Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेल्जियममा ढुकुटी प्रकरण: हाम्रो समुदायलाई हल्लाउने आर्थिक भूकम्प

Posted on September 16, 2024September 16, 2024 by mysansar

नमस्कार साथीहरू! म नमिता, बेल्जियममा बस्ने एक नेपाली आप्रवासी। आज म तपाईंहरूसँग एक यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले हाम्रो समुदायलाई हल्लाएको छ – ढुकुटी प्रकरण। यो ब्लगमा हामी यस प्रकरणको विस्तृत विश्लेषण गर्नेछौं, यसको प्रभाव बुझ्नेछौं, र यसबाट सिक्न सकिने पाठहरू बारे छलफल गर्नेछौं।

हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो

Posted on September 8, 2024September 8, 2024 by Salokya

नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउडको वाक अफ फेममा समावेश भएको समाचार पढ्नुभो ? केही अनलाइन मिडियाले यसबारे समाचार लेखेका छन्। समाचारको स्रोत के रहेछ भन्दा त पोखरेलकै पत्नी निशा शर्माको फेसबुक स्टायटस रहेछ। उनी निशाको चाहिँ स्रोत के रहेछ भन्दा एक जना अर्कै व्यक्तिको नाम रहेछ। खास भरपर्दो स्रोत नलागेपछि के रहेछ भनेर खोज्न… Continue reading

मनाङेको राजीनामा कसले स्वीकृत गर्‍यो? मिडियाले !

Posted on September 2, 2024September 2, 2024 by Salokya

सोमबार बाउको बाहेक अरु कसैको मुख हेर्न नहुने भन्ने होइन। त्यसैले थरिथरिका मुख हेर्न अनलाइन मिडियाहरु चहार्नुभएकै होला। आजको एउटा प्रमुख खबरमध्ये एक छ- गण्डकी प्रदेशमा दीपक मनाङेले राजीनामा दिएको। मिडियामा आएको खबर अनुसार, प्रदेश सरकारमा एमाले सहभागी भएपछि मन्त्रिपरिषद् हेरफेर गर्दा मनाङेलाई वनमन्त्रीको जिम्मेवारी दिइएछ। चित्त नबुझेर उनले राजीनामा दिएछन्। यत्तिसम्म त ठीकै थियो।… Continue reading

ममता प्रकरण : के हो लुकेको रगत पत्ता लगाउने ब्लुस्टार प्रविधि, कसरी काम गर्छ?

Posted on September 1, 2024September 2, 2024 by Salokya

अमेरिकादेखि नेपालसम्म ममता काफ्ले प्रकरणको चर्चा छ। ममताको हत्या भएको मानिए पनि अहिलेसम्म शव भने फेला परेको छैन। अमेरिकी प्रहरीले ममताकै पति नरेशलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा समाचारहरु पढिरहनुभएको भए तपाईँले याद गर्नुभएको होला, एउटा प्रविधिको कुरा पनि समाचारमा गरिएको हुन्छ- They described pools of blood and spatter visible through BLUESTAR technology in… Continue reading

‘नागरिक’ पत्रिका छाप्‍ने कम्पनीको Q4 प्रतिवेदन : सम्भावित ठूलो नोक्सानी किन लुकाइयो ?

Posted on August 23, 2024August 23, 2024 by Salokya

कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नेपाल रिपब्लिक मिडियाको Q4 प्रतिवेदनमा जग्गाको भ्यालुएसन बढाएर नाफा देखाउन गरिएको चलाखी बारे अघिल्लो ब्लगमा लेखेको थिएँ। यो ब्लगमा उक्त प्रतिवेदनमा देखिएका थप विषयहरुको फलोअप गरेको छु। यो प्रतिवेदनको विश्लेषण गर्न मैले केही विज्ञ सिए साबहरुसँग कुराकानी गरेको थिएँ।

‘पाठक’ एक्सप्लेनरमा चुक्दा दर्शक झुक्किए, अनि बन्यो ‘रफ टक?’

Posted on August 22, 2024August 22, 2024 by Salokya

टफ टक नामको टेलिभिजन टक शो चलाइरहेका पुराना पत्रकार दिलभुषण पाठकले युट्युबमा केही समय अघिदेखि एक्सप्लेनर भिडियो पनि राख्न थालेका छन्। ‘हरेक विषयको सूक्ष्म अध्ययन गरेर मिहीन ढंगले विश्लेषण गरी प्रस्तुत गरिने’ दावी गरिएको एक्सप्लेनरको पछिल्लो एपिसोड भने त्रुटिका कारण ‘रफ टक’ बन्न पुगेको छ। आउनुस् यस एक्सप्लेनरमा बताइएका विषयवस्तु र त्रुटिहरु बारे मिहीन ढंगले… Continue reading

‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्‍यो यस्तो चलाखी

Posted on August 20, 2024August 20, 2024 by Salokya

कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नागरिकको प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडिया पहिलो कम्पनी बन्न पुग्यो मिडिया क्षेत्रबाट सर्वसाधारणलाई सेयर बेच्ने। केही दिनअघि कम्पनीको व्यवस्थापनका उच्च पदाधिकारी र सम्पादकले यो कम्पनी नाफामा गएको ‘समाचार’ सेयर गरे। घाटामा डुबेको यो कम्पनीले पछिल्लो चौथो त्रैमासिकको प्रतिवेदनमा कसरी नाफा देखायो त ? केही विज्ञ… Continue reading

सुपा देउराली मन्दिर र सुपरम्यानको कथा

Posted on August 19, 2024August 19, 2024 by Salokya

एक पटकको कुरा हो, नेपाली पहाडी गाउँमा रहेको सुपा देउराली मन्दिरमा एक रहस्यमयी घटना घट्न थाल्यो। मन्दिरको नजिकका मानिसहरूले रातमा आकाशमा चम्किरहेको उज्यालो देख्न थाले। यो उज्यालो कुनै तारा वा विमानजस्तो थिएन। यो चमकिलो प्रकाश सिधै मन्दिरतिर झर्ने गर्थ्यो। एक रात, जब आकाशमा त्यो प्रकाश पुनः प्रकट भयो, त्यतिबेला सुपा देउराली मन्दिरमा पूजारीले एक अद्भुत… Continue reading

उमेश नहराएको सूचना !

Posted on August 11, 2024August 11, 2024 by Salokya

सबैभन्दा पहिला त म उमेश (सालोक्य) सही सलामत छु, म हराएको छैन भन्ने सूचना दिन चाहन्छु। मुहानपोखरीको धम्मशृङ्गमा प्रवेश गरी मोबाइल अफ गर्नुअघि लेखेको एउटा फेसबुक स्टायटसले यस्तो हलचल बाहिर मच्चिएछ कि सांसारिक दुनियाँबाट केही दिनका लागि टाढा भएको मेरो सतिपट्ठान ध्यान शिविरमा समेत त्यसको तरङ्ग आइपुग्यो, जसले मलाई अन्ततः निकै बेचैन बनाइदियो र ध्यान… Continue reading

दुर्घटना सौर्य एयरलाइन्सको, घाइते भयो नेपाली अनलाइन पत्रकारिता

Posted on July 24, 2024August 2, 2024 by Salokya

नेपाली अनलाइन पत्रकारिताको हतारो र लापरवाहीले गर्दा एउटा दुःखद विमान दुर्घटनाको समाचार कसरी भ्रामक र अविश्वसनीय बन्न पुग्यो भन्ने यो ब्लगले देखाउँछ। एयरलाइन्सको नाम, मृतकको संख्या, र घटनाको विवरणमा समेत गम्भीर त्रुटिहरू भेटिए, जसले समाचारको विश्वसनीयतामाथि प्रश्न उठायो। यस घटनाले नेपाली मिडियामा तथ्य जाँच, स्रोतको विश्वसनीयता र पत्रकारिता नैतिकताको महत्त्व झन् बढाएको छ।

‘चकलेट’ अन्तर्वार्ता काण्डले मेरो हवाई यात्रामा पारेको प्रभाव

Posted on July 21, 2024July 21, 2024 by Salokya

भैरहवाबाट काठमाडौँ फर्कनु पर्ने थियो। डोमेस्टिक उडान मात्र हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  तीन वटा एयरलाइन्सले उडान गर्छन्- बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्स। शुल्क सबैको उस्तै। सधैँ बुद्ध पहिलो रोजाईमा पर्ने भए पनि यस पटक मैले जानीजानी यति एयरलाइन्स रोज्न लगाएँ। किन ? किनभने मेरो दिमागमा बुद्ध एयरका साहु वीरेन्द्रबहादुर बस्नेतको एउटा अन्तर्वार्ता… Continue reading

पासपोर्ट रिन्यु गर्न जाँदा मैले सिकेका ६ पाठ

Posted on July 16, 2024July 17, 2024 by Salokya

फेब्रुअरी महिनाको एक बिहान, मैले लगभग एक वर्ष बाँकी रहेको पासपोर्टको म्याद नवीकरण गर्न काठमाडौँको जिल्ला प्रशासन कार्यालय पुगेँ। अनलाइन फारम भरेर लाइनमा बसेपछि, मैले सोचेको थिएँ कि यो प्रक्रिया छिट्टै सकिन्छ। तर पहिलो झ्यालमै रोकिएँ—अनलाइन फारमको प्रिन्ट नभएको, एक वर्षभन्दा बढी म्याद भएको, र कर्मचारीका असहज प्रश्नहरूले मलाई स्तब्ध बनाए। मैले नवीकरण प्रक्रियाका जटिलताहरू, असहज प्रश्नहरूको उत्तर दिनुपर्ने, र खाजा ब्रेकको समयमा सेवा बन्द हुने लगायतका थुप्रै पाठ सिक्दै थिएँ, जब मलाई थाहा भयो कि अझै धेरै कुरा बाँकी छन्…

म जे छु, ठीकै छु !

Posted on June 17, 2024June 18, 2024 by Salokya

अघिल्लो ब्लग ‘कहाँ हराएँ म ?’ लेख्न सुरु गर्दा मलाई थाहा थिएन, यस्ता व्यक्तिगत विषयहरु लेखेर मैले ठीक गरिरहेछु कि गलत। त्यो ब्लग लेखेको पनि एक महिना पो नाघिसकेछ। अहिले लाग्दैछ, त्यो ब्लगमा आफ्ना कुराहरु खोलेर मैले नराम्रो गरेनछु। ब्लगमा अहिलेसम्म ७६ वटा कमेन्ट आए। प्रत्येक कमेन्टका हरेक शब्दले मलाई नयाँ उत्साह, थप ऊर्जा दिएका… Continue reading

कहाँ हराएँ म ?

Posted on May 11, 2024May 11, 2024 by Salokya

माइसंसारको १९ वर्षको इतिहासमा कहिले पनि एक महिनाभन्दा बढी समयसम्म नयाँ ब्लग नलेखिएको इतिहास छैन। तर यसपालि यस्तै भयो। पछिल्लो पोस्ट अप्रिल ८ मा भएको रहेछ अनि आज मे ११। कहाँ हराएँ म ? केही एकदम निकट साथीहरु बाहेक धेरैलाई थाहा छैन म समयको यो कालखण्डमा कस्तो अवस्थाबाट गुज्रिरहेको छु। सबैलाई भन्दै हिँड्ने कुरा पनि… Continue reading

कान्तिपुरमा एक लाख रुपैयाँको विज्ञापनको हालत !

Posted on April 8, 2024 by Salokya

‘कान्तिपुर’मा एक लाख रुपैयाँमा कत्रो विज्ञापन छापिन्छ ? अनि कान्तिपुरमा विज्ञापन छापिएपछि त सबैले पढ्छन्, व्यापकै हुन्छ होला नि हगि ! यो दुई जिज्ञासाको एउटा राम्रो जवाफ कान्तिपुर आफैले विज्ञापनै छापेर दिएको छ। पत्याउनु भएन ? पख्नुस्, म प्रमाणसहित देखाउँछु।

पाल्पा अस्पतालको आइसियुमा पुग्दा साथीहरु तनावमा परेको त्यो रात

Posted on April 8, 2024 by Salokya

यसअघि पनि पाल्पा छोटो समयका लागि नपुगेको होइन, तर गएको तिहार अगाडिको यात्रा भने अविस्मरणीय हुन पुग्यो। घुम्न जाँदा त्यहाँको अस्पताल कहिले पनि सूचीमा पर्दैन। तर यस पटक त्यस्तै पर्‍यो। खासमा सूचना चलखेल र लोकतन्त्र सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गण्डकीको पोखरामा सकाएर लुम्बिनीको पाल्पामा हुँदै थियो। हामी सडक बाटो हुँदै पाल्पा पुगेका थियौँ। दिनभरको यात्रा, त्यसपछि… Continue reading

माइसंसार : हेर्दाहेर्दै १९ औँ वर्ष पूरा भएछ, सबैलाई धन्यवाद !

Posted on April 6, 2024 by Salokya

‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा एउटा पोस्ट लेखेको सन् २००५ मा रहेछ। त्यही थियो पहिलो ब्लग पोस्ट माइसंसारमा त्यतिबेला नाम थियो ‘मेरो संसार’। अहिले फर्केर हेर्दा अचम्म लाग्छ- सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते। त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जालको बिगबिगी थिएन। फेसबुक सबैका लागि खुला भएको त… Continue reading

टेलिभिजन होस्टले आइन्सटाइनको भनाई उल्टोपाल्टो गरेर सुनाएछन् यसरी

Posted on April 5, 2024April 5, 2024 by Salokya

चर्चित टक शो होस्ट टीकाराम यात्रीको हिमालय टेलिभिजनमा पनि प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’ मा प्राध्यापक सूर्य सुवेदीसितको अन्तर्वार्ता केही अघि प्रसारण भएको थियो। उक्त अन्तर्वार्ता युट्युबमा पनि हेर्न पाइन्छ। अन्तर्वार्ताको सुरु मै यात्रीले भन्छन्, ‘त्यो चाहिँ कस्तो हुन्छ भने अल्बर्ट आइन्सटाइनले भन्या छन् नि- reality is more powerful than imagination भन्छन् नि यथार्थ चाहिँ… Continue reading

‘कुक्कुल्यान्ड’को नेपाल कनेक्सन : सुमार्गी र प्रचण्ड

Posted on April 4, 2024April 4, 2024 by Salokya

खोज पत्रकार टम बुर्गिसको पछिल्लो पुस्तक ‘कुक्कुल्यान्ड : ह्वेयर द रिच ओन द ट्रुथ’ अहिले चर्चामा छ। यो पुस्तकमा नेपाल सम्बन्धी छुट्टै च्याप्टर पनि रहेको छ। ‘मिस्टर एक्सवाई’ उपशीर्षकमा १७ पेज नेपाल कनेक्सनको बयान छ जुन विशेष गरी टेलियासोनेरा नामको कम्पनीले नेपालमा व्यापार गर्दाका बखतको कुरा हो। अहिले टेलियासोनेराले मलेसियाको आजियाटा कम्पनीलाई एनसेल बेची उसले… Continue reading

सामान्य हिसाब नजान्ने हाम्रा पत्रकारहरु

Posted on April 3, 2024April 3, 2024 by Salokya

हाम्रा खेल पत्रकारहरुले सामान्य हिसाब पनि जान्दा रैनछन् भन्ने प्रमाण आजको समाचारले प्रमाणित गरिदिएको छ। हैट, होइन होला। कहाँ पत्रकारहरुले हिसाब बिगार्छन् भन्ने तपाईँहरुलाई लागेको भए आउनुस् म प्रमाणसहित तपाईँलाई देखाइदिन्छु। उदाहरणका लागि सबैभन्दा पहिला हेरौँ इकान्तिपुरमा छापिएको यो समाचारलाई।

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme