Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा नेपालीले नेपालीलाई छुरा हाने

Posted on August 12, 2012August 12, 2012 by mysansar

विदेशी भूमिमा नेपाली ‘डन’को आतंक -रवि रोषी, दोहा- अस्ति शुक्रबार कतारको औद्योगिक क्षेत्र सनैयाको ४१ नम्बर स्ट्रीटमा नेपालीले नै नेपालीलाई छुरा हानेको अप्रिय घटना सुन्नुपर्‍यो। २० जनाको समूहमा आएका एकजनाले म दोहाको डन भन्दै थर्काए- लंगुरबुर्जा खेलाउन नदिने को हो? यत्तिकैमा खोटाङ जिल्लाका नाम नखुलेका एक जनाले लुकाएर राखेको छुरी झिकेर सर्लाहीका नारायणदास श्रेष्ठलाई अन्धाधुन्ध… Continue reading

Protected: यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको फन्दामा नेपाली

Posted on August 12, 2012June 3, 2025 by mysansar

There is no excerpt because this is a protected post.

कथाः आसन्न मृत्यु

Posted on August 11, 2012August 11, 2012 by mysansar

–राजेश नतांश- मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ । —सिल्भिया प्लाथ सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।” मेरा हात काँपिरहेका… Continue reading

मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

Posted on August 11, 2012August 11, 2012 by Salokya

हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम… Continue reading

रेखाको चड्कन खानेको स्पष्टिकरण- मैले नि हानेँ, मुख सुनिन्ने गरी हान्न सक्थेँ, ‘अबला नारी’ भएकोले छाडिदिएँ

Posted on August 10, 2012August 10, 2012 by mysansar

गाइजात्राको अङ्कमा रेखा थापासम्बन्धी अश्लील, अभद्र सामाग्री छापेपछि चर्किएको कान्ड कुटाकुटसम्म पुग्यो। यसअघि रेखा थापाको पक्षबाट मात्र कुरा आइरहेकोमा आज सौर्य दैनिकमा पूरै एक पेजको स्पष्टिकरण कुटाइ खाने पत्रकार चिरन्जीवी पौडेलले लेखेका छन्। त्यसमा उनले लेखेका छन्- ‘अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ। तर ‘अबला नारी’ सम्झेर संयम… Continue reading

कृष्ण जन्माष्टमिमा कृष्ण मन्दिर

Posted on August 10, 2012August 10, 2012 by Salokya

कृष्ण जन्माष्टमि अर्थात् भगवान् श्रीकृष्णको बर्थ डे। भारतमा भोलि मनाउँछन् जन्माष्टमि पर्व। त्यहाँको सरकारी क्यालेन्डरमा पनि जन्माष्टमि भोलि नै लेखिएको छ। नेपालमा चाहिँ किन हो आजै मनाइयो। यहाँको क्यालेन्डरमा आजै छ जन्माष्टमि। आजको रातलाई मोहरात्री पनि भनिन्छ। हिन्दू धर्मावलम्बीहरु मोहरात्रीमा रातभर जाग्राम बस्छन्, नाच्छन्, गाउँछन्। यो दिन सबभन्दा रमाइलो हुन्छ पाटनको कृष्ण मन्दिरमा। राति नौ… Continue reading

आज के आएको छ मंगल ग्रहबाट?

Posted on August 10, 2012August 10, 2012 by Salokya

साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले आज पठाएको यो रंगिन फोटो झन् रोचक छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर (फोटोमा क्लिक गर्नुस्, ठूलो हुन्छ) हेर्नुस् त। पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिने रहेछ मंगल ग्रह त।

३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने

Posted on August 9, 2012August 9, 2012 by Salokya

सरकारले बुधबार एउटा अनौठो निर्णय गरेको छ- ३० वर्ष पूरा नभएकी महिला खाडी देशहरुमा काम गर्न जान नपाउने। किन यस्तो गरियो रे भन्दा सरकारका प्रवक्ता राजकिशोर यादवले भनेछन्- नेपाली केटीहरु सानै उमेरमा खाडीमा जान्छन्। तिनीहरुलाई त्यहाँ ठूलो शारीरिक तथा मानसिक यातना भइरहेको छ। ३० वर्ष पुगेका महिला महिला पाका हुन्छन्, सही निर्णय गर्न सक्ने हुन्छन्,… Continue reading

लौ आयो मंगल ग्रहबाट नयाँ फोटो

Posted on August 9, 2012August 9, 2012 by Salokya

मंगल ग्रहमा रहेको नासाको क्युरियोसिटी रोबोटले पठाएको दुई फोटोको संयोजित नयाँ फोटो आज सार्वजनिक भएको छ। ब्ल्याक एन्ड ह्वाइट भए पनि यो फोटो यसअघिको जस्तो धमिलो नभई स्पष्ट छ। यसमा मंगल ग्रहको ल्यान्डस्केप स्पष्ट रुपमा हेर्न सकिन्छ। फोटो अवतरण भएको गेल क्रेटरबाटै खिचिएको हो। रोबोट त्यहाँबाट गुडिसकेको छैन। त्यो टाढा देखिएको चाहिँ सार्प नाम राखिएको… Continue reading

महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने

Posted on August 8, 2012August 8, 2012 by Salokya

आजको बन्दमा थप एक घण्टा डिस्काउन्ट बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्‍ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै… Continue reading

मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो

Posted on August 7, 2012August 7, 2012 by mysansar

हिजो मंगल ग्रहमा ल्यान्ड गरेको नासाको क्युरियोसिटी रोभरले केही ब्ल्याक एन्ड ह्वाइट फोटोहरु मात्रै पठाएको थियो। आज मंगलबारको दिन भने यसले यो पहिलो रंगिन फोटो पृथ्वीवासीका लागि उपहारका रुपमा पठाएको छ। यो फोटो क्युरियोसिटी ल्यान्ड गरेको गेल क्रेटरको हो। क्यामेराको कभरमा धुलो लागेकोले फोटो धमिलो भएको रहेछ। त्यहाँबाट एउटा भिडियो पनि आएको छ।

अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा

Posted on August 7, 2012August 7, 2012 by mysansar

अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्‍टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।

पत्रकार कुटिँदा किन पत्रकार दुःखी भएनन्?

Posted on August 6, 2012August 7, 2012 by Salokya

सामान्यतया पत्रकार कुटिँदा अरु पत्रकारहरु कोकोहोलो मच्चाउँछन्, चाहे त्यो जाँड खाएको बेलामा भएको झगडाका कारण कुटिएको होस् वा विकृति पर्दाफास गर्न चलाएको कलमका कारण। यस पटक भने अलि फरक भयो। हिरोइन रेखा थापाले सौर्य दैनिकका एक पत्रकारलाई कुट्दा त्यसरी हात हालिहाल्न चाहिँ नहुने थियो, कानुनी रुपमा अघि गए हुन्थ्यो भन्नेको आवाजै दबियो। बरु पत्रकारहरुले नै… Continue reading

मंगल ग्रहको महंगो यात्रा

Posted on August 6, 2012August 6, 2012 by Salokya

रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले… Continue reading

बन्दले दिक्क हुनुभा छ? आयोजकलाई असन्तुष्टि पोख्नुस्

Posted on August 6, 2012 by mysansar

-क्षितिज- उपत्यकाबासीलाई लगातार चार दिन र उपत्यकाबाहिरकालाई लगातार दुई दिन डिस्काउन्टेड बन्द गर्नेहरुदेखि दिक्क हुनुभाछ? निकै रिस उठेको छ? आफ्नो आवाज ती नेताहरु समक्ष कसरी पुर्‍याउने जस्तो लागिराछ ? त्यसो भए धन्दा नमान्नुस्, तपाईँहरुको फेसबुक अकाउन्ट त छ हैन, हो यो आन्दोलन गर्ने युवा संघका नेताहरुको पनि फेसबुक अकाउन्ट रहेछ। उनीहरुको अकाउन्टमा गएर वालमा वा… Continue reading

बन्दमा पनि ‘डिस्काउन्ट’

Posted on August 5, 2012August 5, 2012 by Salokya

एमाले नेताहरुको निर्देशनमा यसका युवाको संगठन युवा स‌ंघ, नेपाल (पुरानो नाम युथ फोर्स नेपाल)ले आजदेखि चार दिन गज्जबको ‘बन्द’को आयोजना गरेको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन गरिएको यो ‘म हान्’ आन्दोलनलाई केही मिडियाले चक्काजाम भनेर मानहानी गरे पनि वास्तवमा युवा स‍ंघले आयोजना गरेको भने चक्काजाम हैन ‘बन्द’ नै हो। उसको आधिकारिक विज्ञप्तिले पनि त्यही… Continue reading

कथा : छैन उन्मुक्ति

Posted on August 4, 2012August 5, 2012 by mysansar

– प्रमोद अधिकारी- मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल हुर्याउने होस कसैलाई आउँदैन। आ ! भोलि ठेगान लाउँला सब कचरा।… Continue reading

‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन

Posted on August 3, 2012August 3, 2012 by Salokya

आज गाईजात्रा हो। गएको वर्ष मरेका आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि यो पर्व मनाइन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ आज। सँगैको फोटोमा देखिने अरु कोही नभएर म आफै हुँ। सन् १९८९ मा हो क्यारे म यसरी सहर डुलेको। माइला बुबाको मृत्युपछि परम्पराअनुसार गाई पठाउन म, भाइ र फुपूको छोरा… Continue reading

गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?

Posted on August 2, 2012August 2, 2012 by Salokya

भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा स‌ंघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो… Continue reading

गाइजात्रा विशेषः गीति नाटक

Posted on August 1, 2012 by mysansar

गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ‘ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ‘अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।) अर्कास:  ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो, दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’ सुत्रधार:  ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !’

Posts pagination

  • Previous
  • 1
  • …
  • 274
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • 280
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme