नेपालको उड्डयन क्षेत्रमा आज फेरि एउटा कालो दिन थियो। मकालु एयरको 9N-AJU कलसाइन रहेको विमान सुर्खेतबाट बिहान ६:१२ बजे हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको थियो। ६ बजेर २७ मिनेटमा नेपालगञ्ज टावरसँग अन्तिम पटक सम्पर्क भएपछि हरायो। बीचमा भेटियो, पाइलट सकुशल भन्ने खबर पनि आयो। तर त्यो झुटो रहेछ। अन्ततः हुम्लाको खार्पुनाथ गाउँपालिका सिमिकोट पास नजिक जहाज टुक्राटुक्रा भएको अवस्थामा फेला पर्यो। कार्गो उडान भएकोले यात्रुहरु थिएनन्। चालक दलका दुई सदस्य क्याप्टेन किरण भट्टराई र आदित्य नेपालीको पनि ज्यान गयो।
विमानको इतिहास खोतल्दा थाहा भयो, यो सिङ्गल इन्जिन सेस्ना क्याराभान-२०८ बी विमान १९ वर्ष पुरानो रहेछ।
नौ पटक त यसको स्वामित्व नै फेरिएको रहेछ।
सेस्ना एयरक्राफ्ट कम्पनीको स्वामित्वमा रहँदा यसको पूच्छरमा हुने नम्बर N1299P थियो। सन् २००० मा यसलाई सनवेस्ट होम एभिएसनले किन्यो र नम्बर C-FDON रहन गयो। सन् २००२ को फेब्रुअरीमा यसलाई एरिज एभिएसन सर्भिसेज कर्पोरेसनले किन्यो। ५ महिनामै उसले फेरि सनवेस्ट होम एभिएसनलाई नै फिर्ता दियो।
सन् २००४ मा यो विमान सी एन्ड पी एयरक्राफ्ट लिजिङ एलएलसीले किन्यो र कलसाइन पनि परिवर्तन भएर N36SJ हुन गयो। सन् २००५ मा यसलाई केनमोर एयर एक्सप्रेसले किन्यो। सन् २००७ मा केनमोर एयर एक्सप्रेसकै नाममा पुनः नामसारी गरी यसको कलसाइन परिवर्तन गरी N74KA बनाइयो।
गोमा एयरले चलाउँदा यस्तो थियो विमान।
त्यसको चार वर्षपछि सन् २०११ को फेब्रुअरी ११ मा यसलाई गोमा एयरले नेपाल भित्र्याएको थियो। त्यतिबेलादेखि यसको पुच्छरमा नम्बर 9N-AJU रहँदै आएको थियो। गोमासित मकालु एयरले यो विमान किनेको हो।
पाँच वर्षअघि सन् २०१३ मे २७ मा यो विमान सिमिकोट विमानस्थलमा टायर पड्किएर दुर्घटना भए पनि कसैलाई केही भएको थिएन।
पाइलट
विमानका चालक किरण भट्टराई पनि दुई पटक दुर्घटनामा बच्न सफल भएका थिए। पहिलो घटना २०७० सालको जेठ १८ गते। त्यतिबेला सीता एयर चलाउँथे। विमानको पङ्खा रनवेमा घस्रिएर भएको दुर्घटनामा कसैलाई केही भएको थिएन।
त्यस्तै २०७४ चैत २६ गते पनि उनले मकालु एयरको हुम्लाबाट सुर्खेत उड्न लागेको विमान समस्या आएपछि रनवेमा गुड्दागुड्दै रोकेका थिए।
ज्यान गुमाएका पाइलट आदित्य मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका एक्ला छोरा थिए। उनी कम्पनीमा कार्यकारी निर्देशकसमेत थिए।
sarai dukha lagchh manche aakaal ma mareko sundaa .
हाम्रो मदन जी को कमेन्ट बुझ्न पनि “डिमाग” नै चाहिने रैछ पासा !!!
०१. प्रायस निजि बिमान कम्पनिहरुले पाइलतहरु जहाज उडाय मात्र ज्याला पाउने गरि नियुक्त गरेको हुन्छ/ तेसरी नियुक्त भयको पाईलतहरुले रिस्क लियर पनि उडान गर्न सक्छ/
०२. जहाजमा जहाजको क्यापासिटी र उडान गर्ने अबस्था अनुकुल लोदिंग नभय पनि दुर्घटना हुन् सक्छ/ बिमान कम्पनीको गराउंद स्थाफले जहाजमा लोड गरिने सामानको ठिक तौल विवरण लिखितमै राख्नु पर्ने हुन्छ/त्यो विवरणमा लोड गरेको सामानको तौल भन्दा कम तौल देखाईयो भने पनि जहाज दुर्घटना हुन् सक्छ/
यो कुरामा तपाईं हामि सबैले देखे भोगेकै हुनु पर्छ हत्पति कुनै पनि यात्रुले बढी भयको सामानको भाडा तिर्न चाहँदैन र कुनै कुनै बिमान कम्पनीको कर्मचारीको अतिरिक्त आमदानीको आधार यहिनै भयको मैले आफै देखेको थिय/ उदाहरण दिनेनै हो भने प्रतिक्रिया र लेख होईन मोटो कितावनै लेख्नु पर्ने हुन्छ/ तेसैले अहिले म मात्र यौटा उदाहरण दिन्छु/ सन २००३/४ को कुरा हो/ गच्छादार पर्यटन मन्त्रि थियो/ मेरो कम्पनीमा पछि भ्रस्ट ठहरेको प्रमुख थिय/ उनीले मलाई जापानको यौटा एजेन्टलाई सम्झौतामा पनि ब्यबस्था नगरेको तरिकाले हुकुमी पाराले पहिला पनि दियको भनेर लगभग २ करोड बोनस दिने आदेश दियो/ मैले ठाडै लिखित रुपमै यहाहरुको आदेश नियम बिपरित भयकोले मान्न नसकिने भनेर बोनस निकाशा गर्न अस्विकार गरे(यो कुरा पछि सार्वजनिक भयो र त्यो एजेन्टलाई दिनै नपर्ने करोडौं बोनस दिंदै आउने मेरै हाकिम सहित अरु कर्मचारीहरुलाई अख्तियारले समायर जेल राखे)/ तव म नेपालगंज सरुवामा परे/
नेपाल गंज बिमान स्थल भित्र जाने पास बिमान कम्पनीको सिफारिसमा हवाई विभागले उपलव्ध गराउँछ/ नेपाल गंजमा तेस्तो पास मैले मेरो कम्पनीको कर्मचारिनै नभयको व्यक्तिलाई सेट दिलायको देखे/ त्यो ब्यक्ति जहाजमा विवरण लुकायर अतिरिक्त लोड गर्ने धन्धाको दलाली गर्थ्यो/ यस्ताको कारणले पनि जहाज दुर्घटनामा पर्छ/ नेपालगन्जको कार्यालय प्रमुख काठमान्डू जाँदा म त्यहाको निमित कार्यालय प्रमुख बनेकै बेला मैले त्यो व्यक्ति र त्यो सिट मिलेको कर्मचारीको पास तेतिबेला त्याहाको हवाई विभागको प्रमुख लामा थर भयकोलाई पत्र लेखेर खोस्न लगायको थिय/ कुरा २००३/४को हो बुझे हुन्छ/
०३. नियम पुर्वक लोड गर्ने हो भने जहाजमा लोड भयको सामानको तौल र कस्तो सामन हो भनेर विवरण खोलेको लोड त्याग हुने पर्छ/म काम गर्ने कम्पनीमा लोड गर्ने गराउने नियम पुर्वक गराउन यात्रुले चेक्द-इन गर्ने ब्यगेजमा त्यो सामानको तौल उल्लेख हुने ब्यागेज त्याग राख्न दियको सुझाव कारान्वयन गराउन त्यो कम्पनिको मानेजिंग दाईरेकतर श्री आरआर श्रेष्ठज्युले अनेकौं प्रयत्न गर्दा पनि दुई बर्ष लाग्यो र उहाको कार्यकाल सके पछि तौल खुल्ने ब्यागेज त्याग लगाउन पनि छाड्यो भन्ने कुराले पनि जहाज दुर्घटना हुने करणको संकेत दिन्छ/
०४. उड्ने जहाज र उदाउने पाइलटको बन्दोबस्त गरेर जहाज कम्पनि खोल्न जति सजिलो छ त्यो भन्दा उदाईने जहाजको नियमित चेकप र मर्मत तोकेको समयमा तोकेको मापदण्ड पुर्यायर गर्नु धेरै धेरै महँगो हुने भयकोले यो महँगो हुने प्रक्रिया छल्ने प्रयास पनि दुर्घटनाको कारण बन्छ/