो दिमाग भएका साथीहरुलाइ लाग्ने छ मा राजा को वकालत गर्दै छु भनेर… सोच्नुस त मा राजाको वकालत गर्दै छु कि राजतन्त्र, पद्धती वा प्रणाली को ?

    Reply
  10. tashi says:
    July 5, 2012 at 6:04 am

    हैन के लाई चाहियो राजा फेरी……तेत्रो जनयुद गरि राजतन्त्र सकाएको बिर्से कि क्या हो? फेरी ज्ञानेन्द्र फर्केर हग्नु न मुत्नु बन्द गर्छ अनि थाहा पाउछन अहिले राजा फर्काउन चाहनेहरु…..

    Reply
  11. Amit says:
    July 5, 2012 at 5:13 am

    राजा ? कुन राजा को कुरा गर्दै हुनु हुन्छ अहिले आएर ? तेही राजा पारस ? जस्ले आफ्नो घरबार पनि छोडेर थाइल्यान्ड मा गएर रोमान्स मा ब्यस्त हुनु हुन्छ ? के आशा गर्नु भाको छ उ बाट अब ? आफ्नो परिवार लाई त सम्हाल्न नसक्ने मन्छे सँग देस नै सम्हाल्न सक्ला कि भन्ने सपना ? सपना देख्नु नराम्रो हैन ।

    ज्ञानेन्द्र ? प्रचन्ड र बाबुराम को रिस अब फेरी तेही मान्छे लाई ल्याएर पक्कै पनि शान्त हुँदैन । त्यो मान्छे ले के गर्छ ? आउछ र टेलिफोन, मोबाईल सबै बन्द गर्दिन्छ । टेलिभिजन मा समाचार हेर्न पाइन्न, रेडियो मा समाचार सुन्न पाइन्न । अनि फेरी के गर्नु हुन्छ ? अर्को आन्दोलन फेरी राजा को बिरुद्ध मा ।

    नेपाली जनता पुरै भेडा नै हुन । म पनि तेही भेडा मध्य एउटा पर्छु । हो ६०१ जना ले सासन गर्नु भन्दा १ वटा ले ससन गरेको राम्रो हो । तर सासन कस्ले गर्ने तेस्मा भर पर्छ । हामीलाई न राजा ले चित्त बुझाउन सक्छन न त बाबुराम र प्रचन्ड ले । हामी आफु मै चित्त बुझाउनु पर्छ र जनता ले सासन गर्नु पर्छ । हामीलाई जनता को सासन चाहिएको छ । कुनै हत्यारा को हैन र कुनै जङली को पनि हैन

    Reply
  12. Arun Kalwar says:
    July 5, 2012 at 3:41 am

    शत्रुलाई कहिलै कमजोर नठान्नु । यो पनि नेपाली कुनै सपुतको भाषा हो । यो देशको इतिहास त्यति बेला सम्म मात्र बलियो थियो जब सम्म भारतमा इष्ट ईण्डिया कम्पनी थियो । यो देशको शाशक त्यति बेला सम्म मात्र बलवान थिए जब सम्म जनता ज्ञानहीन थिए । यो देशको इतिहास तब कमजोर भयो, जब देशमा माओवादी द्धन्दकालमा हज्जारौँ निहत्था नागरिक मारिए र उन्माद र डरले मात्तिएका ज्ञानी र बिद्धान जनताहरु मूकदर्शक भएर हेरिरहे । अब त्यहि अधबेस्रो बुद्धिहीन र विवेकहीन मति भएका जनता नै हुन् अहिले यहाँ गलत गर्नेलाई तैँले गलत गरिस् है भनेर खबरदारी नगर्ने र सही मार्गमा चल्न खोज्नेलाई समर्थन गर्न नसक्ने । हिजो हजारौँ नेपाली नागरिकलाई एकै चिहान बनाउने प्रचण्ड त सुध्रिएर नेपाः राज्यको प्रधानमन्त्री हुने अधिकार छ भने, त्यहि प्रचण्डको मतियार बाबुराम त अहिले देशको प्रधानमन्त्रीमा डेग नचली अटेर गरी बस्न सक्ने देशमा ज्ञानेन्द्रले मारेकै भएपनि आफ्नै दाजुभाई मारेको हो । उसले चाहिँ किन मोह प्रकट गर्न नपाउने ? देशमा आमूल परिवर्तन ल्याउने क्रुद्ध नारा बोकेर हिँड्ने माओवादीको द्धन्दकालमा माओवादीबाट मारिएका नेपाली जनतालाई र ज्ञानेन्द्रले मारेको मान्छेको हिसावलाई भागा गरेर त्यहि प्रतिशतलाई मान्यता दिँदै उसलाई भूमिका निर्वाह गर्ने स्थानमा राख्न कोहि सक्छ ? छ सय एक जनाले गरेको निर्णय समुच्चा देशको निर्णायक घोषणा गर्न मान्न सक्ने नागरिकले स्वार्थ सिद्धिको लागि मारिएकाको संख्यालाई एकचोटी नापजोख गरेर अपराधको भागवण्डा गरी तुलोमा लत्रिएको ज्ञानेन्द्रलाई पनि एक पटक चान्स दिने पो हो कि ? सबैको देश बनाउँछु भन्ने हविगत र फुत्किएको हुर्मत देख्दा एक पटक फेरि ज्ञानेन्द्रलाई पनि शक्तिशीन र सत्तासीन बनाईदिउँ न । राम्रो गरे भने सिँहासनमा हालिन्छ । नराम्रो गरे भने कोपरामा फालिन्छ । यसो गरे कसो होला ?

    Reply
  13. pradip says:
    July 5, 2012 at 1:45 am

    “राजसस्था आफैमा खराब हैन बरु ज्ञनेन्द्र, पारस खराब हो”
    तेसैले
    “हजार सुँगुर भन्दा एउतै कुकुर पाल्ने कि घर रछाको लागि”

    Reply
  14. rabi says:
    July 5, 2012 at 12:17 am

    राजाको शाशन पनि चाखेकै हो क्यार ! राजाले आफ्ना भाइ भारदार का आसेपासे सबैलाई बिना प्रतिस्प्रदा लप्टन बानाका थिय ,अझै केहि वर्ष लाग्छ तिनीहरु नेपाल आर्मी बाट रिटैर हुनलाई ! फुपाजु आर्मीको मेजर भाको नाताले राजा ठिक भन्ने तर्क कती सम्म ठिक होला कुन्नि ? हुनत कांग्रेस ,एमाले , माओबादी पनि तेस्तै रछन -तिनको पनि देखियो ! आशा भनेको रदै रहेन अब / बरु जर्मन , फ्रान्स, क्यानाडा, अस्ट्रेलिया बाट नेपालि नागरिकता सहितको प्रधानमन्त्रि /मन्त्रि को आह्वान गर्नेहोकी ? त्यसो भय बिस्तारै हाम्रा नेताहरुले पनि सिक्थे …..

    Reply
  15. dilip gurung says:
    July 5, 2012 at 12:09 am

    यहाँ नेर निरिह बनेको छ नेपाली जनता| राजाले नि उही जनताको रगत चुसे, अब नेता भनाउदाहरु चुस्तै छन्| खोइ त कोल्ले गर्ला देशको लागि केहि?

    Reply
  16. Resham says:
    July 4, 2012 at 11:43 pm

    राजाको सशानले पनि खासै केहि भएन. अनि यो दलको बुडो नेताहरु पनि सहमति गर्न नसक्ने मिल्न नसक्ने देशलाई त डुबाउने लागे . देशलाई एक धिक्का बनाएर लान साकने नया भिजन भएको युवा शक्ति को खाचो छ अब यो देशमा.
    देश टुक्रा पार्ने, भिभाजन लेउने काइते कुराले देश अगाडी चलन सक्दैन हजुर अब .

    Reply
  17. Basanta Thapa Magar,Maryland,USA says:
    July 4, 2012 at 11:33 pm

    सबै भन्दा ठुलो देश र जनता हो \ साशन प्रणाली ,राजा ,नेता,राजतन्त्र ,गणतन्त्र सबै देश र जनताको लागि हो तर आज सम्म यी सबै आफ्नो लागि भए देश र जनताको लागि भएन \
    देश भनेको भूगोल हो जहा हिमाल ,पहाड तराइ सबै पर्छ तर राज्य ,राजा ,नेता सबै सुबिधा सम्पन्न राजधानी र सहर हरुको लागि मात्र भए त्यो अभाब ,अशिक्षित ,अबिकिसित हिमाल ,पहाड र तराइ को लागि भएन \ जनता भनेको सबै जात जाती,धर्म ,रिति ,भाषा ,पेशा ,खानपिन ,बसाइ भएको नेपाली हो तर राज्य केहि शिक्षित भनौदा व्यक्ति र नेता ,ठुला प्यापारी ,ठुला कर्मचारी ,गुण्डा ,अपराधी हरुको लागि मात्र भयो \आम नेपाल र नेपाली जो हिमाल ,पहाड ,तराइ मा बस्ने आर्य खस ,जनजाती ,आदिबासी ,दलित हरुको हितमा बन्दै बनेन राज्य र साशक \
    यो समय भनेको सबै शक्ति असफल भएको समय हो \ राम्रा पार्टी र नेता ले ५/१० बर्ष मै धेरै परिबर्तन देखाउन सक्छन भन्ने उदाहरण बिस्व लाइ हेरे पुग्छ \ प्रजातन्त्र आएको २३ बर्ष भयो यो बीच राम्रो गर्न खोजेको भए देशको बिकाश ,जनताको जिबन स्थर र सिस्टम (कानुन मा रहने र अधिकार को उपभोग )को उचाई र जग बसी सक्थ्यो भने २०० बर्ष एकलौटी साशन गर्ने सुनौलो मौका पाएको राजतन्त्र र राजा हरुले सहि मानेमा देश र जनता प्रति माया ,सम्मान र लगाब भएको भए नेपाल र नेपाली को अबस्था अमेरिका ,ब्रिटेन ,जापान ,स्विजरल्याण्ड भन्दा कम को हुने थिएँन \
    त्यसैले आग्रह र अनुग्रह बनेर होइन आफ्नो छातीमा हात राखी सोच्ने र गर्ने बेला हो यो \ नेपाल र नेपालीको भबिस्य कसले बिगारे ? यो पक्कै हो हिजो र आजका साशक हरुले \
    अब फेरी यिनै लाइ बिस्वास गरेर हामि अर्को गल्ति दोहोराउदै छौ \ पटक पटक को आन्दोलन ,नेता ,पार्टी ,राजा को धोका कहिले सम्म ? के कुनै नेपालीमा,समुहमा देश लाइ माथि उठाउछु भन्ने आट छैन ? त्याग छैन ? गाउ गाउमा ,टोल टोलमा घर परिबार र समाज लाइ राम्रो गर्ने व्यक्तिहरु खोज्नुस ,आफ्नो लागि भन्दा परिबार ,समाज लाइ केहि गर्नु पर्छ भन्ने मानिस रोज्नुस ,देश विदेश जहा रहे पनि आपनो बिचार ,पार्टी ,नेता ,समुह भन्दा माथि उठेर काम गरेका हरुलाई साथ् दिनुस ,नेतृत्व लिन झक झकाउनुस \
    पार्टी ,बिचारको हित भन्दा माथि उठेर गोलबन्द हुनुस नया सक्ति जन्मनेछ \ जात ,भात ,छुवाछुत ,धनि गरिब ,ठुला पद साना पद ,हिमाल ,पहाड ,तराइ ,धर्म भनि ,मानि कुनै भेद्भाब हुने ब्यबहार नगर्नुस \ उमेर ,पद लाइ सम्मान गर्नुस\ जसको क्रियाकलाप गलत छ त्यो चाहे धनि होस् या गरिब ,नेता होस् या जनता ,आफ्नो होस् या पराइ बिरोध गर्नुस ,कानुन हात मा लिएर होइन कानुन लाइ सहयोग गरेर सजाय दिलाउनुस \ नेतृत्व लिने र दिने व्यक्ति लाइ सधै सचेत आखाले हेर्नुस उ के गर्दैछ ,हर हिसाब गरि राख्नुस ,सचेत बनाई राख्नुस \ आउनुस नया सोच ,ब्यबहार र सक्ति को निर्माण गरौ \ देश विदेश जहा रहे पनि आर्थिक ,भौतिक र सोच को सहयोग गरौ \ समय यहि हो \ प्रण गरौ एकदिन हामी पक्कै सफल हुन्छौ किनकि हामी नया सोच र ब्यबहार का हौ आम नेपाल र नेपाली को लागि हौ \ यो र उ भनेर विभाजित नहौ , नेपाली भनेर एक हौ \अधिकार र सम्पन्ता सबै लाइ ! आम नेपाली दाजु भाई !

    Reply
    1. Chetan Nepali says:
      July 5, 2012 at 9:01 pm

      जब सम्म सत्ता, शाशन, प्रशासनमा लिप्त बाहुन्वादि (Brahmanism , जुन इंडिया मा कुनै समयमा उच्चा तह सम्म पुगेको थियो आज त्यो करिब पुरै हटी सकेको छ ) सोचमा परिवर्तन हुँदैन अरु जो सुकैको सोचमा परिवर्तन भए पनि देशमा केहि हुनेवाला छैन ! नेपालमा परिवर्तनको आबश्यकता छ भने यहि मात्र सोच हो “मै मात्रै खाउ, मै मात्रै मोज गरौ, म मात्रै जान्ने सुन्ने, म मात्रै ठुलो, म मात्रै अगाडी छिटो बढाउ, मेरो मात्रै छोरा छोरीले राम्रो शिक्षा पाउन” आदि इत्यादी !

      Reply
  18. बज्रमोहन says:
    July 4, 2012 at 9:33 pm

    यो त गिरिजाको जस्तो आमुर्त ग्राइण्डडिजाइन जस्तै भयो नि कहिले सार्बजनिक नहुने

    Reply
  19. puskar says:
    July 4, 2012 at 7:54 pm

    हामी नेपाली अब राज शस्था होइन,पुरानो नेता होइन, नया बुदी र बिबेक भएको नया नेताको खोजि मा छौ, पुरानो विचार र सोचाई ले नया नेपाल भन्दैन, एक जना राजा ले पुरा देश चलाउनु सक्दैन तेसै ले राजा को खाचो छैन,अशल नेता को जरुरि छ.

    Reply
  20. keshab khanal says:
    July 4, 2012 at 7:25 pm

    सबै साथी हरु को कमेन्ट लगभग पढियो बाहिर नलेखे पनि भन्न खोजेको र लेख्न खोजेको कुरा को आशय चै प्रस्ट बुझिन्छ कि राजा नै चाहिन्छ भनेर . बास्तव मा ज्यान नै नमारी आएको पार्टी कुनै पनि छैन ,सबै पार्टी हरु को इतिहास हेरौ यो सबै ले बुझेकै कुरा हो , यति धेरै पार्टी हरु छन् नेपाल मा नेता हरु कति छन् त सबै ले कति मान्छे मारेर यहाँ सम्म पुगेका छन् त यस्ता हजारौ चोर डाका हरु ले देश लुट्नु भन्दा एउटाले लुट्दा त धेरै फाइदा पनि त छ हामि लाइ. अब कुरा आयो ज्ञानेन्द्रको आखिर ज्ञानेन्द्र ले ज्यान मारेको हो नै भन्ने आज सम्म सत्य तथ्य पनि त आएको छैन के थाहा ,यहाँ पनि राजनीति नै होला त्यसै ले मुटु मिचेरै भन्नु पर्दा देश को कहाली लाग्दो स्थिति देख्दा राजा नै ठिक भन्न बाध्य छु म पनि तपाईहरु लाइ कस्तो लाग्छ ?

    Reply
  21. शशांक लामा, न्युयोर्क says:
    July 4, 2012 at 7:08 pm

    पार्टी खोल्नलाई ह्याउ पनि त हुनुपर्यो !

    Reply
  22. शशांक लामा, न्युयोर्क says:
    July 4, 2012 at 7:06 pm

    मौसुफवादीहरुलाइ दास हुन अझै पुगेको छैन जस्तो छ| निहुरिमुन्टो लगाएर तलुवा चाटन नपाएर अघ्घोरै छटपटी भएजस्तो छ | के गरोस! नानीदेखि लागेको बानी !

    Reply
    1. Chetan Nepali says:
      July 6, 2012 at 2:30 am

      शशांक जी,

      कस्तो कुरा नाबुजेको यी सबै रातो बुढी औलाहरुको लागि त राजा कहाँ राजा मात्रै हो र भगवान बिष्णु पो हो त त्यसैले हो चाहिएको उनीहरुलाई ! के गर्नु गाईको सुसू धेरै खाएर हो कि क्या हो बुद्धि नै भ्रस्ट भए जस्तो छ हाम्रा दाजुभाइहरुको !

      के भन्ने पारसलाई बिष्णुको रुपमा हेर्न खोज्नेहरुलाई !!!

      Reply
  23. Lb Rumba says:
    July 4, 2012 at 6:56 pm

    हुन त मा त्यत्ति पढे लखेको मान्छे पनि हैन | आफ्नो विचार पोख्नु हाम्रो हक हो | अहिलेको परिथिति हेर्दा राजाले पार्टी खोल्ने हैन फेरी राजाले नै देश चलाउने पर्ने अवस्था छ साचि कुरा भन्नु पर्दा अनेक पार्टी हरु देखेर वाक्क लागिसक्यो | कहिले नमिल्ने पार्टीहरु देखेर बरु समय खेर नफालेर राजाले बुद्दि पुराएर अहिले नै राजाले देश लिनु बेस जस्तो लग्यो | जैले बन्द कैले के छैन कैले के ! सानो मा मैले मेरो हाजुर बा र एउटा पण्डित कुरा गरेको ऐले पनि सम्झना छ | १३ पुस्त मा राजा रहदैन र ज्ञानेद्र ३ पटक सम्म राजा हुने योग छ भन्ने कुरा त्यो पण्डित बाजेको स्वर ऐले सम्म याद मा औछ तर अनुहार चै याद छैन |
    २ पटक चै राजा साछी छ ! हुन त मा राजाबादी पनि हैन नेताबादी पनि हैन | आफु पर्यो जनता | अरुले जे सुसुकै भनोस मेरो अफ्नो विचार मा अहिले समयको माग नै हामीलाई राजा चाहिने अवस्था भएको महसुस गर्छु | मेरो विचार गलत पनि हुन सक्छ !!!!!

    Reply
  24. Gemmi says:
    July 4, 2012 at 6:18 pm

    राजतन्त्र फर्कनै सक्दैन भन्ने कुरा त होइन, क्याम्बोडिया आदि देशमा कम्युनिष्ट बिद्रोहपछि राजतन्त्रलाई फेरि फिर्ता ल्याइएका उदाहरण छन् | तर हाम्रो देशको सवालमा दक्षिणी छिमेकीको बलले राजतन्त्र हटाइएका कारण सानो तिनो ताकतले त्यो फिर्त्याइन सक्ने सम्भावना देखिदैन | त्यसमाथि यो सोझो लाइनको राजपरिवार परेन, पहिले नै बढी बदनाम भैसकेको वाला चाहिँ पर्यो |

    Reply
  25. Suman bhote says:
    July 4, 2012 at 5:31 pm

    बिरेन्द्र भए केहि सोच्न सकिन्थ्यो तर…. ज्ञानेन्द्र र परश हुन्न बाबा…. फेरी नेपाल फर्केर उद्दम मचौचा….

    Reply
  26. Resham says:
    July 4, 2012 at 5:26 pm

    होइन हौ अब राजाको साशन र बुदो नेताहरुको सशान्ले हुने वाला छैन. किनकि यो सबै purano साशन परो. तेत्सैले युवा र नया सक्ति उदाउनु जरुरि छ नेपालमा .

    Reply
  27. nagin says:
    July 4, 2012 at 5:03 pm

    बिगतमा ज्ञानेन्द्र मात्र होइन धेरैले धेरै किसिमका कुकार्य गरे जसले गर्यो त्यो बन्यो र चर्चामा पनि आयो तर ज्ञानेन्द्र को मात्र किन खेदो खन्नु . एदी खेदो खन्नु नै छ भने प्रचण्ड र बाबुरामलाइ किन छोड्ने . के इनिहरु भगवानका देन हुन् ? कति कु कार्य भयो उनिहारुबाट ? प्रचण्ड र बाबुराम देश का कु हुन् ……………जब सम्म इनिहारु रहन्छन देश सधै नै कु हुन्छ…..

    Reply
  28. jagan karki says:
    July 4, 2012 at 3:35 pm

    असम्भव भन्ने केहि छैन ..!!
    हिजो जनताले यति सजिलै राजतन्त्रको अन्त्य हुन्छ होला भनेर सोचेका थिएनन भने अब फेरी राजतन्त्र आउदै आउदैन भनेर ठोकुवा पनि कसरि गर्न सकिएला र ..!! आफ्नो देशको बारेमा आफै निर्णय गर्ने क्षमता हाम्रा नेताहरुले बिकाश नगरे सम्म अनि देशलाई सहि बाटो नलगे सम्म केहि भन्न सकिदैन -! केवल अडकलबाजी मात्रै त गर्ने हो !!

    Reply
  29. Pranav says:
    July 4, 2012 at 2:57 pm

    खोइ केहि बुझ्ने सकिएन एउटाले ग्रान्ड डिजाइन भन्दै परलोक गए अब अर्को लिखतको कुरा गरेरै परमधाम हुने भए! यो कस्तो बिडम्बना हो भन्ने मात्रै देखौना नसक्ने हरुवा गोरुको छेरुवा दाउ भनेको यही हो

    Reply
  30. kshitij says:
    July 4, 2012 at 2:55 pm

    राजसंस्थासँग लिखित सहमति गर्ने अनि बाहिर चाही ज्ञानेन्द्रको जस्तो हालत हुन्छ भन्दै हिड्ने…..सबै डाकाहरु……

    Reply
  31. Cesar says:
    July 4, 2012 at 1:58 pm

    देश जनताले अब बनाउनु पर्छ……………. किन खाते नेताहरुको/पूर्व राजाको मुख ताक्ने ?

    Reply
  32. prabesh says:
    July 4, 2012 at 12:58 pm

    राजा राख्ने कि फाल्ने भनेर जनमत सँग्रह भएमा राख्ने मा स्वस्तिक ठोकेर आइन्छ ।

    Reply
  33. Alikhit says:
    July 4, 2012 at 12:44 pm

    तेसकी बुहारीको एन्जिओ के भो? कसैलाई थाहा होला?

    Reply
    1. Pramod wf says:
      July 4, 2012 at 7:05 pm

      साथी लाइ बुवा आमा ले नैतिकता को पाठ सिकाउनु भएन जस्त्यो छ …..सभ्य भाषा मा कुरा गरौ साथी

      Reply
      1. sagar says:
        July 4, 2012 at 11:09 pm

        के हो सभ्य भाषा भनेको ? बुबा आमालाई कसैको प्रतिक्रियामा जोड्ने तिमि ज्ञानेन्द्र को हवल्दार कि तेस्की बुहारीको झिंगा धवाउने ?

        Reply
    2. rosi says:
      July 5, 2012 at 7:56 am

      प्रमोद साथी , प्रचंडे ले सिकाएको भाषा होला, अलिखित हरु जस्ता साथी लै , मार्ने , धम्काउने , लुट्ने बाहेक केहि औदैना, अनि राम्रो भाषा त सिक्नु पनि पर्यो ne

      Reply
    3. Pramod says:
      July 7, 2012 at 12:15 am

      ल यहा हेर पटमुर्ख के के काम गरि रहेको छ त्यो संस्था ले . प्वाक्क मुखमा हान्नु जस्तो

      http://www.himanitrust.org.np/index.php

      Reply
  34. Purbi says:
    July 4, 2012 at 12:00 pm

    यो माओबादी भन्दा त राजा नै ठिक होला जस्तो पो देखिन्छ त ? तर के गर्नु राजा बन्ने मान्छे ठिक भयन , नेपालमा यो चाही ठिक छ जस्तो को हि पनि छैन

    Reply
  35. योगेश आदी, न्यूयोर्क says:
    July 4, 2012 at 10:06 am

    ** घैंटोमा घाम… नेताहरु त्राहिमाम..**
    — पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणमा निस्के लगतै गणतन्त्रको मुरली समातेका नेतागणहरु बेसरमा फलाक्न थालेका छन्… होइन, किन यसरी नेताहरु त्रसित ??
    – के नेपाली जनताहरु बेलायती कै इतिहास दोहर्याउन चाहन्छन त !!?

    Reply
  36. ryan says:
    July 4, 2012 at 10:01 am

    हिजोका दिनहरुमा तमाम नेपालीहरुको भाका उस्तै थियो त्यो हो मान्छे मार्न पाइदैन राजतन्त्र चाहिदैन , ज्ञाने चोर देश छोड अनि तेस्तै तेस्तै…………….अर्कोतिर नेपालमा गणतन्त्र एस्थापना गर्नुपर्छ भनेर गर्जेको माओबादी पार्टीलाई समर्थन गरेर बिसाल भोट ले बिजय गराएर सरकारमा पनि पुर्याई छाडे. अहिले माओबादीको शावर डान्स, पोल डान्स देखेपछि फेरी राजतन्त्र माथि लचिलो बन्न थालेकाछन्. एदी राजा गल्ति थियो भने अहिले पनि गल्तिनै हुनुपर्छ र गल्ति मान्छेको समर्थन गर्नु हुँदैन . एदी राजा सहि थियो र छ भने उसलाई दरबारबाट किन गल्हात्याउनु पर्यो ? एदी राजा ज्यानमारा नै थियो भने उसलाई ज्यानमाराको सजाए किन भएन ? तेतिठुलो आन्दोलन किन गर्नु पर्यो ? आन्दोलनमा ज्यान गुमाएका बेक्तिको आत्माले के भन्ला एदी राजालाई फेरी पनि नया दुलही जस्तै गरि दर्बार भित्र हुल्ने हो भने? राज परिबार खतम गर्नुमा माओबादीको हात पो थियोकी ? कसलाई के थाहा ? सहि मुल्यांकन गर्न नसक्ने जनता हरुनै दोसी हुन्. कहिले छोरीको पालो त कहिले बुहारीको पालो भनेर एउटा फाटो सिर्जना गरेजस्तै हो.

    Reply
  37. Krishna says:
    July 4, 2012 at 9:56 am

    जाबो एउटा सानो फिस्टा (कमल थापा) ले के नै गर्न सक्ला र?

    समय ले नै भन्ने ६, सानो झिल्को बाट नै डढेलो सुरु हुन्छ यदि देश जलाउने हैन भने कुरा बुझौ र देश लाई right विंग extremism तिर न लैजाऊ. राजा लाई पनि औचित ठाउँ दिउ.
    प्रोपोगान्डा को सिकार र देश बचाउन गरेको त्याग लाई देशबासी ले चाडै बुझ्नु जरुरि ६.

    Monarchy League Nepal

    Reply
  38. Ramesh Pokhrel Doha - Qatar says:
    July 4, 2012 at 9:45 am

    श्यालले कुखुरा चोर्दिन भन्दा कसैले पत्याउछ ?

    Reply
  39. ram says:
    July 4, 2012 at 8:39 am

    ज्ञानेन्द्र जी, कहिले पुलिस र गार्ड नलिएर बाटोमा आउ. तिम्रो अत्याचार जनता ले अझै बिर्से को छैन.

    Reply
  40. सुदर्शन कोईराला says:
    July 4, 2012 at 8:11 am

    नया पाटी खोलेर जनताको मत जित्नु मजाक होईन । एक पटक ढाट्न सकिन्छ सधै आफ्नो पक्षमा राखिरहन धेरै राम्रा काम गरेर देखाउनु पर्ने हुन्छ त्यसो गर्न नेपालमा छिटै सम्भव छैन । २/४ हजार आसेपासे अगाडी पछाडी लाग्दैमा सबै जनता मेरा पक्षमा छन भनि सोच्नु मुर्खता हो पहिला पनि त्यही सोचले पतन गराएको हो । त्यस्तो कुनै गोप्य सहमति भएको छ भने देखाए हुन्छ सबै भन्दा उत्तम समय यहिनै हो जनताको दलहरु प्रतिको बिश्वास कम हुदै गएको छ । यदी नेताहरुले देशलाई आधात पर्ने समभफौता गरेका छन भने यिनको पनि पत्ता साफ हुन्छ । पूर्व राजा ज्ञानेन्द्र तपाई पूर्व नै बस्नुस यस्मै तपाईको भलाई छ बर्तमान बन्ने सपना देख्नु भयो भने अहिलेको हैसियत पनि गुमाउनु पर्ने छ । अहिलेका जनता महेन्द्रका पालाका जस्ता छैनन् ।

    Reply
  41. Gaurav Nepali "Oodaaseen" says:
    July 4, 2012 at 7:39 am

    राजसंस्था बिनाको पाँच वर्ष लै हेर्दा कमल थापालाई भन्दापनि भारत चीन अनि माओबादी या कांग्रेस एमालेलाई अति आबस्यक भैसकेको छ यिनीहरुको आप्फ्नो अस्तितो बचौनको लागि पनि ! सुन्दा अचम्म लाग्छ परन्तु यथार्थ त्यहि हो !

    Reply
  42. SURENDRA SUBEDI hongkong says:
    July 4, 2012 at 7:25 am

    जुन जोगी आए नि उस्तै हो नारन तिम ले कुरा न बुज्या के कारण?सबै को यो आलो ,पालो देखेर अब त जनता मात्र होइन स्वयंम पार्टी कै नेता हरु पनि वाक्क भए जस्तो देखिन्छ /यो देस को माया न राजा लाई नै छ,न कि नेता लाई नै /छ त केवल सबै साशक हरु मा आ- आफै हिटलर बन्ने यो अवस्था मा राजा आए पनि तेस्तै नेता आए पनि उस्तै /जो आए नि उस्तै हो नारन ……….तिम ले कुरा न बुज्या के कारण ……जय देस नेपाल/

    Reply
  43. Tenjing Gaba says:
    July 4, 2012 at 6:30 am

    ज्ञान ब्रो लाई २ थान फ्री तर अचुक सुझाब

    १. अब हुने चुनाबमा भाग लेउ, जिते गज्जप भै गो तर ,,,,,,,हारे ?
    २. भूमिगत हौ, जनयुद्द सुरु गर

    नपत्याएको ?
    बाबुरामको इतिहास हेर त्

    Reply
  44. ashok says:
    July 4, 2012 at 6:23 am

    ज्ञानेन्द्रले म र्टी खोल्दिन भन्दै जनताबाट फुलको गुच्छा लिनु भनेको एउटा अर्थमा म राजा नै हुन चाहन्छु भन्ने हो ! तर, जाबो एउटा सानो फिस्टा (कमल थापा) ले के नै गर्न सक्ला र? मेरो बिचारमा सरोकारवालाहरुले दिवासपना नदेखेकै राम्रो !

    Reply
  45. धीरज शाक्य says:
    July 4, 2012 at 5:21 am

    आखिर के थियो त त्यो लिखित सहमतिमा? गिरिजाले त्यो बेला त्यस्तो केही भा’ थिएन भन्दै पन्छिएका थिए। तर, सहजै अनुमान लाउन सकिन्छ कि ज्ञानेन्द्रले आफूमा निहित त्यो राजकीय सत्ता अहिलेका घटिया राजनीतिक तस्करहरुलाई त्यसै बुझाएका थिएनन्। भारतीय रोवरमा भएको त्यो कथित सम्झौतामा के-के सर्तहरू थिए? को-कस्ले हस्ताक्षर गरेका थिए त ? त्यस्को मसी सुक्न अघि नै सम्पूर्ण यथार्थता अब जनता माझ सार्वजनिक गरिनु पर्छ। तर त्यसलाई लुकाउन ज्ञानेन्द्रमाथि यो दबाब अझै कहिलेसम्म? राष्ट्र र जनतालाई सधैं अन्योलको घेराभित्र फसाइ राख्ने त्यो देशी र विदेशी अपराधीहरू को-को हुन, यस्को छिट्टै पर्दाफास हुन जरुरी छ।

    Reply
  46. abhi says:
    July 4, 2012 at 5:16 am

    कम से कम राजतन्त्र आए देखि देश जातीय द्वन्द अथवा भनौ गृह युद्ध तिर त जादैन थियो.कम से कम हामि नेपाली नेपली नै भएर त बाच्न पाउथियौं , देशको संस्कृति र मौलिकता त बच्थ्यो, नियम कानून अहिलेको भन्दा त कशीला हुन्थे.हजार कुकुर द्वारा राज गरिनु भन्दा एउटा सिंहको राज राम्रो हो.

    Reply
    1. Gobinda says:
      July 4, 2012 at 2:12 pm

      ज्ञानेन्द्र राजा हुदा सम्म त ल ठिकै होला रे, जब पारस को पालो आउला तब देशको स्तिथि के होला ? तेसैले एक अर्थ मा राजा आएर देश टुक्रिन बाट बच्छ तर फेरी अधिनायक बाद ले देश झन् झन् बर्बर स्तिथिमा नपुग्ला भन्न सकिदैन / देश र देशबासी हरु लाई माया गर्ने एक कुशल शाशक को खाचो छ देशमा /

      Reply
  47. shailen says:
    July 4, 2012 at 5:06 am

    राजाको माया जनतालाई पक्का पनि लाको होइन.राजा आएर सब नेतालाई जेलमा कोचे देखि खुचचिंग भन्दै मन बुझाउन सकिएला भन्ने जनताको आशा मात्र हो.हुन त राजा आएर पनि केहि हुन्न भन्ने सब लाइ थाहा नै छ.राजा नै आएपनि तेही राजाको नोकर चाकर आसेपासे दुइपैसेहरुको फुर्ति र धमास जनताले सुन्नु पर्ने हुन्छ.जनताको पैसाले चल्ने देशमा जनताकै छोरोले देश चलाउनु पर्छ.राजाको नोकरहरुलाई हाम्रो पसिनाको ढुकुटीबाट डकारेर हामीलाई नै खीसीगर्ने छन्.नेता र राजा दुबैलाई ठिक पार्ने बुद्दी गरौ बरु.लाचार बनेर हातखुट्टा छोडेर राजा गुहार्ने बेला होइन.बेलैमा सोचौ

    Reply
    1. saroj says:
      July 4, 2012 at 5:22 am

      राजाको नोकर चाकर आसेपासे दुइपैसेहरुको फुर्ति र धमास जनताले सुन्नु पर्ने हुन्छ यो चाही एकदम ठिक हो के .

      Reply
    2. rajan dahal says:
      July 7, 2012 at 4:19 am

      राजाको बिरुद्द बोलेर पनि लाइक धेरै भाको कमेन्ट येही मात्र हो.तपाइको लेखाई सैली लाइ मान्नु पर्छा शैलेन जी ! मेरो पनि एउटा लाइक हजुर लाइ.

      Reply
  48. Arpan raj Kharel says:
    July 4, 2012 at 5:04 am

    राजा पनि एउटा शक्ती हो यो सबैले मान्य पर्छ । राजासंगको जनमतलाइ पन्छाएर गरिने राजनिति सफल हुदैन । यो शक्तीलाई पनि देश बिकासमा सहभागी गराइनउु पर्छ ।

    Reply
    1. sagar from australia says:
      July 4, 2012 at 8:45 am

      बकम फुसे कुरा नगर साथी
      तिम्रो कुरा नेता को भासन भन्दा फरक केहि छैन

      Reply
      1. sunil says:
        July 4, 2012 at 1:08 pm

        सगर जी अस्ट्रेलिया गएर खतरा भैयो कि क्या हो सागर फ्रोम अस्ट्रेलिया नै लेख्नु पर्ने. आइले जो पनि विदेश मा छन् है बिदेशिएर ठुलो भैदैना है.. आफ्नो देश मा बसेर कुनै रुप मा सेवा गर्नुस . बाबा फ्रोम अस्ट्रेलिया .. जुलिया गिल्लिअर्द को दिने हात नै हो कि क्या हो

        Reply
  49. jeevan verma says:
    July 4, 2012 at 4:56 am

    हामीलाई राज गर्ने राज होइन देश को मुहार फेर्न सक्ने जंगबहादुर चाहिएको छ जसले दुइ ठुला छिमिकी लाई पत्तै नदिँ देश लाई स्वतन्त्र पार्न सक्छ|

    महेन्द्र को जस्तो दुर दर्सिता, मदन भण्डारी को जस्तो बक्पतुका, गणेश मन को जस्तो निर्भिकता, अनि मन मोहन जस्ता सरलता जस्तो गुण ले भरिएको नेता चाहिएको छ जसले छले, झले, चले र गले जस्ता लाई तह लगाई दिन्छ |

    Reply
    1. Pramod wf says:
      July 4, 2012 at 6:53 pm

      राजतन्त्र चाहिएको हैन राजसस्था चाहिएको हो

      Reply
  50. ayushnaram says:
    July 4, 2012 at 4:53 am

    चाहे जसले जे भनोस कुरा त अलि अलि मिल्दै गैरछा कि कसो हो.! माओबादी क्रान्तिकारीहरु सब का सब दलाल निस्के बरु अलिक कमि बेसी हेर्ने हो भने राज संस्था नै ठिक जस्तो लग्यो , राजा हुने हो भने कमसे कम देश को टुक्रा टुक्रा पक्का हुन्न जस्तो लाग्छ मलाई त …….

    Reply
  51. sures says:
    July 4, 2012 at 4:42 am

    हैन नेपालमापनि कोहि न कोहि त भारतमा जस्तै “आना हजारे” कोहि छन् कि? बरु खोज तलास गर्ने कि ? भास्त्रचार , दण्डहीनता रोक्ने हो भने कुनै बाद चाहिन्न (चाहे माओबाद होस् अथव समाजबाद) देस विकास गर्न लाई.

    Reply
  52. Bishal says:
    July 4, 2012 at 4:28 am

    राजा भनेका कुबेर हुन् धन को लालसा हुन्न……इ दरिद्र नेता हरु त पैसाको लागि सदै चुस्न मात्र खोजिरहन्छन तेसैले साथी हो मलाई त दरिद्र नेपाली नेता भन्दा ……..कुबेर राजाले नै देस चलाए राम्रो हुन्थ्यो जस्तो लाग्छ हो ………….सिस्नुको झाँगमा कोदालो फालेर घर घरमा लुट्दै एती र उति चन्दले हामी देस र जनताको लागि लड्ने योद्धा हौ भनि कति सोजा सजलाई मारे, कति लाइ बिदेस जान बाद्य पारे, अहिले खै के गरे ति भुस तिक्रे नेता भनौदा ले ……………कसैले रातो पासपोर्ट , बेचे कसैले जाबो एस यल सी पास गर्न पनि अर्कैलाई परिछ्या दिन लगाए …………..येस्ता औठा छाप ले देस बनुला भनि हामी ले नेता को पछ्यामा बोल्नु त हाम्रै दिन बिग्रनु जस्तो लाग्छ हो …………………

    Reply
    1. पुष्प says:
      July 4, 2012 at 8:17 am

      राजा कुबेर होइन, काला व्यापारी हुन्, जसले जनताको रगत पसीना चुसेर आफ्ना भकारी भर्छन् । जनता जान्ने बुझ्ने होलान् भनेर ज्ञान बाँड्नबाट वञ्चित बनाउँछन्, तर जब जनता अलिकता सजग हुन्छन् तब जनतालाई ज्ञान दिने भन्दै आफ्नै गुणगान रट्न लगाउँछन् । कमसे कम नेता भनेको हामी जनतामाझबाटै चुनिने हो । आज अगतिला ठहरिएका नेता भोलि सजिलै घोक्रेठ्याक लगाउन सकिन्छ; ज्ञानेन्द्रलाई सकियाथ्यो ?

      Reply
      1. abhi says:
        July 4, 2012 at 8:57 am

        कसलाई घोक्रेठ्याक लगाउन सकिन्छ? प्रचण्ड र बाबुराम लाइ?हजारौं मान्छेको खून पिएर आएका हरु यतिकै जानेछन भन्ठान्नु भंएको?हेर्दै जानुस…..बिस्तारै बिस्तारै सहरमा नै जंगल राज हुनेछ नेपालमा अब. अनि हेर्दै जानुस…..जातीयताको नाम मा देश टुक्रेको पनि देख्नु हुनेछ तपाइले. भारतमा यसलाई भोट ब्यांक पोलिटिक्स भन्छन जुन अहिले माओवादीले गरि रहेको छ. कुनै जात अथवा धर्म लाइ उचाल्यो अनि त्यहि बाट राजनीति गरेर देशलाइ टुक्रायो……हेर्दै जानुस यो ज्यानमारा माओवादीले अझ कतिको तातो रगत को खोला बगाउने छन्.

        Reply
        1. पुष्प says:
          July 4, 2012 at 10:29 am

          लोकतन्त्रमा घोक्रेठ्याक लगाउने भनेको मतले हो । तर माओवादीले चुनाव गरौंभन्दा हुँदैन भन्नेहरूलाई पो कसरी घोक्रेठ्याक लगाउने ! ‘जातीय’ संघीयतालाई कुरै नबुझी विरोध गर्नेहरूले हो जातीय द्वन्द्व बढाउने ।

          Reply
        2. Gobinda says:
          July 4, 2012 at 2:23 pm

          सोरै आना सहि लग्यो / कुन नेता लाई घोक्रे ठ्याक लगाउन सकिओ त आज सम्म ??
          उल्टै नेता हरु ले जनता को मनोभावना मा घोक्रे ठ्याक लगाउदै देश टुक्रा टुक्रा पार्न लागेको छर्लंग छ / मलाई लाग्छ कुनै पनि नेपाली को मन मा देश टुक्रा टुक्रा पार्नु पर्छ भन्ने छैन,

          Reply
      2. pradip says:
        July 5, 2012 at 1:39 am

        राजाले रगत, पसिना हैन मात्रै पसिना खाएको हो एदी तपाई राजाको खर्चलाई count गर्नु हुन्छ भने तर तपैका नेताले रगत र पसिना मात्रै खाएनन नेपालीको रगतको पोखरी बनाएर पौडी नि खेले र त आइले कोहि सिंहदरबारमा पाउर मार्दैछन कोहि लाजिम्पाट दरबारमा !!!

        Reply
    2. गगने says:
      July 4, 2012 at 11:43 pm

      “राजा भनेका कुबेर हुन् धन को लालसा हुन्न…”
      हाहाहाहा!!!
      क्या महान सोचाइ र बुझाइ रहेछ साथीको!
      तर, देशनै ख्वार्लाप्पा आफ्नो भुधिमा हाल्न पायपछी कसलाई पो धनको लालसा होला र गाठे!
      जति मन लाग्यो भत्ता लिन पाई हाल्छ ब्यापार ब्याबसाय जे गर्न मन लाग्यो रोकतोक छैन! कसैको छोरी बुहारी चैयो उठाउन पाई हाल्छ! अनि किन धनको जरुरत पर्दो हो यी कुवेर लाइ गाठे!
      धन्न हो राजा भक्ति को सोचाइ र बिचार!
      – राजा बन्न पाछैन हप्ता दश दिनमै आफ्नो भत्ता अकास्यायर ६८ करोड बनायको बिर्सियाको हो?
      – बायुसेवा निगमको बिमान लाइ निजि सरह उड़ायर ताम न धाम कुन कुन अफ्रिकन कन्ट्री सिर गरेको बिर्सियाको हो?
      अरुकती कुरा जानकारी गराउने कुवेर हरुको बारेमा? यी त सोझै हाक्काहाक्की देख्क्हल भय अदृस्य को कुरा त नगर्दानै बेश!

      Reply
  53. ryan says:
    July 4, 2012 at 4:16 am

    ज्ञानेन्द्र राजा पनि भयो, प्रजा पनि भयो अनि प्रजा तन्त्र पाटीको नेता पनि भयो …………..अझपनि प्रतीछ्यामा छ केहो पारा एस्तो .

    Reply
  54. दिपक says:
    July 4, 2012 at 3:40 am

    यि नेता हरुले त देश टुक्रा टुक्रा पर्ने भइ सके | यदी हामी सबै चुप लगेर बस्ने हो भने पार्छन पनि । यदी तिमी साचै नै पृथ्बी नारायण शाह का सन्तान हौ भने चुप लगेर नबस् | अब फेरी देश मा पृथ्बी नारायण शाह खाचो छ्| तिमी अगि बड हामी सारा जनता तिम्रो पछी छौ

    Reply
    1. Swaniga says:
      July 6, 2012 at 4:13 pm

      दिपक जी तपाई नै होला पृथ्बी नारायण शाह का सन्तान, होइन भने तपाइको आमा लाई सोध्दा हुन्छ | हामी त देशलाई माया गर्ने नेपाली मात्र हो. राजाका अन्ध भक्त होइन

      Reply
  55. Gaurav Nepali "Oodaaseen" says:
    July 4, 2012 at 3:24 am

    राजसंस्था नेपाली जनतालाई चाहियको छ वा छैन त्यो आफ्नो ठाउँमा होला तर, राजसंस्था जसले हटायो भनियको छ/ देखईयाको छ उस्लैनै आबस्यकता परेर आयको देख्दा पो हाँसो लग्न थालेको छ !

    Reply
  56. गगने says:
    July 4, 2012 at 3:23 am

    हात्ती हरुले पनि पार्टी खोल्छ र?
    झनै सेतो हात्ती!
    बसीबसी एकसरो ६८ करोड कुम्ल्यौना पाय कस्लो पार्टी खोल्दो हो!
    पार्टी त जनमत हुदा वा लिन, बिचारको सैद्दान्तिक राजनीति गर्न जनतालाई सामेल गराउन पो खोलिन्छ त! राजतन्त्रमा न कुनै सिद्दान्त हुन्छ न कुनै बिचार हुन्छ यो सिर्फ हुन्छ त दाइ मारे भै राजा बाउ मरे छोरा राजा किन र कहा कसको लागि पार्टी?
    छोरालाई राजा हुन बाउको काल कुर्नु सिवाय अरु केहि गर्नु पर्दैन!
    भाई लाइ राजा हुन मन लागे दाइ लाइ परलोक पुर्याइदे भैहाल्यो!
    अनि किन चाहियो पार्टी?
    ‘म राम्रो राजनीतिज्ञ हुनसक्तिन, राजाकै रुपमा ठीक छु।’
    ज्ञानेन्द्र त झन् राजाको रुपमा एक दम ठिक छ सोह्रै गुणले सम्पन्न! पाय त् एकदम ठिक हो र छ!
    दिमाग चाहिन्न, सिद्दान्त बिचार आदर्श केहि चाहिन्न! सिर्फ राजा भयो आफ्नो भत्ता बढायो घुम्यो फिर्यो निहुखोज्ने जनताको सिकार खेल्यो नभय हरिण पोल्यो हाइ सन्चो आराम!
    मोहोर चढाउन आइहाल्छन! खुट्टा पखाली पानि खाइ हाल्छन!
    जयजयकार गर्ने आसेपासे खुराफाती जत्तिनी छदैछ!
    राजा त अझै मैले पाय त यो ज्ञानेन्द्र भन्दा पनि राम्रो बन्दिन्ठे हुला!
    नेता बन्न त हिम्मत चाहिन्छ, जनता र जनमत चाहिन्छ, एउटा शिद्दांत आदर्श र बिचार चाहिन्छ! सयौ संग प्रतिस्पर्धा गर्नु पर्छ! टिकिरहन काम गरि देखाउनु पर्छ! जनताको मन जित्नुपर्छ! अब यो कुरा ज्ञानेन्द्र संग खोजेर पाइन्छ!
    हिम्मत छ र आफुमा बिश्वास छ अनि देशको लागि गर्छु गर्न सक्छु भन्ने आठ छ एउटा बिचार सिद्दान्त छ भने पार्टी खोलेर मैदानमा आय भाई हाल्छानी!
    यी नेताहरु असफल भैदिय यिनीहरुलाई जनतामा बित्रिष्णा फैलाउन पाय यिनीहरुलाई पन्छायर फेरी राजा हुन पाइन्थ्यो भनेर किन ढुक्नु नि!
    पहिले कमला थापा र केहि नेता प्रम बन्न राजाको पाउ परि मोहोर चढाई जी हजुरी गर्थे अहिले यी पूर्व राजा फेरी राजा बन्न आफैले नालायक भनेका आफ्नै पाउमा मोहोर चढाउन आयका र तिनै मान्छेहरुको (कमल थापा, माकुने, शेरे आदि)को मुख ताकी रहेको छ !
    समयले कोल्ट्यो फेरेको भन्या यहि होला सायद!
    राजा बन्ने सपना छाडेर निस्वार्थ देशहित र जनताको सेवा गर्ने हेतु पार्टी खोलि आयमा बरु यो गगने पनि सदस्य बनेर लाग्न बेर छैन तर राजा भन्या,
    “त्यो भन्या तेस्तै हो!”

    Reply
    1. Debendra says:
      July 4, 2012 at 1:17 pm

      म गगने जी को विचार मा सहमत छु / राजतन्त्र हुदा यहाँ कमेन्ट लेखे साथीहरुले राजतन्त्र अथवा राजा – राजपरिवार को बारेमा चुइक्क बोल्न सक्नु हुन्थ्यो? अहिले नेता ले गरेको काममा हामी आफ्नो असन्तुस्टी-असहमति जताततै पोख्न सकी रहेका छौ, किन त? यो नै प्रजातन्त्र को गहना र सकारात्मक पक्ष हो/ सबै मित्र हरु ले यो बुझ्न जरुरि छ कि राजतन्त्र भैरहेको थियो भने तपाई हामीले ”Mysansar ब्लग देख्न पनि पाउने थिएनौ भने एस्ता कमेन्ट लेख्ने कुरात सात पाताल मुनि हुनेथिए / सालोक्यजीले Mysansar ब्लग खोल्दा आफ्नो नाम कसको डरले लुकाउनु भयो, त्यहि राजतन्त्र को डरले होइन र?, जसको बिरोध गर्दा मान्छे गाएब भाको पत्तो पनि कसैलाई नचल्ने परिपाटी थियो / सबैलाई यो कुरो चेतना भया /

      Reply
      1. Pramod wf says:
        July 4, 2012 at 7:02 pm

        यो सबै तिम्रा नेता ले गर्दा भएको भनेको DEBENDRA जी??? सर्वोच् ले गर्दा भएको २ – ४ जना ठुला बडा भनौदा लाई कोच्देयो तै हुना ले हो साथी …..हिजो मावोबादी लाइ चन्दा नदिदा मान्छे मरेको क राजा भएको ले गर्दा????

        Reply
      2. Arun Kalwar says:
        July 5, 2012 at 4:11 am

        लोकतन्त्र भनेको त असन्तुष्टी पोख्ने हिँजडा चौतारी नै हो है देवेन्द्रजी , उहि असन्तुष्टी पोख्ने मात्रै त हो नि, लछारोपाटो लाउन सक्ने केहि होइन । के लोकतन्त्र भनेको गनगन गर्ने गनगनेहरुको बपौती हो ? विश्वका मान्छेहरु विचार र बिद्धताको शिखर चढेर छलांग मार्दै कहाँबाट कहाँ पुगिसक्यो । तपाईं हामी भनेको चाहिँ नेताले बिगार गर्छन् र असन्तुष्टी पोखौँला भनेर बाटो ढुक्दै बस्ने र तपाईं हामीले पोखेको असन्तुष्टीमा न त कुनै प्रतिकार गर्ने न त स्वीकार गर्नेहरुको हुक्के त हो रहेछौँ भन्न खोज्नुभएको प्रष्ट भयो नि ? तपाईंहरु जस्ताकै यस्तो कारुणिक सोचले गर्दा देश कुन अधोगतिको मार्गमा पदार्पित भैसकेको छ । अब त हामी सबैलाई लाज लाग्नु पर्ने हो ।

        Reply
  57. KIran says:
    July 4, 2012 at 2:31 am

    खोइ, नेपालीको कर्म मा धोखा र बेईमानी ले नै सधै साथ दियो | उज्ज्वल भविष्य को त अब आशा नै छोडी दिएँ | बिदेशी को स्याउ भन्दा आफ्नो नासपाती मिठो भन्ने आहान त निक्रिस्ट भयो जब स्याउ फल्ने बोटको जरै उखेल्नमा हाम्रा राजनतिक वर्ग लागेका छन् | तिनलाई देश को माया छैन , आफ्नो निजि स्वार्थ नै ठुलो भयो | अब नया .पिढीले चुप लागेर बस्ने दिन गयो, पाखुरामा भएको बल र मस्तिष्क को प्रयोग गर्न ढिला गर्नु भएन |

    Reply
  58. raj ,USA says:
    July 4, 2012 at 2:26 am

    अहिलेको समय लै हेर्ने हो भने ,बरु राजाको बेलामा कमसेकम शान्ति ,अमन चैन सबै थियो ,अहिले देश र जनता लाइ चिथोर्ने र कोपर्ने भुतहरु को रजाई चल्दै छ ,देश लै हाक्ने कोइ पनि मर्द छैन ,सबै नामर्द छन् खाली हातमा चुरा र जिउमा सारी लाएर हिड्न बाकी छ ,तेसैले बरु राजतन्त्र धेरै जाति .

    Reply
  59. skpnepal says:
    July 4, 2012 at 1:54 am

    ज्ञानेन्द्र राजा को रुप मा होइन राजनीतिज्ञ बनेर आउ.तिमि पनि चोर थियोउ ऐले अलि सुध्रेको छौ कि!!

    Reply
  60. Shankar says:
    July 4, 2012 at 1:43 am

    सबै भुतपुर्ब प्रधान मन्त्रि,न्यायाधिस ,सभामुख लाइ आजिबन बिदेसी प्राडो गाडीहरु ,आवास सुबिधा र भत्ता हरु ??
    यो निर्णय कसको ?गरिब जनाताको हो ?यो प्रश्न सौता को रिसले पोइ को काख मा मुत्ने हरुलाई |
    आखा चिम्म पारेर प्रगतिसिल बन्दै ठुला ठुला कुरागर्ने बाबुराम र लुट र लुट्न देउ उनको सिद्दान्त अन्तर्गत भएका निर्णय हुन् |
    हिजो गिरिजा लाइ लेन्डुप दोर्जे भन्थ्यो ,आफै ”र ” को खुफिया एजेन्ट रहेछ यो बाबुराम |
    अब कुरा गरौ ज्ञानेन्द्रको !!
    हिजो पृथ्बी नारायण ले हात मा खुकुरी लिएर नेपाल एकीकरण गरेका थिए |
    अब तिनका बम्सज ज्ञानेन्द्र ले पुजा गरि ,गरि राजतन्त्र फर्काउने भए जस्तो छ |
    एउटा कुरा के सोच्न पर्ने हुन्छ भने ,यदि ज्ञानेन्द्र साचिकै हत्यारा थिए भने किन तेस्तो विसं परिस्थिति मा पनि नेपाल मै बसे ?

    Reply
    1. Debendra says:
      July 4, 2012 at 1:26 pm

      अनि जाने कहाँ त्? भागेत् आफै प्रमाणित भै हाल्थ्योनी! अब प्रमाण सबै मेटिएको अबस्थामा यो भन्दा अर्को उत्तम निर्णय हुने सक्दैन थियो/ फेरी यहाँ बस्दा सिंहासन हातलाग्ने हो कि ! भन्ने आश बाचुन्जेल राखी राख्न पाइयो, हैनर ?

      Reply
  61. Nabin Paneru says:
    July 4, 2012 at 1:40 am

    यदी राज सस्था छदा आमा जनताको समस्या राजालाई जानकारी गराइन्थ्यो भने शायद आज नेपलमा धेरै भाईसक्थ्यो होला भनेर अनुमान लगाउन सकिन्छ , नत यि नेता ले राज सस्था हुँदा राम्रो नत अहिले नै ।। यदी हामीले गहिरियर सोच्यौ भने नेपाल मा १०० यौ राजनीतिक पार्ती जन्मिनु भन्दा एकल राज सस्था नै उत्तम हुन्छ ।

    Reply
  62. Kaji says:
    July 4, 2012 at 1:21 am

    येसो विचार गरौँ त देश को अवस्था ४६ शाल अगाडी
    राम्रो कि ४६ शाल पछाडी आफैं थाहा हुन्छ नि !!!!!

    Reply
  63. Chetan Nepali says:
    July 4, 2012 at 1:03 am

    आफ्नै हातमा पैसा, पवोर, आर्मी, केहि जनता हुँदा त केहि लछार पटार लगाउने हिम्मत नगरी लुसुक्क रानीबन छिर्नेको धाकै ठुलो, अब कसले साथ् दिने त्यहि डाका कमलेले ?? छोरा पर्यो जड्याहा अरु कसले दिने साथ् ??? नातिले साथ् दिने बेलामा त परम धाम होला खुरुक्क धर्म कर्म गरि शान्तिले नबसी किन बेकारमा जोगी भैसकेको मान्छे भोगी हुन खोज्छ ???

    Reply
  64. Manjil says:
    July 4, 2012 at 1:00 am

    दिल्ली र बेजिंग धाउनु भन्दा त नारायणहिटी धाउनु राम्रो हुन्छ होला………

    Reply
  65. mb nepal says:
    July 3, 2012 at 11:54 pm

    -नयाँ शक्ति उदायो – अब जनताहरु पहिलेका जस्ता छैनन्! नेताहरुलाई नेपाली जनताले नया नेपाल बनाउने मौक दिएकै हुन । आफुहरु पालो पालो गरी सत्तामा बस्ने अहिले नेपाली जनता लाई गुहार्ने – यसरी नै नेताहरुको पछी लागेर झन्डा बोक्न छाड्नु पर्छ – माओबाद , कांग्रेसबाद्, मार्क्सबाद्, लेनिनबाद यि बादहरु बोकेका पार्टीका सिधान्त, सोच्, आदर्श र मार्गदर्शन कुनै नेपाली बाट सृजित भएका हुन ? हो भने तेस्ता पार्टी पछी पछी लागेका नेपाली दाजुभाई दिदीबहिनिहरु सही बाटोमा लाग्नु भएको छ । होईन भने राष्ट्रियताको सम्रक्ष्यन नेपालबादबाट मात्र सम्भब छ – अखण्ड नेपाल, बिश्वोको एक मात्र हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र – जय नेपाल ।

    Reply
  66. mb nepal says:
    July 3, 2012 at 11:53 pm

    –देशको अहिलेको परिस्थितिले सायद राजतन्त्र अपरिहार्य भएको संकेत गरिरहेको छ/ अहिलेको जस्तो बिदेशी हस्तक्षेप नेपालको इतिहासमा कहिल्यै भएको थिएन। अन्ततः जे जस्तो भए पनि नेपाल राजा विना रहन सक्दैन र २४० वर्षदेखि शाहवंशले नेपालरुपी घर विग्रन–भत्कन दिएको थिएन। अब राजालाई बाचा कसम खुवाएर पूनः राजगद्दीमा पुनरागमन गर्ने बेला भैसकेको छ। देशमा अहिले बिदेशी दलालहरु भन्दा राजसंस्थाको आवश्यक छ। यस कारण राष्ट्र राष्ट्रियता र स्वाधिनताका निम्ती आजै देखी हामी सबै नेपाली जनताले राजा आऊँ देश बचाऊँ को नारा लिएर अघि बढौँ । राजसँस्था रहे मात्र नेपाल रहन्छ । नेपाल रहे मात्र हामी नेपाली रहन्छौँ ।

    Reply
  67. प्रेम पुन, बेल्जियम says:
    July 3, 2012 at 11:23 pm

    दाईको हत्यारा ज्ञानेन्द्र र जनताको हत्यारा पारसले राजा हुने सपना नबोके हुन्छ।देशको स्थिति बिग्रनुमा भूतपुर्ब राजा सहित सबै दलका नेताहरु दोषी हुन।नत राजाको पालामा जनतालाई सुख थियो न त अहिलेनै छ।सबैलाई झुण्ड्याउनु पर्छ।

    Reply
  68. पुष्प says:
    July 3, 2012 at 11:13 pm

    अपुताली पाएको राजसंस्थालाई त ध्वस्त पारे, राजनीति के गरिखान्थे ! फेरि राजा बन्न पाउने सपना देखिरहेका छन् । कमल थापाजस्ता दुइचार आसेपासे अनि तिनकै लहैलहैमा लागेर नागरिक बन्न नचाहने प्रजाको राजा अहिले पनि छँदै छन्, त्यसैमा चित्त बुझाए हुन्छ । होइन भने कुन दिन कमल थापा छोडेर कुलेलम ठोक्नेछन्, त्यसपछि ‘हिस्स बुढी खिस्स दाँत’ हुनेछ । किनकि धन त उनीसँग मनग्यै छ, तर उनी कुबेर होइनन् ।

    Reply
  69. kedar says:
    July 3, 2012 at 11:13 pm

    यो त गिरिजा बाबुले ग्राण्ड डिजाइनको धमास दिएर तेतिखेरको राजतन्त्रलाई थर्काउन र गलाउन खोजेको जस्तो भै हालोनि, अलिक नयाँ नौलो मौलिक पो चल्छ त्, ठ्याक्कै कपी त भएन ज्ञानेन्द्र बाबु

    Reply
    1. Tuyoo Bhaaju Upaasak says:
      July 4, 2012 at 11:54 am

      त्यो त गिरिजेले उसको दाजु संग सिकेको फर्मुला हो नि .
      सानदैले ‘मेलमिलाप’को मन्त्र बनाउँदा त्यहि सोचेर ‘राजा’लाई पनि शत्रंजको मोहरा बनाउन सफल भएको थियो .
      आज पनि धेरैलाई याद होला – “…राजा र मेरो गर्दन एकै ठाउँमा जोडिएको छ है …” भन्थे त्यो दरिवाला बिपी कोइरालो .
      आज हेर्दा साँचो लाग्छ – रक्तपात र षड्यन्त्रको भूमिमा जन्मेको संस्था र पार्टी एक पछी अर्को विस्मृतिको गर्भमा बिलाउँदो रहेछ.

      Reply
  70. Bijay says:
    July 3, 2012 at 10:56 pm

    खोइ अब त कसैको विश्वास लाग्दैन , राजा हुन् कि नेता .. सबै उही जाति का मुला न हुन् !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme