Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्‍यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ

Posted on December 4, 2021 by Salokya

शुक्रबार एकथरि नेपालीहरु त्यसै त्यसै दङ्ग परिरहेका थिए। सामाजिक सञ्जालमा एकखाले उत्सव रहेछ- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्‍यो भनेर। कसले राखेको? अमेरिकी मिडिया सीएनएनले रे। त्यसै त मोमोप्रेमी नेपालीहरु। रेस्टुरेन्टमा तीन पानाको मेन्यु पल्टाएर लास्टमा मोमो माग्नेहरु भनेर व्यङ्ग्य नै गरिन्छ नि। शुक्रबार सिमसिम पानी परेर जाडो भएको बेलामा झोल मोमोको झल्को आइराबेलामा यस्तो… Continue reading

अचम्म ! हातैले प्लेन धकेलेको देखियो : अरु कुन ठाउँमा यस्तै घटना भएका रहेछन्?

Posted on December 1, 2021December 1, 2021 by Salokya

हामीले नेपालीले चारपाङ्ग्रे गाडी हातैले धकेलेर गुडाएको त धेरै नै देखेका छौँ। खासमा काठमाडौँ खाल्डोमा त गाडी नै मान्छेहरुले बोकेर ल्याएका थिए। किनभने त्यतिबेला बाटो थिएन। तर आज अलि अचम्मैको दृश्य देखियो- एउटा प्लेनलाई मान्छेले धकेल्दै गरेको। खगेन्द्र खड्काले टिकटकमा आज अपलोड गरेको भिडियो एकैछिनमा भाइरल भयो। उनको भिडियो कपि गर्दै धेरैले ‘नेपाली हो नि’,… Continue reading

के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो

Posted on November 29, 2021November 29, 2021 by Salokya

अहिले एउटा पोस्ट सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको देखिन्छ। विषय हो- नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज। बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्स आदिले महाधिवेशन र ओलीको प्रशंसामा विभिन्न कुराहरु लेखेको दावी गरिएको छ ती भाइरल पोस्टमा। सामान्य कार्यकर्ताहरु मात्रको के कुरा, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नै यो सेयर गरेका… Continue reading

पत्रकारिता कि अनुमानकारिता : समाचारको नाममा जे लेखे पनि हुने ?

Posted on November 28, 2021November 28, 2021 by Salokya

एमालेको चितवनमा भइरहेको महाधिवेशनका बेला एउटा समाचार अहिले सामाजिक सञ्जालतिर भाइरल बनेको छ। “चितवनमा इतिहासमै सबैभन्दा बढी गर्भनिरोधक अस्थायी साधनको माग” शीर्षकको यो समाचार सबैभन्दा पहिला शनिबार, ११ मङि्सर २०७८ गते नेपाल आज नामको अनलाइनमा प्रकाशित भएको हो। त्यसपछि अरु अनलाइनहरुले पनि यसलाई जस्ताको तस्तै कपिपेस्ट गरेका छन् भने फेसबुकमा एउटा छापा माध्यममा समेत यो… Continue reading

स्याटेलाइटसम्बन्धी ओलीको दावी यसकारण गलत

Posted on November 28, 2021November 28, 2021 by Salokya

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी विभिन्न दावी गरे। ‘अन्तरिक्ष पनि हाम्रो हो। अन्तरिक्षबाट, स्याटेलाइटबाट हामी काम गर्नेछौँ’, ओलीले भने, ‘स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि हाम्रो मार्ग, अरुले लिएको मार्ग, अरुले… Continue reading

आदेशका अध्यक्ष, परमादेशका प्रधानमन्त्री

Posted on November 27, 2021November 27, 2021 by Salokya

एमालेले नारायणी नदीको किनारमा आज १० औँ महाधिवेशनको उद्घाटन गर्‍यो। देशभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेको फोटो अहिले मिडियामा देख्न पाइन्छ। कार्यक्रममा एमालेले परमादेशका प्रधानमन्त्री भन्ने गरेका शेरबहादुर देउवा पनि उपस्थित थिए। लामो समयपछि पूर्व प्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्री देउवा एउटै मञ्चमा उभिएका थिए। सर्वोच्च अदालतले परमादेश नदिएको हुँदो हो त प्रधानमन्त्री ओली अनि… Continue reading

चौरजहारी जहाज काण्ड : गल्ती कसको ? एयरलाइन्सको, पाइलटको कि मिडियाको?

Posted on November 24, 2021November 25, 2021 by Salokya

प्लेन उड्दै थियो। उड्दाउड्दै पाइलटको ड्युटी आवर सकियो। त्यसपछि लानुपर्ने ठाउँमा नलगी पाइलटले प्लेनलाई डाइभर्ट गरेर अर्कै ठाउँमा झारे।  यस्तै खालका समाचार भाइरल भएको थियो हिजो। तर साँझ पर्दा नपर्दै त्यस्ता समाचारमा केही गल्ती भएको खुल्यो। अधिकांश समाचारहरुमा लेखिए जस्तो जहाज रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको होइन रहेछ। त्यो एयरपोर्ट त धेरै भइसक्यो बन्द भएको।… Continue reading

चौरजहारी विमानस्थलमा यसरी डुबेछन् मिडिया

Posted on November 23, 2021November 25, 2021 by Salokya

आज एउटा समाचार एकदमै चर्चामा आयो- नेपाल वायुसेवा निगमको एक जना पाइलटले रुकुमको चौरजहारी पुर्‍याउनु पर्ने विमान ड्युटी सकियो भनेर नेपालगञ्जमै झारेछन् रे। अलि अनौठो खालको खबर भएकोले सबैको ध्यान तानियो। एउटाले लेखेपछि अर्कोले पनि लेख्यो। हुँदाहुँदा भएभरका मिडियामा एउटै कुरा देखियो। तर खासमा पाइलटले मात्र एक ठाउँमा पुर्‍याउनु पर्ने जहाज अर्को ठाउँमा लगेका होइन… Continue reading

२० मिनेटको कार्यक्रम देखाउन नमानेको आस्था टिभीलाई रामदेवले यसरी आफ्नो कब्जामा लिएका थिए

Posted on November 21, 2021November 21, 2021 by Salokya

नेपालमा अनुमति नै नलिई प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र नेताहरुको लर्को लगाएर भारतीय योगगुरु रामदेवले दुई वटा टेलिभिजनको उद्घाटन गरेको बारे चर्चा चलेको छ। प्रधानमन्त्रीले नै गैरकानुनी टेलिभिजनको उद्घाटन गर्ने हो त भनेर प्रश्न पनि हाम्रा मिडियामा उठाइएका छन्। तर यहाँ मैले चाहिँ उद्घाटन भएको आस्था नेपाल टिभी र पतन्जली नेपाल टिभीको नभई रामदेवको हातमा भारतको… Continue reading

अब हाम्रो हरियो हैन, खैरो पासपोर्ट

Posted on November 17, 2021 by Salokya

हामीले अहिले बोक्दै आएको नेपालको पासपोर्ट हरियो रङको थियो। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर्ड हुने बेला आउँदैछ। किनभने आजदेखि जारी भएको नेपालको इ पासपोर्टको रङ परिवर्तन भएको छ। राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो। 

मदिराको विषयमा मिडियाका अगाडि निरीह विज्ञापन बोर्ड

Posted on November 13, 2021 by Salokya

यसपालि दशैँतिहारको चाडवाडमा मिडिया साहुहरुलाई फाइदै भो। तपाईँहरुले पनि याद गर्नुभयो होला, चल्तीका कति पत्रिकाहरुले ज्याकेट ओढेका थिए। फ्रन्टपेजमा समाचारको साटो विज्ञापन देखिनुलाई ज्याकेट लगाएको भन्छन् प्राविधिक भाषामा। यस्तो ज्याकेट अधिकांश मदिरा कम्पनीहरुका थिए। अनलाइनहरुमा पनि क्लिक गर्ने बित्तिकै समाचार नदेखेर यस्तै मदिराका विज्ञापन देखेको पनि धेरैले याद गर्नुभयो होला। मिडियाले विज्ञापन पाउनु राम्रै कुरा… Continue reading

के किताब पढेर र भिडियो हेरेर पनि विपश्यना ध्यान साधना गर्न सकिन्छ?

Posted on November 10, 2021November 10, 2021 by Salokya

विपश्यना ध्यान बारे ब्लगहरु लेखिरहने भएर होला, कहिलेकाहीँ व्यक्तिगत प्रश्नहरु मलाई आइरहेको हुन्छ। त्यसो त एक दशकदेखि यसको अभ्यास गर्दै आए पनि म यो विद्याको एक सामान्य साधक मात्रै हुँ, कसैलाई सिकाउने वा सल्लाह दिन म सक्षम छैन। तर पनि आफूले जानेका सामान्य विषय सुझाव दिई थप बुझ्नका लागि सम्पर्क गर्न सकिने स्थान बताउने गरेको… Continue reading

विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु

Posted on November 9, 2021 by Salokya

-गौतम ‘उदय’- कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैव कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे यतिबिघ्न विकसित हुनु पछाडिका २ वटा थप कारणहरु हुन्। सदैव एकै प्रकारका (Stereotype) कुराबाट मान्छे खुसी हुन पनि सक्दैन र… Continue reading

मिडिया दावी : अनि, निस्कियो त गुरुत्वबलबाट बिजुली?

Posted on October 31, 2021 by Salokya

मिडियाले गरेका अपत्यारिला दावीहरुको फलोअप हामी यो शृङ्खलामा गर्नेछौँ। आज प्रस्तुत छ- २०७१ सालमा नेपाली मिडियामा ‘संसारमा अहिलेसम्म नभएको काम’ भन्दै खुबै प्रचार भएको एउटा विषय। २०७१ सालमा सेतोपाटीमा एउटा फिचर छापिएको थियो जसको शीर्षक थियो- पृथ्वीको गुरूत्वाकर्षणले तानेको एउटा युवा। ‘राम्ररी काम गर्न पाए एक वर्षभित्र गुरुत्त्व बलबाट बिजुली बाल्न सकिन्छ’ भनेर त्यसमा उनकै… Continue reading

मेटा : फेसबुकको नयाँ नाम, थाहा पाउनु पर्ने चार तथ्य

Posted on October 29, 2021October 29, 2021 by Salokya

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। त्यसो त केही मिडियाले यसअघि नै फेसबुकले नयाँ नाम राख्न लागेको रिपोर्टिङ गरिसकेका थिए। आउनुस्, यो न्वारन बारे जान्नै पर्ने चार तथ्य बुझौँ।

वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता

Posted on October 28, 2021October 28, 2021 by mysansar

-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading

विज्ञापन छापेको पेज गायब बनाउन नपाइने : बोर्डले मिडियाका लागि बनाएको आचार संहिता

Posted on October 26, 2021October 26, 2021 by Salokya

कुनै एउटा कार्यालयले ठेक्काको विज्ञापन छापेको रहेछ। तर त्यो विज्ञापन छापिएको पत्रिका बजारमै पुगेनछ। पत्रिका बीचैमा गायब ! यस्तो कुरा तपाईँले पनि सुन्नुभएको होला। यस्तै खाले समस्या भएर नै होला, विज्ञापन बोर्डले हालै तयार पारेको विज्ञापन आचार संहिता, २०७८ को मस्यौदामा सञ्चार माध्यमले पालना गर्नुपर्न आचार संहितामा त्यसो गर्न नपाइने भनिएको रहेछ। विज्ञापन (नियमन गर्ने)… Continue reading

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

Posted on October 25, 2021October 25, 2021 by Salokya

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

कथा : सम्बन्ध विच्छेद

Posted on October 23, 2021 by Salokya

-शशांक लामा- जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म… Continue reading

रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश : हुँदै नभएको कुराको ‘समाचार’ बनाउनुको रहस्य

Posted on October 21, 2021October 21, 2021 by Salokya

‘ऋषि धमला र रवि लामिछाने त माओवादीमा प्रवेश गरे रे नि !’ एक परिचितले फेसबुक मेसेन्जरमा मलाई सोधे। ‘कसरी थाहा पाउनु भो?’ मैले सोधेँ। ‘फेसबुकबाट,’ उनको जवाफ ! ‘फेसबुकमा जे लेखियो त्यही पत्याउँदै हिँड्ने हो त’ 🙂 इमोजीसहित मैले जवाफ फर्काएँ। ‘हैन, हैन-  रवि लामिछानेको ग्यालेक्सी टिभीकै फेसबुक पेजमा पढेको मैले’, उसले भन्यो, ‘अनि बीबीसीमा… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 267
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme