नोट : ‘फ्याक्ट चेक’ र ‘ब्लग’ अलग विधा हुन्। ब्लगमा आफ्नो विचार हुन्छ। तलको सामग्री ‘फ्याक्ट चेक’ नभई कान्तिपुरका एक पाठक राजन अधिकारीले कान्तिपुरका समाचारहरु पढेर उठाएका प्रश्नसहितको ब्लग हो। राजन अधिकारी/@ADH_RAJAN कान्तिपुरले पछिल्लो एक हप्तामा तीन वटा मेन न्युज र एउटा सम्पादकीय लगातार एउटै विषयमा लेखेको छ, जसको केन्द्रमा थिए-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा… Continue reading
वैशाख १ मा मात्र फूल्ने फूल? समाचार पढ्नुभो? साँचो कुरा थाहा पाउन अब यो पनि पढ्नुस् है
हरेक नयाँ वर्षको दिन वैशाख १ मात्र फूल्ने फूलको बारेमा समाचार पढ्न पाइन्छ। यस पटक पनि रुटिन अफ नेपाल बन्ददेखि रिपोर्टर्स नेपाल, नेपालखबर जस्ता अनलाइनमा यसबारे लेखिए। खास कुरा थाहा पाउन यो पुरानो ब्लग यहाँ दोहोर्याइएको छ। यो वर्षमात्र होइन पछिल्ला केही वर्षदेखि हरेक वैशाखको पहिलो दिन मिडियामा एउटा समाचार आउने गर्छ- नयाँ वर्षको पहिलो… Continue reading
ढाकाको सांसद पद के हुन्छ? ‘एक अधिकारी’को कुरा पत्याउने कि कानुनको ?
राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा प्रसाइँसँग दुई करोड मागेको अडियो काण्डपछि आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा उनको साधारण सदस्यता खारेज गरेको र फलस्वरुप सांसद पद खारेज भई रिक्त स्थानमा बिन्दबासिनी कंसाकारलाई निर्वाचित गर्न प्रक्रिया अघि बढाउने जानकारी दिइयो। तर मिडियामा भने समानुपातिक सांसदलाई हटाउने प्रक्रिया सहज नभएको भन्दै समाचारहरु… Continue reading
सावधान, अनलाइनखबरको नाममा अर्को फिसिङ लिङ्क फेसबुकमा
अनलाइनखबरको नाममा फेरि एउटा अर्को फिसिङ लिङ्क फेसबुकमा देखिएको छ। सावधान, त्यो लिङ्कले पासो थापेको हो। त्यसमा भएको पासोमा परेर तपाईँले .rar फाइल खोल्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। हेर्दा भने त्यो दुरुस्तै अनलाइनखबर जस्तै देखिन्छ।
राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुनुपर्ने ओलीको दावी सही हो?
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय गानमा रहेको अगाडिको धून हटाउनु पर्ने माग गर्दै राष्ट्रिय गान शब्दबाट सुरु हुने र शब्दबाट अन्त्य हुने दावी गरे। चैत २२ गते अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय गानका ‘अगाडि सिंगार बटार गरेर अर्काे म्युजिक अगाडि हाल्ने, अर्काे… Continue reading
च्याटजीपीटी भन्दा यसकारण खतरा छन् नेपालका ‘रोबोट’ पत्रकार
च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ। तर नेपालका पत्रकार भने… Continue reading
ऋणीको घरमा सुरक्षा गार्ड राख्दा लोकान्तरमा छापिएको समाचार छुमन्तर… गायब !
अपडेट : ब्लग प्रकाशित भएपछि गायब भएको समाचार पुनः साइटमा देखिएको छ। तपाईँहरुलाई थाहै होला- नेपालमा एउटा यस्तो बैँक छ जसले आफूलाई साथी भएको बताउँछ। राम्रो पनि हाम्रो पनि भन्छ। त्यस्तो राम्रो, हाम्रो, साथीको समाचार एउटा अनलाइनबाट सुटुक्कै गायब भो। कुरो झापाको हो। दमक नगरपालिकाका एक ऋणीले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा… Continue reading
१८ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा ९ बूँदे पत्र
माइसंसार सुरु भएको आज १८ वर्ष पूरा भएको अवसरमा यो यात्रामा साथ दिने प्रिय पाठकका नाममा ९ बूँदे पत्र : १) ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा ब्लग लेख्न सुरु गरिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाएको त्यतिबेला थाहा थिएन, यो यात्रा कहाँसम्म जाने… Continue reading
स्वर्णिम वाग्लेको नछापिएको समाचारको स्क्रिनसट र बङ्ग्याइएको भनाई भाइरल
के तपाईँले पनि सामाजिक सञ्जालमा डा. स्वर्णिम वाग्लेले ‘रवि लामिछाने भनेको बि.पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडे’ भनेको भनेर लेखिएका पोस्टहरु देख्नुभएको छ? एउटा भाइरल सामग्रीमा त अनलाइनखबरको भेरिफाइड फेसबुक पेजमा प्रकाशित समाचार जस्तो पनि देखिन्छ। यो विषयमा नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेको छ। हाम्रो तथ्य जाँचका क्रममा यस्तो पोस्ट अनलाइनखबरमा प्रकाशन भएको देखिएन।… Continue reading
एनसेलले आत्तिँदै सबै पत्रिका र अनलाइनमा विज्ञापन दिनुको कारण यस्तो रहेछ
आइतबार पत्रिकाहरु हेर्नुभएको भए याद गर्नुभयो होला- एनसेलको एउटा विज्ञापन प्राथमिकताका साथ छापिएको। पत्रिकाहरु मात्र होइन, प्रमुख अनलाइनहरुमा पनि एनसेलले यस्तै गरी विज्ञापन राखेको थियो। विज्ञापन मात्र हेर्दा केही पनि बुझिन्न। सार्वजनिक सूचना शीर्षकको यो विज्ञापनमा कुनै समाचारको विषयमा कम्पनीको असन्तुष्टि हो भन्ने बुझिन्छ। तर कुन समाचार हो र केको खण्डन गरिएको हो, बूँदागत रुपमा… Continue reading
कामु प्रधानन्यायाधीशकहाँ साहु-सम्पादकहरुको ‘ब्रेकफास्ट मिटिङ’, के हो रहस्य?
मिडियाका ‘साहु-सम्पादक’हरुको एक समूह एक बिहान न्यायपालिका प्रमुखको निवासमा पुगेर ब्रेकफास्ट मिटिङ गरेको ब्रेकिङ न्युज तपाईँहरुले कतै देख्नुभो? अहँ, पक्कै देख्नुभएन। यसलाई यसरी बुझ्नुस्- नेपालमा मिडियाले सबैको समाचार लेख्छ, तर मिडियाकै बारेमा केही लेख्दैन। लेख्न चाहँदैन। लेख्न सक्दैन। राज्यको चौथो अङ्गका रुपमा सम्मान गरिएको मिडियाका साहु-सम्पादकहरु अर्को अङ्गकोमा जानु न्युजको हिसाबले महत्त्वकै कुरा हो। तर… Continue reading
टिकटकको भाइरल भिडियो : ‘सिआइडी’ले पठाओ राइडरलाई चिट काटेको हो?
केही दिनअघिदेखि टिकटकमा एउटा भिडियो खुबै भाइरल भएको छ। भिडियोमा सादा पोशाकमा रहेकी एक महिलाले एक स्कुटर चालकको चिट काट्दै गरेको देखिन्छ। एक मिनेट ३८ सेकेन्डको यो भिडियोमा ‘बिचरा पठाउ दाइ’, र ‘हाम्रो नेपालमा के हुँदैछ, cid रे, यसरी चिट काट्न पाइन्छ???’ लेखिएको छ। यसबारे नेपालफ्याक्टचेकमा फ्याक्टचेक भइसकेको छ। छुटाउनु भएको भए यता हेर्न सक्नुहुन्छ।
रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडिया
राजन अधिकारी/@ADH_RAJAN रवि लामिछानेको नेपाली नागरिकता सम्बन्धी विवाद संसद सदस्य हुन मिल्ने कि नमिल्ने विषयलाई केन्द्रमा राखेर सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंग्याइसकेको छ। रवि अहिले न सांसद छन्, न सरकारमा छन्। दलगत रुपमा उनी सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई समर्थन गरिरहेको अवस्था छ जुन उनी सांसद हुँदैदेखिको निरन्तरता हो। जहाँसम्म राहदानी सम्बन्धी विवाद… Continue reading
कोर्ट रिपोर्टिङको बिजोग भाग २ : रविको नागरिकताबारे सर्वोच्चको आदेश पढ्न नजान्दा ‘नागरिक’ यसरी चुक्यो
नेपाली मिडियामा कोर्ट रिपोर्टिङ कति सतही रुपमा गरिन्छ, फैसलामा हुँदै नभएको कुरालाई कसरी समाचार बनाएर लेखिन्छ भन्ने बारे ब्लग लेख्ने जमर्को गर्दै गर्दा पहिलो भागमा तपाईँले बालबालिकासम्बन्धी मुद्दामा नजिर बन्ने गरी सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गरेको फैसला बुझ्दै नबुझी नेपालप्रेसले कसरी समाचार लेखेको थियो भन्ने बारे लेखिएको ब्लग छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। … Continue reading
कोर्ट रिपोर्टिङको बिजोग : फैसला नबुझी कसरी समाचार लेखिन्छ, हेर्नुस् ‘नेपालप्रेस’को नमूना
२०२३ मार्च १५ मा नेपालप्रेसको ट्विटर ह्यान्डलबाट एउटा ट्विट भयो, जसमा लेखिएको थियो- ‘जघन्य र गम्भीर कसूरका आरोपी नाबालिग पुर्पक्षका बेला परिवारसँग बसेको समयलाई पनि सजायसरह घटाउनू’। यो ट्विटमा एउटा समाचारको लिङ्क थियो जसको शीर्षक थियो- ‘११ वर्षे बालकलाई हत्यारा ठहर गर्ने फैसलाले पूर्ण वृहत इजलाससम्म पुगेको सर्वोच्च अदालत’। मुख्य हेडलाइनको मुनि ट्विटमा लेखिएकै कुरा… Continue reading
उपराष्ट्रपति निर्वाचनबारे ‘सेतोपाटी’ समाचार : बिहान ३ जना उम्मेदवार, साँझ ४ जनाको मतपरिणाम
आज भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उनी बारा-२ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। यसपालि उपराष्ट्रपतिको निर्वाचनमा भद्रगोल गरियो। सुरुमै प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको समाचार मिडियाले राखे। तर त्यस्तो समाचार राखेको भोलिपल्ट पुरुषको उम्मेदवारी दर्ता भएको समाचार त्यही मिडियामा आए। यसबारे ब्लग छुटाउनु भएको… Continue reading
सन्दीपको नाममा नभएको विश्व रेकर्ड बनाइदिने मिडिया जसले गल्ती स्वीकारेन
१२ खेलमा ११ जितका साथ अविश्वसनीय रुपमा एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्ने क्रममा फ्यानहरु भावुक हुनु स्वभाविक हो। तर फ्यान मात्र होइन, नेपाली मिडिया पनि यति साह्रो भावुक भइदिएछन् कि हुँदै नभएको कुरा पनि समाचारका रुपमा लेख्न पछि परेनन्। हिजो एउटा त्यस्तै घटना भयो। युएईविरुद्धको हिजोको खेल नेपालले डकवर्थ लुइस नियम अनुसार जित्यो। तर… Continue reading
उपराष्ट्रपति चुनावको नसुल्झिएका पाँच रहस्य !
भोलि चैत ३ गते उपराष्ट्रपति छान्न मतदान हुँदैछ। यसका लागि निर्वाचन आयोगले प्रतिनिधि सभाका सदस्यहरुले प्रयोग गर्ने रातो रङको र प्रदेश सभाका सदस्यहरुले प्रयोग गर्ने हरियो रङको फोटोसहितको नमूना मतपत्रसमेत सार्वजनिक गरिसकेको छ। नमूना मतपत्रका अनुसार उपराष्ट्रपति पदका लागि तीन महिला र एक पुरुषबीच प्रतिस्पर्धा हुनेछ। हो, यो नसुल्झिएको रहस्य यही उम्मेदवारीमा छ।
के हो लक्ष्मी बैँकका देशभरका खाता बन्द गर्न अदालतले आदेश दिएको भनिएको समाचारको तथ्य?
के तपाईँले पनि लक्ष्मी बैंकका सबै खाता बन्द गर्न अदालतको आदेश, अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद, बचतकर्ताको पैसा के होला जस्ता सनसनीपूर्ण शीर्षक राखिएको पोस्ट सामाजिक सञ्जालमा देख्नुभएको छ? यस्ता पोस्ट केही दिनदेखि भाइरल भइरहेको छ। तर नझुक्किनुस्, यी खबर भ्रामक छन्। हजारौँ सर्वसाधारण र संस्थाको रकम रहेको बैँकका बारेमा यस्ता सूचना संवेदनशील हुन्छन्। त्यसैले नेपालफ्याक्टचेकमा… Continue reading
शपथमा ‘प्रतिज्ञा’ हैन ‘प्रतिक्षा’ गर्ने राष्ट्रपति
आजदेखि देशले नयाँ राष्ट्रपति पाएको छ। रामचन्द्र पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नुअघि उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए। शपथ लिने समारोहको टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकले भने रमाइलो दृश्य हेर्न पाए।