Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ आयो डिस्काउन्ट, अपराधीहरुलाई डिस्काउन्ट!

Posted on September 5, 2012September 6, 2012 by Salokya

मौकाको फाइदा उठाउनुस्, १५% सम्म छुट पाउनुस्! केही भ्रष्टाचारी ठहर भएकाहरुले कैद र जरिवानामा २० प्रतिशत डिस्काउन्ट पाउँदा नेपालको कानुनी व्यवस्थाबारे थाहा नभएकाहरुले जिब्रो टोकेका थिए- आम्मै, यस्तो नि हुने रैछ र भन्दै। उनीहरुलाई के थाहा, फैसला भएको मितिले ६० दिनभित्र आफै अदालतमा उपस्थित भएमा मात्र २० प्रतिशत डिस्काउन्ट होइन, ६० दिन नाघेमा पनि डिस्काउन्ट… Continue reading

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट

Posted on September 5, 2012September 5, 2012 by Salokya

काठमाडौँका आठ स्थानमा बेलायतको जस्तै ट्राफिक लाइट जडान भएको छ। ती लाइटहरु सञ्चालनमा आइसकेका भने छैनन्। यसअघिका लाइटहरुभन्दा यो फरक छ। बेलायतमा सन् १९६९ मा सुरु भएको पेलिकन लाइटको प्रयोग यहाँ पनि गरिएको हो। पेलिकनको अर्थ हो pedestrian light controlled बेलायतमा सुरु भएको भए पनि विश्वका विभिन्न देशमा पनि यसको प्रयोग हुन्छ। तर अचम्म, नेपालमा… Continue reading

अब भूतको हल्ला नहोला कि !

Posted on September 4, 2012September 4, 2012 by Salokya

गएको अप्रिलमा राजधानी काठमाडौँको मुख्य स्थान न्युरोडमा दिउँसो अफ आवरमा पनि ठूलो जाम भयो। किन रहेछ भन्दा पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको ताँती लाग्यो। के थियो र त्यो घरमा ? भूत ! भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले… Continue reading

नक्कली भ्याट बिलमा व्यापारी दोषी

Posted on September 4, 2012 by Salokya

नक्कली भ्याट बिल कान्डमा सरकारले निर्धारण गरेको जरिवाना चित्त नबुझेर त्यसलाई उल्ट्याउन पाइएला कि भनेर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न गएका व्यापारीहरुले त्यहाँबाट पनि लोप्पा खाएर फर्कनु परेको छ। न्यायाधीकरणले व्यापारीविरुद्ध फैसला गरेका चार कम्पनीको मुद्दामा कुख्यात व्यापारिक घराना चौधरी ग्रुपको अरुण कन्टिनेन्टल र त्रिवेणी ग्रुपको विश्वकर्मा सिमेन्टसमेत पर्छ। पूर्व सभासद विनोद चौधरीका कान्छा भाइ अरुण… Continue reading

पेप्सीको यो के गति?

Posted on September 3, 2012September 3, 2012 by mysansar

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपालगञ्जमा स्थानीय पसलबाट किनेको पेप्सीमा यस्तो पो देखियो। हेर्नुस् त, बोतलभित्र के हो यस्तो।

MySansar Exclusive: खोज (भाग २)

Posted on September 2, 2012September 4, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading

जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?

Posted on September 2, 2012September 2, 2012 by Salokya

काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।

गोरु काट्नेलाई १२ वर्ष जेल, ठीकै हो कि भयो झेल ?

Posted on September 1, 2012September 1, 2012 by mysansar

वर्ष दिन अघि गोरु काटेको अभियोगमा प्रहरीले पक्रेका तीन जनालाई पर्वतको जिल्ला अदालतले १२ वर्ष जेल सजाय दिएको छ। मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। देश धर्म निरपेक्ष भएको घोषणा भए पनि यो ऐनमा कुनै परिवर्तन गरिएको छैन। त्यसैले कानुनमा उल्लेख भएको अधिकतम सजायभन्दा… Continue reading

थुक्क! मेरो सपनाको अमेरिका!!

Posted on September 1, 2012September 1, 2012 by mysansar

-हरि घिमिरे, भर्जिनिया- सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा। सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका… Continue reading

खासमा किन गएका रैछन् माधव नेपाल अमेरिका?

Posted on August 31, 2012 by mysansar

गौतम दाहाल काठमाडौँमा शीर्ष नेताहरुबीच सहमति जुटाउन वार्ताहरु लगातार भइरहेका बेला असंलग्न शिखर सम्मेलनमा सहभागी हुन भनी प्रधानमन्त्री बाबुराम भट्टराई तेहरानतिर उडे। त्यसको लगत्तै नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अमेरिका उडे। उनी अमेरिका आउन लागेको थाहा पाएपछि यहाँ रहेका कतिपय नेपालीहरु विरोधको तयारीमा जुटेका छन्। कतिपयले फेसबुकमार्फत् कामरेड माधव नेपाललाई… Continue reading

अफ्रिका यस्तो रहेछ

Posted on August 31, 2012 by mysansar

-कल्पना भण्डारी- धेरै दिनदेखि अमेरिका जान लालायित नेपालीको कथा पढे माइसंसारमा। कतिले आत्महत्या गरेको खबर पढ्दा मन गह्रौँ हुन्छ, आँखा रसाएर आउँछ। विकासोन्मुख मुलुकबाट विकसीत र अब्बल देशहरुमा जाने चाहना राख्नु र सपना बुन्नु अस्वभावीक पक्कै होईन। तर त्यही सपना पुरा गर्न जिन्दगीमा खाने हण्डरहरु बारे हामी किन सोच्न सक्दैनौ। अमेरीका अस्ट्रेलीयामा त बाटो बाटोमा… Continue reading

अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने

Posted on August 30, 2012August 30, 2012 by Salokya

के नेपालीले नेपाल कै पेट‌्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला? वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन। अहिले अलिकति आश जगाउने काम… Continue reading

बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई

Posted on August 30, 2012September 1, 2012 by Salokya

अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई… Continue reading

अमेरिका पुग्ने चोर बाटोको व्यथा

Posted on August 29, 2012August 29, 2012 by Salokya

पनामाबाट कोस्टारिका आउँदै गरेका सात जना नेपाली र उनीहरुलाई तस्करी गर्दै गरेका एक कोस्टारिकन नागरिक गत अगस्तको दोस्रो साता पक्राउ परे। त्यही समाचार कोस्टारिकाका मिडियामा आउँदा त्यहाँ यसरी विदेशी नागरिकलाई ओसार पसार गरिन्छ भन्ने देखाउन यो फोटोको प्रयोग गरिएको हो। फोटोमा मानिसहरुलाई सामान जसरी एउटा ट्रकमा कोच्चाइएको छ। भुक्तभोगीहरु भन्छन्, यो त अलि खुला, राम्रै… Continue reading

विकास थापाले पाए सफाइ

Posted on August 28, 2012August 29, 2012 by Salokya

सँधै अरुका खबर लेख्ने इकान्तिपुरले २०६७, भदौ १६ मा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको… Continue reading

अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत

Posted on August 28, 2012August 28, 2012 by Salokya

अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे। आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण… Continue reading

फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा

Posted on August 27, 2012August 28, 2012 by Salokya

बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्‍ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी… Continue reading

बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?

Posted on August 27, 2012August 27, 2012 by Salokya

तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा… Continue reading

MySansar Exclusive: खोज (भाग १)

Posted on August 26, 2012August 26, 2012 by mysansar

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading

मातृभाषामा पढाइ कसरी हुन सक्छ?

Posted on August 26, 2012August 26, 2012 by mysansar

-डोलेश्वर भण्डारी- ‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • 277
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme