Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरा दुर्घटनाको भाइरल फोटो : के यस्तै पहिले पनि भएको थियो ?

Posted on March 31, 2024 by Salokya

हिजो भाइरल भएको एउटा फोटो देखेर सबै छक्क पर्नुभयो होला। पोखराको अर्चलेमा भएको बस दुर्घटनाको फोटो थियो त्यो। नाम ‘बस’ भए पनि बस बसिरहेको थिएन, उठिरहेको थियो। अगाडिको भागले भूइँमा टेकेर पाङ्ग्रा जति सबै हावामा। लेखनाथको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा भित्र अरु यात्रु थिएनन्। बसका ड्राइभर र… Continue reading

भ्रष्टाचारमा दोषी सांसदको निलम्बन फुकुवा : भएको के हो ? १५ प्रश्नउत्तरमा बुझ्नुस्

Posted on March 29, 2024March 30, 2024 by Salokya

१. के भएको थियो? उत्तर: मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरिएपछि संसद सचिवालयले निलम्बन गरेको थियो। २. के यो नियममा थियो? उत्तर: हो, भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचारको मुद्दा लागेमा स्वतः निलम्बन हुनुपर्छ। ३. अनि के भयो? उत्तर: गुरुङले सर्वोच्च अदालतमा गई उनको निलम्बन बदर गर्न निवेदन दिए र सर्वोच्चले उनको… Continue reading

चिनियाँ सेनामा गोर्खा सैनिक भर्ना ? नपत्याउनुस्, गलत हो

Posted on March 29, 2024 by mysansar

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब चिनियाँ सेनामा भर्ना भएर भारतविरुद्ध लड्न लागेको दाबी गरिएको छ। तर हाम्रो तथ्यजाँचले भने उक्त दाबी गलत देखिएको छ ।

सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङ? अहँ, नपत्याउनुस् ! त्यो गलत हो

Posted on March 14, 2024 by Salokya

अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसमा गरिएको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा ! रातो र चन्द्रसूर्य गीतमा त्यही दृश्यमा बनाइएको टिकटक भिडियो। के तपाईँले पनि सामाजिक सञ्जालमा यस्तै देख्नुभएको छ ? नझुक्किनुस्। त्यो गलत हो। नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको देखिएको छ। ओपेरा हाउसले नेपाली झण्डासहितको लाइटिङ नगरेको जनाएको छ।

‘किल नोटिस’ कान्ड मच्चाएको बेलायती राजपरिवारको त्यो फोटो

Posted on March 12, 2024 by Salokya

यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा हङ्गामा मच्चाएको फोटो हो यो। यसो हेर्दा यसमा खास त्यस्तो केही देखिन्न। बेलायती राजपरिवारका सदस्यहरुको यो फोटोमा  प्रिन्सेस अफ वेल्स केट मेचमा बसेकी छिन् र उनको वरिपरी प्रिन्सेस शार्लट, प्रिन्स लुई र प्रिन्स जोर्ज छन्। प्रिन्स जोर्जले आफ्नी आमालाई अँगालो हालेका छन्। दुई महिनाअघि पेटको शल्यक्रिया गराएपछि सार्वजनिक जीवनबाट टाढा रहँदै… Continue reading

जीबी राई ‘पक्राउ’ : गलत समाचार लेखेर गलत बहानामा बचाउ

Posted on March 7, 2024 by Salokya

बिहीबार बिहानै एउटा समाचारले बजार पिट्यो : सहकारी ठगीको मुद्दामा फरार जीबी राई पक्राउ परे। डढेलो जस्तै यो समाचार आक्रामक रुपमा फैलियो। खासमा यो गलत रहेछ। पुलिसलाई नै पक्राउ परेको थाहा रहेनछ, पत्रकारहरुमात्रै चम्किएका रहेछन्। अझ रोचक त यो मिथ्या सूचना राखेर त्यसलाई बनाएको बहानामा देखियो। आउनुस्, एक पटक हेरौँ र रेकर्डमा राखौँ यो ‘काण्ड’लाई।

नेपाली महिला नासामा अध्ययन गर्न गएको? हावा समाचार, नपत्याउनुस् !

Posted on March 1, 2024March 1, 2024 by Salokya

हिजो अस्ति भर्खरको कुरा हो, पक्कै पनि तपाईँले एउटा छाती चौडा हुने, गर्व लाग्ने समाचार अनलाइन मिडियाहरुमा पढ्नुभएको हुनुपर्छ। समाचारको शीर्षक थियो- ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् फलानो’ नेपालीहरु नासा भन्ने बित्तिकै यस्सै भावुक भइदिन्छन्। विजय शाहीदेखि अरु धेरै नासा पुगिसके। कुरा बुझ्दै ल्याउँदा थाहा भो, यस पटक पनि भावुक मिडियाले… Continue reading

खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?

Posted on February 27, 2024February 27, 2024 by Salokya

रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्‍यो। उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन। लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत… Continue reading

‘नागरिक’ले सार्वजनिक गरेको हिसाबकिताब : न ऋण घट्यो, न कर्मचारीलाई दियो तलब

Posted on February 27, 2024February 27, 2024 by Salokya

आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया ‘नागरिक’ को प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडियाले केही दिनअघि दोस्रो त्रैमासिक अवधिको रिपोर्ट सार्वजनिक गरेको छ। पब्लिक कम्पनी भएपछि हरेक तीन तीन महिनामा आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। दोस्रो बजारमा भाउ साढे तीन गुणा बढी भए पनि यो कम्पनीले नाफा कमाउने कुनै सम्भावना देखिँदैन। के के देखिन्छ त हिसाबकिताबमा ?… Continue reading

पहिले बन्दूकबाट त्रसित लोकतन्त्र अहिले गोजीगोजीका हाते फोनबाट त्रसित

Posted on February 25, 2024February 25, 2024 by Salokya

भोजराज पोखरेल सुसूचित जनता लोकतन्त्रका खम्बा हुन्, पहरेदार पनि हुन् । जनतामा चेतना जागृत गराउन लामो समयदेखि राजनैतिक दलले आफ्नो भूमिका निर्वाह गरेका छन्। जनतासम्म सूचना पुर्‍याउन उनीहरूका आफ्नै च्यानल थिए; मुखपत्र थिए, साप्ताहिक पत्रिका थिए र एउटा वफादार स्रोता पङ्ति थियो। हरेक कम्युनिकेटिभ इभेन्टको नेताले अर्थ लगाउँथे, हाम्रो समाजमा त्यसको सान्दर्भिकता बारे आफ्ना समर्थकलाई… Continue reading

‘नागरिक’ छाप्‍ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी

Posted on February 12, 2024February 12, 2024 by Salokya

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेड अब अरु भन्दा फरक छ। किनभने यो आइपिओ जारी गर्ने नेपालको पहिलो मिडिया भइसकेको छ। आइपिओ जारी गरिसकेपछि अब उसले आफ्नो हरहिसाब पनि पारदर्शी रुपमा सबका सामु राख्नुपर्ने कानुनी बाध्यता हुन्छ। यसको विश्लेषणबाट हामीले नेपालको मिडिया व्यवसाय कस्तो रहेछ भनेर नाडी छाम्ने अवसर पनि पाउँछौँ। यसै क्रममा… Continue reading

एक किलो प्याजको ७ सय‌+ रुपैयाँ ! नपत्याउनु भएको? मिडियाको समाचारमा एआईको हिसाब

Posted on February 11, 2024February 11, 2024 by Salokya

एक किलो प्याजको ७ सय रुपैयाँ ! मैले यसो भन्दा तपाईँ पत्याउनु हुन्छ ? पक्कै पनि यसले हावा कुरा गर्न थाल्यो भनेर गाली गर्नुहुन्छ होला। पख्नुस् तपाईँलाई एक किलोको प्याजको ७ सय रुपैयाँ पर्ने हिसाब मिडिया र सशस्त्र प्रहरीले कसरी निकाल्यो त्यो देखाउँछु।

फ्याक्ट चेक : सशस्त्र प्रहरीले ४२ लाखको हैन करिब ४ लाख मूल्य बराबरको मात्रै प्याज बरामद गरेको हो

Posted on February 9, 2024February 9, 2024 by mysansar

‘रातोपाटी’, ‘लोकान्तर’ लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको समाचार लेखेका छन्। हाम्रो तथ्य जाँचले भने यति मूल्य बराबरको प्याज नियन्त्रणमा नलिइएको र यो समाचार भ्रामक रहेको देखायो।

फ्याक्ट चेक : नझुक्किनुस्, दिलभूषण पाठक अहिले न्युज २४ टिभीका प्रधान सम्पादक नियुक्त भएका होइनन्

Posted on February 6, 2024 by Salokya

टेलिभिजन पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको सूचना देख्नुभयो? हो, हो मैले फेसबुकमा देखेँ भन्ने लाग्यो ? अझ चर्चित व्यक्तित्वहरुले नै हिजोदेखि धमाधम उनको फेसबुक पोस्टमा बधाई तथा शुभकामना दिइरहेको देख्नुभयो ? पख्नुस् त। धेरैले कमेन्ट गर्दैमा र नाम चलेका व्यक्तिहरुले बधाई दिँदैमा त्यो सूचना सही हुन्छ भन्ने छैन। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट… Continue reading

फेसबुकमा @highlight आतंक : अहँ, यस्तो लेख्दैमा आइडी ह्याक हुने/नहुने थाहा हुन्न

Posted on February 3, 2024February 4, 2024 by Salokya

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका छन् र त्यसमा सयौँ कमेन्टहरु देखिन्छन्। तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या भएको देखियो। फेसबुकमा कमेन्ट गर्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन। फेसबुकको यो फिचरले कमेन्ट गर्ने केही साथीहरुलाई नोटिफिकेसनसम्म… Continue reading

माघ १९ सम्झना : समाचार बज्दाबज्दै सेना कन्ट्रोल रुममा पसेपछि…

Posted on February 3, 2024 by Salokya

किरण कौशल – २०६१ माघ १९ को शाही घोषणाद्वारा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु हुनासाथ सङ्कटकाल घोषित गर्दै समग्र सञ्चार क्षेत्रमाथि आक्रमण गरियो। यसबाट पाल्पाका एफएम रेडियोहरू पनि अछुतो रहेनन्। माघ १९ गते बिहान उक्त घोषणा रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत् देशभर प्रसारण भएपछि पाल्पामा एफएम रेडियोका कार्यालय वरिपरि सुरक्षा फौज तैनाथ गरिए। १२… Continue reading

फ्याक्ट चेक : के मेयर बालेन शाहले ‘मार्छन् भने मारुन्’ भनेका हुन् ?

Posted on February 2, 2024 by Salokya

केही दिनदेखि काठमाडौँका मेयर बालेन शाहले ‘मार्छन् भने मारुन’ भन्दै गरेको एउटा भिडियो क्लिपसहितको फेसबुक रिल्स भाइरल भइरहेको छ। हाम्रो तथ्य जाँचले देखायो- तीन वर्ष पहिले बालेन मेयर निर्वाचित नहुँदै फरक प्रसंगमा बोलेको कुरालाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको हो।

फ्याक्ट चेक : के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ?

Posted on January 29, 2024 by Salokya

अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती दावी मिथ्या देखियो। फुलब्राइट स्कलरसिपमा उमेर हद तोकिएको छैन।

भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया (भाग २)

Posted on January 26, 2024January 26, 2024 by Salokya

हेडलाइन हेर्ने बित्तिकै भाग १ चाहिँ खै भन्ने लाग्न सक्छ। त्यसको बारेमा जानकारी सबैभन्दा पुछारमा छ। अहिलेलाई भाग २ सुरु गरौँ। जनवरी २६ नेपाली मिडियाका लागि सानोतिनो दशैँ नै हो। दशैँमा शुभकामना विज्ञापन पाए जस्तै नेपाली मिडियाले भारतीय दूतावासबाट एउटा फूल पेज विज्ञापन पाउँछन्- त्यहाँको गणतन्त्र दिवसको उपलक्ष्यमा। बरु नेपाली गणतन्त्र दिवस आउँदा खासै चासो… Continue reading

निर्वाचन आयोगभन्दा छिटो हुन खोज्दा चिप्लिएका मिडिया

Posted on January 26, 2024 by Salokya

निर्वाचन आयोगले राष्ट्रिय सभाको हिजो भएको निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गर्नुअघि नै केही अनलाइन मिडियाले परिणाम सार्वजनिक गरेको थियो। ठीकै परिणाम सार्वजनिक गरे त ठीकै पनि हुन्थ्यो होला, तर परिणामै गलत हुने समाचार पो आयो। कुरो कांग्रेसका कृष्णप्रसाद सिटौलाको हो, जो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। तल्लो सदनको निर्वाचनमा हारिसकेका उम्मेदवार भएकोले धेरैको चासो… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme