समानुपातिक अपडेट (मंसिर १९, राति ८:३० बजे) प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा पनि सबै १६५ को नतिजा अपडेट गरिएको छ। समानुपातिकतर्फको मतगणना सकियो कि सकिएन भन्ने बारे कुनै जानकारी राखिएको छैन। तर हामीले सोमबार मध्याह्न १२ बजे निकालेको हिसाब भन्दा २७ हजार ६२४… Continue reading
आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना
अन्ततः मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम १५ दिनपछि आज आएको छ। समानुपातिकतर्फका सदस्य निर्वाचित भएको घोषणा हुन अझै केही प्रक्रिया बाँकी छन्। तर कसको कति सिट आउँछ लगभग अनुमान गर्न सकिने भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत अर्थात् १३८ सिट कुनै पनि दलको नआएको प्रष्टै भएको छ। यस्तो… Continue reading
समानुपातिक अपडेट : प्रतिनिधि सभाको समानुपातिकका ११० सिटमा कसको कति लाग्ने भयो भाग?
समानुपातिक अपडेट (मंसिर १९, मध्याह्न १२ बजे) प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा भने यो ब्लग तयार पार्दासम्म दोलखा १ को परिणामको आधिकारिक घोषणा गरिएको छैन जहाँ माओवादी उम्मेदवारको अग्रता कायम छ। यसैलाई आधार मान्दा समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब… Continue reading
समानुपातिक अपडेट : २४ घण्टामा १४ हजार थप मत गनियो, के नेकपा एसले सिट पाउला?
समानुपातिक अपडेट : शुक्रबार राति ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणनामात्रै बाँकी छ। बिहीबार राति ८ बजेदेखि शुक्रबार राति ८ बजेसम्म २४ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १४ हजार मतको तथ्याङ्क मात्रै थप गरिएको छ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले झण्डै १७… Continue reading
मधेश प्रदेशमा कसको बन्ला सरकार? बहुमत कसैको छैन, १० दलको प्रतिनिधित्व, एमाले ठूलो दल
मधेश प्रदेशको प्रदेश सभाका लागि भएको निर्वाचनमा रोचक परिणाम आएको छ। सरकार बनाउनलाई आवश्यक ५४ सिट कुनै दलसँग पनि छैन। अर्थात् त्यहाँ कसैको बहुमत आएको छैन तर एक सिट मात्र जित्ने दलहरुसमेत गरी १० दलको प्रतिनिधित्व हुने भएको छ। प्रदेश सभामा सबैभन्दा बढी सिट जितेर एमाले त्यहाँको सबैभन्दा ठूलो दल बन्ने भएको छ। मधेश प्रदेशमा… Continue reading
समानुपातिक अपडेट : १२ घण्टामा गनियो झण्डै दुई लाख मत, ‘कलम’मा ४ हजार पनि थपिएन, थ्रेसहोल्ड कटाउन १७ हजार अपुग
समानुपातिक अपडेट : बिहीबार राति ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिने चरणमा छ। बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म १२ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १ लाख ९२ हजार १९५ मतको तथ्याङ्क थप गरिएको छ। अहिले सबैको चासो माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सिट पाउँछ कि पाउँदैन… Continue reading
समानुपातिकको गणना लगभग सकियो, सिट पाउन ‘कलम’लाई अझै पुगेन १५ हजार मत
समानुपातिक अपडेट : बिहान ८ बजे प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको देखिन्छ। बुधबार साँझ साढे सात बजेदेखि आज बिहीबार बिहान ८ बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा ४ हजार ७ सय २२ मतको मात्र तथ्याङ्क थप गरिएको छ। निर्वाचन आयोगले मतगणना प्रगतिको विवरणमा जम्मा मत भनेर राखेको विवरण कूल गणना मत हो… Continue reading
बागमती प्रदेशमा सात पार्टीको प्रतिनिधित्व : कसको बन्ला सरकार?
खासमा प्रतिनिधि सभा र प्रदेश सभा दुई छुट्टाछुट्टै इकाई हुन्। तर दुवैको एकै पटक चुनाव हुँदा प्रतिनिधि सभाले सधैँ प्रदेश सभालाई छायामा पारिरहेको हुन्छ। भोट हाल्ने बेलामा पनि चार चार वटा मतपत्र (प्रतिनिधि सभाका दुई र प्रदेश सभाका दुई) मा छाप लगाउनु पर्ने भएकोले मतदाता कन्फ्युज! प्रतिनिधि सभाले छायामा पारेकोले प्रदेश सभाहरुमा कसको सरकार बन्न… Continue reading
समानुपातिक अपडेट : जनमतले थप्यो एक सिट, एमाले र कांग्रेसबीच एक सिटको अन्तर
अपडेट : बुधबार साँझ ७:३० बजे समानुपातिकतर्फको मतगणना पनि अब अन्तिम चरणमा पुगेको छ। बुधबार साँझ साढे ७ बजे निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरण अनुसार १ करोड १ लाख ७१ हजार २७३ सदर मतको गणना भएको छ। त्यसमध्ये कानुन अनुसार तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सात वटा पार्टीले सिट पाउने देखिएको छ। आज बिहानको हाम्रो अपडेट… Continue reading
झण्डै एक करोड मत गनिसक्दा समानुपातिकमा कसको कति सिट? ७ पार्टीलाई ११० सिट
अपडेट : बुधबार बिहान ८ बजे समानुपातिकतर्फको मतगणना पनि अब अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान ८ बजे निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरण अनुसार झण्डै एक करोड अर्थात् ९९,९३,५६८ मत गणना भइसकेको छ। त्यसमध्ये कानुन अनुसार तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सात वटा पार्टीले सिट पाउने देखिएको छ। सोमबार जनमत पार्टीको इन्ट्रीसँगै त्यो दिनको सिट विवरण… Continue reading
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले समानुपातिकमा सिट पाउला?
समानुपातिकतर्फ खसेको मत गन्ने काम अन्तिम चरणमा पुगेको छ। मंगलबार राति १० बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा अपडेट भएको तथ्याँक अनुसार लगभग १ करोड मत गनिसकियो। अब अझै झण्डै १० लाख मत गन्न बाँकी छ। हिजो सोमबार सिके राउत नेतृत्वको जनमत पार्टीले गणना भएको मतमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर कम्तिमा चार वटा समानुपातिक सिट सुरक्षित गरेको… Continue reading
सिके राउतको ‘लाउडस्पिकर’ले गर्यो समानुपातिकमा ‘इन्ट्री’, ठूला दलको सिट घट्यो (अपडेट : सोमबार मध्यरात)
देशभर भइरहेको समानुपातिकतर्फको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आइतबार राति १० बजेसम्मको अपडेट अनुसार झण्डै ९५ लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ। तपाईँहरुले हाम्रो समानुपातिक भोट अपडेट हेरिरहनुभएको भए याद गर्नुभएको होला, हरेक दिन केही लाखको संख्यामा मत गनिन्छ तर सिट संख्यामा भने थोरै… Continue reading
समानुपातिक अपडेट : ‘रुख’ले खोसेको एक सिट ‘घण्टी’ले पायो फिर्ता, ‘कलम’ अझै शून्य
देशभर भइरहेको समानुपातिकतर्फको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आइतबार राति १० बजेसम्मको अपडेट अनुसार ९० लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ। तपाईँहरुले हाम्रो समानुपातिक भोट अपडेट हेरिरहनुभएको भए याद गर्नुभएको होला, हरेक दिन केही लाखको संख्यामा मत गनिन्छ तर सिट संख्यामा भने थोरै मात्र… Continue reading
सत्तारुढ गठबन्धन बहुमत नजिक : १३७ विरुद्ध एमाले गठबन्धनको १०२
१५३ सिटको परिणााम आइसक्दा र समानुपातिकतर्फ पनि धेरै मत गनिसकेर कसको कति सिट आउँछ भन्नेमा एक दुई सिट बाहेक अरु लगभग हिसाब मिल्ने स्थिति भइसकेको छ। तीन ठाउँमा गणना बाँकी छ। २७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलहरुले ११० सिट जित्छन्। सरकार… Continue reading
घण्टीलाई उछिन्दै माओवादी भयो तेस्रो, ‘रुख’ले खोस्यो ‘घण्टी’को थप एक सिट [समानुपातिक अपडेट : शनिबार राति १०]
देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति १० बजेसम्मको अपडेट अनुसार ७९ लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ। यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा एक सिटमात्र हेरफेर भएको छ। तर सबैभन्दा ठूलो परिवर्तन भने घण्टीलाई उछिन्दै माओवादीको हँसिया हथौडा तेस्रो हुन… Continue reading
‘घण्टी’ र ‘हलो’को एक-एक सिट घट्दा ‘सूर्य’ र ‘रुख’लाई फाइदा [समानुपातिक अपडेट : शुक्रबार राति ११:२०]
देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति ११:२० सम्मको नतिजा अनुसार ५७ लाख भोट गनिसकियो। १ करोड ९ लाख भोट खसेको हिसाबले भोट लगभग आधाभन्दा बढी गनिसकियो। यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा दुई सिट हेरफेर भएको छ। हिजो सबैभन्दा ठूलो परिवर्तन जनता समाजवादी पार्टीको इन्ट्री रहेको… Continue reading
के सत्तारुढ गठबन्धनको बहुमत पुग्छ? एमाले गठबन्धनको बहुमत सम्भव छ? यस्तो छ हिसाब
१३५ सिटको परिणााम आइसक्दा र समानुपातिकतर्फ पनि आधा मत गनिसक्दा सिन अलि क्लियर हुन थालेको छ। सत्तारुढ गठबन्धनको बहुमत पुग्छ कि एमाले गठबन्धनको? अब अनुमान लगाउन अलि सहज भएको छ। २७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलहरुले ११० सिट जित्छन्। सरकार बनाउन… Continue reading
समानुपातिक अपडेट (बिहीबार मध्यरात) : ४ सिटसहित ‘छाता’को इन्ट्री, ‘घण्टी’ अझै तेस्रोमा
देशभर भइरहेको समानुपातिकतर्फको मतगणना अनुसार निर्वाचन आयोगले उपलब्ध गराएको बिहीबार मध्यरातसम्मको नतिजा अनुसार अपडेट हेर्दा हिजोको हाम्रो अपडेट भन्दा सबैभन्दा ठूलो परिवर्तन जनता समाजवादी पार्टीको इन्ट्री रहेको छ। उसको इन्ट्रीसँगै हिजोभन्दा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको एक एक सिट घटेको छ भने राप्रपाको हिजोको जतिकै सिट रहेको छ। समानुपातिकमा सिट जित्नका लागि कुनै… Continue reading
रवि लामिछाने : तेस्रोबाट पहिलो हुँदै फराकिलो अन्तरको जित, हेर्नुस् लाइन चार्ट रेस
यसपालिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ल्याएको भूकम्पले काठमाडौँ र ललितपुरमा ठूला भनिएका दलहरुलाई क्षति पुर्याए पनि यसको इपिसेन्टर चितवन थियो जहाँ यसका सभापति रवि लामिछाने उम्मेदवार बनेका थिए। सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता कायम गर्दैगर्दा नाम चलेका अनलाइनहरुले चितवन २ मा रवि लामिछानेले अग्रता लिएको खबर मंसिर ५ गते बिहान नै हालेका… Continue reading
समानुपातिकमा घण्टी कति बज्ला ? हालसम्मको गणना अनुसार कसको कति सिट?
यस पटकको चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैको घण्टी बजाएको छ। काठमाडौँका १० सिटमध्ये ४ सिट पहिलो पटक चुनाव लडेको यो दलका उम्मेदवारले जितेको छ। यो ब्लग लेख्दा (मंसिर ६, साँझ ७) बजेसम्म घण्टीले ४ सिट जितिसकेको छ भने ४ वटामा अग्रता लिएको छ। अब धेरैको चासो ११० वटा समानुपातिक सिटमा यो पार्टीले… Continue reading