Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बम बने पहिलो ‘न्यायाधीश शहीद’

Posted on June 15, 2012 by Salokya

अज्ञात अपराधीले दुई साताअघि गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम पहिलो न्यायाधीश शहीद बनेका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई शहीद घोषणा गर्ने औपचारिक निर्णय गरेको हो। अलि पछाडि हेर्ने हो भने शहीद घोषणा गराउन ठूल्ठूला आन्दोलन भएका छन्। तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको जेलभित्र हत्या भएको भन्दै उनलाई शहीद… Continue reading

अमेरिका भन्दा नेपाल बढी शान्त

Posted on June 14, 2012June 14, 2012 by Salokya

केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। तर नेपाल त्यति खत्तम पनि भइसकेको छैन। नेपाल छिमेकी देश चीन र भारतभन्दा मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ। यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१२’ मा खुलेको छ।… Continue reading

एसएलसीमा आधाभन्दा बढी फेल

Posted on June 13, 2012June 14, 2012 by Salokya

एसएलसी रिजल्ट निराशाजनक आयो। पोहोरभन्दा झण्डै नौ प्रतिशत कम पास। ४७.१६ प्रतिशत मात्र पास अर्थात् आधाभन्दा बढी फेल। अझ फेल भएर पुनः परीक्षा दिनेहरु त ८६ प्रतिशत फेल भएका छन्। त्यत्रो लगानी छ शिक्षामा। हरे बिजोग ! शिक्षामा राज्यले कूल बजेटको १७ प्रतिशत खर्च गर्छ। गैरसरकारी क्षेत्रको समेत लगानी जोड्नुस् त वार्षिक ६९ अर्ब पुग्छ।… Continue reading

नर्वेमा काम: अवसर कि भ्रम

Posted on June 12, 2012June 12, 2012 by mysansar

-अनुप खनाल- अहिले नेपालबाट नर्वेमा कामको लागि ६ महिने भिसा पाएर आउनेको होडबाजी चलेको छ, धेरै साथीहरुले मलाई इमेल, फोनबाट सोधिरहनु हुन्छ। तर नेपालमा यहाँको वास्तविकतालाई धेरै नै बङ्ग्याइएको छ। विशेष गरी कन्सलट्यान्सीहरुले यसलाई बिजनेसको रुपमा लिएर धेरै बढाइचढाइ कुराहरु गरी राखेका छन्, त्यसैले मैले यहाँ देखेको वास्तविकतालाई लेख्न खोजेको हुँ। स्वदेशमा काम गरी केही… Continue reading

कति अनौठो, के होला यो ?

Posted on June 11, 2012June 12, 2012 by Salokya

राजनीतिको कुराले तपाईँलाई दिक्क लागिरहेको होला। अब केही समय यथास्थिति रहिरहनेछ। कुरा न अघि जानेछ, न पछाडि फर्कनेछ। अझै केही समय दलहरुबीच दोष एकअर्कालाई लगाउने क्रम चली नै रहनेछ। त्यही भएर आउनुस् अलि फरक खालका विषयमा ब्लग मोडौँ। नजिकैको फोटो हेर्नुस्, यो केको फोटो हो अनुमान लगाउन सक्नुहुन्छ ? ज्वालामुखी पहाड जस्तो देखिन्छ, कालो गहिरो… Continue reading

नेताहरुले माल पाएर नि चाल पाएनन् जस्तो छ है!

Posted on June 10, 2012June 10, 2012 by Salokya

माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको आजभोलि केही कुरा मिल्दैन जस्तो लाग्छ मिडियामा आएका समाचार हेर्दा। प्रचण्ड पक्षका नेताहरु एउटा कुरा गर्छन्, वैद्य पक्षका नेताहरु अर्को। विपरीत ध्रुवका जस्ता लाग्छन् दुई पक्षका कुराहरु। तर, प्रचण्ड र वैद्यको तपाईँ हामीले अहिलेसम्म थाहा नपाएको एउटा कुरा भने समान रहेछ। दुवै आइफोन चलाउँदा रहेछन्। आजको ‘नयाँ पत्रिका’ले… Continue reading

२७ दल Vs १ दल

Posted on June 9, 2012June 11, 2012 by Salokya

हिजो २२ दलले खुलामञ्चमा विरोध सभा गरेको होला भन्ठानेर लेखियो, अस्ति पत्रकार सम्मेलनमा २२ दलै भनेका थिए, तर आयोजकले २७ दल भनेपछि पत्याउनै पर्‍यो। हिजो २७ दलले गरेको ‘शक्ति प्रदर्शन’ लगत्तै आज राजतन्त्र पुनर्स्थापनाको माग गर्दै कमल थापाको राप्रपा नेपालले ‘शक्ति प्रदर्शन’ गर्‍यो। एउटै स्थान (वीर अस्पतालनजिकैको आकाशे पुल)बाट कार्यक्रम सुरु भइसकेपछि खिचेका दुई फोटो… Continue reading

कथा: बाँध

Posted on June 9, 2012June 9, 2012 by mysansar

-शुषमा मानन्धर- “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई अँध्यारैमा टुङ्ग्याएकी थिएँ। उपन्यासको बाँकी रहेको अन्तिम भाग भर्खरै लेखिसकेकी छु। मनको निकै ठूलो भार… Continue reading

२२ दलको ‘विशाल’ सभा र शक्ति प्रदर्शन

Posted on June 8, 2012June 11, 2012 by Salokya

सरकारविरुद्ध मोर्चाबन्दी गरेका २२ दलको गठबन्धनले आज ‘शक्ति प्रदर्शन’ र ‘विशाल’ विरोध सभा गरेका छन्। सबै नेताले संविधान सभा भंग गर्नुमा सरकार र विशेष गरी माओवादीको दोष भएको बताए। हेर्नुस् केही फोटोहरु

अब फँस्ने भए नारानघाटका व्यापारी

Posted on June 8, 2012June 8, 2012 by Salokya

पहिले खबरै नगरी छापा मार्न आएको भन्दै राजस्व अनुसन्धान विभागको फ्लाइङ स्क्वाड (द्रुत टोली) लाई पसलमा थुनेर हातपात गर्न खोज्ने अनि गाडी जलाएर प्रहरीसँग भिडन्तमा उत्रको घटना तपाईँलाई यादै छ। गाडी मात्र हो र, आफ्नै सुरक्षाका लागि राखिएको प्रहरी बिटसमेत जलाइदिएका थिए उनीहरुले। उनीहरुले दबाब दिएर छापा मारिएको पसलमा लगाइएको सिल समेत खोल्न लगाएका थिए।… Continue reading

न्यायाधीशलाई गोली हान्ने यस्तो अनुहारको

Posted on June 7, 2012June 7, 2012 by Salokya

पुलिसले आज न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्नेमध्ये एकको स्केच सार्वजनिक गरेको छ। त्यतिबेला मास्क लगाएको भएर यति मात्र स्केच सार्वजनिक गरिएको रहेछ। घटनाको प्रत्यक्षदर्शीको बयानको आधारमा घटनामा संलग्न एक व्यक्तिको हुलिया यस्तो भनिएको छ- गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, अनुहारमा खटिराहरु भएको, आर्मी पुलिसको जस्तो छोटो कपाल काटेको, खाइलाग्दो जिउडाल भएको,… Continue reading

नेपालमा ठगी खानेहरु मात्र हैन, गरी खानेहरु नि छन् है

Posted on June 7, 2012June 7, 2012 by Salokya

सूचना नदिई छापा मार्न आएको भन्दै ट्याक्स अफिसको गाडी जलाउने व्यापारी, छिसिक्क केही हुन पा’ छैन चक्काजाम गर्दै तोडफोडमा उत्रिहाल्ने विद्यार्थी अनि नेताको पछिपछि लाग्दै नारा जुलुस गर्ने हजारौँको भीडका फोटोमात्र मिडियामा देखेर नेपाल खत्तम भो, ह्याँ ठगी खानेहरु मात्र छन् भनेर सोच्नुभएको भए यो फोटो। ज्यानको माया त यिनलाई पनि लाग्दो हो नि। तर… Continue reading

माइसंसार पाठक प्रभाव : रोयटर्सले माफी त मागेन, तर गल्ती सच्यायो

Posted on June 6, 2012June 7, 2012 by Salokya

नेपालको दोस्रो बढी बोलिने भाषा तिब्बती र दोस्रो ठूलो जाति बिहारी लगायतका हास्यास्पद, वाहियात तथ्य राख्ने रोयटर्सको अलर्टनेटलाई गल्ती सच्याउन लगाउन माइसंसारका पाठकहरु सफल भएका छन्। माइसंसारका पाठकहरुले यस्तो अभियान थालेको २४ घण्टा नबित्दै आज राति रोयटर्सले गल्ती सच्याएको हो। यहाँ हेर्नुस्। माइसंसारले रोयटर्सको गल्ती औँल्याउदै ब्लग लेखेपछि विश्वभरबाट पाठकहरुले रोयटर्सको साइटमा, उसको फेसबुक पेजमा… Continue reading

अराजक बन्दैछ समाज

Posted on June 6, 2012June 6, 2012 by Salokya

समाज के विधि अराजक बनेको हो ! यो माथि जलिरहेको सरकारी गाडी हो। राजस्व अनुसन्धान केन्द्रको। ट्याक्स छलेको शंकामा आज बिहान नारायणगढको एउटा पसलमा केन्द्रले छापा मारेर सिल गरेको थियो। त्यसको विरोधमा वरपरका पसलेहरु समेत विरोधमा उत्रिए। भीड अराजक बन्यो। छापा मार्न आएको टोली पसलमै थुनियो। भीडले उनीहरु चढेर आएको जिपै जलाइदिए। चक्काजाम गर्न खोजे।… Continue reading

समय फरक, कथा उही- संविधान सभा भाग २

Posted on June 6, 2012June 6, 2012 by mysansar

-नेपाल डायरी- प्रसङ्ग मधेश आन्दोलनबाटै सुरु गरौं। नम्बर एक – एक जना छिमेकी छन् बिद्युत प्राधिकरणका मिटर रिडर – उमेर ५० वर्ष। राजविराजको लंका टोलमा बस्थे , दुइटी छोरी, सानो र सुखी परिवार। सानो एउटा एक तल्ले घर। ओखढुङगाबाट मधेस झरेर जिन्दगीका ३५ साल काटेरे त्यहाँ। पिउनबाट जागिर सुरु गरेर अहिले मिटर रिडरसम्म बनेछन्। एक… Continue reading

आजको जस्तो दिन हामी बाचुन्जेल फेरि आउँदैन

Posted on June 6, 2012June 6, 2012 by Salokya

आज एउटा विशेष दिन हो। खगोलीय हिसाबले आजको जस्तो दिन अब फेरि हामी बाचुन्जेल आउने छैन। आजको जस्तो दिन सन् २११७ मा मात्र फेरि आउनेछ। अर्थात् १ सय ५ वर्षपछि ! के छ त आजको दिनको विशेषता ? आज सूर्यलाई शुक्र ग्रहले अतिक्रमण गर्दैछ। अङ्ग्रेजीमा यसलाई Venus Transit भनिएको छ। यसलाई पारगमन वा भेदयुति पनि… Continue reading

बडिगार्डको बयानपछि उठेका प्रश्न

Posted on June 5, 2012June 5, 2012 by Salokya

न्यायाधीश रणबहादुर बमको बिहीबार बिहान गोली हानी हत्या गरेको घटनामा अरु प्रत्यक्षदर्शीको बयान त पहिले नै मिडियामा आइसकेका थिए। तर घटनामा एउटै कारमा रहेका र पहिलो गोलीसमेत खाएका बडिगार्ड, जसलाई पीएसओ अर्थात् व्यक्तिगत सुरक्षा अधिकृत भनिन्छ, को बयान आजको कान्तिपुरमा छापिएको छ। नेपाल प्रहरीका असई महेश गिरीको यो बयानपछि चालक अष्ट लामाप्रति शंकाका औँला उठाउने… Continue reading

यही हो न्यायाधीश हत्या स्थलमा भेटिएको पर्चा

Posted on June 4, 2012 by Salokya

न्यायाधीश रणबहादुर बमको हत्या भएको पाँच दिन बितिसक्दा पनि अहिलेसम्म अनुसन्धान गरिरहेका प्रहरीहरुले कसले र किन हत्या गर्‍यो भन्ने बारे केही नयाँ जानकारी पाउन सकेको छैन। चालक र अरु प्रत्यक्षदर्शीको हुलियाको आधारमा हत्याराको संभावित स्केच सार्वजनिक गर्ने काम पनि भएको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल भेटिए पनि त्यो चोरीको भएको पत्ता लागेपछि त्यसले अनुसन्धानलाई केही… Continue reading

पेप्सीले मुर्गा बनाउन खोज्दैछ है तपाईँलाई

Posted on June 4, 2012June 4, 2012 by Salokya

आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त… Continue reading

एक हप्ता भइसक्दा पनि मिल्ने कुरै गर्दैनन् त

Posted on June 3, 2012June 3, 2012 by Salokya

गएको हप्ता मध्यरातमा संविधान सभा विघटन भएको थियो। एक हप्ता बितिसक्दा पनि नेपालको राजनीति जहाँको त्यहीँ छ। जे जे कुरामा असहमति थियो, त्यो जस्ताको तस्तै छ। एक इञ्च अघि बढेको छैन कुरा। सरकारले चुनाव घोषणा गरेको छ। तर प्रमुख दुई दलको असहमति हुँदाहुँदै चुनाव हुनसक्दैन भन्नलाई कुनै ज्योतिषको भविष्यवाणी आवश्यक पर्दैन। त्यसमाथि चुनावका लागि संविधानका… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 280
  • 281
  • 282
  • 283
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme