Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्यायालयको ‘कपिपेस्ट’ आदेश : रवि लामिछानेलाई थुन्ने र सन्दीपलाई छाड्ने आदेशमा भेटिएका हुबहु लाइन

Posted on April 6, 2025April 6, 2025 by Salokya

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दियो। आदेशको दुई घण्टामै प्रहरी रविको घरमा साइरन बजाउँदै पुग्यो, बेडरुममै पुर्जी दियो र पक्रेर लग्यो। अदालतको आदेश आउने बित्तिकै हाइपर एक्टिभ भएको प्रहरी प्रशासनले रविलाई हिरासतमा राखिसक्दा पनि खासमा के आदेश भएको हो,… Continue reading

२० जनालाई गोली लागेको समाचार न ‘गोरखापत्र’मा आयो, न ‘कान्तिपुर’मा

Posted on April 3, 2025April 3, 2025 by Salokya

घटना भएको छैटौँ दिनमा आएर बल्ल राजावादी प्रदर्शनका क्रममा निकै ठूलो बल प्रयोग भएको कुरा खुल्यो- ५८ राउन्ड गोली चलेको, २० जनालाई गोली लागेको, ७४६ सेल अश्रुग्यास, १९२ पटक ब्ल्याङ्क फायर। पत्रकार भन्या अन्तर्यामी हो र, पुलिसले नभनी कसरी थाहा पाउने भन्ने तर्क पनि केहीको देखियो। त्यही अन्तर्यामी नभएरै होला, प्रहरीले पत्रकार सम्मेलन गर्दैछ भनेर… Continue reading

बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!

Posted on April 2, 2025April 3, 2025 by Salokya

बधाई दिनैपर्छ! नेपाली पत्रकारिताले फेरि एउटा ‘नयाँ आयाम’ चुमेको छ। समाचार खोजेर ल्याउने जमाना गयो, अब त प्रेस ब्रिफिङ कुर्ने पत्रकारिताको युग सुरु भइसकेछ। भर्खरै थाहा भयो — काठमाडौंमै २० जना नागरिकलाई गोली लागेको रहेछ!तर खबर?६ दिनपछि बल्ल आयो, त्यो पनि प्रहरीले पत्रकार सम्मेलन गरेपछि। सोध्न मन लाग्छ — के हामी अझै पनि पत्रकारिताको अभ्यासमै… Continue reading

सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?

Posted on April 2, 2025April 2, 2025 by Salokya

मिडिया भनेको कुनै पनि देशको ‘स्वतन्त्र’ हुँदैन। यसले पक्षधरता लिन्छ नै। नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने पनि त्यस्तै नै देखिन्छ। तर त्यस क्रममा तथ्य नै गलत राख्न चाहिँ पाइँदैन। नेपालका नाम चलेका मिडियाहरु गणतन्त्र पक्षधर छन्। राजतन्त्र विरोधी छन्। ठीक छ। मलाई पनि राजतन्त्र भन्दा गणतान्त्रिक व्यवस्था नै ठीक लाग्छ। माइसंसारको जन्म नै तत्कालीन… Continue reading

आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?

Posted on April 1, 2025 by Salokya

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो। एक, कीर्तिपुरका सुमो चालक सविन महर्जन। दुई, एभिन्युज टिभीका क्यामेरा पर्सन पत्रकार सुरेश रजक। हालै न्युज २४ ले सार्वजनिक गरेको एउटा भिडियोमा मान्छेहरु पछाडि फर्कँदै गर्दा गोली चलेको आवाज आएको र एक जना व्यक्ति सडकमा ढलेको देखिन्छ जसलाई सविन भनिएको छ। त्यो ठाउँमा… Continue reading

दुई जनाको ज्यान बित्थामा गयो – दोषी को ?

Posted on March 30, 2025March 30, 2025 by Salokya

चैत १५ गते राजावादीको आन्दोलन तीनकुनेमा घर जल्यो।पत्रकार सुरेश रजक त्यही घरमा जलेर मरे। सुमो चालक सविन महर्जन गोली लागेर मरे।  अनि त्यही क्षणदेखि सुरु भयो—‘दोष कसको हो?’ एकअर्कालाई थोपर्ने कामजहाँ हरपल नयाँ एपिसोड,र दोषी हरपल नयाँ पात्र।

न्यूजरुममा AI पस्दा के-के फेरिँदैछ?

Posted on March 28, 2025March 28, 2025 by Salokya

Knight center को आयोजनामा वर्षेनी हुने ISOJ (International Symposium on Online Journalism) हिजोदेखि अमेरिकामा सुरु भयो। एउटा सेसन रोचक लागेर हेर्दै थिएँ— “AI in Newsrooms: Transformation, Implementation, and Future Challenges” त्यसमा भएका कुराहरू अति नै रमाइला र गम्भीर दुवै थिए। अब के गर्नु, एआई भित्रिएपछि समाचार बनाउने तरिका, सम्पादन गर्ने शैली, पाठकसँगको सम्बन्ध — सबै… Continue reading

कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू

Posted on March 27, 2025March 27, 2025 by mysansar

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्। कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई “अब म पैसा कमाएर फर्कन्छु” भन्ने ठूलो आस। भिसा लागेपछि काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलबाट प्लेन चढ्दा मनमा डर पनि थियो, उत्साह पनि।

म को हुँ? ऊ को हो?

Posted on March 19, 2025 by Salokya

अभय शर्मा – परिवारको सदस्यको उपचारको क्रममा काठमाडौँको चाबहिल नजिकैको एक निजी अस्पताल जानुपर्ने भयो। डाक्टरसँगको परामर्शपछि औषधि लेखियो, र म अस्पतालभित्रकै फार्मेसीमा औषधि किन्न गएँ। औषधि लिएर बिलिङ गर्दा बिल हातमा परेपछि मैले सोधेँ, “बीमा दाबी गर्नुपर्ने बिल हो, तपाईंले बिरामीको नाम किन सोध्नुभएन?” फार्मेसीका कर्मचारीले दायाँ भित्तामा टाँसिएको सानो अक्षरको सूचना देखाउँदै भने,… Continue reading

चितवनको नाममा सारा मिडिया एक साथ कसरी चिप्लिए ?

Posted on March 14, 2025March 14, 2025 by Salokya

फागु पूर्णिमा (होली) नेपालमा क्षेत्र अनुसार फरक फरक समयमा मनाउने गरिन्छ। सरकारले हिमाली तथा पहाडी जिल्लामा होली मनाउन बिहीबार र तराई मधेशका जिल्लाहरुमा होली मनाउन शुक्रबार विदा दिएको थियो। यति कुरा त सबैलाई थाहा भएकै हो। तर आज भएभरका मिडिया एकसाथ चितवनका नाममा चिप्लिएको देख्दा अनौठो लाग्यो। चितवनमा सरकारले हिजै विदा दिएको थियो। तर मिडियाले… Continue reading

अनलाइनखबर, रातोपाटी अनि कान्तिपुरसमेत बारम्बार झुक्किने एउटा फोटो

Posted on March 14, 2025 by Salokya

उहिले सन्ध्याकालीन पत्रिकाहरुको जमानामा हकरले दुर्घटनामाकृष्णप्रसाद भट्टराई ठहरै भनेर चिच्याइ चिच्याइ समाचार बेच्थे रे। के रैछ भनेर मान्छेलाई चासो लाग्थ्यो अनि हतार हतार किनेर पढ्थे। पढ्दा त नेता कृष्णप्रसाद भट्टराई नभएर उही नामको अर्कै सामान्य व्यक्ति हुन्थ्यो रे। झण्डै झण्डै त्यस्तै काम अहिले एआईको जमानामा भइरहेको छ। चाइनिज एआई डिपसिकले तहल्का मच्चाउँदा चर्चामा आयो यसका… Continue reading

‘नागरिक’को अडिट रिपोर्ट विश्लेषण २ : के भविष्यमा कम्पनी बन्द हुने जोखिम छ?

Posted on March 12, 2025March 12, 2025 by Salokya

नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक र माइरिपब्लिका अनलाइन पोर्टल चलाउने गर्छ। कम्पनीको वार्षिक अडिट रिपोर्ट गएको डिसेम्बर अन्तिममा प्रकाशन गरिएको थियो। त्यस अनुसार पहिलो ब्लग जनवरीमा लेखिएको थियो (छुटाउनु भएको भए पढ्नुस्- ‘नागरिक’को… Continue reading

फेसबुकको एउटा रहस्यमय पेज जसले एक वर्षमा झण्डै २० लाख रुपैयाँ खर्च गरिसक्यो

Posted on March 10, 2025March 10, 2025 by Salokya

न राजनीतिक दल, न कुनै विदेशी संस्था, न कुनै व्यापारिक संस्था- तर फेसबुकको एउटा रहस्यमय पेजले साढे १९ लाख रुपैयाँभन्दा बढीको विज्ञापन खर्च गरिसक्यो। तर यो पेज कसको? किन? के कुनै लुकेको शक्ति नेपालमा जनमत बदल्न खोज्दैछ? फेसबुक एड लाइब्रेरीमा देखिएका चकित पार्ने तथ्यहरू, अज्ञात सञ्चालकहरू, र विज्ञापनमा लुकेको सन्देश— आउनुस् तथ्याङ्क विश्लेषण गर्दै यो… Continue reading

के नेताहरू सर्वसाधारणभन्दा बढी बाँच्छन्? तथ्यांकले के भन्छ?

Posted on March 9, 2025March 9, 2025 by Salokya

सर्वसाधारण नेपालीको जीवन कस्तो हुन्छ? संघर्षमय। नेताहरूको जीवन? विशेष सुविधा, स्वास्थ्य उपचार, सुरक्षित वातावरण। तर, के यसले उनीहरूको आयुमा असर पार्छ? आउनुस् देशको शासनसत्ता चलाएका (प्रधानमन्त्री र राजा) को आयु र सर्वसाधारण नेपालीको ‍‍औसत आयुबीच कति फरक छ? तथ्याङ्कमा हेरौँ।

‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?

Posted on February 28, 2025February 28, 2025 by Salokya

‘राजधानी’ दैनिक आज ‘सफल’ भयो। यसले छाप्ने कुनै पनि समाचार वा विचारको चर्चा नै हुँदैन थियो। पोहोर बिना सूचना पत्रिका छापिन बन्द हुँदा पनि कसैलाई मतलब थिएन, पछि फेरि छापिन थाल्दा पनि कसैले चासो दिएको थिएन। सबले बेवास्ता गरेको त्यही पत्रिकाको भाउ ५० रुपैयाँ पुग्यो भनेर आज सामाजिक सञ्जालमा हल्लीचल्ली छ फेरि।  किन्दै नकिन्ने पत्रिकाको… Continue reading

अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो :)

Posted on February 21, 2025February 21, 2025 by Salokya

आइपिओ निकालेर सर्वसाधारणलाई समेत मालिक बनाइसकेको कम्पनी नेपाल रिपब्लिक मिडियाको अनलाइन न्युजपोर्टल ‘नागरिकन्युज’ले  गरेको गैरजिम्मेवार पत्रकारिताको एउटा उदाहरण हिजो देखियो। पत्रकारिताका विद्यार्थीहरुले कालान्तरमा यसलाई नागरिकको ‘ज्ञवाली-ट्रम्प काण्ड’का रुपमा याद गर्नेछन्। नागरिकन्युजले एउटा गलत समाचार गलत शीर्षकसहित लेखेर भाइरल बनायो, त्यसपछि गल्ती नस्वीकारिकन, सुटुक्क सच्याएर पाठकलाई उल्लु बनायो। भएको के थियो, आउनुस् विस्तारमा बुझौँ।

सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१ – नेताहरुलाई बचाउने विधेयक

Posted on January 30, 2025 by mysansar

प्रस्तावना: नेपालको महान लोकतान्त्रिक इतिहासमा अर्को स्वर्णीम अध्याय थप्दै, हाम्रो सम्माननीय नेताहरूको पवित्रता, इज्जत, र असल चरित्रलाई बचाउन अपरिहार्य “सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१” पारित गर्नुपरेको छ। यो ऐनको मुख्य उद्देश्य भनेको जनताका मुख सिल गर्नु, आलोचना बन्द गराउनु, अनि “नेता भनेको नै सत्यको अवतार हो” भन्ने सिद्धान्तलाई कानूनी मान्यता दिनु हो।

समाचार आयो- राजस्व विभागको सफ्टवेयर ह्याक, साँच्चै हो र? आखिर भएको के हो ?

Posted on January 25, 2025January 25, 2025 by Salokya

“राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेको आरोपमा दुई जना पक्राउ” हिजो यो शीर्षक र व्यहोराका समाचार धेरै वटा न्युजपोर्टलहरुमा आयो। ठ्याक्कै यही हेडलाइन नेपाल समाचारपत्रको न्युजपोर्टल न्युजअफनेपालमा थियो भने यस्तै खालको समाचार प्रशासन र अर्थसरोकार लगायत अन्य न्युजपोर्टलहरुमा पनि थिए। टेकपानाले भने भाटभटेनीको कर प्रणाली ह्याक गरेको शीर्षक बनाएको थियो। आज कान्तिपुरको… Continue reading

‘रासस’को समाचारले उब्जाएको अन्यौल, राससले लेख्यो भन्दैमा जे पनि छाप्दिने? क्रसचेक गर्न नपर्ने ?

Posted on January 24, 2025January 24, 2025 by Salokya

यो तलको स्क्रिनसट कान्तिपुरमा छापिएको तर कान्तिपुरका रिपोर्टरले नभई रासस अर्थात् राष्ट्रिय समाचार समितिका रिपोर्टरले लेखेको समाचार हो। राससमा अदालत हेर्ने छुट्टै रिपोर्टर छ । त्यति मात्रै होइन, राससका रिपोर्टर कालिका खड्का संवैधानिक तथा कानूनी पत्रकार मञ्चको बहालवाला अध्यक्ष समेत हो । बाइलाइन नरहेकोले यो समाचार उनले लेखिन् वा लेखिनन् त्यो त थाहा हुने कुरा… Continue reading

एउटा भुस्याहा कुकुरको आँखाबाट: मायाकुमारीको कथा

Posted on January 13, 2025January 13, 2025 by mysansar

त्यो बिहान अलि चिसो थियो। बिहानको पहिलो सूर्यको झुल्कोलाई पछ्याउँदै म सडकतिर दौडिरहेको थिएँ। पेटमा भोक थियो, मनमा अभाव थियो। अचानक, ठूलो हल्ला भयो। मान्छेहरूको चिच्याहट, गाडीहरूको हर्न, र एकथरी डरभित्र लुकेको आक्रोश। मेरो कान ठाडा भए। केही पर, मैले देखेँ—एक ठूलो कालो भैँसी। उसका आँखा टिलपिल गर्दै थिए। त्यही आँखाबाट डर, पीडा, र अन्तिम… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme