राममणि पोखरेल असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन। सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन्। अधिकांश आकाशे खेत… Continue reading
बाबुरामको माग बाबुरामलाई नै
२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। अब आफ्नै हस्ताक्षर भएको यी माग फर्के आफै अगाडि… Continue reading
आयो असार १५
आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु… Continue reading
मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी
सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त… Continue reading
कालो झण्डादेखि किन डराउनु ?
हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको… Continue reading
जग्गामा कर लिने, गाडीमा चैँ छुट किन ?
-गौरीबहादुर कार्की- नेपाली जनताले २०।२५ हजार मूल्यको ग्रामीण क्षेत्रको जग्गा खरिद बिक्री गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ। अंशबण्डा गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ। अंशबण्डामा मोलको आधारमा २५ लाखसम्मको सम्पत्तिमा ०.२ प्रतिशत र सो भन्दा माथि २ करोडसम्म ०.३ प्रतिशत र २ करोड माथि ०.४ प्रतिशतका दरले राजस्व बुझाउनु पर्दछ। यस अनुसार… Continue reading
आहा, हाम्रो नेपाल !
माथिको फोटोमा तपाईँले दायाँ छेउको कुनामा जुन दृश्य देखिरहनुभएको छ, त्यो जेम्स क्यामरुन निर्देशित फिल्म अवतारको हो। अन्तरिक्षमा रहेको काल्पनिक पान्डोरा ग्रहको दृश्य। अनि माथिको ठूलो दृश्य चाहिँ हाम्रै नेपालको हो। धुन्चेबाट गोसाइँकुन्ड जाने बाटोमा देखिने दृश्य। यो त अझ क्यामेराले यति मात्रै खिच्न सकेको हो। खोलाको कलकल, चराको आवाज यो फोटोमा देखाउन सकिँदैन। साँच्चै,… Continue reading
सम्बन्ध विच्छेद
-शशांक लामा- जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म… Continue reading
सगरमाथा भारतमा रे !
सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले… Continue reading
हामी कस्तो बहादुर ?
-डील्लीराम भण्डारी “यात्री”- पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने)… Continue reading
स्पष्टीकरण
-चर्चित ढुंगेल- कार्यक्रमका सभापति महोदय, (‘भारेभुरे’को सम्बोधन केलाई गरिरहनु?) सर्वप्रथम मैले यो कार्यक्रममा आइदिनाले तपाईँहरुको सिङ्गो कार्र्यक्रम र स्वयम् तपाईँहरु पनि धन्य हुनुभएको छ। मजस्तो ‘अन्तर्राष्ट्रे ब्यक्ति’को ब्यक्तित्वको पहिचान गरेर ‘घ्याम्पो’ रित्तिनेगरी ‘धोकेर’ आउँदा पनि ‘खुट्टामै ढोगेर’ ज्याईँलाई झैँ प्रथम बक्ता बनाइ लिनुभएकोमा मेरो ‘दिल गार्डन गार्डन’ भएको छ। आज यो उमेरसम्ममा म थोत्रोलाई कसैले… Continue reading
मेरो देश मलाई लाग्छ प्यारो…
काठमाडौँमा मौसमसँगै राजनीति तातिँदै गर्दा केही काम र केही घुमघामका लागि शनिबार उत्तर (लाङटाङ राष्ट्रिय निकुञ्ज) तर्फ लम्केका थियौँ हामी। गएको दिनदेखि नै पानी परेपछि यो पाँच दिनको यात्रामा कति रुझियो, कति पटक चिप्लेटी खाइयो, कति पटक डङ्ग्रङ्गै लडियो, कति जिउभरी हिलो लगाइयो, कति रक्तदान (जुकालाई) गरियो…. तर सब बिर्सिन पुगियो यो दृश्य हेर्दा। सँधै… Continue reading
माफी माग्नु ठीक हो कि हैन?
दुई वर्षको आयु रहेको संविधान सभालाई पटक-पटक म्याद थपेर चार वर्षसम्म तन्काएर पनि संविधानै नबनाई अवसान गराएपछि केही सभासदहरुले लेख लेखेर र केहीले भाषण गरेर माफी मागे। तर अधिकांशले केही गरेनन्। दलहरु पनि एकअर्कालाई दोष दिँदै बसेका छन्। यो राजनीतिक कुरा भयो। यसमा व्यक्तिगत नैतिकताको कुरा पनि आउला। जब तपाईँ केही गल्ती गर्नुहुन्छ, त्यसपछि माफी… Continue reading
प्रचण्ड र भट्टराईले पद छाड्नु पर्छ
– परिवर्तन औपचारिक रूपमा माओवादी फुटेको छ। चुनवाङ बैठकदेखि बढ्दै गएको विवाद मात्र होइन जनयुद्ध पछि वैद्य पक्षहरूको भूमिकालाई कमजोर पारिनु, पार्टीले युद्धका वेला लडेका कार्यकर्ताको भावना नबुझ्नु र एकता केन्द्रसँगको एकीकरणपछिको पछिल्लो समयमा आफ्नै पुराना लडाकु र दु:ख पाएका कार्यकर्ताका सट्टा ठेक्का-पट्टा र जग्गा दलाली गर्नेहरूले जिल्ला-जिल्लामा नेकपा (एमाओवादी)को नेतृत्व गरिरहेको सन्दर्भमा वैद्य समूहले… Continue reading
आर्यघाटमा यो के हुँदै ?
ठाउँ- पशुपति आर्यघाटको बागमती नदी। के गर्दैछ त यो केटा ? बागमती नदीमा माछा मार्दै ? हैन-हैन। कहाँ माछा मार्नु यस्तो पानीमा ! त्यसो भए के गर्दै त ? अनुमान लगाउनुस् र जवाफ हेर्न भित्र आउनुस्।
अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको !
-दीप्स शाह- दिदी निकै च्याँट्ठिएर बोल्दै थिइन्। “आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनLलाई के माया अर्काले कमाको पैसाको!” एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। ‘आमै’मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ती दिदी कति हदसम्म… Continue reading
धुन्चेलाई नजिकबाट हेर्दा
अहिले म रसुवाको सदरमुकाम धुन्चेमा छु। पहिलो पटक यहाँ आएको हुँ। त्यसैले रमाइलो लागिरहेको छ। अपराह्नतिर यहाँ आइपुगेका थियौँ। आजै यहाँ अञ्चलस्तरीय महिला भलिबल प्रतियोगिता पनि भइरहेको रहेछ। त्यहीँ खिचेका केही फोटोसहितको यो फोटो ब्लग।
कथाः पुरस्कार
-लेखनाथ काफ्ले- कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ भन्ने थाहा थियो किनकी पढेर ठुलो मान्छे बनिन्छ भनेर हजारौ पटक सुनिएको थियो। तर एमए गरेका… Continue reading
शक्ति प्रदर्शनको नाममा कार्यकर्तालाई सास्ती
जेठ-असारको चर्को घाममा कार्यकर्तालाई तताएर सबै पक्षले शक्ति प्रदर्शन गरिसके। अब पुगेन र ? अलि बढी अलि कम मात्रै हो जसले शक्ति प्रदर्शन गरे नि। दुःख पाउने कार्यकर्ता नै हुन्। यसरी सडकमा शक्ति देखाएर पनि कहीँ कुरो मिल्छ ?
बम बने पहिलो ‘न्यायाधीश शहीद’
अज्ञात अपराधीले दुई साताअघि गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम पहिलो न्यायाधीश शहीद बनेका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई शहीद घोषणा गर्ने औपचारिक निर्णय गरेको हो। अलि पछाडि हेर्ने हो भने शहीद घोषणा गराउन ठूल्ठूला आन्दोलन भएका छन्। तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको जेलभित्र हत्या भएको भन्दै उनलाई शहीद… Continue reading