Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : तातो पानी

Posted on October 6, 2012October 6, 2012 by mysansar

-उत्तम पौडेल- ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो। ” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे… Continue reading

‘भुत्ला झरेको’ एमालेको शक्ति प्रदर्शन

Posted on October 5, 2012October 6, 2012 by Salokya

पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुले सार्वजनिक कार्यक्रमै गरेर एमाले परित्याग गरेको घोषणा गरेको भोलिपल्ट एमालेले राजधानीसहित देशभर शक्ति प्रदर्शन गरेको छ। राजधानी काठमाडौँमा हुने जुलुसमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्ता र भ्रातृ संस्था अनि जनवर्गीय संगठनका सबैलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गरेको थियो। पाँच सय कार्यकर्ताहरुले छाडेर हिँडेकै दिन एमाले अध्यक्ष झलनाथ खनालले… Continue reading

फेरि अर्को भ्रष्टाचारी ठहर, यस पटक सरकारी कर्मचारी

Posted on October 5, 2012October 5, 2012 by Salokya

विशेष अदालतले बिहीबार भ्रष्टाचारीलाई जेल र जरिवानासहितको एउटा अर्को फैसला गरेको छ। यस पटक फन्दामा परेका छन् – गृह सचिव भइसकेका पद्मप्रसाद पोखरेल। पोखरेलविरुद्ध अख्तियारले २०६० सालमा मुद्दा दर्ता गरेको थियो। चार वर्षपछि विशेष अदालतले हदम्याद नाघेर दर्ता भएको भन्दै मुद्दा खारेज गरिदियो। तर सर्वोच्च अदालतले गत वैशाखमा त्यो फैसला नमिलेको भन्दै मुद्दा फेरि विशेष… Continue reading

हजारौँको हुलमा साँढे र गाई पसेपछि…

Posted on October 4, 2012October 4, 2012 by Salokya

हिजो इन्द्रजात्राको अन्तिम दिन कुमारीको रथ तान्न सकिसकेको थियो। राष्ट्रपतिको सवारी सकिसकेको थियो। यःसिं (लिङ्गो) ढालेर इन्द्रजात्राको विधिवत् समापन पनि भइसकेको थियो। बाँकी थियो त त्यो यःसिंलाई तानेर नदी छेउमा सेलाउनु। रातको सवा १० बजिसकेको थियो र हनुमानढोका-वसन्तपुर क्षेत्रमा हजारौँको भिड बाँकी नै थियो। अकस्मात् भागाभाग मच्चिन्छ। कसले हो साँढे र गाई छाडिदिएछ र हुलमा… Continue reading

सकियो इन्द्रजात्रा

Posted on October 4, 2012October 4, 2012 by Salokya

इन्द्रजात्राको अन्तिम दिन महिलाले रथ तानेर नयाँ परम्परा थालनी गरे। रथ वसन्तपुरमा पुगिसकेपछि कुमारी घर लैजान बोकेर लान लागेको बेलामा खिचेको फोटो। इन्द्रजात्राका थप फोटो अहिले राति अबेर भइसकेकोले भोलि राख्‍नेछु। अहिलेलाई तलेजु भवानीको अवतारका रुपमा जीवित देवीका रुपमा पुजिने कुमारीका केही फोटो-

मरिसकेपछि राप्रपा नेता रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर

Posted on October 3, 2012October 4, 2012 by Salokya

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पटक-पटक मन्त्री भएका रवीन्द्रनाथ शर्मा मरिसकेपछि भ्रष्टाचारी ठहर भएका छन्। उनलाई आज विशेष अदालतले पदको दुरुपयोग गरी गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो। अख्तियारले शर्माको गैरकानुनी रुपमा आर्जित सम्पति रु. ४ करोड ९५ लाख ५४ हजार ७०८।५७ भएको दावी गरे पनि विशेषले २ करोड २७ लाख ७६ हजार… Continue reading

२५९ वर्षपछि इन्द्रजात्रामा नयाँ चलन

Posted on October 3, 2012September 11, 2017 by Salokya

काठमाडौँमा इन्द्रजात्रा कहिलेदेखि मनाइयो भन्नेबारे यकिन बताउन कसैले सक्दैनन्। लिच्छवि कालदेखि नै मनाइएको हुनसक्ने विज्ञहरु बताउँछन्। तर इन्द्रजात्राका क्रममा हुने कुमारीको रथयात्रा कहिलेदेखि सुरु भयो चाहिँ ठ्याक्कै बताउन सकिन्छ। यो चलन काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएका हुन्। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार कुमारीको रथयात्राको चलन सन् १७५३ देखि चलाएका थिए। उनी आफै कुमारीको… Continue reading

जात्राको बेला लखेट्दै खुकुरी प्रहार, भिडतिर नाङ्गो खुकुरी नचाउँदै हिँड्ने को हो ?

Posted on October 2, 2012October 3, 2012 by Salokya

काठमाडौँमा इन्द्रजात्राको क्रममा कुमारीको रथयात्रा हुने बाटोमा एक युवकले अन्धाधुन्ध खुकुरी हानेको र भीडमा नाङ्गो खुकुरी नचाउँदै हिँडेको डरलाग्दो दृश्य सार्वजनिक भएको छ। माइसंसारलाई अज्ञात पाठकले यो भिडियो उपलब्ध गराएको हो। यस्तै भिडियो एभिन्युज टेलिभिजनले पनि प्रसारण गरेको छ। घटना कुन ठाउँमा र किन भएको र यसमा को-को संलग्न छन् भन्ने बारे केही थाहा हुन… Continue reading

वैद्य बा, हलमा हिन्दी फिल्ममात्र हैन, केबलमा हिन्दी च्यानल नि बन्द गर्दिनुस् न !

Posted on October 1, 2012October 2, 2012 by Salokya

क्रान्तिकारी धार कमजोर भएको भन्दै एमाओवादीमा ‘ए’मात्रै राखेर ‘माओवादी’ लिएर हिँडेका मोहन वैद्य बाले आजदेखि देशभर हिन्दी फिल्म चलाउन प्रतिबन्ध लगाएका छन्। उनको यस्तो आदेशपछि देशभरका हलहरुले हिन्दी फिल्म देखाउन बन्द गरे। हिन्दी फिल्म देखाउन नपाएपछि कति हलले हलै बन्द गर्न बाध्य भएका छन्। राष्ट्रियताको यो ‘म-हान्’ आन्दोलनको जनताले के विरोध गर्न सक्थे। वैद्य बाहरुले… Continue reading

नारायणकाजीको मुखैमा काङ्ग्रेसको कालो झण्डा

Posted on October 1, 2012October 3, 2012 by mysansar

-गौतम दाहाल/भर्जिनिया,अमेरिका- संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन अमेरिका आएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन्। आइतबार भर्जिनियामा आयोजित अन्तर्क्रिया कार्यक्रममा कसरी कालो झण्डा देखाइयो त? डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी थिए अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको यो अन्तर्क्रिया कार्यक्रममा। आयोजकहरुले सहभागीहरुलाई एक… Continue reading

पुस्तक अंशः खोज (भाग ६)

Posted on October 1, 2012October 2, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ पाँचौँ भाग यहाँ परिवर्तनका पलहरू कर्ण शाक्य कुनै पनि इतिहासको परिवर्तन एउटा पल र एउटा क्षणबाट निर्धारण हुन्छ। इतिहासमा… Continue reading

सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा

Posted on October 1, 2012October 1, 2012 by Salokya

भारत टप टेनमा, चीन ११ नम्बरमा विश्वमा सबैभन्दा बढी विमान दुर्घटना कहाँ हुने गरेको छ ? अहिले नेपालमा छापिएका समाचार र समाचार टिप्पणीहरु र गफहरु सुन्दा लाग्छ नेपालको आकाश विश्वकै सबैभन्दा असुरक्षित छ। यहाँ प्लेन चढ्यो कि दुर्घटना हुने सम्भावना हुन्छ। तर त्यसो हैन। यातायातका साधनमध्ये हवाई यात्रालाई नै सबैभन्दा सुरक्षित मानिन्छ विश्वैभर। त्यसैले विमान… Continue reading

कुमारीको फोटो राखेर रथ तान्दै सिक्किममा पनि इन्द्रजात्रा

Posted on September 30, 2012October 3, 2012 by Salokya

काठमाडौँमा अहिले उत्सवको माहौल छ। साँझतिर काठमाडौँको भित्री सहर घुम्नुस्, गज्जबको रौनक पाउनु हुन्छ। अस्ति बिहीबार हनुमानढोकामा लिङ्गो ठड्याएपछि आठ दिने इन्द्रजात्रा सुरु हुन्छ। आठै दिन सडकमा विभिन्न किसिमका सांस्कृतिक नाच देखाइन्छन्। त्यसमा पनि तीन दिन प्रमुख हुन्छ। चतुर्दशीका दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, भैरव र गणेशको रथ यात्रा तल्लो टोलहरुमा हुन्छ। त्यसको भोलिपल्ट अर्थात् आज… Continue reading

आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित

Posted on September 30, 2012September 30, 2012 by Salokya

आफ्नै कार्यकर्ताहरुबाट आक्रमण हुने नेपालका शीर्ष नेताहरुको सूचिमा नेपाली कङ्ग्रेस सभापति सुशील कोइराला पनि थपिएका छन्। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ताले दुई वर्षअघि माघमा झापड हानेका थिए। गएको साउनमा माओवादी विस्तारित बैठकमा प्रचण्ड र बाबुराम भट्टराईमाथि कुर्सी प्रहार गरिएको थियो। शनिबार चाहिँ काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले आक्रमण… Continue reading

सीता एयर दुर्घटना : किन भयो? कस्तो पाठ सिक्ने?

Posted on September 29, 2012October 5, 2012 by Salokya

सीता एयरको दुर्घटनापछि धेरैले धेरै थरिका कुरा गरे। हामी आफ्नो विषय बाहेक अरु विषयमा बढी नै ज्ञाता हुन खोज्छौँ। त्यही भएर अनुमान गजब गजबका लगाउँदै दोष लगाउने काम भयो। यसअघिका ब्लगहरुमा त्यस्ता कमेन्ट कै बिगबिगी थियो। तर ती मध्ये यसै क्षेत्रबारे जानकारी राख्‍ने केही पाठकले गहकिलो कमेन्ट गरेका छन्। तीमध्ये केही- हार्दिक भन्छन्- अहिलेको समय… Continue reading

साढे २५ वर्ष पुरानो प्लेनको आयु यसरी सकियो

Posted on September 29, 2012September 29, 2012 by Salokya

शुक्रबार बिहान चीलसँग ठोक्किएर दुर्घटना भएको सीता एयरको चिलगाडी कस्तो हो त ? यो जर्मन प्लेन हो। यसलाई डोर्नियर २२८-२०२ विमान भनिन्छ। दुर्घटना भएको विमान पहिलो पटक साढे २५ वर्षअगाडि उडेको थियो। सन् १९८७ को अप्रिल ८ मा यो पहिलो पटक उडेको थियो। विश्वको जुन ठाउँमा प्लेन उडाउँदा पनि कल साइन दर्ता गर्नुपर्छ। तपाईँले प्लेनको… Continue reading

चराले लियो १९ जनाको ज्यान

Posted on September 28, 2012September 29, 2012 by Salokya

काठमाडौँ विमानस्थल नजिकै आज बिहान सीता एयरको एउटा डोर्नियर विमान दुर्घटना हुँदा त्यसमा रहेका १९ जनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको ज्यान जाने दुर्घटनाको कारण भने अरु नभएर एउटा चरा थियो। बिहान ६ बजेर १७ मिनेटमा प्लेन उडेको थियो। उड्ने बित्तिकै चरासँग ठोक्कियो। त्यसपछि आपतकालीन… Continue reading

ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’

Posted on September 27, 2012September 28, 2012 by Salokya

माथिको फोटोमा देखिएको जस्तो भट्टी पसलमा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा ठूल्ठूला होर्डिङ बोर्डमा यस्तो देख्न सकिन्छ। विज्ञापनमा रुस्लान १०० % प्योर म्युजिक लेखिएको छ। खासमा यो रुस्लान भोड्काको विज्ञापन हो। दुरुस्तै रङ्ग र लोगो प्रयोग गरिएकोले यसले भोड्का कै विज्ञापन गर्न खोजेको हो। सर्वोच्च अदालतले रक्सी बियरको विज्ञापन सार्वजनिक ठाउँमा राख्न नपाइने कानुन बनाउन… Continue reading

के भन्नुहुन्छ तपाईँ यसबारे ?

Posted on September 26, 2012September 26, 2012 by Salokya

माथिको फोटो फेसबुकबाट लिइएको हो। शायद् तीजमा खिचेको फोटो हुनुपर्छ। फोटोसँगै कुसुम दाहालले सोधेकी छिन्- ‘यसरी सार्वजनिक ठाउँमा एउटा गोडा उचालेर अप्ठ्यारो गरी भए पनि ढोगाइ खान (लिन) इच्छुक पुरुषलाई तपार्इ के भन्नुहन्छ?’ साँच्ची तपाईँ चाहिँ के भन्नुहुन्छ यसबारे ?

यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?

Posted on September 25, 2012September 25, 2012 by Salokya

बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। माइसंसार मै पनि त्यहाँ भएका केही बहस जस्तै सन् १९९० पछि बदलिएको नेपाली समाज, मिडियाबारे सम्पादकहरुको बहस र नेपाली कसरी लेख्‍नेमा भएको छलफल राखिसकेका छौँ। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु –… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • 277
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme