आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु पर्यो पुराना असार १५ का अनुभवहरु हामी सबैलाई। अनुभव नसुनाई अल्छी पाराले खाली ह्याप्पी असार १५ मात्र लेख्न पाइन्न।
काठमाडौँको तीनपिप्लेमा मनाइएको असार १५ को यो पुरानो फोटो रोयटर्सका गोपाल चित्रकारले खिचेका हुन्।
तलका सबै फोटोहरु पुराना हुन्। यी फोटो प्रकाश माथेमा/गेट्टी इमेजेसबाट साभार गरिएका हुन्।
आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गर्छन्।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्षदिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ।
बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ।
रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ।
तलका सबै फोटो सौजन्यः गोपाल चित्रकार/रोयटर्स
यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन।
असार सम्बन्धी एउटा गीत हेर्ने भए यहाँ क्लिक गर्नुस्
माथिका मध्ये २ थान चाहिं नेवार समुदायका देखिन्छ .
रोपाईको अवधिलाई ‘सिनाज्या’ भनिन्छ यो बेला गाइने गीतलाई ‘ सिनाज्या म्ये ‘ भनिन्छ .प्राचिन समयको एउटा गीतको बोल हो –‘ गोपाल धनि पनेमते थनी , सिनाज्या वानेमानी…’
बाउसेले डल्ला फोर्छन खेतको वरिपरी,
रोपाहारले फरिया स्यार्छन घुडै देख्ने गरी !
धानको मुठा हुर्याएर हिलो गालै भरी,
रमाइलो हिले फोटो हेर्छु घरि घरि !!
– असारमा रोपाइको दिन थियो, किस्ने मामाले लेड्कोमा राखेर हामीलाई कुदाउनुहुन्थ्यो / सबै दिन एकै हुदैन रहेछ, मामाले कुदाएको लेड्को गोरूले सन्तुलन गुमाएर आलीबाट उछिट्टिएर म तल खस्दा सबै हाँसेको थियो, केवल म रोएको !!!
हिलो खेल्ने मन कसलाई हुदैन र के गर्ने बाध्यता र बिबश भन्नु पर्छ …….घर जान समय नै थिएन घर गुल्मी जान मात्र दुइ दिन लाग्छ खेत लाई धेरै मिस गरियो काठमाडौँ मा बसेर ………
खेत लाई मात्र मिस गरियो होला, हिलो लाई त मिस गरिएन होला पक्कै!! 😀
सबभन्दा माथिको फोटोमा देखिएको त्यो तिन्पीप्ले मेरो घरबाट जजिकैको हो.यो काठमान्डूकै हो.अनुभब नै भन्दा खेरि रोपाई भन्दा पनि ठिटी ठिटा हिलो छाप्नु रमाइलो हुन्थियो.अहिले त विदेशमा छु सबै साथी संग आज दहि चियुरा खाने याजना बनेको छ.
किसानको छोरो हुँ म असार १५ को अनुभव त कति छ कति, हिलोको अनुभव नगरेको लाइ असार १५ मै हिलो खेल्ने उपुक्त अवसर जस्तो लाग्ला तर हामी लाइ त असारै भरि हिलो खेल्ने अवसर मिल्ने गर्दथ्यो… आफ्नो रोपाई होस् या पर्म मा होस् हामी ठिटा हरुले हिलो नखेले रोपाई अधुरो भएको ठान्थे गाउँका सबैले… आज भोलि एकछिन खेतमा जानु अनि हिलो छ्याप्नु असार १५ मनाउने तरिका हुन गयो तर हामि त बिहान देखि बेलुका सम्म हिलो मै खेल्नु पर्दा हिलो देखेर घिन पनि लाग्ने गर्दथ्यो… त्यहि हिलोमा माया पनि लाइयो… कुटाई पनि खाइयो.. घाइते पनि भइयो…स्याबासी पनि पाइयो… मानो रोपेर मुरी दाइयो…आफ्नो त अझै पनि अंगमा खेतको माटोको गन्ध आएजस्तो लाग्दछ. आधुनिकीकरण र शहरीकरण ले गाँजेको आजको समाज लाइ असार १५ आउनु कुनै चाड आएजस्तो होला तर किसान लाइ असार बाच्ने आधार, आशा र सपना लिएर आउने गर्दछ…..
हिलो कुच्नु कर होला कसैलाई, आँफु लाइ त रहर भो…
रमाइलो त आफ्नै गाउँ, बिरानो त शहर भो….
.
.
असार १५ को शुभ-कामना सबै लाइ…..
असार १५ भन्दा बितिकै सबै नेपालीहरुको मन मा एककिसिमको उमङ्ग जागेर आउछ. काम भन्दा बितिक्कै पछाडी जान खोज्ने अल्छी तिग्रेहरु पनि हिलाम्ये भएका देखिन्चन . फरक किसिमको सांगेतिक भाका र खानाका परिकारहरु असार १५ का बिसेस्ता हुन्. तर बाबुराम र प्रचण्ड लाइ यो प्रबको बारेमा अहिले सम्म थाहा नभएको जस्तो लाग्यो . एदी थाहा भएको भए सबै कुरामा कटौती र परिबर्तन गर्ने मान्छेले असार १५ मा मनाउने यो पर्वलाई धान काट्ने बेलामा मनाउने बनाइदिन्थे . आधि जिबन जंगलमा बिताएका मान्छेलाई धान कसरि फल्छ र कहिले रोपिन्छ के थाहा. साएद चराचुरुंगी हरुको बिस्ट बाट फल्छ जस्तो लाग्छ होला.
के गर्नु आफू बसियो काठमाण्डौमा चाहेरपनि हिलो खेल्न नपाईने भयो । हिलो खेल्नुपनि कसरि यो काठमाण्डौमा चार आनाको घडेरी नहुने म जस्तो बिद्यार्थिको कहाँ पाउनु रोपाईगर्ने र हिलो खेल्ने खेत ।
बाहिर सडक मा जानुस जति पनि हिलो खेल्न/खान पाइन्छ काठमान्डू मा पानि परेको बेला …..पानि न परेको बेला चाइ धुलो खेल्न पनि पाइन्छ…किन धन्दा मान्नु भयो तपाइले. तर हिलो को क्वालिटी चाइ तपाइँ हरु को गाउ घर को जस्तो चाइ हुँदैन है साबधान.
यो असारको महिना माना खेर मुरी उब्जाउने समय हो/ अब हामी कृषिमा आश्रीत भएकोले पनि येश्को महत्व रहिआएको छ / खेति लौदाको दुख फेरी फसल जम्मा गर्दाको आनन्दले सुख लिउने नै छ सबैलाई खुशी आसर है हजुर हो.
यथार्थ भन्दा काठमाडौँका सुकिलाहरुले परिश्रमी किसानलाई जिस्क्याउने माध्यम बनाएका छन असार १५ लाइ/ कहिल्यै हिलो नदेखेका र नटेकेका हरुलाई के थाहा रोपाईंको भित्रि मजा/ न त तिनीहरुले श्रम बुझेका हुन्छन न असारे संस्कृति/ असारे गित गाउनेहरु प्रति सम्मान पनि छैन/ बेठी प्रचलन त अब पुरै लोप भैसक्यो/ सुकिला हरुले यो पेसालाई नै घृणा गरेका छन/
सरकारले किसानलाइ न मल पुर्याउन सकेको छ न सिंचाई नै/ यस्तो अवस्थामा असार १५ को रौनक भन्दापनि पिडा थपिएको छ किसान को टाउको मा/
अनि तपाइँ ले चाइ काठमान्डू लाइ किन गालि गर्या ? सरकार चलाउने को ? तपाइँ हरु जस्तै काठमान्डू बाहिर को इर्स्यालु हरु ले अनपढ, पाखण्डी अन्गुथा छाप ६०१ जना को जमात लाइ जिताएर काठमान्डू पठाउने , अनि खान पाएँ भनेर काठमान्डू लाइ गालि गर्ने. अलिकति बिचार गरेर कुरा गरम है..अहिले को सरकार लाइ गालि गर्नु भनेको तपाइँ हरु आफु ले आफु लाइ ऐना हेरेर गालि गरेको बराबर हो. ..काठमान्डू को मान्छे संग कुनै वास्ता न भएको कुरा लाइ जान्ने भएर न बुझी प्वाक्क मुख मा जे आयो तेही न बोल्दा बेश होला.
अब मैले काठमान्डू को बाहिर बस्ने हरु बाट थ्म्प्स डाउन पाए भुत्रै सिती.
कृषि प्रधान भनिएको हाम्रो देस को लागि असार को पन्ध्र दशैं भन्दा पनि महत्व को चाड हो / जीवन गुजारा को लागि यो काठमाडौँ भन्ने सिमेन्ट को जंगल मा भासिए पछी त त्यो हिलो को सुगन्ध अनि असारे गीत को गुन्जन केवल सम्झना मा मात्र सिमित भए.. यस्तै फोटो हरु हेरेर पुरानो स्मृति मा रम्ने बाहेक कुनै विकल्प रहेन..मानो रोपेर मुरी फलाउने मौसम को मध्य दिन दहि च्युरा संगै …असारे गीत संगै ..जय असार पन्ध्र
मेरो अनुभब मा चि आजको दिन किसान जो खेति गर्छन उनीहरुलाई फुर्सद नै नहुने अनि हिलो छुन डर मान्ने अज धान कसरि रोप्ने भने उपाय नै थाहा नभएकाहरु चि काठमाडौँ लगायत सहरमा बसेर दहि चिउरा खाने भन्दै नाटक गर्ने दिन जस्तो लाग्छ.
असारमा महेन्द्रनगरमा रोपाई गरेको खुब रमाइलो अनुभव छ..हामी त् बच्चा नै थियौ ..त्यो दिन चाही हिलोमा खेल्दा नि घरमा गाली नगर्ने..दिल भरि हिलो छ्यापयो अनि साझा पम्पसेट को नुहायो..तर हिलोमा सर्प नि खुब हुने..आइले सोच्दा डर लाग्छ ..त्यो बेला सर्प देख्यो, अलि २ हात भाग्यो फेरी सुरु..खुब रमाइलो हुन्थ्यो …
के गर्नु घर खेत गोर्खा मा पर्यो, असार १५ को रमाइलो गर्न नपाइने भो ! जे भएनी सबैलाई HAPPY असार १५!!!