रसियामा भइरहेको विश्वकप फुटबल प्रतियोगिताका खेलहरु टिभीमा लाइभ हेरिरहँदा तपाईँलाई पनि त्यही रंगशालामै गएर हेर्न मन लाग्दो हो। रंगशालामै गएर हेर्न कति पर्दो रहेछ टिकटको मूल्य भन्ने पनि लाग्दो हो। यसबारे केही सामान्य जानकारी।
टिकटको मूल्य खेलको चरण अनुसार फरक छ। सबभन्दा सस्तो टिकट क्याटेगोरी ३ को सिटका लागि हो। र मूल्य समूह चरणका खेल १०५ डलर पर्छ। क्वार्टर फाइनलको लागि १७५ डलर र फाइनलको लागि ४५५ डलर। सबभन्दा महँगो क्याटेगोरी १ को सिटको मूल्य समूह चरणका खेलका लागि ५५० डलर र फाइनलका लागि ११०० डलर पर्छ।
क्याटेगोरी १ भनेको सबैभन्दा राम्रो भ्यु देखिने ठाउँको टिकट हो। क्याटेगोरी ४ भनेको चाहिँ गोलपोस्टको पछाडि रहेको सिट हो। टिकट अनलाइनबाटै किन्ने सुविधा थियो।
पहिलो चरणको बिक्री गोलाप्रथाबाट २०१७ को सेप्टेम्बरदेखि अक्टोबरसम्मै बेचिएको थियो भने दोस्रो चरणमा ५ डिसेम्बरदेखि जनवरी २०१८ सम्म। फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा चाहिँ पहिलो चरणमा नोभेम्बरमा र दोस्रो चरणमा गत मार्च र अप्रिल बेचिएको थियो।
लास्ट मिनेट सेल्स चरण चाहिँ १८ अप्रिल २०१८ देखि १५ जुलाई २०१८ सम्म अर्थात् अझै पनि जारी छ। तर सबै टिकट बिक्री भइसकेका कारण टिकट भने पाइँदैन।