Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुँदै नभएको प्रदर्शनको ‘समाचार’ बनाउने अनलाइनहरुबाट पत्रकारले सिक्नु पर्ने पाठ

Posted on January 21, 2024 by Salokya

बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउन लागेको विरोधमा बाबुराम भट्टराई, रवि लामिछाने, ऋषि धमला लगायतले शुक्रबार प्रदर्शन गरे भन्दै केही अनलाइन मिडियामा फोटोसहितको समाचार आयो। ती समाचारहरुको चर्चा सोसल मिडियामा पनि भयो। ती मिडियाको समाचार पत्याएर हजारौँले फेसबुकमा रियाक्ट गरे, सयौँले कमेन्ट गरे। त्यसो नगर्नेहरुले पनि आफ्नो एक किसिमको विचार बनाए। तर नेपालफ्याक्टचेक… Continue reading

फ्याक्ट चेक : चार वर्ष पुरानो फोटो राखेर खुलामञ्चमा हुँदै नभएको प्रदर्शनको समाचार अनलाइन मिडियाहरुमा

Posted on January 21, 2024 by Salokya

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शनमा उत्रिएको दावीसहित फोटोसहितका समाचार केही अनलाइन मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती फोटो… Continue reading

केटाले केटी कुट्दै गरेको यो भाइरल भिडियो हेर्नुभएको थियो? भएको के रैछ आउनुस् बुझौँ

Posted on January 19, 2024 by Salokya

केही दिनदेखि सोसल मिडियामा दुई वटा भिडियो भाइरल भएको छ- एउटामा डाँडा जस्तो ठाउँमा एउटा केटाले केटीलाई बेस्कन पिट्दै गरेको देखिन्छ। मुनितिर बजार वा मेला जस्तो लागेको देखिन्छ। रातो सुरुवाल लगाएको केटाले केटीलाई कहिले हातले कहिले लात्तैलात्ताले हानिरहेको हुन्छ भिडियोमा। त्यस्तै अर्को भिडियोमा बाटोमा हिँड्दै गरेकी उही केटीलाई त्यो केटाले हातपात गरिरहेको हुन्छ। दुवै भिडियोमा… Continue reading

फ्याक्ट चेक : के यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, ‘असुरक्षित’ एयरलाइन्सको सूचीमा परेको हो?

Posted on January 17, 2024 by Salokya

यति एयरलाइन्स ‘विश्वकै अति असुरक्षित’, ‘चढ्न नहुने’ एयरलाइन्स कम्पनीको सूचीमा पर्‍यो। के तपाईँले पनि यस्तो दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा वा अनलाइन मिडियामा देख्नुभएको छ? पख्नुस्, जे लेखिएको छ, त्यही पत्याउनुअघि फ्याक्ट चेक पनि गरौँ। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट चेकमा यो दावी भ्रामक देखियो किनभने खासै नाम नसुनिएको टिकरन्युजले लेखेको यो समाचारमा उल्लेख गरिएको स्रोतमा भएको… Continue reading

फ्याक्ट चेक : बालेनले गराएको भन्दै भाइरल भएको भिडियो काठमाडौँको होइन बुटवलको

Posted on January 11, 2024January 11, 2024 by Salokya

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो अंकित एउटा पोष्टर नगर प्रहरीले हटाउँदै गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियो काठमाडौँको भएको र मेयर बालेन शाहले हटाउन लगाएको दावीसहितका पोस्ट सामाजिक सञ्जालमा भेटिएको छ। तर हाम्रो तथ्य जाँचले भने यो भिडियो काठमाडौंको नभई बुटवलको भएको र बुटवल उपमहानगरपालिकाले नै हटाउन लगाएको पायौँ।

फ्याक्टचेक : के अदालतले करेन्ट चाउचाउको बिक्रीवितरणमा रोक लगाउन आदेश दिएको हो?

Posted on January 9, 2024 by Salokya

के तपाईँले पनि करेन्ट चाउचाउको बिक्री वितरणमा अदालतले रोक लगाउने आदेश दिएको समाचार पढ्नुभएको थियो? यस्तो समाचार नाम चलेकै अनलाइन मिडियाहरुमा पनि आएको थियो। तर समाचारमा दावी गरिए जस्तो कुरा भने होइन रहेछ। नेपालफ्याक्टचेकले यो विषयमा फ्याक्ट चेक गर्दा पत्ता लाग्यो, न ट्रेडमार्क चोरेको भनेर अदालतले फैसला गरेको छ, न बिक्री वितरणमा रोक लगाउने आदेश… Continue reading

के ‘कान्तिपुर’ले लेखे जस्तै सहकारी ठगीमा भ्रष्टाचार मुद्दा लाग्छ?

Posted on January 7, 2024January 8, 2024 by Salokya

डिस्क्लेमर : यो ब्लग रवि लामिछाने भगवान हुन्, उनीबाट केही गल्ती हुनै सक्दैन भन्ने सोचले लेखिएको होइन। सहकारी ठगीको विषयमा रवि लामिछाने दोषी देखिन्छन् कि देखिँदैनन् भन्नेतिर पनि यसले केही बोल्दैन। गतिलो प्रमाणसहितको एउटा धारिलो समाचार उनलाई ढाल्न पर्याप्त हुनुपर्ने हो।  यो ब्लगमा नेपालको राष्ट्रिय दैनिक ‘कान्तिपुर’मा प्रकाशित समाचारमा लेखिएको एउटा विषयको क्रस भेरिफिकेसन गर्ने… Continue reading

फ्याक्ट चेक : बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको सचिवालय, ‘गोरखापत्र’ र ‘रातोपाटी’ले गरेको दावी यसकारण गलत

Posted on December 31, 2023 by Salokya

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) को भाषा परीक्षा विवादको क्रममा राजधानीको बालकुमारीमा शुक्रबार (२०८० पुस १३ गते) भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी आन्दोलनकारीहरुले जलाए। गाडीमा आफू नभएको र आफूलाई छाडेर फर्कँदै गरेको बेलामा रोकेर जलाइएको दावी उनको सचिवालय, उनलाई उद्‍धृत गर्दै सरकार नियन्त्रित अखबार ‘गोरखापत्र’ र रातोपाटी… Continue reading

सरकारको लाज जोगाइदिने ‘गोरखापत्र’

Posted on December 30, 2023December 30, 2023 by Salokya

हिजो त्यत्रो ठूलो घटना भयो राजधानीमा। इपिएस विवादमा झडप हुँदा दुई जना युवकको ज्यान गयो। मन्त्रीको गाडी जलाइयो। शान्तिसुरक्षामा प्रश्न उठ्यो। हुनत हिजै सबैले यो खबर पाइसके। तर यो पक्कै पनि आजको पत्रिकामा फ्रन्ट पेजकै समाचार थियो। तर यस्तो समाचार आयो भने त सरकारलाई ‘लाज’ हुन्छ। त्यसैले सरकारको लाज जोगाइदिन अग्रसर भएछ सरकारी मुखपत्र ‘गोरखापत्र’… Continue reading

काठमाडौँमा दुई जनाको ज्यानै जाने आन्दोलन कसरी भयो? के हो ‘५ च’ विवाद?

Posted on December 30, 2023December 30, 2023 by Salokya

शुक्रबार अकस्मात् राजधानीमा उग्र आन्दोलन भएकोले कोटेश्वरबाट ग्वार्को जाने रिङरोडको बाटो बन्द भएको खबर आयो। केही समयपछि मन्त्रीकै गाडी जलाइएको भनियो। लगत्तै एक जना प्रदर्शनकारीको मृत्यु भएको दुःखद खबर आयो। केही समयमै अर्का एक युवकको पनि ज्यान गएको खबर सुनियो। आखिर किन एक्कासी प्रदर्शनकारी-प्रहरी यति उग्र भए? प्रदर्शनकारीहरुको माग के थियो? के हो विवाद? आउनुस्… Continue reading

कान्तिपुर टिभीले रातारात गायब पारेको एउटा समाचार यस्तो छ

Posted on December 27, 2023December 27, 2023 by Salokya

कान्तिपुर टेलिभिजनको आधिकारिक वेबसाइट कान्तिपुरटिभी डट कममा सोमबार राति एउटा समाचार राखियो। अरु समाचार जस्तै यो समाचारलाई पनि फेसबुक र ट्विटरमा पनि सेयर गरियो। तर रातारात त्यो समाचारलाई ‘स्यालको सिङ’ बनाइयो। अहिले तपाईँले त्यो समाचारमा क्लिक गर्नुभयो भने कस्तो हुन्छ, यहाँ क्लिक गरी हेर्नुस्। आखिर के थियो त्यो समाचार? किन त्यसरी गायब पारियो? जान्न मन… Continue reading

प्रधानमन्त्रीको ४५ मिनेट लामो सम्बोधनमा ‘म’ ४८ पटक, ‘मैले’ १८ पटक

Posted on December 26, 2023 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको पनि एक वर्ष पुगेछ। आज राष्ट्रका नाममा सम्बोधन गरे उनले ४५ मिनेटभन्दा लामो। यस्ता कर्मकाण्डी सम्बोधनमा आफ्ना राम्रा कामको बढाइचढाइ गर्ने, नराम्रा कुरा लुकाउने प्रवृत्ति हुन्छन्, त्यो सबैले थाहा पाएकै कुरा हो। मलाई चाहिँ उनले आफ्नो सम्बोधनमा के के शब्द बढी बोले, त्यो केलाउन मन लाग्यो।

रवि लामिछाने जोडिएको ‘खोया’ फलोअपमा कान्तिपुरले छुटाएका महत्त्वपूर्ण विषयहरु

Posted on December 25, 2023December 26, 2023 by Salokya

राजन अधिकारी (@ADH_RAJAN) आज ‘कान्तिपुर’ले फ्रन्ट पेजमा पोखराको सूर्यदर्शन सहकारी स्क्याम बारे ३-३ जनाको संयुक्त रिपोर्टिङ छापेको छ। त्यहाँ जीबी राईको फोटो राखिनुसम्मको औचित्य देखिन्छ किनभने जीबी सो सहकारीका हर्ताकर्ता थिए/हुन्। तर सँगै रवि लामिछानेको फोटो राखिएको मात्रै छैन, सिंगो रिपोर्टिङको केन्द्र नै बनाइएको छ। २ जनाको फोटोसँगै त्यहाँ एक छानबिन समितिको प्रतिवेदनको एउटा पेज/चिर्कटो… Continue reading

टियुलाई वर्ल्ड रेकर्डको सर्टिफिकेट थमाउने संस्थाको वेबसाइटबाट नेपाली मोबाइल नम्बर गायब !

Posted on December 20, 2023 by Salokya

दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ? शीर्षकमा यसअघिको ब्लग पढ्नुभएको छैन भने यहाँ क्लिक गरी पढ्नुस्। मान्छेहरु मात्र हैन, मिडियासमेत टियुको नाम गिनिज बुकमा लेखियो भनेर दङ्ग परेका थिए। तर, गिनिज बुक हैन, ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामको अर्कै संस्थाले सर्टिफिकेट दिएको रहेछ। यो संस्थाको वेबसाइटमा भेटिएका केही शंका गर्न लायक… Continue reading

दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ?

Posted on December 18, 2023December 18, 2023 by Salokya

हिजैदेखि अनलाइन मिडियाहरुमा होहल्ला थियो त्रिभुवन विश्वविद्यालय (टियु)को आजको दीक्षान्त समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि आउने, धेरै दीक्षित हुनेमा वर्ल्ड रेकर्ड बन्ने भनेर। आजका फोटो र समाचार हेर्दा भने गिनिज बुक हैन अर्कै नामै खासै नसुनिएको संस्था अफिसियल वर्ल्ड रेकर्डसको पो प्रमाणपत्र दिएका रहेछन्। केही अनलाइनहरुले सुटुक्क समाचार सच्याए, केहीले अझै सच्याएका छैनन्।

रवि लामिछानेको भाइरल फोटो चर्चमा होइन रेस्टुरेन्टमा खिचिएको, जिससको मूर्ति एडिट गरी थपिएको

Posted on December 15, 2023 by Salokya

के तपाईँले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बेलायत भ्रमणमा गएको बेला चर्चमा कार्यक्रम गरेको फोटो देख्नुभएको छ ? फोटोमा जिसस क्राइस्टको मूर्ति अनि  ‘चर्च अफ इंग्ल्यान्ड’ लेखेको पनि देख्नुभएको छ? पख्नुस्, यो कुरा नपत्याउनुस्। नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो फोटो मिथ्या देखिएको छ। फोटो चर्चमा नभएर बेलायतको एउटा रेस्टुरेन्टमा खिचिएको र त्यसलाई… Continue reading

एनसेलको विज्ञापनको भाइरल फोटो : खासमा कुरो यस्तो रहेछ

Posted on December 10, 2023 by Salokya

एनसेलले सबै पत्रिकामा विज्ञापन छापेको एउटा फोटो तपाईँले पनि देख्नुभएको छ ? एनसेलको अहिलेको काण्डका विषयमा खासमा भएको कुरा के हो भन्ने विषयमा कतै पढ्न पाइन्छ कि भनेर खुब हेरेँ, सबै कुरा खुल्ने गरी कतै केही आएको छैन। तर हिजो शनिबार एउटा फोटो भने सोसल मिडियामा खुब भाइरल भयो। जसले पनि त्यही फोटो राखेर आफ्ना… Continue reading

सिंगापुरमा गुगलले युट्युबेसित फ्याक्टचेकरको जोडी मिलाइदिएपछि बन्यो यस्तो भिडियो

Posted on December 5, 2023 by Salokya

समग्रमा मिडियाको विश्वास गुम्दै गएको छ। तर पनि केही मिडिया छन्, जसले अडियन्सको विश्वास जितिरहेका छन्। मिडियाको विश्वसनीयता कायम राख्ने एउटा प्रमुख अस्त्रका रुपमा फ्याक्ट चेक पनि रहेको छ। यसै मेसोमा गुगलको एसिया प्रशान्त मुख्यालय रहेको सिंगापुरमा Trusted Media Summit को आयोजना भयो जसमा ३२ देशका ६७८ जना सहभागी थिए। नेपालफ्याक्टचेकका सम्पादकका रुपमा म पनि… Continue reading

कोर्ट रिपोर्टिङको बिजोग भाग ३ : सर्वोच्चले एउटै मुद्दामा दुई पटक कारण देखाऊ आदेश दिन्छ?

Posted on November 27, 2023November 27, 2023 by Salokya

मुद्दा हाल्ने एउटै व्यक्ति। प्रतिवादी पनि एउटै। मुद्दा पनि एउटै। अनि सर्वोच्च अदालतले त्यही मुद्दामा दुई दुई पटक फरक फरक इजलासबाट कारण देखाऊ आदेश जारी गर्छ ? कान्तिपुर, नागरिक, गोरखापत्र लगायतका नेपालका मूलधारे छापा र अनलाइन मिडियाहरुलाई पत्याउने हो भने त गर्दो रहेछ। जबकि यस्तो हुनै सक्दैन। कोर्ट रिपोर्टिङको हुर्मत लिने समाचार गएको साता नेपालका… Continue reading

संयुक्त राष्ट्र संघको सदस्यताबारे बालेनले गरेको दावी सही हो कि गलत ?

Posted on November 26, 2023 by Salokya

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिलेको ट्विटर) मार्फत् नेपाल संवत् ११४४ नयाँ वर्षको शुभकामना दिँदै नेपालले संयुक्त राष्ट्र संघमा सदस्यका लागि आवेदन गर्दा सदस्यता नपाएको कारणबारे आफ्ना विभिन्न दाबी प्रस्तुत गरेका छन्। तर हाम्रो तथ्य जाँचले भने उनका केही दावी गलत र केही अपुष्ट रहेको भेटिएको छ।

Posts pagination

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme