शुक्रबार आफ्नै पार्टीका नेता दीनानाथ शर्माको किताबको विमोचन कार्यक्रम ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले भने, ‘म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन, मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो। तर, त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन।’
के साँच्चै उनले कसैको एक लपेटो पनि नखाएको साँचो हो त? लपेटोलाई उनले जुन अर्थमा भने त्यो उनै जानुन्। तर झापड चैँ भेटेका थिए है। बिर्सनु भएको भए सम्झाइदिउँ, घटना झण्डै सात वर्षअघिको हो नोभेम्बर १६, २०१२। भृकुटीमण्डपमा पार्टीको चियापान कार्यक्रम थियो। त्यहाँ प्रचण्ड उपस्थित थिए- माओवादी पार्टीका अध्यक्षका रुपमा। उनी मञ्चमा उभिएर अतिथिहरुसँग हात मिलाउँदै थिए। मानिसहरु लाम लागेर हात मिलाउन आतुर थिए। त्यही लाममा थिए पदम कुँवर। उनले हात मिलाए। तर लगत्तै प्रचण्डको गाला पनि चड्काइ दिए।
अकस्मात् गाला चड्काएपछि उनलाई मञ्चबाट तल धकेलियो। लगत्तै कार्यकर्ताहरुले उनलाई मुक्कैमुक्काले दिए, लातैलातले हाने। जोगाउन प्रहरीलाई हम्मेहम्मे पर्यो।
प्रहरीले सुरुमा नजिकैको नेपाल पुलिस क्लब र त्यसपछि प्रहरी अस्पतालमा उपचारका लागि पदमलाई लगेको थियो।
एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी त्यतिबेलाको सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले हानेको थप्पडको गुञ्जन धेरै समयसम्म गुञ्जिरह्यो।
प्रचण्डलाई भन्दा पहिला झापड तत्कालीन एमाले नेता झलनाथ खनाललाई पनि हानिएको थियो। झलनाथलाई झापड हानिँदा जनताको आवेग पोखिएको भन्ने माओवादी आफ्नै अध्यक्षको गालामा त्यस्तै झापड बज्रिँदा तिल्मिलाएको थियो। आफ्नै अध्यक्षको गालासम्म पुगेको झापडको झट्काले निकै समयसम्म रन्थन्याइरह्यो।
चियापान कार्यक्रम सकिन सकिन लाग्दा जिल्लाबाहिरबाट आएका कार्यकर्ताहरुबाट हात मिलाउँदै शुभकामना लिइरहेका बेला कुँवरले एक्कासी प्रचण्डलाई चड्कन हानेको भएर चड्कनको दृश्य न कुनै टेलिभिजनका क्यामेरामा रेकर्ड भयो, न कुनै मोबाइलमा नै। तर टेलिभिजनहरुले माओवादी कार्यकर्ताहरुले रगतपच्छे हुने गरी कुटपिट गर्दै गरेको र प्रहरीहरुले जसोतसो छेकेर बचाउँदै गरेको दृश्य चाहिँ देखाएका थिए।
झापडपछि बसेको माओवादीको बैठकले यो घटनालाई नियोजित र षड्यन्त्रमूलक भनेको थियो। योजनावद्ध भएको भए योभन्दा ठूलो अप्रिय घटना पनि हुनसक्थ्यो, झापड मात्रै हान्नु त के षड्यन्त्रमूलक हुन सक्ला र भन्ने तर्क पनि भए।
पदम बाग्लुङको राजकुट गाविस वडा नम्बर २ निवासी युवक हुन्। त्यतिबेला उनको उमेर २३ वर्षको थियो। कुँवरको परिवारका सदस्यहरु सशस्त्र द्वन्द्वका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए। उनीहरुको परिवारको घर र सम्पतिलाई २०६० सालमा सुरक्षा फौजले ‘माओवादी आतंककारी’ को भएको भन्दै ध्वस्त पारिदिएको थियो।
उनकी दिदीको नाम साधना कुँवर। दाजुको नाम टेकबहादुर कुँवर। दुवै द्वन्द्वकालमा माओवादी सेनाका कम्पनी कमान्डर थिए। दुवै युद्धकालमा घाइते भएका थिए।
साधनाको पेटमा गोली लागेको थियो। त्यतिबेलासम्म निकाल्न सकिएको थिएन। टेकबहादुर शारीरिक रुपमा मात्रै हैन मानसिक रुपले समेत कमजोर थिए।
पदमका पिता प्रेमबहादुर माओवादीको बाग्लुङ जिल्ला कमिटीका सदस्य थिए। दिदी साधना भने राज्य कमिटी सदस्य थिइन्। दाजु टेकबहादुरकी श्रीमती राजकुट गाउँमै सानो पसल थापेर बसिरहेकी थिइन्।
जनताको मुक्ति गर्ने, जनताले शासन गर्ने जस्ता आशलाग्दा सपना देखाएर जनयुद्ध गर्न आह्वान गर्ने माओवादी नेताहरुको बोलीमा भर परेर परिवारका अरु सदस्य जस्तै पदम पनि माओवादी कार्यकर्ता भएर लागेका थिए। द्वन्द्व कालमा उनले माओवादीको विद्यार्थी फाँटमा केही समय काम गरेका थिए। पछि उनी वैदेशिक रोजगारका लागि कतार उडे। कतारबाट फर्किएपछि उनी होटल याक एन्ड यतिमा प्रोफेसनल कूकको प्रशिक्षण लिँदै थिए।
पछि प्रचण्डले झापड हान्नेलाई माफी दिएको बताए। तर प्रशासनले २८ हजार धरौटी माग्यो। धरौटी बुझाउन नसकेपछि उनलाई सुन्धारास्थित कारागार लगियो। पछि धरौटी बुझाएर उनी रिहा भए।
बिस्तारै यो घटना ओझेलमा पर्यो। यो घटनाको एक वर्षपछि पदम कुँवर फेरि चर्चामा आए। संविधान सभाको दोस्रो चुनाव हुँदै थियो। प्रचण्ड काठमाडौँ १० र सिरहाबाट उम्मेदवार बने। काठमाडौँ १० मा प्रचण्डविरुद्ध पदम कुँवर पनि उम्मेदवार बने। उनको पक्षमा युट्युबमा प्रचारसमेत भयो।
चुनावमा पदमले ३८ भोट मात्र पाए। तर पदममात्र त्यो क्षेत्रमा हारेनन्, प्रचण्ड पनि पराजित भए। प्रचण्डको राजनीतिक रुपमा ओरालो लाग्ने क्रम यहीँबाट सुरु भयो। यद्यपि प्रचण्डले एमालेसित पार्टी एकीकरण गरी आफूलाई राजनीतिको केन्द्रमा राख्ने प्रयास गरेका छन्।
पदम भने अहिले गुमनाम छन्। उनी कहाँ छन्, कसैलाई थाहा छैन।
“म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन, मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो। तर, त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन।”
वा वा आफु सबैको आँखामा नाङ्गै भएर पनि म नाङ्गो छैन भन्दै रवाफ देखाउने अनि आफुले गरेको पापकर्मबाट आफै चोखिने यी क्रान्तिकारी नेतालाई मान्नै पर्छ । आफ्नो स्वार्थ र शक्तिको लागि हजारौको बलिदानको रगतको मूल्य बिर्सेर अहिले ठाँट पल्टाउने यिनलाई लाज भनेको कुन चरीको नाम थाहा हुनु पर्ने हो । क्रान्तिको नाममा झुटा आश्वासनहरु दिई सिधा साधा जनतालाई बलिदान गर्न उक्साउने र गराउने यी प्रचण्डलाई ती रगतले निश्चय नै पिरोल्नेछ ।
लेख्न त् धेरै चाहन्थे/ लेख्न खोजेको पनि हो/ तर मनको नेपथ्यमा यकायकचारैतिर बात मात्रै होईन जमिन मुनि बात समेत चित्कार दुत्कार धिक्कारको आवाज यसरी गुञ्जियो कि मैले लेख्न लागेको कुनै पनि सब्द ती आवाजको अगाडी तुच्छ नै लागे/ तैपनि उसको “मपाई-गाथा” को भ्रमको इनारमा डुवेर उहिले राजा महाराजाहरुलाई बिहान बिउञ्झाउन उसका चातुकारेले गाउने प्रशस्ति गान भय पनि गाउँ खोजे/ तर मुख बात आवाजनै निक्लेंन; निक्लूंन पनि कसरि, तेस्ताको प्रशस्ति गान गाउँदा लय मिलायर “हजुर जिन्दावाद हजुरको सत्रु मुर्दावास” त् भन्ने पर्यो/ तर तेसो भने “मलाई गिज्यायको?” भनेर दिल्ली मुर्दावाद भन्दै दिल्लीमै दिल्लीकै भाखामा ल्याप्चे ठोक्नेको दुर्वासे रिसको सिकार बन्नु नपर्ने कुरामा आफुलाई आस्वस्त पार्नै सकेन; किनभने अहिले उसैको नेपथ्यको राज चल्दैछ/
प्रचण्डको सम्पतिको छानबीन हुनपर्यो| लोकमान कार्कीको पनि हुनपर्यो| दुवैको खर्च र छद्म लगानीको पनि लेखाजोखा गरिनपर्यो|
अमेरिका र दुवई भ्रमण र औषधी पानीको खर्चमा पारदर्शिता हुनपर्छ| यी सर्बहारा होइनन, सर्बआहारा हुन्| त्रिशुली उल्टो बगे पनि निरङ्कुश र जातपातको भेदभावमुलक राजतन्त्र फर्कने होइन| त्यस्ता आफ्नै भारले ढलेका राजतन्त्रको बिरोधमा छविलालजीले बकबक गर्ने होइन|
प्रचण्ड तुरन्तै सच्चिएनन भने नेपाली जनताले उनलाई लपटा लाउने दिन टाडा छैन| चेतना भया|
चड्कन न खाएको , तेत्रो युगान्तकारी नेता लाइ अब एकैचोटी हेग मा पुर्याएर कारबाही चलाउन चै अतिआवस्यक छ | यो धेरै उफ्र्यो , पाप पनि धेरै गरिसक्यो |
लाज नभएको नग्न छविलाल हत्यारा ले आफ्नो नाङ्गा नाच फेरी देखाएको छ / ” हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन” भन्न कति सजिलो यो नंगा नर्तक हत्यारा छविलाल लाइ /
जनता का छोरा छोरी लाइ जबर्जस्ती भर्ना गरेर , brainwash गरेर बन्दुक बोकाएर यसको “युद्ध ” मा मराउन पाए सम्म किन “प्रत्यक्ष सहभागिता” गर्थ्यो त यो घोर पापी अघोर हत्यारा छविलाल ले ?
मर्ने बेला जनता का छोरा छोरी मरे / शिक्षक हरु लाइ खल ले थिचेर समेत मार्न लगाएको छ “बुर्जुवा” भन्दै यो नग्न हत्यारा छविलाल ले / अनि अहिले पुर्व पन्चे हरु संग व्हिस्की पिउँछ यो छविलाल /
अझ यस नाङ्गो नाच नर्तक हत्यारा छविलाल को गुरु घोर डाहाड़े मोहन वैद्द को बस चलेको भए त पोल पोट ले जस्तै लाखौं नेपाली को हत्या गर्ने थियो अघोर डाहाड़े मोहन वैद्द ले / “किरण” रे त्य्ससको नाम ? त्यसको नाम किरण हैन “डाहाड़े अलच्छिना ग्रहण” राख्नु पर्ने / ग्रहण भन्दा कालो मन भएको /
अघोर हत्यारा छविलाल लाइ कर्म को कोप र सराप पुगेको छैन जस्तो छ , त्यसैले अझै पनि त्यसको मल खाने मुख प्याच्च प्याच्च खोल्छ यो हत्यारा