Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोर्ट रिपोर्टिङको बिजोग भाग ३ : सर्वोच्चले एउटै मुद्दामा दुई पटक कारण देखाऊ आदेश दिन्छ?

Posted on November 27, 2023November 27, 2023 by Salokya

मुद्दा हाल्ने एउटै व्यक्ति। प्रतिवादी पनि एउटै। मुद्दा पनि एउटै। अनि सर्वोच्च अदालतले त्यही मुद्दामा दुई दुई पटक फरक फरक इजलासबाट कारण देखाऊ आदेश जारी गर्छ ? कान्तिपुर, नागरिक, गोरखापत्र लगायतका नेपालका मूलधारे छापा र अनलाइन मिडियाहरुलाई पत्याउने हो भने त गर्दो रहेछ। जबकि यस्तो हुनै सक्दैन। कोर्ट रिपोर्टिङको हुर्मत लिने समाचार गएको साता नेपालका… Continue reading

संयुक्त राष्ट्र संघको सदस्यताबारे बालेनले गरेको दावी सही हो कि गलत ?

Posted on November 26, 2023 by Salokya

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिलेको ट्विटर) मार्फत् नेपाल संवत् ११४४ नयाँ वर्षको शुभकामना दिँदै नेपालले संयुक्त राष्ट्र संघमा सदस्यका लागि आवेदन गर्दा सदस्यता नपाएको कारणबारे आफ्ना विभिन्न दाबी प्रस्तुत गरेका छन्। तर हाम्रो तथ्य जाँचले भने उनका केही दावी गलत र केही अपुष्ट रहेको भेटिएको छ।

टिकटकमा भन्दा छाडा जोक सरकारी अखबारको सम्पादकीय पेजमा

Posted on November 23, 2023 by Salokya

मन्त्रिपरिषद्ले टिकटक एपमा प्रतिबन्ध लगाउने निर्णयबारे जानकारी दिने क्रममा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सद्‍भाव र पारिवारिक रुपमा हेर्ने नमिल्ने कन्टेन्टहरुलाई कारण बताएकी थिइन्। तर, तपाईँलाई थाहा छ, आज मात्रै सरकारी स्वामित्वको अखबारको सम्पादकीय पेजमा टिकटकमा भन्दा छाडा जोक छापियो। पत्याउनु भएन ? आउनुस् म तपाईलाई देखाउँछु।

आफ्नै दिवस थाहा नपाउने हाम्रा टिभी पत्रकारहरु

Posted on November 20, 2023November 20, 2023 by Salokya

आज फेसबुक फिड चहार्नुभएको छ र तपाईँका केही साथीहरु कुनै जमानामा टेलिभिजनमा काम गरेका थिए वा अहिले पनि काम गरिरहेका छन् भने एउटा पोस्ट पक्कै याद गर्नुभयो होला- विश्व टेलिभिजन दिवस। उनीहरुले विश्व टेलिभिजन दिवस भन्दै शुभकामना पोस्ट गरिरहेका छन्। तर, विश्व टेलिभिजन दिवस कहिले हो भनेर सामान्य गुगलसमेत गर्न नजान्दा उनीहरुले एक दिन अगाडि… Continue reading

फ्याक्ट चेक : अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित रहेको ‘कान्तिपुर’को दावी यसकारण गलत

Posted on November 18, 2023 by Salokya

लक्ष्मीपूजाको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठक (२०८० कात्तिक २७ गते) बारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता तथा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय गरेको जानकारी दिइन्। त्यसको भोलिपल्टै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई टिकटकको पहुँचमा तत्काल रोक लगाउन सूचना पनि जारी गर्‍यो। टिकटक बन्द गर्ने… Continue reading

टिकटकमा प्रतिबन्धको अर्को पाटो : हजुरआमाहरु माथि अन्याय भयो

Posted on November 16, 2023 by mysansar

स्वेच्छा राउत – मैले मेरा हजुरआमाहरूलाई सबैभन्दा खुसी गीत गाउँदै गर्दा वा नाच्दै गर्दा देखेकी छु। घरको आमा असारे वा काठे भाका दङ्ग पर्दै गाउनु हुन्थ्यो। केही वर्षअघि सम्म उहाँले निस्फिक्री भाका हालेको दृश्य भिडियोमा कैद गर्थ्यौँ। उहाँ केही धकाउँदै भन्नुहुन्थ्यो – ‘नखिच् न! लाज हुन्छ।’ यद्यपि भिडियोमा आफैलाई हेर्दाको थोरै लाज अनि धेरै खुसी… Continue reading

टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उलङ्घन : ३० सरोकारवाला संस्था/व्यक्तिको संयुक्त विज्ञप्ति

Posted on November 13, 2023 by Salokya

नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने वि.सं. २०८० कार्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयप्रति हामी गहिरो चिन्ता र निराशा व्यक्त गर्दछौं । मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ । अभिव्यक्ति… Continue reading

बजगाइँको अन्तर्वार्ताको यो भिडियो कता हरायो ? जनता जान्न चाहन्छ

Posted on October 17, 2023October 17, 2023 by Salokya

अलि अगाडि तपाईँले ब्लग पढ्नुभएकै होला- ‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो? यति बेलासम्म त्यो हराएको समाचार हराएको हरायै छ। कन्टेन्ट हराउने यो रोग अनलाइनमात्र होइन, अब टेलिभिजनमा पनि सरेको छ। केही अघि स्पेस फोर के टेलिभिजनबाट प्रसारण भएको एउटा प्रोमो नै हराएको थियो। खैर त्यसबारे सम्बन्धित टेलिभिजनले नै प्रष्ट पारिसकेको छ… Continue reading

नोबल विजेता अमर्त्य सेनको मृत्युको झुटो खबरमा यसरी फँसे भारतीय मिडिया

Posted on October 11, 2023 by Salokya

हिजो दिउँसोतिर तपाईँले सामाजिक सञ्जाल नचलाउनुभएको भए ठीकै गर्नुभयो। किनभने त्यहाँ जिउँदै एक जना व्यक्तित्वको मृत्यु भएको झुटो खबर फैलिएर पनि बेलुकासम्ममा जिउँदो बनाइसकिएको थियो। भारतीय मिडिया यो बतासे खबरमा फँसे पनि नेपाली मिडियाले भने हतार गरेको देखिएन। यद्यपि सोसल मिडियामा भने केहीले श्रद्धाञ्जलि लेख्न भ्याइसकेका थिए। कसरी फँसे त भारतीय मिडिया ?

अनमोल केसीलाई पत्रकारहरुले नर्भिक अस्पतालमा भर्ना गराए, प्रहरीले चैँ चिरायुमा

Posted on September 30, 2023September 30, 2023 by Salokya

पक्राउ परेर हिरासतमा राखिएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्‍यो भने कसले गर्छ? पक्कै पनि प्रहरीले ! तर शनिबार अचम्म भयो। सब मिडिया मिलेर प्रहरीको हिरासतमा रहेका अनमोल केसीलाई थापाथलीको नर्भिक अस्पतालमा भर्ना गराए। अनलाइनखबर, सेतोपाटीदेखि अरु धेरै भुरेटाकुरे अनलाइनले अनि अस्ति भर्खर बन्द गरेर अब सुध्रिन्छु भनेर फर्कीआएको रुटिन अफ नेपाल बन्दले समेत अनमोललाई नर्भिक अस्पतालमा… Continue reading

अनमोल केसी पक्राउ पर्दा देखा परेका ‘१० पैसे’ अनलाइन :)

Posted on September 30, 2023 by Salokya

हिरो अनमोल केसी हिजो पक्राउ परेको खबर आयो। फिल्ममा त धेरै पटक पक्राउ परेका थिए, तर समाचार चाहिँ फिल्मको हैन, साँच्चिकै हो रे भनेर अनलाइनहरु पढ्दा थाहा पाइयो। खासमा एउटा अनलाइन पढेर सबै जानकारी पाउन पाए अरु अनलाइनहरु चहार्नै पर्दैन थियो। तर के गर्नु, हाम्रा अनलाइनहरु त्यस्ता छैनन्। एउटा मात्र पढेर कुरा बुझिन्न, धेरै वटा… Continue reading

‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो?

Posted on September 28, 2023September 28, 2023 by Salokya

सानोमा एउटा बालगीत निकै चलेको थियो- ‘क’बाट कछुवा, ‘ख’- खरायो, खरायोको सिङ छैन, कता हरायो ! पछि यो गीत रिमिक्स गरेर नयाँ पनि बनाइयो। अब यसैलाई थोरै पत्रकारिताको टोन दिएर नयाँ रिमिक्स गराएर हेडलाइन हालेको। कुरो बुझेपछि तपाईँले पनि हेडलाइनमा झैँ गीत गाउन सक्नुहुन्छ। सबैभन्दा पहिला नागरिकन्युजको यो लिङ्कमा क्लिक गर्नुस् – https://nagariknews.nagariknetwork.com/economy/1306391-1695876474.html केही खुल्यो… Continue reading

हाम्रा साना न्युजरुम एआईले जोगाउन सक्ला त ?

Posted on September 20, 2023September 20, 2023 by Salokya

संसार भरका दुई हजार भन्दा बढी खोज पत्रकारहरु अहिले स्वीडेनको गोथनबर्गमा भेला भएका छन्। यहाँ आजदेखि इन्टरन्यासनल इन्भेस्टिगेटिभ जर्नलिजम कन्फ्रेन्स हुँदैछ। यसैमा सहभागी हुन म पनि केही साथीहरुसँग यहाँ आएको छु। कन्फ्रेन्स सुरु हुनुभन्दा एक दिनअघि प्रि-कन्फ्रेन्स डे थियो र मुख्य विषय थियो एआई। अनि त्यसैको एउटा सेसन थियो- एआईले साना न्युजरुम कसरी बचाउन सक्छ… Continue reading

मिडिया हाउसको लबिङले काम गरेन, रक्सीको विज्ञापन राख्‍न नपाउने अन्तरिम आदेश कायमै

Posted on September 12, 2023 by Salokya

कानुनमा स्पष्ट उल्लेख भए पनि रक्सीको विज्ञापनलाई ‘चोर बाटो’बाट अनुमति दिलाइ पाउन मिडिया हाउसहरुले गरेको लबिङ खेर गएको छ। भदौ २५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको इजलासले न्यायाधीश नहकुल सुवेदीले दिएको अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेको छ। उक्त अन्तरिम आदेश खारेज गर्न नेपाल विज्ञापन संघले रिट हालेको थियो। पछिल्लो पटक तीन वटा… Continue reading

आर्थिक पत्रकारिताको बिजोग : लेख्‍नेले नै समाचार नबुझे पछि…

Posted on September 11, 2023 by Salokya

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड अहिले समाचारको विषय बनेको छ। अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्ने गरेको रहेछ। एउटाले सोसल मिडियामा छ्यास्स केही लेखिदिएपछि आर्थिक पत्रकारिता गर्ने अनलाइनहरुले त्यसमा समाचार बनाउन थाले। तर, समाचार लेख्नेले नै समाचार नबुझेपछि कस्तो हालत हुन्छ? आउनुस् केही नमूना हेरौँ।

सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

Posted on September 11, 2023 by Salokya

यो फोटो सम्झनुभएको छ ? २२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्‍यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading

अकस्मात् हराएको ‘नेपाली मिडियामा चीनको प्रभाव’सम्बन्धी रिपोर्ट, के-के संशोधनपछि पुनः प्रकाशित भयो?

Posted on September 7, 2023September 8, 2023 by Salokya

गएको अगस्त ४ तारिखमा पहिला ट्विटरको नामले चिनिने एक्समा @CsifNepal ह्यान्डलबाट एउटा ट्विट गरियो जसमा लेखिएको थियो- CESIF को अध्ययनमा पछिल्लो समयमा चीनको फेरिदो नेपाल नीति र त्यसको कार्यान्वयनमा चीनले कसरी मिडियालाई प्रयोग गरिरहेको छ र बद्लिदो भूराजनीतिक परिदृश्यमा नेपालमा त्यसको प्रभाव कस्तो छ भनेर विश्लेषण गरिएको छ।  यो ट्विट खासै धेरै फैलिएको थिएन। यो… Continue reading

बालेनलाई सन्तान लाभको बधाई, तर मिडिया के भा’का ?

Posted on September 3, 2023September 3, 2023 by Salokya

नलगाइएको आगो सल्किएर हैरान छ अहिले मिडिया र सोसल मिडियामा। यसको केन्द्रमा छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह। हिजो राति उनले फेसबुकमा लेखेको एउटा स्टायटस यति छिटो फैलियो कि मूलधारका मिडियाले आफ्नो हैसियत प्रष्ट देखाए। बालेनले राति ९ बजेर २१ मिनेटमा ‘सिंहदबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भनेर के लेखेका थिए, मिडिया त्यसलाई कपिपेस्ट… Continue reading

अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् त? के छ नयाँ मस्यौदामा?

Posted on August 29, 2023 by Salokya

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयकका बारेमा जानकारी दिँदै एउटा कार्यक्रम गरेपछि हिजोदेखि एउटा नयाँ बहस सुरु भएको छ। नयाँ कानुनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाबारे उल्लेख छ। तर, हाललाई यो निर्वाचन आयोगले मस्यौदा मात्रै गरेको विषय हो। यसलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले आ-आफ्नो प्रक्रियामा लगेर पारित गर्न बाँकी छ। पारित भएपछि… Continue reading

अल्छी पत्रकारिताको परिणाम : ‘पूर्णपाठ’ भन्दै पाठकलाई यातना

Posted on August 28, 2023August 28, 2023 by Salokya

ललिता निवास प्रकरणमा हिजो सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गर्‍यो। यो समाचार त तपाईँले हिजो मिडियामा देखिसक्नुभयो नै होला। तर त्यो अभियोग पत्रमा खास कुरा के के छ भन्ने तपाईँलाई थाहा छ ? तपाईँहरु मध्ये थोरैलाई मात्र यसबारे जानकारी होला। किनभने यो सब बुझिने गरी कसैले लेखेकै छैन। कसैले लेखेकै भए पनि तपाईँको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme