Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शक्ति प्रदर्शनको नाममा कार्यकर्तालाई सास्ती

Posted on June 15, 2012June 15, 2012 by Salokya


जेठ-असारको चर्को घाममा कार्यकर्तालाई तताएर सबै पक्षले शक्ति प्रदर्शन गरिसके। अब पुगेन र ? अलि बढी अलि कम मात्रै हो जसले शक्ति प्रदर्शन गरे नि। दुःख पाउने कार्यकर्ता नै हुन्। यसरी सडकमा शक्ति देखाएर पनि कहीँ कुरो मिल्छ ?

माओवादी सभाका थप फोटोहरु। सबै फोटो आमसभा सुरु भइसकेपछि खिचेको हुँ-


मञ्चको दायाँ छेउको कुनाबाट हेर्दा।


प्रधानमन्त्रीले क्यासिनोको विज्ञापन गरेका हैनन्, गर्मी भएकोले पत्रिकाले छेकेको।

71 thoughts on “शक्ति प्रदर्शनको नाममा कार्यकर्तालाई सास्ती”

  1. Suman Gurung (UK) says:
    June 19, 2012 at 8:03 am

    कस्तो कर्येकर्ता त? ठिक्क पर्यो… देश लाइ टुक्रा टुक्रा पारि बेच्न थालिसके अझ पनि पार्टी पार्टी भनि पछी लाग्छन.खोइ कहिले आउला हाम्रो देश को दिन?

    Reply
  2. Sonam Sherpa says:
    June 18, 2012 at 12:25 pm

    नेवार को एक्लै नै यो भन्दा ठुलो थियो है जेष्ठ ६ गते का दिन यहि खुला मन्चमा अब नेपालका ठुला पार्टीले सोच्ने बेला भयो .

    Reply
  3. bikash thapa says:
    June 18, 2012 at 4:37 am

    नेपाल को नेता हरु भनेको दुइ खुट्टे पशु हुन् यिनी हरुलाई बेलैमा चेतना देउ भगवान

    Reply
  4. Nirdosh Krantikari says:
    June 17, 2012 at 2:25 pm

    यी नेताहरुले बोलाको कुनै पनि कार्यक्रममा जनता (कार्यकर्ता) को सुन्य उपस्थिति गर्नु पर्छ अनि मात्र जनता नेता भन्दा ठुला हुनेछन.. जहिले बोलायो तेहिले घाम, पानि नभनी जाने भेडा रुपी जनतालेनै हो यी ठग नेता भानाउदा लाइ सामन्ती बनाको…

    Reply
  5. किशोर शाही says:
    June 17, 2012 at 9:41 am

    हामी जनतालाई बेबकुफ बनाई नेताहरुको दुनो सोझ्याउने काम हो कस्ले कती मान्चे जम्मा गरे यस्तो देखवटी काममा नलागे बेस।।।

    Reply
  6. madan bajracharya says:
    June 17, 2012 at 9:38 am

    जेठ १४, रातको १२ बजे सम्म देसको सबै भन्दा ठुलो पार्टीको भयको र सरकारको समेत नेत्रित्वो गर्दै गरेको मावोबादी दलले आफुलाई तुच्चे फुच्चे, जनताले पत्याउन छाडेको कांग्रेस यमाले भन्दा मै ठुलो देखाउन आफ्नो शक्ति प्रदर्सन गर्नु पर्यो/ यो भन्दा ठुलो बिडम्बना अर्को के होला?

    कांग्रेस यमाले लगायत सबैले पत्यायको, भारतले स्वीकारेको मधेश बादीले अंगालेको पढाईमा अब्बल र आज सम्म भयका कुनै प्रधान मन्त्रि भन्दा बढी जानेको पढेको बाबुरामले संबिधान बनाउन सकेन, निर्वाचित सरकारलाई काम चलाउ स्तरमा झर्नु पर्ने बनायो/

    मावोबादीको समर्थनमा बनेको झलनाथ को सरकार २/३ बहुमतको सरकार थियो/ तर ११ बहुजातीय प्रदेस बनाउने सहमति गरे पछी बाबुरामको संबिधान बनाउन सकेन/ पार्टी भित्र यकता बनाउन सकेन/ ई कुरा भन्दा पनि उदेल लाग्दो कुरा अब कमलथापाको दलसमेत प्रभावित पार्न सक्ने गरि आफ्ना समर्थकहरुलाई खुलामन्चमा भेला गराउन सकेन/ नेपालमा कानाको नाम पनि नेत्र बहादुर राख्ने चलन छ सर्व प्रसंसित बाबुरामको कथा पनि सायद यस्तै हो/

    Reply
  7. bkpandey says:
    June 17, 2012 at 5:24 am

    जनतालाई अझै भेडो बनाउन खोज्ने राजनैतिक दलहरुलाई स्वतन्त्र नेपालीले लोप्पा खुवाएको त खुलामंचमा ‘ रेन्ट ए मब ‘नभाको भए खाली नेता र आसेपासे मात्र हुन्थे. अब युवानेताले यी पुराना भ्रस्ट नेताहरु लाई नाङ्गो बनाई कानुन बमोजिम कारबाही गरि भ्रस्टाचार गरेको सम्पति रास्ट्रियकरण गरि देस बिकासमा लगाउने हो भने हाम्रा युवाले नेपालमा नै काम पाउथे,त्यो खाडीको नर्क मा जानु पर्ने थिएन.प्रकाश दाहाल,उ प्रचण्ड पुत्र मात्रै होइन एवेरेस्ट पनि चढे ‘ र उनीजस्तै युवाले नेपालआमा को हिफाजत गर्नु पर्ने बेला आएको छ हाम्रो,राम्रो नेपालमा . नेताहरुनै भ्रस्ट भएपछी नेपाल सिंगापुर बन्ने कि सोमालिया ????? प्रकाशजी Do द right thing .अगाडी बढ्नुस प्रकाशजी .

    Reply
  8. Sudip Adhikari says:
    June 16, 2012 at 4:08 pm

    गणेशमान सिंह ले त्यतिकै भन्या हैनन! ” जनता भनेका भेडा हुन्”भनेर,घरमा चामल को जोहो गर्न छोडेर जेठ को घाम मा नेताका अब त शरम नै लाग्ने कुरा सुन्न किन जानु? आहिले पनि चेतना नफिरे कैले फिर्छ?दल हरु बहिस्कार गरौ!
    ज्ञानेन्द्र नागार्जुन बाट यिनै दल को रमिता हेर्दैछ! र धमिलो पानीमा माछा परिहाल्छ कि भनेर कुर्दै छ! खबरदार जनता !! तिनका गुलिया कुरा सुन्ने समय हैन यो! तिनीहरुलाई पाता फर्कायारा ४ वर्ष ज्याला लियर पनि कामको माखो नमारेको बिगो भर्न लाउनु पर्छ!! सबलाई चेतना भया!!!!

    Reply
  9. Pradeep says:
    June 16, 2012 at 3:50 pm

    अफिस अफिस मा माओबादी को उर्दी थियो आमसभा मा भाग लिन जनाको लागि, अफिसको काम छोडेर घाम मा सकिन जानुपरेको थियो माओबादीको युनियन मार्फत जागिर बचाउन लागेका कर्मचारीलाई ! अर्कोतिर उर्दी जारि गरि नजानु नभनेको भए भरिन्थ्यो होला खुलामंच ! मान्छे जम्मा गर्ने रहर्नै हो भने रंगशाला मा नेता हरु को कुस्ती आयोजाना गर्दा मानिस पनि धेरै हुन्छन र टिकेट बाट रकम पनि जम्मा हुन्छ ! भासनमा एक ले अर्काको खेदो खनेको देखिन्छ र खुब तालि पनि बज्छ भेडा जनताहरु बाट खुब भन्यो भनेर ! बेलुका नेताहरु गफ गर्छन जनता लाई फेरी उल्लु बनाइयो भनेर अनि भोलिपल्ट बिहान नास्ता संगै हुन्छ ! आज प्रचण्ड सबै नेता को घर मा बिहानै पुग्नु भयो र सबैलाई बेकुब बनाएको कुरा राख्नु भयो ! हामि जनताले जनता हुन नै जानेनौं सबै पार्टीको कार्यकर्ता हुन जानेम ! अफिस मा काम भन्दा राजनीति गर्दा तलब आउने भएर त्येही गर्न थालेम ! आखिर फाईदा कसलाई त …..

    Reply
  10. loyem says:
    June 16, 2012 at 12:00 pm

    यो प्रदसनमा आउने नेपाली जनता चाही भेडा अरे ,एस प्रतिक्रिया मा क्लिक गर्ने हरु चै राजाबादिको गल्लीमा हिड्ने इन्डियन साँढे कि भुसिया हुन् ? यो एस प्रतिक्रियामा क्लिक गर्ने हरुनै देशमा शान्ति नचाहने एकात्मक बादीहरुको पुच्छर हुन्, ?

    Reply
  11. Ashok Magar says:
    June 16, 2012 at 10:21 am

    यो फोटो यसरी सार्बजानिक नगर्दा बेस हुन्थ्योकी सालोक्य जी, थापा बाजे धन्दै चिफ़्लिएका थिए ओलीको बोलि,माकुनेको फुर्ति,तनहुंगे बाजेको घुर्की बिचरा सुशील हजुर बाको जिब्रो कठै बरा,चल्ने छाडेर हट हट्य भएर एकै साथ खुस्किए भने देशले ठुलो क्षेती बेहोर्नु पर्छानी,अनि जिम्मा कसले लिने भन्नुस त् ?

    Reply
  12. योगेश आदी, न्यूयोर्क says:
    June 16, 2012 at 8:27 am

    फिल्मको शुटिंग गर्ने बेलामा भिड चाहियो वा स्टुडियो भित्र दर्शक चाहियो भने; निर्माता निर्देशकले लाइट म्यानलाई ५ जना ल्याउ, क्यामारा म्यानलाइ १० जना ल्याउ, ट्रली वालालाइ १० जना ल्याउ, भनेर बोलाएको जस्तै; – यो राजनीतिक दलहरुले आफ्नो सक्रिय कार्यकर्ताहरुलाई अह्राएर भिड जम्मा गरेको मात्र हो /
    नत्र त कुनै पनि नेपाली जनता कामकाजी नेपाली जनता यस्ता बकम्फुस्से नाटक-मन्चन हेर्न जादै जादैन /
    – भन्नुस तपाईहरु कोहि जानुहुन्छ ??

    Reply
  13. Pratik says:
    June 16, 2012 at 7:35 am

    अझै पनि भेडा-बाख्रा हल्का-फुल्ल्का बाकीनै रैछन !

    Reply
  14. sudip says:
    June 16, 2012 at 7:01 am

    जबसम्म यी नेताहरुले गरेको कार्यक्रम मा जनता गयर ताली बजाउन छोडदैनन तबसम्म यिनीहरु येस्तरी नै मोजमस्ती गरिरहनेछन | खै जनतालाई तातो घाम मा गयर तिनीहरुको झुटो कुरा सुन्न किन मन लागेको होला | मापदण्ड मिलायर ४० लाख सम्मको गाडी लिनु भनेको तिनै पार्टी का नेता माधव, देउबा, प्रचण्ड ले land cruiser लिन लै चै कति चाडो सहमति भाको, सम्भिधान बनाउन भने कसैको समहती हुदैन | यिनीहरुलाई जबसम्म बिर नेपाली सपुत ले गोलि हान्दैन केहि हुनेवाला छैन नेपाल मा |

    Reply
  15. rameswor says:
    June 16, 2012 at 6:50 am

    अब बितेको कुरा बाट सबै नेपाली दाजू भाई दीदी बहिनी हरुले पाठ सिकेर मेरो देश भन्ने सम्झेर कुनै पार्टी वा नेता को भेडा बाख्रा नभई चुनाब मा हाम्रो चाहना के रहेछ भन्ने देखाउनु पर्छ अब फेरी बल हाम्रो हातमा आएको छ अब बिबेक प्रयोग गरु बितेको कुरा पछुतायेर केही अर्थ छैन कोही त सपूत निस्केला केबल मेरो देश भन्ने

    Reply
  16. SURENDRA SUBEDI hongkong says:
    June 16, 2012 at 6:38 am

    यस्तो तातो घाम मा पसिना पुस्दै ताली पड्काउने दिन अब गया, सबै जनता ले नेता लाई साथ दिने दिन पनि गया, सबै राजनीति का ब्यापारी हरु लाई चेतना भया/ डाका ,फटाहा हरु लाई अब पनि अगी लाएर हिड्नु भनेको मुर्खता सिबाय अरु केहि हुन्न भन्ने सबै मेरा प्यारा देस बसी हरु मा चेतना भया …जय देस नेपाल….

    Reply
  17. Raju Nepali says:
    June 16, 2012 at 5:40 am

    यो सभामा पनि लाखै पो आएछन त, ठ्याम्मै कमल थापाको सभामा जस्तै !

    Reply
  18. razen says:
    June 16, 2012 at 4:08 am

    मलाई त पार्टी पार्टी बीच दोहोरि खेले जस्तो लग्यो | एउटाले टुक्का भन्यो अर्कोले जवाफ फर्काईहाल्यो | सुन्ने जनताहरु पनि कस्ता फेरी, धत्तेरिका |

    Reply
  19. Deep says:
    June 16, 2012 at 2:33 am

    It’s so sad!!!, why do we still follow this selfish group, so called revolutionary……….
    Why don’t we understand who pushed the country a decade back, who killed so many innocent people, and who still want to play with the people and country dividing the unique family in the world in the name of castes, and who want to exhibit the character of Ram Shah talking in hello sarkar, visiting the villages for their own hidden personal interests.
    Please let us ask ourselves such thousands of questions before giving time to such enemies of mother land.
    We all want change, development, peace and moreover national identification in the Universe.
    May all we be blessed with awareness for the love of motherland.

    Reply
  20. T Dhakal says:
    June 16, 2012 at 2:12 am

    बरु काम प्रदर्शन गरे हुने नि…. तेती धेरै मान्छे लगेर खेत जोतेको भए एक दिनमा आधा जिल्ला नै जोति भ्याइन्थ्यो होला/ सडक खनेको भए दस किलोमिटर सकिन्थ्यो होला/ शक्ति प्रदशन भनेर रिस प्रदर्शन गर्न हुदैन…. सामर्थ्य प्रदर्शन गर्न पर्छ/ रिसाउन त हाम्रो घरको काले गोरुले पनि जानेको छ/ तर तेस्ले दिन भरि जोतेर देखाउछ पनि… तर खोइ? यति धेरै मान्छे भेला भएर खाली अर्कालाई गाली मात्र गर्ने? म त भन्छु… गाली खाउ तर काम गर…./

    Reply
  21. Suprabhat shrestha says:
    June 16, 2012 at 1:04 am

    नेता भनाउदाहरुको नौटंकी जनताले पनि कति पत्याउनु/जनताले अब भने बुझ्न थाले छन/ झुटा अस्वाशन,झुटा भाषण,अनि आफु बस्ने महल,जनताको झोपडीमा डोजर /अब यी सबैलाई बहिस्कार नै गर्नु पर्छ/त्यसमापनि माओबादीको नाटक त कति कति/यस्तालाई पनि कसैले बिस्वाश गर्ला?प्रचण्ड भन्ने मान्छे त चंखे बादर नै हो/बाबुराम हाँगामा फल पके बाबुराम हाँगामा ,बैद्य हाँगामा फल लागे बैद्य हाँगामा/यी दुइ हाँगामा चाली चाली खान पलको हो/अब भने बैद्यले ठिक पार्दै छन/

    Reply
  22. tul bahadur pariyar says:
    June 16, 2012 at 12:44 am

    पुर्व लडाकुको भत्ता अनि भ्रस्टाचार गरेर राखेको पैसा एक दिनको ज्यालाको रुपमा दिएर ल्याएका ज्यालादारी हरु पनि देखिए अलि अलि !

