कृष्ण जन्माष्टमि अर्थात् भगवान् श्रीकृष्णको बर्थ डे। भारतमा भोलि मनाउँछन् जन्माष्टमि पर्व। त्यहाँको सरकारी क्यालेन्डरमा पनि जन्माष्टमि भोलि नै लेखिएको छ। नेपालमा चाहिँ किन हो आजै मनाइयो। यहाँको क्यालेन्डरमा आजै छ जन्माष्टमि। आजको रातलाई मोहरात्री पनि भनिन्छ। हिन्दू धर्मावलम्बीहरु मोहरात्रीमा रातभर जाग्राम बस्छन्, नाच्छन्, गाउँछन्। यो दिन सबभन्दा रमाइलो हुन्छ पाटनको कृष्ण मन्दिरमा। राति नौ… Continue reading
आज के आएको छ मंगल ग्रहबाट?
साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले आज पठाएको यो रंगिन फोटो झन् रोचक छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर (फोटोमा क्लिक गर्नुस्, ठूलो हुन्छ) हेर्नुस् त। पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिने रहेछ मंगल ग्रह त।
३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने
सरकारले बुधबार एउटा अनौठो निर्णय गरेको छ- ३० वर्ष पूरा नभएकी महिला खाडी देशहरुमा काम गर्न जान नपाउने। किन यस्तो गरियो रे भन्दा सरकारका प्रवक्ता राजकिशोर यादवले भनेछन्- नेपाली केटीहरु सानै उमेरमा खाडीमा जान्छन्। तिनीहरुलाई त्यहाँ ठूलो शारीरिक तथा मानसिक यातना भइरहेको छ। ३० वर्ष पुगेका महिला महिला पाका हुन्छन्, सही निर्णय गर्न सक्ने हुन्छन्,… Continue reading
लौ आयो मंगल ग्रहबाट नयाँ फोटो
मंगल ग्रहमा रहेको नासाको क्युरियोसिटी रोबोटले पठाएको दुई फोटोको संयोजित नयाँ फोटो आज सार्वजनिक भएको छ। ब्ल्याक एन्ड ह्वाइट भए पनि यो फोटो यसअघिको जस्तो धमिलो नभई स्पष्ट छ। यसमा मंगल ग्रहको ल्यान्डस्केप स्पष्ट रुपमा हेर्न सकिन्छ। फोटो अवतरण भएको गेल क्रेटरबाटै खिचिएको हो। रोबोट त्यहाँबाट गुडिसकेको छैन। त्यो टाढा देखिएको चाहिँ सार्प नाम राखिएको… Continue reading
महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने
आजको बन्दमा थप एक घण्टा डिस्काउन्ट बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै… Continue reading
मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो
हिजो मंगल ग्रहमा ल्यान्ड गरेको नासाको क्युरियोसिटी रोभरले केही ब्ल्याक एन्ड ह्वाइट फोटोहरु मात्रै पठाएको थियो। आज मंगलबारको दिन भने यसले यो पहिलो रंगिन फोटो पृथ्वीवासीका लागि उपहारका रुपमा पठाएको छ। यो फोटो क्युरियोसिटी ल्यान्ड गरेको गेल क्रेटरको हो। क्यामेराको कभरमा धुलो लागेकोले फोटो धमिलो भएको रहेछ। त्यहाँबाट एउटा भिडियो पनि आएको छ।
अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा
अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।
पत्रकार कुटिँदा किन पत्रकार दुःखी भएनन्?
सामान्यतया पत्रकार कुटिँदा अरु पत्रकारहरु कोकोहोलो मच्चाउँछन्, चाहे त्यो जाँड खाएको बेलामा भएको झगडाका कारण कुटिएको होस् वा विकृति पर्दाफास गर्न चलाएको कलमका कारण। यस पटक भने अलि फरक भयो। हिरोइन रेखा थापाले सौर्य दैनिकका एक पत्रकारलाई कुट्दा त्यसरी हात हालिहाल्न चाहिँ नहुने थियो, कानुनी रुपमा अघि गए हुन्थ्यो भन्नेको आवाजै दबियो। बरु पत्रकारहरुले नै… Continue reading
मंगल ग्रहको महंगो यात्रा
रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले… Continue reading
बन्दले दिक्क हुनुभा छ? आयोजकलाई असन्तुष्टि पोख्नुस्
-क्षितिज- उपत्यकाबासीलाई लगातार चार दिन र उपत्यकाबाहिरकालाई लगातार दुई दिन डिस्काउन्टेड बन्द गर्नेहरुदेखि दिक्क हुनुभाछ? निकै रिस उठेको छ? आफ्नो आवाज ती नेताहरु समक्ष कसरी पुर्याउने जस्तो लागिराछ ? त्यसो भए धन्दा नमान्नुस्, तपाईँहरुको फेसबुक अकाउन्ट त छ हैन, हो यो आन्दोलन गर्ने युवा संघका नेताहरुको पनि फेसबुक अकाउन्ट रहेछ। उनीहरुको अकाउन्टमा गएर वालमा वा… Continue reading
बन्दमा पनि ‘डिस्काउन्ट’
एमाले नेताहरुको निर्देशनमा यसका युवाको संगठन युवा संघ, नेपाल (पुरानो नाम युथ फोर्स नेपाल)ले आजदेखि चार दिन गज्जबको ‘बन्द’को आयोजना गरेको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन गरिएको यो ‘म हान्’ आन्दोलनलाई केही मिडियाले चक्काजाम भनेर मानहानी गरे पनि वास्तवमा युवा संघले आयोजना गरेको भने चक्काजाम हैन ‘बन्द’ नै हो। उसको आधिकारिक विज्ञप्तिले पनि त्यही… Continue reading
कथा : छैन उन्मुक्ति
– प्रमोद अधिकारी- मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल हुर्याउने होस कसैलाई आउँदैन। आ ! भोलि ठेगान लाउँला सब कचरा।… Continue reading
‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन
आज गाईजात्रा हो। गएको वर्ष मरेका आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि यो पर्व मनाइन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ आज। सँगैको फोटोमा देखिने अरु कोही नभएर म आफै हुँ। सन् १९८९ मा हो क्यारे म यसरी सहर डुलेको। माइला बुबाको मृत्युपछि परम्पराअनुसार गाई पठाउन म, भाइ र फुपूको छोरा… Continue reading
गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?
भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा संघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो… Continue reading
गाइजात्रा विशेषः गीति नाटक
गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ‘ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ‘अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।) अर्कास: ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो, दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’ सुत्रधार: ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !’
यस कारण जान सक्छन् खुमबहादुर खड्का जेल
सर्वोच्चले साउन ३० मा फैसला सुनाउने झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले कैद भुक्तान गरेर बाहिरिसके र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् तर सर्वोच्चमा अपील गर्न पाउने… Continue reading
खायौ अब जीवनभर ‘भूपू सुविधा’! अहिलेलाई त रोकियो
भूपू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अब यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अध्यादेश कार्यान्वयन गर्न पाइने छैन। अर्थात् जो-जसले गाडी फर्काएका थिए, फर्काइहाले, नफर्काउनेहरुले पनि फर्काउनु पर्नेछ। गाडी मात्र हैन, घर हुँदाहुँदै हसुरिरहेको घरभाडा, मर्मत खर्च इत्यादि पनि फर्काउनु पर्नेछ।… Continue reading
गोविन्द जय-जय भन्दै हाइवे जाम !
गोविन्द जय-जय, गोपाल जय जय !! राधा-रमण हरि, गोविन्द जय-जय !! बोल भएको भजन हैन ब्यारे, यो त अर्कै खाले पो त। तपाईँले देउताको भजन गा’को भन्ठान्नु भा’को ? हैन, यो त भ्रष्टाचारीको भजन पो गाएको त। कसले ? कसले हुनु अब, कार्यकर्ताहरुले नि ! कहाँ ? उनकै गृह जिल्ला तनहुँमा। कहिले ? साउने सोमबारको… Continue reading
प्रधानमन्त्रीले किन मुख रातै पारे नि बाब्बै !
साउन १५। प्रधानमन्त्री बाबुराम भट्टराईले हरेक महिना जनताको प्रश्नको लाइभ उत्तर दिने दिन- जनतासँग प्रधानमन्त्री। तर यो कार्यक्रमको चार्म घटिसक्यो। मान्छेले वास्ता पनि गर्न छाडिसके। आज त बजारमा अर्कै अन्तर्वार्ताको चर्चा छ- दिलभूषण पाठकको ‘टफ टक’को। हाँसीहाँसी उनले प्रधानमन्त्रीज्युलाई यति ‘टफ-टफ’ प्रश्न सोधे कि प्रधानमन्त्री भट्टराईको मुखै रातो भयो। सोफामा असजिलो पाराले बसेका यी कामचलाउ… Continue reading
नेपालका टप टेन ‘भ्रष्ट’ जिल्ला
नेपालमा बढी भ्रष्टाचार कुन जिल्लामा हुन्छ ? कुन जिल्लामा चाहिँ कम हुन्छ? भ्रष्टाचारको मापन गर्न गाह्रो छ, तर यो सूचि विगत १३ वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका भ्रष्टाचारका उजुरीमा आधारित हो। भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (सबभन्दा भ्रष्ट तल) १०) काठमाडौँ ९) बाँके ८) रुपन्देही ७) सिराहा ६) पर्सा ५) महोत्तरी ४) सप्तरी… Continue reading