पत्रकारिता कहिलेकाहीँ यति गम्भीर हुन्छ कि पादलाई पनि गम्भीर बनाइदिन्छ। अनि कहिलेकाहीँ यति हल्का हुन्छ कि विज्ञानलाई पनि मजाक बनाइदिन्छ। यसपटकको ब्लग यिनै दुईको बीचमा अड्किएको छ। नाक थुन्ने कि हाँस्ने भन्ने निर्णय पाठकले आफैं गर्नुपर्ने खालको। विदेशी पत्रिका The Washington Post ले एकदमै सीधा प्रश्न सोध्यो—पुरुष र महिलामध्ये कसको पाद बढी गन्हाउँछ?