    Reply
  23. paru sherestha says:
    June 16, 2012 at 12:30 am

    माओबादीको जति त कमल थापा ले पनि मान्छे भेला परेको हो २२ दल को लगतै भोलि पल्ट पनि ,तिमि हरु यत्रो दिन ग्याब राखेर पनि यति मान्छे हुनु अब त जनता ले तिमि हरु को नौटंकी कुरा पनि बूजे जस्तो छ ,

    Reply
  24. भुवन गुरुङ- Dubai says:
    June 15, 2012 at 11:33 pm

    जनतालाई भेडा बाख्रा जस्तो चराउन सकिन्न अब ! नेता चाँही करोड पर्ने बङ्गलामा बस्ने आनि जनता चाँही सधैं झुपडीमा बसेर सधैं उनिहरुको जय जयकार गरेर बस्ने ? जब सम्म यो अहिलेको नेताहरू परमधाम जादैनन तब सम्म नेपालमा शान्ति हुदैन। हे यमराज ! सहयोग गर्नुस् !!!

    Reply
    1. मणि चौधरी says:
      June 16, 2012 at 10:11 am

      कुरा बुझ्दा खेरि अब जनताले यी नेतालाई पत्ताउअन् छोडे जस्तो छ. माओवादी र अरु दल को भन्दा त कमल थापाको सभा मा मान्छे धेरै देखिए. यसबाट बुझिन्छ. अब यी जनता हरुको बिस्वास यी नेताहरुबाट घटी सक्यो. र यो भन्दा राजा नै ठिक थियो कि भन्ने लाग्न थाल्यो. के गर्ने यी नेताहरुले कहिले के के कुरामा नेपालीहरुलाई विभाजित गरि नै राख्ने र आफ्नो स्वार्थ पुरा गर्ने हुनाले, यिनीहरुको अब षडयन्त्रको शिकार नेपाली जनता हुने छैनन्.

      Reply
    2. mahesh says:
      June 16, 2012 at 12:59 pm

      यो सभा ले जनाउदछ कि माओबादी एजेन्डा लाइ कांग्रेस र भाइ कांग्रेस को तुलना मा जनता ले साथ् दिएका छन.

      Reply
  25. Prakash Tiwari, NYC says:
    June 15, 2012 at 11:01 pm

    योभन्दा त राति यूरोकप फूटबल लाइभ प्रोजेक्टरले चारतिर सिनेमा आकारमा -देखाको भए पक्का टुडिखेलमा खुट्टा हाल्ने पनि ठाउँ हुन्नथ्यो होला ?

    Reply
  26. rakesh says:
    June 15, 2012 at 10:48 pm

    कूनै पनि पार्टी जनताको हो र हुनु पर्छ… तर नेपालमा वास्तविकता अर्कै छ…. कुनै पनि पार्टी जनताको नभएर नेताहरुको अधिकार जस्तो भएको छ…..देश र जनताको एजेन्डा त कुरै छाडौ,,,,पार्टीको एजेन्डालाई समेत रुपान्तरण गरेर आफनो व्यक्तिगत एजेन्डा बनौछन् …. जनताको शक्तिमा चल्नु पर्ने नेताहरु जनतलाई झुक्याएर जनतालाई नै लुटेका छन् …. वास्तविकता लाई राम्रोसग नियालेर हेर्ने र बिस्लेसन गर्ने हो भने नेताहरुको एजेन्डा र गोल जनतालाई झुक्याएर देश र जनतालाई नै लूटने स्पस्ट देखिन्छ ….. राजनैतिक नाटक गरेर लूटको खेल खेल्ने यस्ता नेताहरुलाई कति सम्म साथ दिने भने कुरा जनताहरुले बुझ्नु आवस्यक छ…. अब जनताले पनि आफ्नो शक्ति प्रदसन गर्ने बेला भएको छ….

    Reply
  27. rajat shaarma says:
    June 15, 2012 at 10:27 pm

    हैन ए मोर हो सक्ति प्रदर्सननै गर्न छ भने एकापस मा कुस्ती लादा, को ज्ञम गएर बढी फुलाएर कट्टु लगाएर सहीद मंच मा पाखुरा देखाऊ आफुले माखो न मर्ने मुर्ख हरु को जमात लै लाएर सक्ति प्रदर्सन रे वाहिअत .नेपाल मा १ लाख मात्रै छैनन् कम्ति मा १ करोड लै उतार भोलि देखि माओबादी को झन्डा को ड्रेस बनाएर लौचू र माओबादी भक्त हुन्छु

    Reply
  28. Amrit says:
    June 15, 2012 at 10:06 pm

    अरुले नाचेको र नानीको बाउले खुट्टा उचालेको- प्रचण्ड

    Reply
  29. Hem Surungi Magar says:
    June 15, 2012 at 9:58 pm

    अब सच्चा नेपाली को सक्ति प्रदर्शन गरौ

    Reply
  30. Suraj Shrestha says:
    June 15, 2012 at 8:55 pm

    नेपालको सबै भन्दा ठुलो भूत-पूर्व संविधान सभामा सांसद भएको हाल काम चलाउ माओबादी दलको आम सभामा यो हाल होला भन्ने मैले अनुमान गरेको थिएन ! नेपालीहरुले सबैको हैसियत हेरी मुल्यांकन गरेको छ !

    राणा गए, पन्चे गए, कांग्रेस गए, एमाले गए, राजतन्त्र गयो, अब माओबादीको जाने पालो जस्तो मलाई लाग्दछ ! हेरौ एस पछि नेपालमा को उदाउद छ ?

    सुरज श्रेष्ठ

    Reply
  31. Prem says:
    June 15, 2012 at 8:52 pm

    यो इनिहरुको सक्ति पर्दशन भन्दा पनि इनिहरुको नीचताको पर्दशन हो| यो दशैंको बेलाको खशी बोका जम्मा गरे सस्तो मात्र हो| किनकि त्यहाँ पार्टी भनेर जाने हरु ति भेडा भन्दा कम छैनन् | एक छाक फोकतीयाको खाना र सहर घुमाई दिने लोभमा किनिएका भेडाको आधारमा सक्तिको पर्दर्शन हुने र तेस्तै हबताल्ले देस चल्ने, नियेम कानुनको राज्यहुने भए नेपाल सबभन्दा अबबस्थित र गरिब देशमा पर्निनै थिएन|
    सोसक्को झुन्दहरुको बहिस्कार्नै सबैभन्दा ठुलो समाएको आबस्यकता हो| यी डाँका हरुको मिति सिद्धिएको राम्रो सूचना दिने अबसरहो|
    पार्टी बहिस्कार गरौ, गरिब हरुलाई कम गरेर खान दिउन र देश बचौं | यो नै एकमात्र तरिका हो यी डाँका हरुको जालबाट बच्ने तरिका|

    Reply
  32. रोशन बाबु says:
    June 15, 2012 at 8:43 pm

    सच्चा नेपाली जनताले शक्ति प्रदर्शन गर्ने बेला भयो अब !!

    Reply
  33. anagram says:
    June 15, 2012 at 8:43 pm

    उर्जा शक्ति प्रदर्शन तिर पनि ध्यान दिने हो कि? आफ्नो गाउँ-सहर टोल-छिमेक झिलिमिली भएको हेर्दा कति रमाइलो हुदो हो?

    Reply
  34. rabi says:
    June 15, 2012 at 8:43 pm

    बैद्य पक्छे का पनि सामेल भाको भए त् ढाकिने रछ चौर !

    Reply
  35. ranjan says:
    June 15, 2012 at 8:31 pm

    अस्ति २३ हो कि २७ दल को हो जनसागर पनि देखियो, आज माओबादी एक्लैको सभा पनि देखियो ! सुनार को सय चोट लोहार को एक्कै चोट भन्थे; बुढा पाकाले भनेको कुरा किन बिस्तुर खेर जान्थ्यो र!
    रंजन

    Reply
  36. kaji,hk says:
    June 15, 2012 at 8:09 pm

    खुराफाती पार्टीहरुले आफ्नो शक्ति देखाए होइन आफ्नो शक्ति देखे …..अब पनि जनताको समर्थन आफ्नोमा छ भनेर खोक्नु ..मुतको न्यानो लिनु बाहेक अरु केहि होइन

    Reply
  37. Dev says:
    June 15, 2012 at 7:56 pm

    भेडाहरु अझै सुद्रिन सकेको रहेन छ | यो चोरहरु हो भनेर थाहा हुँदा हुँदै किन पछि लाग्ने ?? जुन दिन, कोहि जनता पनि यो खुल्ला मंच मा भाषण सुन्न छोड़छ, नेताहरु घाटी को नशा फुलाई फुलाई कराई राखेको हुने छ तर सुन्ने जनताहरु कोहि हुँदैन, सहि अर्थ मा त्यो दिन हामीले बुज्नु पर्छ अब जनता सुध्रिएछ |

    Reply
  38. rai shishir says:
    June 15, 2012 at 7:50 pm

    अब सबै पार्टीहरुको दम जनताले देखिसके र नेता जीहरुले सोच्नुपर्छ कि जनताहरु हाम्रा पछाडी होइन . अब नेताहरु जनताको पछाडी लाग्नु सिबाय अरु छैन / तेसैले यो नेपालको राजनीतिमा आएको फोहोरी खेल सिस्टम लाइ नै बहिस्कार गरउ र नया नेपालको सुरुवात गरौ / आजै बाट / अहिलेनै बाट,///

    Reply
  39. Pramod Lamichhane says:
    June 15, 2012 at 7:42 pm

    अब दल हरुले के बुज्न जरुरि छ भने.. एमाले , कांग्रेस , माओबादी बाट जनता अजित भएर फेरी कमल थापा को दल को सक्ति बढ्न थालेको छ. सायद एसले सकारात्मक असर पनि पर्न सक्छा किन कि सबै दल हरु लचक भएर केहि समय को लागि संबिधान बिउतायेरा संभिधन बनाउन पर्छा र तेस मा लाग्ने सबक मिलेको छ ……नत्र चुनाब मा जाने भने कमल थापा लगाएत संघिया बिरोधि को १/३ भन्दा बडी आयो भने………हे रे को हेरे.यी …………………
    संकेत तस्तै देखिछा सक्ति प्रदर्सन को फोटो ले त..( राप्रपा नेपाल = माओबादी ) > ( एमाले + कांग्रेस + २५ अरु dal)

    श्री पशुपति नाथ ले नेता को घैता मा घाम लगाउन.

    Reply
  40. Nirazan says:
    June 15, 2012 at 7:40 pm

    लौ सबैको १-१ लाख पुगेछ | अब भयो हामी सबैलाई थाहा भयो तिमीहरुको शक्ति | अब पार्टी रहित नेपाली दाजु भाई दिदि बहिनिहरुको सक्ति प्रदर्शन गर्ने पालो हो! सबै जना खुला मंचमा जाउ !

    Reply
  41. ज्ञानेन्द्र खतिवडा says:
    June 15, 2012 at 7:26 pm

    गाऊ गाऊ बाट ओसार्दा त यस्तो छ हालत खाली राजधानीको मात्र भएको भए के हुन्थ्यो होला….. गाऊ गाऊ बाट भाडा मा ल्याएका मान्छे हरुलाई देख्दा माया लगेर आयो मलाई त…. अब अर्को जन प्रदर्सन मा चैं खाने बस्ने तथा भत्ताको व्यवस्था छ भनेर पोस्टर तसने भए नेता हरुले जनता बटुल्न…… मलाई त माया लगेर आयो तातो घाम मा बिचार जनता लाई देखेर….

    Reply
  42. Binod Khatiwoda says:
    June 15, 2012 at 7:19 pm

    के अब आफ्ना भरौटे पछौटेहरूको ताली पाउनलाई देशलाई भड्खालामा जाक्छु नै भन्नु पर्ने ? कस्तो राष्ट्रियता हो यो ? राष्ट्रलाई चाही छिन्न भिन्न पार्ने भित्री दाउ छ, तर अझै राष्ट्रियताको कुरा गर्छग है पटमुर्खहरु त ।

    बिनोद खतिवडा
    शिकागो, अमेरिका

    Reply
  43. saujanya says:
    June 15, 2012 at 7:08 pm

    नेपाली जनता वास्तमै सुपर भेडे रहेछन | जनतालाइ चुस्नु सम्म चुसेर रातो पिरो भएका र कुहिएर गनाइ सकेका नेता बाट के आस गरेर फेरी तिनीहरु कै लंगौती समाती पछी लागेका होलान | जनताको चेतनामा सुधार न आएसम्म यी चोर नेताहरु ले दुख दि रहन्छन |

    Reply
  44. ashsih says:
    June 15, 2012 at 6:54 pm

    सबै नेता र पार्टी ले आपनो औकात देखिहाले आफु कुन ठाउँ मा छु भनेर

    Reply
  45. Resham says:
    June 15, 2012 at 6:39 pm

    अब एस्त नेताहरुको पछी लगेर भषण सुनेर जिन्दगि र समय बर्बाद गर्नु भन्दा हामी आफ्नो आफ्नो तरिकाले केहि काम गर्नु राम्रो. तरै पनि जनताले अझै दुख पाई राख्नु बिडम्बना नै भन्नु पर्च्छ. अब नया र युवा नेताहरुलाई अग्र पंक्तिमा आउन मौका दिनु पर्छ . यी बुदा नेताहरु न मिल्न सक्छन न देश बनाउन सक्छन न संबिधान नै बनाउन सके. . यिनीहरुको येत्रो छल जनताले देखि सके नि त.

    Reply
  46. deepak says:
    June 15, 2012 at 6:14 pm

    अब पार्टी रहित नेपाली दाजु भाई दिदि बहिनिहरुको सक्ति प्रदर्शन गर्ने पालो हो/
    सबै जना खुला मंचमा जाउ / जय नेपाल जय नेपाली /

    Reply
    1. पुष्प says:
      June 15, 2012 at 8:42 pm

      जान त जाउँला, तर कसलाई अगुवा बनाउने ? आईएनजीको डलर प्यारो लाग्ने ‘मह’लाई ? भ्रष्टाचारीलाई किरा पार्ने टीशर्ट बेचेर स्वयम् भ्रष्ट भएका रविन्द्र मिश्रलाई ? आईएनजीका अर्का प्यारा कनकमणि दिक्षितलाई ? भ्याटमारा चौधरी, खेतान वा गोल्छालाई ? कि फोनमा धम्की दिएर पैसा असुल्ने धन्दा चलाउने धमला क्लबका मालिकलाई ? कि यिनै ‘महानुभावहरूलाई’ अघिपछि लाएर, नेपालको झण्डा उचालेर, नेताहरूलाई मात्र गाली गरेर ‘परिवर्तन’को नारा घन्काउने फेशबूके किराहरूलाई ?

      Reply
      1. ज्ञानेन्द्र खतिवडा says:
        June 15, 2012 at 9:16 pm

        पुष्प जी तपाई लग्नु होस् न त अगाडी…. आखिर अरु सबै यस्तै भै हाले….

        Reply
        1. Ramesh says:
          June 16, 2012 at 11:21 am

          सहि कुरा भन्नु भो | कुनै पार्टी को हनुमान भन्दा स्वोतन्त्र रुप ले बिस्लेशन गर्न सक्ने | पार्टी को भन्दा देश को माया भएको व्यक्ति कोहि छ त पुष्प जी नै हो उहा को अगुवाई नै सबै भन्दा उत्तम होला 🙂

          Reply
      2. Deepak Parajuli says:
        June 15, 2012 at 10:10 pm

        पुस्पजी तपाई अघि बद्नुस न त , मलाई त तपाई मात्र ठिक जस्तो लाग्छ अरु सबै बेठिक र अबुझ ….तपैले मात्र कुरा बुज्नुहुन्छा अरुलाई त केहि पनि थाहा छैन .

        Reply
      3. राजु says:
        June 15, 2012 at 10:44 pm

        लौ न त पुष्प जी तपाइँ अगाडी लाग्नुस, अरु त कोइ पनि राम्रो देख्नु भएन… कि उही प्रचण्ड/बाबुराम/किरण जीहरु नै चाहिन्छ भन्न खोज्नु भएको?

        Reply
      4. Utkrista Mahara says:
        June 16, 2012 at 4:00 am

        आईएनजीको डलर प्यारो लाग्ने ‘मह’लाई ? के भन्न खोजेको पुष्पजी.मैले अहिले मह जोडीलाई नराम्रो भन्ने नेपाली कोहि देखेको थिएन र देख्न पनि नपरोस.उनीहरु भनेको नेपाली समाजको आदर्श व्यक्तित्वहरु हुन्/कि मह भन्दा प्रचण्ड राम्रो भन्न खोज्नु भयको?

        Reply
      5. deepak says:
        June 16, 2012 at 7:49 am

        आफ्नो दिमाग नभयेपछी नेता चाहिन्छा / यहाँ नेता को कुरा होइन बिबेकको कुरा हो / राम्रोकुरा सोच्न, गर्न बोल्न. हेर्न कुनै नेता नै चाहिन्दैना /

        Reply
      6. mahesh says:
        June 16, 2012 at 12:57 pm

        माओबादी को सभा पनि २७ दल को बिरोध सभा जस्तै बिजोक सभा हुन्छ भनेर आस गरेर बस्ने हरु लाइ माओबादी को सभा मा अरु भन्दा धेरै मानिस देखेर शायद ज्वरो आयो होला. किन यो सभा को आबश्यकता थिएअन्? अबश्य थियो किनभने कांग्रेस र भाइ कांग्रेस ले एकोहोरो गोएअबल्लेस् शैली ले प्रचार गरेको अबश्ता मा संबिधान किन बनेन भनेर जनता लाइ आफ्नो कुरा राख्नु पनि अनैतिक हो र? राजनैतिक पार्टी ले जनता लाइ नभने कसलाई भन्ने आफ्नो कुरा?

        Reply
      7. sanjeev says:
        June 17, 2012 at 3:58 pm

        हो , हो यो संसार मा पुष्प जी नै सबैभन्दा बुद्दिमान र असल मान्छे हुनुहुन्छ . प्रचंडे बाट राम्रो तालिम पाएको तपाई जस्तो मान्छे ले मात्र यो देश चलाउन सक्छ . आरु त सबै मुर्ख र दिमाघहिन नै हुन्.

        Reply
  47. deepak says:
    June 15, 2012 at 6:12 pm

    अब पार्टी रहित नेपाली दाजु भाई दिदि बहिनिहरुको सक्ति प्रदर्शन गरे पालो हो/
    सबै जना खुला मंचमा जाउ / जे नेपाल जे नेपाली /

    Reply
  48. Kamala says:
    June 15, 2012 at 6:03 pm

    जनताको चेतनाको स्तर नबढेसम्म फटाहा नेताहरुले येस्तई गरि दुखदियीरहने हुन् | अब हामी सबैले भावी पिढी सबैलाई शिक्षित बनाऊ यो परम्परा स्वतः हटेर जान्छ | अबको पिढीले एस्तो भोग्न नपरोस भन्ने कामना गर्दछु |

    Reply
  49. Basanta Thapa Magar,Maryland,USA says:
    June 15, 2012 at 5:53 pm

    एमाले कांग्रेश को भन्दा कमल थापा को आमसभा मा बढी ,कमल थापा र माओबादीको बराबर ! सहिद मंच खाली ! !पार्टी प्रति जनताको आकर्षण मा कमी !

    बुद्धि बिग्रेका नेता हरु यस्तो चर्को घाम मा जुलुश र आमसभा गर्ने ,असत्ति ,भ्रस्ट ,देशमारा ,अलिकता दया माया नभएका पशुहरु ! जनताको जिबन त जिबन नै होइन यिन को लागि \
    सत्ता सत्ता सत्ता असत्ति हरु \

    Reply
  50. बुद्धि भट्टराई (मलेसिया) says:
    June 15, 2012 at 5:37 pm

    अब त् नेताहरुको काम नै शक्ति प्रदर्सन भन्दा अरु केहि नहुने भयो!होइन म त अब सबै जनता ले नेता बहिस्कार गर्नु पर्ने दिन आयको हो कि भनेर सोच्ने दिन आयो भनेर बुझ्नु पर्यो! यदि हामी गइ दियानौ भने इनिहरुले कसरि शक्ति देखाउने रहेछन कुन्नि यिनीहरुले सहिदको सपना,देशको बिकाश,सुशासन,उन्नति,जात-धर्म,नेपाली पोशाक,हाम्रा सन्ततिको भबिस्य,संबिधान…….. सबै बहिस्कार गरेर कुर्सिको मात्रै सोची रहेका छन् भने हामीले पनि केहि सोच्नै पर्छ अब होइन र मित्रहरु!!!!!!!!!!!!!!!!!!

    Reply
  51. Durga Adhikari says:
    June 15, 2012 at 5:32 pm

    मलाई अचम्म के लाग्ग्यो भने हामी जनताहरु अझै पनि नेताहरुको भासन सुन्न खुल्ला मंच तिर लाग्दै छौ/ जब जब नेताहरु बोल्न थाल्दछन तब खुल्ला मंचबाट जनताहरु भाग्नु पर्ने बेला आयनर? मावोबादीको जमात ठुलो देखिय पनि अहिले सम्म जनताहरुले निकाश पाउन सकेका छैनन्/
    २७ दलको आमसबा देख्दा मलाई लागको थियो कि अब जनताहरुले कुरा बुझीसकेका छन/ काठमान्डुमा यौटा सर्प मर्दा पनि त्यो भन्दा ठुलो भिड हुन्थ्यो भने जनताहरुले नेता बहिस्कार गरेको सजिलै अनुमान गर्न सकिन्थ्यो/

    कमल थापाको जमात ठिकै थियो/ तर खुल्लामन्चमा राखियका बसहरु देख्नु भएन?
    जनताहरुलाई यक दिन्को खाजा र राजधानीको यात्राको प्रलोभनमा ल्यायियको थियो/
    तसर्थ यी सभाहरु सक्ति प्रदर्सन नभयिकन नेताहरुको नीचताको प्रदर्सन भयको मैले बुझेको छु/

    Reply
  52. Om Nath Koirala says:
    June 15, 2012 at 5:06 pm

    जनता बेबकुफ भए सम्म तिमीहरुको मालामाल छ | हेरौ कतिदिन सम्म तिमीहरुको हालीमुहाली चल्ने हो ?

    Reply
  53. sudarshan says:
    June 15, 2012 at 5:06 pm

    अब को लडाई राजाबादी र माओबादी बीच को हो जस्तो छ यो फोटो हरु बिस्लेषण गर्दा

    Reply
    1. Sonam Sherpa says:
      June 18, 2012 at 12:29 pm

      पहिचान बिरोधि र पहिचान वालाको हो . अबको लडाई . संघियता बिरोधि र संघियता पक्षधरको हो .

      Reply
  54. dibas says:
    June 15, 2012 at 5:02 pm

    ल है साथी हो फेरी मज्जाले गाली गरौ पार्टीहरुलाई अनि तिनका नेताहरुलाई, बिशेसगरि माउबादीलाइ/ आखिर जसरि नेताहरुले भासण मात्रै गर्न जाने, तेसरीनै हामी इन्टरनेट मा पहुँच भयका खोक्रो आदर्सबादी उपबुज्रुक हरुले पनि नेताहरुलाई गालि गर्नमात्रै जानेको त हो नि/

    Reply
  55. Shiva, Germany says:
    June 15, 2012 at 4:59 pm

    माओबादी र कमल थापाका कार्यकर्ता हरु सार्है मुर्ख रहेछन भन्ने कुराको प्रमाण हो. एती दुख पाउदा पनि अझै यी चोर नेताको पछी लागेर आफ्नो समय अनि स्वास्थ्यको ख्याल नगर्ने जनता अनि कार्यकर्ता हरु देखेर धिक्कार लाग्छा.

    Reply
  56. Sisir says:
    June 15, 2012 at 4:54 pm

    भने पछी नेपालमा भेडा बाख्रा खेति फस्टाउँन छाडेकै रहेछ … अनिबार्य उपस्थितिको उर्दीले पनि केहि लछार पाटो लाग्ने भएन …हे रात्तै, कमल थापाको भेडा बाख्रा खेति पो अलि बडी फस्टाको जस्तो देखियो .. जे भएनी आम जनताले राम्रै झापड हानेका हुन् यी ठुला भनौदा पार्टीहरुलाई चाही …

    Reply
  57. kranti says:
    June 15, 2012 at 4:41 pm

    लौ सबैको १-१ लाख पुगेछ | अब भयो हामी सबैलाई थाहा भयो तिमीहरुको शक्ति | अब यस्तो शक्ति प्रदर्शन लाइ थाति राखेर बुद्धि प्रदर्शन गर्न तिर लाग्नुपर्यो सबैले | होइन भने अर्को कुनै अमुक शक्ति उदाउला है | बेलैमा सोचौ |

    Reply
  58. Deep Shrestha says:
    June 15, 2012 at 4:38 pm

    माओवादी को पनि तालु खुइलियेछ, आफ्नो शक्ति दुरुपयोग गरे पछि समय ले त उचित परिणाम दिन्छ नै.

    Reply
  59. siri paudel says:
    June 15, 2012 at 4:24 pm

    diamond cuts diamond….. iron cuts iron …… भने जस्तै चोर लै चोर ले नै ठिक पर्छा पहिले कांग्रेश ले देश लुट्यो अनि आमाले ले अनि अब माओबादी ले दुइ दल लै ठिक पर्दै लुट्दै छ देश मा बुद्धि जीबी को सासन छ जनता लै आश थियो सब तुछा सोच भयका मात्र रैछन देश मा जातीय दंगा फैलायारा देश मा आतंक मचायर किन देश लै रुवान्डा अफ्रीकन मुलुक बनाउन खोजेको हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme