आज बजेट भाषणको दिन तपाईँहरुले अनलाइन मिडियाहरु हेर्नुभएको भए याद गर्नुभयो होला, २० वटा संस्थान खारेज गर्ने शीर्षकमा आएका समाचार। सेतोपाटीदेखि अनलाइनखबर र रातोपाटीलगायतका प्रमुख अनलाइनहरुले पनि यस्तो समाचार हालेका थिए। व्यस्तताका कारण बजेट भाषण लाइभ हेर्न पाइएन, सोसल मिडियामा अनलाइन मिडियाका सामग्रीहरुको हेडलाइन हेर्दा २० वटा संस्थान खारेज गरिने समाचार देखियो। अहो, २०-२० वटा… Continue reading
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि ढाकाकुमार श्रेष्ठको पद अब के हुन्छ?
दुर्गा प्रसाइँसित रकम मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरी पदमुक्त गरिदिएको थियो। उनको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद बनाउने सिफारिश गरे अनुसार निर्वाचन आयोगले उनलाई सांसदको प्रमाणपत्र पनि दिइसकेको समाचार आएको थियो। तर ढाका अदालत गए र सर्वोच्चले हाललाई पार्टीले गरेको निर्णयसहितका काम कारबाहीहरु थप कार्यान्वयन नगरी यथास्थितिमा… Continue reading
बाघले घाँस खान्छ कि खाँदैन? के भन्छन् वन्यजन्तुविज्ञ?
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे छलफलको क्रममा संसदमा ‘बाघ भोकै मर्छ, घाँस खाँदैन’ भनेको प्रसङ्ग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। झण्डै दुई घण्टा लामो समय बोलेका उनको यही भनाईलाई मिडिया र सोसल मिडियाले धेरै महत्त्व दिए। उनको भनाईलाई पत्याउने हो भने बाघले फिट्टिकै घाँस खान्न… Continue reading
नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !
नेपालको इतिहासमै पहिलो पल्ट कुनै मिडिया कम्पनीले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्दैछ। ब्रोडसिट दैनिक चलाउने मिडियाको स्वामित्व सर्वसाधारणको हातमा आउन लागेको यो पहिलो अवसर हो। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारमा गएकाहरुलाई शेयर बिक्री खुला गरिसक्यो भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि खुला गर्दैछ। कुनै पनि कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा… Continue reading
फ्याक्ट चेक : यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ?
नेपालमा बनेको यात्री मोटरसाइकलका फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको जस्तो देखिन्छ। केही अनलाइन मिडिया र सोसल मिडियामा सो फोटो पुरानो भएको दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भने फोटो पुरानो नभई आज नै खिचेको देखिएको छ।
‘कान्तिपुर’मा सुधीर शर्माको दोस्रो पटक विदाइ, नयाँ नेतृत्व उमेश चौहानको
कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्। चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर… Continue reading
नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?
२०२३ अप्रिल १० अर्थात् गत वर्षको चैत २७ गते नागरिक दैनिकको अनलाइन संस्करण नागरिकन्युज (हाल nagariknews.nagariknetwork.com) को पुछारमा एउटा सानो परिवर्तन गरियो। धेरैले यसलाई ‘नोटिस’ नै गरेका थिएनन्। तर हेर्दा सानो देखिए पनि यसमा लुकेको छ ठूलो विषय। सर्वसाधारणमा IPO जारी गरेर पब्लिक बन्न लागेको एउटा कम्पनीका सञ्चालकले आफ्नो निजी फाइदाका लागि केसम्म गर्न सक्छन्… Continue reading
शिलापत्रले देखेको ‘नौलो बिरालो’, कुरो मिलेन नि !
केही दिनअघि ‘पशुपति क्षेत्रमा देखिएको नौलो बिरालो’ शीर्षकमा शिलापत्र अनलाइनमा प्रकाशित फोटो समाचारले ध्यान खिच्यो। वन्यजन्तुमा रुचि राख्ने र काम गर्ने भए पछि यस्ता समाचारले आकर्षित गरी हाल्छ। समाचारमा क्लिक गरेँ, अन्य जानकारीहरू पनि पढेँ तर ती जानकारीहरूमा विश्वस्त हुन् सकिनँ। समाचारमा लेखिएका यी प्रसंगहरु कति सत्य, कति गफ छन् ? आउनुस् तलका जानकारीहरु पढौँ।
फ्याक्ट चेक : दीपक मनाङ्गे जसलाई मुख्यमन्त्रीले हैन, मिडियाले मात्र मन्त्री बनाएका रहेछन्
अघिल्लो प्रदेश सभाको कार्यकालमा मन्त्री भएका दीपक मनाङ्गे उर्फ राजीव गुरुङ यस पटक पनि मन्त्री बनेको समाचार तपाईँहरुले मिडियामा देख्नुभएको थियो ? पत्याउनु भएको थियो? अनलाइनखबरदेखि उज्यालोसम्म- नाम चलेका नचलेका सबै अनलाइनहरुले लेखेको थियो यो समाचार। तर बुझ्नु पर्ने कुरा के हो भने प्रदेशमा मन्त्री बनाउने काम मुख्यमन्त्रीको हो, मिडियाको होइन। गण्डकी प्रदेशका मुख्यमन्त्रीले दीपक… Continue reading
नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?
नेपाली मिडियाको इतिहासमै पहिलो पल्ट कुनै मिडिया कम्पनीको शेयर सर्वसाधारणका लागि बिक्री हुँदैछ। आज वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरु र कम्पनीका कर्मचारीहरुका लागि बिक्री खुला भएको छ भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि बिक्री खुला हुन लागेको छ। योसँगै कम्पनीको विवरणपत्र पनि सार्वजनिक भएको छ। नेपाली मिडिया कसरी सञ्चालन हुन्छ, यसको आर्थिक हरहिसाब,… Continue reading
भुटानी शरणार्थी प्रकरण : मिडियामा ‘इन्फर्मेसन ओभरफ्लो’ले अलमलमा हुनुहुन्छ? पढ्नुस् जान्नै पर्ने केही विषय
अहिले एकदमै चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण। के तपाईँले साँच्चिकै यो प्रकरण बुझ्नु भएको छ? कि ठूला मिडिया वा सोसल मिडियाको हेडलाइनको लहलहैमा लाग्नुभाछ? अहिले प्रहरीले गरिरहेको अनुसन्धानको पृष्ठभूमि सबैले बुझ्न अति नै आवश्यक छ। यसलाई हाइलाइट गरिरहँदा यस प्रकरणमा सक्कली भुटानी शरणार्थीसमेत छन् है। यो नभूलौँ। यस प्रकरणबारे मिडियामा इन्फर्मेसन ओभरफ्लो भइरहेको छ।… Continue reading
कसरी फैलिएको रहेछ काठमाडौँमै भएकी आरजु देउवा सिङ्गापुर पुगेको हल्ला?
के तपाईँले सोसल मिडियामा प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पक्राउ पर्ने डरले भारत हुँदै सिङ्गापुर भागेको खबर देख्नुभएको छ? पख्नुस्, नझुक्किनुस्। उनी सिंगापुरमा हैन, काठमाडौँमै छिन्। मैले आज (शुक्रबार) दिउँसो भेटेर भिडियो नै खिचेको छु। यो विषयमा नेपालफ्याक्टचेकबाट हामीले बिहानै फ्याक्टचेक लेखिसकेका थियौँ। छुटाउनु भएको भए पढ्नुस्- के… Continue reading
नझुक्किनुस्, बालकृष्ण खाँणको घरको ढोका फुटाउँदै गरेको भनिएको भिडियो नेपालको हैन स्पेनको
पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हिजो प्रहरीले उनकै घरबाट पक्रँदा ढोका फुटाएर पक्रेको भन्दै सामाजिक सञ्जालमा पुलिसले ड्याङ्ग ड्याङ्ग हान्दै गरेको भिडियो देख्नुभएको थियो ? पत्याउनु भएको थियो ? पख्नुस्। नझुक्किनुस्। त्यो भिडियो खासमा नेपालको नभएर स्पेनको अनि चार वर्ष पुरानो भएको नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। यसबारे थप जान्न मन भए पढ्नुस् पूरा विवरण।
पूर्व गृहमन्त्री पक्राउ पर्दा अनलाइनहरुका पाँच अलमल
बुधबार बिहानै धेरैले नसोचेको घटना आइलाग्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ परे। विरलै हुने यस्तो घटनाका बेला छिनछिनको अपडेट थाहा पाउन अनलाइनमा अडियन्सको ओइरो लाग्छ। तर हतपतको काम लतपत त गर्न भएन नि। आज केही अनलाइनहरुको समाचार पढ्दा यस्तै देखियो।
नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?
नेपालमा दुई किसिमका छापा मिडिया थिए- एउटा सरकारी, अर्को निजी लगानीको**। निजी लगानीका नाफा कमाउने उद्देश्य राखेका मिडिया कम्पनीले कति लगानी गरे, कति कमाए, कति गुमाए- केही पनि सार्वजनिक हुँदैन। तर पहिलो पटक एउटा निजी मिडिया कम्पनी- नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिकको प्रकाशन संस्था) को हरहिसाब पारदर्शी भएको छ। तर यो उसले चाहेर होइन, बाध्यताले।… Continue reading
च्याटजीपीटी आउनुअघिको कथा : जब रोबोटलाई प्रधान सम्पादक बनाइयो
यो कथा मैले पहिलो पटक कोरोना भाइरसको संक्रमण हुँदा आइसोलेसन बेडमा बसी लेखेको थिएँ। साढे दुई वर्षअघि शिलापत्रमा प्रकाशन हुँदा एआई यति सहज र प्रभावकारी भइसक्या थिएन। अहिले त च्याटजीपीटीमा विज्ञप्ति राखिदियो भने उसले खुरुखुरु गज्जबको समाचार बनाइदिन्छ। यो विषयमा समाचार लेख भन्यो भने आफै लेखिदिन्छ। त्यतिबेला चाहिँ दिमागमा रोबोट भन्ने मात्र आएछ। त्यसैले रोबोटलाई… Continue reading
कानुन व्यवसायीसँग पत्रकारले पैसा लिएको आरोपपछि उठेको बहस
जापानमा बसे पनि नेपाल र नेपाली पत्रकारिता बारे ट्विट गरिरहने अनन्त कोइरालाले बिहीबार चार वटा ट्विटसहितको एउटा लहरो पत्रकारहरु माझ खुब चर्चाको विषय बन्यो। लहरोको विषय उनले लेखेका थिए – फेरि पत्रकार र हप्ता असुलीका कुरा। कुरो के रहेछ भनेर बुझी हेर्दा हिन्दी फिल्ममा खुब चर्चामा आउने ‘हफ्ता वसूली’को जस्तो नभई अलि बेग्लै किसिमको घटना… Continue reading
सर्वोच्चको आदेश पढ्न नजान्दा लाजै भएछ नाम चलेका अनलाइनहरुलाई
शुक्रबार अनलाइनहरु हेर्नुभएको भए एउटा समाचार पढेर तिरिमिरीझ्याइँ भयो होला पाठकहरुलाई। कुन समाचार ? पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणनासम्बन्धी एउटा मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशसम्बन्धी समाचार। सर्वोच्चले गरेको अन्तरकालीन अन्तरिम आदेश पढ्न नजान्दा अनलाइनखबर, नेपालप्रेस, लोकान्तर जस्ता अनलाइनहरु नराम्रोसँग चिप्लिए। यति नराम्रोसँग चिप्लिए कि बिचरा ती अनलाइनहरुका सम्पादकलाई लाजै भएछ। चिप्लिएर लडे पनि… Continue reading
जहाज सकुशल, पत्रकारिता दुर्घटनामा !
फ्लाइदुबईको एउटा जहाज सोमबार काठमाडौँबाट उडेको केही समयमा प्राविधिक खराबी आयो। केही समयमा नै जहाजले समस्या समाधान भएको जनाउ दिँदै गन्तव्यतर्फ लाग्यो। जहाज सकुशल थियो तर पत्रकारिता भने दुर्घटनामा पर्यो। मनगढन्ते समाचारको बाढी आयो। हेरौँ केही उदाहरण
रामेश्वरलाई जोगाएर रविलाई मात्र मुछ्ने समाचार लेख्ने कान्तिपुरका पत्रकारले दिएको चुनौतिमा मेरो जवाफ
रवि लामिछानेलाई मुछेर ‘कान्तिपुर’ले लेखेका तीन वटा ‘मेन न्युज’ ले लुकाएका महत्त्वपूर्ण विषय शीर्षकको ब्लग अप्रिल २० मा माइसंसारमा प्रकाशित भएपछि समाचारका लेखकद्वय मातृका दाहाल र जयसिंह महराको नाम राखिएको ११ सय शब्दको एउटा ‘नन युनिकोड फन्ट’ मा लेखिएको वर्ड फाइल अप्रिल २२ मा मेरो जिमेलमा आइपुग्यो। मातृका दाहालको इमेलबाट पठाइएको सो इमेलको शीर्षकमा ‘हाम्राे… Continue reading