Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाम चलेका ५ अनलाइन एकैसाथ रवि लामिछानेको नाममा कसरी झुक्किए? गन्दै नगनेका मतको संख्या अपडेट

Posted on November 21, 2022 by Salokya

चुनाव सकिएपछि मतगणनाको चटारो हुन्छ। यतै अपडेट उतै अपडेट- जताततै छ्यापछ्याप्ती अपडेट भेटिन्छ फेसबुक, ट्विटरतिर। कुन पत्याउने कुन नपत्याउने। वास्तविक मतगणनाको अपडेट मतगणना अधिकृतले मत गन्ने ठाउँबाट गर्नुपर्ने हो। त्यसको जानकारी निर्वाचन आयोगले आफ्नो वेबसाइटमा दिनुपर्ने हो। तर त्यसमा ढिला हुँदा मतगणना हैन आ-आफ्नो मनगणना अर्थात् मनले जति मन लाग्यो त्यति लेखेर अपडेट गर्ने क्रम… Continue reading

डिजिटल मतदानको नतिजा : घण्टी अगाडि, सूर्य दोस्रो र रुख तेस्रो

Posted on November 21, 2022November 21, 2022 by Salokya

त्यसो त इन्टरनेटमा गरिने मतदान र ब्यालेट बक्समा लगाइने स्वस्तिक छाप बीच अन्तर त हुन्छ नै। तर डिजिटल मतदान पनि मान्छेले नै गर्ने भएकोले यसले केही न केही संकेत त देखाउला नै, ठ्याक्कै यस्तै नभए पनि। नेपालभर प्रतिनिधि सभा र प्रतिनिधि सभाका लागि मतदान हुँदै गर्दा माइसंसार तपाईँले भोट हाल्न पाउनु भएको भए कुन चिह्नमा… Continue reading

अब कसरी हुन्छ मतगणना ? यस्तो छ सात प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर मतदान सकिसकेको छ। अब मतगणना कसरी हुन्छ त? त्यसको प्रक्रिया यस्तो छ- १) मतगणनाको सूचना सबै ठाउँको मतपेटिका आएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशन गर्छन्। तर पुनः मतदान हुने भएमा त्यस्तो मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको… Continue reading

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र… Continue reading

भोट हाल्न पाउनु भएन? केमा हाल्नुहुन्थ्यो? डिजिटल मतपत्रमा सहभागी बन्नुस्

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। शुरुवाती समाचार अनुसार मत हाल्नेहरुको संख्या पहिलेभन्दा कम रहेको भनिएको छ। देशबाहिर रहेका र देशभित्रै रहेकाहरुले पनि कतिपय कारणले भोट हाल्न पाएका छैनन्। भोट हाल्न नपाउनेहरुलाई चित्त बुझाउने एउटा मेलो गर्न हामीले एउटा डिजिटल मतपत्र बनाएका छौँ। यस पटकको… Continue reading

मतदानको अघिल्लो दिन फेक स्क्रिनसटले हङ्गामा, यसरी सजिलै बनाउन सकिन्छ

Posted on November 20, 2022 by Salokya

मतदानको अघिल्लो दिन ‘प्रचण्डबाहेक अन्य माओवादी उम्मेदवारलाई भोट नहाल्न कांग्रेसले गोप्य सर्कुलर जारी गर्‍यो’ भन्दै सामाजिक सञ्जालमा सूचना भाइरल भयो। खासमा त्यो मिथ्या सूचना थियो। तर सेतोपाटी, नयाँ पत्रिका जस्ता मिडियाको अनलाइनमा छापिए झैँ लाग्ने गरी स्क्रिनसट पनि त्यसमा राखिएको थियो। झट्ट हेर्ने मान्छे एक पटक त झुक्किन बेर लाउँदैन थियो। त्यही भएर यस्ता स्क्रिनसट… Continue reading

रविको राजनीतिक परीक्षा

Posted on November 17, 2022November 21, 2022 by Salokya

गत साउन महिनामा रवि लामिछाने आफ्नो नयाँ पार्टीको संगठन विस्तार गर्न नेपाल घुम्दै गर्दा विभिन्न जिल्लाको अवस्था हेरेर लेखिएको यो लेखको सम्पादित स्वरुप हिमाल खबरपत्रिकाको भदौ २०७९ अंकमा प्रकाशन भएको थियो। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यहाँ त्यही लेखको पूरा अंश राखिएको हो। स्मरण रहोस्, यो साउनको माहौलमा लेखिएको सामग्री हो। त्यसपछि तीन महिनामा धेरै… Continue reading

चुनावका लागि चार दिन सार्वजनिक विदा भनेर मिडियाले यसरी झुक्याए

Posted on November 16, 2022 by Salokya

के तपाईँले पनि कुनै मिडियामा वा सामाजिक सञ्जालमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको खबर पढ्नु भएको र त्यसलाई विश्वास गर्नुभएको छ ? त्यसो हो भने तपाईँ भ्रममा पर्नुभयो। खास कुरा त्यसो होइन। यस विषयमा नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु… Continue reading

सन्दीप लामिछाने र किशोरीको बयानमा के-के मिल्यो, के-के बाझियो ?

Posted on October 31, 2022October 31, 2022 by Salokya

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको केस अब अनुसन्धान सकिएर अदालतमा पुगेको छ। प्रहरीले अनुसन्धान सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अब थुनछेकको बहस हुनेछ। अर्थात् सन्दीपलाई थुनेरै मुद्दाको कामकारबाही अघि बढाउने कि धरौटीमा छाडेर बाहिरैबाट मुद्दा लड्न मिल्ने गराउने टुङ्गो बहसपछि न्यायाधीशले गर्नेछन्। सरकार… Continue reading

निर्वाचन आयोगको अर्को ‘करोड काण्ड’

Posted on October 28, 2022October 28, 2022 by Salokya

अस्ति भर्खर निर्वाचन आयोगमा भएको ‘घिन्ताङ काण्ड’को बारेमा ब्लग पढिसक्नुभो होला। छुटाउनु भएको भए यता क्लिक गरी अझै पढ्न सक्नुहुन्छ। आयोगले त्यो भिडियो डिलिट गरी कुराको इतिश्री गरिसकेको भए पनि खासमा त्यो बेसुरा आवाज कसको हो, त्यस्तो बेसुरा गायन भएको प्रचार भिडियोलाई ओके गर्नेहरु को-को हुन् बारे केही खुल्न सकेको छैन। पत्रकारहरुले पनि खासै चासो… Continue reading

काग कति बाठो ? हेर्नुस् पत्याउनै गाह्रो ६ उदाहरण

Posted on October 23, 2022 by Salokya

हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आज कागतिहारदेखि सुरु भएको छ। यसो हेर्दा लाग्न सक्छ, यो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्। नपत्याए भित्र केही उदाहरण पढ्नुस्।

निर्वाचन आयोगमा भिडियो हटाउनु पर्ने गरी ‘घिन्ताङ काण्ड’

Posted on October 22, 2022October 22, 2022 by Salokya

निर्वाचन आयोगले शुक्रबार साँझ आफ्नो सोसल मिडियाहरुमा एउटा भिडियो अपलोड गर्‍यो। आउँदो निर्वाचनमा भोट हाल्न प्रेरित गर्ने यो भिडियो शनिबार बिहानसम्म त्यो एक किसिमले भाइरल भइसकेको थियो। भाइरल हुनु त एक किसिमले राम्रै हो। तर सकारात्मक हिसाबले हैन नकारात्मक प्रतिक्रियाको ओइरो लागेपछि २४ घण्टा नबित्दै आयोगले त्यो भिडियो हटाउन बाध्य भयो। कुरा यत्तिमा मात्र सीमित… Continue reading

भारतमा नेपाली कुटिएको भन्दै भाइरल गरिएको भिडियोको वास्तविकता

Posted on October 16, 2022 by Salokya

के तपाईँले भारतमा नेपाली नागरिकलाई निर्ममतापूर्वक कुटियो लेखिएको एउटा भिडियो फेसबुकमा देख्नुभएको छ? भिडियोमा भारतीय भाषा बोल्दै नाङ्गै बनाई पाइपले जिउमा र पैतालामा भक्कुमार चुटेको देख्दा हेर्नेहरु भावुक हुन्छन्। १० हजारभन्दा बढी पटक सेयर भएको भएर यो भिडियो तपाईँको फेसबुक फिडमा पनि आइपुगेको हुनसक्छ। तर नझुक्किनुस्, नेपाली नागरिक भन्दै भाइरल गरिए पनि नेपाल फ्याक्ट चेकको… Continue reading

प्रचण्ड किन चितवन छाडेर गोरखामा उठ्ने भए ? यी हुन् कारण

Posted on October 7, 2022October 8, 2022 by Salokya

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading

गरिबीमा मनाएको दशैँ : दुर्गालालको अनुभव

Posted on October 3, 2022 by Salokya

फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।

झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..

Posted on September 17, 2022September 17, 2022 by Salokya

झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ? पक्कै छैन। तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा। हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न… Continue reading

ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..

Posted on September 16, 2022September 16, 2022 by Salokya

पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्‍यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो। कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आयोजक साथीहरुसँगै इलाममा बस्न जाने कि लामो समय भेट नभएका अर्कै साथीसँग दमकमा बस्ने- दुई विकल्प थियो। इलामको कन्याम अस्ति भर्खरै पनि गइसकेको हुनाले दमकै बस्ने… Continue reading

‘टेलिग्राम’मा आपत्तिजनक नाबालिग यौन सामग्री : खबरदार, अन्तर्राष्ट्रिय दुराचारीको सूचीमा पर्नुहोला !

Posted on September 16, 2022 by क्रान्ति

मेसेजिङ एपहरू जीवनको अभिन्न अङ्ग जस्तै भइसके। चिनेजानेका मानिसहरूदेखि व्यापार गर्नसमेत यस्ता एपहरू अत्यन्तै सहयोगी छन्। हरेकजसो यस्ता एपमा सामूहिक रुपमा विभिन्न मानिसहरूसँग एकैसाथ कुरा गर्ने ‘ग्रुपच्याट’ फिचर पनि राखिएकै हुन्छ र सायद परिवार तथा साथीहरूसँग जोडिन हामीमध्ये धेरैजनाले यसको प्रयोग पनि गरेकै छौं होला। आजकल यस्तै मेसेजिङ एपहरूको सूचीमा ‘टेलिग्राम’ पनि प्रचलित हुँदै गइरहेको… Continue reading

समाचार पढ्दापढ्दै स्टुडियोमा बच्चा पसेपछि…

Posted on September 13, 2022September 13, 2022 by Salokya

टेलिभिजनमा लाइभ समाचार पढ्दै गर्दा हुने अनौठा घटनाहरुको बारेमा युट्युबमा प्रशस्तै भिडियो हेर्न पाइन्छ। नेपाली सन्दर्भमा यस्तो उदाहरण भने विरलै पाइन्छ। भर्खरै एउटा त्यस्तै घटना भएको छ। तर यो टिभीमा नभएर रेडियोमा भएको हो। रेडियो भए पनि अचेल फेसबुकमा लाइभ हुन्छन् भिडियो। त्यही भएर दृश्यमा यस्तो हेर्ने मौका पाइएको हो। भयो के भने समाचार पढ्दापढ्दै… Continue reading

बच्चा चोर भन्दै भाइरल भएको भिडियो हल्लामात्रै, आफ्नै छोरी रहेछ महिलाको

Posted on September 13, 2022September 13, 2022 by Salokya

तपाईँले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो देख्नुभएको छ? भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको अनि महिला इन्डियाको हैदरवादको  बच्चा बुटवलको, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै आह्वान… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • …
  • 276
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme