Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अफ्रिका यस्तो रहेछ

Posted on August 31, 2012 by mysansar

-कल्पना भण्डारी- धेरै दिनदेखि अमेरिका जान लालायित नेपालीको कथा पढे माइसंसारमा। कतिले आत्महत्या गरेको खबर पढ्दा मन गह्रौँ हुन्छ, आँखा रसाएर आउँछ। विकासोन्मुख मुलुकबाट विकसीत र अब्बल देशहरुमा जाने चाहना राख्नु र सपना बुन्नु अस्वभावीक पक्कै होईन। तर त्यही सपना पुरा गर्न जिन्दगीमा खाने हण्डरहरु बारे हामी किन सोच्न सक्दैनौ। अमेरीका अस्ट्रेलीयामा त बाटो बाटोमा… Continue reading

अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने

Posted on August 30, 2012August 30, 2012 by Salokya

के नेपालीले नेपाल कै पेट‌्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला? वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन। अहिले अलिकति आश जगाउने काम… Continue reading

बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई

Posted on August 30, 2012September 1, 2012 by Salokya

अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई… Continue reading

अमेरिका पुग्ने चोर बाटोको व्यथा

Posted on August 29, 2012August 29, 2012 by Salokya

पनामाबाट कोस्टारिका आउँदै गरेका सात जना नेपाली र उनीहरुलाई तस्करी गर्दै गरेका एक कोस्टारिकन नागरिक गत अगस्तको दोस्रो साता पक्राउ परे। त्यही समाचार कोस्टारिकाका मिडियामा आउँदा त्यहाँ यसरी विदेशी नागरिकलाई ओसार पसार गरिन्छ भन्ने देखाउन यो फोटोको प्रयोग गरिएको हो। फोटोमा मानिसहरुलाई सामान जसरी एउटा ट्रकमा कोच्चाइएको छ। भुक्तभोगीहरु भन्छन्, यो त अलि खुला, राम्रै… Continue reading

विकास थापाले पाए सफाइ

Posted on August 28, 2012August 29, 2012 by Salokya

सँधै अरुका खबर लेख्ने इकान्तिपुरले २०६७, भदौ १६ मा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको… Continue reading

अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत

Posted on August 28, 2012August 28, 2012 by Salokya

अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे। आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण… Continue reading

फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा

Posted on August 27, 2012August 28, 2012 by Salokya

बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्‍ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी… Continue reading

बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?

Posted on August 27, 2012August 27, 2012 by Salokya

तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा… Continue reading

MySansar Exclusive: खोज (भाग १)

Posted on August 26, 2012August 26, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading

मातृभाषामा पढाइ कसरी हुन सक्छ?

Posted on August 26, 2012August 26, 2012 by mysansar

-डोलेश्वर भण्डारी- ‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्।… Continue reading

कथाः कठिन प्रेमयात्रा

Posted on August 25, 2012August 25, 2012 by mysansar

-बिकास घिमिरे- “नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई… Continue reading

एनसेलले झेल गर्न खोज्दा ५५ लाख जरिवाना

Posted on August 25, 2012August 26, 2012 by mysansar

स्पाइस नेपाल प्रालि अर्थात एनसेलका नाममा मोबाइल सेवा चलाइरहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनीले पुरानो कम मुल्यको बिल देखाएर भन्सार छलेको प्रमाण भेटिएको छ। गुणस्तरीय र ग्राहकमुखी सेवा दिने कम्पनी भनेर नथाक्ने एनसेलले पुरानो बिल देखाएर सात लाख २१ हजार डलरको कर तिर्नुपर्नेमा १ लाख ६८ हजार तिरेको भेटिएको छ। पुरानो बिल देखाएर एनसेलले ५ लाख… Continue reading

नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ

Posted on August 25, 2012August 25, 2012 by Salokya

रातो (कूटनीतिक) पासपोर्ट बेचेको अभियोगमा केही पूर्व सभासद्हरु अझै पनि मुद्दा खेपिरहेका छन्। रातो पासपोर्ट अक्सर नेपालीहरुले नै किनेको देखिएको छ। त्यो पनि सहज रुपमा विदेश पस्न पाउने आशामा। यसका लागि ठूलो समूहले सेटिङ मिलाउने गर्छ।  तपाईँहरुलाई लागेको हुँदो हो, रातो पासपोर्टमा सुविधा हुन्छ र त यसको बिक्री हुन्छ। तर त्यसो हैन, रातो मात्र हैन… Continue reading

सरकारको खातामा ५०, कर्मचारीको खल्तीमा १००

Posted on August 24, 2012August 24, 2012 by mysansar

-राजु महर्जन- कुरा हो नापी कार्यालय ललितपुरको। नयाँ घर बनाउन नक्सा पास गर्नको लागि ललितपुर उपमहानगरपालिकाका कर्मचारीले नापी कार्यालयमा गई जग्गाको नक्साको ट्रेस ल्याउनु पर्ने भनेपछि लगनखेलमा रहेको जिल्ला अदालत र मालपोत कार्यालयको बीचमा रहेको नापी कार्यालय पुगियो। कार्यालय समय १० बजे हो। तर त्यहाँका कर्मचारी मध्ये पिउन बाहेक प्रायःसबै ११ बजे पछि मात्र आउने… Continue reading

जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्

Posted on August 23, 2012August 24, 2012 by mysansar

-सुबर्णबाबु सापकोटा/फ्राइबर्ग,जर्मनी- राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी निस्चय पनि एउटा उर्बर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने बिश्वका निक्कै थोरै मुलुकहरुमा जर्मनी पनि पर्छ। हरेक बर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सन्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरुको सन्ख्या उच्च हुने… Continue reading

खुमबहादुरलाई डिस्काउन्टः १९ लाख रुप्पे र ५ महिना कैद

Posted on August 22, 2012August 22, 2012 by Salokya

सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्‍यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन्… Continue reading

साना भ्रष्टाचारीले दिएको दुःख

Posted on August 22, 2012August 22, 2012 by mysansar

-गणेश गुरुङ- ठूला भ्रष्टाचारीहरुले दिएको दुःख त तपाईँ हामी सबैलाई थाहै छ। हिजै मात्र खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी सजाय दिएकोमा समर्थकहरुले दाङ जिल्ला बन्द गरे। यहाँ म ठूला भ्रष्टाचारीको हैन, साना भ्रष्टाचारीको कुरा सुनाउन गइरहेको छु। यस्ता साना भ्रष्टाचारी, घुसखोरीले तपाईँ हामीलाई एकदमै सताइरहेको हुन्छ। महोत्तरी जिल्लाको जलेश्वरमा राष्ट्रिय वाणिज्य बैँक रहेको… Continue reading

महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा

Posted on August 21, 2012August 21, 2012 by Salokya

फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको छ। खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ। तर प्रहरीको मुख्य घटना सहायता कार्यदल जस्तो महत्त्वपूर्ण ठाउँबाट ट्राफिक निर्देशनालयमा सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै चलेको छ।… Continue reading

यौन दुर्ब्यवहारले निम्त्याएको बर्बादी

Posted on August 20, 2012 by mysansar

-अमृता लम्साल- सन् २०१२ को जुलाई २२ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित युनिभर्सिटी, पेन–स्टेटको बिभर स्टेडियमको हातामा कुनै बेला गर्वका साथ ठड्याईएको जो पेटार्नोको सात फुट अग्लो प्रतिमा निकालेर स्टेडियमको वेयर–हाउसमा थन्क्याईयो। आफ्नो जीवनको ४६ बर्ष कलेज फुटबलको कोच रहेका उनले, पेन–स्टेटलाई आफ्नो नामको पर्याय नै बनाइदिएका थिए। उनले गरेको योगदानको कदर गर्दै सन २०११… Continue reading

बादले भण्डार (क्लाउड स्टोरेज)

Posted on August 20, 2012August 20, 2012 by mysansar

-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 274
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • 280
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme